Category: फिचर

  • चीन र ताजकिस्तानमा भूकम्प, भारतसम्म ठूल्ठूला धक्का

    चीन र ताजकिस्तानमा भूकम्प, भारतसम्म ठूल्ठूला धक्का

    नयाँ दिल्ली । शनिबार चीन र ताजकिस्तानमा छुट्टाछुट्टै भूकम्प गएको छ । १० मिनेटको अन्तरमा दुई ठूला भूकम्प गएको हो । त्यसमध्ये एउटा ताजकिस्तान र अर्को चीनको सिचुवान प्रान्त केन्द्र बनाएर गएको छ ।


    नेश्नल सेन्टर अफ सिस्मोलोजीका अनुसार ताजकिस्तानमा ६.३ म्याग्निच्युटको भूकम्प गएको छ । ताजकिस्तानबाट मानवीय क्षतिको विवरण आइसकेको छैन । यो भूकम्पको धक्का भारतको कश्मीरदेखि दिल्लीसम्म महसुस गरिएको छ ।

    अफगानिस्तान र पाकिस्तानका पेशावर, इस्लामावाद लाहोरमासमेत भूकम्प गएको छ । भूकम्पका कारण भारतको कश्मीरमा भौतिक क्षति भएको बिबिसीले लेखेको छ ।

  • बुटवलमा बन्ने भयो केवलकार, प्रधानमन्त्रीले गरे शिलान्यास

    बुटवलमा बन्ने भयो केवलकार, प्रधानमन्त्रीले गरे शिलान्यास

    बुटवल । बुटवलमा केवलकार बन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा बन्ने लुम्बिनी केवलकारको शनिबार शिलान्याश गरे । यो केवलकार लुम्बिनी केबलकार प्रालिले निर्माण गर्ने भएको हो । कम्पनी चन्द्र ढकालको हो । केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडामा पुग्नेछ ।

    तीन किलोमीटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचना बनाउने योजना रहेको छ । ढकालले काठमाडौंको चन्द्रागिरीमा यसै मोडलमा केवलकार बनाएर चलाइरहेका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रुतरुपमा अगाडि बढाएको बताए ।

    उनले बुटवलको जनसंख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकका माझ यो केबलकार लोकप्रिय बन्ने आवश्वासन दिए । अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिएको बताए ।

    लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप यो आयोजना सुरु गरिएको उल्लेख गरे ।

  • ‘विशेषाधिकार प्रयोग गरेको हुँ, देशलाई अस्थिरतातर्फ लैजाने निर्णय अदालतले नलियोस्’

    ‘विशेषाधिकार प्रयोग गरेको हुँ, देशलाई अस्थिरतातर्फ लैजाने निर्णय अदालतले नलियोस्’

    काठमाडौं । बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै केपी शर्मा ओलीले संसद पुनस्र्थापना भए देश अस्थिरतातिर जाने भन्दै अदालतले त्यसो नगर्ने बताएका छन् । उनले भने, ‘देशलाई अदालतले अस्थिरतातिर फर्काउने छैन भन्ने विश्वास छ ।’

    ओलीले संसदले काम नै नगर्ने अवस्था आएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर आफूले विघटन गरेको बताए । धारा ७६ ९१० को प्रधानमन्त्रीले ७६९७० बमोजित संसद विघटन गरेको र यो संविधानसम्मवत भएको उनले दाबी गरे ।

    संसद पुनर्स्थापना भयो भने कुनै पनि पार्टीको बहुमत नहुने र त्यस्तो बेला अस्थिरता आउने उनले बताए । उनले अघि भने, ‘अब सोझै जनतामा जनादेशमा जानुपर्छ ।’

    केपी ओलीले प्रचण्ड(माधव समूहतर्फ संकेत गर्दै कसको पक्षमा जनता छन् भन्ने मतदानबाट गनौंला भनेका छन् । आफ्नो पार्टीले प्रत्यक्षतर्फ बहुमत र समानुपातिकतर्फ ५० लाख मत ल्याउने दाबी गर्दै ओलीले भने, ‘त्यो घटाएर देखाए भयो नि ।’

  • आफ्नै आँखाअगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ : अध्यक्ष प्रचण्ड

    आफ्नै आँखाअगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्रमाथि खेलवाडसँगै सहिदका सपना कुल्चिने प्रयास गरिरहेको बताएका छन् ।

    फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति सम्मान कार्यक्रममा सम्बाेधन गर्दै ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले हजारौं सहिदका बलिदानीबाट प्राप्त गणतन्त्रमाथि खेलवाडसँगै सहिदका सपना कुल्चिने प्रयास गरिरहेको बताएका हुन् ।

    साथै, प्रधामन्त्री ओलीले चालेको कदमविरुद्ध आफू मर्नबाट नडराउने उनले बताए । उनले भने, ‘सहिदहरुले बलिदान गरेर प्राप्त गरेका उपलब्धी हामी गुम्न दिने छैनौं । जरुरी पर्छ भने फेरि बलिदान दिन तयार छौँ ।’

    सात दशक लामो हजारौं सहिदहरुको संघर्षबाट प्राप्त भएको गणतन्त्र उपलब्धी खतरामा पर्न लागेको भन्दै अब सबै नेपालीहरु एकजुट भएर फेरि एकचोटी संघर्षको मैदानमा उत्रिनुपर्ने बेला आएको पनि उनले बताए । ‘आफ्नै आँखाअगाडि सहिदका सपना कुल्चिएको टुलुटुलु हेर्न सक्दिनँ । जरुरी पर्छ भने फेरि बलिदान दिन तयार छौँ,’ जनयुद्धकालीन पलहरु सम्झिँदै नेकपा अध्यक्ष प्रचण्डले भने, ।

  • नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, १३३ जना डिस्चार्ज

    नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, १३३ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ९२९ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ६ सय ३१ रहेको छ ।

  • बुटवलमा ओली पक्षको शक्ति प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने

    बुटवलमा ओली पक्षको शक्ति प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गर्दैछ।

    बिहान ११ बजेपछि सुरु हुने कार्यक्रमलाई प्रधानमन्त्री लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    कार्यक्रम बुटवल उपमहानगरपालिका–७ स्थित सिद्धेश्वर माविको प्रांगणमा गर्ने तयारी भएको छ। लुम्बिनी प्रदेश समितिले आयोजना गरेको आमसभामा दुई लाख नागरिक भेला गर्ने ओली समूहको दावी छ। यसअघि दाहाल नेपाल समूहको नेकपाले पनि बुटवलमा शक्ति प्रदर्शन गरेको थियो ।

  • नेपालमा फागुन २३ गतेदेखि सर्वसाधारणलाई कोरोना खोप दिने तयारी

    नेपालमा फागुन २३ गतेदेखि सर्वसाधारणलाई कोरोना खोप दिने तयारी

    काठमाडौं । सरकारले फागुन २३ गतेदेखि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । खोप आउने निश्चित भएपछि सर्वसाधारणलाई खोप दिने तयारी मन्त्रालयले गरेको हो ।

    २३ गतेदेखि सरकारले ५५ वर्षमाथि उमेर समूहलाई खोप दिने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै फागुन २ देखि ८ गतेसम्म सरकारी कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि, बैंकका कर्मचारी,सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी खोप दिइने खोप महाशाखाका प्रमुख डा। झलक गौतमले जानकारी दिए ।

    अनुसार खोप दिनका लागि स्थानीय तहमै खोप केन्द्रहरु बनाउने तयारी भइरहेको उनले बताए। अहिले उपलब्ध खोप सेवा प्रदायक क्षेत्रमा दिँदा त्यहाँको सेवा सुचारु भइरहने भएकाले यस्तो निर्णय गरेको उनले बताए ।

    भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि सरकारले मा१४ गतेबबाट खोप लगाउन सुरु गरेको थियो । जसअनुसार पहिलो चरणमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीलगायत फ्रन्टलाइनरलाई खोप दिइएको थियो । यस्तै, २६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइएको छ।

  • शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीद्वारा शरीर दान गर्ने घोषणा

    शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीद्वारा शरीर दान गर्ने घोषणा

    काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन् । चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि सत्यमोहन र उनकी श्रीमती राधादेवीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् ।

    उनीहरूले शुक्रबार दिउँसो ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् । सत्यमोहन १०१ वर्ष पार गरेका छन् भने राधादेवी ९७ वर्षमा प्रवेश गरेकी छन् । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उपस्थिति रहेको थियो ।

    वि.सं १९७७ बैशाख ३० गते बखुम्बहाल, ललितपुरमा जन्मिएका जोशी नेपालका संस्कृतिविद् हुन् । उनले वि.सं २०१३, २०१७ र २०२८ मा मदन पुरस्कार पाएका छन् । उक्त पुरस्कार ३ पटक पाउने उनी एक मात्र व्यक्ति हुन् । उनले त्रिचन्द्र कलेजबाट बि.ए. सम्म अध्ययन गरेका छन् ।

    नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाण्डु विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ ।

    नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । उनले तीन पटकसम्म मदन पुरस्कार जित्ज सफल भएका जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

  • नेपालमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि, १३६ जना डिस्चार्ज

    नेपालमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि, १३६ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५ सय ४९ ५७ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार७९६ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७ रहेको छ ।

  • नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित

    नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित

    काठमाडौं । नेपाल, ओमान र अमेरिकाबीच हुने भनिएको आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित भएको छ।

