सुन आयातको कोटा बढ्यो, दैनिक २० किलो आयात हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले दैनिक आयात गर्ने सुनको कोटा बढाएको छ । अब दैनिक २० किलोसम्म सुन आयात हुन सक्ने छ । सुन आयात गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरुलाई बिहीबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको छ । कोरोना महामारीमा विदेशी मुद्रा संचिती बढाउनु पर्ने भन्दै गत वर्ष… Continue reading सुन आयातको कोटा बढ्यो, दैनिक २० किलो आयात हुने

मेलम्चीपछि सर्वसाधारणमा सेयर जारी गर्ने तयारीमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड

काठमाडौं । काठमाडौंमा मेलम्ची खानेपानी आयोजना कार्यान्वयनमा आएसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार मेलम्चीको पानी वितरणले पूर्णता पाएपछि कम्पनीको आर्थिक अवस्थामा सुधार हुनेछ । त्यसपछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ निकाल्ने भएको छ । कम्पनीप्रति आम मानिसको अपनत्व बढाउन र नाफा वृद्धिका लागि… Continue reading मेलम्चीपछि सर्वसाधारणमा सेयर जारी गर्ने तयारीमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड

बुक बिल्डिङ विधि र नेपालको पूँजी बजार

सरोज सिग्देलटेक्सस बुक बिल्डिङ विधि पुँजी बजारको दायरालाई फराकिलो पार्नका हेतु राम्रा कम्पनीहरुलाई आइपीओमा आकर्षित गर्दै पुँजी बजारमा भित्र्याउने उद्देश्यले सन् १९९५ मा अमेरिकाबाट शुरु गरिएको पद्दति हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २५ ग बुक बिल्डिङबाट प्रारम्भिक सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था गरी यस सम्बन्धि थप प्रकृयागत व्यवस्थाहरु निर्देशिकामा तोकिएबमोजिम… Continue reading बुक बिल्डिङ विधि र नेपालको पूँजी बजार

नेपाली सेयर बजारमा उछाल, नेप्से फेरि २६०० माथि

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । मंगलबार दोहोरो अंकले बढेको बजार आज लगातार दोस्रो दिन दोहोरो अंकले बढेको हो ।पछिल्ला दुई दिनमा नेप्से करिब ७४ अंकले बढेको छ । सूचकसँगै कारोबार रकममा पनि उत्साहजनक रहेको छ । अद्धिल्लो साता औसतमा दैनिक ४ अर्ब हाराहारीमा रहेको कारोबार रकम यससाता दैनिक ६ अर्ब माथि पुगेको… Continue reading नेपाली सेयर बजारमा उछाल, नेप्से फेरि २६०० माथि

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत पुग्ने विश्व बैंकको संशोधित प्रक्षेपण

काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकसः साउथ एसिया भ्याक्सिनेट्स’ रिपोर्ट सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो। विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको जनाएको छ । कोभिड–१९ विरुद्धको खोपको वितरण र यसले सिर्जना गरेको सहज… Continue reading नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत पुग्ने विश्व बैंकको संशोधित प्रक्षेपण

गैरआवासीय नेपालीको लगानी रहने कम्पनी दर्ता सम्पन्न, अब आइपीओ जारी गर्ने तयारी

काठमाडौं । विदेशमा परिश्रम गरी कमाएको रकमले मातृभुमी नेपालमा लगानी गर्ने उद्देश्यले खोलिएको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड नामक कम्पनी औपचारिक रुपमा दर्ता भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को नेतृत्वमा लगानी कम्पनी दर्ता भएको हो । यो कम्पनीमा नेपाल सरकारको ५ प्रतिशत शेयर रहने भएका छ । बाँकि लगानी भने विदेशमा बस्ने गैरआवासीय नेपालीको रहने… Continue reading गैरआवासीय नेपालीको लगानी रहने कम्पनी दर्ता सम्पन्न, अब आइपीओ जारी गर्ने तयारी

दोहोरो अंकले बढ्यो सेयर बजार, ५ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । पछिल्ला दुई दिन लगातार ओरालो लागेको बजार आज लयमा फर्केको हो । सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब पोनै २ अर्बले बढेर ६ अर्ब माथि पुगेको छ । आज सेयर बजार मापक सूचक नेप्से ३२.१५ अंकले बढेर… Continue reading दोहोरो अंकले बढ्यो सेयर बजार, ५ कम्पनीका लगानीकर्ता मालामाल

चीनबाट आयो अनुदानको ८ लाख डोज कोरोना खोप

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसको खोप काठमाडौं आएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहान साढे ८ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । यसै जहाजले चीनको राजधानी बेइजिङबाट खोप काठमाडौं ल्याएको हो । जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ उडेको थियो । चीन सरकारले नेपाललाई… Continue reading चीनबाट आयो अनुदानको ८ लाख डोज कोरोना खोप

दुर्गाप्रसादको बैंक खाता खुल्यो, नगरपालिकाले ५० हजार दिने

इलाम । निर्दोष भएपनि भारतमा ४० वर्ष जेल जीवन बस्नु परेका इलामको माई नगरपालिका १० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाको बैंक खाता पनि खुलेको छ । आज उनको नेपाल एसबीआई बैंक लिमिटेड इलाम शाखामा खाता खुलेको हो । उनले नेपाली नागरिकता लिएपछि खाता खोल्न सजिलो भएको हो । उनको बारे समाचार आएसँगै उनलाई सहयोग गर्न चाहनेहरुलाई सहज… Continue reading दुर्गाप्रसादको बैंक खाता खुल्यो, नगरपालिकाले ५० हजार दिने

ज्योति लाइफको आइपीओ बाँडफाँड, ६७ प्रतिशतको हात रित्तो

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार दिउँसो साढे १२ बजे ज्ञानेश्वरस्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आइपीओ बाँडफाँड भएको हो । कम्पनीले फागुन २१ गते शुक्रबारदेखि फागुन २६ गते बुधबारसम्म निष्कासन गरेको आइपीओमा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । कम्पनीको आइपीओ ५ लाख… Continue reading ज्योति लाइफको आइपीओ बाँडफाँड, ६७ प्रतिशतको हात रित्तो

राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो १०४ जनालाई जागिर

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा १०४ जना नयाँ कर्मचारी माग भएको छ । विभागले आज सूचना प्रकाशित गरी योग्य उमेदवारबाट भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभागले २१ अनुसन्धान अधिकृत, ३२ अनुसन्धान सहायक र ५१ सहायक सूचक गरी १ सय ४ जना कर्मचारी नयाँ भर्ना गर्न लागेको हो । विभागका अनुसार अनुसन्धान अधिकृतको न्यूनतम… Continue reading राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो १०४ जनालाई जागिर

नेपालमा लकडाउन नहुने अर्थमन्त्रीको स्पष्टोक्ति

काठमाडौं । नेपालमा लकडाउन नहुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्पष्ट पारेका छन् । बिहीबार नेपाली संचारमाध्यमहरुसँग कुरा गर्दै उनले कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको भएपनि नेपालमा लकडाउन नहुने बताएका हुन् । उनले सरकारले लकडाउन र सीमा नाका बन्द गर्ने पक्षमा नरहेको बताएका छन् । तर, स्वास्थ्य सुरक्षाका मापदण्डमा भने कुनै सम्झौता नगरिने उनको भनाई छ… Continue reading नेपालमा लकडाउन नहुने अर्थमन्त्रीको स्पष्टोक्ति

नेपाल एयरलाइन्सले चिनियाँ जहाज बेच्न सक्ने

काठमाडौं । नेपाल एयरलाइन्ससँग रहेका ६ वटा चिनियाँ जहाज बिक्रि गर्न सक्ने भएको छ । पहिले यी जहाजलाई भाडामा लगाउन प्रयास गर्ने र त्यसो गर्दा पनि व्यवस्थापन हुन नसके बिक्रि गर्न सकिने राय अर्थ मन्त्रालयले दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अर्थले यस्तो राय दिएसँगै जहाज व्यवस्थापनको बाटो खुलेको हो ।… Continue reading नेपाल एयरलाइन्सले चिनियाँ जहाज बेच्न सक्ने

यतिले गर्यो काठमाडौं-वनारस परीक्षण उडान

काठमाडौं । काठमाडौं-वनारस रुटमा यति एयरलाइन्सले परीक्षण उडान गरेको छ । बुधबार भएको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ । दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरूमा चार्टर्ड र नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको यतिले परीक्षण उडान पुरा गरेको हो । यसअघि बनारसमा बुद्धको उडान थियो ।… Continue reading यतिले गर्यो काठमाडौं-वनारस परीक्षण उडान

बुढानिलकण्ठमा १० जनालाई गलैँचा बनाउने तालिम, उत्कृष्टलाई राेजगारी

अमृता के सी ( रोनी )काठमाडौँ /बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ मा गलैँचा (कार्पेट) बनाउने एक महिने तालिम सञ्चालन हुन गईरहेकाे छ। नगरपालिकाकाे आयाेजनामा हुन लागेकाे उक्त तालिममा सहभागी हुन ईच्छुक वडा बासीहरूले चैत्र १४ गते भित्र वडा कार्यलय गई आवेदन दिनुपर्नेछ। स्थायी बसोबास भएका र ४० वर्ष भन्दा कम उमेर समुहको व्यक्तिले मात्र आवेदन… Continue reading बुढानिलकण्ठमा १० जनालाई गलैँचा बनाउने तालिम, उत्कृष्टलाई राेजगारी

नेपाली सेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । मंगलबार दोहोरो अंकले बढेको बजार आज पनि उच्च अंकले बढेको हो । पछिल्लो दुई दिनमै नेप्से करिब ५५ अंकले बढेको छ । सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यससाता औसतमा दैनिक साढे ५ अर्बके कारोबार हुँदै आएकोमा आज बढेर पौने ७ अर्ब पुगेको… Continue reading नेपाली सेयर बजारमा उच्च अंकको वृद्धि

आजबाट पठाओ राइडरले कम्पनीको पहिचान खुल्ने ड्रेस लगाउन नपाउने

file

काठमाडौं । आजबाट पठाओ राइडरले कम्पनीको पहिचान खुल्ने ड्रेस लगाउन नपाउने भएका छन् । ट्राफिक प्रहरीले नै यस्तो निर्णय गरेसँगै पठाओले आफ्नो राइडरलाई यसबारे जानकारी गराएको छ । पठाओले राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन रोक लगाएको जनाएको छ । विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक… Continue reading आजबाट पठाओ राइडरले कम्पनीको पहिचान खुल्ने ड्रेस लगाउन नपाउने

काठमाडौं-तराई फास्ट ट्रयाकको १९ प्रतिशत काम पूरा

File

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)को भौतिक प्रगति वार्षिक लक्ष्यको १८ दशमलब ९५ प्रतिशत सम्पन्न भएको छ। यही अवधिमा वित्तीय प्रगति १९ दशमलब १२ रहेको छ। वि.सं. २०८० को असारसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको चौमासिक लक्ष्यअनुसार भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६४ दशमलब नौ प्रतिशत रहेको छ।… Continue reading काठमाडौं-तराई फास्ट ट्रयाकको १९ प्रतिशत काम पूरा

महँगा गाडी आयात माथिको रोक हटाइयो

काठमाडौं । सरकारले नेपालमा महँगा गाडी आयात गर्न लगाएको रोक हटाएको छ । यससँगै अब जुनसुकै मूल्यको गाडी समेत नेपालमा निर्धारित कर तिरेर ल्याउन पाइने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा २५ फागुनमा बसेको मन्त्रिपषिद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि गत वर्ष नेपालमा कोरोना भाइरसको संक्रमण शुरु भएसँगै ५० हजार डलरभन्दा… Continue reading महँगा गाडी आयात माथिको रोक हटाइयो

नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्लो ३ कारोदिनमा करिब १४० अंकले बढेको बजारमा आज दोहोरो अंकको गिरावट आएको हो । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ५० करोड रुपैयाँले गिरावट आएको छ । आज सेयर बजार मापक सूचक नेप्से २४.०६ अंकले घटेर २५१४.४०… Continue reading नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट

होटेल-रेष्टुरेन्टलाई लकडाउन अवधिको विद्युत डिमान्ड शूल्क छूट

File Photo

काठमाडौं । सरकारले होटेल तथा रेस्टुरेन्टलाई विद्यूत ‘डिमान्ड शुल्क’मा लकडाउन अवधिभर शतप्रतिशत छुट दिने निर्णय गरेको छ । होटेल उद्योगको रुपमा दर्ता भई सञ्चालनमा रहेका, नियमित रुपमा नवीकरण भएका र कर विवरण पेस गरेका होटेल तथा रेस्टुरेन्टलाई विद्यूत डिमान्ड शुल्क छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । उनका अनुसार सरकारले लकडाउन… Continue reading होटेल-रेष्टुरेन्टलाई लकडाउन अवधिको विद्युत डिमान्ड शूल्क छूट

चम्किँयो नेपाली सेयर बजार, नेप्से ६३.३८ अंकले बढ्दा ९ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । बीमा रमाइक्रोफाइनान्स कम्पनी चम्किँदा सेयर बजारमा उछाल आएको छ । गत बुधबारदेखि उकालो लागेको बजार यससाता पनि निरन्तरता दिएको हो । पछिल्लो ३ कारोबार दिनमै नेप्से करिब १४० अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकम पनि २ अर्ब बढीले बढेको छ । गतसाता औसतमा करिब ४ अर्बको कारोबार हुँदै आएकोमा आज बढेर… Continue reading चम्किँयो नेपाली सेयर बजार, नेप्से ६३.३८ अंकले बढ्दा ९ कम्पनीका लगानीकर्ता मालामाल

उद्योगी किशोर प्रधान ओली समुहको एमालेमा प्रवेश

File Photo

काठमाडौं । उद्योगी किशोर प्रधान ओली समुहको नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताएका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर उद्योगी व्यवसायीलाई पार्टी प्रवेश गराएका छन् । एमाले प्रवेश गरेका प्रधान नेपाल उद्योग वाणिज्य महासंघको… Continue reading उद्योगी किशोर प्रधान ओली समुहको एमालेमा प्रवेश

निर्माण व्यवसायीले भेटे भौतिक मन्त्री, सहुलियत दिन माग

काठमाडौं । नपाल उद्योग वाणिज्य महासंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त प्रतिनिधिमण्डलले बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई भेटेको छ । भेटमा व्यवसायीका समस्या र समाधानका उपायबारे जानकारी गराइएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मुल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज… Continue reading निर्माण व्यवसायीले भेटे भौतिक मन्त्री, सहुलियत दिन माग

लयमा फर्कियो नेपाली सेयर बजार,६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजार उच्च अंकले कमब्याक गरेको छ । लगातार दुईसाताको गिरावट पछि बजार लयमा फर्किएको हो । पछिल्लो दुईसातामा करिब २२५ अंकले घटेको बजार आज करिब ४१ अंकले बढेको छ । सूचकमा सुधार आए पनि कारोबार रकममा भने घट्दो क्रममा नै रहेको छ । फागुन दोस्रोसातासम्म औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै आएकोमा… Continue reading लयमा फर्कियो नेपाली सेयर बजार,६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

७ महिनामा विदेशबाट नेपालीले पठाए ५ खर्ब ६७ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०७७\७८ को ७ महिनामा सम्ममा विदेशमा रहेका नेपालीले ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७\०७८ को ७ महिनासम्मको तथ्यांक अनुसार रेमिट्यान्स १०.९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७… Continue reading ७ महिनामा विदेशबाट नेपालीले पठाए ५ खर्ब ६७ अर्ब रेमिट्यान्स

नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एक महिनामा चौथोपटक वृद्धि

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको भाउ पुनः बढेको छ । नेपाल आयल निगमले २८ माघयता मात्र चौथो पटक मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि नै लागू हुने भएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय गरेको छ । नयाँ मूल्य अनुसार… Continue reading नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एक महिनामा चौथोपटक वृद्धि

लगातार गिरावट आएको नेपाली सेयर बजारमा झिनो सुधार

काठमाडौं । सेयर बजारमा झिनो सुधार आएको छ । पछिल्लो दुईसाता यता लगातार गिरावट आएको बजारमा मंगलबार साढे २ अंकको सुधार आएको हो । सूचकमा सुधार आए पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १ अर्ब रुपैयाँले घटेको छ । फागुन दोस्रोसातासम्म औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै… Continue reading लगातार गिरावट आएको नेपाली सेयर बजारमा झिनो सुधार

कस्तो बनाउने आगामी आवको बजेट ?, अर्थले दियो मार्गदर्शन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई मार्गदर्शन दिएको छ । कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई माथि उकास्नेदेखि आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने सम्मका सुझाव समेटेर अर्थले विभागीय मन्त्रालयहरुलाई मार्गदर्शन दिएको हो । सरकारका मुख्य सचिव, सचिवहरू, राष्ट्रिय योजना आयोगका सदस्यसहित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी… Continue reading कस्तो बनाउने आगामी आवको बजेट ?, अर्थले दियो मार्गदर्शन

नेपालमा रासायनिक मल कारखाना स्थापना सम्भव रहेको अध्ययन समितिको निष्कर्ष

काठमाडौं । नेपालमा प्राकृतिक ग्यास प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापना र सञ्चालन सम्भव रहेको देखिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठन भएको रासायनिक मल कारखाना स्थापनाको प्राराम्भिक अध्ययन समितिले यस्तो निष्कर्ष निकालेको हो । समितिले आज आफ्नो प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । कार्तिक २४ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले… Continue reading नेपालमा रासायनिक मल कारखाना स्थापना सम्भव रहेको अध्ययन समितिको निष्कर्ष