तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौँ, ७ माघः स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको छ… Continue reading तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

हेमन्त जोशी/रासस काठमाडौँ, ७ माघः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन् । विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा… Continue reading लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

पुनः उच्च विन्दुमा पुग्यो अमेरिकी डलरको मूल्य

४ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९… Continue reading पुनः उच्च विन्दुमा पुग्यो अमेरिकी डलरको मूल्य

आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

काठमाडौँ, माघ ३ गते । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ७ मा वार्षिक बजेट… Continue reading आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा घटाएको मूल्य विहीबार मध्यरात १२ बजेदेखि लागू भएको छ । निगम सञ्चालक समितिको पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाउने निर्णय गरेको थियो । यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर एक–एक रुपैयाँले घटाइएको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो

निरन्तर कीर्तिमानी मूल्यमा सुनचाँदी

काठमाडौँ, ३० पुसः स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७८ हजार र त्यति नै चाँदीको मोल रु पाँच हजार ६५५ कायम भएको छ । मङ्गलबार एक… Continue reading निरन्तर कीर्तिमानी मूल्यमा सुनचाँदी

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौँ, ३० पुसः नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने जानकारी गराएको हो । फिडरको भार (लोड) मिलाउन… Continue reading काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त, मन्त्रिपरिषद्का अन्य निर्णय के के

काठमाडौँ, २९ पुस । सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल (बाजुरा)लाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई सो पदमा नियुक्त गरेको हो । आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता जगदीश खरेलले आगामी माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने कृषि विकाससम्बन्धी कार्यक्रममा भाग लिनका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारलाई… Continue reading प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त, मन्त्रिपरिषद्का अन्य निर्णय के के

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ, २९ पुस ः अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना… Continue reading अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द

file

चौतारा, २८ पुसः चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको हो । आइतबार राति न्यालम र खासाको मध्यभागसहित ‘छोबिन’ क्षेत्रमा सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा नआएपछि नाका बन्द गर्ने निर्णय… Continue reading खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द

तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग, समृद्धितर्फ उन्मुख डाँडापारि

धुलिखेल, २८ पुसः काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको छ । जिल्लाको विकट डाँडापारि क्षेत्रमा रहेको महाभारत र खानीखोला गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले यो मार्ग निर्माण भइरहेको छ । बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिन्थलीबाट रजबास हुँदै डाँडापारिस्थित महाभारत गाउँपालिकाको चारकिल्ला–तीनखुट्टे–देवीटार–घर्तिछाप–गोकुले–छोटेसाहन र खानीखोलाको तालढुङ्गा भएर मकवानपुर जिल्लाको भोर्लेनी–झुरझुरे हुँदै मदनभण्डारी लोकमार्ग जोड्ने… Continue reading तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग, समृद्धितर्फ उन्मुख डाँडापारि

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाखमा झारियो

काठमाडौँ २६ पुसः आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाख बराबरको हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सो व्यवस्था गरिएको छ । रु पाँच लाखभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ । कुनै फर्म,… Continue reading माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाखमा झारियो

अब क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

काठमाडौँ २६ पुसः क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम खर्च गरे उनीहरुको विवरण सङ्कलन गरेर राख्नुपर्ने भएको छ । पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको जनाएको छ । क्यासिनोमा हुने कारोबारलाई पारदर्शी र कानुनसम्मत् बनाउने उद्देश्यका साथ उक्त व्यवस्था गरिएको विभागको प्रष्टोक्ति छ । सम्पत्ति… Continue reading अब क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने

२८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति

काठमाडौँ, २६ पुसः मुलुकमा कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब ६६ अर्ब ४७ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार, गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तमा १८ दशमलव सात प्रतिशतले बृद्धि भई रु २८ खर्ब ६६ अर्बभन्दा… Continue reading २८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति

पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्बबराबरको विदेशी मुद्रा

काठमाडौँ, २५ पुस । पछिल्लो पाँच महिनामा विदेशी मुद्राको सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्ममा रु पाँच खर्ब २३ अर्ब ७९ करोडबराबरको विदेशी मुद्रा सञ्चित भएको हो । राष्ट्र बैंकका… Continue reading पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्बबराबरको विदेशी मुद्रा

अमेरिकी व्यापार घाटा सन् २००९ पछि सबैभन्दा न्यून

File : (Photo by AFP) / China OUT

वासिङ्टन, २५ पुस (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सामानमा अतिरिक्त करवृद्धि गर्ने नीतिका कारण सामानको आयातमा कमी आएसँगै अमेरिकी व्यापार घाटा अक्टोबरमा तीव्र र अप्रत्याशित रूपमा घटेको देखिएको छ । यो सन् २००९ पछिको सबैभन्दा न्यून स्तरमा पुगेको अमेरिकी सरकारी तथ्याङ्कले देखाएको छ । वाणिज्य विभागका अनुसार अक्टोबरमा कुल व्यापार घाटा ३९ प्रतिशतले… Continue reading अमेरिकी व्यापार घाटा सन् २००९ पछि सबैभन्दा न्यून

अमेरिकी डलरको मूल्य पुनः हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ, २५ पुस । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको… Continue reading अमेरिकी डलरको मूल्य पुनः हालसम्मकै उच्च बिन्दुमा

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरणमा कडाई गरिँदै

काठमाडौँ, २५ पुस । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ ।विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । विभागले त्यसका अलावा अन्य सुधारात्मक निर्देशनसमेत दिएको छ । उपभोक्ता संरक्षण… Continue reading चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरणमा कडाई गरिँदै

निर्वाचन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

रासस

काठमाडौँ, २५ पुस । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १० हजार तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध… Continue reading निर्वाचन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

त्रिवेणी (नवलपरासी), २४ पुसः निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो । एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको थियो । तर पटक पटक म्याद थप पछि… Continue reading आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

पदमा रहुञ्जेल देश र जनतालाई केन्द्रमा राखेर काम गरेँ : घिसिङ

काठमाडौँ, २३ पुस । मन्त्री पदबाट राजिनामा दिनुभएका कुलमान घिसिङले आफूले पदमा रहँदा देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रयास गरेको बताएका छन् । मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले समयको दृष्टिले अवधि छोटो भए पनि महत्त्वपूर्ण नीतिगत सुधारको बलियो जग बसालिएको बताए । “इमान्दार प्रयास गरिए परिवर्तन सम्भव हुन्छ… Continue reading पदमा रहुञ्जेल देश र जनतालाई केन्द्रमा राखेर काम गरेँ : घिसिङ

ऊर्जामन्त्री घिसिङले दिए राजीनामा

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामापत्र बुझाउनुहुँदै । तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस

काठमाडौँ, २३ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा पुगी मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए । त्यसक्रममा प्रधानमन्त्री कार्कीले साढे तीन… Continue reading ऊर्जामन्त्री घिसिङले दिए राजीनामा

अफगानिस्तानमा सुन खानी विवादमा झडप, धेरै हताहत

file

अफगानिस्तान, (रासस\एएफपी)।उत्तरी अफगानिस्तानको तखर प्रान्तमा सुन खानीको कामलाई लिएर स्थानीय बासिन्दा र खानी कम्पनीका कर्मचारीबीच भएको झडपमा केही व्यक्तिको मृत्यु भएको तालिबान अधिकारीले मङ्गलबार पुष्टि गरेका छन् । खानी तथा पेट्रोलियम मन्त्रालयका प्रवक्ता हुमायूँ अफगानका अनुसार चाह अब जिल्लामा भएको झडपले मानवीय र आर्थिक दुवै प्रकारको क्षति पुगेको छ । मन्त्रालयको प्रतिनिधिमण्डललाई घटनास्थलमा अनुसन्धानका लागि… Continue reading अफगानिस्तानमा सुन खानी विवादमा झडप, धेरै हताहत

कानुन मिचेर रकमान्तर

RSS

हेमन्त जोशीराससकाठमाडौँ, २३ पुस । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ । तर उक्त नियमावली विपरीत सरकारले गत असोज मसान्तसम्ममा करिब रू २९ करोड रकमान्तर गरिसकेको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार यो अवधिसम्ममा विषयगत मन्त्रालयहरुले रू १६ करोड… Continue reading कानुन मिचेर रकमान्तर

मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत

काठमाडौँ, २२ पुस । सरकारले नेपाल प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । यही पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० को अनुसूची संशोधन भएको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलका अनुसार… Continue reading मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत

नेप्से परिसूचक नौ अङ्कले बढ्यो

काठमाडौँ, २२ पुसः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९३ अङ्कले बढेर दुई हजार ६४९ दशमलव ३० को बिन्दुमा कायम भएको छ ।आज ३३४ कम्पनीको एक करोड ४८ लाख ३१ हजार २४१ कित्ता शेयर ८८ हजार ३६२ पटक खरिदबिक्री हुँदा रु सात अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ बराबरको कारोबार भएको हो… Continue reading नेप्से परिसूचक नौ अङ्कले बढ्यो

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ, २२ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र… Continue reading अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री डा परियारलाई

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा मदनप्रसाद परियार काठमाडौँको भृकुटीमण्डपमा मङ्गलबार प्रथम राष्ट्रिय च्याउ दिवसका अवसरमा आयोजित च्याउ मेला तथा परिकार महोत्सवमा प्रदर्शनीमा राखिएका विभिन्न प्रकारका च्याउ अवलोकन गर्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, २१ पुस । प्रधानमन्त्री सुशीला कार्कीले खानेपानी मन्त्रालयको कार्यभार कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारलाई तोकेकी छिन् । प्रधानमन्त्री कार्कीले गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाली आउनुभएको खानेपानी मन्त्रालयको कार्यभार मन्त्री डा परियारलाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, २० पुस । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको हो । आज ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक… Continue reading नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्च सीमा तोकियो

रासस

काठमाडौँ, १९ पुसः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम रु ३३ लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापमा सबैभन्दा बढी खर्च गर्न पाउनेछन् । यसैगरी काभ्रेपलान्चोकका दुइवटै निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोरखाको एक,… Continue reading निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्च सीमा तोकियो