काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ६.६८ अंकले बढेर १९७७.३० विन्दुमा झरेको हो । आइतवार २२७ कम्पनीको १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँ बराबरको २८ लाख ७६ हजार २८८ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३… Continue reading झिनो अंकले बढ्यो नेप्से, रुरु जलविद्युतको शेयर मूल्यमा पोजेटिभ सर्किट
Category: अर्थतन्त्र
असोजदेखि शुक्रबार शेयर कारोबार बन्द गर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले शुक्रबार शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको नेप्से संचालक समितिको बैठकले आगामी असोज महिनादेखि लागु हुने गरि शुक्रबार भईरहेको शेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । भदौ महिनामा बाँकि रहेका शुक्रबारको दिनमा कारोबार हुनेछ । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि शेयर… Continue reading असोजदेखि शुक्रबार शेयर कारोबार बन्द गर्ने
सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन आविष्कार केन्द्रलाई सरकारले दियो ४० लाख
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो… Continue reading सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन आविष्कार केन्द्रलाई सरकारले दियो ४० लाख
इच्छाराज तामाङविरुद्ध ३ अर्ब ३१ करोड बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङविरूद्ध ३ अर्ब ३१ करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । सम्पत्ति शुद्धीकरण विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको… Continue reading इच्छाराज तामाङविरुद्ध ३ अर्ब ३१ करोड बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा
डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ… Continue reading डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत
महानगरपालिकाको २४ घण्टे अल्टिमेटम भित्रै १७ लाख कर तिर्यो फनपार्कले
काठमाडौं । काठमाडौं महानगरपालिकाले दिएको २४ घन्टे अल्टिमेटम भित्रै भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ। भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई बुझाएको हो । यो पछिल्लो ५ वर्षमा कम्पनीले उठाएको मनोरञ्जन कर वापतको रकम हो । मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर महानगरलाई बुझाउनु पर्छ । फनपार्कले व्यवसाय… Continue reading महानगरपालिकाको २४ घण्टे अल्टिमेटम भित्रै १७ लाख कर तिर्यो फनपार्कले
शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकममा सुधार
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक नेप्से १.८ अंकले घटेर १९७२.२९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२५ कम्पनीको १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको ३९ लाख ५५ हजार ८८६ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो… Continue reading शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकममा सुधार
४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, ३५ पालिका अझै विद्युत पहुँच बाहिर
काठमाडौं । देशभरका ७५३ मध्ये ४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण तथा वितरण प्रणालीका संरचना निर्माण गरी यी स्थानीय तहमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुर्याएको हो । २४२ स्थानीय तहमा भने आंशिकरूपमा मात्रै विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा अहिलेसम्म पनि राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुग्न… Continue reading ४७६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, ३५ पालिका अझै विद्युत पहुँच बाहिर
नारायणगढ–मुग्लिन सडक बिहानैबाट बन्द, यात्रुलाई सास्ती
काठमाडौं । पहिरोका कारण मुग्लिङ्ग नारायणगढ सडकखण्ड बन्द हुँदा यात्रु अलपत्र परेका छन् । पहिरो खुलाउन लामो समय लाग्ने प्रहरीको अनुमान छ । यो सडक खण्डको विभिन्न ठाउँमा पहिरो र ढुङ्गा खसेको छ । सोहीकारण बिहानैबाट गाडी रोकिएका छन् । सडक बन्द भएपछि गाडीको लामो लाइन लागेको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा… Continue reading नारायणगढ–मुग्लिन सडक बिहानैबाट बन्द, यात्रुलाई सास्ती
नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२४ कम्पनीको १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६१ रुपैयाँ बराबरको २९ लाख ९२ हजार ८७३ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो… Continue reading नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
डलरकार्ड प्रयोग गरी क्यासिनोदेखि अनलाइन जुवासम्मको भुक्तानी गर्न नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्ड प्रयोगमा कडाई गरेको छ । वाणिज्य तथा विकास बैंकहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले तोकेरै डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी बन्द गरेको हो । कोड नम्बरका आधारमा राष्ट्र बैंकले डलर कार्ड प्रयोग गर्न नपाइने भनेका भुक्तानीका क्षेत्रमा क्यासिनोदेखि अनलाइन जुवासम्म रहेका छन् । डलर कार्डबाट विदेशमा कसैलाई… Continue reading डलरकार्ड प्रयोग गरी क्यासिनोदेखि अनलाइन जुवासम्मको भुक्तानी गर्न नपाइने
पश्चिम पहाडी भेगमा ठूलो वर्षा
काठमाडौं । पछिल्लो केही घण्टायता तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत, स्याङजा, नवलपरासी, चितवन र आसपासका धेरै ठाउँमा ठूलो पानी परेको छ ।ती क्षेत्रमा ठूलो वर्षा मापन भएको र साना खोला तथा नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । त्यस्तै कपिलवस्तुको बाणगङ्गा र आसपासको क्षेत्रमा पनि ठूलो वर्षा भएको… Continue reading पश्चिम पहाडी भेगमा ठूलो वर्षा
महँगा वस्तुको आयातमा लागेको प्रतिवन्ध २८ असोजसम्म निरन्तर
काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको छ । सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ । उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको… Continue reading महँगा वस्तुको आयातमा लागेको प्रतिवन्ध २८ असोजसम्म निरन्तर
१ अर्बमा खुम्चियो शेयर कारोबार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २.१९ अंकले बढेर १९९५.२१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६रुपैयाँ बराबरको ३४ लाख ४० हजार ९०० कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको… Continue reading १ अर्बमा खुम्चियो शेयर कारोबार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
चाडपर्वलाई लक्षित नोट सटही सुविधा भदौं २६ देखि, प्रतिव्यक्ति १८ हजार ५ सय सम्म साटन सकिने
काठमाडौं । दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले भदौं २६ गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ। काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट नोटहरु साट्न सकिने जनाइएको छ… Continue reading चाडपर्वलाई लक्षित नोट सटही सुविधा भदौं २६ देखि, प्रतिव्यक्ति १८ हजार ५ सय सम्म साटन सकिने
प्राधिकरणले सञ्चालनमा ल्यायो विद्युतीय चार्जिङ स्टेसन, १ घण्टामा फुल चार्ज
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक सरकारी तहबाट विद्युतीय सवारी साधन चार्ज गर्न स्टेसन सञ्चालनमा ल्याएको छ। मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालय रत्पपार्कमा एक कार्यक्रमका चार्ज स्टेसन उद्घाटन गरिएको थियो । चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । देशका विभिन्न ५१ स्थानमा सवारी… Continue reading प्राधिकरणले सञ्चालनमा ल्यायो विद्युतीय चार्जिङ स्टेसन, १ घण्टामा फुल चार्ज
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको स्रोत खुलाउनु पर्ने
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मनोनयनपत्र दर्ता गर्ने उम्मेद्वारहरुले आफूले गर्ने सम्भावित खर्च र त्यसको स्रोत समेत खुलाउनुपर्ने गरी निर्वाचन आयोगले नियम ल्याएको छ । मनोनयनका क्रममा नै उम्मेद्वारहरुले छुट्टै खाता खोलेर खाता सञ्चालन गर्ने प्रतिनिधिको विवरण समेत बुझाउनुपर्ने भएको हो । उम्मेद्वारले सम्बन्धित प्रतिनिधि बाहेक अरुबाट खर्च गर्न नपाउने व्यवस्था गरेको छ ।… Continue reading प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको स्रोत खुलाउनु पर्ने
नेपाली शेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकममा भारी गिरावट
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक नेप्से ३.७६ अंकले बढेर १९९३.२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२२ कम्पनीको १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँ बराबरको ३४ लाख ४० हजार ९०० कित्ता शेयर किनबेच भएको छ । अघिल्लो… Continue reading नेपाली शेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकममा भारी गिरावट
विश्व बैंकले नेपाललाई १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण दिने
काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग गर्ने भएको छ । विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपैयाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो। अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको… Continue reading विश्व बैंकले नेपाललाई १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण दिने
अब काठमाडौंका सबै वडामा डाक्टर र नर्स खटिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा अब डाक्टर र नर्ससहितको सेवा उपलब्ध हुने भएको छ । आइतबार बसेको आठौं कार्यपालिका वैठकले ३२ वटै वडामा एक एक जना इन्जिनियर, एमडीजीपी र नर्स करारमा राख्ने निर्णय गरेको छ । हरेक वडामा वडा क्लिनिक सञ्चालन गर्ने र त्यहाँ रोगको पहिचान गर्न सक्ने जनरल प्राक्टिसमा एमडी गरेका डाक्टर… Continue reading अब काठमाडौंका सबै वडामा डाक्टर र नर्स खटिने
नेप्सेको ओरालो यात्रा कायमै, धेरै गुमाउने फाइनान्स र हाइड्रो समूहका लगानीकर्ता
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक नेप्से ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२४ कम्पनीको २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर किनबेच भएको छ । आज… Continue reading नेप्सेको ओरालो यात्रा कायमै, धेरै गुमाउने फाइनान्स र हाइड्रो समूहका लगानीकर्ता
गहुँ र चिनीमा लगाएको प्रतिवन्ध हटाउने भारतीय राजदूतको संकेत
धरान । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउने बारे संकेत गरेका छन् । शनिबार धरानमा उद्योग वाणिज्य संघ सुनसरीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले गहुँ र चिनी आयातमा भारतले लगाएको प्रतिबन्ध हटाउने विषयमा कुराकानी भइरहेको जानकारी गराए । ‘नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध झनै प्रगाढ… Continue reading गहुँ र चिनीमा लगाएको प्रतिवन्ध हटाउने भारतीय राजदूतको संकेत
काठमाडौंमा अनधिकृत संरचना हटाउने काम आज पनि जारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति बीना बनाइएका घर–टहरा भत्काउने अभियानलाई आज पनि निरन्तरता दिएको छ । शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेका अनधिकृत घर टहरा महानगरले भत्काउन थालेको छ । सार्वजनिक जग्गामा रहेका, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानैबाट भत्काउन थालिएको महानगरले जनाएको छ । महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली बनस्थली चोकमा पुगेर… Continue reading काठमाडौंमा अनधिकृत संरचना हटाउने काम आज पनि जारी
सशस्त्र प्रहरीको क्यान्टिनमा अब विद्युतीय चुलो मात्र चल्ने
काठमाडौं । संस्थागतरुपमा नै विद्युतीय सवारी साधनको प्रवर्द्धन र चुलोको अभियान चलाउँदै आएको नेपाल विद्युत् प्राधिकरणले आज पुनःअर्को एक सङ्गठित संस्थासँग समझदारी गरेको छ । प्राधिकरण र सशस्त्र प्रहरीबलबीच विद्युतीय चुलो प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका तर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणका… Continue reading सशस्त्र प्रहरीको क्यान्टिनमा अब विद्युतीय चुलो मात्र चल्ने
१ अर्ब लागतमा बुटवलमा तयार भयो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्रीले उद्घाटन गर्दै
बुटवल । बुटवलमा १ अर्ब ११ करोड रुपैयाँ लागतमाअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ । आज सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । उद्घाटन कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकास मन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताहरूले सम्बोधन गर्नेछन् । पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका १०… Continue reading १ अर्ब लागतमा बुटवलमा तयार भयो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्रीले उद्घाटन गर्दै
विश्व बजारमा फेरि आकाशियो कच्चा तेलको भाउ, प्रतिब्यारेल कति पुग्यो ?
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ फेरि आकाशिएको छ । ६ महिना यताको सस्तो भएके कच्चा तेलको भाउ केही साता यता लगातार बढेको हो । दुई साता अघि प्रतिब्यालेर ९० डलरभन्दा तल झरेको कच्चा तेलको भाउ शुक्रबार प्रतिब्यारेल १०० डलर नाघेको छ । यो पछिल्लो तीन साता यताकै उच्च हो । शुक्रबार (साढे ११… Continue reading विश्व बजारमा फेरि आकाशियो कच्चा तेलको भाउ, प्रतिब्यारेल कति पुग्यो ?
सुनकोशी-३ आयोजना नेपाल र बंगलादेशले संयुक्त रुपमा बनाउने
काठमाडौं । सुनकोशी ३ जलविद्युत आयोजना नेपाल र बंगालदेशको संयुक्त लगानीमा बन्ने भएको छ । यो आयोजनाको लगानी र निर्माण मोडालिटी टुंग्याउन बंगलादेश सहमति भएको छ । बिहीबार बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर सुनकोसी ३ अगाडि बढाउन सहमती जुटेको छ । ऊर्जा क्षेत्रमा… Continue reading सुनकोशी-३ आयोजना नेपाल र बंगलादेशले संयुक्त रुपमा बनाउने
व्यापारीमाथिको हस्तक्षेप रोक्न बालेनलाई संघको आग्रह
काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघले व्यापारीमाथिको हस्तक्षेप रोक्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई आग्रह गरेको छ । संघको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई वार्तामार्फत् समस्याको समाधान निकाल्न सकिने भन्दै व्यापारीथिको हस्तक्षेप रोक्न अनुरोध गर्ने निर्णय गरेको छ । घरधनी र महानगरको लडाइँमा व्यापारी परेको संघको भनाई… Continue reading व्यापारीमाथिको हस्तक्षेप रोक्न बालेनलाई संघको आग्रह
बालेन दिनभर अनधिकृत संरचना हटाउन व्यस्त, बानेश्वर क्षेत्रमा हटाउन निर्देशन
काठमाडौं । बिहीबार पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह अनधिकृत रुपमा बनाइएका संरचना हटाउने अभियानमा संलग्न रहे । शुरुमा बानेश्वर क्षेत्रमा अनधिकृत संरचना हटाउन निर्देशन दिएका उनको अल्फाबिटामा भने घरधनीसँग चर्काचर्की परेको थियो । त्यसपछि उनले नक्सा र डोजर नै ल्याएर संरचना भत्काइएको छ । बालेनले नक्सा पास नभई बनाइएका यस्ता संरचना हटाउन भनेका छन्… Continue reading बालेन दिनभर अनधिकृत संरचना हटाउन व्यस्त, बानेश्वर क्षेत्रमा हटाउन निर्देशन
कोरियाली ब्राण्ड सामसङका टेलिभिजन अब नेपालमा उत्पादन हुने
काठमाडौं । दक्षिण कोरियाली ब्रान्ड सामसङका टेलिभिजन नेपालमै उत्पादन हुनेभएको छ । सामसङ र गोल्छा ग्रुपअन्तर्गतको हिम इलेक्ट्रोनिक्सको सहकार्यमा नेपालमै सामसङ ब्रान्डका टेलिभिजन उत्पादन गर्न थालिएको हो । बुधबार नवलपरासीमा एक कार्यक्रम गर्दै सामसङ कारखाना शिलान्यास भएको छ । स्वदेशमै उद्योग स्थापना गरी रोजगारी दिने उद्देश्यले सामसङ ब्रान्डका टेलिभिजन यहीँ बनाउन लागिएको गोल्छा ग्रुपका अध्यक्ष… Continue reading कोरियाली ब्राण्ड सामसङका टेलिभिजन अब नेपालमा उत्पादन हुने