काठमाडौं । नेपाललाई भारतको बिहारबाहेक अन्य राज्यमा समेत विद्युत निर्यात गर्ने बाटो खुलेको छ । नेपाल–भारतबीचको विद्युत आदानप्रदान समितिको पावर एक्सचेन्ज कमिटी बैठकले अन्य राज्यमा पनि विद्युत निर्यात गर्ने बाटो खोलेको हो । नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने बैठकको निर्णयसँगै विद्युत निर्यात बिस्तारको बाटो खुलेको हो ।… Continue reading भारतका सबै राज्यमा नेपालको विद्युत निर्यात गर्ने बाटो खुला
Category: अर्थतन्त्र
सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसीलाई
काठमाडौं । लगानी बोर्डको कार्यालयले भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई ४५० मेगावाटको सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र दिएको छ । बोर्डले डोटी र अछाम जिल्लामा निर्माण हुने आयोजनाको अनुमतिपत्र जारी गरेको हो । बिहीबार बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले एनएचपीसीका उपमहानिर्देशक अशोककुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेका हुन् । बोर्डले ३ महिनाभित्र आयोजना अध्ययन गरी… Continue reading सेती नदी–६ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसीलाई
बीपीडब्ल्यू लघुवित्तको आइपीओ बाँडफाँड
काठमाडौं । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँडफाँड भएको छ । लघुवित्तको आइपीओ शुक्रबार बिहान ११ बजे बाँडफाँड गरिएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । लघुवित्तको आइपीओमा १४ लाख ५९ हजार ७८४ आवेदकले कुल १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत… Continue reading बीपीडब्ल्यू लघुवित्तको आइपीओ बाँडफाँड
बेलायतले नेपाललाई १४ अर्ब अनुदान दिने
काठमाडौं । बेलायतले नेपालको स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि १४ अर्ब ४ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । अर्थ मन्त्रालयमा बिहीबार नेपालका लागि बेलायती राजदूत निकोला पोलिट तथा अर्थसचिव तोयम रायाबीच यससम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भयो । कार्यक्रममार्फत १७ लाख मानिस लाभान्वित हुने जनाइएको छ । बेलायत र नेपालबीच पूर्वाधार निर्माण, मर्मतसम्भार र… Continue reading बेलायतले नेपाललाई १४ अर्ब अनुदान दिने
झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २५८ कम्पनीको १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँ बराबरको ३४ लाख २ हजार २६७ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा… Continue reading झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
डीडीसीले बढायो दुधको मूल्य
काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ । संस्थानले बिहीबारदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाउने भएको छ । डीडीसीका महाप्रवन्धक सन्जिव सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिएका छन् । उनका अनुसार बुधबारदेखि नै किसानले बढेको मूल्य… Continue reading डीडीसीले बढायो दुधको मूल्य
बजेट घाटा डेढ खर्ब नाघ्यो, पूँजीगत खर्च २२ प्रतिशत मात्रै
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ। फागुन मसान्तसम्म सरकारले सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व सङ्कलन भने छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु आवको फागुन मसान्तसम्मको… Continue reading बजेट घाटा डेढ खर्ब नाघ्यो, पूँजीगत खर्च २२ प्रतिशत मात्रै
‘देशको अर्थतन्त्र बिग्रियो भन्दै आत्तिइहाल्नुपर्ने परिस्थिति पनि छैन’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र अहिले सहज नभएपनि आत्तिइहाल्नुपर्ने अवस्था भने नरहेको बताएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ वार्षिक साधारणसभाका अवसरमा उनले गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा कतै मुलुक आर्थिक संकटमा परिहाल्ने हो कि, भन्ने लागेपनि अहिले त्यस्तो अवस्था नआएको बताएका हुन् । बाह्य क्षेत्र… Continue reading ‘देशको अर्थतन्त्र बिग्रियो भन्दै आत्तिइहाल्नुपर्ने परिस्थिति पनि छैन’
२७ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ६ खर्ब ९० अर्ब भित्रियो
काठमाडौं । नेपालमा पछिल्लो ७ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको तथ्यांकले यस्तो देखाएको हो । नेपालमा माघ महिनामा मात्र १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको छ। चालू आर्थिक वर्षको माघसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ। अघिल्लो… Continue reading २७ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ६ खर्ब ९० अर्ब भित्रियो
१०२ मेगावाटको मध्य भोटेकोशी निर्माणको अन्तिम चरणमा, यसै आवमा सकिने
काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको… Continue reading १०२ मेगावाटको मध्य भोटेकोशी निर्माणको अन्तिम चरणमा, यसै आवमा सकिने
