काठमाडौं । अब वाणिज्य बैंकहरुले लघुवित्त वित्तीय संस्थाको सेयर किनबेच गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पछि एकीकृत परिपत्रमा संशोधन गर्दै बैंकहरुलाई दोस्रो बजारमा लघुवित्तको सेयर किनबेच गर्न नपाउने व्यवस्था गरेको हो । यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाइ गरेको छ ।… Continue reading अब बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने
Category: अर्थतन्त्र
उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने तयारी गरेको छ । १३ जेठसम्म निषेधाज्ञा गरेको सरकारले यसबीचमा अपेक्षित संक्रमण कम नभएपछि लम्ब्याउने भएको छ । सो सम्बन्धमा निर्णय गर्न आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । निषेधाज्ञा थप्ने र यस बीचमा थप कडाईका निर्णयहरु समेत आज सार्वजनिक गर्ने… Continue reading उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी
नेपाली शेयर बजारले एकैदिन बनायो तेहोरो कीर्तिमान
काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । एकैदिन सर्वाधिक कारोबार,सार्वाधिक कित्ता शेयर किनबेच र ऐतिहासिक बिन्दुको रेकर्ड बनेको छ । सोमबार एकैदिन १३ अर्ब बढीको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७७ जेठ ५ गते बुधबार ११… Continue reading नेपाली शेयर बजारले एकैदिन बनायो तेहोरो कीर्तिमान
नेपालले गर्यो पहिलो पटक एक खर्ब माथिको वस्तु निर्यात
काठमाडौं । नेपालले इतिहासमै पहिलो पटक एक खर्ब माथिको निर्यात गर्न सफल भएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालले यो लक्ष्य पुरा गरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को १० महिना (साउन-वैशाख)मा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ८७ लाख ५६ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ… Continue reading नेपालले गर्यो पहिलो पटक एक खर्ब माथिको वस्तु निर्यात
नेपाली शेयर बजारले बनायो ऐतिहासिक रेकर्ड, यी १६ कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । बजारखुल्न साथ करिब ५० अंकले घटेको बजार अन्त्यमा दोहोरो अंकले फर्किँदै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको छ । नेप्से इतिहासकै उच्च २८१४ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २८०० विन्दुमाथि पुगेको… Continue reading नेपाली शेयर बजारले बनायो ऐतिहासिक रेकर्ड, यी १६ कम्पनीका लगानीकर्ता मालामाल
अब उपत्यकाभित्र बैंकहरुले एक दिनमा ६ वटा मात्र शाखा खोल्न पाउने
काठमाडौं । काठमाडौं उपत्यकामा वाणिज्य बैंकहरुले अब एक दिनमा ६ वटा मात्र शाखा खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले कोभिड संक्रमण बढ्दै गएपछि बैंकहरुको सीमित शाखाबाट मात्रै सेवा प्रवाह गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र दिनमा ६ वटाभन्दा बढी शाख खोल्न नपाउने भएका छन् ।… Continue reading अब उपत्यकाभित्र बैंकहरुले एक दिनमा ६ वटा मात्र शाखा खोल्न पाउने
अन्ततः सिद्धबाबामा बन्ने भयो सुरुङ मार्ग
काठमाडौं । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बन्ने निश्चित भएको छ । यहाँ सुरुङ मार्ग बनाउन ग्लोबल टेण्डर आह्वान भएको छ । सरकारले १ मंसिरमा सुरुङ मार्ग निर्माण गर्न १० अर्ब १५ करोड रुपैयाँ प्रदान गरेको थियो । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्का प्रक्रिया अघि बढाउन गत मंसिरमै सहमति प्रदान… Continue reading अन्ततः सिद्धबाबामा बन्ने भयो सुरुङ मार्ग
नेपाली सेयर बजारले गर्यो कमब्याक, ८ कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । बुधबार दोहोरो अंकले घटेको बजार आज फेरि लयमा फर्किएको हो । यससाताको शुरुका ३ दिनमा करिब १०९ अंकले बढेको बजारमा हिजो १३ अंकले घटेको थियो । यससाता नेप्से समग्रमा १०५ अंकले बढेको छ । सूचक बढे पनि आज कारोबार रकममा भने भारी गिरावट आएको छ । बुधबार… Continue reading नेपाली सेयर बजारले गर्यो कमब्याक, ८ कम्पनीका लगानीकर्ता मालामाल
नेपाली सेयर बजारमा दोहोरो अंकको करेक्शन
काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । गत सोमबारदेखि निरन्तर उकालो लागेको बजार ७ कारोबार दिन पछि करेक्शन हो । यससाताको ३ दिनमा करिब १०९ अंकले बढेको बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो । सूचकमा गिरावट आए पनि कारोबार रकममा भने ऐतिहासिक रेकर्ड बनेको छ । आज एकैदिन करिब ११ अर्ब ९५ करोडको… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको करेक्शन
चम्किँयो नेपाली सेयर बजार ,३४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । सेयर बजारले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । यससाता आइतबारदेखि लगातार नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेले आज पनि ऐतिहासिक रेकर्ड बनाएको छ । आज एकैदिन ४ वटा नयाँ रेकर्ड बनेका छन् । गतवर्ष कोरोना कालदेखि उकालो लागेको बजार त्यसयता निरन्तर बढिरहेको छ । अहिले पनि कोरोनाका कारण देशको अर्थतन्त्र ठप्पप्रायः हुँदा लगानीकर्ता… Continue reading चम्किँयो नेपाली सेयर बजार ,३४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
नेपाली सेयर बजारले बनायो ऐतिहासिक रेकर्ड, ११ कम्पनीको शेयर मूल्य उच्च वृद्धि
काठमाडौं । सेयर बजारले फेरि ऐतिहासिक कीर्तिमान बनाएको छ । आइतबार मात्रै हालसम्मकै सर्वाधिक विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै आज नयाँ रेकर्ड बनाएको हो । नेप्सले २७५९ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २७५० विन्दुमाथि पुगेको यो इतिहासमै पहिलो पटक हो । यसअघि आइतबार नेप्सेले इतिहासकै सर्वाधिक २७३८ विन्दुको रेकर्ड… Continue reading नेपाली सेयर बजारले बनायो ऐतिहासिक रेकर्ड, ११ कम्पनीको शेयर मूल्य उच्च वृद्धि
मनाङ, तेह्रथुम र खोटाङबाहेक सबै जिल्लामा निषेधाज्ञा
काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच नेपाल करीव ठप्प बनेको छ । सरकारले कोरोनाको जोखिम हेरेर निषेधाज्ञा गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको थियो । सोही अनुसार अहिलेसम्म ७४ जिल्लामा निषेधाज्ञा जारी भइसकेको गृह मन्त्रालयले जनाएको छ । मनाङ, तेह्रथुम र खोटाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ । यी तीन जिल्लामा समेत कुनै… Continue reading मनाङ, तेह्रथुम र खोटाङबाहेक सबै जिल्लामा निषेधाज्ञा
नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २, २ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । यो मूल्य आइतबार राति १२ बजेपछि लागु हुने भएको छ । अब नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर… Continue reading नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
स्वास्थ्य मन्त्रालयलाई कोरोनासँग लड्न अर्थले दियो थप ४ अर्ब ३१ करोड बजेट
काठमाडौं । कोभिड १९ को रोकथाम, उपचार तथा नियन्त्रणमा प्रयोग हुने गरि अर्थ मन्त्रालयले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि थप ४ अर्ब ३१ करोड रुपैयाँ स्रोत सुनिश्चितता दिएको छ । अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको स्रोत सुनिश्चितता दिएको जनाएको छ ।… Continue reading स्वास्थ्य मन्त्रालयलाई कोरोनासँग लड्न अर्थले दियो थप ४ अर्ब ३१ करोड बजेट
पाँचतारे होटेल सोल्टीको नाम अब ‘दि सोल्टी काठमाडौं’
काठमाडौं । नेपालको पुरानो मध्ये एक सोल्टी क्राउन प्लाजा अब ‘दि सोल्टी काठमाडौं’का नामबाट चिनिने भएको छ । आतिथ्य व्यवसायमा करीब ५४ वर्ष पुरानो सोल्टी होटलले ‘दि सोल्टी काठमाडौं’ का नामबाट रिब्राण्डिंग हुने निर्णय गरेको हो । कम्पनीका कार्यकारी अध्यक्ष दिनेशबहादुर बिष्टका अनुसार सोल्टी होटेलसँग इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) को व्यवस्थापन सम्झौता समाप्त भएको छ… Continue reading पाँचतारे होटेल सोल्टीको नाम अब ‘दि सोल्टी काठमाडौं’
चीनबाट थप अक्सिजन सिलिण्डर लिन नेवानि बेइजिङ जाँदै
काठमाडौं । चीनले अनुदानमा दिएका अक्सिजन सिलिण्डरसहितको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बेइजिङ उड्दैछ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जनाए अनुसार शनिबार राती ११ बजे बेइजिङ जाने तय भएको छ । जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्टे«टर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने बताइएको छ ।… Continue reading चीनबाट थप अक्सिजन सिलिण्डर लिन नेवानि बेइजिङ जाँदै
भारतमा स्पुतनिक भी खोप बजारमा बिक्री शुरु, प्रति डोज मूल्य कति ?
काठमाडौं । भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ । डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ गरिएको छ । भारतमा डा रेड्डीज ल्याबोरेटिजले रुसी स्पुतनिक भी… Continue reading भारतमा स्पुतनिक भी खोप बजारमा बिक्री शुरु, प्रति डोज मूल्य कति ?
विदेशमा रहेका नेपालीले चैतसम्म घर पठाए ७ खर्ब २९ अर्ब रेमिट्यान्स
काठमाडौं । विदेशमा रहेका नेपालीले चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत्र मसान्तसम्म ७ खर्ब २९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६.५ प्रतिशत बढि हो । महामारीका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उल्लेख्य कमी आएपनि विदेशमै रहका नेपालीबाट भने पर्याप्त रेमिट्यान्स भित्रिरहेको छ । अघिल्लो… Continue reading विदेशमा रहेका नेपालीले चैतसम्म घर पठाए ७ खर्ब २९ अर्ब रेमिट्यान्स
गोदावरीमा बनेको सम्मेलन केन्द्रको उद्घाटन आज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकाल सम्हाल्न लागेकै दिन ललितपुरको गोदावरीमा निर्माण भएको सम्मेलन केन्द्रको उद्घाटन गर्ने भएका छन् । आयोजनको निर्माण भइनसक्दै उद्घाटनमा दौडधुप गरेको आरोप खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारबाट भर्चुअल रुपमा सम्मेलन केन्द्र उदघाटन गर्ने भएका हुन् । प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्मेलन केन्द्र उदघाटन गर्ने कार्यक्रम… Continue reading गोदावरीमा बनेको सम्मेलन केन्द्रको उद्घाटन आज
कोरोनाबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको निधन भएको छ । उनको उपचारको क्रममा बिहीबार साँझ निधन भएको संघले जनाएको छ । संघका महासचिव सुजितकुमार श्रेष्ठलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार उनको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । उनमा ८ दिन अगाडी मात्र कोरोना… Continue reading कोरोनाबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन
अब चार जिल्ला बाहेक देशभर निषेधाज्ञा
काठमाडौं । नेपालका चार जिल्लाबाहेक निषेधाज्ञा देशभर लागु भएको छ । कोभिड–१९ सङ्क्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकासहित देशभरका ७३ जिल्लामा निषेधाज्ञा कार्यान्वयनमा रहेको छ । गृह मन्त्रालयका अनुसार अहिले मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङमा निषेधाज्ञा घोषणा भएको छैन । नेपालमा कोरोना भाइरसको दोस्रो लहरसँगै ७ वैशाखबाट निषेधाज्ञा शुरु भएको हो । उपत्यकामा १६ वैशाखमा शुरु… Continue reading अब चार जिल्ला बाहेक देशभर निषेधाज्ञा
आजबाट उपत्यकामा निषेधाज्ञामा कडाई, अत्यावश्यक बाहेक सबै कार्यालय बन्द
काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञामा कडाई गरिएको छ । अब उपत्यकाका सबै जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छन् । निषेधाज्ञा जेठ १३ गतेसम्म थपिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक आदेश जारी गरि कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले यस्तो निर्णय गर्नु परेको बताएका छन् । औषधि, खाद्यान्न तथा… Continue reading आजबाट उपत्यकामा निषेधाज्ञामा कडाई, अत्यावश्यक बाहेक सबै कार्यालय बन्द
झिनो अंकले बढ्यो नेपाली सेयर बजार, १२ कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौं । सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । पछिल्लो दुई दिनमै करिब ५५ अंकले बढेको बजार आज न्यून अंकले बढेको हो । सूचकमा झिनो वृद्धि भए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लोे दिनको तुलनामा कारोबार रकम झन्डै ५० करोडले घटेर सवा ५ अर्बमा सीमित भएको छ । आज सेयर बजार… Continue reading झिनो अंकले बढ्यो नेपाली सेयर बजार, १२ कम्पनीका लगानीकर्ता मालामाल
चीनबाट आइपुग्यो चार सय थान अक्सिजन सिलिन्डर
काठमाडौं । चीन सरकारले सहयोगस्वरूप दिएको चार सय थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । मंगलबार चीनको राजधानी पेइचिङबाट नेपाल एयरलाइन्सको जहाजले चार सय सिलिन्डर अक्सिजन बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। निगमको जहाजले सिलिन्डरसहित १७३ अक्सिजन कन्सर्नट्रेटर, १० थान भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री ल्याएको छ । चीनको होङ्सी होल्डिङ ग्रुपले दिएको २००… Continue reading चीनबाट आइपुग्यो चार सय थान अक्सिजन सिलिन्डर
नेपाली शेयर बजारको उकालो यात्रा कायमै, ५ कम्पनीको शेयर मूल्य उच्च वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । मंगलबार शेयर बजार मापक सूचक नेप्से २७.४७ अंकले बढेर २६७३.३२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७० रुपैयाँ बराबरको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारको उकालो यात्रा कायमै, ५ कम्पनीको शेयर मूल्य उच्च वृद्धि
नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक, कारोबार रकममा ठूलो गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । सोमबार शेयर बजार मापक सूचक नेप्से २७.४१ अंकले बढेर २६४५.८५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८८ रुपैयाँ बराबरको ७५ लाख ७९ हजार ३ कित्ता शेयर किनबेच भएका छन् । आइतबार… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक, कारोबार रकममा ठूलो गिरावट
निरन्तर खस्किँदै नेपाली शेयर बजार, आइतबार पनि दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलोदिन आइतबार नेप्से १८.४९ अकले घटेर २६१८.६३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१९ कम्पनीको ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रुपैयाँ बराबरको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर किनबेच भएका छन् । कारोबारमा आएका १३… Continue reading निरन्तर खस्किँदै नेपाली शेयर बजार, आइतबार पनि दोहोरो अंकले घट्यो नेप्से
२७ गते सिलिण्डर लिन चीन जाँदै नेपाल एयरलाइन्सको जहाज
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डर ल्याइन निश्चित भएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज वैशाख २७ गतेचीनको राजधानी बेइजिङ जाने भएको छ । यो जहाजले एक खेपमा ४ सय सिलिण्डर ल्याउने तय भएको बताइएको छ । साथमा भेन्टिलेटर समेत ल्याउने भएको छ । नेपाल एयरलाइन्सको जहाज २७… Continue reading २७ गते सिलिण्डर लिन चीन जाँदै नेपाल एयरलाइन्सको जहाज
उद्योगमा रहेका अक्सिजन सिलिण्डर फिर्ता गर्न निजी क्षेत्रका छाता संगठनको आग्रह
काठमाडौं । उद्योगहरुमा मौज्दात रहेका अक्सिजन ग्यास सिलिण्डि ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन निजी क्षेत्रका छाता संगठनले उद्योगहरुसँग आग्रह गरेका छन् । उद्योगमा प्रयोग हुने अक्सिजनका लागि सिलिण्डर राखेको भए महामारीको समयमा मानिसको ज्यान बचाउन प्रयोगमा ल्याउन निजी क्षेत्रका संघसंस्थाले आह्वान गरेका हुन् । अहिले कोरोना महामारीका कारण अक्सिजन सिलिण्डर अभाव… Continue reading उद्योगमा रहेका अक्सिजन सिलिण्डर फिर्ता गर्न निजी क्षेत्रका छाता संगठनको आग्रह
दोहोरो अंकले घट्यो नेप्से, कारोबार ६ अर्ब ८१ करोड माथि
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको अन्तिमदिन विहिबार नेप्से १२.४७ अकले घटेको २६३७.१३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँ बराबरको १ करोड, ५९ लाख ८० हजार ८१५ कित्ता शेयर किनबेच भएका छन् । कारोबारमा आएका १३ समूह मध्ये… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार ६ अर्ब ८१ करोड माथि