५६ जिल्लामा निषेधाज्ञा, ४१ जिल्ला ठप्प

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न अहिलेसम्म ५६ जिल्लामा विभिन्न प्रकारको प्रतिवन्ध लागेको छ । त्यसमध्ये ४१ जिल्लामा पूर्णै निषेधाज्ञा घोषणा भएको गृह मन्त्रालयले जनाएको छ । नेपालमा वैशाख ७ बाट जिल्लास्तरमा निषेधाज्ञा शुरु भएको हो । उपत्यकाका १६ वैशाखबाट शुरु भएको हो । अहिले निषेधाज्ञा ५६ जिल्लामा पुगेको र ४१ जिल्लामा पूर्ण निषेधाज्ञा… Continue reading ५६ जिल्लामा निषेधाज्ञा, ४१ जिल्ला ठप्प

कोरोना उपचारमा चर्को शूल्क असुल्ने निजी अस्पतालसँग प्रशासनले माग्यो स्पष्टिकरण

File

काठमाडौं । काठमाडौंका ठूला निजी अस्पतालले कोरोना संक्रमितसँग चर्को शुल्क लिएको मूल्य सूची सार्वजनिक भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्पष्टिकरण सोधेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालसँग स्पष्टीकरण सोधेको छ । अस्पतालले कोरोना उपचारमा चर्को मूल्य लिने गरेको खुलेको छ । यसको आलोचना भएको छ । अर्कोतर्फ… Continue reading कोरोना उपचारमा चर्को शूल्क असुल्ने निजी अस्पतालसँग प्रशासनले माग्यो स्पष्टिकरण

१७ असारबाट कतारको पुरानो नोट नचल्ने, छिट्टै साट्न दूतावासले गरायो सचेत

काठमाडौं । कतारमा आगामी असार १७ गतेबाट पुरानो संस्करणको कतारी नोट नचल्ने निश्चित भएको छ । कतारको केन्द्रीय बैंकले पाँचौँ संस्करणको नयाँ कतारी रियाल बैंक नोटहरू प्रचलनमा ल्याएको कारण अहिले प्रचलनमा रहेको चौथौँ संस्करणको पुराना कतारी रियाल आउँदो असार १७ गतेपछि नचल्ने भएको हो । पुराना नोट सटही या उपयोग गर्न कतारमा कार्यरत सबै नेपालीलाई… Continue reading १७ असारबाट कतारको पुरानो नोट नचल्ने, छिट्टै साट्न दूतावासले गरायो सचेत

सामान्य अंकले घट्यो नेप्से, १६ कम्पनीको शेयर मूल्य उच्च वृद्धि

काठमाडौं । शेयर बजार सामान्य अंकले घटेको छ । बुधबार नेप्से ५.९ अकले घटेको २६४९.६० विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँ बराबरको १ करोड, ४८ लाख ६७ हजार ९९५ कित्ता शेयर किनबेच भएका छन् । आइतबार कारोबारमा आएका १३ समूह… Continue reading सामान्य अंकले घट्यो नेप्से, १६ कम्पनीको शेयर मूल्य उच्च वृद्धि

आजबाट काठमाडौं छाड्नेको साथमा स्थानीय तहको सिफारिस आवश्यक

File Photo

काठमाडौं । तपाईं आजबाट काठमाडौँ उपत्यका छाड्दै हुनुहुन्छ भने तपाईं जान चाहेको स्थानीय तहबाट सिफारिस मगाउनु होला । सरकारले उपत्यका छाड्नेको हकमा अब स्थानीय तहको सिफारिश अनिवार्य गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने निश्चित भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने दिइने बताएका छन् ।… Continue reading आजबाट काठमाडौं छाड्नेको साथमा स्थानीय तहको सिफारिस आवश्यक

अब बाहिर हिँडडुल गर्नेलाई प्रहरीले समाउने, ठेलागाडामा सञ्चालित व्यवसायमा रोक

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आउँदो बैशाख २९ गतेसम्म निषेधाज्ञा निरन्तर रहने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । काठमाडौं उपत्यकाको निषेधाज्ञामा पहिलेको भन्दा थप कडाई गरिने भएको छ। मानिसलाई अनावश्यक रुपमा हिंड्डुल गर्न समेत निषेध गरिएको छ। अब मानिस सडकमा अनावश्यक हिंडेको भेटेमा… Continue reading अब बाहिर हिँडडुल गर्नेलाई प्रहरीले समाउने, ठेलागाडामा सञ्चालित व्यवसायमा रोक

झिनो अंकले बढ्यो नेप्से, धेरै कमाउनेमा १० कम्पनीका लगानीकर्ता

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । मंगलबार नेप्से १.९४ अकले बढेर २६५४.६९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१३ कम्पनीको ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८११ रुपैयाँ बराबरको १ करोड, ३० लाख १५ हजार १८३ कित्ता शेयर किनबेच भएका छन् । आइतबार कारोबारमा आएका १३ समूह… Continue reading झिनो अंकले बढ्यो नेप्से, धेरै कमाउनेमा १० कम्पनीका लगानीकर्ता

आजबाट आन्तरिक उडान बन्द, अत्यावश्यक परे चार्टर्ड गर्न सकिने

काठमाडौं । सरकारले चार्टर्ड उडानको ढोका खुला राख्दै आजबाट सबै आन्तरिक उडान बन्द गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण रोक्ने भन्दै सरकारले गत राती १२ बजेबाट आन्तरिक उडान रोक्ने निणय गरेको हो । बिहीबारबाट सबै अन्तर्राष्ट्रिय उडानमा समेत रोक लगाइएको छ । यद्दपी यसबीचमा भारतसँग भने सातामा दुई उडान निरन्तर रहने छ । नेपाल… Continue reading आजबाट आन्तरिक उडान बन्द, अत्यावश्यक परे चार्टर्ड गर्न सकिने

१ साउनबाट नेपालमा श्रमिकको पारिश्रमिक मासिक १५ हजार

काठमाडौं । नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आगामी १ साउनबाट लागू हुने गरी पारिश्रमिक वृद्धि गर्ने निर्णय भएको छ । अब श्रमिकको मासिक पारिश्रमिक १५ हजार पुगेको छ । यसअघि श्रमिकको न्यूनतम पारश्रमिक १३४५० रुपैयाँ थियो । आधारभूत पारिश्रमिक ९३८५ मा ५६१५ रुपैयाँ महंगी भत्ता थप… Continue reading १ साउनबाट नेपालमा श्रमिकको पारिश्रमिक मासिक १५ हजार

भारतमा सातामा दुई उडान बाहेक सबै अन्तर्राष्ट्रिय उडान बैशाख मसान्तसम्म बन्द

काठमाडौं । सरकारले बैशाख मसान्तसम्म सबै अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ । यो उडान प्रतिवन्ध वैशाख… Continue reading भारतमा सातामा दुई उडान बाहेक सबै अन्तर्राष्ट्रिय उडान बैशाख मसान्तसम्म बन्द

आजबाट बैंक तथा वित्तीय संस्थामा २५ प्रतिशत मात्र कर्मचारीले काम गर्ने

काठमाडौं । नेपालमा आजबाट बैङ्क तथा वित्तीय संस्थामा २५ प्रतिशत मात्र कर्मचारी राखी काम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार एक निर्देशन जारी गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालयको हकमा २० र शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारीमार्फत सेवा प्रदान गर्न निर्देशन दिएको छ । सरकारले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम… Continue reading आजबाट बैंक तथा वित्तीय संस्थामा २५ प्रतिशत मात्र कर्मचारीले काम गर्ने

निषेधाज्ञा घोषणा भएको जिल्ला ४२ पुग्यो

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणमा बीच नेपालमा निषेधाज्ञा लागेको जिल्ला ४२ पुगेको छ । संक्रमित संख्या शहरमा ५ सय र पहाडमा २ सय नाघेमा निषेधाज्ञा गर्न सक्ने अधिकार सरकारले स्थानीय प्रशासनलाई दिएको छ । सोही अनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा गरिरहेका छन् । गृह मन्त्रालयका अनुसार अहिलेसम्म अति प्रभावित ४२ जिल्लामा पूर्ण तथा आंशिक… Continue reading निषेधाज्ञा घोषणा भएको जिल्ला ४२ पुग्यो

लयमा फर्कियो नेपाली शेयर बजार: नेप्से ५४ अंकले बढ्दा ७ अर्बको कारोबार

काठमाडौं । लकडाउनको दोस्रो कारोबारको दिन शेयर बजारमा हरियाली छाएको छ । साताको पहिलोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आइतबार नेप्से ५४ अकले बढेर २६६५.११ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२६ कम्पनीको ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँ बराबरको १ करोड, ५८ लाख ३२… Continue reading लयमा फर्कियो नेपाली शेयर बजार: नेप्से ५४ अंकले बढ्दा ७ अर्बको कारोबार

प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकारलाई कोरोना संक्रमण पुष्टी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार लालशंकर घिमिरेमा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबारदेखि ज्वरो बढेपछि उनलाई कोभिड–१९ को आशंकामा गरिएको परीक्षणमा कोरोना पुष्टी भएको हो । उनी अहिले नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचाररत रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।

निषेधाज्ञा घोषणा भएको जिल्ला २४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी नियन्त्रण गर्न २४ जिल्लामा निषेधाज्ञा घोषणा भएको छ । सरकारले यस पटक देशव्यापी लकडाउन नगरी स्थानीय प्रशासनमार्फत कडाई गरेको छ । सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधाज्ञा जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो । गृह मन्त्रालयका अनुसार २७ जिल्लामा निषेधाज्ञा जारी भएको छ । त्यसमध्ये आजसम्म… Continue reading निषेधाज्ञा घोषणा भएको जिल्ला २४ पुग्यो

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, समस्यामा छन् वास्तविक मजदुर

काठमाडौं । आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइदैछ । वर्षभर काम गर्ने मजदूरले आफ्नो हकहितका कुरा निकालेर यो दिवस मनाउने गरिएको हो । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विगतमा ठूल्ठूला सभा सम्मेलन गरी दिवस मनाउने गर्थे । यस पटक कोरोना महामारीले दिवसको औपचारिक कार्यक्रम आयोजना हुने छैनन् । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा… Continue reading आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, समस्यामा छन् वास्तविक मजदुर

आर्थिक वृद्धि ४.०१ प्रतिशत रहने अनुमान

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७\७८ को आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने संशोधित अनुमान गरेको छ । यो वर्ष सरकारले बजेटबाट ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । तथ्यांक विभागद्धारा शुक्रबार सार्वजनिक राष्ट्रिय लेखा तथ्यांकअनुसार कोरोना महामारीको बढ्दो संक्रमणका कारण वृद्धिदर खुम्चन देखिएको छ । विभागले अहिले विश्वमा देखिएको कोभिड १९… Continue reading आर्थिक वृद्धि ४.०१ प्रतिशत रहने अनुमान

१५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा, आजबाट थप कडाई

काठमाडौं । देशभर १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा जारी भएका जिल्लामा शुक्रबारबाट थप कडाई हुने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन र पैदल यात्रुको प्रवेश अब रोकिने भएको छ । बिहीबार भने बाटोमा रहेका मानिस आउने समय राखेर केही खुकुलो गरिएको… Continue reading १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा, आजबाट थप कडाई

काठमाडौं महानगरमा समस्या परे जनप्रतिनिधिलाई यी नम्बरमा सम्पर्क गर्न सकिने

काठमाडौं । काठमाडौँ महानगरपालिमा निषेधाज्ञा र कोरोना महामारीका बीच कुनै समस्या परेमा जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने भएको छ । राष्ट्रिय समाचार समितिका अनुसार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन्। कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले… Continue reading काठमाडौं महानगरमा समस्या परे जनप्रतिनिधिलाई यी नम्बरमा सम्पर्क गर्न सकिने

नेपाली सेयर बजारमा दोहोरो अंकको कमब्याक, धेरै कमाउनेमा यी ३ कम्पनीका लगानीकर्ता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बिहिवार शेयर बजार मापक सूचक नेप्से २५.८२ अंकले घटेर २६११.१० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१७ कम्पनीको ४ अर्ब ३५ करोड ७० लाख ११ हजार २४९ रुपैयाँ बराबरको ९८ लाख १८ हजार ४६ कित्ता शेयर किनबेच भएका छन् । कारोबारमा… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको कमब्याक, धेरै कमाउनेमा यी ३ कम्पनीका लगानीकर्ता

सरकारले अत्यावश्यक सामग्री आफैं बेच्ने, चार स्थानमा सुपथ मूल्य पसल

काठमाडौं । निषेधाज्ञाको समयमा सर्वसाधारणलाई कुनै समस्या नपरोस भनेर सरकारले अत्यावश्यक खाद्यन्न लगायतका समान आफैं बेच्ने भएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका चार स्थानमा पसल राख्न लागेको हो । थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायकमा सरकारी पसल सञ्चालन हुनेछन्। यी पसलहरुबाट नागरिकले सुपथ मूल्यमा खरिद गर्न पाउनेछन् । ती स्थानमा बासमतीसहित, जुम्ली,… Continue reading सरकारले अत्यावश्यक सामग्री आफैं बेच्ने, चार स्थानमा सुपथ मूल्य पसल

आजबाट उपत्यकामा निषेधाज्ञा शुरु, यातायात ठप्प-हवाई उडान नियमित

file

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा शुरु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा लागु हुने गरी विहान ६ बजेबाट निषेधाज्ञा सुरु भएको हो । राजधानीमा कोरोना संक्रमणको दरले उचाई लिएसँगै नियन्त्रणका लागि सरकारले निषेधाज्ञा घोषणा गरेको हो । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरे अनुसार… Continue reading आजबाट उपत्यकामा निषेधाज्ञा शुरु, यातायात ठप्प-हवाई उडान नियमित

निषेधाज्ञाको समयमा पनि विदेशबाट आएको रेमिट्यान्स निकाल्न सकिने

काठमाडौं । बिहीबारबाट शुरु हुने निषेधाज्ञाको समयमा समेत विदेशबाट आएको रेमिट्यान्स भने निकाल्न सकिने भएको छ । सरकारले अत्यावश्यक सेवा भित्र राखेका कारण रेमिट्यान्स, बैंक तथा वित्तीय संस्थाहरुको सेवा नियमित सूचारु हुने भएको हो । बैंक र बिमासँगै रेमिट्यान्स कम्पनी सूचारु हुने भएकाले सेवाग्राहीले विदेशबाट आएको रेमिट्यान्स ढुक्कसँग निकाल्न सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ… Continue reading निषेधाज्ञाको समयमा पनि विदेशबाट आएको रेमिट्यान्स निकाल्न सकिने

सेयर कारोबार रकममा ठूलो गिरावट, एकैदिन १ अर्ब घट्यो

काठमाडौं । सेयर बजारमा आएको उछाल एक दिन पनि टिक्न सकेन । मंगलबार एकैदिन ९२ अंकले बढेको बजार आज दोहोरो अंकले घटेको छ । बैंक तथा वित्तीय संस्थाहरुले तेस्रो त्रैमासमा आकर्षक वित्तीय विवरण सार्वजनिक गरे पनि त्यसले बजारलाई टेको लगाउन सकेको देखिएन । यसअघि ७ कारोबार दिनमा करिब २४० अंकले घटेको बजार हिजो एकैदिन झन्डै… Continue reading सेयर कारोबार रकममा ठूलो गिरावट, एकैदिन १ अर्ब घट्यो

निषेधाज्ञा घोषणापछि ५ लाख भन्दा बढीले छाडे उपत्यका

File Photo

काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि ५ लाख भन्दा बढी मानिसले उपत्यका छाडेका छन् । सडक र हवाई मार्गबाट उक्त संख्यामा मानिसहरु बाहिरिसकेको सरकारी संचारमाध्यम गोरखापत्रले लेखेको छ ।कोरोना भाइरस महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको… Continue reading निषेधाज्ञा घोषणापछि ५ लाख भन्दा बढीले छाडे उपत्यका

निषेधाज्ञाको समयमा ढुवानी र आपूर्ति सहज बनाउन र्यापिड रेस्पोन्स टिम तयार

काठमाडौं । बिहीबार बिहानैबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु हुँदैछ । अत्यावश्यबाहेक सबै काम कारवाही यो अवधिमा रोकिने छन् । सार्वजनिक र निजी यातायात बन्द हुने छ । यस अवस्थामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न उच्चस्तरीय ¥यापिड रेस्पोन्स टिम तयार पारेको छ । यो टिमले आपूर्ति… Continue reading निषेधाज्ञाको समयमा ढुवानी र आपूर्ति सहज बनाउन र्यापिड रेस्पोन्स टिम तयार

नेपाली सेयर बजारमा ९२ अंकको उछाल, यी हुन् धेरै मूल्य बढेका कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । गत सातादेखि लगातार घटेको बजार आज दोहोरो अंकले लयमा फर्किएको हो । मंगलबार शेयर बजार मापक सूचक नेप्से ९२.४६ अंकले बढेर २५९९.०८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २१६ कम्पनीको ५ अर्ब १० करोड ९० लाख ६९ हजार ९७५ रुपैयाँ बराबरको… Continue reading नेपाली सेयर बजारमा ९२ अंकको उछाल, यी हुन् धेरै मूल्य बढेका कम्पनी

निषेधाज्ञामा समेत नेप्से कारोबार नरोकिने, लगानीकर्तालाई अवसर

काठमाडौं । निषेधाज्ञापछि घरमै बस्नुपर्ने लगानीकर्ताका लागि खुसीको खबर छ । नेपाल स्टक एक्स्चेन्ज(नेप्से) ले ब्रोकरहरूलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गराएर शेयर कारोबार गर्न परिपत्र गरेको छ । यससँगै निषेधाज्ञाका बीचमा समेत कारोबार निरन्तर जारी रहने भएको छ । सेयर बजार सञ्चालन गर्ने गतिविधिमा सजकता अपनाउन धितोपत्र व्यवसायीलाई ७ बुँदे निर्देशन दिएको छ । निर्देशनमा सकेसम्म… Continue reading निषेधाज्ञामा समेत नेप्से कारोबार नरोकिने, लगानीकर्तालाई अवसर

बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी

नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको बाँकेमा एक साता लामो निषेधाज्ञा जारी भएको छ । नेपालगन्जमा कोरोनाले मानिसहरुको ज्यान लिइरहेको छ । पछिल्लो एक सातामा यहाँ २५ जना भन्दा ढबीको ज्यान गएको छ । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणभन्दा बाहिर जान थालेपछि बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले… Continue reading बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी

५ सय सक्रिय संक्रमित नाघेको शहरमा लकडाउन गर्न सिफारिस

file

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना भाइरसको अवस्था हेरी लकडाउनको निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । आइतबार बसेको सीसीएसीको बैठकले शहरी भेगमा ५ सय सक्रिय संक्रमित नाघेमा र पहाडी भेगमा २ सय सक्रिय संक्रमित नाघेमा लकडाउन गर्न सकिने गरी सिफारिस गरेको हो । यसबारे निर्णय… Continue reading ५ सय सक्रिय संक्रमित नाघेको शहरमा लकडाउन गर्न सिफारिस