सिंगापुरका व्यापारीसँग विनोद चौधरीले भने : नेपाल ठूलो सम्भावना बोकेको मुलुक हो
काठमाडौं । नेपालमा लगानीको अवसर र सम्भावनाबारे अध्ययन गर्न सिंगापुरका युवा उद्यमीहरूको टोली काठमाडौं आएको छ। योङ प्रेजिडेन्ट अर्गनाइजेसन ९वाइपिओ०, सिंगापुर शाखाका तर्फबाट पहिलोपटक नेपाल भ्रमणमा आएको टोलीमा सिंगापुरका ४० जना युवा लगानीकर्ता तथा प्रमुख कार्यकारी सामेल छन्। उनीहरू आइतबारसम्म यहाँ बस्ने छन्। टोलीमा सिंगापुरको उड्डयन, वित्तीय, प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, हस्पिट्यालिटी, खानी लगायत क्षेत्रमा काम… Continue reading सिंगापुरका व्यापारीसँग विनोद चौधरीले भने : नेपाल ठूलो सम्भावना बोकेको मुलुक हो
सहकारी व्यवस्थापकको गोष्ठी शुरु,वित्तीय अनुशासनमा केन्द्रित हुने प्रतिवद्धता
काठमाडौं । सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रियगोष्ठी शुरु भएको छ । बुधबारदेखि काठमाण्डुमा सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा भएको गोष्ठीमा वक्ताहरुले सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सुझाव दिए । सञ्चालकहरुले बदमासी गरे त्यसको प्रतिवाद व्यवस्थापकहरुले गर्नुपर्ने समेत वक्ताहरुले… Continue reading सहकारी व्यवस्थापकको गोष्ठी शुरु,वित्तीय अनुशासनमा केन्द्रित हुने प्रतिवद्धता
निगमको एयरबसमा चालक दलका सदस्य सबै महिला, विमानस्थलमा पर्यटनमन्त्रीको स्वागत
काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक महिलाहरू मात्रै रहेको चालक दलले राष्ट्रिय ध्वजावाहक एअरबस ३२० नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेकाे छ । दुईजना महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै निगमको एयरबस ए–३२० जहाज शनिबार काठमाडौंबाट दुबई गएको थियो। पाइलटद्वय भावना पन्त गिरी र सिर्जना राउतको चालक दलले नेपाल–दुबई र दुबई–नेपालको सफल उडान… Continue reading निगमको एयरबसमा चालक दलका सदस्य सबै महिला, विमानस्थलमा पर्यटनमन्त्रीको स्वागत
सिचुवान एयरलाइन्सले पुनः सुरु गर्दै काठमाडौं उडान, मेलवर्न र नारिता जाने भाडा कति ?
काठमाडौं । चीनको हवाई कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण २०७८ माघ अन्तिमदेखि काठमाडौँ उडान बन्द गरेको सिचुवानले यही चैत ६ गतेदेखि पुनः उडान सुचारु गर्न लागेको हो । कम्पनीले चीनको चेङ्दुबाट सोमबार, बुधबार, शुक्रबार र आइतबार गरेर साताको चार उडान गर्न लागेको जनाएको छ… Continue reading सिचुवान एयरलाइन्सले पुनः सुरु गर्दै काठमाडौं उडान, मेलवर्न र नारिता जाने भाडा कति ?
एमसीए नेपालले थाल्यो जग्गा प्राप्ति प्रक्रिया
काठमाडौं । मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले परियोजना कार्यान्वयन गर्न जग्गा प्राप्तिको प्रक्रिया थालेको छ । एमसीएद्वारा सञ्चालित विद्युत प्रसारण आयोजना अन्तर्गत तनहुँ, पाल्पा र धादिङमा जग्गा प्राप्तिको प्रक्रिया थालेको हो । यो आयोजना अमेरिकी अनुदान सहयोगमा सञ्चालन हुँदैछ । एमसीए नेपालले मंगलबार जग्गा प्राप्तिका लागि सूचना प्रकाशित गरेको छ ।… Continue reading एमसीए नेपालले थाल्यो जग्गा प्राप्ति प्रक्रिया
वित्तीय क्षेत्रका समस्या समाधानमा प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीहरूको समाधान उच्चस्तरीय संयन्त्र बनाएर गर्ने प्रतिबद्धता जनाएका छन् । आइतवार आर्थिक तथा बैंक, वित्तीय क्षेत्रका समसामयिक विषयमा राष्ट्र बैंकका गभर्नर र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर… Continue reading वित्तीय क्षेत्रका समस्या समाधानमा प्रधानमन्त्रीको प्रतिवद्धता
रोकिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गत सोमबारदेखि ओरालो लागेको नेप्सले लगातार पाँचौ दिन सोही लय कायम राखेको हो । गत साता झन्डै ६० अंकले घटेको नेप्से आज एकैदिन ३० अंकले घटेको छ । सूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज सवा अर्बको सेयर किनबेच भएको छ । आइतबार नेप्से ३०.७७… Continue reading रोकिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
निजी क्षेत्रसँग प्रधानमन्त्रीले भने-‘बैंक तथा लघुवित्त क्षेत्रका समस्यालाई गम्भीर लिएका छौं’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव लगायत निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा… Continue reading निजी क्षेत्रसँग प्रधानमन्त्रीले भने-‘बैंक तथा लघुवित्त क्षेत्रका समस्यालाई गम्भीर लिएका छौं’
नारायणगढ–मुग्लिन सडक अब बन्द नगरिने
काठमाडौं । नारायणगढ(मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएको सडक खण्ड अब बन्द नहुने भएकोछ । आइतबारदेखि सडक बन्द नगरिने भएको हो । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान… Continue reading नारायणगढ–मुग्लिन सडक अब बन्द नगरिने
दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो
काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्याउने निर्णय गरेको हो । किसानले पाउने दूधको मूल्य लिटरमै ९ रुपैयाँले बढाउने निर्णय भएको हो । किसानको लागत बढेको भन्दै मूल्य बढाउन कृषि मान्त्रालयबाट आएको प्रस्ताव पछि सरकारले यस्तो निर्णय… Continue reading दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो
भारतबाट बढेर आयाे ग्यासको मूल्य, पेट्रोल र डिजेलकाे घट्याे
काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार डिजेल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ। यस्तै मट्टितेलमा प्रतिलिटर ३.४० रुपैयाँ… Continue reading भारतबाट बढेर आयाे ग्यासको मूल्य, पेट्रोल र डिजेलकाे घट्याे
कांग्रेस सांसद गुरुङ भ्रष्टाचार अभियोगमा दोषि ठहर
काठमाडौं । विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको हो ।भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । फैसलामा पूर्वमन्त्री… Continue reading कांग्रेस सांसद गुरुङ भ्रष्टाचार अभियोगमा दोषि ठहर
बजेटका धेरै कार्यक्रमको प्रगति शून्य : अध्ययन
काठमाडौं । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा चालु वर्षको ७ महिनामा शून्य प्रतिशत प्रगति देखिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अध्ययनले आर्थिक क्षेत्रहरुसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बुँदाका बजेटका नीति तथा कार्यक्रमहरुमा सन्तोषजनक प्रगति नभएको देखिएको हो । बजेटको प्रभावकारी कार्यान्वयनमा… Continue reading बजेटका धेरै कार्यक्रमको प्रगति शून्य : अध्ययन
सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा निर्देशक घिसिङले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुक्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताए। उनले सन् २०३५ सम्ममा नेपालमा ८… Continue reading सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ
झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)३.८१ अंकले घटेर २०१९.७३ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५९ कम्पनीको १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५रुपैयाँ बराबरको ३९ लाख ४६ हजार २४ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने
काठमाडौं । नागरिक उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यस्तो जानकारी गराए । सोमबार मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री किरातीले नागरिक उडड्यन तथा प्राधिकरण क्षेत्रमा महिलाहरु माथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी रहेको जानकारी गराएका… Continue reading उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने
सेवाग्राहीको बढी भिड हुने कार्यालय बिदाको दिन पनि खुल्ने
काठमाडौं । सरकारले सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय खुला राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालय जस्ता सेवाप्रहाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले सरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरु सार्वजनिक बिदाको दिन पनि… Continue reading सेवाग्राहीको बढी भिड हुने कार्यालय बिदाको दिन पनि खुल्ने
७ महिनामा पूर्वराष्ट्रपति यादव लिए उपचारका लागि २५ लाख रुपैयाँ
काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनामा सरकारले साढे ५ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । जसमा पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई औषधि उपचारका लागि २५ लाख रुपैयाँ निकासा गरेको छ । गएको कात्तिक ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट यादवको औषधि उपचारका लागि रकम निकासा गर्ने निर्णय गरिएको थियो । सो निर्णयानुसार मन्त्रालयले… Continue reading ७ महिनामा पूर्वराष्ट्रपति यादव लिए उपचारका लागि २५ लाख रुपैयाँ
ललितपुरका १० सहकारी खारेज,कारोबार नगर्न सार्वजनिक सूचना
काठमाडौं । लेखा परीक्षण प्रतिवेदन र साधारण सभाबारे विवरण नबुझाएको भन्दै ललितपुर महानगरपालिकाले ललितपुर क्षेत्रमा रहेका १० वटा सहकारी संस्थाको अनुमति खारेज गरेको छ। पाँच वर्षदेखि प्रतिवेदन नबुझाएको भन्दै उसले १० सहकारी खारेज गरेको सार्वजनिक सूचना निकालेको हो। महानगरले ‘सहकारी ऐन, २०७५’ अनुसार ५ वर्षभन्दा बढी समयदेखि लेखा परीक्षण र साधारण सभा नगर्ने तथा विवरण… Continue reading ललितपुरका १० सहकारी खारेज,कारोबार नगर्न सार्वजनिक सूचना
शेयर बजारले गर्याे कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)४.५५ अंकले बढेर २०२७.१९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २६२ कम्पनीको २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको ६५ लाख १५ हजार ८५२ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading शेयर बजारले गर्याे कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी