Category: अर्थतन्त्र

  • प्रधानमन्त्री र अर्थमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रवन्ध निर्देशकको भेट

    प्रधानमन्त्री र अर्थमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रवन्ध निर्देशकको भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा आज साँझ भएको भेटमा उनीहरुबीच नेपालको विकास र विश्व बैंकले नेपाल पुर्‍याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो ।

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थिर विकास साझेदार विश्व बैंकले विगत छ दशकभन्दा बढी समयदेखि नेपालको विकास र वित्तपोषणमा भरपर्दो स्रोत उपलब्ध गराउँदै आएको बताए । आफू नेतृत्वको सरकारले आगामी आर्थिक नीति र बजेटमार्फत आर्थिक सुधारको थालनी गरेको बताउँदै उनले वैदेशिक लगानी र विवेकपूर्ण वित्तीय व्यवस्थापनका लागि नेपालमा अनुकूल वातावरण सिर्जना गर्ने विश्वास दिलाएका छन् ।

    प्रधानमन्त्रीले ऊर्जा, पर्यटन, कृषि व्यवसाय, र सूचनाप्रविधिजस्ता क्षेत्रहरूमा लगानी गर्दा तुलनात्मकरूपमा फाइदा लिन सकिने बताए । नेपाल जलवायु परिवर्तनबाट नराम्रोसँग प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु न्यायका लागि नेपालले निरन्तर विभिन्न अन्तरराष्ट्रिय मञ्चमार्फत वकालत गर्दै आएको र त्यसमा विश्व बैंकको महत्त्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे ।


    सो अवसरमा विश्व बैंकका निर्देशक ट्रोस्टसेन्बर्गले नेपालको आर्थिक विकासमा विश्व बैंकबाट आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताए । यही असार ४ गतेदेखि ७ गतेसम्म काठमाडौँमा हुने ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकका विषयमा पनि सो अवसरमा छलफल भएको छ ।

    बैठकमा विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्वर्गलगायत उच्च पदाधिकारीसहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ । बैठकको उद्घाटन समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठकले आगामी ३ वर्षसम्म नेपाललाई प्रदान गर्ने अनुदान, सहुलियतपूर्ण ऋण एवं अन्य सहयोगका प्राथमिकताबारे छलफल हुनेछ ।

  • विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन भोलीबाट नेपालमा

    विश्व बैंक समूहको अहिलेसम्मकै ठूलो सम्मेलन भोलीबाट नेपालमा

    काठमाडौं । विश्‍व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो । ४ असारदेखि ७ असार ९१८ जुनदेखि २१ जुन २०२४० सम्म बैठक काठमाडौंमा चल्नेछ । नेपालले गरेको प्रस्तावलाई विश्व बैंक व्यवस्थापनले स्वीकार गरी नेपालमा सञ्चालन गर्न लागेको उक्त बैठकमा विश्‍व वैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसेनवर्ग लगायत उच्च पदस्थ पदाधिकारी सहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

    बैठकको उद्‍घाटन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । आगामी ३ वर्षका लागि आईडीए देशलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सोको लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरू बीच ४ दिनसम्म प्रविधिक सत्रमा छलफल हुने बताइएको छ ।

    सो अवसरमा बैठकमा सहभागीहरूबाट विश्‍व वैंक समेतका सहयोगमा नेपालमा सञ्‍चालित शिक्षा, खानेपानी, पुनर्निमाण, उर्जा, जलवायु लगायतका क्षेत्रसंग सम्बन्धित विभिन्न ९ वटा आयोजनाहरूको समेत स्थलगत भ्रमण हुनेछ ।

    नेपालमा सञ्चालन भएका आयोजनाको प्रगति र अवस्थाबारे विश्व समुदायलाई नजिकबाट देखाउन र बुझाउन यसले अवसर प्रदान गर्नेछ । दक्षिण एसियामै पहिलो पटक आयोजना हुन लागेको विश्व बैंकको उक्त प्रकृतिको उच्च स्तरीय बैठकको तयारी सम्पन्‍न भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    काठमाडौंस्थित होटल सोल्टीमा सञ्चालन हुने उक्त बैठकमा सहभागिताका लागि हालसम्म विभिन्न देश तथा विश्व बैंकबाट करिब १ सय ५० जनाभन्दा बढी प्रतिनिधि काठमाडौं आइपुगेका छन् । बाँकी आजै आइपुग्ने बताइएको छ ।

    यस बैठकको आयोजनाबाट नेपालको विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई हुने, नेपालका विकास प्राथमिकतालाई आईडीएको नीति प्रथमिकतासँग तादम्य गराउन अवसर मिल्ने, अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढने, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढ्ने, पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

    बैठक भव्य रुपमा सफल पार्न नेपाल सरकारका तर्फबाट सम्पूर्ण सहयोग हुने प्रतिबद्धता अर्थमन्त्री वर्षमान पुनले जनाएका छन् । विश्व बैंकसँग नेपालको ६ दशक लामो साझेदारी रहेको चर्चा गर्दै मन्त्री पुनले नेपालको विकासमा बैंकले उदारतापूर्वक गरेको सहयोगको प्रशंसा गरे ।

    मन्त्री पुनले पाइपलाइनमा रहेका दुई ठूला जलविद्युत् आयोजना माथिल्लो अरुण र दूधकोशी निर्माणमा विश्व बैंकले देखाएको निरन्तरको चासो र प्रतिबद्धताको उनले सराहना गरे । उनले नेपाल ती दुवै आयोजना अघि बढाउन तत्पर रहेको जानकारी दिँदै उनले वित्तिय व्यवस्थापनको टुंगो छिट्टै लाग्ने विश्वास व्यक्त गरे ।

    सुशासन र संस्थागत क्षमताको सुदृढीकरण तथा आगामी सन् २०२६ भित्र नेपाललाई विकासशील मुलुक (एलसीडी_ मा स्तरोन्नति, जलवायु परिवर्तनका प्रभावसँग जुध्न र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन तथा रोजगारी सिर्जनालगायत योजनाका लागि नेपाललाई सहुलियतपूर्ण कर्जामा जोड दिन मन्त्री पुनले आग्रह गरे ।

    उनले २१औं आईडीए बैठकमार्फत विश्व बैंकले वित्तीय सहयोगलाई मात्र नभई ज्ञान र नवप्रवर्तनका क्षेत्रलाई समेत प्राथमिकतामा राख्न अनुरोध गरे ।

    फरक प्रसंगमा मन्त्री पुनले नेपालको अर्थतन्त्रको आकार सानो नभई मध्यमस्तरको भएको उल्लेख गरे । जवाफमा विश्व बैंकका प्रबन्ध निर्देशक ट्रोटसनबर्गले आईडीए–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठक आयोजना गरेकामा नेपाललाई बधाई र धन्यवाद दिए ।

    नेपाल र विश्व बैंकबीच लामो साझेदारी रहेको चर्चा गर्दै उनले नेपाललाई बैंकले सधैं उच्च प्राथमिकतामा राखेको बताए । आगामी दिनमा समेत सहकार्य थप मजबुत भएर जाने उनको भनाइ थियो ।

  • दोहोरो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५. २५ विन्दुमा पुगेको हो ।

    यसदिन ३१७ कम्पनीको ५ अर्ब ४७ करोड २२ लाख ४७ हजार ५५१ रुपैयाँ बराबरको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये १ वटा बाहेका सबैको घटेको छ ।

    आज नेपाल फाइनान्स सर्वाधिक कारोबार भएको छ । यसको ३० करोड ४० लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । घट्दो बजारमा आज नेपाल फाइनान्स शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

  • ११ महिनामा भित्रियो ४४ अर्ब एफडीआई

    ११ महिनामा भित्रियो ४४ अर्ब एफडीआई

    काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा ४४ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी ९एफडिआई० प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३५९ परियोजनामार्फत ४४ अर्ब ४० करोड रुपियाँ प्रतिबद्धता आएको हो । विदेशी लगानीमा सञ्चालित उद्योगबाट दुई हजार ३२३ जनालाई रोजगारी दिने अनुमान गरिएको छ ।

    गत वर्षको जेठ मसान्तसम्ममा ३४ अर्ब ५८ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । गत वर्षको तुलनामा झन्डै १० अर्ब रुपियाँ बढीको लगानी आएको विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता सेवा क्षेत्रमा ११४, पर्यटनमूलक उद्योगमा १७६, उत्पादनमूलक क्षेत्रमा ४०, सूचना प्रविधिमूलक १०, पूर्वाधारमूलक उद्योगमा सात, कृषिजन्य उद्योगमा आठ, खानिजजन्यमा तीन र ऊर्जामा एक विदेशी लगानी प्रतिबद्धता आएको छ । ११ महिनामा सबैभन्दा धेरै साना उद्योगमा ३४१, मझौला १४ र ठुला चार उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ ।

    आर्थिक सर्वेक्षण आव २०८०र८१ को फागुनसम्म स्वीकृत वैदेशिक लगानीमध्ये ऊर्जामूलक क्षेत्रमा २७।२३ प्रतिशत, सेवामूलक क्षेत्रमा २७।२४ प्रतिशत, पर्यटन क्षेत्रमा २२।४४ प्रतिशत र उत्पादनमूलक क्षेत्रमा १५।६० प्रतिशत लगानी रहेको छ । पूर्वाधार उद्योगमा सबैभन्दा कम विदेशी लगानी स्वीकृत भएको छ ।

    २०८० फागुनसम्म विदेशी लगानी स्वीकृति पाएका परियोजनामध्ये कुल लगानीका आधारमा सबैभन्दा बढी लगानी चीनको ४४।४ प्रतिशत र भारतको २२।२ प्रतिशत रहेको छ । लगानी स्वीकृत सङ्ख्याका आधारमा समेत सबैभन्दा बढी चीनको ३८।७ प्रतिशत र भारतको १३।८ प्रतिशत रहेको छ ।

    यसैबिच नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म छ अर्ब ९८ करोड रुपियाँ भित्रिएको हो । गत वर्ष सो अवधिमा चार अर्ब ३६ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । गत वर्षको १० महिनाको तुलनामा चालु आवको १० महिनामा दुई अर्ब ६२ करोड रुपियाँ बढी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपालय वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।

    त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम भएको छ । त्यस्तै डिजल र मट्टितेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।

  • रुग्ण उद्योग चलाउन प्रधानमन्त्रीले थाले छलफल

    रुग्ण उद्योग चलाउन प्रधानमन्त्रीले थाले छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । छलफलमा प्रधानमन्त्री प्रचण्डले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताउँदै ती उद्योगहरू पुनः सञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरुरी भएकोमा जोड दिए ।

    ‘विगतमा राष्ट्रिय उद्योग चलाउनुपर्छ भन्ने अभिमत छ । ती उद्योगमध्ये केही उद्योगहरू पुनः सञ्चालन गर्न सकिने सम्भावना पनि छ । हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौँ । त्यसैले कुन(कुन उद्योगहरू पुनः सञ्चालन गर्न सकिन्छ, त्यसको व्यवस्थित अध्ययन गरौँ। अध्ययनको निष्कर्षका आधारमा अगाडि बढौँ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निजी साझेदारीको मोडेलमा उद्योगहरू पुनः सञ्चालन गर्ने नीतिमा राज्यका सबै निकायहरू प्रष्ट हुनुपर्ने बताए ।

    ‘विगतको जस्तै ढाँचा र ढर्रामा उद्योगहरूको पुनः सञ्चालन हुन सक्दैनन्, सार्वजनिक निजी साझेदारीको मोडेल नै ती उद्योगहरू सञ्चालन गर्ने मोडेल हो, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग लगायतका उद्योगहरूको सम्भाव्यता बलियो छ । त्यसैले व्यवस्थित अध्ययन गरी जमिनको स्वामित्व सरकारसँग रहने गरी साझेदारीको मोडेल तयार गरौँ,’ उनले भने ।

    छलफलमा अर्थमन्त्री वर्षमान पुन, उद्योगमन्त्री दामोदर भण्डारी, मुख्य सचिव डा। बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग सचिव कृष्ण राउत लगायत उपस्थित थिए ।

  • तनहुँको बन्दिपुरमा चल्यो केवलकार

    तनहुँको बन्दिपुरमा चल्यो केवलकार

    काठमाडौं । तनहुँको पर्यटकीय आकर्षण बन्दीपुरमा केबलकार सञ्चालनमा आएको छ । बन्दीपुरमा निर्माण सम्पन्न भएको केबलकार बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको बन्दीपुर केबलकारका कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिए । उनका अनुसार १ वैशाखबाटै केबलकार आंशिक रुपमा चलाइएको थियो । बिहीबारदेखि भने व्यावसायिक सञ्चालनमा ल्याइएको हो ।

    कम्पनीले करिब एक वर्ष अगाडिदेखि नै केबलकार जडान सम्पन्न गरी लोड परीक्षण भएको जनाएको छ । तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई व्यावसायिक ‘अप्रेसन टीयूभी’ प्रमाणपत्र प्राप्त भएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । ‘कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी भएपछि मात्रै केबलकार सञ्चालनका लागि खुल्ला गरिएको हो,’ उनले भने ।

    केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने उनको भनाइ छ । बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकार चोकबाट मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् ।

    दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन गर्ने गरी केबलकार चलाइएको हो । बन्दीपुर नेपालको कान्छो केबलकार बनेको छ । यसअघि मनकामना, चन्द्रागिरि, पोखरा, बुटवल, दोलखा, नवलपरासीमा केबलकार सञ्चालनमा आइसकेको छ ।

  • आइएमई रेमिटेन्स २४ औं वर्षमा प्रवेश

    आइएमई रेमिटेन्स २४ औं वर्षमा प्रवेश

    काठमाडौं । नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ स्थापनाको २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ । आइएमईले बुधवार काठमाडौँमा विशेष कार्यक्रममा आयोजना गरी आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सव मनाएको हो ।

    २४ औँ वर्ष प्रवेश गर्दा आइएमई लिमिटेड रेमिटेन्स क्षेत्रको सबैभन्दा ठूलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित हुन सफल भएको छ ।

    आइएमई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाइ वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसाय मार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान गरिरहेको बताए ।

    रेमिटेन्स सेवा रकमको औपचारिक आदान प्रदानमा सीमित नरही नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नका साथै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको पनि प्रबन्ध निर्देशक ढकालले उल्लेख गरे।

    आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सन्देश मार्फत स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आइएमई उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।

    साथै अध्यक्ष ढकालले २४ वर्षको यात्रामा निरन्तर सहयोग गर्नुहुने सेवाग्राहीहरू, नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क, नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गरे ।

    अध्यक्ष ढकालले वैधानिक माध्यमबाट रेमिटेन्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिबद्ध रहेको र आफ्नो व्यवसायहरूलाई थप विविधीकरण गर्दै लगानी बिस्तार गर्ने पनि उल्लेख गरे ।

    त्यसैगरी, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताए ।

    प्रविधिमा भएको विकासलाई आत्मसाथ गर्दै विविधिकृत सेवाहरूको मध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रुपमा जोडिँदै अघि बढ्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे।

    उक्त समारोहमा वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उप विजेताहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । सो समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपमा आबद्ध कम्पनीहरूका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू लगायत कर्मचारीहरूको उत्साहजनक उपस्थिति थियो ।

    आइएमईले नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत रेमिटेन्स सुविधा प्रदान गर्दै आएको छ ।

  • नेपालमा लगानी गर्न महासंघ अध्यक्षले गरे विश्वका लगानीकर्तासँग आग्रह

    नेपालमा लगानी गर्न महासंघ अध्यक्षले गरे विश्वका लगानीकर्तासँग आग्रह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवम् भारत र चीनबिचको रणनीतिक बजारका कारण लगानीको वातावरण बन्दै गएकाले यसबाट लाभ लिन आग्रह गरे ।


    नेपालका रोजगारदाता श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेका र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । सम्बोधनका क्रममा उहाँले सामाजिक सुरक्षा, लैङ्गिक समानता र दिगो आयआर्जनका थप अवसर सिर्जना गर्न सम्मेलनमा सहभागी रोजगारदातालाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    भारतसँग १० हजार मेगावाट विद्युत खरिद सम्झौता भएको र बङ्गलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताए । यसै गरी भारत र चीनजस्ता धेरै जनसङ्ख्या भएका उदीयमान अर्थतन्त्रमा नागरिकको क्रिया शक्ति बढेकाले नेपालका ‘हिल स्टेसन’हरुमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि उनको भनाइ थियो ।

    अध्यक्ष ढकालले सूचना प्रविधि, कृषिजन्य उद्योगलगायत उत्पादनमूलक क्षेत्रहरू नेपालमा तुलनात्मक रूपमा बढी लाभका क्षेत्र रहेका बारे विश्वका लगानीकर्तालाई जानकारी गराए । लगानी सहजीकरणका लागि सरकारले द्विपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउने नीति अङ्गीकारको योजनामा रहेको पनि सम्मेलनका सहभागीलाई जानकारी गराए । अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र रोजगारदाताको अन्तर्राष्ट्रिय सङ्गठन (आइओइ) का उच्च पदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेको विज्ञप्तिमा जनाइएको छ । रासस

  • श्रमाधान मेलामा २७ हजारले दिए आवेदन

    श्रमाधान मेलामा २७ हजारले दिए आवेदन

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले जेठ १७ गतेदेखि सुरु गरेको श्रमाधान रोजगार मेला सकिएको छ । कोशी प्रदेशदेखि सुरु भएको रोजगार मेला सातवटै प्रदेशमा दुई दुई दिन सञ्चालन भएको थियो । बुधबार बागमती प्रदेशको भक्तपुरमा पुगेर उक्त मेला समापन गरिएको छ ।

    युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यले मन्त्रालयले देशभरका सातैवटा प्रदेशमा मेला सञ्चालन गरेको थियो । मेलामा सातवटा प्रदेशमा गरी साढे २७ हजार बढी युवाले रोजगारीका लागि आवदेन दिएका छन् । मेलामा करिब ५० हजार बढीले अवलोकन गरेको मन्त्रालयको जनाएको छ ।

    निजी क्षेत्रसँगको समन्वयमा सातैवटा प्रदेशमा आयोजना गरिएको रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगार र सीप सम्बन्धी जानकारी दिने उद्देश्यले रोजगारसम्बन्धी तालिम प्रदायक संस्था, बैंक तथा वित्तीय संस्था, बिमा, निजी उद्योगहरु, नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेशका मन्त्रालय, स्थानीय तह लगायत स्टलहरु राखिएका थिए ।

    जसमा स्वास्थ्य क्षेत्र, उत्पादन मुलुक क्षेत्र, होटल, अटोमोबाइल, बैंक लगायतका विभिन्न क्षेत्रका निजी कम्पनीहरुले पनि स्टलहरु पनि राखिएका थिए । उक्त मेलमा रोजगारीको खोजी गरी रहेका युवाहरुलाई रोजगारी र सीप सम्बन्धी स्टलहरु अवलोकन गरे भने रोजगारीका लािग आवदेन समेत दिएका छन् । त्यस्तै रोजगार मेलामा रोजगारदाताले समेत आवश्यक श्रमिकको माग गरेका छन् ।

    रोजगार मेलाले रोजगारीको खोजीमा रहेको युवा र रोजगारदाताबीच अन्तर्क्रिया र समन्वयको काम गरेको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजाल बताउँछन् । उनले रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु बनेको बताए ।

    श्रमाधान मेला अन्तर्गत जेठ १७ र १८ गते कोशीको प्रदेशको विराटनगरमा भएको मेलामा आयोजना गरिएको थियो । जहाँ पाँच हजार भन्दा धेरैले अवलोकन गरेका छन् । करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिए भने ४० जनाको रोजगारी सुनिश्चित भएएको थियो । २५० धेरै आवेदकलाई रोजगारदाताले अन्तर्वार्ताका लागि बोलाएका छन् ।

    त्यस्तै मधेश प्रदेशको जनकपुरमा आयोजना गरेको मेलामा दुई हजार जनाले आवदेन दिएका छन् भने २४७ जनालाई अन्तर्वार्ताका लागि बोलाइएको छ ।
    त्यस्तै गण्डकी प्रदेशको पोखरामा भएको मेलामा एक हजार तीन सयले आवेदन छन् भने मेलामा ५ हजार भन्दा बढीले अवलोकन गरेका छन् । त्यस्तै लुम्बिनी प्रदेशको बुटवलमा भएको आठ हजारले अवलोकन गरेका छन् । मेलामा ३ हजार ८ सयले आवदेन दिए भने एक हजार जनाको लागि रोजगारी सुनिश्चित भएको छ ।

    कर्णाली प्रदेशको सुर्खेतमा भएकोे मेलामा तीन हजार ५०० जनाले अवलोकन गरेका छन् । ती मध्ये २६३ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा भएको रोजगार मेलामा १० हजारले अवलोकन गरे भने १ हजार १३३ जनाले रोजगारीको सुनिश्चिता पाएका छन् । मेलामा ४ हजार १६६ जनाले रोजगारीको लागि आवेदन दिएका छन् ।

    यस्तै बागमतीको ललितपुरमा भएको मंगलबार र बुधबार चलेको मेलामा १३ हजार ९७८ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मन्त्रालयले निजी क्षेत्र उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटेल एसोसिएसनलगायत रोजगारी प्रदायक उद्योगीसँग समन्वय गरी मेला आयोजना गरेका थियो ।

  • झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ८९ करोडको कारोबार

    झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ८९ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा पुगेको हो ।

    यसदिन ३१२ कम्पनीको ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५रुपैयाँ बराबरको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ वटा कम्पनीको बाहेक अरु उपसमूहको परिसूचक घटेको छ ।

    आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यसको २७ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

  • झण्डै डेढ अर्बमा प्राधिकरणले संचालनमा ल्यायो अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक ‘डेटा सेन्टर’

    झण्डै डेढ अर्बमा प्राधिकरणले संचालनमा ल्यायो अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक ‘डेटा सेन्टर’

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा ल्याएको छ ।

    प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्नेगरी काठमाडौँको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डेटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

    ‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तला भवनको भुइँ तलामा काठमाडौँ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष रहेका छन् । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डेटा सेन्टर रहेको छ ।

    डेटा सेन्टरका लागि तोकिएको ‘टियर–३’ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी उक्त सेन्टर निर्माण गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार प्राधिकरणले आफ्नो सेवालाई आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनईए कार्यक्रमअन्तर्गत निर्माण गरेको यस किसिमको नमूना ‘डेटा सेन्टर’ नेपालमै पहिलो हो ।

    डेटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायत सबै डेटाहरु एकीकृत भण्डार गरी क्रमशः राखिने कार्यकारी निर्देशक घिसिङले बताए । उनले डेटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले डेटा भण्डारणका लागि आफ्नो छुट्टै ‘प्राइभेट क्लाउड’ बनाउन लागिरहेको जानकारी दिए।

    कार्यकारी निर्देशक घिसिङले डेटा सुरक्षाका लागि नवलपरासीको सुनवलस्थित नयाँ बुटवल सबस्टेसनमा विपद् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढेको उल्लेख गरे । उनका अनुसार उक्त रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डेटा सेन्टरलाई रिकभरी सेन्टरका रुपमा सञ्चालन गरिने छ ।

    सञ्चालनमा ल्याइएको नयाँ डेटा सेन्टरमा ४० वटा सूचना प्रविधि कक्ष रहेका छन । तीमध्ये ३६ सर्भर र चार वटा नेटवर्क कक्ष प्राधिकरणले जनाएको छ । टियर ३ मापदण्डका लागि तोकिएका सर्तहरु पूरा गर्न आवश्यक व्याकप (सञ्चित)सहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सिसिटिभी निगरानी, सञ्चालन तथा सुरक्षाको निगरानीलगायत व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको छ ।

    स्थानीय तथा मुलुकको विद्युत् प्रणालीमा समस्या आएर विद्युत् आपूर्ति बन्द भएमा डेटा सेन्टरलाई सुरक्षित रुपमा सञ्चालन गर्न एक मेगावाट क्षमताका दुईवटा जेनेरेटर तयारी अवस्थामा राखिएको कार्यकारी निर्देशक घिसिङले बताए । ३०० केभीए क्षमताका दुई थान मोड्युलर यूपीएस जडान गरिएको छ । यूपीएसको विश्वसनीयतालाई ध्यान दिएर लिथियम आयन ब्याट्री प्रयोग गरिएको भन्दै मर्मत सम्भार तथा उपकरण प्रतिस्थापन गर्दा सेन्टरलाई बन्द गर्नु नपर्ने उनको भनाइ छ ।

    प्राधिकरणको रत्नपार्कमा रहेको प्रधान कार्यालय र सेन्टरलाई जोड्न वैकल्पिक मार्गसहितको अप्टिकल फाइबर जडान गरिएको छ । प्राधिकरणको प्रधान कार्यालय र डाटा सेन्टरलाई टेकु र बालाजुतर्फबाट अप्टिकल फाइबरमार्फत जोडिएको हो । उक्त डाटा सेन्टरलाई २४ घण्टा सञ्चालन गर्न कर्मचारी खटाइएको छ ।

    डेटा सेन्टरका अतिरिक्त सेन्टरबाट काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउन निर्माणाधीन भूमिगत वितरण प्रणालीलाई अनुगमन, नियमन र नियन्त्रण गर्न सकिने पूर्वाधार तथा संरचना निर्माण गरिएको छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्वीचिङ स्टेसनहरु जोडिने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

    केन्द्रबाट ११ केभी भन्दा कम ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ । डेटा सेन्टर परिसरमा तीन वटा विद्युतीय गाडी एकैपटक चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ ।

    केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनी लिमिटेडसँग सन् २०२१ जुलाईमा ठेक्का सम्झौता भई सोही वर्षको नेभेम्बरदेखि काम सुरु भएको थियो । सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत करिब रु १ अर्ब ४० करोड बराबर रहेको प्राधिकरण कार्यालयले जनाएको छ ।

  • अमेरिकी डलरको भाउ हालसम्मकै महँगो, एक डलर खरिद गर्न १३४.१ रुपैयाँ खर्च हुने

    अमेरिकी डलरको भाउ हालसम्मकै महँगो, एक डलर खरिद गर्न १३४.१ रुपैयाँ खर्च हुने

    काठमाडौं। नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो ।

    नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ १ पैसा पुगेको छ ।

    यो नेपाली मुद्रामा हालसम्मकै उच्च हो । यसअघि गत वैशाख ३० गते डलरको भाउ १३३ रुपैयाँ ९७ पैसा पुगेको थियो । राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर भने १३३ रुपैयाँ ४१ रुपैयाँ तोकेको छ ।

    विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

  • मूल्य वृद्धि सरकारको नियन्त्रणमा, हिमालको महँगी ४.२२ प्रतिशत

    मूल्य वृद्धि सरकारको नियन्त्रणमा, हिमालको महँगी ४.२२ प्रतिशत

    काठमाडौं । पछिल्ला महिनाहरुको मूल्यवृद्धि सरकारको नियन्त्रणमा रहेको छ ।

    माघदेखि लगातार मुद्रास्फीति सीमाभन्दा तल रहेको हो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ ।

    यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । गत वर्ष यही अवधिमा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत थियो ।

    चालु आवको वैशाखसम्मको गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ । वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत छ ।

    राष्ट्र बैंकका अनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत र मरमसलाको ८.९८ प्रतिशत छ ।

    त्यस्तै, खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य सात दशमलव ४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ ।

    गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.२६, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ ।

    त्यस्तै सञ्चार उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशतले घटेको छ । गत वैशाखमा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३०, तराईको ४.३२, पहाडको ४.७० र हिमालको ४.२२ प्रतिशत रहेको छ ।

  • १० महिनामा भित्रियो ११ खर्ब ९८ अर्ब ६० करोड रेमिट्यान्स

    १० महिनामा भित्रियो ११ खर्ब ९८ अर्ब ६० करोड रेमिट्यान्स

    काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३७४,८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३७,८९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४२१,२७९ र २३८,९७६ रहेको थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई रु.१३०१ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।

  • झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ४९ करोडको कारोबार

    झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ४९ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.९ विन्दुमा पुगेको हो ।

    यसदिन ३१४ कम्पनीको ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँ बराबरको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ वटा कम्पनीको बाहेक अरु उपसमूहको परिसूचक घटेको छ ।

    आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यसको ३६ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    बढ्दो बजारमा पनि आज ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

  • झिनो अंकले घट्यो नेप्से, ५ अर्ब १८ करोडको कारोबार

    झिनो अंकले घट्यो नेप्से, ५ अर्ब १८ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३. १९ विन्दुमा झरेको हो । यसदिन ३१३ कम्पनीको ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँ बराबरको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ वटा कम्पनीको बाहेक अरु उपसमूहको परिसूचक बढेको छ । आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यसको ३२ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

  • सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको १ लाख ४५ हजार पुग्यो

    सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको १ लाख ४५ हजार पुग्यो

    काठमाडौं । सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।
    नेपाली बजारमा यो अहिलेसम्मकै धेरै हो । यसअघि हिजो छापावाल सुनको मूल्य सर्वाधिक १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुनको मूल्य १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढेर प्रतितोला १ हजार ९०० रुपैयाँ पुगेको छ । यो पनि हालसम्मकै उच्च हो ।

  • मुद्रा कोषले विस्तारित कर्जा सुविधा अन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड दिने

    मुद्रा कोषले विस्तारित कर्जा सुविधा अन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड दिने

    काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेको छ ।

    कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो ।

    भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको थियो । आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई ईसीएफअन्तर्गत ४ वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो ।

    जसमध्ये यसअघि नै तेस्रो किस्ता निकाशा भइसकेको छ भने अन्तिम अर्थात चौथो किस्ताबापत ५ अर्ब ५९ करोड (४२ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी छ ।

    विस्तारित कर्जा सुविधाको प्रत्येक किस्ता रकम निकाशा गर्नुअघि कोषले यसअघिको प्रतिबद्धताको समीक्षा गर्ने गरेको छ । सोही समीक्षाका लागि कोषको मिसन नेपाल आएको हो ।

    भेटमा मन्त्री पुनले नेपालले आर्थिक स्थायित्व, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेको बताए । नेपालको अर्थतन्त्र सुधार र आर्थिक स्थिरताका लागि आईएमएफले सहयोग गर्दै आएकामा धन्यवाद दिए ।

    मन्त्री पुनसँगको भेटमा डा. किन्डाले आईएमएफ कार्यकारी बोर्डले विस्तारित ऋण सुविधाको समीक्षा पूरा हुने चरणमा रहेकाले बाँकी रकम छिट्टै निकाशा गर्ने जानकारी दिए । उनले नेपालले वित्त र मौद्रिक नीतिको सुधार तथा वित्तीय अनुशासन कायम गर्ने विषयमा राम्रो प्रगति गरेको भन्दै प्रशंसा गरे ।

    आइएफएफले संरचनात्मक तथा नीतिगत सुधारका क्षेत्र तथा मध्यमअवधिको भुक्तानी सन्तुलन, आन्तरिक राजस्व परिचालन, सार्वजनिक लगानी व्यवस्थापन र वित्तीय जोखिम घटाउन ईसीएफ फण्डमार्फत विभिन्न मुलुकलाई आर्थिक सहायता प्रदान गर्दै आएको बताए ।

    विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको उक्त रकम नेपालले बजेटरी सहायता शीर्षकमा राखेर खर्च गर्दै आएको छ ।

  • झिनो अंकले घट्यो नेप्से, एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार

    झिनो अंकले घट्यो नेप्से, एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा झरेको हो । यसदिन ३२२ कम्पनीको ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँ बराबरको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ वटा कम्पनीको बाहेक अरु उपसमूहको परिसूचक बढेको छ ।

    आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड ६८ लाख रुपैयाँको बढीको शेयर किनबेच भएको छ ।

  • सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १८ सयले बढ्यो

    सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १८ सयले बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले अहिलेसम्म कायम सबै मूल्यलाई उछिन्दै छापावाल सुन तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको हो ।

    छापावाल सुनको मूल्य एकैदिन तोलामा १८ सय रुपैयाँले बढेर कारोबार भएको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

    चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

  • ६९ लाख स्रोत नखुलेको रकमसहित ४ चिनियाँ पक्राउ

    ६९ लाख स्रोत नखुलेको रकमसहित ४ चिनियाँ पक्राउ

    काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकमसहित ४ जना चिनियाँ नागरिकलाई भक्तपुरको जगातीबाट पक्राउ गरेको छ । भक्तपुरमा चेकजाँचका क्रममा उनीहरूलाई स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँसहित प्रहरीले बुधबार पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा चीन घर भई हाल काठमाडौंमा बस्‍ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ हाओरान, २४ वर्षीय क्यूओ हाओरान र ३६ वर्षीय दिना लाइयू रहेका छन् । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी एवं प्रवक्ता राजन कार्कीले जानकारी दिए ।

  • झिनो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ९९ करोडमा सीमित

    झिनो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ९९ करोडमा सीमित

    काठमाडौं । शेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार करिब ४ अंकले बढेको नेप्से आज साढे ५ अंकले घटेको हो ।

    बुधबार नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ बिन्दुमा आइपुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम ९ करोड घटेर आज ३ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ ।

    बुधबार ३०६ कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ को परिसूचक बढेको छ भने ८ को घटेको छ । आज म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ४.९२ प्रतिशतले बढेको छ । साथै, लघुवित्तहरुको सेयरमा पनि आकर्षण देखिएको छ ।

    आज एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड ३ लाख रुपैयाँको ३ लाख १५ हजार २५१ कित्ता शेयर किनबेच भएको छ ।

  • सुनले बनायो नयाँ रेकर्ड, मूल्य हालसम्मकै उच्च

    सुनले बनायो नयाँ रेकर्ड, मूल्य हालसम्मकै उच्च

    काठमाडौं । मंगलबार सुनले फेरी नयाँ रेकर्ड बनाएको छ। आज सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको हो ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ। सोमबारको तुलनामा यो १ हजार ७ सय रुपैयाँ बढेको हो।

    सोमबार प्रति तोला १ लाख ४१ हजार रुपैयाँ थियो । गत साता सुन प्रति तोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको थियो।

    त्यस्तै आज चाँदी तोलामा २५ रुपैयाँले बढेको छ। मंगलबार कारोबार मूल्य तोलाको १ हजार ८ सय ६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    सोमबार १५ रुपैयाँ घटेर कारोबार मूल्य प्रति तोला एक हजार ८ सय ३५ रुपैयाँ थियो।

  • झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ८ करोडको कारोबार

    झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ८ करोडको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा पुगेको हो ।

    यसदिन ३१५ कम्पनीको ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँ बराबरको ८३ लाख ५ हजार ७८६ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ३ वटा बाहेक सबैको बढेको छ ।

  • झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ४० लाखको कारोबार

    झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ४० लाखको कारोबार

    काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.७ विन्दुमा झरेको हो । यसदिन ३१६ कम्पनीको ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँ बराबरको ८८ लाख २० हजार १२५ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये माइक्रोफाइनान्स बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ ।

    आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड ८५ लाख रुपैयाँको २ लाख ५२ हजार ८३८ कित्ता शेयर किनबेच भएको छ ।

    घट्दो बजारमा आज एनआइबीएल स्टेबल फण्डका लगानीकर्ताले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् भने बुद्धभूमि नेपाल हाइड्रोपावरका शेयरधनीले ९.६६ प्रतिशत कमाएका छन् ।

  • सत्ता गठबन्धनसँग छलफल नगरी बजेट आएको ओलीको आरोप

    सत्ता गठबन्धनसँग छलफल नगरी बजेट आएको ओलीको आरोप


    काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिवार संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

    अध्यक्ष ओलीले सरकारले नेकपा माओवादी केन्द्रप्रति ढल्किएको बजेट ल्याएको भन्दै अर्थमन्त्री पुनको आलोचना गरे । बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको भन्दै उनले बजेट निर्माणको प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको आरोप लगाए ।

    ओलीले भने, ‘हामी जानुपर्ने कतो हो ? सैद्धान्तिक रुपमा कस्तो दिशा समातेको छ ? यी विषयहरुमा केन्द्रित भएर छलफल गर्नेछौँ । अरु छलफल बाँकी रहन्छ । अघि नै मैले भने, विनियोजनको सन्दर्भमा पछि हामी फेरि कुनकुन मन्त्रालय कस्तो विनियोजन भयो ? र त्यसमा कुन कुन कार्यक्रममा के भएको छ ? कुन नयाँ थपिएको छ, कुन पुरानो जारी छ ? कुन कटौती गरिएको छ ? कुन पूरा भयो, कुन अपुरैमा कटौती भयो ? नाम मात्रैको आयोजना राखियो तर बजेट छुट्याइएन कि ? कहाँ कस्ता कमी रहे, त्यसलाई पनि हेरिनेछ ।

    उनले बजेट अर्थमन्त्रीको हो कि अर्थमन्त्रीको पार्टीको हो भन्दै प्रश्न गरे । ‘यो बजेट एकदमै सामान्य हिसावले भन्ने हो भने दफावार हिसावले नजाँदा पनि यो बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुनसक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि ? जस्तो अलि बढ्ता देखिन गएको छ, उनले भने, हामीले समाजवाद निर्माणको बाटो लिएका छौं । त्यसका लागि समाजवाद निर्माणका आधारहरु तयार गर्ने, समाजवादउन्मुख बजेट, नीति, कार्यक्रम, योजनाहरु, ती कुराहरु बजेटले स्पष्ट ढंगले समाउनु पर्दथ्यो । अलि अन्योलग्रस्त देखिन्छ ।

  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

    अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ । सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर लगाएको छ । तर भारतबाट कम मूल्यमा आयात भएका कारण नेपाली बजारमा पनि मूल्य घटेको हो ।

  • सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन प्रतितोला १६ सय रुपैयाँ बढ्यो

    सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन प्रतितोला १६ सय रुपैयाँ बढ्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको हो ।

    यो बिहीबारको तुलनामा १ हजार ७ सय रुपैयाँले बढी हो । बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

    यता चाँदीको मूल्य भने ओरालो लागेको छ । यसअघि बिहीबार प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज प्रतितोला २५ रुपैयाँले घट्दै प्रतितोला १८ सय ७५ रुपैयाँमा सीमित भएको हो ।

  • दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब २१ करोडको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब २१ करोडको कारोबार

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा पुगेको हो ।

    यसदिन ३११ कम्पनीको ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १९५ रुपैयाँ बराबरको ९८लाख ६४ हजार ४८२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ३ वटा बाहेका सबैको घटेको छ ।

    आज नेपाल फाइनान्स सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड ४५ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । घट्दो बजारमा आज ४ कम्पनी शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।