तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।प्राधिकरणले एक सूचना प्रकाशित गरी केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको गुनासो आएकाले आफूखुसी तथा तोकिएकोभन्दा बढी शुल्क नबढाउन निर्देशन दिएको हो । प्राधिकरणले आफ्नातर्फबाट महसुल बढ्ने गरी कुनै निर्णय र सूचना नभएको जानकारीसमेत गराएको छ । शुल्क/महसुलदर दूरसञ्चार ऐनअनुसार… Continue reading तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घट्यो

काठमाडौं । नेपाल आयल निगमले डेढ महिनाको अवधिमा डिजेल र मट्टीतेलको मूल्य २० रुपैयाँले घटाएको छ । गत चैत २० मा डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १०–१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले गतरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०–१० रुपैयाँले मूल्य घटाएको हो । तर पेट्रोल, हवाई इन्धन र खाना पकाउने… Continue reading डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घट्यो

नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले मागे सत्तारुढ दलसँग सुझाव

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सत्तारुढ दलहरुसँग छलफल गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलमा आवद्ध नेताहरुलाई बोलाएर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिएका हुन्। सरकारले यही जेठ ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। त्यसैका लागि सुझाव लिन मंगलबार सिंहदरबारमा प्रधानमन्त्री… Continue reading नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले मागे सत्तारुढ दलसँग सुझाव

दातृ निकायसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्रतिवेदनपछि पनि नेपालले विकास साझेदार निकायबाट निरन्तर सहयोग अपेक्षा गरेको बताएका छन् । नेपालस्थित कूटनीतिक नियोग, राष्ट्र संघीय नियोग तथा विकास साझेदारका प्रमुखहरुलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसै वर्षको अगस्टरसेप्टेम्बरमा आउने प्रतिवेदनपछि पनि सहयोग निरन्तर हुने अपेक्षा राखेको बताए । ‘हामीले यसै वर्षको अगस्टरसेप्टेम्बरमा… Continue reading दातृ निकायसँग प्रधानमन्त्रीले के भने ?

पासवर्ड ह्याक गरी बैंकको रकम चोर्ने पक्राउ

काठमाडौं । मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल पक्राउ परेका हुन् । सिग्देलले आरए भिजन एकाउण्ट सोलुसन प्रालिका एकाउण्टेण्ट रमेश आचार्यको नबिल बैंकमा रहेको खाताबाट विभिन्न समयमा रु २८ हजार तथा… Continue reading पासवर्ड ह्याक गरी बैंकको रकम चोर्ने पक्राउ

नेपाली सेयर बजार ९ महिना यताकै न्यून विन्दुमा

काठमाडौं । सेयर बजार मापक परिसूचक नेप्से ९ महिना यताकै न्यून विन्दुमा आइपुगेको छ । पछिल्लो समय लगातार ओरालो लागेको नेप्से सोमबार ३ अंकले घट्दै १८१८.३१ विन्दुमा आइपुगेको हो । यो पछिल्लो ९ महिना यताकै न्यून विन्दु हो । यसअघि गत असोज ९ गते नेप्से १८१५ विन्दुमा पुगेको थियो । सूचकसँगै आज कारोबार रकममा पनि… Continue reading नेपाली सेयर बजार ९ महिना यताकै न्यून विन्दुमा

काठमाडौंमा मेलम्चीको पानी वितरण दुई साता बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट दुुई साता मेलम्चीको पानी वितरण नहुने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । आयोजनाकाअनुसार सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान… Continue reading काठमाडौंमा मेलम्चीको पानी वितरण दुई साता बन्द

मौद्रिक नीतिको त्रैमासिक समीक्षा : लघुवित्तको ऋणीलाई असारसम्म थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रका ऋणीहरूलाई सहुलियत दिने निर्णय गरेको छ।मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमा लघुवित्तका ऋणीहरूलाई असार मसान्नतसम्म कर्जाको पुनसंरचना/पुनर्तालिकीकरण गर्न सक्ने उल्लेख छ। ‘वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्बन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा ०८० असार मसान्तभित्र कर्जाको… Continue reading मौद्रिक नीतिको त्रैमासिक समीक्षा : लघुवित्तको ऋणीलाई असारसम्म थप

झिनो अंकले घट्यो नेप्से

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ३.२४ अंकले घटेर १८३८.५९ बिन्दुमा झरेको हो । यसदिन ५७ करोड ८८ लाख ४१ हजार ५९३ रुपैयाँको २१ लाख ५ हजार ६५७ कित्ता शेयर किनबेच भएको छ । आज १३ वटा उपसमूहको समूहगत सूचकमध्ये १० वटाको ओरालो… Continue reading झिनो अंकले घट्यो नेप्से

चैतमा ७.७६ प्रतिशतले बढ्यो मूल्यवृद्धि, सबैभन्दा बढी काठमाडौंमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८ प्रतिशत हाराहारी रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो । चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति… Continue reading चैतमा ७.७६ प्रतिशतले बढ्यो मूल्यवृद्धि, सबैभन्दा बढी काठमाडौंमा

शोधनान्तर स्थिति १ खर्ब ८० अर्बले बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार चैत मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२६८ अर्ब २६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही… Continue reading शोधनान्तर स्थिति १ खर्ब ८० अर्बले बचतमा

२४ प्रतिशत बढ्यो रेमिट्यान्स, ९ महिनामा ९ खर्ब ३ अर्ब भित्रियो

काठमाडौं । नेपालमा पछिल्लो ९ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो । चालू आर्थिक वर्षको फागुनसम्म २४२ प्रतिशतले वृद्धि भइ ९ खर्ब ३अर्ब ३९ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको… Continue reading २४ प्रतिशत बढ्यो रेमिट्यान्स, ९ महिनामा ९ खर्ब ३ अर्ब भित्रियो

कर्मचारीको तलब र वृद्ध भत्ता नबढ्ने

काठमाडौं । सरकारले यसपाली कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नबढाउने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नबढ्ने स्पष्ट पारेका हुन् । अर्थतन्त्र संकट उन्मुख भएको, राजश्व संकलन न्युन रहेको तथा सरकारसँगको स्रोत सिमित बन्दै गएकाले यसपाली कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बढाउन नसकिने संकेत गरेका… Continue reading कर्मचारीको तलब र वृद्ध भत्ता नबढ्ने

टेलिकमले ल्यायो ‘आइसीटी डे अफर’

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि ‘आइसीटी डे अफर’ ल्याएकाे छ । यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ । यसैगरी डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा… Continue reading टेलिकमले ल्यायो ‘आइसीटी डे अफर’

नेप्सेमा लगातार गिरावट, कारोबार झनै ओरालो

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) २.२७ अंकले घटेर १८८९.७३ बिन्दुमा झरेको हो । यसदिन ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको २१ लाख ७४ हजार ९१४ कित्ता शेयर किनबेच भएको छ । आज १३ वटा उपसमूहमध्ये दुईवटा उपसमूहको समूहगत सूचक उकालो… Continue reading नेप्सेमा लगातार गिरावट, कारोबार झनै ओरालो

उचित विकल्प दिएर सुकुम्बासी बस्ती हटाउन बाटो खुल्यो

काठमाडौं । उच्च अदालत पाटनले सुकुम्वासी बस्ती हटाउन रोक लगाउनुपर्ने माग गरेको रिटमा अन्तरिम आदेश निरन्तरता दिन अस्वीकार गरेको छ। काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध परेको रिटमा बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरिम आदेशले खारेज गरेको हो। काठमाडौं महानगरपालिकाले ११ चैत २०७९ मा ७… Continue reading उचित विकल्प दिएर सुकुम्बासी बस्ती हटाउन बाटो खुल्यो

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १३.६८ अंकले घटेर १८९२ बिन्दुमा झरेको हो । यसदिन ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँको २५ लाख ७१ हजार २०२ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक राताम्मे भएका… Continue reading दोहोरो अंकले घट्यो नेप्से

राष्ट्रपतिलाई लागेको उपचार खर्च बारे जानकारी खै ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा उपचारमा लागेको खर्चको बारेमा जानकारी गराउन माग गरेकी छिन् । शून्य समयमा बोल्दै उनले कुन–कुन रोग लागेको हो र उक्त रोग नेपालमा उपचार हुने वा नहुने त्यो जानकारी खै भन्दै प्रश्न गरेकी हुन् । उनले भनिन्, ‘हाम्रो देशको राष्ट्रपतिज्यू करिब १० दिनदेखि… Continue reading राष्ट्रपतिलाई लागेको उपचार खर्च बारे जानकारी खै ?

दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १८.८० अंकले घटेर १८८५.६० बिन्दुमा झरेको हो । यसदिन ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँको २७ लाख ३४ हजार ३०७ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये १… Continue reading दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

अष्ट्रेलियामा हुण्डी कारोबारमा ठगिँदै नेपाली, रोक्न पहल

काठमाडौं । अष्ट्रेलियामा हुण्डिको अवैध कारोबारमार्फत नेपाली विद्यार्थी ठगिने क्रमम नरोकिएपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले बैंकिङ प्रणालीको सहजिकरणको पहल थालेका छन्। राजदूत पोखरेलले अष्ट्रेलियाको केन्द्रीय बैंक रिजर्भ बैंक अफ अष्ट्रेलियाका गभर्नर फिलिप विलियम लोसँग भेटवार्ता गर्दै बैंकिङ प्रणामार्फत नेपालमा रेमिट्यान्स पठाउने प्रक्रियालाई सहजिकरण गर्न आग्रह गरेका छन्। राजदूत पोखरेल र अष्ट्रेलियाका गभर्नर बीचको… Continue reading अष्ट्रेलियामा हुण्डी कारोबारमा ठगिँदै नेपाली, रोक्न पहल

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) १५.७३ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको हो । यसदिन ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँको ३२ लाख ९ हजार २१४ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेका छन्… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

९ महिनामा ६ लाख युवा काम खोज्दै विदेशिए

file

काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या ६ लाख नाघेको छ । आर्थिक वर्ष सकिन ३ महिना बाँकी छँदै चैतसम्म नयाँ श्रम स्वीकृति लिएर एवम् पुरानो स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ५ हजार ७९८ पुगेको वैदेशिक रोजगार विभागले जनााएको छ । कोरोना महामारी सुरु भएपछि सुस्ताएको वैदेशिक… Continue reading ९ महिनामा ६ लाख युवा काम खोज्दै विदेशिए

अन्तर्राष्ट्रिय लगानीकर्तासँग अर्थमन्त्रीले लिए सुझाव

काठमाडौं । नेपालमा लगानी विस्तारमा अपनाउनु पर्ने उपायबारे लगानीकर्ताले अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष सुझाव प्रस्तुत गरेका छन् । अर्थमन्त्री डा। महतसँग स्वीस राजदूत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डीएफआई) का प्रतिनिधिहरुबीच बुधबार छलफल भएको छ । सो अवसरमा नेपालमा निजी लगानी विस्तार गर्ने सम्भावनाबारे छलफल… Continue reading अन्तर्राष्ट्रिय लगानीकर्तासँग अर्थमन्त्रीले लिए सुझाव

सरकारले खुलायो जग्गाको कित्ताकाट

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘भूउपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो ।… Continue reading सरकारले खुलायो जग्गाको कित्ताकाट

हिन्दू राष्ट्र माग्दै संसदमा घन्कियो गायन्त्री मन्त्र र जय श्रीरामको नारा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना जैसवालले प्रतिनिधिसभा बैठकमा हिन्दू राष्ट्र माग्दै गायन्त्री मन्त्र र जय श्रीरामको नारा लगाएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा उनले सबै सांसदहरुको ध्यानाकर्षण गराउँदै गायत्री मन्त्र वाचन गरेकी हुन् । उनले भनिन्, ‘आइ स्ट्रोङली विलिभ इन अल द रिलिजन आर सेम । इन फ्याक्ट माइ… Continue reading हिन्दू राष्ट्र माग्दै संसदमा घन्कियो गायन्त्री मन्त्र र जय श्रीरामको नारा

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ८७ करोडमा सीमित

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३.७ अंकले घटेर १९०४. ९८ बिन्दुमा झरेको हो । यसदिन ८७ करोड ४ लाख ४८ हजार १५१ रुपैयाँको २९ लाख ७५ हजार ९२० कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये… Continue reading झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ८७ करोडमा सीमित

‘आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुली निर्यात पनि गर्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार भएको बताएका छन् । मंगलवारदेखि राजधानीमा शुरू भएको ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकलाई आर्थिक रुपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन… Continue reading ‘आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुली निर्यात पनि गर्नुपर्छ’

आजबाट काठमाडौंमा ऊर्जा सम्मेलन

काठमाडौं । हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन (पावर समिट) काठमाडौंमा सुरु हुँदै छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले आयोजना गरेको ऊर्जा सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ । सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुनेछन् । साथै… Continue reading आजबाट काठमाडौंमा ऊर्जा सम्मेलन

आन्तरिक उडानका लागि तीन वटा जहाज किन्दै नेवानि

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न… Continue reading आन्तरिक उडानका लागि तीन वटा जहाज किन्दै नेवानि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) २३.६४ अंकले घटेर १९०८.४ बिन्दुमा झरेको हो । यसदिन ९२ करोड ७८ हजार ५७१ रुपैयाँको ३१ लाख ४४ हजार ५७३ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेका छन् । अघिल्लो… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि