काठमाडौं । भारतले कोरोना भाइरसविरुद्ध कडा नीति अपनाएको छ । अब भारत २१ दिन लामो लकडाउनमा जाने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रातीबाट लागु हुने गरी लकडाउनको घोषणा गरेका हुन् । प्रधानमन्त्री मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्। भारतमा मंगलबारसम्म कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५ सय पुगेको… Continue reading भारत २१ दिन लकडाउनमा, निषेध्याज्ञा जारी हुने
Category: फिचर
कोरोनाबारे सरकारीबाहेक छुट्टै कोष बनाउन नपाउने, बनाएको भए केन्द्रिय कोषमा जम्मा गर्नुपर्ने
काठमाडौं । सरकारले अब कोरोनासम्बन्धी छुट्टै राहत कोषमा रकम जम्मा गर्न नपाउने नियम ल्याएको छ । कोरोना सम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि कोष खोली सकेको भए सबै निजी कोषहरुले जम्मा भइसकेको रकम एक साता भित्र सरकारी कोषमा जम्मा गरिसक्नु पर्ने भएको छ । खासगरी संकटका बेला पैसा उठाउने नाममा कोष… Continue reading कोरोनाबारे सरकारीबाहेक छुट्टै कोष बनाउन नपाउने, बनाएको भए केन्द्रिय कोषमा जम्मा गर्नुपर्ने
सिमानामा रोकिएका नेपाली घर फर्कन पाउने, क्वारेन्टाइनमा बस्नु पर्ने
काठमाडौं । नेपाल-भारत सीमा नाकामा अलपत्र अवस्थामा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिइने भएको छ। सरकारले उनीहरुलाई नेपाल आउन दिने निर्णय गरेको छ । लकडाउनका वावजुत ठूलो संख्यामा नेपाली नेपाल र भारतीयका सीमा नाकामा आएर रोकिएका छन् । अर्थ र सञ्चार तथा सूचना मन्त्री डा. युवराज खतिवडाले सीमा क्षेत्रमा अलपत्र नेपालीलाई नागरिकतालगायत कागजपत्र हेरेर नेपाल… Continue reading सिमानामा रोकिएका नेपाली घर फर्कन पाउने, क्वारेन्टाइनमा बस्नु पर्ने
कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु
न्युयोर्क । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्क, इष्ट एल्महर्ष्ट, क्वीन्समा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बु (शुब्बा) को एल्महर्ष्ट अस्पतालमा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए । पाँचथरको रानीगाउँका अनिल (नेपालमा स्थानीय स्तरमा रमेश भनेर चिनिने) १५ वर्षदेखि अमेरिकामा २ छोरा १ छोरी र श्रीमतीका साथ बस्दै… Continue reading कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु
लकडाउनमा खाद्यान्न पसल बन्द नहुने
काठमाडौं । आजबाट नेपाल पूर्ण लकडाउनमा गएको छ । जसले गर्दा हवाई र सडक यातायात ठप्प भएको छ । सडकमा सुरक्षाकर्मी र सरकारी अत्यावश्यक प्रयोजनका सवारी मात्र गुडेका छन् । मानिसको चहलपहल शून्य प्राय भएको छ । यसले मानिस घर भित्रै बस्नु पर्ने अवस्था सिर्जना गरेको छ । सरकारले घोषणा गरेको लकडाउनमा खाद्यान्नका पसलहरु भने… Continue reading लकडाउनमा खाद्यान्न पसल बन्द नहुने
नेपालमा लकडाउन शुरु, सडकमा सुरक्षाकर्मी
काठमाडौं । सरकारले सडकमा सुरक्षाकर्मी परिचालन गर्दै लकडाउन कार्यान्वयन थालेको छ । काठमाडौंसहित जिल्ला सदरमुकामहरुमा बिहान केही मानिस बाहिर निस्किएका थिए । उनीहरुलाई सुरक्षकर्मीले सम्झाएर घर पठाएको छ । दिउँसो हुँदै गएपछि भने क्रमशः मानिस घर बाहिर निस्कन छाडेका छन् । सरकारले कोरोना भाइरसको संक्तमण फैलन नदिन कडाई शुरु गरेको हो । यसघि सोमबार स्वास्थ्य… Continue reading नेपालमा लकडाउन शुरु, सडकमा सुरक्षाकर्मी
कोरोनाविरुद्ध चीनको नेपाललाई साथ दिने आश्वासन
काठमाडौं । कोरोना भाइरसविरुद्ध चीनले नेपाललाई भरपुर सहयोगको आश्वासन दिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै नेपाललाई हतोत्साही नहुन आग्रह गरेकी छिन् । आवश्यक स्वास्थ्य सामग्री चीनले नेपाललाई उपलब्ध गराउँदैछ । यसका लागि विशेष विमानहरु ल्याउने तयारी समेत भइरहेको छ । नेपालमा आइतबार मात्र थप एक कोरोना संक्रमित पुष्टी भएको थियो… Continue reading कोरोनाविरुद्ध चीनको नेपाललाई साथ दिने आश्वासन
कोरोनाको कहर– ट्रम्पलाई साँचो बोलाउन डाक्टर फाउसीको संघर्ष
प्रभात भट्टराई/अमेरिका अमेरिकामा कोरोना भाइरसको प्रकोप चर्कंदो छ । दुई सातामा अमेरिकी जनजीवनमा नाटकीय परिवर्तन आइ सकेको छ । अझै पनि भाइरस नियन्त्रणको कुनै लक्षण देखिएको छैन । अस्पतालहरुमा मास्क, पञ्जा, भेन्टिलेटर जस्ता जरुरी स्वास्थ्य उपकरणको खाँचो भइ रहेको छ । सोमबार साँझसम्ममा भाइसरबाट मृत्यु हुनेको संख्या साढे पाँच सयबाट उकालो लागेको छ भने संक्रमित… Continue reading कोरोनाको कहर– ट्रम्पलाई साँचो बोलाउन डाक्टर फाउसीको संघर्ष
मंगलबारबाट नेपाल लकडाउन, घरबाहिर निस्कन समेत नपाइने
काठमाडौं । सरकारले नेपालभर लकडाउन घोषणा गरेको छ । अब एक सातासम्म सर्वसाधारण घरबाहिर निस्कन पाउने छैनन् । नेपालमा कोरोनाको पुष्टी भएसँगै सरकारले लकडाउन घोषणा गरेको हो । नेपालमा कोरोनाको संक्रमण पुष्टी भएसँगै सरकारले लकडाउनमा जाने निर्ण गरेको हो । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि… Continue reading मंगलबारबाट नेपाल लकडाउन, घरबाहिर निस्कन समेत नपाइने
देशभरका जिल्लामा धमाधम लकडाउन
काठमाडौं । नेपालमा एक जनामा कोरोनाको पुष्टी भएसँगै देशभर आवागमन ठप्प बनाइने भएको छ । सरकारले सोमबारबाट लामो दूरीका सवारी साधन चलाउन नपाउने गरी रोक लगाएर कार्यान्वयनमा ल्याएको छ । यससँगै स्थानीय प्रशासनले पनि स्थानीय तहमा जिल्लाहरुमा आवागमन रोक्ने तयारी थालिसकेका छन् । नेपालका अधिकांश जिल्लाले मंगलबार बिहान १२ बजेबाट लागु हुने गरी जिल्लाहरुलाई लकडाउन… Continue reading देशभरका जिल्लामा धमाधम लकडाउन
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ
काठमाडौं । नेपालका कोरोना भाइरसको दोस्रो बिरामी पुष्टी भएको छ । काठमाडौं स्थायी घर भएकी एक १९ वर्षिय युवतिमा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए । मन्त्रालयले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी नेपालमा कोरोना सांक्रमणको पुष्टी गरेको हो । यो केश दोस्रो हो । यसअघि चीनबाट नेपाल आएका एक… Continue reading फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ
कोरोना १ सय ८० देशमा, अमेरिकामा एकै दिन थपिए साढे ८ हजार संक्रमित
काठमाडौं । कोरोना भाइरसको संक्रमण १ सय ८० देशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ३ लाख ३६ हजार मानिस यस भाइरसकोे चपेटामा आइसकेका छन् । यसमध्ये आइतबार अमेरिकामा सर्वाधिक नयाँ बिरामी भेटिए । आइतबार एक दिनमै अमेरिकामा ८ हजार ५ सय ७६ जना नयाँ संक्रमित थपिएका हुन् । विश्वभर आइतबार एकै दिन १… Continue reading कोरोना १ सय ८० देशमा, अमेरिकामा एकै दिन थपिए साढे ८ हजार संक्रमित
भारत र चीनबाट सरकारले कोरोनाविरोधी स्वास्थ्य सामग्री मगायो
काठमाडौं । सरकारले कोरोना भाइरसको संम्भावित संक्रमणविरुद्ध लड्न भारत र चीनबाट स्वास्थ्य सामाग्री तथा उपकरण मगाएको छ। चीन सरकारले नेपालसँग आवश्यक सामग्रीको सूचि नै मागेको थियो । सोही अनुसार सरकारले चीनबाट व्यक्तिगत सुरक्षाका सामाग्री १ लाख ६० हजार थान मगाएको छ । जिनको माध्यमबाट कोरोना परीक्षण गर्ने सामग्री ५ लाख वटा मगाइएको छ । भाइरसको… Continue reading भारत र चीनबाट सरकारले कोरोनाविरोधी स्वास्थ्य सामग्री मगायो
नेपालको हवाइ र स्थल नाका बन्द, शहरभित्र भने आवतजावत खुला
काठमाडौं । आजबाट नेपाल अन्तराष्ट्रिय समूदायसँगको सम्पर्कबाट अलग भएको छ । आजबाट सरकारले हवाई र स्थल दुबै माध्यमबाट नेपाल प्रवेशमा पूर्णतया रोक लगाइएको छ । राती १२ बजेबाट हवाईजहाजहरु नेपाल आउन रोकिए । अब आकस्मिक उडानका जहाज बाहेक अन्य सबै जहाज नेपाल आउन पाउने छैनन् । स्थलमार्गमा समेत नेपालले प्रतिवन्ध लगाएको छ । खासगरी भारतमा… Continue reading नेपालको हवाइ र स्थल नाका बन्द, शहरभित्र भने आवतजावत खुला
भारतमा कोरोनाबाट मर्ने ७ पुगे
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । आइतबार गुजरातमा ६७ वर्षीय वृद्धको मृत्यु भएको हो । यसको पुष्टी भारतीय स्वास्थ्य मन्त्रालयले गरिसकेको छ । कोरोनाबाट संक्रमित भएको वृद्धको उपचारको क्रममा आइतबार मृत्यु भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् । यद्दपी उनी मिर्गौला र दमका बिरामी समेत… Continue reading भारतमा कोरोनाबाट मर्ने ७ पुगे
कोरोनाविरुद्ध लड्न सरकारले बनायो कोष, मन्त्रीले हाले एक महिनाको तलव
काठमाडौं । सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न कोष खडा गरेको छ । रोगको रोकथाम र संक्रमण आइहालेमा त्यसको उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री खरीदमा योगदान गर्ने गरी केन्द्रीय राहत कोष खडा गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । यस कोषमा मन्त्रीहरुले एक महिनाको तलव हालेका छन् भने सरकारले ५० करोड रुपैयाँ हालेको छ ।… Continue reading कोरोनाविरुद्ध लड्न सरकारले बनायो कोष, मन्त्रीले हाले एक महिनाको तलव
एक साता सीमा नाका बन्द हुने, सोमबारबाट लागू
काठमाडौं । अबको एक साता भारत र चीनतर्फको सीमा नाका नेपालले बन्द गर्ने भएको छ । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । सोमबार विहान १० बजेबाट एक साताका लागि नाका बन्द हुने भएका छन्… Continue reading एक साता सीमा नाका बन्द हुने, सोमबारबाट लागू
वीरगन्जका व्यापारीलाई कोरोना पुष्टी नभएको अस्पतालको स्पष्टिकरण
वीरगन्ज । आइतबार साँझ एकाएक समाचार फैलियो, वीरगन्जका एक व्यापारीमा कोरोना भाइरसको संक्रमण पुष्टी भयो । संक्रमणको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएको खबर सार्वजनिक भयो । तर, यो खबर झुटो सावित भएको छ । उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारले जानकारी गराएको छ । यद्दपी उनको रिपोर्ट… Continue reading वीरगन्जका व्यापारीलाई कोरोना पुष्टी नभएको अस्पतालको स्पष्टिकरण
आज भारतमा जनता कर्फ्यु, घरबाहिर ननिस्कन आह्वान
नयाँ दिल्ली । आज भारत सरकारको आह्वानमा जनता कर्फ्यु जारी रहेको छ । कोरोना भाइसविरुद्ध लड्न प्रधानमन्त्री नरेन्द्र मोदीले यसको प्रस्ताव गरेका थिए । उनले जनतालाई घर बाहिर ननिस्कन आह्वान गरेका छन् । उनले देशवासीका नाममा सम्बोधन गर्दै आइतबार जनता कर्फ्युको घोषणा गरेका हुन् । आज विहान ७ बजेदेखि बेलुका ९ बजे सम्म कर्फ्यु लाग्नेछ… Continue reading आज भारतमा जनता कर्फ्यु, घरबाहिर ननिस्कन आह्वान
आजबाट अन्तराष्ट्रिय उडान बन्द
काठमाडौं । नेपाल आउने अन्तराष्ट्रिय वायुसेवा कम्पनीको उडान आजबाट बन्द हुँदैछ । सरकारले विदेशी यात्रुको आवतजावत रोक्ने उद्देश्यले आजबाट अन्तराष्ट्रिय उडान तथा अवतरण रोक्ने निर्णय गरेको छ । यसको कार्यान्वयन आजबाट हुने भएको छ । नेपालमा २९ कम्पनीका ६५ भन्दा बढी उडान अवतरण हुने गरेका थिए । संसारका १८५ भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएसँगै… Continue reading आजबाट अन्तराष्ट्रिय उडान बन्द
प्रतिवन्धित मुलुकबाट धमाधम यात्रु ल्याउँदै एयरलाइन्स
काठमाडौं । सरकारले अनअराइभल भिषा रोकेको छ । यूरोपसहित ६६ देशबाट आजका दिनसम्म नेपाल भित्रन नपाउने नियम छ । तर, आइतबार रातीसम्म प्रतिवन्धित मुलुकबाट वायुसेवा कम्पनीले यात्रु ल्याउन भने छाडेनन् । आइतबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सिंगापुरबाट सिल्क एयरले आकस्मिक अवतरण गर्यो । इन्धन सकिएको बाहनामा अवतरण गरेको जहाजमा ८५ जना यात्रु रहेको पाइएको छ… Continue reading प्रतिवन्धित मुलुकबाट धमाधम यात्रु ल्याउँदै एयरलाइन्स
इटलीमा एकै दिन ७९३ को मृत्यु, अवस्था दर्दनाक
रोम । कोरानो भाइरसबाट सबैभन्दा बढी प्रभावित इटलीमा अवस्था दर्दनाक बन्दै गएको छ । शनिबार आएको आंकडाले संसारलाई झस्काउँछ । किनकी यहाँ एकै दिन ७९३ जनाले ज्यान गुमाउनु परेको छ । चीनमा कोरोनाको त्रास कम भएसँगै इटली यतिबेला कोरोनाको इपिसेन्टर मानिएको छ । शनिबार कोरोनाले अहिलेसम्म कै सबैभन्दा धेरै मानिसको ज्यान लिएको छ । संचारमाध्यमहरुक… Continue reading इटलीमा एकै दिन ७९३ को मृत्यु, अवस्था दर्दनाक
बेलायतमा कोरोनाका कारण नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) नेपालमा आएको छैन । तर, नेपाली नागरिक भने यसको संक्रमणबाट अछुतो छैनन् । बेलायतमा कोराना कै कारण एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ । बेलायतमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको कोरोनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । उनी संखुवासभा पुख्र्यौली भएका व्यक्ति हुन् ।… Continue reading बेलायतमा कोरोनाका कारण नेपालीको मृत्यु
सार्क आपतकालिन कोषमा नेपालको १० करोड, मोदीले गरे प्रशंसा
काठमाडौं । नेपालले सार्क आपतकालिन कोषमा नेपाली १० करोड रुपैयाँ जम्मा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसको घोषणा गरेका हुन् र कोरोना भाइरस सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने नेपाल सरकारको यस निर्णयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्दै ट्वीट गरेका छन् । नेपालको यस निर्णयका लागि उनले ओलीलाई लक्षित… Continue reading सार्क आपतकालिन कोषमा नेपालको १० करोड, मोदीले गरे प्रशंसा
चिनियाँ अर्बपति ज्याक माले नेपालसहित एसियाली मुलुकलाई सहयोग गर्ने
काठमाडौं । चिनियाँ अर्बपति तथा विश्वप्रख्यात व्यवसायी ज्याक माले नेपालसहित एसियाका ९ मुलुकलाई कोरोना विरुद्ध लड्न सहयोग गर्ने भएका छन । उनले ९ एसियाली मुुलुकलाई कोरोना भाइरससँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् । उनका अनुसार १० लाख मास्क, २ लाख १० टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र… Continue reading चिनियाँ अर्बपति ज्याक माले नेपालसहित एसियाली मुलुकलाई सहयोग गर्ने
कोरोनाबारे झुटो हल्ला फिजाउने पक्राउ
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बारे झुटो हल्ला फिजाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु भएको तर नर्भिक अस्पतालले लुकाइरहेको भन्दै अडियो सन्देश सामाजिक संजालमा पठाएका थिए । यो अडियो भाइरल बनेको थियो । यसले सर्वसाधारणमा त्रास फैलिएको थियो । प्रहरीका अनुसार रामेछाप घर भई भक्तपुरको सिपाडोल… Continue reading कोरोनाबारे झुटो हल्ला फिजाउने पक्राउ
कोरोनाको डरले काठमाडौं छाड्ने बढे, सडक र आकास दुबैमा उत्तिकै चाप
काठमाडौं । कोरोना भाइरस संक्रमणको डरले काठमाडौं उपत्यका छाड्ने क्रम तिब्र भएको छ । पछिल्लो तीन दिनयता मात्र करीव ३ लाख मानिसले सडक मार्ग हुँदै काठमाडौं छाडेको प्रहरीका तथ्यांक छ । आकासमा पनि उत्तिकै चाप छ । बिहीबारबाटै जहाजहरु पूर्ण क्षमतामा उडिरहेका छन् । शुक्रबार र शनिबारसम्म पनि जहाजमा उत्तिकै भीड छ । काठमाडौं छाड्नेको… Continue reading कोरोनाको डरले काठमाडौं छाड्ने बढे, सडक र आकास दुबैमा उत्तिकै चाप
भारतमा फैलिदै कोरोना, एकै दिन थपिए ४० संक्रमित
नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ४० जनाले बढेको छ । नेपालसँग खुला सिमाना रहेको भारतमा कोरोना भाइरसको संक्रमणमा वृद्धि भएपनि नेपालमा भने सिमाना रोक्ने विषयमा कुनै तयारी गरिएको छैन । अहिले औपचारिक रुपमा ४ वटा मात्र सिमा नाकाबाट नेपाल प्रवेश खुला रहेको भएपनि सबै तर्फ खुला सिमाना भएका कारण मानिसहरु निर्वाध… Continue reading भारतमा फैलिदै कोरोना, एकै दिन थपिए ४० संक्रमित
इटलीमा कोरोना कहर, एकै दिन ६२७ को निधन
रोम । यूरोपको इपिसेन्टर बनेको इटालीमा कोरोना भाइरस (कोभिड–१९)ले ठूलो मानवीय क्षति निम्त्याएको छ । यस भाइरसको संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको विश्व स्वास्थ संगठनले पुष्टी गरेको छ । यो संख्या मृत्युको कीर्तिमानी संख्या हो । संसारमा कुनै पनि मुलुकमा अहिलेसम्म यति ठूलो संख्यामा मानिस मरेका थिएनन् । शुक्रबार भएको हताहतीसँगै इटलीमा कोरोना… Continue reading इटलीमा कोरोना कहर, एकै दिन ६२७ को निधन
कोरोना भाइरसका कारण अमेरिकामा २३७ को मृत्यु, न्यूयोर्कमा मात्रै ४२ को मृत्यु, ८३१० संक्रमित
कल्पना घिमिरे न्युयोर्क/अमेरिका यो समाचार तयार पार्दै गर्दा अमेरिकामा कोभिड १९ (कोरोनाभाइरस)बाट १८ हजार ८ सय ३९ संक्रमित भएका छन् । आज मात्रै ४ हजार ४ सय ८८ संक्रमित भएका हुन् । जसमध्ये २ सय ३७ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको संक्रमण देखिएका १ सय २५ जना उपचार पछि घर फर्किएका छन् ।… Continue reading कोरोना भाइरसका कारण अमेरिकामा २३७ को मृत्यु, न्यूयोर्कमा मात्रै ४२ को मृत्यु, ८३१० संक्रमित