    कोरोनाको प्रभाव र लामो क्वारेन्टाइनको प्रावधानका कारण खेल स्थगित गरिएको नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले जनाकारी दिए।

    नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा सो सिरिज खेल्ने तालिका थियो। सिरिजका लागि पहिलो चरणमा २१ खेलाडी बन्द प्रशिक्षणमा छन्।

    त्यस्तै आइसीसीसीले आगामी अप्रिलमा हुने पपुवा न्यूगिनी,ओमान र स्कटल्यान्डको खेल पनि स्थगित गरेको छ। यसै गरी पपुवा न्यूगिनी, अमेरिका र नामिबियाको खेल पनि स्थगित भएको छ।

  • सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप, दुई घाइते

    सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप, दुई घाइते

    काठमाडौं । वीरगञ्जको ओरिया खोलामा नेपाली भूमि प्रवेश गरेर बालुवा तस्कर गरिरहेका भारतीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। झडपमा दुई प्रहरी घाइते भएका छन्।

    जगरनाथपुर गाउँपालिका वडा नम्बर एक पिपडाढीस्थित ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबीच झडप भएको हो ।

    झडपमा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन । झडपमा घाइते भएका सशस्त्र प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    बालुवा उत्खनन् गरिरहेको भारतीय ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि आक्रमण भएको हो । सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरुले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

    झडपमा परी २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएका छन।

    उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

    सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर समेत भारतीयले लगेका छन् । ओरिया खोलाको नेपाली भूमि भएपनि भारतीय पक्षले दाबी गर्दै आएको छ । सो क्षेत्रमा वर्षेनी नेपाली नागरिक र भारतीयबीच झडप तथा विवाद हुँदै आएको छ ।

  • अमेरिकाको टेक्सासमा भयानक सडक दुर्घटना, कम्तिमा ६ को मृत्यु

    अमेरिकाको टेक्सासमा भयानक सडक दुर्घटना, कम्तिमा ६ को मृत्यु

    टेक्सास । अमेरिकाको टेक्सासमा भएको एक भयानक सडक दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार टेक्सासको अन्तरराज्य सडकमा बिहीबार बिहान करीव एक सय गाडी एक आपसमा ठोक्किएका छन् ।

    घटना बिहानको समयमा भएको हो । दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु पुष्टी भइसकेको र कैयौं मानिस घाइते भएको बताइएको छ । न्युयोर्क टाइम्सका अनुसार दर्जनौं मानिस सवारीभित्रै थुनिएको अवस्थामा उद्धार गरिएको हो । खासगरी हिँउ परेर लिप्लो भएको सडकमा गाडीहरु ठोक्किएको बताइएको छ ।

    फोर्ट वर्थ फायर डिपार्टमेन्टका अनुसार दुर्घटनामा १८ चक्के गाडी कार धेरै छन् । दुर्घटनामा कम्तिमा ३६ जना गम्भीर घाइतेको अस्पताल उपचार जारी छ । ६५ जना भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

  • चीनले रोक्यो बिबिसीको प्रसारण

    चीनले रोक्यो बिबिसीको प्रसारण

    लण्डन । चीनले बेलायती टेलिभिजन बिबिसी वर्ल्ड न्युजको प्रसारणमा प्रतिवन्ध लगाएको छ । चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले एक विज्ञप्ति जारी गरी यस्तो प्रतिवन्धको घोषणा गरको हो । बिबिसी वर्ल्ड न्युजले समाचार प्रसारणमा सत्यता र निष्पक्षताको मापदण्ड पूरा नगरेको आरोप चीनको छ ।

    प्रशासनले चीनको राष्ट्रिय स्वार्थ तथा जातीय एकतामा खलल पुर्‍याउने सामग्री प्रसारण गरेको बताएको छ । खासगरी कोभिड १९ सम्बन्धी एक रिर्पोटलाई लिएर बिबिसीसँग चीन रुष्ट बनेको हो ।

    चीन सरकारले कोभिड १९, वुइघुर मुस्लिमको बाहुल्यता रहेको पश्चिमी सिन्जियाङ प्रान्तमा प्रणालीगत बलात्कार, यौन र श्रम शोषण भइरहेको रिर्पोट बिबिसीले बजाएको थियो । बिबिसीको यो रिर्पोट निराधार रहेको चीनको आरोप छ ।

    चिनियाँ रेडियो तथा टेलिभिजन प्रशासनले यो वर्ष बिबिसीको प्रसारण रोक्ने र अर्को वर्ष समेत प्रसारण अनुमतिका लागि दिने निवेदन स्वीकार नगर्ने उल्लेख गरेको छ । उता, बेलायती विदेश मन्त्री डोमिनिक राबले बिबिसीमाथिको प्रतिबन्ध संचार स्वतन्त्रतामाथिको अंकुश भएको उल्लेख गरेका छन् ।

  • काठमाडौंको तारकेश्वरमा पुनः बर्ड फ्लु

    काठमाडौंको तारकेश्वरमा पुनः बर्ड फ्लु

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पुनः बर्ड फ्लु पुष्टी भएको छ । यसअघि तीन साता पहिले तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला फुटुङमा बर्ड फ्लु देखा परेको थियो । सो स्थानमा बर्ड फ्लु नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको थियो ।

    अहिले पुनः वडा नं. १ का कृषकले पालेका हाँसमा बर्ड फ्लु पुष्टी भएको हो । पशु सेवा विभागका अनुसार बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र नदिन र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरेको छ ।

    रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले उल्लेख गरेको छ । पछिल्लो पटक १४२१ हाँस, ४२ स्थानीय कुखुरा, २६ अण्डा र ८०० केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।

  • आइपिएल अक्सनको फाइनल लिस्टमा परे सन्दीप, न्यूनतम मूल्य ४० लाख भारु

    आइपिएल अक्सनको फाइनल लिस्टमा परे सन्दीप, न्यूनतम मूल्य ४० लाख भारु

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा नेपाली चर्चित लेग स्पीनर सन्दीप लामिछाने अन्तिम सूचिमा अटाउन सफल भएका छन् । नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम टिपाएका थिए । त्यसमध्ये सन्दीप मात्र अन्तिम सूचिमा परेका हुन् ।

    १४औं संस्करणको आइपीएलका लागि १८ फेब्रुअरीमा अक्सन हुनेछ । जसमा बिक्रि हुन सफल भएमा सन्दीपले न्यूनतम ४० लाख भारु पाउने छन् । लिलाम बढाबढमा गएमा भने उनको मूल्य अझ बढ्न सक्नेछ ।

    यद्दपी कुन टीम उनीप्रति सकारात्मक हुनेछ, त्यो भने निश्चित छैन । यसअघि उनले तीन सिजन दिल्ली क्यापिटल्सबाट खेले । जसमध्ये दिल्लीले दुई सिजनमा मात्र उनलाई खेलाएको थियो ।

    यस पटक अक्सनमा किंग्स एलेभेन पञ्जावसँग सबैभन्दा धेरै ५३.२ करोड भारु खर्च गर्न सक्ने रकम छ । पञ्जावले ९ जना सम्म खेलाडी किन्न सक्नेछ । रोएल च्यालेन्जर्स बैंगलोरले १३ खेलाडी किन्न सक्ने अवसर छ । उसले ३५.९ करोड ब्यालेन्समा खेलाडी किन्नेछ ।

  • आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा

    आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा

    काठमाडौं । आज तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाउँदैछन् । यस दिनको उपलक्ष्यमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन मगर, प्रधानमन्त्री केपीशर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले यो पर्व मनाउने सबैलाई शुभकामना दिएका छन् ।

    नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टीले पनि ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले बहुरंगी संस्कृतिको धनी नेपाल यिनै विभिन्न आस्था र अवस्थाहरुलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनैतिक स्थायित्व, दिगो शान्ति, छिटो समृद्धि हात लाग्ने उल्लेख गरेकी छिन् ।

    उपराष्ट्रपति पुनले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमालिइने ग्याल्बो ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा योगदान पुर्‍याएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

  • धरहरा र सिंहदरवारको पुनर्निर्माण प्रगतिबाट प्रधानमन्त्री संतुष्ट

    धरहरा र सिंहदरवारको पुनर्निर्माण प्रगतिबाट प्रधानमन्त्री संतुष्ट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार निर्माणाधीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको निरीक्षण गरेका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुनर्निर्माण भएको हो भने धराहराको नवनिर्माण हो । यी दुई संरचनाको अवलोकनबाट प्रधानमन्त्री संतुष्ट देखिए ।

    सिंहदरबारको पुनर्निर्माणको कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । सिंहदरबारको पुनर्निर्माणको काम सकेर फागुन ३ गते उद्घाटनको तयारी रहेको समेत उनले जानकारी दिएका छन् ।

    धरहरा पुनर्निर्माणको काम पनि राम्रो भएको प्रधानमन्त्रीले प्रतिक्रिया दिएको उनले बताए । धरहराको २१ तलासम्मको पुनर्निर्माणसम्मको काम सम्पन्न भइसकेको छ । बाँकी रहेको दुई तलाको निर्माण कार्य फागुन महिनाभित्रै सम्पन्न गर्ने तयारी छ ।

  • एनआरएनएको पहलमा १० अर्ब रुपैयाँको कोष बन्ने, गैरआवासीय नेपालीले आइपीओ हाल्न पाउने

    एनआरएनएको पहलमा १० अर्ब रुपैयाँको कोष बन्ने, गैरआवासीय नेपालीले आइपीओ हाल्न पाउने

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याइने भएको छ । अर्थ मन्त्रालयमा बिहीवार बसेको बैठकमा कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमतिअनुसार पाँच प्रतिशत लगानी गर्ने निर्णय समेत भएको छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने बताउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रक्रिया टुङ्गो लगाएर काम सुरु गर्न गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तलाई आग्रह गरेका छन् ।

    गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रक्रिया रहेको बताउँदै छिट्टै दर्ता भइ काम सुरु हुने जानकारी दिए । पन्तका अनुसार कम्पनीमा गैरआवासीय नेपाली सङ्घको १० प्रतिशत शेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर हुनेछ । गैरआवासीय नेपालीहरूको लगानीका लागि आईपीओ जारी गर्ने तयारी रहेको छ ।

  • तरल राजनीतिका बीच एक भए कट्टर कम्युनिष्ट, विप्लवसहितको बन्यो मोर्चा

    तरल राजनीतिका बीच एक भए कट्टर कम्युनिष्ट, विप्लवसहितको बन्यो मोर्चा

    काठमाडौं । मुलुक भित्रको तरल राजनीतिका बीच कट्टर कम्युनिष्टको छवि बनाएका दलहरुले रणनीतिक मोर्चा गठन गरेका छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार दलबीच यस्तो संयुक्त मोर्चा गठन भएको हो ।

    मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तीकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल समावेश छन् । चार पार्टीले बिहीबार घोषणा गरेको रणनैतिक मोर्चाले संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र स्थापन गर्ने लक्ष्य लिएको बताएका छन् ।

    मोर्चाले तत्कालका देश एवम् जनताका समस्या समाधान गर्न राष्ट्रियता, जनतन्त्र र जनजिविकाका मुद्दाहरूरमा निरन्तर जनपरिचालन र संघर्ष गर्ने घोषणा गरेको छ।


    रणनैतिक संयुक्त मोर्चा निमार्ण गर्ने पूर्वसहमतिलाई व्यवहारिक रूप दिन उनीहरुले रणनैतिक संयुक्त मोर्चाको अवधारणा र संरचना सम्बन्धी दस्ताबेज पारित गर्दै १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरेका छन्। समितिमा सिपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार लगायत १२ जना रहेका छन् ।


    मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रम तय समेत गरेको छ । जस अनुसार फागुन ६ गते बुटवलमा, १४ मा धनगढी र १८ मा इटहरीमा जनसभा गर्ने र पहिलो चरणका कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरिने मोर्चाको तयारी छ ।

  • रामकुमारी पक्राउको विरोधमा कांग्रेस र गगनको दरिलो साथ

    रामकुमारी पक्राउको विरोधमा कांग्रेस र गगनको दरिलो साथ

    काठमाडौं । आज नेकपा नेतृ रामकुमारी झाँक्रीलाई सरकारले गरेको गिरफ्तारीको विरोधमा कांग्रेस र प्रभावशाली नेता गगन थापाले विपक्षीलाई दरिलो साथ दिएका छन् । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तनका साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई चेतावनी दिए ।

    उता, नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपतिबारे आफूले पनि बोलेको भन्दै राज्यद्रोहको मुद्दा लगाउन चुनौती दिए । विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमा राख्न नसकेको भन्दै उनले संसद पुनर्स्थापना भएपछि घर पठाइने समेत चेतावनी दिए ।

    नेपाली कांग्रेस विराटनगर महानगरसमितिको कार्यक्रममा बोल्दै थापाले राष्ट्रपति भनेको व्यक्ति नभई संस्था भएको बताए । उनले भने, ‘मैले पनि राष्ट्रपतिबारे बोलेको छु, हिम्मत छ भने राजद्रोहको मुद्दा हामी सबैलाई लगाऊ, झ्यालखानाको संख्या अझै बढाऊँ, महाराजको आदेशले छेकिएन श्रीमान, तपाईको आदेशले पनि छेकिन्न ।’

  • रामकुमारी झाँक्री पक्राउ प्रकरणले तात्यो दिनभरको राजनीति, अन्ततः झुक्यो सरकार

    रामकुमारी झाँक्री पक्राउ प्रकरणले तात्यो दिनभरको राजनीति, अन्ततः झुक्यो सरकार

    काठमाडौं । बिहीबार दिनभर राजनीति केन्द्रमा रहिन् नेकपा नेतृ रामकुमारी झाँक्री । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न प्रहरी घरमा पुगेसँगै अनेरास्ववीयुका कार्यकर्ता नाराबाजी गर्दै घेराउमा पुगेका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीविरुद्ध चर्को नाराबाजी गरे ।

    तर, प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएर आएपछि भने रामकुमारी झाँक्री आफैले गिरफ्तारी दिइन् । उनलाई महानगरीय अपराध महाशाखामा राखिएको थियो । महाशाखामै पुगी उनलाई नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता योगेश भट्टराईले भेट गरे ।

    उनलाई पक्राउ गरेको विरोधमा दिनभरजसो सामाजिक संजालमा सरकारको कडा आलोचना भयो । नेपाली कांग्रेस, नेता गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित सबैले उनको गिरफ्तारीको कडा आलोचना गरे । उनको समर्थनमा बानेश्वरमा अनेरास्ववीयुले जुलुस निकाल्यो ।

    अन्ततः साँझ उनलाई प्रहरीले छाडेको छ । चर्को आलोचनाका बीचमा सरकार झुक्न बाध्य भएको छ । यसअघि झाँक्रीले गोरखामा राष्ट्रपतिविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै नेकपा संम्बद्ध महिला संघले पक्राउ गरी कारवाही गर्न गृहमन्त्रीसमक्ष अपिल गरेको थियो ।

    झाँक्रीले भने आफु खलपात्रा विरुद्ध बोलेको भन्दै राष्ट्रपति पदसँग आफ्नो सधै सम्मान रहने बताउँदै आएकी छिन् । उता, प्रहरी हिरासतबाट रिहा भएपछि नेतृ झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् । रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको जानकारी दिइन् ।

  • काठमाडौंको ५ ठाउँमा ‘वाटर भेन्डिङ’ १ रुपैयाँ तिर्नुहोस्,   स्वच्छ पानी पिउनुहोस्

    काठमाडौंको ५ ठाउँमा ‘वाटर भेन्डिङ’ १ रुपैयाँ तिर्नुहोस्, स्वच्छ पानी पिउनुहोस्

    काठमाडौं । नेपाल सरकार खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा बिहीबार देखि काठमाडौंमा वाटर भेन्डिङ संञ्चालनमा आएको छ ।

    बिहीवार एक कार्यक्रमकाबीच खानेपानी मन्त्री मणिचन्द्र थापाले वाटर भेन्डिङको उद्घाटन गरेका हुन् ।

    पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर भेन्डिङ संञ्चालनमा आएको छ । वाटर भेन्डिङ जडान भएसंगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ ।

    वाटर भेन्डिङबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटरका लागि १ रुपैया तिर्नुपर्नेछ । प्रति लिटर पानीको ५ रुपैयाँ तिर्नुपर्छ ।

    खानेपानी मन्त्री मणिचन्द थापाले ‘प्लाष्टिक रहित सहरको परिकल्पनामा सहभागी बनौँ’ भन्ने नारालेखिएको बोर्डसँगै काठमाडौँ महानगरपालिका वडा–१६ स्थित बालाजु बाइसधारा उद्यानको प्रवेशद्वारमा वाटर भेन्डिंगको उद्घाटन गरे ।

    यो वाटर भेन्डिंगलाई ३ महिनासम्म सप्लार्यसले नै संचालन गर्ने र ३ महिना बोर्डलाई हस्तान्तरण गरिनेछ। यस भेन्डिङबाट जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रणाली जडान गरिएको छ।

    एटिएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाका सिक्का प्रयोग गर्नुपर्ने छ। काठमाण्डौ उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीव बिक्रम रानाले ३ हप्ता भित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटिएम जडान गरिने जानकारी दिए।

    काठमाडौंमा पिउने पानीको समस्या भइरहेका बेला सार्वजनिक स्थानमा राखिने वाटर एटिएमले आम सर्वसाधरणलाई सुलभ मूल्यमा स्वच्छ पानी पिउन सक्ने सुविधा दिने विश्वास महानगरले लिएको छ।

    एक हप्तामा कलंकी, मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शंखपार्क धुम्बराहीमा संचालन गर्ने तयारी गरिएको छ। काठमाडौं ललितपुर र भक्तपुरका विभिन्न स्थानमा संचालनमा ल्याईने वाटर एटिएमको लागत २ करोड रुपैयाँ रहेको छ।

    वाटर भेन्डिङ मेसिन कसरी प्रयोग गर्ने ?

