जहाज छूटेका अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट सार्दा थप शूल्क नलाग्ने

Getty Images

प्रतिकुल मौसकका कारण आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडान उडान छुटेका यात्रुले टिकटको मिति सार्दा शुल्क नलाग्ने भएको छ । यसको व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । शनिबार पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकको तत्काल उद्धार गर्ने र… Continue reading जहाज छूटेका अन्तर्राष्ट्रिय उडानका यात्रुले टिकट सार्दा थप शूल्क नलाग्ने

काठमाडौं जोड्ने सबै नाका पहिरोका कारण अवरुद्ध, टुट्यो सम्पर्क

file

काठमाडौं । पछिल्लो दुई दिनयताको अविरल वर्षाका कारण देशभर मूख्य राष्ट्रिय राजमार्गमा ठूलो क्षति भएको छ । राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मूख्य राजमार्गमै बाढी र पहिरोले क्षति गरेको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । सडक विभागका अनुसार शनिबार साँझसम्म उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने सबै नाका ठप्प भएका छन् । अहिलेसम्म… Continue reading काठमाडौं जोड्ने सबै नाका पहिरोका कारण अवरुद्ध, टुट्यो सम्पर्क

बाढी–पहिरोले नेपालमा व्यापक मानवीय क्षति

काठमाडौं । बाढी पहिरोका कारण काठमाडौं उपत्यकासहित देशभर व्यापक मानवीय क्षति भएको छ । काठमाडौंका तीन जिल्लामा मात्र ३४ जनाको मृत्यु भएको छ ।काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी विनोद घिमिरेले बताएका छन् । १७ जना घाइते… Continue reading बाढी–पहिरोले नेपालमा व्यापक मानवीय क्षति

शनिबारसम्म सबै आन्तरिक उडान स्थगित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ । प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो । ‘प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ,’ प्राधिकरणको… Continue reading शनिबारसम्म सबै आन्तरिक उडान स्थगित

कुलेखानी भरिनै लाग्यो, तटिय क्षेत्रमा सचेत रहन आह्वान

काठमाडौं । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल) भरिनै लागेको भन्दै प्रशासनले सचेत गराएको छ । कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टका अनुसार अबको केही घण्टामै कुलेखानी जलाशय भरिने सम्भावना छ । कुलेखानी जलविद्युत आयोजना समुद्री सतहबाट १ हजार ५३० मिटरको तहमा भरिन्छ । अहिले १ हजार ५२६ मिटरको… Continue reading कुलेखानी भरिनै लाग्यो, तटिय क्षेत्रमा सचेत रहन आह्वान

नारायणगढ–मुग्लिन सडकमा आज रातभर सवारी चलाउन रोक

काठमाडौं । अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोकिने भएको छ ।जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको जनाएको छ । समितिका संयोजक… Continue reading नारायणगढ–मुग्लिन सडकमा आज रातभर सवारी चलाउन रोक

आज विश्व पर्यटन दिवस, विश्वभर मनाइदै

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस… Continue reading आज विश्व पर्यटन दिवस, विश्वभर मनाइदै

कुन-कुन नदीमा छ आज देशभर जोखिम ?

file

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो ।… Continue reading कुन-कुन नदीमा छ आज देशभर जोखिम ?

अर्थमन्त्री र चिनियाँ उपप्रधानमन्त्रीबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाईस प्रिमियर) दिङ स्वेयस्याङ् बीच बेइजिङस्थिति ग्रेट हलमा भेटवार्ता भएको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको सहायताप्रति धन्यवाद दिँदै नेपालको आवश्यकता एवम् विशेषता अनुरुप भौतिक पूर्वाधार, आर्थिक समृद्धि र मानवीय विकासका क्षेत्रमा थप सहयोग गर्न आग्रह गरे… Continue reading अर्थमन्त्री र चिनियाँ उपप्रधानमन्त्रीबीच भेट, के भयो कुराकानी ?

मुद्रास्फीति ५ प्रतिशत भन्दा तल, गैरखाद्यमा छैन धेरै मूल्यवृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशतमा सीमित रहेको देखिएको छ । अघिल्लो वर्ष साउनमा मुद्रास्फीति ७.५२ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि बढी भए पनि गैरखाद्य समूहको मूल्य कम बढ्दा मुद्रास्फीति नियन्त्रणमा देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको… Continue reading मुद्रास्फीति ५ प्रतिशत भन्दा तल, गैरखाद्यमा छैन धेरै मूल्यवृद्धि

विदेशी विनिमय सञ्चिति २१ खर्ब नजिक

काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन २०८१ सम्म २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर विदेशी विनियम सञ्चिति पुगेको हो । असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ थियो । एक महिनामा २।५ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको छ… Continue reading विदेशी विनिमय सञ्चिति २१ खर्ब नजिक

एक महिनामै भित्रियो झण्डै १३७ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) मै १ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडा अनुसार साउनमा भित्रिएको यो रेमिट्यान्स अघिल्लो आव साउनको तुलनामा १८ प्रतिशत धेरै हो । अमेरिकी डलरमा विप्रेषण १ अर्ब २ करोड भित्रिएको छ । अघिल्लो वर्ष… Continue reading एक महिनामै भित्रियो झण्डै १३७ अर्ब रेमिट्यान्स

चीन भ्रमणमा रहेका अर्थमन्त्रीले के भने ?

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउन यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दीगो एवम् भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको र यस क्षेत्रमा नेपालले काम गरिरहेको बताए । नेपालको भौगोलिक… Continue reading चीन भ्रमणमा रहेका अर्थमन्त्रीले के भने ?

एडीबीको प्रपेक्षण : नेपालको अर्थतन्त्र सुधारोन्मुख

काठमाडौं । नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्ने क्रममा एडीबीले चालु आर्थिक बर्ष २०८१\८२ मा नेपालको अर्थतन्त्र ४।९ प्रतिशतले विस्तार हुने बताएको हो । साथै सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत पुग्ने अनुमान समेत गरेको छ । यसअघि अप्रिल २०२४… Continue reading एडीबीको प्रपेक्षण : नेपालको अर्थतन्त्र सुधारोन्मुख

दशैंमा बसका टिकट अनलाइनबाटै काट्न सकिने, दैनिक ४० हजार टिकट बुक गर्ने क्षमता

काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको जनाएको छ । अहिले काठमाडौंबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्य र पोखराबाट नेपालका सबै प्रमुख सहरमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको कम्पनीले जनाएको छ । बस व्यवसायी र… Continue reading दशैंमा बसका टिकट अनलाइनबाटै काट्न सकिने, दैनिक ४० हजार टिकट बुक गर्ने क्षमता

दशैलाइ अग्रिम बुकिङ १२ गतेबाट खुल्ने

दशैका लागि सवारी साधनको अग्रिम बुकिङ १२ असोजबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा मङ्गलबार बसेको सरोकारवालाको बैठकले अग्रिम बुकिङ खुलाउने निर्णय गरेको हो । बैठकले सकेसम्म अनलाइनबाट बुकिङ गर्ने व्यवस्था मिलाउन समेत व्यवसायीलाई आग्रह गरेको छ । घटस्थापनादेखी पुर्णिमासम्म देशैभर रुटपरमिट खुला गरिएको छ । लापसे र मापसे गरेर सवारी चलाउन रोक लगाइएको… Continue reading दशैलाइ अग्रिम बुकिङ १२ गतेबाट खुल्ने

मेलम्ची भ्रष्टाचार : दोषि ठहरिएकालाई ८ वर्ष कैद

काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष गजेन्द्र कुमार ठाकुरलाई ८ वर्ष कैद सजाय तोकेको छ । मेलम्ची भ्रष्टाचारको आरोपमा दुई साताअघि पाँच जनालाई दोषी ठहर गरेको विशेष अदालतले ठाकुरलाई आठ वर्षमा थप एक महिना कैद सहित १० करोड १० लाख जरिवाना गरेको हो । अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र… Continue reading मेलम्ची भ्रष्टाचार : दोषि ठहरिएकालाई ८ वर्ष कैद

अर्थ मन्त्री पौडेल चीन जाँदै

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार राति चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ । उनले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एन्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ । अर्थमन्त्री… Continue reading अर्थ मन्त्री पौडेल चीन जाँदै

झण्डै २ अर्ब लगानीमा बूढानीलकण्ठमा लक्जरी रिसोर्ट बन्दै

काठमाडौं । युरोपेली चेन होटल ब्रान्ड लुभ्र होटल्स ग्रुप अन्तर्गतको लक्जरी ब्रान्ड ‘रोयल ट्युलिप’ ले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ । क्लासिक भ्यु रिसोर्ट लिमिटेडले काठमाडौं बूढानीलकण्ठमा निर्माण गरिरहेको रिसोर्ट व्यवस्थापन सरोवर होटल्सले गर्ने भएको हो । दक्षिण एसियामा रोयल ट्युलिपको व्यवस्थापन सरोवर होटल्सले गर्ने गर्छ । यसले नेपाललाई विश्व लक्जरी बजारमा महत्त्वपूर्ण… Continue reading झण्डै २ अर्ब लगानीमा बूढानीलकण्ठमा लक्जरी रिसोर्ट बन्दै

जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्दै

Photo : Gorakhapatra

काठमाडौं । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान गर्ने भएको छ । जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युल स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा पुनः नियमित उडान गर्न लागेको बताएको छ । प्राधिकरणले जजिरासँग विमानस्थल सञ्चालन हुने समय भित्रको सेड्युल मागेको थियो । सोही अनुसार जजिराले जजिराले अनुमतिका… Continue reading जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्दै

सहकारी ठगी प्रकरण : रविका साझेदार छवि पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका हुन् । उनी सहकारी ठगिमा मुछिएका पुर्वगृहमन्त्री रवि लामिछानेका साझेदार हुन । उनी गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक हुन् । उनी काठमाडौंको शङ्खमुलबाट पक्राउ गरेको हो ।

अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको मूल्यमा गिरावट

काठमाडौं । शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ। नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ। शुक्रबार यसको मूल्य एकको खरिददर १३३ रुपैयाँ ६० पैसा र… Continue reading अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको मूल्यमा गिरावट

सहकारी छानविन समितिको प्रतिवेदन सार्वजनिक, रविले झुट बोलेको निष्कर्ष

काठमाडौं । सहकारी छानबिन समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले गलत कुरा बताएको निष्कर्ष निकालेको छ । समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोवारमा जिवी राई नै जिम्मेवार हुने गरेको भनी उनले बयान दिएका थिए । तर, आर्थिक कारोवार हेर्दा रवि लामिछाने नै कारोवारमा संलग्न रहेको भन्दै समितिले उनको बयान यथार्थपरक नभएको निष्कर्ष निकालेको… Continue reading सहकारी छानविन समितिको प्रतिवेदन सार्वजनिक, रविले झुट बोलेको निष्कर्ष

इपीएस कोरियामा उत्पादनमुलकतर्फको रिजल्ट, ८ हजार भन्दा धेरै पास

काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले उत्पादनमुलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल (सीप) र कम्पिटेन्सी (प्रतिस्पर्धी क्षमता) टेस्टको नतिजा सार्वजनिक गरेको छ । यो परीक्षामा ८ हजार १५१ जना परीक्षार्थी पास भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको भएको समझदारीअनुरुप रोजगार अनुमति… Continue reading इपीएस कोरियामा उत्पादनमुलकतर्फको रिजल्ट, ८ हजार भन्दा धेरै पास

गोर्खा मिडियामा रविको तलव मासिक ६ लाख माथि

काठमाडौं । गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षमा १ करोडभन्दा बढी तलब बुझेका छन् । सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनका अनुसार लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल १ करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको पाइएको छ । आर्थिक वर्ष २०७७\७८मा लामिछानेको गोर्खा… Continue reading गोर्खा मिडियामा रविको तलव मासिक ६ लाख माथि

काठमाडौं छिर्ने सडक घटस्थापना अगाडी मर्मत गरिसक्ने सहमति

काठमाडौं । नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिन तीन वटै तहका सरकार र निर्माण व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो । आयोजनामा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्षबीच सहमती भएको हो । भौतकमन्त्री… Continue reading काठमाडौं छिर्ने सडक घटस्थापना अगाडी मर्मत गरिसक्ने सहमति

घटस्थापना अगाडी नै मेलम्चीको पानी काठमाडौं फर्काउने तयारी

काठमाडौं । दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने भएको छ। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। दशैंअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ। मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौँमा जतिसक्दो… Continue reading घटस्थापना अगाडी नै मेलम्चीको पानी काठमाडौं फर्काउने तयारी

चाडबाडका लागि सुपथ मूल्यका पसल आजबाट सञ्चालन

काठमाडौं । सरकारले दशैं सहित चाडपर्व लक्षित गरेर बिहीबारदेखि सहुलियत पसल सञ्चालन गरेको छ । ४२ जिल्लाका ६३ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । सहुलियत पसल सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २३ भदौमा निर्णय गरेको थियो । उपत्यकाका चार स्थान थापाथली, रामशाहपथ,… Continue reading चाडबाडका लागि सुपथ मूल्यका पसल आजबाट सञ्चालन

भक्तपुरमा अत्याधुनिक विर अस्पताल निर्माण प्रक्रिया अगाडी बढाउने तयारी

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रूपमा प्रस्ताव आह्वान… Continue reading भक्तपुरमा अत्याधुनिक विर अस्पताल निर्माण प्रक्रिया अगाडी बढाउने तयारी

कस्तो बन्यो सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम ?

काठमाडौं । सत्तारुढ कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । कार्यदलले बुधबार प्रधानमन्त्रीलाई न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्ले अनुमोदन गरेर सार्वजनिक हुने नेताहरुले बताएका छन् । न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यललमा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत थिए ।… Continue reading कस्तो बन्यो सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम ?