छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर लागे

File Photo

१८ वैशाख, गोरखा । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्न लेकतिर जान थालेका छन् । मौसम सुरु हुने बित्तिकै छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजुको लेकतिर जान थालेका स्थानीय छिरिङफुञ्जो लामाले जानकारी दिए । “कतिपय हिँडिसके, कतिपय जाने तयारीमा छन्”, उनले भने, “मौसम बिग्रिएर दुःख दिइरहेको छ ।” चुमनुब्री–१ सामागाउँ र वडा नं ७… Continue reading छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर लागे

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

१८ वैशाख, म्याग्दी । रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ । आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युत्गृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ । आयोजनाबाट उत्पादित… Continue reading राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

अमेरिकी अर्थतन्त्र अप्रत्यासित रुपमा सङ्कुचित

१८ वैशाख, काठमाडौं । सन् २०२५ को पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्र अप्रत्याशित रूपमा खुम्चिएको बुधबार प्रकाशित पछिल्लो तथ्याङ्कले देखाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक कर वृद्धि गर्नुअघि आयातमा भएको वृद्धिका कारण अर्थतन्त्रमा सङ्कुचन देखिएको हुनसक्ने अमेरिकी वाणिज्य मन्त्रालयको अनुमान रहेको छ । सन् २०२४ को अन्तिम महिनामा २.४ प्रतिशतले वृद्धि भएको विश्वको… Continue reading अमेरिकी अर्थतन्त्र अप्रत्यासित रुपमा सङ्कुचित

आज श्रमिक दिवस, सार्वजनिक बिदा

१८ वैशाख, काठमाडौं । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार… Continue reading आज श्रमिक दिवस, सार्वजनिक बिदा

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार आजै राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो । त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको निगमले जानकारी गराएको छ । जस अनुसार पेट्रोलको मूल्य २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य १… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ मा पर्ने पाक्लिङ गाउँ र मुस्ताङ-डोल्पा जोड्ने सडक । पृष्ठभूमीमा पाक्लिङ गाउँको उवा र फापर खेत । तस्बिर : सुन्दरकुमार थकाली/रासस

१७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१\८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आर्थिक वर्ष २०८१\८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । जसअनुसार यस आर्थिक वर्षमा नेपालको कुल… Continue reading आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब

अमेरिकी उपभोक्ताको विश्वास महामारी सुरु भएयताकै न्यून विन्दुमा

१७ वैशाख, न्यूयोर्क । कोभिड–१९ महामारी सुरु भएयता अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा न्यून स्तरमा झरेको पाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर योजनाका बारेमा चिन्ता व्यक्त गरिएका बेला मङ्गलबार प्रकाशित सर्वेक्षण तथ्याङ्कअनुसार अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा न्यून स्तरमा झरेको पाइएको हो । “अमेरिकी उपभोक्ता विश्वास सूचकाङ्क अप्रिलमा ७।९ अङ्कले घटेर ८६.० मा झरेको छ,”… Continue reading अमेरिकी उपभोक्ताको विश्वास महामारी सुरु भएयताकै न्यून विन्दुमा

भन्सार विधेयक बहुमतले पारित

१६ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । विधेयकमाथिको छलफलमा सांसद प्रभु साहले प्रस्तुत विधेयकमा भएको व्यवस्थाले सीमा क्षेत्रको जनतालाई दुःख दिने बताए । अवैध रुपमा… Continue reading भन्सार विधेयक बहुमतले पारित

काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि कालोपत्रे

१६ वैशाख, काभ्रेपलाञ्चोक । जिल्लाको कोशीपूर्व क्षेत्रको एक सडकखण्ड १५ वर्षपछि पक्की बनाइएको छ । विसं २०६६ मा बाटो खोलिएको भुम्लु गाउँपालिकास्थित हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–बाफल करिब चार किलोमिटर सडक स्तरोन्नति गरी पक्की बनाइएको हो । ठेकेदार कम्पनीले सम्झौता अवधिभन्दा आठ महिनाअघि कालोपत्र सम्पन्न गरेको छ । गत साल मङ्सिर ३ गते जिल्लास्थित पूर्वाधार विकास कार्यालय धुलिखेल र… Continue reading काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि कालोपत्रे

विद्युत अवरोधको घटनामा साइबर आक्रमण पुष्टी नभएको इयूको स्पष्टीकरण

TOPSHOT - People stand in a cafe-restaurant without lights in Tolosa on April 28, 2025, during a massive power cut affecting the entire Iberian peninsula and the south of France. A "massive" power cut late on April 28, 2025 morning affected the whole of the Iberian peninsula and part of France, according to Portuguese electricity network operator REN. (Photo by ANDER GILLENEA / AFP)

१६ वैशाख, काठमाडौं । स्पेनको विद्युत अवरोध साइबर आक्रमणबाट भएको भन्ने कुनै सङ्केत नभेटिएको इयूले जनाएको छ । स्पेन र पोर्चुगलमा व्यापक विद्युत अवरोधपछि त्यहाँ साइबर आक्रमण भएको भन्ने अनुमानहरूलाई खारेज गर्दै युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले भने, “अहिलेसम्म साइबर आक्रमणको कुनै सङ्केत भेटिएको’ छैन ।” “दुवै देशका ग्रिड अपरेटरहरूले कारण पत्ता लगाउन र बिजुली… Continue reading विद्युत अवरोधको घटनामा साइबर आक्रमण पुष्टी नभएको इयूको स्पष्टीकरण

तनहुँमा मोनोरेलको सम्भाव्यता अध्ययन गरिँदै

१६ वैशाख, दमौली । जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको छ । छम्केश्वरी पर्यटन विकास समितिको नेतृत्वमा आँबुखैरेनी गाउँपालिका ५ स्थित छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । काठमाडौँस्थित केडी मेटल वर्कसपका इञ्जिनियरको सहभागितामा आजदेखि अध्ययन सुरु गरिएको समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए । समुन्द्री सतहबाट दुई… Continue reading तनहुँमा मोनोरेलको सम्भाव्यता अध्ययन गरिँदै

दाउन्नेमा रातमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

१६ वैशाख, मध्यविन्दु । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो । नवलरासी (बर्दघाट… Continue reading दाउन्नेमा रातमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

सङ्खुवासभामा चट्याङ लागेर सत्रवटा भैँसी मरे

१५ वैशाख, किमााथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भैसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । चट्याङ लागेर मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैँसी मरेको प्रहरी निरीक्षक लामिछानेले… Continue reading सङ्खुवासभामा चट्याङ लागेर सत्रवटा भैँसी मरे

पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको उपसमितिको ठहर, बुझायो प्रतिवेदन

१५ वैशाख, काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न गठिन उपसमितिले संसदीय समितिलाई आफ्नो प्रतिवेदन बुझाएको छ । आज नयाँ बानेश्वरस्थिति संसद् भवनको शङ्कर हालमा उपसमितिका संयोजक राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक लेखा समितिका संयोजक ऋषिकेश पोखरेललाई उक्त प्रतिवेदन बुझाएको समितिका सचिव एवं संसद् सचिवालयका प्रवक्ता (सहसचिव) एकराम गिरीले राससलाई जानकारी दिए । प्रतिवेदन ग्रहण… Continue reading पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको उपसमितिको ठहर, बुझायो प्रतिवेदन

वडाध्यक्षसहित नौ जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर

१५ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ का वडाध्यक्षसहित नौ जना विरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ । धनकौल गाउँपालिकास्थित कृषि बाटो निर्माणमा रु सात लाख ७९ हजार दुई सय पाँच हिनामिनाको अभियोगमा वडा नं ६ का वडाध्यक्ष श्यामबाबु साहसहित नौ जना विरुद्ध आज आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता… Continue reading वडाध्यक्षसहित नौ जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर

झण्डै १८ अर्ब अवैध कारोबार, २१ जना पक्राउ

१५ वैशाख, काठमाडौं । अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाका २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरी अनुसन्धान थालेको छ । उनीहरुले रु १७ अर्ब ८६ करोड ७० लाखबढी रकम अवैध कारोबार गरेको सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । उनीहरुले आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणवापत… Continue reading झण्डै १८ अर्ब अवैध कारोबार, २१ जना पक्राउ

तरबूजा खेती गरेरै जीविका चलाउँँदै कन्चनपुरका दुई सय परिवार

१५ वैशाख, कञ्चनपुर । कन्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबूजाखेती गर्दै आएका छन् । माघमा रोपेको तरबूजा चैतको अन्तिम हप्तादेखि बिक्रीका लागि तयार हुन्छ । “पहिला साइकल र गोरुगाडामा राखेर गाउँगाउँ डुलाएर गहुँसँग साट्दै तरबूजा बिक्री… Continue reading तरबूजा खेती गरेरै जीविका चलाउँँदै कन्चनपुरका दुई सय परिवार

चार महिनापछि हुम्लाको यारी नाका भन्सार कार्यालय सञ्चालनमा

नेपाल-चीनको सिमाना हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय र आसपासको क्षेत्र । गत वर्ष पुस १० गतेबाट अत्याधिक चिसोका कारण बन्द रहेको कार्यालय चार महिनापछि अहिले सञ्चालनमा आएको छ । तस्बिर ः कालीबहादुर थापा / रासस

१५ वैशाख, हुम्ला । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो । “तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय… Continue reading चार महिनापछि हुम्लाको यारी नाका भन्सार कार्यालय सञ्चालनमा

सिंहदरबारमा अब मेलम्चीको खानेपानी

१५ वैशाख, काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ । सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरण प्रणाली जोड्न काठमाडौँ उपत्यका… Continue reading सिंहदरबारमा अब मेलम्चीको खानेपानी

खर्च गर्न नसक्ने भन्दै पाँच अर्बभन्दा बढी बजेट सरेन्डर, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी

१४ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट रु पाँच अर्बभन्दा बढी बजेट फिर्ता भएको छ । अर्थ मन्त्रालयका अनुसार चालुभन्दा पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ । निकायगत रुपमा विष्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति ९एमसिए–नेपाल० को बजेट फिर्ता… Continue reading खर्च गर्न नसक्ने भन्दै पाँच अर्बभन्दा बढी बजेट सरेन्डर, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी

महाकालीको चार लेन पुल पर्यटकीय गन्तब्य बन्दै

१४ वैशाख, दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ । महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ । अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो… Continue reading महाकालीको चार लेन पुल पर्यटकीय गन्तब्य बन्दै

ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

१३ वैशाख, काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै नौ वर्षको जेल सजाय सदर गरेपछि शुक्रबार पक्राउ गरिएको सङ्घीय प्रहरी स्रोतले जानकारी दिएको छ । ब्राजिलमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति कोलोर डे मेलोलाई सन् १९९२ मा काङ्ग्रेसले घूस लिएको आरोपमा महाभियोगको प्रक्रिया सुरु गरिएको थियो… Continue reading ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

रुस र इरानबीच नयाँ ग्यास सम्झौता, के छ महत्व ?

१३ वैशहाख, काठमाडौं । रूस र इरानबीच प्रतिवर्ष ५५ अर्ब घनमिटर ग्यास रूसबाट इरानमा ढुवानी गर्ने सम्झौता भएको छ ।रुस र इरानबीच शुक्रबार भएको नयाँ ग्यास सम्झौताले उनीहरूको गठबन्धनलाई थप मजबुत बनाएको रूसी अधिकारीले बताएका छन् । इरानका पेट्रोलियम मन्त्री मोहसेन पाकनेजादले मस्कोको भ्रमणका क्रममा आफ्ना रुसी समकक्षी सर्गेइ सिभिलेभसँग ग्यास सम्झौतामा हस्ताक्षर गरेका छन्… Continue reading रुस र इरानबीच नयाँ ग्यास सम्झौता, के छ महत्व ?

मुग्लिन-पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

१३ वैशाख, दमौली । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ । केही समय अगाडी सोही ठाउँमा पहिलो चरणको कालोपत्र सकिएपछि शुक्रबारदेखि दोस्रो चरणको कालोपत्र थालिएको हो । दमौली बजारकै मुख्यचोक, सफासडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्र भइसकेको छ । दमौली बजारमा… Continue reading मुग्लिन-पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

बारपाकमा गोरखा भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी

‘भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शन’ अवलोकन गोरखा, १२ वैशाखः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको उत्तरी भेग बारपाकमा शुक्रबार आयोजित १०औँ भूकम्प दिवसका अवसरमा फोटो पत्रकार प्रकाश तिमिल्सिनाको बारपाक ‘भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शन’ अवलोकन गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

१२ वैशाख, गोरखा । गोरखा भूकम्पको १०औँ स्मृति दिवसको अवसरमा आज बारपाकमा ‘भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी’ गरिएको छ । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएको ७ दशमलव ८ म्याग्निच्यूडको विनाशकारी गोरखा भूकम्पको स्मृति दिवस पारेर पत्रकार प्रकाश तिमिल्सिनाको फोटो प्रदर्शन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’… Continue reading बारपाकमा गोरखा भूकम्पसम्बन्धी एकल फोटो प्रदर्शनी

बङ्गुर पालेर एक युवाले देखाएको नेपालमै स्वरोजगार र आत्मनिर्भरको बाटो

१२ वैशाख, म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका छन् । मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय विमल सापकोटा व्यावसायिक बङ्गुरपालनबाट स्वरोजगार र आत्मनिर्भर बनेका छन् । “कुखुरापालनमा असफल भएपछि चार वर्षअघि रु १५ लाख लगानीमा बिएनबी कृषि तथा पशुपन्छी फार्म खोलेर बङ्गुर… Continue reading बङ्गुर पालेर एक युवाले देखाएको नेपालमै स्वरोजगार र आत्मनिर्भरको बाटो

सवारी दुर्घटनाको कहर : लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना–३६ को मृत्यु

file

१२ वैशाख, दाङ । लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए । फागुनभन्दा चैतमा भने दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । फागुनमा ३९ जनाको मृत्यु भएको थियो । दुर्घटनाबाट रूपन्देही र… Continue reading सवारी दुर्घटनाको कहर : लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना–३६ को मृत्यु

विकासमा वेथिति : बेनी–दरवाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र

१२ वैशाख, म्याग्दी । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र भएको छ । चौबिस किलोमिटर लामो यो सडकको स्तरोन्नति आठ वर्षअघि थालिएको हो । पूर्वाधार विकास कार्यालयका अनुसार रु ४५ करोडको लागतमा बेनीबाट मङ्गला गाउँपालिका–२ सिमसम्म १२ दशमलव पाँच किलोमिटर र रु १० करोड ७०… Continue reading विकासमा वेथिति : बेनी–दरवाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र

भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा

प्रगति ढकाल/रासस १२ वैशाख, काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो । भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन । राजधानीका गल्लीगल्लीमा,… Continue reading भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा

बजेट अधिवेशन आजबाट, प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै

१२ वैशाख, काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनेछन् । बैठकमा प्रतिनिधिसभा नियमावली,… Continue reading बजेट अधिवेशन आजबाट, प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै