छाउगोठ भत्काउन निर्देशन, छाउपडी निरन्तरता दिनेलाई सरकारी सेवा बन्द

काठमाडौं । गृह मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका सबै छाउगोठ भत्काउन निर्देशन दिएको छ । जनचेतनाका माध्यमबाट यस भेगमा व्याप्त छाउपडी प्रथा उन्मुलन नभएपछि सरकारले कानूनी कारवाहीका सहारा लिन लागेको छ । सोही क्रममा अब सबै प्रकारका छाउगोठ भत्काउन लागिएको हो । यस भेगका जिल्लामा व्याप्त छाउपडी प्रथा निर्मूल गर्न संयन्त्र बनाइएको छ ।… Continue reading छाउगोठ भत्काउन निर्देशन, छाउपडी निरन्तरता दिनेलाई सरकारी सेवा बन्द

घर र गाडी खरीदमा लिने कर्जामा राष्ट्र बैंकको कडाई

काठमाडौं । घर र गाडी किन्दा बैंकले दिने कर्जामा राष्ट्र बैंकले कडाई गरेको छ। बैंक तथा वित्तीय संस्थाका नाममा मंगलबार नयाँ निर्देशन जारी गरेको राष्ट्रबैंकले ऋणीको आयस्रोतमा हुने भुक्तानी र त्यसको किस्ता रकमको परिमाणमा कडाई गरेको छ । ऋणीले तिर्ने किस्ता रकम व्यक्तिको कुल आम्दानी भन्दा ५० प्रतिशत नाघ्न पाउने छैन । ऋण भुक्तानीलाई आम्दानीको… Continue reading घर र गाडी खरीदमा लिने कर्जामा राष्ट्र बैंकको कडाई

सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा

काठमाडौं । समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय लिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारको दुई तिहाई उपाधी गुम्ने खतरा बढेको छ । संसदमा स्पष्ट दुई तिहाई सांसदको समर्थनमा गठन भएको वर्तमान सरकार समाजवादी पार्टीले समर्थन फिता लिएमा भने उक्त उपाधीबाट खस्किने छ । किनकी नेकपाको मात्र सांसद संख्याले दुई तिहाई पुग्दैन । यद्दपी दुई दलको… Continue reading सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा

समाजवादीले छाड्यो सरकार, दुबै मन्त्रीले दिए राजिनामा

काठमाडौं । डा. बाबुराम भट्टराई तथा उपेन्द्र यादवको पार्टी समाजवादी नेपालले सरकार छाडेको छ । संविधान संशोधन प्रस्तावलाई मन्त्रिपरिषदमा पेश गर्न नपाएपछि समाजवादीले सरकार छाडेको हो । सोमबारको बैठकमा प्रधानमन्त्रीले कानून मन्त्री यादवद्धारा प्रस्तुत गर्न लागेको संशोधन प्रस्तावलाई ठाडो आदेशमा रोकेका थिए । उनले रोकेको भोलीपल्टै पार्टी सरकार छाड्ने निर्णयमा पुगेको हो । मंगलबार उपप्रधानमन्त्री… Continue reading समाजवादीले छाड्यो सरकार, दुबै मन्त्रीले दिए राजिनामा

छुट्टिमा निस्किएका रास्ट्रपति ट्रम्पलाई बढ्दैछ बेचैनी ,छटपटिमा पटक पटक ट्विट

गुगल फाईल फोटो

प्रभात भट्टराई/अमेरिका अमेरिका लगायत क्रिश्चियन बहुल पश्चिमा मुलुकहरुमा चाडको माहोल छ । क्रिसमस मनाउन राज्य चलाउने नेता, विजनेश दुनियाँका बादशाह अर्बपति देखि आम नागरिकसम्म ‘छुट्टि’को मुडमा छन् । गाउँ शहर सबैतिरका घर झिलिमिली सजाइएको छ । ठाउँ ठाउँमा क्रिसमस ट्रि ठड्याइएका छन् । कुनै चोकमा शान्ताक्लर्कहरु उभिएर चकलेट बाँड्दैछन् । हरेक स्टोरमा कामगर्नेहरु क्रिसमसको प्रतिनिधी… Continue reading छुट्टिमा निस्किएका रास्ट्रपति ट्रम्पलाई बढ्दैछ बेचैनी ,छटपटिमा पटक पटक ट्विट

मलेसियामा बढेको तलव १ जनवरीबाट लागु, नेपाली पनि लाभान्वित

क्वालालाम्पुर । मलेसिया सरकारले आगामी १ जनवरीबाट श्रमिकको न्यनतम पारिश्रमिक वृद्धि गर्दैछ । यसबाट १ लाखभन्दा माथिको संख्यामा रहेका नेपाली कामदार समेत लाभान्वित हुने भएका हुन् । मलेसिया नेपाली कामदारको मूख्य गन्तब्य स्थलमध्ये एक हो । मलेसिया सरकारले न्यूनतम पारिश्रमिक बढाउने नीतिले स्वदेशी तथा विदेशी दुबै श्रमिकहरुको पारिश्रमिक बढ्न लागेको हो । मलेसियाली मानव संसाधन… Continue reading मलेसियामा बढेको तलव १ जनवरीबाट लागु, नेपाली पनि लाभान्वित

तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो

रौतहट । शितलहरका कारण तराईको जनजीवन प्रभावित हुन थालेको छ । असावधानीका कारण मानिसको ज्यानै जाने गरी हुने चिसोले रौतहटमा मात्र चारजनाको मृत्यु भएको छ । १ पुसयता रौतहटमा अधिक चिसो र शीतलहर चलिरहेको छ । चिसोले कठ्याँग्रिएर ४ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएका छन् । दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी… Continue reading तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो

अमेरिकामै हिंसा भोग्दै महिला

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका अमेरिकामा बसोबास गर्दै आएका नेपाली तथा दक्षिण एसियाली महिलाले बिभिन्न किसिमका हिंसा खेपिरहेको यथार्थ बाहिर आएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) न्यूयोर्क च्याप्टरले गत शनिबार आयोजना गरेको महिला सम्मेलनमा महिला र मानव अधिकारका क्षेत्रमा कार्यरत अधिकारकर्मीले अमेरिकामा रहेर पनि नेपाली महिलाहरु हिंसाको शिकार हुनुपरेको बताएका हुन् ।… Continue reading अमेरिकामै हिंसा भोग्दै महिला

अब छाउपडी राख्ने र बस्ने दुबैलाई कानूनी कारवाही

काठमाडौं । सरकारले महिनावारी भएको बेला छाउगोठमा राख्ने परिवार र बस्ने महिला दुबैलाई कारबाहीको दायरामा ल्याउने भएको छ । यसको तयारी गृह मन्त्रालयले गरिरहेको छ । सोमबार गृह मन्त्रालयमा महान्यायाधिवक्ता अग्नि खरेलसहित सरोकारवालाको बैठक बसेको थियो । बैठकमा गृह मन्त्रालयका सचिव, छाउपडी प्रभावित क्षेत्रमा खटिएका सुरक्षा निकायका प्रमुख, सरकारी वकिललगायतको बैठक बसेको थियो । बैठकमा… Continue reading अब छाउपडी राख्ने र बस्ने दुबैलाई कानूनी कारवाही

काठमाडौंबाट एकै पटक समातिए १२२ चिनियाँ नागरिक

काठमाडौं । विभिन्न आपराधिक तथा अवैध गतिविधिमा संलग्न रहेको आशंकमा प्रहरीले सोमबार ठूलो संख्यामा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले चलाएको ‘सर्च एण्ड एरेष्ट’ अपरेशनका दौरान एकैदिन १२२ जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर, टेकुले यो अपरेशन चलाएका हुन् । प्रहरीका… Continue reading काठमाडौंबाट एकै पटक समातिए १२२ चिनियाँ नागरिक

निजगढ बनाउनुको विकल्प छैन : पर्यटन मन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालका पर्यटनका माध्यमबाट अर्थतन्त्रको विकास गर्ने हो भने निजगढ विमानस्थलको विकल्प नभएको बताएका छन् । सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत विमानस्थल निर्माणको प्रक्रिया रोक्न आदेश दिएको भोलीपल्ट सोमबार भट्टराईले भाग लिएका अधिकांश सार्वजनिक कार्यक्रममा निजगढ विमानस्थलको महत्वबारे प्रकाश पारेका छन् । सोमबार मन्त्री भट्टराईले बैंक तथा… Continue reading निजगढ बनाउनुको विकल्प छैन : पर्यटन मन्त्री

वामदेव नेकपाको उपाध्यक्ष बन्ने पक्का

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठकबाट संगठन विभाग प्रमुख वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित भएको छ । यससँगै उनी उपाध्यक्ष हुने पक्का भएको छ । १९ मंसिरमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए। बैठकले प्रस्ताव पारित गरेको छ । २१ साउनमा वामदेवलाई उपाध्यक्ष बनाउने निर्णय सचिवालय बैठकले गरेको थियो । किनकी… Continue reading वामदेव नेकपाको उपाध्यक्ष बन्ने पक्का

कांग्रेसमा संस्थापन र पौडेल पक्षको वार्ता सहमति नजिक

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर विवाद छ । सोही विवादका कारण केन्द्रिय समिति बैठकसमेत प्रभावित भइरहेको छ । तर, पछिल्ला चरणमा भइरहेको वार्ताले सकारात्मक रुप लिइरहेको नेताहरुले बताएका छन् । रामचन्द्र पौडेल समूहले कांग्रेसको १४ औं महाधिवेशन आगामी ५ मंसिरमा गर्न प्रस्ताव राखेको छ । आइतबार संस्थापन पक्षसँगको वार्तामा पौडेल समूहले २०७७ मंसिर… Continue reading कांग्रेसमा संस्थापन र पौडेल पक्षको वार्ता सहमति नजिक

विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्षको शकुशल उद्दार

दैलेख । नेकपा विप्लव समूहले अपहरण गरेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका धिरबहादुर शाहीलाई सशस्त्र प्रहरीले कालीकोटबाट उद्दार गरेको छ । उनको शकुशल उद्दार भएको प्रहरीले जानकारी दिएको छ । शनिबार राति घरमै सुतिरहेको समयमा अज्ञात समूहबाट उनको अपहरण भएको थियो । प्रहरीका अनुसार राती आएको १०\१२ जनाको समूहले सोधपुछ गर्नुछ भन्दै शाहीलाई लैजान खोजेपछि श्रीमतीले आफूलाई पनि लैजान… Continue reading विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्षको शकुशल उद्दार

एनसेललाई कर तिर्न १५ दिनको ताकेता

काठमाडौं । सरकारले एनसेललाई तोकिएको कर तिर्न १५ दिन म्याद राखेर ताकेता गरेको छ । आइतबार ठूला करदाता कार्यालयले एनसेलका नाममा पत्र काटेको छ । १५ दिनभित्र कर चुक्ता गरेर फरफारक गर्न आग्रह गरेको छ । ठूला करदाता कार्यालयले मंसिर २२ मा २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको थियो । अन्तिम… Continue reading एनसेललाई कर तिर्न १५ दिनको ताकेता

निजगढ विमानस्थलबारे सर्वोच्चको अन्तरिम आदेश, थपियो अन्यौल

काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थलको काम तत्काल अगाडी नबढाउने अन्तरिम आदेश दिएको छ । आइतबार विमानस्थलका लागि रुख कटान गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो । रुख कटानको विषयलाई लिएर सर्वाेच्चमा रीट दायर भएको थियो । जसमध्ये पूर्वप्रशासक द्वारिकानाथ ढुंगेललगायतले दायर गरेको रीटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त… Continue reading निजगढ विमानस्थलबारे सर्वोच्चको अन्तरिम आदेश, थपियो अन्यौल

एससीसीबारे आज आउला नेकपाको निर्णय ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक राजधानीमा जारी रहेको छ । पछिल्लो एक सातायता जारी वैठकमा सबैभन्दा हटकेक अमेरिकी सहयोगको आयोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) रहेको छ । नेकपा भित्र यस सहयोगका सम्बन्धमा मत बाझिएको छ । कांग्रेस सरकारले अगाडी बढाएको यो परियोजना इण्डो प्यासेफिक स्वार्थसँग जोडिएका कारण सहयोग स्वीकार गर्न… Continue reading एससीसीबारे आज आउला नेकपाको निर्णय ?

निजगढ विमानस्थलबारे सरोकारवालाको एक स्वर : कुनै पनि बाहनामा प्रभावित बन्नु हुँदैन

काठमाडौं । सरकारले बाराको निजगढमा निर्माणको योजना बनाएको राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तरराष्ट्रिय विमानस्थल आयोजना कुनै पनि बाहनामा प्रभावित हुन नहुने स्थानीय जनप्रतिनिधिले बताएका छन । शनिबार राजधानीमा सरोकारवालाको बैठक बसेको थियो । जहाँ निजगढ मुलुकको आर्थिक भविश्यसँग गासिएको परियोजना रहेको भन्दै यसको निर्माण कुनै पनि बाहनामा प्रभावित बन्न नहुनेमा सरोकारवाला एक मत भएका छन्… Continue reading निजगढ विमानस्थलबारे सरोकारवालाको एक स्वर : कुनै पनि बाहनामा प्रभावित बन्नु हुँदैन

सूचना-प्रविधिलाई सामान्य ठान्दा नसोचेको परिणाम, प्रधानमन्त्रीको रिट्वीटले हंगामा

काठमाडौं । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतीय कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले नागरिकता कानुनविरूद्ध बोलेको भिडिओ रिट्वीट भयो । त्यसपछि यस विषयले अन्तराष्ट्रिय रुपमै हंगामा मच्चियो । किनकी भारतमा नागरिकता विधेयकको विरोधमा आन्दोलन जारी छ । उक्त भिडियो आन्दोलनको विरुद्धमा बोलिएको थियो । किनकी सत्तामा मोदी छने भने सोनिया विपक्षमा… Continue reading सूचना-प्रविधिलाई सामान्य ठान्दा नसोचेको परिणाम, प्रधानमन्त्रीको रिट्वीटले हंगामा

भारतमा आन्दोलनका दौरान भड्कियो हिंसा, २० ले गुमाए ज्यान

काठमाडौं । विवादास्पद नागरिकता विधेयकको विरोधमा भारतमा जारी आन्दोलनले हिंसात्मक रुप लिएको छ । खासगरी ठूलो संख्यामा रहेको मुस्लिम समुदायलाई नागरिकताबाट बन्चित गराउने गरी सरकारले कानून संशोधन गरेपछि भारतमा प्रदर्शन शुरु भएको छ । अहिलेसम्म २० जनाले ज्यान गुमाइसेको भारतीय संचारमाध्यमले लेखेका छन् । उत्तर प्रदेशमा मात्र ११ जनाको मृत्यु भएको छ । बिहारमा शनिबार… Continue reading भारतमा आन्दोलनका दौरान भड्कियो हिंसा, २० ले गुमाए ज्यान

जनस्तरमा पुग्न नसकेको भ्रमण वर्ष

काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुन अब मात्र ९ दिन बाँकि छ । सरकारी तवरबाट यसको धुमधाम तयारी भइरहेको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको व्यस्तता बढेको छ । उनी शुक्रबार मात्र त्रिभुवन विमानस्थलको अवलोकनमा पुगे । त्यहा भइरहेको तयारीका बारे जानकारी दिए । तर, भ्रमण वर्ष जनस्तरसम्म आइपुगेको… Continue reading जनस्तरमा पुग्न नसकेको भ्रमण वर्ष

बंगलादेशले नेपालको विजुली किन्ने पक्का

काठमाडौं । बंगलादेश सरकारले नेपालको विजुली किन्ने पक्का गरेको छ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने ५०० मेगावाट विद्युत् बंगलादेशले खरीद गर्ने सम्बन्धमा सम्झौता गर्ने निर्णय भएको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले यो परियोजना निर्माण गर्नेछ । यो कूल ९०० मेगावाट क्षमताको आयोजना हो । त्यसमध्ये ५०० मेगावाट विद्युत् बंगलादेशले… Continue reading बंगलादेशले नेपालको विजुली किन्ने पक्का

अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारत र पाकिस्तानमा समेत धक्का

अफगानिस्तान । अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । अफगानिस्तानमा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ । भूकम्पले भारत तथा पाकिस्तानमा समेत भूकम्पको धक्का महशुस भएको छ । पाकिस्तानका लाहोर, इस्लामावाद, पेशावर, मनसेरासहित सहरमा धक्का महशुस गरिएको छ । भारतमा राजधानी दिल्लीसहित मथुरा, लखनउ, इलाहवाद, जम्मु… Continue reading अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारत र पाकिस्तानमा समेत धक्का

६० लाख चल्ला नष्ट गरिदै, मासुको मूल्य बढाउने खेल ?

काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले आह्वान गरेपछि देशभरबाट ब्रोइलर र कोइलरका चल्ला नष्ट गर्ने क्रम जारी रहेको छ । चल्ला, चल्ला निस्कने क्रममा रहेको अण्डासमेत नष्ट गर्ने अभियान संघले चलाएको छ । बजारमा अधिक उत्पादन भएको र मूल्य नपाएको भन्दै संघले चलाएको यो अभियानले भने कुखुराको मासुको भाउ बढाउने निश्चित छ । किनकी नेपाल… Continue reading ६० लाख चल्ला नष्ट गरिदै, मासुको मूल्य बढाउने खेल ?

राष्ट्रिय मुद्दामा प्रतिपक्ष र सत्तारुढ दलका मत फेरी बाझिए, एमसीसीमा विवाद

काठमाडौं । अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सँगको सम्झौतालाई सदनबाट पारित गर्ने विषयलाई लिएर यतिबेला नेपालमा विवाद जारी रहेको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा नेताहरुले यस सम्झौताको चर्को विरोध गरिरहेका छन् । खासगरी एसीसीमा अमेरिकाले यस सम्झौताका शर्तलाई अन्य कुनै कानूनले समेत नछुने गरी शक्तिशाली बनाउन खोजेपछि यसमा विवाद छ ।… Continue reading राष्ट्रिय मुद्दामा प्रतिपक्ष र सत्तारुढ दलका मत फेरी बाझिए, एमसीसीमा विवाद

आजदेखि संसद अधिवेशन शुरु, अध्यक्षता उपसभामुखबाट

काठमाडौं । संसदको पाँचौं अधिवेशन आजबाट सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संसद अधिवेशन शुरु हुन लागेको संसद सचिवालयले जनाएको छ । शुक्रबार अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का बैठक आह्वान गरिएका छन् । यस पटक प्रतिनिधिसभा बैठकको अध्यक्षता भने उपसभामुख शिवमाया तुम्बाहाम्फेबाट हुने भएको छ । पूर्वसभामुख कृष्णबहादुर… Continue reading आजदेखि संसद अधिवेशन शुरु, अध्यक्षता उपसभामुखबाट

पेप्सीले छल्यो ६५ करोड राजस्व, मुद्दा दायर

काठमाडौं । राजस्व छलेको आरोपमा पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले भ्याट छलीको मुद्दा दायर गरिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दियो । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर प्रयोग गरी ६४ करोड ९६ लाख २ हजार ३ सय ४० राजस्व चुहावट गरेको विभागले उल्लेख गरेको छ… Continue reading पेप्सीले छल्यो ६५ करोड राजस्व, मुद्दा दायर

अब निर्माण सामग्रीको माग नदीबाट मात्र पुरा हुँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब नेपालको विकास निर्माणका लागि आवश्यक नदीजन्य निर्माण सामग्रीको आपूर्ति अब नदीबाट मात्र नपुग्ने बताएका छन् । बिहीबार अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले अब पहाडबाट उत्खनन् गरी यस्ता सामग्रीको आपूर्तिमा लाग्नु पर्ने उनले बताएका हुन् । पहाड नफोरेसम्म नदीजन्य सामग्रीको आपूर्ति पुरा नहुने उनको भनाई छ । भैरहवा… Continue reading अब निर्माण सामग्रीको माग नदीबाट मात्र पुरा हुँदैन : अर्थमन्त्री

उच्च अदालतले समेत मानेन महरालाई छाड्न

काठमाडौं । उच्च अदालत पाटनले समेत पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामुक्त गर्न इन्कार गरेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश गरेको थियो । सो आदेशविरुद्ध उनी उच्च अदालत पाटनमा गएका थिए । उनले साधारण तारेखमा रिहाको माग गरेका थिए । उच्च अदालतले महराको मुद्दा भने एक महिनाभित्रै किनारा लगाउन समेत आदेश… Continue reading उच्च अदालतले समेत मानेन महरालाई छाड्न

काठमाडौंमा स्थायी रुपमै लागू होला जोर-विजोर प्रणाली ?

काठमाडौं । काठमाडौं उपत्यका, अधिक सवारी र साँघुरो सडक संरचनाका कारण अत्यधिक सडक जाम हुने शहरमध्ये एकमा गनिन्छ । यसले मानिसको जनजीवनमा नकारात्मक प्रभाव पारेको छ । यसै सन्दर्भमा काठमाडौंमा स्थायी रुपमा जोर-विजोर प्रणाली लागु गर्द माग गर्दै सर्वोच्च अदालतमा रीट दायर भएको छ । काठमाडौं उपत्यकामा अत्यधिक ध्वनी प्रदूषण र टाफिक जाम भएकाले जोर-विजोर… Continue reading काठमाडौंमा स्थायी रुपमै लागू होला जोर-विजोर प्रणाली ?