अब बैंकमा निक्षेपका रुपमा सुन राख्न पाउने

काठमाडौं । अब बैंकहरुमा ग्राहकले सुनलाई निक्षेपका रुपमा राख्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयन गर्न बैंकहरुलाई परिपत्र गरेको छ । बिहीबार बैंकहरुका नाममा परिपत्र गर्दै राष्ट्र बैंकले कार्यविधि बनाई सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएका हुन् । सरकारले चालु आर्थिक वर्षको बजेटबाट नेपाली नागरिकले सम्पत्तिको रुपमा… Continue reading अब बैंकमा निक्षेपका रुपमा सुन राख्न पाउने

सुनको मूल्यले फेरी कायम गर्यो कीर्तिमान, ८० हजार नाघ्यो

काठमाडौं । बुधबार सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । बुधबार ८० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य एकै दिनमा २२ सय रुपैयाँले बढेको हो । ८० हजार ५ सयमा पुग्दा बुधबार सुनको मूल्यले अहिलेसम्म कै उच्च रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सयमा कारोबार भएको थियो। यसअघि… Continue reading सुनको मूल्यले फेरी कायम गर्यो कीर्तिमान, ८० हजार नाघ्यो

अर्थमन्त्री डा. खतिवडाको पुनबहाली, आजै लिए सपथ

काठमाडौं । राजिनामा दिएको २४ घण्टा नबित्तै अर्थमन्त्री डा. युवराज खतिवडाको पदमा पुनबहाली भएको छ । उनले साविकमा जस्तै अर्थ र सूचना प्रविधि तथा संचार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । उनलाई बुधबार नै राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको सथप ग्रहण गरेका छन् । त्यसलगत्तै उनी मन्त्रालय पुगेर कार्यभार ग्रहण गरे । उक्त अवसरमा उनले… Continue reading अर्थमन्त्री डा. खतिवडाको पुनबहाली, आजै लिए सपथ

अर्थमन्त्री खतिवडाले दिए राजिनामा, बुधबार नै पुनः नियुक्ति गर्ने तयारी

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । आज राती मंगलबारबाट उनको राष्ट्रिय सभा सदस्यको पदावधी सकिएको छ । सोहीसँगै उनले आफ्नो पदबाट राजिनामा दिएका हुन् । उनले पदबाट दिएको राजिनामा राष्ट्रपति कार्यालयमा पठाइएको छ । खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको थियो । पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि… Continue reading अर्थमन्त्री खतिवडाले दिए राजिनामा, बुधबार नै पुनः नियुक्ति गर्ने तयारी

१८ मेघा प्रोजेक्ट, जसले फेर्नेछन् देशको मुहार

काठमाडौं । राष्ट्रिय योजना आयोगले १५ औं योजना स्वीकृत गरेको छ । पञ्चवर्षिय योजनाले कूल १८ वटा आयोजनालाई दीर्घकालिन प्रभाव पार्ने क्षमता भएका गेमचेन्जर (रुपान्तरणकारी) आयोजनाका रुपमा परिभाषित गर्दै योजना बनाएको छ । ती आयोजना सम्पन्न भएपछि मुलुकको विकास र जनताको समृद्धिको चाहनामा ठूलो प्रभाव पर्ने आयोगको विश्वास रहेको छ । १५ औं योजनामा समावेस… Continue reading १८ मेघा प्रोजेक्ट, जसले फेर्नेछन् देशको मुहार

चीनबाट आउने पर्यटक ह्वात्तै घटे, बौद्धमार्गी बढे

काठमाडौं । नेपालमा चीनबाट आउने पर्यटकको संख्या ओरालो लागेको छ । कोरोनाको प्रकोप फैलिएसँगै चीनबाट पर्यटक आवागमन करीव ठप्प प्राय छ । फेब्रुअरी महिनामा मात्र ३ हजार २ सय ८५ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । सन् २०१९ को फेब्रुअरीमा चीनबाट करीव १४ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए । यो वर्ष आएका चिनियाँमध्ये… Continue reading चीनबाट आउने पर्यटक ह्वात्तै घटे, बौद्धमार्गी बढे

आजदेखि नेपाल एयरलाइन्सको नारिता उडान, जाँदा र फर्कदा भरिभराउ यात्रु

काठमाडौं । नेपाल एयरलाइन्सले जापानको राजधानी टोकियो नजिकै रहेको नारिता विमानस्थलमा आजबाट उडान सेवा प्रारम्भ गर्दैछ । सोमबार बिहान १ बजेर २५ मिनेट जाँदा नेपाल एयरलाइन्सको जम्बो जहाज नारिताका लागि उड्दैछ । उक्त जहाजमा नेपालबाट २ सय ३७ जना यात्रु नारिताका लागि उड्दैछन् । जापानको नारिताबाट भने पुरै सीट भरेर यो जहाज नेपाल आउने भएको… Continue reading आजदेखि नेपाल एयरलाइन्सको नारिता उडान, जाँदा र फर्कदा भरिभराउ यात्रु

अर्थ मन्त्रालयले भन्यो : पेट्रोलियम पदार्थको भाउ बढ्दैन

काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा गरिएको करको दर परिवर्तनका सम्बन्धमा स्पष्टिकरण सार्वजनिक गरेको छ । अर्थले करको दरले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने भन्दै ढुक्क हुन उपभोक्तालाई आग्रह गरेको हो । मन्त्रिपरिषद्ले करको दरमा हेरफेर गर्दै पेट्रोलियम पदार्थमा लाग्ने कर बढाएको छ । यसअघि प्रतिलिटर ५ रुपैयाँ रहेको पूर्वाधार कर अब प्रतिलिटर १० रुपैयाँ… Continue reading अर्थ मन्त्रालयले भन्यो : पेट्रोलियम पदार्थको भाउ बढ्दैन

बास्कोटा गए अदालत, मिश्रविरुद्ध गाली बेइज्यती मुद्दा

काठमाडौं । कमिसनका लागि मोलमलाई गरेको भिडियो सार्वजनिक गरिदिने विजयप्रकाश मिश्र विरुद्ध पूर्वसूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटा अदालत पुगेका छन् । कमिसनका लागि मोलमलाई गरेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट उनले राजीनामा गरेका थिए । बास्कोटाले मिश्रविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । अडियो सार्वजनिक गरि आफ्नो चरित्र हत्या गरेको… Continue reading बास्कोटा गए अदालत, मिश्रविरुद्ध गाली बेइज्यती मुद्दा

दैलेखमा पेट्रोलियम अन्वेषण सकियो, के आयो नतिजा ?

दैलेख । लामो समयदेखि चर्चामा रहेको दैलेखस्थित पेट्रोलियम अन्वेषणको पहिलो चरणको काम सम्पन्न भएको छ । अघिल्लो कात्तिकदेखि सुरु भएको पेट्रोलियम पदार्थ अन्वेषणको पहिलो चरणको काम सकिएको हो । साइस्मिक सर्भेअन्तर्गतको काम सकिएको आयोजनाले जनाएको छ । जिल्लाको नाबिस्थान, शिरिस्थान, पादुकालगायत क्षेत्रमा आधार मानेर ४०० वर्ग किलोमिटर क्षेत्रमा २०० किलोमिटर साइस्मिक सर्भे गरिएको थियो ।… Continue reading दैलेखमा पेट्रोलियम अन्वेषण सकियो, के आयो नतिजा ?

मौलाकाली र सिद्धार्थ केवलकारलाई सरकारी बन प्रयोग गर्न स्वीकृत

काठमाडौं । सरकारले मौलाकाली र सिद्धार्थ केवलकारका लागि बन प्रयोग गर्न स्वीकृत दिएको छ । मन्त्रीपरिषदको बैंठकले मौलाकाली केवलकारका लागि नवलपुर जिल्ला बर्दघाट सुस्तापूर्व नवलपुरको गैडाकोट नगरपालिका १ मा पर्ने मौलाकाली सामुदायिक वन र मौलाकाली धार्मिक वन समेतको कुल २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिएको हाे । यस्तै सिद्धार्थ केवलकारका लागि रुपन्देही जिल्ला बुटवल… Continue reading मौलाकाली र सिद्धार्थ केवलकारलाई सरकारी बन प्रयोग गर्न स्वीकृत

पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर

काठमाडौं । सरकारले डिजेल र पेट्रोलको प्रति लिटर पाँच रुपैयाँ बढाएको छ । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पुर्याएको हो । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन् । गत… Continue reading पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंको याक एण्ड यती होटलमा आयोजित एक कार्यक्रमकाबीच ढकालले औपचारिक रुपमा उम्मेद्धारी घोषणा गरेका हुन । उम्मेद्धारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले आफ्नो उम्मेद्धारी महासंघलाई सबल र सुदृढ बनाउन रहेको बताएका छन् । उनले आफु… Continue reading महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

निर्यात बढ्दा सुधारियो व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा आइपुग्दा नेपालको वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनादेखि माघ समान्तसम्म विदेशबाट आउने वस्तुको व्यापार ३ दशमलव ५६ प्रतिशतले कमी आएको छ । सात महिनामा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँको वस्तु आयात भएको छ । गत वर्ष… Continue reading निर्यात बढ्दा सुधारियो व्यापार घाटा

नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा लैजाने निर्णय

काठमाडौं । नेपाल वायुसेवा निगमलाई अब कम्पनी मोडलमा संचालनको तयारी गरिएको छ । पूर्णसरकारी स्वामित्वको कम्पनी नेपाल एयरलाइन्सले नाफा कमाउन सकिरहेको छैन । करीव ४० अर्ब ऋण समेत रहेको छ । यस अवस्थामा कम्पनी नाफामा जान नसक्ने भन्दै यसलाई कम्पनीमा लैजाने निर्णय भएको हो । संचालक समितिले कम्पनी मोडलमा लैजाने प्रस्ताव गरी मन्त्रालयमा पठाउने निर्णय… Continue reading नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा लैजाने निर्णय

अब सूर्यविनायक–जडिबुटी सडकमा सार्वजनिक सवारीलाई डेडिकेटेड लेन

काठमाडौं । कोटेश्वरमा अधिक सवारी जाम हुँदा आवागमन प्रभावित बन्दै गएपछि ट्राफिक प्रहरीले लेन कार्यान्वयनमा नयाँ नियम ल्याएको छ । अब सूर्यविनायक–जडिबुटी सडक खण्डमा यात्रुबाहक तथा मालबाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधनका लागि छुट्टै लेन हुने भएको छ । यी सवारी साधनले बायाँ लेनबाट मात्र सवारी साधन चलाउन पाउने भएका छन् ।… Continue reading अब सूर्यविनायक–जडिबुटी सडकमा सार्वजनिक सवारीलाई डेडिकेटेड लेन

शेयर बजारमा कीर्तिमानी कारोबार, अर्थमन्त्री हट्ने हल्लाको प्रभाव

काठमाडौं । आइतबार एकाबिहानै विभिन्न संचारमाध्यममा अर्थमन्त्री डा. युवराज खतिवडाको पद हट्ने खबर सार्वजनिक भयो । उनको पद अन्य मन्त्रीजस्तै कुनै बदमासी गरेर नभई कानून अनुसार नियमित कार्यकाल पुरा गरी उनी बिदा हुँदैछन् । किनकी उनको सांसद पद दुई वर्षे कार्यकालका लागि हो । २० फागुनबाट उनको सांसद पद रहने छैन । त्यसअवस्थामा अर्थमन्त्रीका रुपमा… Continue reading शेयर बजारमा कीर्तिमानी कारोबार, अर्थमन्त्री हट्ने हल्लाको प्रभाव

युवराज खतिवडा नदोहोरिने, बामदेवलाई सांसद बनाउन गृहकार्य

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का लागि उपाध्यक्ष बामदोव गौतम महत्वपूर्ण स्थानमा छन् । उनी पूर्वएमाले र पूर्वमाओवादी दुबै खेलमा पुलको रुपमा काम गर्न सक्छन् । त्यसकारण नेकपाभित्र उनलाई कुनै पनि मानेमा कमजोर आकिदैन । पार्टीले हालै उनलाई वरिष्ठ उपाध्यक्षको पद दिलाएको थियो । अब भने सांसद बनाउने गृहकार्यका शुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनमा… Continue reading युवराज खतिवडा नदोहोरिने, बामदेवलाई सांसद बनाउन गृहकार्य

नेपालमा सुनको कीर्तिमानी मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार कीर्तिमान कायम गर्दै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७८ हजार १ सय र तेजावी सुन ७७ हजार ८ सय रुपैयाँमा कारोबार भयो । यो अहिलेसम्मकै बढी हो । शुक्रबार चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँ पुगेको… Continue reading नेपालमा सुनको कीर्तिमानी मूल्य

एमसीसीमा संशोधन आवश्यक रहेको कार्यदलको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का विषयमा अध्ययन गर्न गठन गरेको कार्यदलले एमसीसीका कतिपय प्रावधानमा सशोधनको आवश्यकता औल्याएको छ । कार्यदलले शुक्रबार आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीलाई बुझाएको छ । उक्त प्रतिवेदनको सार सम्झौताका कतिपय बुँदा सच्याउनु पर्ने देखिएको बताइएको छ । बुँदा नसच्याएसम्म संसदबाट अनुमोदन… Continue reading एमसीसीमा संशोधन आवश्यक रहेको कार्यदलको निष्कर्ष

बास्कोटासँग बार्गेनिंग गर्ने मिश्रलाई कारवाही गर्न लेखा समितिको पत्राचार

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग कमिसनका विषयमा बार्गेनिंग गर्ने विजय प्रकाश मिश्रलाई कारबाही गर्न प्रहरी समक्ष पत्राचार गरेको छ। उनलाई लेखा समितिका सदस्य सांसदको चरित्र हत्या हुने गरी सार्वजनिक टीकाटिप्पणीमा उत्रिएको भन्दै समितिले कारवाहीका लागि पत्राचार गरेको हो। यसअघि मिश्रले एक अनलाइनसँग कुराकानी गर्दै बाँस्कोटासँगको अडिओ… Continue reading बास्कोटासँग बार्गेनिंग गर्ने मिश्रलाई कारवाही गर्न लेखा समितिको पत्राचार

संचार मन्त्रालयको जिम्मा खतिवडालाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. खतिवडाले पाएका छन् । गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले अर्थमन्त्रीबाट जिम्मेवारी सम्हाल्ने गरी कार्यभार तोकिदिएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. खतिवडाले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले… Continue reading संचार मन्त्रालयको जिम्मा खतिवडालाई

अब नेपालमा पनि निजी विमान राख्न पाउने

काठमाडौं । विश्वमा धनाढ्य व्यापारी, खेलाडी तथा सेलिब्रेटीका लागि आफ्नै विमान हुनु कुनै नौलो कुरा होइन् । भारतमा समेत यसको व्यवस्था छ । सोहीकारण कुनै बेला भारतीय धनाढ्यहरुले नेपालमा निजी विमान ल्याएर पार्क गर्ने गरेको समाचार आइरहन्छ । यो सुविधा अब नेपाली नागरिकका लागि समेत उपलब्ध हुने भएको छ । सरकारले हवाई ऐन २०७६ मा… Continue reading अब नेपालमा पनि निजी विमान राख्न पाउने

पेट्रोलियम पदार्थको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य राती १२ बजेदेखि घटेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले घटाइएको छ । डिजेल र मट्टितेलको मूल्य समेत प्रतिलिटर २ रुपैयाँले नै घटेको हो । नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ… Continue reading पेट्रोलियम पदार्थको भाउ घट्यो

प्रहरी सङ्गठनमा जागीर छाड्ने सङ्ख्या बढ्दो, रोक्न नयाँ नियम ल्याइयो

काठमाडौं । प्रहरी सङ्गठनमा जागिर छाड्ने युवाको सङ्ख्या बढ्दो छ । खासगरी एक पटक सुरक्षा फौजमा तालीम प्राप्त गरि अनुभव बटुलेका युवालाइ विदेशमा राम्रो पारिश्रमिकमा काम पाइने प्रलोभनले धेरै युवा पेशाबाट पलायन हुने गरेका छन् । नेपालको मगङ्गिमा पारिश्रमिकले खान लाउन, बालबच्चा पढाउन र बाउ आमाको उपचार खर्च नै नधान्ने अवस्था नेपालमा छ । त्यसकारण… Continue reading प्रहरी सङ्गठनमा जागीर छाड्ने सङ्ख्या बढ्दो, रोक्न नयाँ नियम ल्याइयो

काठमाडौंमा तार भुमिगत गर्ने तयारी, आज शिलान्यास

काठमाडौं । काठमाडौं उपत्यकाको आकासमा देखिने तार अब भुमिगत गरिने भएको छ । सरकारले सोमबारबाट काठमाडौंमा विद्युत वितरण प्रणालीलाई भूमिगत (अन्डरग्राउन्ड) गर्ने कामको शुरुआत गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जमा यसको शुरुआत गर्दैछन् । नेपाल विद्युत प्राधिकरणले सडक विभागसँगको समन्वयमा तार भुमिगत गर्न लागेको हो । तार भूमिगत गर्न प्राधिकरणले सडक प्रयोग गर्ने र… Continue reading काठमाडौंमा तार भुमिगत गर्ने तयारी, आज शिलान्यास

सरकार गठनको आज दुई वर्ष पुरा, केके भए उपलब्धी ?

काठमाडौं । पुर्ण रुपमा राजनीतिक स्थायित्वसहित बलियो सरकार गठन भएको आज ठ्याक्कै दुई वर्ष पूरा भएको छ । ३ फागुन २०७४ सालमा प्रधानमन्त्री केपि शर्मा ओलिको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो । सुशासन, तीब्र आर्थिक विकास, समृद्धि र सुखी नेपालीको नारा सहित गठन भएको सरकारको पहिलो वर्ष जनता मौन थिए । किनकी यसअवधिमा थप… Continue reading सरकार गठनको आज दुई वर्ष पुरा, केके भए उपलब्धी ?

नेपाल-भारत दोस्रो पेट्रोलियम पाइपलाइन बन्ने

काठमाडौं । नेपाल र भारतबिच दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बन्ने भएको छ । यसका लागि भारतले आन्तरिक तयारी थालेको छ । भारतले टोली नै खटाएर अध्ययन थालेको नेपाल आयल निगमले जनाएको छ । सिलिगुढी-झापा पेट्रोलियम पाइपलाईन बनाउने सन्दर्भमा भारतीय आयल निगमका अधिकारी फिल्डमा खटिएका हुन । उक्त पेट्रोलियम पाइपलाइनको स्थलगत रेखांकन बाट दूरी समेत कम… Continue reading नेपाल-भारत दोस्रो पेट्रोलियम पाइपलाइन बन्ने

८६ अर्बका १२ सयभन्दा बढी ठेक्का अलपत्र

देशभर १२ सय भन्दा बढी ठेक्का अलपत्र अवस्थामा रहेको पाइएको छ । कतिपय ठेक्का लागेर अपलत्र परेका छन् भने कतिपयको काम समेत अगाडी बढिसकेको छ । यस्ता आयोजनामा ठेकेदारले पेस्की र जमानतबापत १० अर्ब समेत बुझिसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग गत वर्ष यस्तो आयोजनाको विवरण संकलन गरेको थियो… Continue reading ८६ अर्बका १२ सयभन्दा बढी ठेक्का अलपत्र

असारसम्म काठमाडौंमा मेलम्ची !

काठमाडौं । सरकारले आगामी असारसम्म काठमाडौंमा मेलम्चीको पानी आइसक्ने दावी गरेको छ । खानेपानी मन्त्री विना मगरले बिहिवार मन्त्रालयको तर्फबाट स्वेतपत्र जारी गर्दै उक्त दावी गरेकी हुन । मन्त्री मगरका अनुसार आयोजनाको कामले गति लिएको छ काठमाडौं उपत्यका भित्र खानेपानी पाइपको सन्जाल बिस्तारको काम उत्तिकै गतिमा भइरहेको छ । जसले गर्दा असारसम्म मेलम्चीको पानी काठमाडौं… Continue reading असारसम्म काठमाडौंमा मेलम्ची !