Category: फिचर

  • प्रधानसेनापति शर्मा भारतीय सेनाका मानार्थ महारथी, राष्ट्रपतिद्धारा सुशोभित

    प्रधानसेनापति शर्मा भारतीय सेनाका मानार्थ महारथी, राष्ट्रपतिद्धारा सुशोभित

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

    बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीको दर्ज्यानी प्रदान गरेका हुन्।

    नेपाली सेना र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्दपुर्ण सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहि आएको छ। यही कार्यक्रममा सहभागी हुन भारतीय समकक्षी मनोज मुकुन्द नरवणेको औपचारिक निमन्त्रणमा प्रधानसेनापति शर्मा मंगलबार भारत गएका हुन्।

    प्रधानसेनापति शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग पनि भेट्ने कार्यक्रम छ।

    यस्तै उनले भारतीय जल तथा हवाई सेनाका प्रमुख ,चिफ अफ डिफेन्स स्टाफ विपिन रावत तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ता गर्नेछन्।प्रधानसेनापति शर्मा शुक्रबार स्वदेश फर्कने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

  • नोबेल शान्ती पुरस्कार विजेता मलाला विवाह बन्धनमा, को हुन उनका पति ?

    नोबेल शान्ती पुरस्कार विजेता मलाला विवाह बन्धनमा, को हुन उनका पति ?

    बर्मिंघम । नोबेल शान्ती पुरस्कार विजेता मलाला यूसुफज़ई विवाह बन्धनमा बाँधिएकी छिन् । उनी स्वयमःले ट्वीट गर्दै यसबारे जानकारी गराएकी हुन् । बेलायतको बर्मिंघम शहरमा उनको विवाह भएको हो । यो उनको पतिको घर हो । २४ वर्षिय मलालाले असर मलिकसँग मुस्लिम परम्परा अनुसार विवाह गरेकी हुन् । निकाह भनिने यो सत्कारपछि उनले यो दिन आफ्नो जीवनको एक मूल्यवान दिन भएको बताइन् ।

    मलाला पाकिस्तानमा महिला अधिकारका लागि संघर्ष गरेकी युवति हुन् । उनलाई सोही आरोपमा २०१२ मा तालिवान चरमपन्थीले टाउकोमा गोली हानेका थिए । त्यसपछि उनलाई उपचारका लागि बर्मिंघम लगिएको थियो । उपचार पछि पनि उनी उतै बस्न लागिन् । उनको विवाह विशुद्ध पारिवारिक मात्र भएको छ ।

    मलालालाई उनका लाखौं प्रसशकले बधाई तथा शुभकामना दिएका छन् । मलालाका पति पाकिस्तानी क्रिकेटसँग जोडिएका छन् । असर मलिक पाकिस्तान क्रिकेट बोर्डको नेशनल हाई परर्मेन्स सेन्टरमा जनरल म्यानेजर (जीएम) पदमा काम गर्छन् । पीसीबीमा आवद्ध हुनु अघि उनी पाकिस्तान सुपर लीगको टीम मुल्तान सुल्तान्ससँग समेत काम गरेका थिए ।

  • बेलारुसको सीमामा आप्रवासी उतार्ने योजना पुटिनको रहेको पोल्याण्डका प्रधानमन्त्रीको आरोप

    बेलारुसको सीमामा आप्रवासी उतार्ने योजना पुटिनको रहेको पोल्याण्डका प्रधानमन्त्रीको आरोप

    काठमाडौं । पोल्याण्डको बेलारुससँगको सीमानामा हजारुौं आप्रवासी आएर रोकिएका छन् । उनीहरु पोल्याण्ड प्रवेश गर्न चाहन्छन् । यी आप्रवासीलाई त्यहाँसम्म ल्याउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको पोल्याण्डका प्रधानमन्त्री माटयुस मोराभियस्कीले आरोप लगाएका छन् । बीबीसीका अनुसार बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्का रुस निकट रहेको र पुटिनकै योजनामा बेलारुसले यस्तो संकट उत्पन्न गराएको उनको आरोप छ ।

    ब्रशेल्स र वार्साले युरोपेली सङ्घले बेलारुसमाथि प्रतिबन्धहरू लगाएपछि मिन्स्कले गैरकानुनी आप्रवासीहरूलाई हतियारका रूपमा प्रयोग गरेको आरोप लगाएका हुन् । बेलारुसी नेता एलेक्जेन्डर लुकासेन्काले युरोपेली सङ्घको प्रतिबन्धको बदलामा मानिसहरू सीमातर्फ पठाएको आरोपको भने खण्डन गरेका छन् । बेलारुसका नेताले अवस्था बिग्रिएमा आफूले रुसको सहायता लिने समेत बताएका छन् ।

    मङ्गलवार पोलिस प्रधानमन्त्री मोराभियस्कीले सीमामा फौजहरूलाई भेटेपछि संसद्को एउटा आपत्कालीन सत्रमा बोल्दै यस्तो बताएका हुन् । भिडिओ फुटेजहरूमा काँडेतारले छुट्याइएको पोल्याण्डसँगको सीमामा बेलारुसतर्फ मानिसहरूको भिड देखिन्छ । निकै चिसो मौसमकाबीच यतिखेर कम्तीमा २ हजार आप्रवासीहरू सीमामा रोकिएका छन्। ती आप्रवासी मध्यपूर्व, अफगानिस्तान र अफ्रिकाका रहेको बताइएको छ ।

  • आज छठ पूजा, देशभर सार्वजनिक बिदा

    आज छठ पूजा, देशभर सार्वजनिक बिदा

    काठमाडौं । नेपालसहित हिन्दु धर्मावलम्बी रहेका विभिन्न मुलुकमा आज छठ पर्व धुमधामका साथ मनाइंदैछ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी यो पर्व मनाउन लागिएको हो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गरि पर्व मनाइन्छ । सरकारले आज सार्वजनिक बिदा दिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि सुरु भएको थियो ।

    यसमा झुप्पा-झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । छठ पर्वमा व्रत गरेर सूर्यको पूजा गरे सन्तान सुख प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

  • कैलालीमा ग्यांग फाइट, एक जनाको हत्या

    कैलालीमा ग्यांग फाइट, एक जनाको हत्या

    कैलाली । कैलालीमा दुई समूह बीचको झडपमा क्रममा एक जनाको हत्या भएको छ । चक्कु प्रहार गरेर एक युवकको हत्या भएको प्रहरीले जनाएको छ । मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडप भएको थियो । घटनामा लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएको हो ।


    इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार पूर्व रिसिबीलाई लिएर दुवै समूहबीच झडप भएको पाइएको छ । प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएको छ । तर, नाम भने सार्वजनिक भएको छैन ।

  • भारतमा उच्चस्तरीय भेटघाटमा व्यस्त प्रधानसेनापति शर्मा

    भारतमा उच्चस्तरीय भेटघाटमा व्यस्त प्रधानसेनापति शर्मा

    नयाँ दिल्ली । नेपाली सेनाका सेनापति महारथी प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेबीच मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ । औपचारिक भ्रमणका सिलसिलामा शर्मा मंगलबार नेपाली सेनाको जहाजबाट नयाँ दिल्ली पुगेका हुन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दुई सेनापतिबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको छ ।

    छलफलपछि भारतको सुरक्षा दृष्टिकोणको बारेमा प्रस्तुतीकरण समेत दिइएको थियो। त्यसअघि प्रधानसेनापति शर्माले राष्ट्रिय समर स्मारकमा वीर शहिदहरूको सम्मानमा पुष्पगुच्छा अर्पण गरेका थिए। उनलाई भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको समेत सेनाले जनाएको छ ।

  • बङ्गलादेशका पूर्व प्रधानन्यायाधीशमाथि ११ वर्षको जेल सजाय सुनाइयो

    बङ्गलादेशका पूर्व प्रधानन्यायाधीशमाथि ११ वर्षको जेल सजाय सुनाइयो

    ढाका । बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हामाथि ११ वर्षको जेल सजाय सुनाइएको छ । राजधानी ढाकास्थित एक विशेष अदालतले उनीमाथि ११ वर्षको जेल सजाय सुनाएको हो । बीबीसीका अनुसार ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगहरूमा उनलाई क्रमशः चार र सात वर्षको सजाय सुनाइएको हो। उनले यी दुई मुद्दाको छुट्टाछुट्टै सजाय भोग्नु पर्नेछ।

    ढाकाको विशेष अदालतका एक न्यायाधीश शेख नजमुल आलमले उक्त फैसला सुनाएका थिए। पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हा र अन्य सात जनालाई नक्कली कागजात प्रयोग गरेर पहिले फार्मर्स ब्याङ्क भनिने हाल पद्मा नाम रहेको ब्याङ्कबाट चार करोड टाका रकम हिनामिना गर्न संलग्न रहेको ठहर गरिएको छ।

    उक्त रकम सिन्हाको बैङ्क खातामा जम्मा गरिएको र अवैध रूपमा विदेश पठाइएको थियो। पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हासहित ११ जना अभियुक्तमध्ये ८ जनालाई फरक-फरक सजाय सुनाइएको छ। बाँकी दुई आरोपीलाई भने रिहा गरिएको छ। यसअघि ज्यानुअरी ५, २०२० मा ढाकास्थित एक अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

    सन् २०१६ मा एसके सिन्हाले सरकारसँगको कडा मतभेतका माझ छुट्टीमा विदेश गएर त्यतैबाट राजीनामा पठाएका थिए। पहिले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने उनी पछि क्यानडा सरेका बताइएको छ। विदेशमा रहँदा उनले आफ्नो जीवन र काममा आधारित अ ब्रोकन ड्रीम नामक पुस्तक लेखेका थिए र उक्त पुस्तकले निकै विवाद निम्त्याएको समेत बीबीसीले लेखेको छ ।

  • कोरिया जान १२ हजार युवा प्रतिक्षामा, ९६ जना जाने निश्चित

    कोरिया जान १२ हजार युवा प्रतिक्षामा, ९६ जना जाने निश्चित

    काठमाडौं । कोरोना भाइरसको महामारीपछि रोकिएको कोरिया रोजगारीका लागि करीव १२ हजार युवा प्रतिक्षामा रहेका छन् । कोरोना महामारीका कारण करिब २० महिनादेखि रोकिएको नेपाली श्रमिक दक्षिण कोरिया जाने प्रक्रिया यही कात्तिकबाट शुरु भएको थियो । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली श्रमिक कोरिया जान पाएका थिएनन् । सबै प्रक्रिया पूरा गरेका १२ हजार श्रमिक मध्ये थप ९६ जना भने कोरिया जाने प्रक्रियामा रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    वैदेशिक रोजगार विभागका अनुसार अब क्रमशः प्रक्रिया पुरा गरेका नेपाली कोरिया जानेछन् । जसअन्तर्गत पहिलो चारणमा ४८ जना नेपाली श्रमिक कात्तिक १० गते दक्षिण कोरिया पठाइएको छ । ईपीयस कोरिया शाखाका अनुसार नियमित भाषा परीक्षा पास गरेर ‘लेटर कन्ट्रायाक्ट’ आइसकेका करिब पाँच हजार र कोरियाबाट प्रतिबद्ध श्रमिकका रुपमा फर्किएका तीन हजार श्रमिक प्रक्रिया पुगे पनि कोरोना महामारीका कारण रोकिएका हुन् ।

    २०२१ का लागि २०७७ जेठमा हुनुपर्ने हुने परीक्षा अहिलेसम्म सञ्चालन भएको छैन । विभागका अनुसार कोरियाले सो वर्ष पाँच हजारभन्दा बढी श्रमिक लैजाने गरी सिलिङ (कोटा) भने पठाएको थियो ।

  • माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन राजधानीमा हुने, एमसीसीबारे के भयो निर्णय ?

    माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन राजधानीमा हुने, एमसीसीबारे के भयो निर्णय ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आगामी राष्ट्रिय सम्मेलन संघीय राजधानी काठमाडौंमा हुने भएको छ । नेकपा माओवादी केन्द्रको मङ्गलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

    बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको छ । साथै प्रदेश पदाधिकारीहरूका सम्बन्धमा भने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरेर टुङ्गो लगाउने निर्णय समेत गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी गराए ।

    बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको पनि प्रवक्ता महराले जानकारी दिए ।

    बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमति कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडि नबढाउने बारे छलफल भएको छ । माओवादी केन्द्र न्यायालयभित्रको विवाद न्यायालय आफैँले टुङ्ग्याउनुपर्ने पक्षमा रहेको प्रवक्ता महराले बताए ।

  • थप ५३३ जनामा कोरोना पुष्टी,काठमाडौं उपत्यकामा थपिए १६९ संक्रमित

    थप ५३३ जनामा कोरोना पुष्टी,काठमाडौं उपत्यकामा थपिए १६९ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९१८ पीसीआर परीक्षण गर्दा ४४३ जना र १८१८ एन्टिजेन परीक्षण गर्दा ९० गरी ५३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १५ हजार ३७२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४८४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९६ हजार ३०६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ६१२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ११८, भक्तपुरमा १३ र ललितपुरमा ३८ जना संक्रमित थपिएका हुन् ।

    योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ५०९ पुगेको छ ।

  • फेरिए तीन प्रदेश प्रमुख,  कुन प्रदेशको जिम्मेवारी कसलाई ?

    फेरिए तीन प्रदेश प्रमुख, कुन प्रदेशको जिम्मेवारी कसलाई ?

    काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख फेरेर नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख फेरेको हो ।

    बैठकले निर्णय गरेअनुसार प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको छ ।

    तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख बनाउन भनि निर्णय पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ । सत्तारूढ दलहरूले भागबन्डाबमोजिम नै तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय भएको छ ।

    प्रदेश १ मा प्रदेश प्रमुखका रुपमा नियुक्त हुन लागेका पूर्वसभासद खापुङ जनता समाजवादी पार्टीका नेतासमेत हन् ।

    कर्णालीमा प्रदेशमा नियुक्त हुन लागेका प्रदेश प्रमुख परियार यसअघि नै प्रदेश २ को प्रदेश प्रमुख भइसकेका छन् । उनी नेकपा माओवादी केन्द्रनिकट हुन्।

    सुदूरपश्चिमको प्रदेश प्रमुखमा नियुक्त हुन लागेका जोशी पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता हुन् ।

    हाल प्रदेश १ मा नेकपा एमालेनिकट सोमनाथ अधिकारी प्यासी, सुदूरपश्चिम प्रदेशमा एमालेकै गंगाप्रसाद यादव र कर्णालीमा पनि एमालेनिकट गोविन्दप्रसाद कलौनी प्रदेश प्रमुख रहेका छन् ।

  • नेपाली शेयर बजारमा उच्च अंकको पहिरो

    नेपाली शेयर बजारमा उच्च अंकको पहिरो

    काठमाडौं । साताको कारोबारको दोस्रो दिन शेयर बजारमा पहिरो गएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.७९ अंकले घटेर २७४९.८६ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२५ कम्पनीको ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँ बराबरको १ करोड, १९ लाख १७ हजार ७७ कित्ता शेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्स र विकास बैंकका लगानीकर्ता रहेका छन् ।

    बैंकिङ समूहको शेयर ३५ अङ्कले, विकास बैंकको २ सय ९७, होटलको १ सय १७ फाइनान्सको १ सय ४४, माइक्रोफाइनान्सको एक सय ५७ र जलविद्युत् समूहको शेयर एक सय १ अङ्कले घटेको छ ।

    यस्तै उत्पादन समूहको शेयर एक सय ८६ अङ्कले, जीवन बीमा समूहको तीन सय ९७ अङ्कले, निर्जीवन बीमा समूहको चार सय ६४ र अन्य समूहको शेयर ८० अङ्कले घटेको छ ।

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने साहस उर्जा कम्पनी, तेह्रथुम पावर कम्पनी र महिला लघुवित्त वित्तय संस्था रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।

    त्यस्तै, आज आइसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

    आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । आज कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । बैंकले २९ करोड ८२ लाख ८१ हजारभन्दा बढीको कारोबार गरेको छ ।

    यस्तै, साहस ऊर्जाको साढे २५ करोड र अपी पावरको २२ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

  • प्रधानसेनापति शर्मा भारतको चार दिने भ्रमणमा

    प्रधानसेनापति शर्मा भारतको चार दिने भ्रमणमा

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चार दिने औपचारिक भ्रमणका सिलसिलामा आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दैछन् । दिल्लीमा उनले उच्चस्तरीय भेटवार्ता गर्ने छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई सहजीकरण गर्न समेत उनको भ्रमण महत्वपूर्ण हुने विश्वास लिइएको छ । यही भ्रमणका क्रममा उनले भारतीय सेनाको मानार्थ महारथी दर्जाको सम्मानसमेत ग्रहण गर्दैछन् ।

    शर्माले मंगलबारै भारतीय स्थल सेनाध्यक्ष एमएम नरवणेसँग भेटवार्ता गर्ने भएका छन् । भारतमा जल र हवाई सेनाका प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको सेनाले जानकारी गराएको छ । नेपाली सेनाका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्न आग्रह गरिएको छ। तर, यो भेट हुने नहुने भने निश्चित भइसकेको छैन । उनी भारतका सेनाध्यक्ष नरवणेको निमन्त्रणामा भारत जान लागेका हुन् । प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट बुधबार सम्मान गर्ने छन् ।

  • पोल्याण्डले बेलारुसको सीमानामा रोक्यो हजारौं आप्रवासी, कहाका नागरिक हुन् ?

    पोल्याण्डले बेलारुसको सीमानामा रोक्यो हजारौं आप्रवासी, कहाका नागरिक हुन् ?

    काठमाडौं । पोल्याण्डले बेलारुससँगको पूर्वी सीमामा आफ्नो देश प्रवेश गर्न खोज्ने हजारौं आप्रवासीलाई रोकेको छ । बीबीसीका अनुसार हजारौँ अझै त्यसतर्फ आइरहेको जानकारी समेत पोल्याण्डले जनाएको छ । भिडिओ सामाग्रीहरूमा सयौँ मानिसहरू फलामे तारले बारिएको सीमानजिक देखिन्छन् जसमा केहीले उक्त अवरोध पार गर्दै अघि बढ्न खोजेको देखिन्छ। पोल्याण्डको सरकारले सोमवार एउटा आपत्कालीन बैठक बोलाउँदै उक्त क्षेत्रमा १२ हजार फौज खटाएको छ। पोल्याण्डले बेलारूसलाई आप्रवासीहरूलाई सीमातर्फ धकेलेको आरोप लगाउँदै त्यसलाई शत्रुतापूर्ण कार्य भनेको समेत बीबीसीले लेखेको छ ।

    पोल्याण्ड, लिथुआनिया र लाट्भियाले पछिल्ला महिनामा बेलारुसबाट गैरकानुनी रूपमा आफ्नो देश प्रवेश गर्न खोज्ने आप्रवासीहरूको सङ्ख्या बढेको बताएका छन्। ती धेरैजसो मध्यपूर्व र एसियाबाट आएका आप्रवासी रहेको बताइएको छ । आप्रवासी र शरणार्थीहरूलाई रोकेकोमा आलोचित बनेको पोल्याण्डले एउटा ठूलो सङ्ख्यालाई फलामे तारले घेरेर राखेको समेत जनाइएको छ ।

  • त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनलसम्म नि:शुल्क बस सेवा शुरु

    त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनलसम्म नि:शुल्क बस सेवा शुरु

    काठमाडौं । त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनल सम्म अब निशुल्क बस सेवा लिन सकिने भएको छ । विमानस्थल पुग्ने पैदल यात्रुलाई लक्षित गरि निशुल्क बस सेवा शुरु गरिएको हो । यो बस टर्मिनलबाट गेटसम्म आउने छ । जसमा विमानबाट झरेका यात्रुले विमानस्थलको गेटसम्म आउने सुविधा पाउने छन् । विमानस्थल भित्र ट्याक्सीले चर्को भाडा लिने गरेको गुनासोका बीच निशुल्क बस सेवा शुरु गरिएको हो । पर्यटनमन्त्री प्रेम आलेले बस सेवाको सोमबार शुभारम्भ गरेका हुन् ।

  • सत्तारुढ गठबन्धनले बनायो ११ सदस्यीय समन्वय समिति

    सत्तारुढ गठबन्धनले बनायो ११ सदस्यीय समन्वय समिति

    काठमाडौं । सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति बनाएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमवार दिउँसो बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सबै दलबाट दुई जना सदस्य रहने र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत समेटेर समन्वय समिति बनाएको हो ।

    सबै राजनीतिक दलहरूले दुई\दुई महिना संयोजन गर्ने समन्वय समितिमा कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ छन् । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी र दुर्गा पौडेल तोकिएका छन् ।

    नेकपा एकीकृत समाजवादीको एक जना र जनता समाजवादी पार्टीको एक जनाको नाम भने पछि आउने गरी दुई\दुई जना सदस्य रहेको र मन्त्रीहरूको तर्फबाट आफूसमेत सहभागी हुने गरी सत्तारुढ गठबन्धनको पाँच दलीय गठबन्धन समन्वय समिति निर्माण गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता कार्कीले जानकारी गराएका छन् ।

    समितिको पहिलो दुई महिनाको संयोजक रामचन्द्र पौडेललाई तोकिएको छ । प्रधानमन्त्री देउवा अनिवार्य रूपमा उपस्थिति हुने यो समितिको मूल उद्देश्य संविधानको रक्षा, लोकतन्त्रको रक्षा र नागरिकको अपेक्षाअनुसार सरकारलाई काम गराउन सहयोग गर्नुरहेको पनि मन्त्री कार्कीले जानकारी दिए ।

  • नेपाली सेनालाई चीनले दियो ३ लाख डोज खोपसहित स्वास्थ्य सामग्री

    नेपाली सेनालाई चीनले दियो ३ लाख डोज खोपसहित स्वास्थ्य सामग्री

    काठमाडौं । चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेको छ ।

    चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज भेरोसेल खोप प्रदान गरेको हो ।

    सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् ।

    सो क्रममा प्रधानसेनापति शर्माले यस सहयोगको लागि चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरेका थिए ।

    यस किसिमको सहयोगबाट नेपाली सेनाका सकल दर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने सेनाले विश्वास लिएको छ ।

  • तिहारको तीन दिनमा काठमाडौंमा ११ स्थानमा आगलागी, चार जनाको मृत्यु

    तिहारको तीन दिनमा काठमाडौंमा ११ स्थानमा आगलागी, चार जनाको मृत्यु

    काठमाडौं । तिहारमा लक्ष्मीपूजालाई विेशेष दिन मानिन्छ । यो दिन धनधान्यकी देवि लक्ष्मीको पूजा गर्ने दिन झिलीमिली र उज्यालो गरि घरलानई सजाउने परम्परा छ । अहिले यस्तो झिलीमिली कृतिम बनेको छ । जसका लागि भारत र चीनबाट यी सामग्री नेपाल आउने गरेका छन् । यस्तो सामाग्रीको प्रयोगले अर्कोतर्फ दुर्घटना समेत बढाएको छ । काठमाडौं उपत्यकामा तिहारको तीन दिनमा एघार वटा आगलागीको घटना भएको स्थानीय संचारमाध्यमले लेखेका छन् ।

    तिहारमा गरिने झिलमिलमा मानिसहरुको लापरबाहीका कारण ती घटना भएको जुद्ध बरण यन्त्रका फायर कमाण्डर नरेश कुँवरले बताएका छन् । उनका अनुसार एघार वटा घटनामा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । विद्युत शर्ट हुँदा, दियो बाल्दा ख्याल नगर्दा भएको मानवीय त्रुटीका कारण आगलागी भएको पाइएको छ ।

    कार्तिक १९ गते साँझ ललितपुरको मंगलबारमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको थिछ । तीन दिनमा उपत्यकाको तीन जिल्ला मध्ये काठमाडौंमा छ वटा आगलागीको घटना भए पनि मानवीय क्षति भने हुन पाएन । ललितपुरमा दुई वटा घटना भएकोमा चार जनाको मृत्यु र दुई जना घाइते भए । भक्तपुरमा तीन वटा आगलागीको घटना भए ।

  • न्यूजिल्याण्डमा इच्छा मृत्यु रोज्न पाइने कानुन लागु

    न्यूजिल्याण्डमा इच्छा मृत्यु रोज्न पाइने कानुन लागु

    काठमाडौं । न्युजिल्यान्डले इच्छा–मृत्यु रोज्न पाउने गरि कानुनी व्यवस्था कार्यान्वयनमा ल्याएको छ । न्युजिल्यान्डमा इच्छाअनुसार मृत्युवरण गर्न पाउने कानुनी व्यवस्था लागू भएको हो । । यस्तो व्यवस्था यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बियामा कार्यान्वयनमा छ ।

    न्युजिल्यान्डमा इच्छा मृत्यु गम्भीर रोगका कारण डाक्टरले ६ महिनाभन्दा बढी बाँच्न नसक्ने भनेर प्रमाणित गरेका व्यक्तिमा मात्र लागू हुने समेत बताइएको छ । न्युजिल्यान्डमा इच्छा मृत्युका विषयमा भएको जनमत सङ्ग्रहमा ६५ प्रतिशतभन्दा बढी मत यस कानुनका पक्षमा आएसँगै कानून कार्यान्वयनको बाटो समेत खुलेको हो । इच्छा मृत्युलाई कानुनी मान्यता दिने कि नदिने भन्ने विषयमाभएको लामो बहसपछि अन्ततः न्युजिल्यान्ड यस्तो निष्कर्षमा पुगेको हो ।

  • पूर्ण खोप लगाएका यात्रुलाई अमेरिकामा आवागमन प्रतिवन्ध फुकुवा

    पूर्ण खोप लगाएका यात्रुलाई अमेरिकामा आवागमन प्रतिवन्ध फुकुवा

    वासिंटन डिसी । अमेरिकाले २० महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गरेको छ । बीबीसीका अनुसार सोमवारबाट पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई आफ्नो सीमा खुला गर्ने घोषणा अमेरिकाले गरेको हो । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले कोभिडका कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएका थिए।

    ब्रिटेन र युरोपेली सङ्घका देशहरू सहित ३० भन्दा बढी देशहरू अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुर्नमिलन हुन पाएको थिएन र पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो। नयाँ नियमसँगै विमानसेवाहरूले आगन्तुकहरूको आवागमन बढ्ने अपेक्षा गरेका छन्। आगन्तुकहरूको खोपको अवस्थालाई निकै सजगतापूर्वक हेरिने अधिकारीहरूले बताएका छन्।

    युनाइटेड एअरलाइन्सले अमेरिका आउने अन्तर्राष्ट्रिय यात्रु ५० प्रतिशतले बढ्ने अपेक्षा गरेको छ भने डेल्टा एअरलाइन्सका प्रमुखले केही यात्रुहरू पालो पर्खेर बस्नुपर्ने अवस्था आउनसक्ने बताएका छन्। अब यात्रुहरूले उड्नुअगावै पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र, यात्राको तीन दिन भित्रको कोभिड नेगिटिभ देखिएको परीक्षण र आफ्ना सम्पर्क विवरणहरू बुझाउनुपर्नेछ। तर उनीहरू क्वारन्टिन बस्नुपर्ने छैन।


    अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा आएका सात मुख्य खोपहरूलाई त्यसक्रममा मान्यता दिइँदैछ। प्यारिसको एक ट्राभल कम्पनीका प्रमुखले उक्त निर्णयसँगै आश्चर्यजनक बुकिङ देखा परेको रोयटर्स समाचार संस्थालाई बताएको समेत बीबीसीले लेखेको छ । कोभिड फैलनबाट रोक्ने उद्देश्यले सन् २०२० को सुरुतिरै चिनियाँ यात्रुहरूलाई अमेरिका आउन रोकिएको थियो र त्यसपछि प्रतिबन्ध अन्य देशका लागि विस्तार गरिएको थियो । अब क्यानडा र मेक्सिकोसँगको जमिनतर्फको सीमा पूर्ण खोप लगाएकालाई खुला गरिनेछ।

  • नेपालमा १४१ जनामा कोरोना, ५६३ जनाले जिते

    नेपालमा १४१ जनामा कोरोना, ५६३ जनाले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आंकडा अनुसार १ हजार ९८० पीसीआर परीक्षणमा आइतबार थप १४१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४ हजार ५५८ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३५३ परीक्षणबाट २ जनामा पोजिटिभ देखिएको छ ।

    २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको २ हजार ३३३ परीक्षणमा १४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ५६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९५ हजार ३९७ रहेको छ ।

    नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ । हालसम्म देशभर ४४ लाख ५१ हजार ६१४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ११२ जना रहेका छन् भने आइसोलेसनमा ७ हजार ७१३ छन् ।

  • इराकका प्रधानमन्त्रीको हत्या प्रयास, अमेरिकाले गर्यो निन्दा

    इराकका प्रधानमन्त्रीको हत्या प्रयास, अमेरिकाले गर्यो निन्दा

    बगदाद । इराकका प्रधानमन्त्री मुस्तफा अल खादिमीको हत्या प्रयास भएको छ । इराकको राजधानी बगदादस्थित आफ्नो निवासमा आक्रमण भएपछि आफू त्यहाँबाट भागेको उनको भनाई छ । बीबीसीका अनुसार उक्त आक्रमणलाई उनको हत्या गर्ने प्रयास भनिएको छ। अधिकारीहरूका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो।

    सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री अल-खादिमीलाई अस्पताल लगिएको थियो। तर उनले आफू घाइते नभएको बताएका छन्। सामाजिक सञ्जालमा ट्विटरमा उनलेूइराकको हितका लागि सबैलाई शान्त र संयमित हुन आह्वान गरेका छन्। अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये छ जना घाइते भएका छन्।

    कैयौँ सरकारी भवन र दूतावासहरू अवस्थित क्षेत्रमा देशका प्रधानमन्त्रीमाथि त्यसरी आक्रमण भएको हो। आक्रमणका कारण इराकी प्रधानमन्त्रीको निवासमा क्षति पुगेको थियो । इराकी सञ्चारमाध्यममा प्रकाशित तस्बिरहरूमा प्रधानमन्त्री निवासका केही भाग र एउटा गाडीमा क्षति पुगेको देखिन्छ।

    सुरक्षाकर्मीहरूले आक्रमणमा प्रयोग गरिएको एउटा सानो ड्रोनको अवशेष परीक्षणका लागि लगेको नाम उल्लेख नगरिएका एक सुरक्षा अधिकारीले रोएटर्सलाई बताएको समेत समाचारमा उल्लेख छ । अहिलेसम्म कसैले आक्रमण आफूले गराएको दाबी गरेको छैन। अमेरिकाले घटनालाई आतङ्कवादी कृत्य भनेको छ । उसले अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको छ।

  • सल्यान दुर्घटनामा मृत्यु भएकामध्ये ९ जनाको सनाखत

    काठमाडौं । सल्यानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामा ९ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये ९ जनाको सनाखत भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दाङको बबई गाउँपालिका–६ कि ६० वर्षिया दैली चलाउने, बबई गाउँपालिका–५ कि ६५ वर्षकी कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का तिलक वली, सल्यानकै शारदानगर नगरपालिका–२ कि प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, शारदा नगरपालिका–३ कि ३६ वर्षकी लीला बुढाथोकी रछन् ।

    दुर्घटनामा परी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ कि मीना शाही, दाङको शान्तिनगर गाउँपालिकाकी सावित्रा केसी र घोराही उपमहानगरपालिका–१० कि ३६ वर्षकी रुपा केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो ।


    सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ ।

    घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो ।

  • सन् २०२१ मा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी अमेरिकी नागरिक

    सन् २०२१ मा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी अमेरिकी नागरिक

    काठमाडौं । सन् २०२१ मा नेपाल आएका विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक रहेको पाइएको छ । यस वर्ष जनवरी अक्टोवरसम्म नेपाल भित्रिएका पर्यटक मध्ये अमेरिकाबाट धेरै रहेका छन् । ३३ देशबाट नेपाल आएका पर्यटक मध्ये १५.५४ प्रतिशत अमेरिकी नागरिक रहेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । बोर्डका अनुसार जनवरीदेखि अक्टोवरसम्म ३३ देशबाट एक लाख १४८ जना पर्यटक नेपाल भित्रिएका छन् । जसमा १५ हजार ५६५ जना अमेरिकी पर्यटक रहेका छन् । नेपालमा संखयात्मक हिसाजवले भारत र चीनको बाहुल्य छ । तर, यो वर्ष कोरोना महामारी र यात्रामा लगाइएका प्रतिवन्धका कारण यी मुलुकबाट पर्यटक आउन पाएका छैनन् । कोरोना भाइरस संक्रमणको दर कम हुदै गएपछि सरकारले पर्यटकका लागि आगमन खुल्ला गरेपछि पर्यटकको आगमनदर बढ्दै गएको भने देखिएको छ । अक्टोवरमा २३ हजार २८४ जना र सेक्टेम्बर महिनामा मात्र ३५ राष्ट्रबाट ९९९८ जना पर्यटक नेपाल भित्रिएका छन् । बोर्डको तथ्याङक अनुसार यस अघि जुलाइ महिनामा दुई हजार ९९१ आएका थिए भने अगस्टमा महिनामा छ हजार पर्यटक नेपाल आएको आंकडा रहेको छ ।

  • सल्यानमा बस दुर्घटना, कम्तिमा ९ जनाको मृत्यु

    सल्यानमा बस दुर्घटना, कम्तिमा ९ जनाको मृत्यु

    सल्यान । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ । बसमा २६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुको उपचार जारी रहेको छ । मृतकको संख्या बढ्न सक्ने बताइएको छ । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाई खतिवडालाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । आइतबार मध्याह्न १२ बजे राप्ती लोकमार्गको कपुरकोटको खारखोला भन्ने स्थानमा बस दुर्घटनामा परेको हो । बस सडकबाट २ सय मिटर तल खसेको छ । प्रहरी र स्थानीय उद्धारमा जुटेको खबर छ ।

  • सियरालिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, कम्तिमा ८४ जनाको मृत्यु

    सियरालिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, कम्तिमा ८४ जनाको मृत्यु

    काठमाडौं । अफ्रिकी मुलुक सियरालिओनमा इन्धन बोकेको ट्याङ्कर अर्को लरीसँग ठोक्किएर भएको दुर्घटनामा कम्तिमा ८४ जनाको मृत्यु भएको छ । घटना सियरालिओनको राजधानी फ्रीटाउनमा भएको हो । बीबीसीका अनुसार आगलागी हुनु अघि इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधन जलेको बताइएको छ ।

    स्थानीय मिडियाले प्रकाशित गरेका तस्बिरमा ट्याङ्कर वरिपरि नराम्ररी डढेका शवहरू देखिन्छ। राष्ट्रपति जुलियस मादा बायोले दुखान्तकारी आगलागी र मानिसको ज्यान गएका कारण आफूलाई गहिरो दुख लागेको बताएको बीबीसीले लेखेको छ । आफ्ना सवारी साधनमा फसेका कारण कैयौँले ज्यान गुमाउन पुगेका थिए ।

    राष्ट्रपतिले पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्ने बताएका छन्। फ्रीटाउनका मेयर वाइभोन अकि सवेरले त्रासदीपूर्ण तस्बिर देखेको भन्दै १०० भन्दा बढीको ज्यान गएको बताएका छन् । गृहमा ९० भन्दा बढी शवहरू पुगेको र फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जना जति मानिसको उपचार भइरहेको बताइएको छ। विस्फोट सहरको वेलिंगटन क्षेत्रको व्यस्त चोइथ्राम सुपर मार्केट बाहिरको एक चोकमा शुक्रवार करिब दश बजे भएको बताइएको छ।

    एक रिपोर्टका अनुसार मानिसहरूले भरिएको बस पूर्ण रूपमा जलेको छ। जसका कारण घटनास्थल वरपरका पसलहरू समेत आगोको ज्वालाका कारण प्रभावित छन्। सियरा लिओनको राष्ट्रिय प्रकोप व्यवस्थापन संस्थाका प्रमुख ब्रिमा बुरेह सेसेले स्थानीय सञ्चार माध्यमसँग भयानक दुर्घटना भएको बताइन्। एक लाखभन्दा बढी मानिस बसोबास गर्ने यस बन्दरगाह सहरमा, पछिल्ला वर्षहरूमा निकै गम्भीर प्रकोपहरूको सामना गरेको छ।

  • अमेरिकाको टेक्ससमा सांगितिक महोत्सवमा भागदौड, कम्तिमा ८ मारिए

    अमेरिकाको टेक्ससमा सांगितिक महोत्सवमा भागदौड, कम्तिमा ८ मारिए

    टेक्सस । अमेरिकाको टेक्ससमा एउटा साङ्गितिक महोत्सवको उदघाटनका अवसरमा भएको भागदौडमा परि कम्तीमा ८ जनाको मृत्यु भएको छ । घटनामा कैयौँ घाइते भएको बीबीसीले जनाएको छ । ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भिड मञ्चको अगाडि जान खोज्दा भागाभाग मच्चिएको अधिकारीहरूले बताएका छ्न।

    अधिकारीहरूका अनुसार ११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको थियो र आठ जनाको मृत्यु भयो। करिब ३०० जनालाई चोटपटक लागेर उपचार गरिएको थियो। महोत्सवमा करिब ५० हजार मानिसको सहभागिता थियो। घटना शुक्रवार राति स्थानीय समय अनुसार करिब सवा ११ बजे भएको थियो।

    मानिसको भिडले मञ्चको अघिल्लो भागलाई थिच्यो र मानिसहरू आतङ्कित हुन थाले, ह्युस्टन, अग्नि नियन्त्रक प्रमुख स्यामुयल पेनाकाले पत्रकारहरूलाई बताए। उनका अनुसार भागाभागमा परी मानिसहरू घाइते भएपछि त्यहाँ उपस्थित अरू मानिस झनै आत्तिएका हुन्।


    ह्युस्टन क्रोनिकलका अनुसार, सोही सहरका र्‍यापर ट्राभिस स्कट आफ्नो ७५ मिनेट लामो प्रस्तुति अवधिमा धेरै पटक रोकिएका थिए। उनले अगाडि बसेका दर्शकहरूबीच तनाव सिर्जना भएको देखेका थिए। स्कटले सुरक्षाकर्मीहरूलाई उपस्थित दर्शक ठीक छन् भन्ने सुनिश्चित गर्न र भिडबाट बाहिर निक्लन मद्दत गर्न समेत आग्रह गरेका थिए। आकस्मिक सवारी साधनहरू, बत्तीहरू र आपत्कालीन फ्ल्यास, भिडमा धेरै पटक देखिएको सञ्चार माध्यममा जनाइएको छ।

    मानिसहरू घाइते भएको देखिएपछि आयोजकले कार्यक्रम बन्द गरे। तर, घाइतेहरूको सङ्ख्या ठूलो भएका कारण उपलब्ध चिकित्सा सुविधा पर्याप्त नभएको अग्नि नियन्त्रक प्रमुखको दाबी छ। एबीसी थर्टिनले जनाए अनुसार शुक्रवार सयौँ मानिसहरू कार्यक्रम परिसरमा पुगेका थिए। कन्सर्टमा प्रवेश गर्नका लागि उनीहरूले सुरक्षा जाँच गर्ने मेटल डिटेक्टरजस्ता उपकरणहरू नै तोडमोड गरेका थिए। महोत्सवको दोस्रो र अन्तिम दिन शनिवार हुने कार्यक्रम रद्द गरिएको छ। आयोजक लाइभ नेसनले तत्काल घटनाबारे कुनै प्रतिक्रिया नजनाएको समाचार एजेन्जी रोयटर्सले जनाएको छ।

  • नेपालमा १३९ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

    नेपालमा १३९ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने ३९६ जना निको भएका छन् । शनिबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार २३२ पुगेको छ । जसमध्ये ११ हजार ४३९ जनाको मृत्यु भएको छ भने ७ लाख ९४ हजार ८३४ जना संक्रमणमसक्त भएका छन् ।

    मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ हजार ५२४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ६२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९६ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • तिहारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना, कसले के भने ?

    तिहारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना, कसले के भने ?

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् । भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी हुन् ।

    झिलिमिली बत्तीको उज्यालोले औँसीको कालो अँध्यारोलाई जित्ने तिहार पर्व एक प्रतिकात्मक उत्सव पनि उनले भनेकी छिन् । दीपावलीका माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्ने उनको भनाई छ ।

    तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने सन्देशमा उल्लेख छ ।

    उता, प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड १९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड १९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक अनुरोध गरेका छन् ।

    भाइटीकाका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरेका छन् । सन्देशमा कोभिड१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होसियारीपूर्वक यस किसिमका पर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन सक्ने उल्लेख छ ।

    प्रधानमन्त्रीले यतिबेला संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र प्रगतिको दिशामा अगाडि बढाइरहेको उल्लेख गर्दै आम नागरिक र राज्यका सबै निकायको आ-आफ्नै भूमिका एवं कार्यक्षेत्र रहने हुँदा सबैले आफ्नो भूमिकालाई बिर्सेर हिँड्न खोज्यौँ भने त्यसले हामी कसैलाई सफलता र खुशी दिन नसक्ने बताएका छन् ।

  • दाजुभाई-दिदीबहिनी नहुनेका लागि दिनभर खुल्नेछ रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर

    दाजुभाई-दिदीबहिनी नहुनेका लागि दिनभर खुल्नेछ रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर

    काठमाडौं । तिहार (यमपञ्चक)का दिन रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला रहने भएको छ । यो मन्दिर भूकम्पपछि लगातार बन्द थियो । पछिल्लो दुई वर्ष भने कोरोनाका कारण बन्द भएको थियो । यो वर्ष भने मन्दिर सर्वसाधारणका लागि खुला भएको छ । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु भइसकेको छ । दिदीबहिनी वा दाजुभाई नहुनेले यहाँ पुगेर टिका लगाउन सक्छन् । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजका दिनमात्र खुल्छ ।