चिनियाँ राष्ट्रपतिलाई नेपालमा भब्य आतिथ्य, २० बुँदे सहमति \ सम्झौता

काठमाडौं । करीव साढे दुई दशकपछि नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालले भब्य आतिथ्यता प्रदान गरेको छ । राष्ट्रपतिलाई लिन विमानस्थलमै पुगेकी राष्ट्रपति विद्यादेवि भण्डारी उनको बिदाईमा समेत विमानस्थलसम्मै पुगेकी थिइन् । यसबाहेक सबै सम्माननीय पदधारी व्यक्तित्व विमानस्थलसम्मै पुगेर चिनियाँ राष्ट्रपतिको स्वागत तथा बिदाईमा खटिए । यस दौरान राष्ट्रपतिलाई सर्वसाधारण, कर्मचारीले समेत सडकमा… Continue reading चिनियाँ राष्ट्रपतिलाई नेपालमा भब्य आतिथ्य, २० बुँदे सहमति \ सम्झौता

नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत रहने प्रक्षेपण

काठमाडौं । विश्व बैंकले सन् २०१९ का लागि नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व वैंकले आइतबार सार्वजनिक गरेको प्रक्षेपण अनुसार सन् २०१८ को तुलनामा यस वर्ष आर्थिक वृद्धिदर सकारात्मक रहने भएको हो । सन् २०१८ मा ६.७ प्रतिशत आर्थिक वृद्धिदर रहेको विश्व बैंकले उल्लेख गरेको छ । आइतबार नेपालसहित सार्क… Continue reading नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत रहने प्रक्षेपण

संसारकै धनी शहर बन्यो न्यूयोर्क; कुन कुन सहर कति नम्बरमा ?

न्यूयोर्क    विश्वका धेरै देशहरुमा सुन्दर र बिशाल सहरहरु छन । कतिपय शहरहरुमा त संसारका थुप्रै मानिसहरुको पुग्ने धोको नै हुन्छ । विश्वका चर्चित सहरहरुको चर्चा गर्दा गत बिहीवार “न्यू वर्ल्ड वेल्थ” ले संसारका धनी सहरहरुको सुची सार्वजनिक गर्दै अमेरिकाको न्युयोर्क शहरलाई संसारकै सबैभन्दा धनी सहरको रुपमा सुचीकृत गरेको छ । साउथ अफ्रिकाको जोहान्सवर्गमा रहेर… Continue reading संसारकै धनी शहर बन्यो न्यूयोर्क; कुन कुन सहर कति नम्बरमा ?

काठमाडौंमा अमेरिकी राजदुत र दुतावासले यसरी मनाए दशैं

न्युयोर्क    नेपालस्थित अमेरिकी दुतावासले काठमाडौंमा नेपाली हिन्दूहरुको महान चाड बडा दशैं भब्य रुपमा मनाएको छ । नेपालस्थित अमेरिकी दुतावासले आफ्नो अधिकारिक फेसबुकबाट दशैं मनाएको भिडियो तथा केही तस्बिरहरु समेत सार्वजनिक गरेको छ । नेपाली धर्म संस्कृती   रिती रिवाज र चाडपर्बलाई नजिकबाट नियाल्दै, सहभागि हुँदै आएको काठमाडौंस्थित अमेरिकी दुताबासको तर्फबाट राजदुत र्याण्डी बेरीले दुताबास… Continue reading काठमाडौंमा अमेरिकी राजदुत र दुतावासले यसरी मनाए दशैं

अमेरिकामा धुमधामले दशैं मनाइँदै

कल्पना घिमिरे / न्यूयोर्क, अमेरिका सधै काममा ब्यस्त हुने नेपालीहरु आज दशैं मनाउने तरखरमा छन् । नवरात्रको अन्तिम दिन नवमीमा नजिकैको मन्दिरमा गइ दर्शन गर्ने, घरघरमा राखेका जमरा शक्तीपीठहरुमा चढाउने, आफ्ना सवारी साधनको पूजा गर्ने लगायतका काममा उनीहरु ब्यस्त थिए । नेपालीको बाक्लो बस्ती वरपरका हिन्दु मन्दिरहरुमा दर्शन गर्नेहरु बाक्लै थिए । अस्टमीको दिन ज्याक्सन हाइटको… Continue reading अमेरिकामा धुमधामले दशैं मनाइँदै

जापान र सिंगापुरको पासपोर्ट १ नम्बरमा; नेपाल उत्तर कोरिया भन्दा पछाडि

न्यूयोर्क    सन २०१९ को अन्तिम ३ महिना बाँकी हुँदा यो  बर्ष दुई एसियाली देशका राहदानी विश्वभरका देशहरु मध्ये सबैभन्दा शक्तिशालीमा दरिएका छन् । जापान र सिंगापुरको राहदानी भ्रमणका लागि सबैभन्दा सजिलो भएका कारण विश्वमा नै सबैभन्दा शक्तिशाली भएका हुन् । बिगत १५ बर्षदेखि लगातार विश्वभरका देशहरुका राहदानीको अध्ययन गर्दै आएको हेनेली पासपोर्ट इन्डेक्सले भर्खरै… Continue reading जापान र सिंगापुरको पासपोर्ट १ नम्बरमा; नेपाल उत्तर कोरिया भन्दा पछाडि

प्रधानमन्त्रीको जिल्लामा औद्योगिक पार्क बन्ने पक्का

सांकेतीक तस्वीर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा औद्योगिक पार्क बन्ने पक्का भएको छ । चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण गर्ने सम्बन्धमा बिहीबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पार्क निर्माण गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार राजधानीमा आयोजित एक… Continue reading प्रधानमन्त्रीको जिल्लामा औद्योगिक पार्क बन्ने पक्का

फ्रान्समा चार प्रहरीको चक्कु प्रहार गरी हत्या

पेरिस । फ्रान्समा प्रहरी मूख्यालय भित्रै चार प्रहरीको हत्या भएको छ । फ्रान्सको राजधानी पेरिसस्थित मुख्यालयमा एक व्यक्तिले ती प्रहरीको हत्या गरेको संचारमाध्यमले उल्लेख गरेका छन् । प्रहरीको प्रत्याक्रमणमा ति आक्रमणकारीसमेत मारिएका छन् । यद्दपी उनको नाम अझै बाहिर ल्याइएको छैन । उनी मूख्यालयको प्रशासनिक विभागमा काम गर्ने कर्मचारी रहेको बताइएको छ । हत्याको कारणबारे… Continue reading फ्रान्समा चार प्रहरीको चक्कु प्रहार गरी हत्या

चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाली राष्ट्रपति विमानस्थल जाने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा राष्ट्रपति विद्यादेवि भण्डारीले स्वागत गर्ने भएकी छिन् । दशैं लगत्तै नेपाल आउन लागेका चिनियाँ राष्ट्रपतिको स्वागतमा अहिले देश तदारुकताका साथ खटिएको छ । दक्षिण भारतको तमिलनाडु राज्यस्थित ममल्लिपुरममा आयोजित एक कार्यक्रममा सहभागि भई चिनियाँ राष्ट्रपति नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी २५ असोजमा नेपाल… Continue reading चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाली राष्ट्रपति विमानस्थल जाने

महराले फिर्ता गरे सरकारी गाडी, डेरा सर्ने तयारी

काठमाडौं । आफ्नै सचिवालयकी महिला कर्मचारीमाथि यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजिनामा गरेका कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गर्न थालेका छन् । उनले सभामुखलाई सरकारले उपलब्ध गराएको सवारी साधनमध्ये एक गाडी फिर्ता गरेका छन् । संसद सचिवालयका अनुसार महरालाई तीन वटा गाडी सरकारले दिएको छ । त्यसमध्ये झण्डावाल गाडी फिर्ता भएको हो । उनलाई… Continue reading महराले फिर्ता गरे सरकारी गाडी, डेरा सर्ने तयारी

इंग्ल्याण्डको राष्ट्रिय टोलीमा नेपाली मुलकी अस्मिता

लण्डन । इंग्ल्यान्डको राष्ट्रिय महिला यु–१९ टीममा नेपाली मुलकी अस्मिता आलेले स्थान बनाएकी छिन् । इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लामा आवद्ध १७ वर्षीया सेन्टर ब्याक अस्मिता युइएफए महिला यु–१९ च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि राष्ट्रिय टीममा परेकी हुन् । उनी इंग्ल्यान्डको उमेर समूहको राष्ट्रिय टिममा पर्ने नेपाली मूलकी पहिलो खेलाडी बन्न सफल भएकी छिन् ।… Continue reading इंग्ल्याण्डको राष्ट्रिय टोलीमा नेपाली मुलकी अस्मिता

चिनियाँ राष्ट्रपति सी चीनफिङ भ्रमणको तयारी तिब्र, जहाजको रेकी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङको भ्रमणको तयारी तिब्र बनाइएको छ । बुधबार उनी आउने जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरी यहाँको रेकी गरेको छ । उनी दशैं लगत्तै नेपाल आउने कार्यक्रम छ र यद्दपी सुरक्षा संवेदनशिलताका कारण नेपालमा मिति भने गोप्य राखिएको छ । चिनियाँ राष्ट्रपति आउने जहाजले विमानस्थलमा ओर्लिएर यहाको सुरक्षा अवस्थितिको जाँच गरेको… Continue reading चिनियाँ राष्ट्रपति सी चीनफिङ भ्रमणको तयारी तिब्र, जहाजको रेकी

सभामुख पद खाली, महिलाले बोली फेरेपनि बचेन महराको पद

काठमाडौं । सभामुख कृष्ण बहादुर महरामाथि यौन दूव्र्यवहारको आरोप लगाएकी रोशनी शाहीले आफ्नो बयान फेर्दै महराबाट आफूमाथि कुनै दूव्र्यवहार नभएको बताएकी छिन् । तर, उनको फेरिएको बयान आउनु अगाडी नै सभामुख कृष्ण बहादुर महराले पदबाट राजिनामा गरेका कारण उनको पद भने गएको छ । उपसभामुख डा. शिवमाया तुम्वाहाङफेले महराको राजिनामा स्वीकृत गरेकी छिन् । यससँगै… Continue reading सभामुख पद खाली, महिलाले बोली फेरेपनि बचेन महराको पद

दशैं मान्न एक सातामा १२ लाखले छाडे काठमाडौं

काठमाडौं । दशैँ मनाउने गरी काठमाडौँ उपत्यका छाड्ने यात्रुको सख्या १२ लाख पुगेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार पछिल्लो एक साता (५ असोजयता) मात्र ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट दशैं मनाउन बाहिर गइसकेका छन् । काठमाडौंबाट सबैभन्दा धेरै मानिस षष्ठी र सप्तमीको दिन बाहिरिन्छन् । यस अवधिमा राजधानी भित्रने यात्रु… Continue reading दशैं मान्न एक सातामा १२ लाखले छाडे काठमाडौं

अमेरिकी रास्ट्रपति महाअभियोग- यता टाल्यो उता भत्किने अवस्थामा ट्रम्प प्रशासन

फाईल फोटो

प्रभात भट्टराई अमेरिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध हाउस डेमोक्र्याटले महाअभियोग प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै सरकार र यसका निकट व्यक्तिबारे एकपछि अर्को पोल खुल्न थालेका छन् । यसले ट्रम्प प्रशासनलाई थप अप्ठ्यारोमा धकेल्न थालेको छ । ट्रम्प लोकप्रिय रहेका राज्यमा २०२० मा पुनर्निर्वाचित हुन चुनाव लड्न लागेका केही सिनेटरबाहेक अरु रिपब्लिकन सिनेटरले ट्रम्पको बचाउ गरेका… Continue reading अमेरिकी रास्ट्रपति महाअभियोग- यता टाल्यो उता भत्किने अवस्थामा ट्रम्प प्रशासन

आजदेखि ३२ जिल्लामा टेलिकमको फोरजी सेवा

काठमाडौं । नेपाल टेलिकमले बुधबारदेखि थप ३२ जिल्लामा फोरजी सेवा बिस्तार गर्ने भएको छ । यसअघि काठमाडौं र पोखरामा मात्र सिमित अत्याधुनिक सेवा बिस्तारसँगै टेलिकमले ग्राहकका लागि आकर्षक प्याकेजहरुसमेत सार्वजनिक गरेको छ । उच्च गतिको इन्टरनेट सेवाको नेटवर्क फैलिएसँगै ग्राहकलाई सहज हुने विश्वास टेलिकमको रहेको छ । टेलिकमका अनुसार फोर जी सेवा विस्तार भएसागै ग्राहकले… Continue reading आजदेखि ३२ जिल्लामा टेलिकमको फोरजी सेवा

यौन दुर्व्यवहारको आरोपपछि सभामुख महराको राजिनामा

काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारीले आफूमाथि बलत्कार गरेको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजिनामा गरेका छन् । उनले मंगलबार उपसभामुखसमक्ष राजीनामा पत्र बुझाए । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराको राजिनामा पत्रमा उल्लेख छ । उनको राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भनी उल्लेख गरिएको… Continue reading यौन दुर्व्यवहारको आरोपपछि सभामुख महराको राजिनामा

नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता, अष्ट्रेलियाका सबै शहरमा नेपाली जहाज जान सक्ने

काठमाडौं । अब अष्ट्रेलियाका सबै शहरमा नेपालबाट उडान हुने बाटो खुला भएको छ । नेपाल र अष्ट्रेलियाबीच मंगलबार सम्पन्न द्धिपक्षीय प्रारम्भिक हवाई सेवा सम्झौताले दुबै मुलुकका वायुसेवा कम्पनीले एक अर्का देशका विमानस्थलमा उडान गर्न सक्ने बाटो खुलेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार अब नेपाली वायुसेवा कम्पनीले पर्थ, मेलवर्न,… Continue reading नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता, अष्ट्रेलियाका सबै शहरमा नेपाली जहाज जान सक्ने

यूएईमा बस दूर्घटना, ६ नेपालीको ज्यान गयो

दुबई । यूएईमा भएको विभत्स सडक दूर्घटनामा परी ८ जनाको निधन भएको छ । त्यसमध्ये ६ जना नेपाली रहेको दुबईस्थित नेपाली दूतावासले पुष्टी गरेको छ । यूएइमा सुरक्षा गार्डका रुपमा कार्यरत कामलाईलाई कार्यालयबाट वासस्थानतर्फ लैजादै गर्दा मिनीबस दूर्घटनामा परेको हो । दूतावासका अनुसार रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम… Continue reading यूएईमा बस दूर्घटना, ६ नेपालीको ज्यान गयो

कति व्यवहारिक छ दिसामुक्त देश घोषणा ?

काठमाडौं । सोमबार एक भब्य कार्यक्रमको आयोजना गरी सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरे र भने, अब फूटपाथबाट माग्न बसेका मानिसहरु समेत नदेखिने गरी सडक मानवमुक्त राष्ट्र घोषणा गर्छौं । उनको यो घोषणा जति गौरवपूर्ण छ, व्यवहारमा निकै आलोचित पनि । किनकी खुलादिसा… Continue reading कति व्यवहारिक छ दिसामुक्त देश घोषणा ?

दशैंपछि दुई मुलुकको भ्रमणमा निस्कदै राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दशैंपछि वैदेशिक भ्रमणमा निस्कने भएकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिको म्यानमार र जापानको भ्रमणको तयारी भइरहेको छ । शुरुमा म्यानमार जाने राष्ट्रपति लगत्तै जापान जाने गरी तयारी भइरहेको मन्त्रालय स्रोतको भनाई छ । त्यसो त अक्टोवर मै चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आउँदैछन् । उनी नेपाल आइसकेपछि मात्र राष्ट्रपति… Continue reading दशैंपछि दुई मुलुकको भ्रमणमा निस्कदै राष्ट्रपति भण्डारी

चाडबाडमा सरकारी स्वास्थ्य संस्था बन्द नहुने

काठमाडौं । दशैं र तिहारको बेला उपचारमा कुनै समस्या भोग्नु नपर्ने भएको छ । सरकारी आफ्नो स्वामित्वका स्वास्थ्य संस्था खुलै राख्ने निर्णय गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारमा सार्वजनिक बिदाको समयमा समेत स्वास्थ्यसेवा भने सूचारु राख्ने व्यवस्था मिलाउन स्थानीय तहहरुलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य… Continue reading चाडबाडमा सरकारी स्वास्थ्य संस्था बन्द नहुने

नेपाल अब खुला दिसामुक्त देश

काठमाडौं । काठमाडौं । सरकारले नेपाललाई आज खुला दिसामुक्त देश घोषणा गर्दैछ । सरसफाईमा अन्तरराष्ट्रिय सूचक पार गरेसँगै नेपालले उक्त उपलब्धी हाँसिल गरेको हो । खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार नेपालमा सबै घरमा शौचालय निर्माणको अभियानले सार्थकता पाएकाले खुला दिसामुक्त देश घोषणा गर्न लागिएको हो । त्यससँगै अहिले सार्वजनिक शौचालय निर्माणले समेत गति लिएको छ… Continue reading नेपाल अब खुला दिसामुक्त देश

मेलम्चीको पानी एक वर्ष भित्र काठमाडौं आउला ?

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकि काम पुरा गर्न एक वर्षको प्रतिवद्धतासहित चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको छ । आइतबार सम्पन्न सम्झौता अनुसार चिनियाँ कम्पनीले पनि अब आयोजनाको बाँकि काम १ वर्ष भित्रै सक्ने बताएको छ । एक सालमा पुरा गरे सरकारले आयोजनालाई पुरस्कारस्वरुप बोनस समेत दिने भएको छ । मेलम्ची सरकारका लागि… Continue reading मेलम्चीको पानी एक वर्ष भित्र काठमाडौं आउला ?

काठमाडौं आए दशैंका खसी-बोका

काठमाडौं । सरकारले दशैंमा बिक्रि गर्न किनेका खसी-बोका काठमाडौं ल्याएको छ । काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारको तर्फबाट खसी बोका बिक्रि गर्ने भएको छ । आइतबार काठमाडौं ल्याइएका खसी र च्यांग्राको बिक्रि भने सोमबारबाट मात्र शुरु हुने भएको छ । सोमबार मूल्य निर्धारण गरेपछि उपभोक्ताका लागि बिक्रि शुरु गरिने भएको छ । दशैंको… Continue reading काठमाडौं आए दशैंका खसी-बोका

संसारकै ठूलो विमानस्थलमा नेपाली एयरलाइन्सलाई पनि अनुमति

काठमाडौं । चीनको बेइजिङस्थित डाक्सिङ विमानस्थलमा हिमालय एयरलाइन्सले स्लट प्राप्त गरेको छ । यो संसारकै ठूलो विमानस्थलका रुपमा चीनले हालै निर्माण सम्पन्न गरेको हो । चीनले अघिल्लो साता मात्र यो विमानस्थलको संचलन गरेको थियो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार काठमाडौंबाट बेइजिङमा दैनिक एक उडान गर्ने गरी कम्पनीले स्लट प्राप्त गरेको छ । अबको… Continue reading संसारकै ठूलो विमानस्थलमा नेपाली एयरलाइन्सलाई पनि अनुमति

आज घटस्थापना, शुरु भयो दशैं

काठमाडौं । हिन्दु धर्मावलम्बीको महान पर्व दशैं आजदेखि शुरु भएको छ । हिन्दु धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्वमा आज प्रतिपदाका दिन घटस्थापना मनाइन्छ । बडादशैंको पहिलो दिन घटस्थापनामा घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौं रोपिन्छ । नेपाल पंचांग निर्णायक समितिले घटस्थापनाको शुभ साइत बिहान १०ः३५ तोकेको छ । गाईको… Continue reading आज घटस्थापना, शुरु भयो दशैं

पारसको कीर्तिमानी शतक, नेपालले सिंगापुरलाई सजिलै हरायो

काठमाडौं । कप्तान पारस खड्काको कीर्तिमानी शतकसँगै सिंगापुरमा जारी त्रिदिवसीय टी-२० सिरिजमा नेपालले घरेलु टीममाथि ९ विकेटको सानदार जीत दर्ता गरेको छ । शनिबार साँझ सिंगापुरमा सम्पन्न खेलमा कप्तान पारस खड्काले १ सय ६ रनको कीर्तिमानी शतक प्रहार गरे । उनी नेपालका तर्फबाट टी-२० र वान डे इन्टरनेशनल दुबै फम्र्याटमा शतक प्रहार गर्ने एक मात्र… Continue reading पारसको कीर्तिमानी शतक, नेपालले सिंगापुरलाई सजिलै हरायो

राष्ट्रसंघ महासभामा नेपालको सम्बोधन, ‘गरिब मुलुकमाथि जलवायु परिवर्तनको अन्यायपूर्ण असर’

न्यूयोर्क । संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सम्बोधन गरेका छन् । उनले खासगरी जलवायु परिवर्तनका मुद्दालाई जोडदार रुपमा विश्वसामू राखेका छन् । गरिब देशले जलवायु परिवर्तनका अन्यायपूर्ण र औचित्यहिन असर भोग्नु परिरहेको भन्दै उनले नगण्य उत्सर्जनले पनि नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको असर भोग्नु परेको उल्लेख गरे । हिमनदीहरु पग्लिएर भइरहेको क्षयीकरणलाई… Continue reading राष्ट्रसंघ महासभामा नेपालको सम्बोधन, ‘गरिब मुलुकमाथि जलवायु परिवर्तनको अन्यायपूर्ण असर’

नौबिसेको जामले रेलको याद दिलाएपछि…

काठमाडौं । नेपालमा अहिले रेल छैन । तर, सबैभन्दा चर्चा रेलकै छ । हुँदै नभएको पूर्वाधारको किन यति धेरै चर्चा ? किनकी वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सबैभन्दा बढी प्राथमिकताका साथ उठाएको पूर्वाधार नै रेल हो । उनले नेपालमा रेल कुदाएर देशलाई समृद्ध बनाउने सपना देखाएका छन् । यतिसम्म की यो सपना आफूले… Continue reading नौबिसेको जामले रेलको याद दिलाएपछि…