Category: फिचर

  • प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज औपचारिक भेट हुँदै

    प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज औपचारिक भेट हुँदै

    ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलबार औपचारिक भेटवार्ता हुने भएको छ । दुबै ेता अहिले स्कटल्यान्डको ग्लास्गोमा जारी विश्व सम्मेलनमा भाग लिइरहेका छन् । जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भने सोमबार नै भइसकेको छ ।

    जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसहित बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसलगायत विश्वका नेताहरुसँग अनौपचारिक भेटघाट गरेका छन् ।

    नेताहरुले कुहिनो जोडेर अभिवादन साटासाट गरे । यसो गर्नुमा कोरोनाबाट सचेत रहने सन्देश दिनु थियो । सम्मेलनलाई प्रधानमन्त्री देउवाले सोमबार राती सम्बोधन समेत गरिसकेका छन् ।

  • प्रदेश १ र कर्णालीमा आज नयाँ सरकार बन्ने

    प्रदेश १ र कर्णालीमा आज नयाँ सरकार बन्ने

    काठमाडौं । कर्णाली र प्रदेश एकमा आज नयाँ सरकार बन्दैछ । यसअघि दुबै प्रदेशका मूख्यमन्त्रीले सोमबार राजिनामा गरेका थिए । प्रदेश एकमा अल्पमतमा परेपछि भीम आचार्यले पद छाडेका हुन् । कर्णालीमा भने गठबन्धनको सहमतीका आधारमा महेन्द्र बहादुर शाहीले सत्ता छाडेका छन् । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गरी आज बेलुका साढे ७ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आव्हान गरेका छन् ।

    कर्णालीमा अब कांग्रेसको नेतृत्वमा सरकार बन्दैछ । गत बैशाख २ मा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीचको सहमतिअनुसार ६ महिनापछि कांग्रेसलाई नेतृत्व दिने भनिएको थियो । कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही अब मुख्यमन्त्री बन्दैछन् ।

    उता, प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दाबी गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै राईले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनी आजै मूख्य मन्त्री बन्ने र सथप लिने तयारी छ ।

  • शुरु भयो तिहार, काग र कुकुर तिहार भने भोली एकै दिन

    शुरु भयो तिहार, काग र कुकुर तिहार भने भोली एकै दिन

    काठमाडौं । नेपालीको दोस्रो महान चाड तिहार शुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको हो । मङ्गलबार साँझ यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले उल्लेख गरेको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार भने बुधबार एकै दिन परेको छ ।

    बुधबार बिहान ७ : १४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७ : १४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा खान दिने दिन पनि बुधबार नै परेको हो । यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

    यसैगरी धन्वन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

    कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

    गाई, गोरु र आत्म पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । यसै दिनदेखि नेपाल संवत् ११४२ शुरु हुन्छ ।

  • कोप सम्मेलनमा प्रधानमन्त्री देउवाले के भने ?

    कोप सम्मेलनमा प्रधानमन्त्री देउवाले के भने ?

    ग्लास्गो । प्रधानमन्त्री शेर बहादुर देउवाले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई गत राती सम्बोधन गरेका छन् । सो क्रममा प्रधानमन्त्री देउवाले नेपालले कार्बन उत्सर्जन सन् २०४५ भित्र शून्यमा पुर्याउने लक्ष्य राखेको जानकारी गराएका छन् । विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जन शून्य पार्ने प्रतिबद्धता जनाएका हुन् ।

    जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप २६ लाई स्कटल्याण्डको ग्लास्गोमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र दिनप्रतिदिन प्रभावित हुँदै गएकाले यसको संवेदनशीलताप्रति विश्व समुदाय चिन्तित हुनुपर्ने बताए । उनले हिमाली क्षेत्रको विशिष्ट जलवायु संकटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय अजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गरे ।

    नेपालले आफ्नो अर्थतन्त्रको हरेक क्षेत्रलाई कार्बनरहित बनाउने महत्वाकांक्षी राष्ट्रिय निर्धारित योगदान (एनडिसी) पेस गरेको पनि उनले जानकारी दिए । नेपालले कूल ऊर्जाको मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट आपूर्ति गर्ने र सन् २०३० भित्र ४५ प्रतिशत वन क्षेत्र बनाउने पनि प्रधानमन्त्री देउवाले बताए ।

    नेपालको करिब ८० प्रतिशत जनसंख्या प्राकृतिक र जलवायुजन्य प्रकोपबाट जोखिममा रहेको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले विगत ४० वर्षको अवधिमा प्राकृतिक प्रकोपबाट नेपालमा करिब ६ अर्ब अमेरिकी डलर बराबरको भौतिक र आर्थिक क्षति पुगेको बताए । करिब चार मिनेट सम्बोधन गरेका देउवाले प्रकृतिको मूल्यलाई स्वीकार गर्दै प्रकृति संरक्षण र जलवायु परिवर्तनमा सँगै काम गर्नका लागि समर्पित संस्था स्थापना गर्ने निर्णय गरेको जानकारी पनि गराए ।

  • ग्लास्गो विश्व सम्मेलनमा नेपालका मुस्ताङ र सोलुखुम्बुको चर्चा

    ग्लास्गो विश्व सम्मेलनमा नेपालका मुस्ताङ र सोलुखुम्बुको चर्चा

    काठमाडौं । स्टल्याण्डस्थित ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलनमा नेपालको मुस्ताङ र सोलुखुम्बुको चर्चाले विश्वको ध्यान तानेको छ । नेपालको सरकारी संचारमाध्यम गोरखापत्रका अनुसार आयोजक राष्ट्र बेलायतको तर्फबाट अध्यक्षता ग्रहण गरेका बेलायतका मन्त्री आलोक शर्माले जलवायु परिवर्तनको असरले विश्व जगत नै आक्रान्त भएको भन्दै नेपालको मुस्ताङको जोमसोममा खडेरी पर्दा त्यहाँको जनजीवन, कृषि उत्पादन, पशुपालन, जैविक विविधतामा असर परिरहेको प्रसङ्ग उल्लेख गरेका छन् ।

    शर्माले जलवायु परिवर्तनको असरले नेपालको उच्च हिमाली अर्थतन्त्र जोखिममा परेको बताएपछि अन्य महादेशका जलवायु परिवर्तन विज्ञ, अध्येता, प्राध्यापक तथा सम्मेलनमा सहभागी सबैको ध्यान तानेको हो । उनले आफैं मुस्ताङको जोमसोममा गएर देखेको अनि त्यहाँको जनजीवनले भोगेका पीडा आफ्नो मगजमा बसेको बताएका छन् ।

    ग्लास्गोमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हालै नेपालमा भएको अप्रत्याशित बाढी, पहिरो र डुवानको घटनाले विश्वका सबै राष्ट्रलाई सचेत गराएको बताइन् । स्कटल्याण्डको ग्लास्गोमा आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनका अवसरमा बीबीसीसँग कुराकानी गर्दै राजदूत पोलिटले विश्वभरिका नेता जम्मा हुने यो सम्मेलनमा नेपालमा भएका पछिल्लो प्राकृतिक विपतको घटनाबारे गम्भीर छलफल र बहस हुने बताइन् ।

    उनले आफूले सोलुखुम्बुको भ्रमण गर्दा हिमाली क्षेत्रका बासिन्दाका जनजीवनमा निकै प्रभाव परेको जानकारी गराएकी छिन् । नेपालमा पानीका मूल सुक्ने, अति वर्षा हुँदा बाढी डुबानको समस्या हुने देखिएको छ । पाँच वर्षको दौरानमा नेपाललाई ३५ करोड पाउण्ड सहयोग गरेको बताउँदै राजदूत पोलिटले नेपाललाई आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरिन् ।

    नेपालले आउने १० वर्षमा जोखिम न्यूनीकरण र अनुकूलनका कार्यक्रम सञ्चालन गर्न कम्तीमा ४९ अर्ब डलर चाहिने अनुमान गरिएको अवस्थामा बेलायतले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता उनको छ ।

  • एमालेले गुमायो चार प्रदेशसहित ५ वटै सरकार

    एमालेले गुमायो चार प्रदेशसहित ५ वटै सरकार

    काठमाडौं । एमालेले सबै प्रदेशमा आफ्नो सत्ता गुमाएको छ । सोमबार प्रदेश नं १ को मूख्यमन्त्री पदबाट भीम आचार्यको राजिनामा सँगै एमाले सत्ताबिहिन बन्न पुगेको हो । अल्पमतमा परेसँगै मुख्यमन्त्री भएको ६८ दिनमै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा बुझाउनु परेको छ । यसअघि केन्द्रमा केपी शर्मा ओलीको सरकार हुँदा एमाललले कुल चार जना मुख्यमन्त्री सहित प्रदे्श सरकार हाँकेको थियो । सबै प्रदेशमा ओली समर्थित नेता मूख्यमन्त्री थिए ।

    तर, अब भने नेकपा एमाले कुनै पनि प्रदेश नेतृत्वमा रहने छैन । प्रदेश १ मा एमालेबाट मुख्यमन्त्री बनेका शेरधन राई पछि आचार्य पार्टीका तर्फबाट दोस्रो मुख्यमन्त्री बनेका थिए। एमालेले प्रदेश नं २, कर्णाली र सुदुरपश्चिममा बाहेक अन्य प्रदेशमा नेतृत्व गरेको थियो । प्रदेश नं १ गुमाउनु अघि एमालेले बागमती , लुम्बिनी र गण्डकी प्रदेश सरकार गुमाइसकेको छ ।

  • गठबन्धनको सहमती अनुसार कर्णालीका मूख्यमन्त्री महेन्द्र शाहीले दिए राजिनामा

    गठबन्धनको सहमती अनुसार कर्णालीका मूख्यमन्त्री महेन्द्र शाहीले दिए राजिनामा

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा गरेका छन् । मूख्यमन्त्रीका रुपमा २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि नियुक्त भएका उनले ३ वर्ष ८ महिना सरकार चलाए । यसबीचमा उनले एक पटक विश्वासको मतको समेत सामना गरेका थिए । जसमा उनी सफल भए । तत्कालिन एमालेका सांसदले फ्लोर क्रस गरेपछि उनको सत्ता जोगिएको थियो । ती सांसद अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम उनले मुख्यमन्त्री पदबाट राजीनामा गरेका हुन् । गठबन्धनको सहमती अनुसार अब मुख्यमन्त्री पद नेपाली कांग्रेसले पाएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही यो पदका लागि आकंक्षी हुन् ।

    राजिनामा दिनु अगाडी मूख्यमन्त्री शाहीले सोमबार कर्णालीबासीका नाममा सम्बोधन गरे । जसमा उनले आजसम्म भएका कामको विवरण प्रस्तुत गरेका छन् । उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न आफूले राजीनामा दिएको बताएका छन् ।

    दलहरुबीच भएको सहमति अनुसार नयाँ सरकारका गठनका लागि मार्गप्रशस्त गरेर इमानको राजनीति गरेको समेत उनको भनाई छ । अनुभवका हिसावले आफु किशोर भए पनि कामका हिसावले युवा भएर काम गरेको उनको दावि छ ।

  • नेपालमा ५३३ मा देखियो कोरोना, ९ जनाको मृत्यु

    नेपालमा ५३३ मा देखियो कोरोना, ९ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ५३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।


    गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने ४९० जना निको भएका छन् । सोमबार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ७ हजार ६३८ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ९२ हजार २७७ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ४१६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर देशभर ९ हजार ३१८ जना सक्रिय संक्रमित रहेका छन् भने ८ हजार ५९८ जना होम आइसोलेसनमा रहेका छन् ।

    यस्तै ७२० जना संस्थागत आइसोलेसनमा छन् भने २४१ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् । १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १६२, ललितपुरमा ५०, झापा र रुपन्देहीमा ३४र३४ जना, मोरङमा २९, भक्तपुरमा १६, सुनसरीमा १३ र कास्कीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • प्रदेश १ का मूख्यमन्त्री आचार्यले दिए राजिनामा, राईले पेश गरे दावी

    प्रदेश १ का मूख्यमन्त्री आचार्यले दिए राजिनामा, राईले पेश गरे दावी

    विराटनगर । प्रदेश १ को मूख्यमन्त्री पदमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले दावी पेश गरेका छन् । उनले ४९ सासदको हस्ताक्षरसहित मूख्यमन्त्री पदमा दावि पेश गरेका हुन् । यसअघि मूख्यमन्त्री आचार्यले आजै राजिनामा दिएका थिए । उनी अल्पमतमा परेसँगै राजिनामा गरेका हुन् । यससँगै अब सबै प्रदेशबाट समेत एमाले भने सत्ताच्यूत भएको छ ।

    आचार्यको राजिनामा पछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेका थिए । राईलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ । प्रदेश १ मा सरकार गठन गर्न ४७ सांसदको हस्ताक्षर चाहिन्छ । गठबन्धनले सरकारको नेतृत्वमा दाबी पेस गरेपछि मंगलबार दिउँसो शपथग्रहण गराउने कार्यक्रम छ ।

  • प्रदेश १ मा भीम आचार्यले राजिनामा देलान की विश्वासको मतको सामना ?

    प्रदेश १ मा भीम आचार्यले राजिनामा देलान की विश्वासको मतको सामना ?

    विराटनगर । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीको बर्हिगमनसँगै बाँकी रहेको एक मात्र प्रदेश सरकार समेत आजबाट एमालेको हातबाट खोसिँदैछ । विपक्षी गठबन्धनले मूख्य मन्त्री भीम आचार्यको विपक्षमा मत हाल्ने निर्णय गरेका कारण उनको पद धरापमा परेको हो । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिैदैछन् । साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची राखिएको छ ।

    यद्दपी मत विभाजनमा जानु अगाडी नै आचार्यले राजिनामा दिन सक्ने सम्भावना पनि छ । उनी अल्पमतमा परेका छन् । ९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउन ४७ मत चाहिन्छ । विपक्षी गठबन्धनमा ५० मत छ । सत्तारुढ दल एमालेमा सभामुखसहित ४१ जना मात्र छन् । यसअघि बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यले विश्वासको मतको सामना नगरी राजिनामा गरेकी थिइन् । आचार्यले विश्वासको मत नपाए वा राजीनामा दिएमा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आहृवान गर्नेछन् ।

  • नेपालमा पक्राउ परेका अफगानी नागरिकमध्ये ५ जना मेक्सिकोतर्फ लागे

    नेपालमा पक्राउ परेका अफगानी नागरिकमध्ये ५ जना मेक्सिकोतर्फ लागे

    काठमाडौं । अफगानिस्तानबाट भागेर नेपाल आइपुगेका ११ जना अफगानी नागरिकभ्ये ५ जना मेक्सिको तर्फ लागेका छन् । उनीहरुकै रोजाईमा अध्यागमन विभागले आइतबार श्रीलंका हुँदै मेक्सिको पठाएको स्थानीय संचारमाध्यमले जनाएका छन् । उनीहरु भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल आएका थिए । कुल ११ जना आएकोमा ५ जनालाई नेपालबाट पठाइएको छ ।

    ६ जना अझै अध्यागमन विभागको नियन्त्रणमा छन् । नेपालबाट हिँडेकाहरु श्रीलंकाको राजधानी कोलम्बो हुँदै दक्षिण अमेरिकी मुलुक मेक्सिको लागेका हुन् । आइतबार साँझ श्रीलंकन एयरबाट कोलम्बो हुँदै त्यसतर्फ उडेको समाचारमा उल्लेख छ । उनीहरू एकै परिवारका हुन् ।

    विभागले ४१ वर्षीय मोहम्मद जामराई स्तानिकजाई, उनकी पत्नी ३८ वर्षीया नाजिफा, छोरीहरू १७ वर्षीया मिसबाह जैनाव र १२ वर्षीया नुरुल हाया तथा ८ वर्षीय छोरा मोहम्मद रायनलाई उनीहरूकै रोजाइमा मेक्सिको पठाइएको उल्लेख छ । बिनाभिसा नेपाल आएको भएपनि उनीहरुको साथमा वैध राहदानी भेटिएको छ । सोहीकारण उनीहरुलाई विभागले अनअराइभल भिसा दिएर नेपाल बसाई सहज बनाइ दिएको छ ।

  • ११:०२ बजे भाइटिकाको उत्तम साइत

    ११:०२ बजे भाइटिकाको उत्तम साइत

    काठमाडौं । यस पटक भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराएको छ । भाइटिका कात्तिक २० गते शनिवार परेको छ । समितिका अनुसार सम्भव भएमा सो साइतमा टिका लगाउनु राम्रो मानिन्छ ।

    उत्तम साइतमा टीका लगाउन नभ्याउने अवस्थामा समेत १२ बजेभित्र टीका लगाउन सकिने बताइएको छ र शास्त्रमा उल्लेख भए अनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने भएकाले ज्योतिषीहरुले यस्तो सुझाव दिने गरेका छन् । त्यसो त भाइटिकाको दिन दिनभर नै टिका लगाउने प्रचलन रहेको छ । यसपटक तिहारको तिथि घटबढ भएका कारण काग तिहार र कुकुर तिहार एकै दिन मनाइदैछ । दुबै तिथी बुधबार परेको छ । बिहीबार लक्ष्मीपूजा हुनेछ ।

  • राहत पुनर्कर्जाका लागि आवेदन खुल्यो, कसले पाउँछन् ?

    राहत पुनर्कर्जाका लागि आवेदन खुल्यो, कसले पाउँछन् ?

    काठमाडौं । कोरोना प्रभावित उद्योग तथा व्यवसायका लागि राहत दिन नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई पुनर्कर्जाका लागि आवेदन दिन आह्वान गरेको छ । राष्ट्र बैङ्कद्धारा आइतबार जारी सर्कुलरमा यस्तो उल्लेख छ । वाणिज्य बैङ्क, विकास बैङ्क, वित्तीय संस्था र लुघवित्तले पुनर्कर्जाका लागि आवेदन दिन आसक्ने छन् । बैङ्क तथा वित्तीय संस्थाले आगामी मङसिर १९ गतेसम्म आवेदन दिन सक्ने भएका हुन् ।

    राष्ट्र बैङ्कबाट प्राप्त हुने पुनर्कर्जा कोभिड–१९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरूमा प्रवाहित कर्जामा उपलब्ध हुनेछ । बैङ्क तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैङ्कले ऋण उपलब्ध गराउनेछ । पुनर्कर्जाका लागि अति प्रभावित र मध्यम क्षेत्र गरी दुुई खण्डमा वर्गीकरण गरिएको छ ।

    अति प्रभावित क्षेत्र पर्यटन, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, सिनेमा हल, रोजगारी गुमेका, कुखुरापालन व्यवसाय, पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय छन् ।

    प्रभावित क्षेत्र पर्यटन, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, सिनेमा हल, रोजगारी गुमेका, कुखुरापालन व्यवसाय, पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय छन् ।

    तयारी पोसाक, हस्तकला तथा सीपमूलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, निजी तथा आवासीय विद्यालय, यात्रुवाहक स्थल यातायात, ब्युुटीपार्लर, सैलुुन, कस्मेटिक सर्जरीलगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप, कानुुनी, लेखा, इन्जिनियरिङलगायतका परामर्श सेवा पनि अति प्रभावित क्षेत्रमा परेका छन् ।

    यस्तै मध्यम प्रभावित क्षेत्रअन्तर्गत खप्ने सामान जस्तै प्लास्टिक, फलाम÷स्टिल, टायर, छाला, धातुुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग–व्यवसाय परेका छन् । यस्तै अस्पताल, क्लिनिक, नर्सिङ होम, डायग्नोस्टिक सेन्टर, भण्डारण गर्न सकिने वस्तुु, वन तथा खानीजन्य उद्योग, निर्माण व्यवसाय, औषधि उत्पादन, छपाइ, प्रकाशन तथा सञ्चार गृह, निर्माणाधीन जलविद्युत् तथा नवीकरणीय ऊर्जा, ढुुङ्गा, माटो तथा सिसाका उत्पादन पनि मध्यम प्रभावित क्षेत्रअन्तर्गत रहेका छन् ।

    बैङ्क तथा वित्तीय संस्थासँगै अन्य व्यवसाय गर्नेले पनि सर्कुुलरका आधारमा बैङ्कहरूमा आवेदन दिन राष्ट्र बैङ्कले आग्रह गरेको छ । राष्ट्र बैङ्कले प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, पाँच करोड रुपियाँसम्मका विशेष र साधारण पुनर्कर्जा बैङ्क तथा वित्तीय संस्थालाई उपलब्ध गराउने जनाएको छ । पुनर्कर्जाको ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म तोकिएको छ ।

  • प्रधानमन्त्री देउवाले आज कोप-२६ सम्मेलनलाई सम्बोधन गर्ने

    प्रधानमन्त्री देउवाले आज कोप-२६ सम्मेलनलाई सम्बोधन गर्ने

    ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गो शहर पुगेका छन् । अब उनी सोमबार र मंगलबार (नोभेम्बर १ र २)मा ग्लास्गोमा संचालन भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप २६)मा सहभागी हुने छन् । सम्मेलन अन्तर्गत वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति त्यहाँ पुगेका हुन् । स्थानीय समयानुसार उनी सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन् । भ्रमणका क्रममा उनले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सोही दिन उनले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नेछन् ।

    सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्यको लण्डन पुगेका प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लण्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गर्नुका साथै उनले विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

    प्रधानमन्त्री देउवा आइतबार राति लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो आइपुगेका हुन् । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

  • माल्दिभ्सले नेपाललाई दिएको २ लाख डोज खोप काठमाडौं आयो

    माल्दिभ्सले नेपाललाई दिएको २ लाख डोज खोप काठमाडौं आयो

    काठमाडौं । मित्र राष्ट्र माल्दिभ्सले नेपाललाई दिएको दुई लाख एक हजार ६०० डोज एस्ट्राजेनिका खोप आइतबार नेपाल आइपुगेको छ । कतार एयरवेजको नियमित उडानबाट खोप नेपाल आएको हो । स्वास्थ्य सेवा विभागका अनुसार उक्त खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ । खोपलाई केहीदिनपछि प्राथमिकताका आधारमा विभिन्न जिल्लामा पठाईने छ । नेपाललाई माल्दिभ्सले सो मुलुकमा लगाएर बढी भएको खोप अनुदानमा उपलब्ध गराएको हो ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखियो साढे २ अर्बको बुद्धमुर्ती

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखियो साढे २ अर्बको बुद्धमुर्ती

    भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँको मूर्ति अनावरण गरिएको छ । बुद्धको मूर्ति बहुमूल्य धातु ह्वाइट जेडबाट बनाइएका कारण महंगो परेको बताइएको छ । म्यानमारमा बनाइएको मूर्ति स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले विमानस्थललाई निःशुल्क उपलब्ध गराएको हो ।

    बीबीसीका अनुसार उक्त मूर्तिलाई विमानस्थलको प्रवेशद्वार र बाहिरिने मार्गमा पर्ने गरी राखिएको छ । आइतवार आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सो मूर्तिको अनावरण गरिन् । मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी विश्वको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र भएकाले अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालन हुनुपर्नेमा जोड दिइन्।

    म्यानमारबाट भारतको कोलकाता हुँदै नेपाल ल्याइएको सो मूर्तिको मूल्य करिब दुई अर्ब ५० करोड रुपैयाँ रहेको लुम्बिनी गार्डेन फाउन्डेशनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए । उक्त मूर्ति निर्माणका लागि म्यानमारको खानी सम्बन्धी एक कम्पनी मालवीन समूह लगायत बुद्ध धर्ममा आस्था राख्ने विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूले सहयोग गरिएको छ ।

    सो मूर्तिको तौल झन्डै २ हजार किलोग्राम रहेको छ । १ दशमलव ९ मिटर उचाइ रहेको भनिएको मूर्तिको चौडाइ ६० सेन्टिमिटर रहेको दाबी गरिएको छ। विमानस्थल भित्र जाने र बाहिर निस्कने मुख्य गेटको बीचमा राखिएको यो मूर्तिलाई अहिले सिसाको फ्रेम भित्र राखिएको छ । मूर्तिको सुरक्षाका लागि २४ घण्टा सुरक्षाकर्मीहरूको व्यवस्था गरिएको छ ।

  • ग्लास्गो शहरमा शुरु भयो कोप-२६

    ग्लास्गो शहरमा शुरु भयो कोप-२६

    काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६औँ सम्मेलन (कोप२६) औपचारिक रूपमा शुरु भएको छ । युनाइटेड किन्डमको ग्लास्गो शहरमा सम्मेलन सुरु भएको हो । बीबीसीका अनुसार जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण ठानिएको यस सम्मेलनमा आइतवार धेरैजसो औपचारिक समारोह तय भए तापनि सोमवारबाट विश्व नेताहरूले छलफल र बहस सुरु गर्नेछन्।

    जैविक इन्धनको प्रयोग सहित मानवीय कारणले विश्वको तापमान बढिरहेका बेला वैज्ञानिकहरूले जलवायु विपद् छल्न आपत्कालीन कार्यहरू आवश्यक रहेका चेतावनी दिइरहेका छन्। यूकेका प्रधानमन्त्री बोरिस जोनसनले यस सम्मेलनलाई विश्वको सत्यको क्षण भएको बताए ।

    सन् २१०० भित्र औसत तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य तय गरिए पनि यतिखेर विश्वको तापमान २.७ डिग्री सेल्सियस पुग्ने गतिले बढिरहँदा त्यसले जलवायु दुर्भाग्य निम्त्याउने संयुक्त राष्ट्रसङ्घले जनाएको छ। कोप२६ का अध्यक्ष आलोक शर्माले १.५ डिग्री सेल्सियसको लक्ष्यमा पुग्ने काम ुनिकै कठिनु रहेको बताउँदै त्यो हासिल गर्न विश्व नेताहरू एकजुट हुनुपर्ने बताएका छन्।

    झण्डै २०० देशहरूलाई आफ्ना कार्बन उत्सर्जन घटाउने थप महत्त्वाकाङ्क्षी लक्ष्यहरू तय गर्न भनिएको छ। यस सम्मेलनकै अवसर पारेर आज राष्ट्रसङ्घीय मौसमी निकायले एउटा प्रतिवेदन सार्वजनिक गरेर यसअघिका प्रतिवेदनले देखाएको जलवायु असरको थप पुष्टि गर्ने भएको छ ।

    विज्ञहरूले यतिखेर जलवायु परिवर्तनले संसारभरका विभिन्न जलवायु प्रणाली अस्थिर बनिरहेको चिन्ताजनक चित्र देखाइरहेका छन्। जसको अर्थ चरम विपद्का घटनाहरू झन् बढ्ने भन्ने विज्ञहरूको चेतावनी पाइन्छ।

  • नेपालमा ४०८ जनामा कोरोना देखियो, ८ जनाको मृत्यु

    नेपालमा ४०८ जनामा कोरोना देखियो, ८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,७३१ पीसीआर परीक्षणमा ३७६ जना र २,१६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १२ हजार ५७० पुगेको छ ।

    योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ४०७ पुगेको छ भने ७ लाख ९१ हजार ७८७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेका छन् । जसमध्ये ८ हजार ६१५ जना होम आइसोलेसनमा रहेका छन् भने ७६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये २२५ जना आईसीयू र ७० जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९९, रुपन्देहीमा ५०, कास्कीमा ३६, चितवनमा २९, झापामा २३, सुनसरीमा २२, मोरङमा २१, ललितपुरमा १३ र नुवाकोटमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • एमसीसीले पुनः दोहोर्यायो : सम्झौता तोड्ने वा अगाडी बढाउने नेपालकै हातमा छ

    एमसीसीले पुनः दोहोर्यायो : सम्झौता तोड्ने वा अगाडी बढाउने नेपालकै हातमा छ

    काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सम्झौता अगाडि बढाउने वा तोड्ने भन्ने विषय नेपालकै हातमा रहेको पुनः दोहोर्याएको छ । आइतबार वक्तव्य जारी गर्दै एमसीसीले पुनः यस्तो प्रतिक्रिया दिएको हो । एमसीसीबारे अहिले नेपालमा मौनता छ । केही समय पहिले एमसीसीका पदाधिकारीले नेपाल भ्रमण गरेका थिए । सो बेला अधिकारीहरुले एमसीसी सम्झौताबारे स्पष्टीकरण दिएको र सरकारले पनि सम्झौतालाई अघि बढाउने प्रतिवद्धता जनाएको भन्दै अब बाँकि काम नेपालको हातमा रहेको बताइएको छ ।

    तर संसदले यसलाई अनुमोदन नगर्दा लाखौं नेपाली लाभ लिनबाट बञ्चित हुने भन्दै सचेत समेत बनाइएको छ । एमसीसी सम्झौता अनुमोदनमा ढिलाई हुँदा ५०० मिलियन डलरको अनुदान सहायता र २ करोड ३० लाख नेपाली जनताको भरपर्दो विद्युत र सुरक्षित सडकको सुविधा जोखिममा पर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

  • प्रधानमन्त्रीले भने : विदेशी नागरिकता लिएकाले नेपालमा मताधिकार पाउँदैनन्

    प्रधानमन्त्रीले भने : विदेशी नागरिकता लिएकाले नेपालमा मताधिकार पाउँदैनन्

    लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीले नेपालमा मताधिकार नपाउने बताएका छन् । शनिबार गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेद्वारा नेपाली दूतावास लण्डनमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। राससका अनुसार विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने भन्दै त्यसका लागि संविधान नै बद्ल्नुपर्ने बताए । यो तत्काल सम्भव नभएको उनको भनाई छ ।

    जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा भाग लिन ब्रिटेन आइपुगेका प्रधानमन्त्री देउवाले प्रवासी नेपालीहरुलाई नेपालमा वैदेशिक लगानी भित्र्याउन मद्दत गर्न आह्वान गरेका छन् । ‘अरु के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु,’ उनले भने। उनले पर्यटकहरुलाई विमानस्थलमै भिसा दिने सुविधा (अन एराइभल भिसा) सरकारले फेरि सुरु गरेको बताए ।

    गत वर्ष कोभिड १९ रोकथामका लागि भन्दै पहिलो लकडाउन गरेपछि नेपाल सरकारले अन एराइभल भिसा दिन स्थगित गरिदिएको थियो। प्रधानमन्त्री देउवाले भूतपूर्व गोर्खा सैनिक समस्या समाधान गर्न सरकारले सक्दो पहल गर्ने बताए । त्यसअघि एनआरएनए यूकेको तर्फबाट अध्यक्ष प्रेम गाहा मगरले एक ज्ञापनपत्र प्रधानमन्त्री देउवालाई बुझाएका थिए।

    ज्ञापनपत्रमा भूपू गोर्खा समस्या, नेपाली नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरुले राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको छ ।

    ज्ञापनपत्रमा भूपू गोर्खा समस्या, नेपाली नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरुले राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको छ ।

    सोही अवसरमा बोल्दै गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता विधेयक जति सक्दो छिटो संसदबाट पारित गरी लागू गर्न आग्रह गरेका थिए। प्र‘धानमन्त्री देउवा नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएका छन् ।

  • कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु

    कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु

    कैलाली । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । भजनी नगरपालिका ३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरवीन्द्र चौधरीको काँडा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार नदीमा नुहाउने क्रममा उनीहरु डुबेको बताइएको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उनीहरुको शव बाहिर निकालिएको थियो ।

  • नेपाल आए फुटबलका मूख्य प्रशिक्षक अलमुताइरी

    नेपाल आए फुटबलका मूख्य प्रशिक्षक अलमुताइरी

    काठमाडौं । नेपाली फूटबल टीमका मूख्य प्रशिक्षक मोहम्मद अलमुताइरी शनिबार बेलुका काठमाडौं आइपुगेका छन् । उनलाई एन्फाका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् । अलमुताइरी दोस्रो पटक नेपाल आएका हुन् । साफ खेलपछि नेपाल नआउने प्रतिक्रिया दिएका उनले अहिले भने नेपाल फर्कँदा खुशी लागेको प्रतिक्रिया दिए । पछिल्लो तीन, चार महीना गाह्रो भएको स्वीकार गर्दै अलमुताइरीले एन्फा र कतार पुटबल एसोसिएसनको आग्रहमा आफु नेपाल आएको बताए ।

    पैसा भन्दा पनि महत्वपूर्ण कुरा नेपालीले फुटबल मन पराउनु भएको उनको प्रतिक्रिया छ । अलमुताइरीले साफ कपपछि राम्रो प्रतिक्रिया आएको र अब फुटबलमा केही गर्न सक्छ भन्ने भएको विश्वास जागेको समेत बताए । तर, उनले धेरै अपेक्षा नगर्न समेत सुझाव दिए ।

    नेपालले विश्वकप मै छनोट गर्न सक्छ भन्ने सम्मको अपेक्षा नगर्न उनले आग्रह गरेका हुन् । नेपालको लक्ष्य अर्को साफ कप भएको भन्दै अब एसिया क्वालिफायरमा ध्यान दिने बताए । नेपाल सन् २०२७ मा एसिया कपमा पुग्ने उनको विश्वास छ । अलमुताइरी तीन वर्षको सम्झौता गर्न सहमत भएपछि नेपाल आएका हुन् ।

  • प्रधानमन्त्री देउवासँग  बेलायती सांसदले भेटे

    प्रधानमन्त्री देउवासँग बेलायती सांसदले भेटे

    लण्डन । बेलायतको भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखले भेटवार्ता गरेका छन् । राससले बेलायतस्थित नेपाली राजदूतावासमा भेटवार्ता भएको जनाएको छ । भेटमा नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले बताएका छन् ।

    द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिएका थिए। उनीहरूले बेलायतको संसद्मा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आएका छन्। प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रवर्द्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तररूपमा प्राप्त सहयोको सराहना गरेको सचिव पौड्यालले बताए।

    कात्तिक १५ र १६ गते स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६औं सम्मेलन (कोप–२६)मा भाग लिने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री अहिले बेतायतमा व्यस्त छन् ।

  • एक मुलुक, जहाँ शुक्रबार एक जनामा पुष्टी भयो पहिलो कोरोना संक्रमण

    एक मुलुक, जहाँ शुक्रबार एक जनामा पुष्टी भयो पहिलो कोरोना संक्रमण

    काठमाडौं । संसार कोरोना भाइरसको संक्रमणबाट आक्रान्त छ । तर, एउटा मुलुक, जहाँ भने शुक्रवार मात्र पहिलो संक्रमण पुष्टी भएको छ । त्यो पनि मात्र एक जनामा । प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा महामारी सुरु भएयताकै पहिलो कोभिड सङ्क्रमण पुष्टि भएको बीबीसीले लेखेको छ । कोभिड पुष्टी भएपछि त्यहाँका मानिसहरू कोभिड खोप लगाउन हतारिएको समेत समाचारमा जनाइएको छ । एक जना पूर्ण मात्रा खोप लगाएका मानिसमा सङ्क्रमण पुष्टि भएको थियो जो उडानमार्फत न्यूजील्यान्डबाट आएका थिए।

    टोङ्गाका प्रधानमन्त्री पोहिभा तुएनिटोआले मुख्य द्विप टोङ्गाटपुमा अर्को साता लकडाउन हुनसक्ने बताएका छन्। टोङ्गा कोभिड सङ्क्रमण नपाइएको अन्तिममध्येको देश थियो। उक्त टापु देशमा एक लाखभन्दा धेरै मानिस बस्छन् । जुन न्यूजील्यान्डभन्दा उत्तर पश्चिममा अवस्थित छ। टोङ्गाका एकतिहाइ जनसङ्ख्याले मात्र पूर्ण मात्रा खोप लगाएका छन्। त्यहाँको राष्ट्रिय खोप कार्यक्रम संयोजकले खोप लगाउन हजारौँ मानिसहरू केन्द्रहरूमा जम्मा भएको बताएका छन्।

    सङ्क्रमित व्यक्ति घर फिर्तीका लागि न्यूजील्यान्डको क्राइस्टचर्चबाट आएको उडानमा रहेका २१५ जनामध्येका एक हुन्। सो उडानमा रहेका अन्य यात्रुमा टोङ्गाको ओलिम्पिक्स टोली पनि छ जो टोक्यो ओलिम्पिक्सयता न्यूजील्यान्डमा रोकिएको थियो। न्यूजील्यान्डको स्वास्थ्य मन्त्रालयले आफ्नो देश छाड्ने बेलामा ती व्यक्तिमा कोभिड नदेखिएको जनाएको छ। टोङ्गाका अधिकारीहरूले नियमित परीक्षणका बेला बिहीवार सङ्क्रमण पुष्टि भएको जनाएका छन्।

  • नेपालमा ३७२ जनामा देखियो कोरोना, ११ को मृत्यु

    नेपालमा ३७२ जनामा देखियो कोरोना, ११ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ५,३१६ पीसीआर परीक्षणमा २९७ जना र २,५९५ एन्टिजेन परीक्षणमा ७५ जना गरी ३७२ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन् । अब देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९,५२६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १०३, ललितपुरमा ४५, झापामा २२, भक्तपुरमा २०, चितवनमा १८ र रुपन्देहीमा १२ जना संक्रमित भेटिएका छन् ।

  • अफगानिस्तानबाट थप ३२ नेपाली घर फर्किए, सम्पर्कमा रहेका सबै फिर्ता भएको अनुमान

    अफगानिस्तानबाट थप ३२ नेपाली घर फर्किए, सम्पर्कमा रहेका सबै फिर्ता भएको अनुमान

    काठमाडौं । अफगानिस्तानमा तालिबानको सत्ता आएपछि त्यहाँ कार्यरत सबै नेपाल (संयुक्त राष्ट्रसंघीय निकायमा कार्यरत बाहेक) नेपाली घर फर्किएको अनुमा गरिएको छ । सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता ल्याएसँगै यस्तो दाव गरिएको हो ।

    शनिबार बिहान अफगानिस्तानमा रहेका ३२ जना नेपाली नागरिक काठमाडौं आएका छन् । उनीहरु दुई साता अघि नै नेपाल आउने क्रममा थिए । तर, कागजात नपुगेपछि उतै रोकिएका थिए । परराष्ट्र मन्त्रालयका अनुसार अब अफगानिस्तानमा सरकारको सम्पर्कमा आई उद्धारको माग गरेका सबै नेपालीलाई घर ल्याइएको छ ।

    अब सो मुलुकमा रहेका नेपाली संयुक्र राष्ट्रसंघको मातहतमा मात्र कार्यरत छन् । शनिबार नेपाल एयरलाइन्सको दुबईको उडानबाट २९ जना नेपाली अफगानिस्तानबाट फर्किएका थिए । शनिबार नै अन्य ३ जना अर्को उडानबाट काठमाडौं आएका हुन् । तालिवानीको कब्जापछि अफगानिस्तानबाट ९ सय ६ जना नेपालीको यसअघि उद्धार भएको छ ।

  • मुक्तिनाथ दर्शनमा राष्ट्रपति

    मुक्तिनाथ दर्शनमा राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन तथा पूजाआजा गरेकी छिन् । यो सिजनमा मुक्तिनाथका लागि ठूलो संख्यामा भक्तजन जाने गर्छन् । राष्ट्रपतिको भ्रमणले यस भेगको विकासमा अझ टेवा पुग्ने विश्वास लिइएको छ ।

    मुस्ताङमा पर्ने पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दीरमा पूजा अर्चना र दर्शन गर्न राष्ट्रपति शनिबार मुस्ताङको सदरमुकाम जोमसोम हुँदै मुक्तिनाथ पुगेकी हुन् । नेपाली सेनाको हेलिकोप्टरमा उनी जोमसोम झरेकी थिइन । पछिल्लो समय राष्ट्रपतिले धार्मिक तथा पर्यटकीय भ्रमणमा समय छुट्याउन थालेकी छिन् । यसलाई भने सकारात्मक रुपमा लिइएको छ ।

  • कोरोना उत्पत्तिको पहिचान गर्न असम्भव रहेको अमेरिकी निष्कर्ष

    कोरोना उत्पत्तिको पहिचान गर्न असम्भव रहेको अमेरिकी निष्कर्ष

    काठमाडौं । अमेरिकी गुप्तचर निकायहरूले कोभिड १९ को उत्पत्तिको पहिचान गर्ने काम असम्भव रहेको बताएका छन् । बीबीसीका अनुसार अब उत्पत्तिको पहिचान कहिल्यै नहुन पनि सक्ने उनीहरुको भनाई छ । यद्दपी ती निकायले कोरोनाभाइरस जैविक हतियार भने नभएको निष्कर्ष निकालेका छन्। अफिस अफ द यूएस डाइरेक्टर अफ न्याश्नल इन्टिलिजेन्स ओडिएनआईले अद्यावधिक गरेको विवरणमा जनावरबाट मानिसमा फैलिएको र प्रयोगशालाबाट मानिसमा सरेको दुवै परिकल्पना वास्तविक हुनसक्ने बताएको छ।

    तर ठ्याक्कै भन्नका लागि यथेष्ट प्रमाणहरू नभएको एजेन्सीको भनाई छ । गत अगस्टमा अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले गरेको ९० दिने समीक्षालाई अद्यावधिक गरेर सार्वजनिक गरेको विवरणमा यी निष्कर्ष रहेका छन्। समीक्षामा गुप्तचर समुदाय भाइरसको उत्पत्तिका सम्बन्धमा विभाजित रहेको पनि उल्लेख छ। चार गुप्तचर निकायले यो सङ्क्रमित जनावर वा सम्बन्धित भाइरसबाट उत्पत्ति भएकोमा कम विश्वस्त रहेको बताएका छन् ।

    एउटा निकायले पहिलो मानव सङ्क्रमण प्रयोगशालामा भएको दुर्घटनाबाट भएको हुन सक्नेमा हल्का विश्वस्त रहेको बताएको समेत बीबीसीले लेखेको छ । सो दुर्घटना वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा गरिएको परीक्षण वा जनावरको परीक्षणको बेला घटेको हुनसक्ने अनुमान सो निकायले गरेको छ।

    प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर वुहानमा भएको कोभिड(१९ को सङ्क्रमणअगाडि चिनियाँ अधिकारीहरूलाई कोरोनाभाइरसबारे जानकारी नभएको बताइएको छ। प्रतिवेदनमा चीनले सूचना दिन र अन्तर्राष्ट्रिय अनुसन्धानमा सहयोग नपुर्‍याएको पनि उल्लेख छ । चिनियाँ अधिकारीहरूले कोभिडको सङ्क्रमणलाई वुहानको समुद्री खाद्य बजारसँग जोड्ने गरेका छन् जसका कारण वैज्ञानिकहरू कोरोनाभाइरस जनावरबाट मानिसमा सरेको हुन सक्ने बताइएको छ ।

  • ए-डिभिजन लिगको खेल तालीका सार्वजनिक, दैनिक दुई खेल हुने

    ए-डिभिजन लिगको खेल तालीका सार्वजनिक, दैनिक दुई खेल हुने

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग फुटबलको खेल तालीका सार्वजनिक गरेको छ । एन्फाका अनुसार हरेक दिन दुई खेल संचालन हुने छन् । प्रतियोगिता कात्तिक २९ बाट शुरु हुँदैछ । लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्ने छन् । उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे शुरु हुनेछ ।


    पहिलो चरणका अन्य खेल दशरथ रङ्गशाला र एन्फा दुवै मैदानमा आयोजना हुनेछन् । दैनिक दुइर्ए खेल हुनेछन् । त्यसमध्ये दिउँसो १२ बजेको खेल एन्फा कम्प्लेक्स र दिउँसो ३ बजेको खेल दशरथ रङ्गशालामा आयोजना हुनेछ । लिगको तेस्रो चरणपछिका खेल नयाँ मैदान च्यासलमा रहेको टेक्निकल सेन्टर र मनाङका केही खेल पोखरा रङ्गशालामा हुन सक्ने एन्फाको भनाई छ । एन्फाले अहिलेलाई सुरुवाती दुई चरणको मात्र खेल तालिका सार्वजनिक गरेको छ । त्यसपछिको तालिका सार्वजनिक भए पनि खेल स्थल भने तोकिएको छैन ।

    फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागि छन् । दुई टोली रेलिगेशनमा घटुवा हुनेछन् । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ । लिग विजेता टोलीले ७५ लाख, उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले गोल्डेन बल प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले गोल्डेन बुट तथा उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स प्राप्त गर्नेछन् । उदीयमान खेलाडीले नगद पुरस्कार पाउने छन् ।

  • प्रधानमन्त्री लण्डन ओर्लिए, आजैबाट व्यस्त

    प्रधानमन्त्री लण्डन ओर्लिए, आजैबाट व्यस्त

    लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको राजधानी लण्डन ओर्लिएका छन् । स्टकल्याण्डको ग्लास्गो सहरमा आयोजना हुने ‘वल्र्ड लिडर समिट’मा नेपालको प्रतिनिधित्व गर्दै उनी शुक्रबार लण्डन उडेका थिए । उनी शुक्रबार राति लण्डन अवतरण गरेका हुन् । काठमाडौँबाट कतार एयरवेजको विमान चढेका उनी दोहा ट्रान्जिट गरि लण्डन पुगेका हुन् । विमानस्थलमा उनलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनालसहितले स्वागत गरे । प्रधानमन्त्री देउवा शनिबार र आइतबार लण्डनमै रहेर विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।