    पाँच वा १० को नोटलाई वाटर भेन्डिङ मेसिनसँगै रहेको पैसा साट्ने मेसिनबाट रु १ को सिक्कामा साट्ने ।

    साटेको रु १ को सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउने र २०० मिलिलिटर कागजको कप लिने ।

    कपलाई लगेर कप वा बोतल थाप्ने धाराको तल राख्ने ।

    अनि रु १ को सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाउँमा धारा र सिक्का हाल्ने ठाउँको अंक मिलाई छिराउने ।

    २०० मिलिलिटर शुद्ध पिउने पानी कपा वा बोतलमा झर्ने छ ।

    त्यसरी प्रयोग गरेको कपलाई फोहोर फाल्ने भाँडामा फाल्ने ।

  • थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०५२ पुग्यो

    थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०५२ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ ।

  • नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

    नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १११ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ६६० जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ७ सय १८ रहेको छ ।

  • ओली क्याविनेटका दुई मन्त्री आफ्नो पक्षमा फर्कने तयारीमा रहेको प्रचण्डको खुलासा

    ओली क्याविनेटका दुई मन्त्री आफ्नो पक्षमा फर्कने तयारीमा रहेको प्रचण्डको खुलासा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली क्याविनेटका दुईमन्त्री आफ्नो पक्षमा फर्किने तयारीमा रहेको खुलासा गरेका छन् । समूहले मंगलबार राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।

    प्रचण्डको यो उद्घोस सत्य भए पनि नभए पनि यसले क्याविनेटमा खुलेर आफ्नो रणनीति बारे बोल्न प्रधानमन्त्रीलाई भने मुस्किल हुने देखिएको छ । किनकी प्रचण्डले ओली समुह छाडेर आफ्नो समुहमा आउने मानिसको लर्को लागेको भन्दै त्यसमा दुई मन्त्री समेत रहेका बताएका छन् ।

    उनले प्रतिनिधिसभा विघटनका पक्षमा कोही पनि नरहेको समेत बताएका छन् । प्रचण्डले ती मन्त्रीको नाम भने खुलाएका छैनन् । जसले ओलीलाई अझ मनोवैज्ञानिक दवाव दिएको छ ।

  • म्यानमारमाथि अमेरिकाले लगाउने भयो प्रतिवन्ध, कार्यकारी आदेशमा हस्ताक्षर

    म्यानमारमाथि अमेरिकाले लगाउने भयो प्रतिवन्ध, कार्यकारी आदेशमा हस्ताक्षर

    वासिंटन डिसी । अमेरिकाले म्यानमारमाथि प्रतिवन्ध लगाउने भएको छ । हालै निर्वाचित सरकारलाई अपदस्त गरी सेनाले सत्ता हत्याएपछि राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । उनले यस्तो निर्णयको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

    राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र उनीहरूका परिवारका सदस्यहरूलाई प्रतिबन्ध लगाउने गरी आदेशमा हस्ताक्षर गरेका हुन् ।


    राष्ट्रपतिले आदेशमा हस्ताक्षर गरेसँगै अमेरिकाले पहिलो चरणमा एक साताभित्र कसलाई कुन कुन काममा प्रतिबन्ध लगाउने भन्ने निश्चित गरिने भएको छ । म्यानमार सरकारको १ अर्ब अमेरिकी डलर अमेरिकामा छ । यस रकममाथि सेनाका जनरलहरुको पहुँचमा रोक लगाउने समेत तयारी अमेरिकाको रहेको छ ।

    यसबाहेक निर्यातमा कडाई गरिने छ । म्यानमार सरकारलाई फाइदा पुग्ने अमेरिकी सम्पत्ति फ्रिज हुने भएको छ । तर स्वास्थ्य हेरचाह, नागरिक समूह र म्यानमारका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने अन्य क्षेत्रको सहयोग भने जारी नै रहने भएको छ ।

  • प्रशान्त महासागरमा गयो ७.७ म्याग्निच्यूटको भूकम्प, सुनामीको चेतावनी

    प्रशान्त महासागरमा गयो ७.७ म्याग्निच्यूटको भूकम्प, सुनामीको चेतावनी

    दक्षिणी प्रशान्त महासागरमा गएको शक्तिशाली भूकम्पपछि सुनामस्को चेतावनी दिइएको छ । त्यहाँ बुधबार साँझ ७.७ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूवैज्ञानिक एजेन्सीले जनाएको छ । भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको बताइएको छ ।

    यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ । भूकम्पले पुर्याएको मानवीय तथा भौतिक क्षतिको विवरण आएको छैन । उता, अष्ट्रेलियाको मौसम एजेन्सीले दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प गएको पुष्टी गर्दै सुनामी आउने बताएको छ ।

    सुनामीका कारण लर्ड होवे द्वीप जोखिममा रहने छ । उता, अमेरिकी सुनामी चेतावनी केन्द्रले भानुआटु र फिजीमा सुनामीको लहर १ देखि ३.३ फुट माथिसम्म उठ्ने चेतावनी दिँदै सचेत हुनुपर्ने बताएको छ ।

  • खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको भाउ बढ्यो

    खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको भाउ बढ्यो

    काठमाडौं । नेपालमा खाना पकाउने ग्यास सहित पेट्रोलियम पदार्थको भाउ बढाइएको छ । सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थमा मूल्य बढाउने निर्णय गरेको हो । नेपाल आयल निगमका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मटितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ ।

    काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल र मटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको छ । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । हवाई इन्धनको मूल्य भने यथावत छ ।

    मूल्य बढेपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले उल्लेख गरेको छ । यो मूल्य अनुसार १५ दिनमा निगमलार्ए ७३.८७ करोड घाटा हुने जनाइएको छ ।

  • पहिलो पटक खाडी मुलुक जाँदा ४० वर्षभन्दा कमका महिलालाई वडाको सिफारिस चाहिने

    पहिलो पटक खाडी मुलुक जाँदा ४० वर्षभन्दा कमका महिलालाई वडाको सिफारिस चाहिने

    काठमाडौं । सरकारले खाडी मुलुकमा पहिलो पटक भ्रमण भिसामा जाँदा ४० वर्षभन्दा कम उमेरका महिलाले वडाको सिफारिस ल्याउनु पर्ने नियम बनाएको छ । अध्यागमन विभागले बनाएको यस्तो नियम स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको छ । मन्त्रालयले स्वीकृत गरेमा यो लागु हुनेछ ।

    भिजिट भिसामा खाडी छिर्ने ४० वर्षभन्दा कम उमेरका महिलालाई वडा र परिवारको सिफारिस चाहिने व्यवस्थाको तयारी गरिएको छ । अध्यागमन विभागका एक अधिकारीका अनुसार एक पटक पनि विदेश नगएका ४० वर्षभन्दा कम उमेरका युवतीको साथमा परिवारले दिएको अनुमति र आफु बसोबास गरेको स्थानीय वडाको सिफारिस चाहिने व्यवस्थाको प्रस्ताव गरिएको छ ।

    तर, साथमा परिवारको एक जना सदस्य भएको अवस्थामा भने यो नियम लागु हुने छैन । नेपालबाट बीना कुनै जानकारी भिजिट भिसामा खाडी छिर्ने र जोखिममा पर्ने क्रम बढेपछि यस्तो नियम ल्याइएको मन्त्रालयको विभागको भनाई छ ।

    यता, विभागले डलर सटहीमा समेत अब प्रमाण आवश्यक हुने व्यवस्था गरेको छ । प्रस्तावित कार्यविधिमा अब भ्रमण भिसामा जाँदा डलर मात्र साथमा बोकेर पुग्ने छैन, बैंक वा आधिकारिक सटही गर्ने निकायबाट डलर साटेको प्रमाण समेत साथमा बोक्नु पर्ने भएको छ ।

  • दुई भारतीयले सगरमाथा चुचुरो नपुगी आरोहण प्रमाणपत्र लिएको खुलासा, ६ वर्षको प्रतिवन्ध

    दुई भारतीयले सगरमाथा चुचुरो नपुगी आरोहण प्रमाणपत्र लिएको खुलासा, ६ वर्षको प्रतिवन्ध

    काठमाडौं । दुई भारतीय नागरिकले सगरमाथाको चुचुरोमा नपुगी आरोहण प्रमाणपत्र लिएको खुलेको छ । उनीहरुले सन् २०१६ को आरोहण सिजनमा सगरमाथा चुचुरो पुगेको दावि गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले जारी गरेको विज्ञप्ती अनुसार सन् २०१६ को वसन्त ऋतुमा भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको सफल आरोहण नै नगरी पर्वतारोहण प्रमाण पत्र लिएको पुष्टि भएको छ ।

    उनीहरुको प्रमाणपत्र रद्द गरिएको मन्त्रालयले जनाइएको छ । मन्त्रालयले गरेको अनुसन्धानबाट उनीहरुले झुठा विवरण दिएर प्रमाणपत्र लिएको पुष्टि भएको प्रवक्ता अधिकारीको भनाई छ । यसरी प्रमाणपत्र लिने दुई भारतीय नागरिकलाई नेपाल सरकारले पर्वतारोहणमा ६ वर्षको प्रतिवन्ध लगाउने निर्णय समेत गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २६ माघको बैठकले सिंह र रानीलाई २० मे २०१६ देखि लागू हुने गरी पर्वतारोहण गर्न नपाउने गरी प्रतिवन्ध लगाउने निर्णय गरेको हो । उनीहरुलाई आरोहणमा लैजाने आरोहण दलका नेता भारतीय नागरिक नवकुमार फुकोनलाई समेत २० मे २०१६ देखि लागु हुने गरी नेपालमा पर्वतारोहणमा रोक लगाइएको छ ।

    भारतीय नागरिकको आरोहणको परिपाटी मिलाएको सेभेन समिट ट्रेक प्रालिलाई समेत ५० हजार नगद जरिवाना गरेको छ । सम्पर्क अधिकृतका रुपमा खटिएका पवन कुमार घिमिरेलाई चेतावनी दिने निर्णय समेत मन्त्रालयले गरेको छ ।