उपत्यका बाहिर कोरोनाको परिक्षण बिस्तार गर्दै सरकार, मेडिकल किट लिन चीन गयो जहाज

काठमाडौं । सरकारले काठमाडौं उपत्यका बाहिर पनि कोरोनाको परिक्षण हुने गरी सेबा बिस्तार गरेको छ । धरानमा शनिबारबाटै सेवा बिस्तार गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार अब हेटौडा, पोखरा तथा नेपालगन्जमा समेत सेवा बिस्तारको तयारी छ । यसपछि नमुना परिक्षणका लागि काठमाडौं आइरहनु पर्ने छैन । प्रवक्ता देवकोटाका अनुसार… Continue reading उपत्यका बाहिर कोरोनाको परिक्षण बिस्तार गर्दै सरकार, मेडिकल किट लिन चीन गयो जहाज

धनगढीमा कोरोना पुष्टी भएका व्यक्ति दुबईबाट दिल्ली हुँदै नेपालमा

काठमाडौं । शनिबार नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ । यससँगै कूल संक्रमितको संख्या पाँच पुगेको छ । सरकारले यसअघि शुक्रबार धनगढीमा भेटिएका संक्रमितको समेत विस्तृत जानकारी सार्वजनिक गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार धनगढीमा ३२ वर्षिय युवाका संक्रमण पुष्टी भएको थियो । उनी २०… Continue reading धनगढीमा कोरोना पुष्टी भएका व्यक्ति दुबईबाट दिल्ली हुँदै नेपालमा

नेपालमा पाँचौ व्यक्तिमा कोरोना संक्रमण, बेल्जियमबाट आएकी १९ वर्षिय युवतीमा पुष्टी

काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट नेपाल आएकी बागलुङकी युवतीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको हो । उनी ४ चैतमा नेपाल आएकी थिइन् । कतार हुँदै क्यू आर ६५२ नम्बरको उडानबाट नेपाल आएकी युवती चिकित्सकको सम्पर्कमा रहेको र… Continue reading नेपालमा पाँचौ व्यक्तिमा कोरोना संक्रमण, बेल्जियमबाट आएकी १९ वर्षिय युवतीमा पुष्टी

नेपालबाट एकै दिन फर्किए ६ सय यूरोपेली नागरिक

काठमाडौं । नेपालबाट कतार एयरवेजले एकै दिन ६ सय भन्दा बढी यूरोपेली नागरिकलाई नेपालबाट फिर्ता लगेको छ । नेपालस्थित सम्बन्धित मुलुकका दूतावासको पहलमा यूरोपका नागरिकलाई उनीहरुको घर फर्काइएको हो । शनिबार कतार एयरवेजका दुई वटा विमानले नेपालमा पदयात्रामा आएका नागरिकलाई फिर्ता लगेको हो । शनिबार बिहान एक घण्टाको फरकमा दुई वाइडबडी जहाज उडेका थिए ।… Continue reading नेपालबाट एकै दिन फर्किए ६ सय यूरोपेली नागरिक

नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा चिप्लियो

नेपालगन्ज । नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा ठूलो दूर्घटनाबाट बचेको छ । शनिबार कोरोना परिक्षणका लागि संकलित स्वाब लिनका लागि नेपाल एयरलाइन्सको वाई १२ ई जहाज नेपालगन्ज गएको थियो । जहाज अवतरणका क्रममा धावनमार्गमा अन्डरसूट भएको हो । जसले गर्दा जहाज धावनमार्ग छाडेर घाँसै मैदानतर्फ लागेको थियो । शनिबार मध्य र सुदुरपश्चिम भेगमा संकलन गरिएका… Continue reading नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा चिप्लियो

स्पेनमा चार नेपालीमा कोरोना संक्रमण

बार्सिलोना । स्पेनमा चार जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित मध्ये स्पेन पनि एक मुलुक हो । कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण पुष्टी भएको संचार माध्यमले जनाएका छन् । स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका नेपालीमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु अस्पतालमा छन् । बार्सिलोनास्थित… Continue reading स्पेनमा चार नेपालीमा कोरोना संक्रमण

कोरोनाले अमेरिकामा एकै दिन ४ सय मानिसको ज्यान लियो

काठमाडौं । कोरोना भाइरसले अहिले अमेरिकार यूरोपेली मुलुकलाई आक्रान्त बनाएको छ । शुक्रबार यी मुलुकबाट अझ डरलागे तथ्यांकहरु आएका छन् । अमेरिकामा मात्र एकैदिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ४ सय जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या अब १ हजार ६ सय ९५… Continue reading कोरोनाले अमेरिकामा एकै दिन ४ सय मानिसको ज्यान लियो

यूएइमा थप दुई नेपालीमा देखियो कोरोना, दुई जना भने निको भए

यूएई । यूएईमा थप २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार यसको पुष्टी गरेको हो । शुक्रबार मात्र यस मुलुकमा ७२ जना नयाँ संक्रमित फेला परेका थिए । त्यसमध्ये दुई जना नेपाली कामदार रहेका छन् । यूएइमा कूल संक्रमित ४ सय ५ जना भएको छ ।… Continue reading यूएइमा थप दुई नेपालीमा देखियो कोरोना, दुई जना भने निको भए

लकडाउन उल्लंघनविरुद्ध प्रहरीको कडाई

काठमाडौं । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेहरु विरुद्ध प्रहरीले कडाई थालेको छ । कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कडाई थालेको हो । शनिबार एकाबिहानै प्रहरीले उपत्यकाबाट करीव १ सय ५० जनालाई पक्राउ गरेको छ । उनीहरु लकडाउन उल्लंघन गर्दै सडकमा हिँडिरहेका थिए । प्रहरीले अति आवश्यक काम… Continue reading लकडाउन उल्लंघनविरुद्ध प्रहरीको कडाई

कोरोनाबारे देउवाले दिए सरकारलाई चार सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण र यसले पारेको प्रभाव न्यूनिकरण गर्न सरकारलाई चार बुँदे सुझाव दिएका छन् । उनले तत्काल राहतका कार्यक्रम घोषणा गर्न समेत सरकारसँग माग गरेका हुन् । उनले शुक्रबार विज्ञप्ति निकाल्दै आर्थिक प्याकेज घोषणाको माग गरेका छन् । कोरोनाभाइरस संक्रमण फैलन नदिन सरकारले गरेको… Continue reading कोरोनाबारे देउवाले दिए सरकारलाई चार सुझाव

नेपालमा कोरोनाको चौथो संक्रमण पुष्टी, धनगढीमा देखियो

काठमाडौं । नेपालका कोरोना भाइरसको चौथो संक्रमण पुष्टी भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । दुबईबाट फर्किएका युवामा कोरोनाको संक्रमण पुष्टी भएको हो । उनको बारेमा विस्तृत विवरण संकलनको काम भइरहेको मन्त्रालयले जनाएको छ । युवक ११ चैतमा अस्पताल भर्ना… Continue reading नेपालमा कोरोनाको चौथो संक्रमण पुष्टी, धनगढीमा देखियो

कोरोनाले अमेरिकामा ३३ लाख बेरोजगार

न्यूयोर्क । कोरोना भाइरसले अमेरिकामा बहुआयामिक असर गरिरहेको छ । त्यसले पारेका प्रभावहरु क्रमशः देखिन थालेको छ । संचारमाध्यमहरुका अनुसार गत साता अमेरिकामा ३३ लाख अमेरिकी नागरिकले आफू बेरोजगार भएको भन्दै भत्ता र अन्य सहयोगका लागि सरकार समक्ष पेश गरेका छन् । इतिहासमै यति धेरै नागरिकले एक साथ बेरोजगारी भत्ताका लागि सरकार गुहार्नु परेको हो… Continue reading कोरोनाले अमेरिकामा ३३ लाख बेरोजगार

चैत महिनाको विद्यूत महसुलमा २० प्रतिशत छूट

काठमाडौं । सरकारले चैत महिनाका लागि विद्यूतका ग्राहकलाई छूट दिने भएको छ । यो छूट घरायसी प्रयोजनमा विद्यूत उपयोग गर्ने ग्राहकका लागि मात्र हो । उर्जा मन्त्रालयका अनुसार करीव ३८ लाख ग्राहक यसबाट लाभान्वित हुने भएका छन् । १ सय ५० युनिटसम्म विद्युत प्रयोग गर्ने ग्राहकलाई चैत महिनाको महसुलमा २० प्रतिशत छुट दिन लागिएको हो… Continue reading चैत महिनाको विद्यूत महसुलमा २० प्रतिशत छूट

बेलायती प्रधानमन्त्रीलाई कोरोना पोजेटिभ

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पाइएको छ । उनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा एक भिडियो पोष्ट गर्दै उक्त कुराको पुष्टी गरेका हुन् । भिडियोमा प्रधानमन्त्रीले पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी समेत लागेको उल्लेख गरेका छन् । उनले मेडिकल अफिसरको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ भेटिएको समेत बताए ।… Continue reading बेलायती प्रधानमन्त्रीलाई कोरोना पोजेटिभ

विदेशबाट फर्किएका नागरिकको विवरण संकलन थाल्दै स्थानीय सरकार

काठमाडौं । देशभर विदेशबाट फर्किएका नागरिकको विवरण संकलन शुरु भएको छ । यसमा स्थानीय प्रशासनले सक्रियता लिएका छन् । काठमाडौं महानगरपालिकाले हालै विदेशबाट फर्किएका सबै नागरिकको विवरण संकलन शुरु गरिएको बताएको छ । उपत्यका बाहिर पनि हरेक जसो स्थानीय तहले विदेशबाट फर्किएका नागरिकको विवरण खोजिरहेका छन् । नेपालमा विदेशबाट फर्किएका दुई जनामा कोरोना संक्रमण देखिएको… Continue reading विदेशबाट फर्किएका नागरिकको विवरण संकलन थाल्दै स्थानीय सरकार

अत्यावश्यक सेवाका कामदार निर्वाध घरबाहिर निस्कन पाउने

काठमाडौं । काठमाडौंमा कडा लकडाउन छ । घरबेटीले ताल्चा लगाएर गेट बन्द गरेका छन् । जसले गर्दा निर्वाध काममा निस्कन समस्या भएको गुनासो कामदारले गरेका छन् । सोहीकारण सरकरले घरबेटीसँगै आह्वान नै गर्नुपरेको छ । अत्यावश्यक सेवामा काम गर्ने कामदारले घर बाहिर निस्कन रोक्न पाउने छैनन् । घरपरिवारले समेत यस्तो सेवाका खटिएका आफ्नो परिवारका सदस्यलाई… Continue reading अत्यावश्यक सेवाका कामदार निर्वाध घरबाहिर निस्कन पाउने

स्पेन र इटलीमा कोरोनाले त्राहीमाम, एकै दिनमा १४ सयको ज्यान गयो

रोम । कोरोना भाइरस(कोभिड–१९) को इपिसेन्टर इटली र स्पेनमा यसको भयाभह रुप अझै जारी छ । किनकी पछिल्लो २४ घण्टामा यी दुई मुलुकले मात्र आफ्ना १४ सयभन्दा बढी नागरिकलाई गुमाएका छन् । संचारमाध्यमहरुका अनुसार बिहीबार इटालीमा एकैदिन ७१२ जनाको ज्यान गयो । यससँगै इटालीमा मृत्यु हुनेको संख्या ८ हजार २१५ पुगेको छ । यस मुलुकमा… Continue reading स्पेन र इटलीमा कोरोनाले त्राहीमाम, एकै दिनमा १४ सयको ज्यान गयो

कोरोनाबाट बेलायतमा अर्का नेपालीको ज्यान गयो

काठमाडौं । कोरोना भाइरसका कारण बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ । यसअघि बेलायतमा एक पूर्वगोर्खा सैनिकको निधन भएको थियो । संचार माध्यमहरुका अनुसार मृत्यु हुनेमा लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्याल हुन् । उनको उपचारको क्रममा अर्यालको गत सोमबार मृत्यु भएको भएको थियो । अस्पतालले कोरोना… Continue reading कोरोनाबाट बेलायतमा अर्का नेपालीको ज्यान गयो

जर्मनी र फ्रान्सले जहाज चार्टर्ड गरी नेपालबाट आफ्ना नागरिक लैजाने

काठमाडौं । जर्मनी र फ्रान्सले नेपालबाट आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरी लैजाने भएका छन् । जर्मनीले शुक्रबार र शनिबार कतार एयरवेजको जहाज चार्टर्ड गरी नेपालमा फसेका पर्यटक लैजान लागेको हो । फ्रान्सले पनि चार्टर्ड जहाज ल्याउने तयारी गरिएको छ । सोहीकारण बिहीबार पोखरा तथा लुक्लामा रहेका विदेशी नागरिकलाई धमाधम काठमाडौं ल्याइयो । पोखराबाट करीव १… Continue reading जर्मनी र फ्रान्सले जहाज चार्टर्ड गरी नेपालबाट आफ्ना नागरिक लैजाने

विदेशबाट फर्किएका नेपालीमा त्रास, सरकारले भन्यो नआत्तिनुस

काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित तीन जना बिरामी भेटिएका छन् । त्यसमध्ये एक जनालाई निको भइसकेको छ । उनी उपचारपछि घर फर्किसकेका छन् । दुई जना भने उपचारकै क्रममा छ । नेपालमा तीन जनामा देखिएको कोरोना, तीनै जना विदेशबाट नेपाल आएका हुन् । जसले गर्दा हालै नेपाल फर्किएका नेपालीमा त्रास बढेको छ । उनीहरुमा मात्र… Continue reading विदेशबाट फर्किएका नेपालीमा त्रास, सरकारले भन्यो नआत्तिनुस

अब ग्यास आधा सिलिण्डर पाइने, सर्वसुलभ गराउने प्रयास

काठमाडौं । सरकारले अब आधा सिलिण्डर मात्र भएपनि ग्यास बिक्रि गर्ने भएको छ । ग्यासको आपूर्ति सर्वसुलभ बनाउन यस्तो प्रस्ताव गरिएको हो । अब शुक्रबारदेखि आधा सिलिण्डर मात्र भरिएको ग्यास उपलब्ध हुने भएको छ । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको छ । अहिले एक सिलिन्डरमा १४.२ केजी… Continue reading अब ग्यास आधा सिलिण्डर पाइने, सर्वसुलभ गराउने प्रयास

अमेरिकामा एकै दिन थपिए १० हजार संक्रमित, इटलीमा भयाभह

काठमाडौं । कोरोना भाइरसले चीनपछि सबैभन्दा आक्रान्त यूरोप बनेको छ । तर, पछिल्ला दिनमा यस भाइरसले अमेरिकामा आक्रमण तिब्र बनाएको छ । बुधबार मात्र अमेरिकामा कोरोना भाइरसका नयाँ १० हजार बिरामी पुष्टी भएका छन् । अमेरिकाको सबै राज्यमा फैलिएको यो भाइरसको संक्रमण अहिलेसम्म ६५ हजार ७०० जनामा पुगिसकेको छ । अमेरिकामा बुधबार मात्र १५५ जनाले… Continue reading अमेरिकामा एकै दिन थपिए १० हजार संक्रमित, इटलीमा भयाभह

भारतमा बढे कोरोना संक्रमित, ७ सय पुगे बिरामी

नयाँ दिल्ली । नेपालको छिमकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । केही दिन अगाडीसम्म सामान्य रहेको भारतमा अब भने रोगले महामारीको रुप लिने संकेत देखाएको छ । सोहीकारण भारत सरकारले २१ दिन लकडाउन घोषणा समेत गरिसकेको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या १३ पुगिसकेको छ । बुधबार… Continue reading भारतमा बढे कोरोना संक्रमित, ७ सय पुगे बिरामी

चीनसँगको नाका खोल्ने निर्णय (यस्ता छन् कोरोनासम्बन्धी उच्चस्तरीय संयन्त्रका निर्णय)

file

काठमाडौं । सरकारले चीनसँगका दुई नाका तातोपानी र रसुवागढी खोल्ने निर्णय गरेको छ । भारतसँगको सीमा नाका बन्द गरेसँगै आयात निर्यात ठप्प हुने अवस्था रहेको छ । यस्तोमा दैनिक उपभोग्य सामानको आयात तथा निर्यातका लागि यी दुई नाका खोल्ने निष्कर्षमा सरकार पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य… Continue reading चीनसँगको नाका खोल्ने निर्णय (यस्ता छन् कोरोनासम्बन्धी उच्चस्तरीय संयन्त्रका निर्णय)

कुलमानको आह्वान, विजुली धेरै चलाउनुहोस, माग घटेको छ

काठमाडौं । देशब्यापी लकडाउन कारण अहिले सबै काम ठप्प छ । कलकारखाना बन्द भएका छन् । व्यापारिक क्षेत्र ठप्प छन् । सोहीकारण विजुलीको माग घटेको छ । लकडाउन घोषणा भएसँगै विद्युतको माग ह्वातै घटेको हो । बढी विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालय अहिले बन्द छ । घरायसी प्रयोजनमा निकै कम मात्र विद्युत… Continue reading कुलमानको आह्वान, विजुली धेरै चलाउनुहोस, माग घटेको छ

प्रधानमन्त्रीको ट्वीट : म त घरभित्र छु, तपाई पनि घरमै बस्नुहोस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपण पछि घरमा आराम गरिरहेका छन् । कोरोना भाइरसको संक्रमणविरुद्ध उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल निकै सक्रिय छन् । उनले कुशलतापूर्वक जिम्मेवारी समेत बहन गरिरहेका छन् । जसले गर्दा प्रधानमन्त्रीलाई तुलनात्मक रुपमा बढी आराम गर्ने मौका मिलेको छ । बुधबार प्रधानमन्त्रीले ट्वीटमा आफ्नो उपस्थिति देखाए । सामाजिक सञ्जाल… Continue reading प्रधानमन्त्रीको ट्वीट : म त घरभित्र छु, तपाई पनि घरमै बस्नुहोस

लकडाउनपछि विभिन्न स्थानमा पुगेका पर्यटक अलपत्र

काठमाडौं । नेपालले मंगलबारबाट लकडाउन घोषणा गरेको छ । यससँगै देश अहिले ठप्प बनेको छ । यातायात तथा अन्य सेवा बन्द भएका छन् । यसको मारमा विभिन्न स्थानमा पुगेका पर्यटक समेत परेका छन् । लुक्लामा ११९ पर्यटक अलपत्र परेको त्यहाँबाट नेपाली गाइड रमेश तामांगले जानकारी दिएका छन् । उनका अनुसार सगरमाथा पदयात्रा मार्गमा पदयात्रमा निस्किएका… Continue reading लकडाउनपछि विभिन्न स्थानमा पुगेका पर्यटक अलपत्र

नेपालमा तेस्रो व्यक्तिमा देखियो कोरोना, यूएईबाट फर्किएका युवामा पुष्टी

काठमाडौं । नेपालमा कोरोना भाइरसको तेस्रो संक्रमण पुष्टी भएको छ । यूएईबाट ५ चैतमा फर्किएका एक युवामा कोरोना भाइरसको पुष्टी भएको टेकुस्थित शुक्रराज अस्पतालले जनाएको छ । यो संगै अब नेपालमा तेस्रो पोजेटिभ पुष्टी भएको हो । यसअघि चीनबाट फर्किएका एक नेपालीमा कोरोना देखिएको थियो । उनी निको भएर घर फर्किसकेका छन् । आइतबार मात्र… Continue reading नेपालमा तेस्रो व्यक्तिमा देखियो कोरोना, यूएईबाट फर्किएका युवामा पुष्टी

स्पेन-इटलीमा कोरोना संक्रमण नियन्त्रणबाहिर, जापान-कोरियामा नियन्त्रण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट चीन माथि उठिसकेको छ । तर, पछिल्लो सयम यस भाइरसले यूरोपलाई इपिसेन्टर बनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यूरोपका दुई मुलुक स्पेन र इटलीमा अहिले पनि परिस्थिति नियन्त्रण भन्दा बाहिर छ । यस्तै अवस्था अमेरिकामा समेत देखिएको छ । तर, जापान र दक्षिण कोरियाले भने धेरै हदसम्म यो… Continue reading स्पेन-इटलीमा कोरोना संक्रमण नियन्त्रणबाहिर, जापान-कोरियामा नियन्त्रण

भारतीय सीमाबाट नेपालीको उद्दार थालियो

कैलाली । भारतसँगको सीमामा आएर नेपाल प्रवेशमा रोक लगाइएका नेपाली नागरिकको उद्दार गर्न थालिएको छ । मंगलबार राती गौरीफन्टा नाकाबाट मात्र ९ सय १४ जना नेपालीलाई नेपाल तर्फ ल्याइएको हो । उनीहरु कैलाली प्रवेश गरेका छन् । सीमाको भारतीय भूमिमा करिब २८ घण्टा रोकिएपछि बल्ल उनीरुको उद्दार भएको हो । नेपाल सरकारले लकडाउन घोषणा गरेपछि… Continue reading भारतीय सीमाबाट नेपालीको उद्दार थालियो