अर्थतन्त्रमा सकारात्मक सूचक देखिएका छन् : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् । राजधानीमा बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको बताएका हुन् । विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्यांक कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने… Continue reading अर्थतन्त्रमा सकारात्मक सूचक देखिएका छन् : अर्थमन्त्री

काठमाडौंमा सीप मेला गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा सीप मेला आयोजना गर्ने भएको छ। महानगरले २ हजार ८१ जनालाई एक महिने निःशुल्क तालिम दिन लागेको हो। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउन, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउन, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम… Continue reading काठमाडौंमा सीप मेला गर्दै काठमाडौं महानगरपालिका

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटएको छ । भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । निगम सञ्चालक समिति बैठकले पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाउने निर्णय भएको निगमले जनाएको… Continue reading डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने, अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्षको ६ खेखि ९ महिनाको वास्तविक आर्थिक क्रियाकलापको आकडा र आगामी ३ महिनामा हुने क्रियाकलापको प्रक्षेपणको आधारमा आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो । उपभोक्ता मूल्यमा ३.८७ प्रतिशतको वृद्धिदर भएपनि आधारभूत मूल्यमा भने ३.५४… Continue reading आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने, अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा पुगेको हो । यसदिन ३२० कम्पनीको ४ अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १ समूहको… Continue reading दोहोरो अंकले बढ्यो नेप्से

रारामा खुल्ने भयो लक्जरी रिसोर्ट

nepali times

काठमाडौं । स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन र नेपाली लगानीमा रिसोर्ट खुल्ने भएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । काठमाडौँमा आइतबारदेखि सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल… Continue reading रारामा खुल्ने भयो लक्जरी रिसोर्ट

भारत भ्रमण रद्द गरी चीन लागे एलन मस्क

The aircraft which flew Tech billionaire and Tesla CEO Elon Musk to Beijing is seen at Beijing airport on April 29, 2024. Musk -- one of the world's richest people -- arrived in China on April 28 on his second trip in less than a year to the world's biggest market for electric vehicles. (Photo by GREG BAKER / AFP)

काठमाडौं । आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवम् टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गर्न एक विमानमा सवार भएका छन् । एक वर्षभन्दा पनि कम समयमा आफ्नो दोस्रो चीन भ्रमणका क्रममा आइतबार मस्क बेइजिङ पुगेका हुन् । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार बजार चीनमा आफ्नो कम्पनीको… Continue reading भारत भ्रमण रद्द गरी चीन लागे एलन मस्क

चिनियाँ कम्पनीले नेपालमा विद्युतीय गाडी बनाउने, ३ अर्ब लगानी सम्झौता

काठमाडौं । चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा विद्युतीय गाडी उत्पादनका लागि ३ अर्ब रूपैयाँ वैदेशिक लगानी गर्ने सम्झौता गरेको छ।यो कम्पनीले लगानी सम्मेलनको अवसर पारेर नेपालको कोशी एनके मोटर्ससँगको सहकार्यमा वार्षिक ५००० थानभन्दा बढी गाडी उत्पादन गर्ने योजना सार्वजनिक गरेको हो। कम्पनीले सुरूमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने चार पांग्रे सवारीसाधन उत्पादनमा जोड दिने… Continue reading चिनियाँ कम्पनीले नेपालमा विद्युतीय गाडी बनाउने, ३ अर्ब लगानी सम्झौता

सम्पन्न भयो लगानी सम्मेलन, के भयो उपलब्धी

काठमाडौं । नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । आइतबार उद्घाटन भएको सम्मेलनमा ८ सय विदेशीसहित २५ सय भन्दा धेरै पाहुना सहभागी भएका थिए । नेपाल लगानीकर्ताका लागि उपयुक्त थलो हो भन्ने सन्देश प्रवाहका लागि यो सम्मेलन फलदायी भएको सरकारको दावि छ । तर, ठूला परियोजनामा लगानीकर्ता… Continue reading सम्पन्न भयो लगानी सम्मेलन, के भयो उपलब्धी

मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं ल्याउने सवस्टेशन तयार

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्‍दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गरिएको छ । आइतबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ निर्माण गरिएको सबस्टेसन परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गरेका हुन् । काठमाडौं उपत्यकामा विद्युत्… Continue reading मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं ल्याउने सवस्टेशन तयार

तेस्रो लगानी सम्मेलनको पहिलो दिन के के भयो ?

काठमाडौं । तेस्रो लगानी सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । १ हजार ४ सयभन्दा धेरै पाहुना सहभागी सम्मेलनमा सहभागी उच्च पदस्थ अधिकारी, राजनीतिक दलका नेतृत्व र निजी क्षेत्रका प्रतिनिधिले नेपाल लगानीका लागि उपयुक्त स्थल भएको सन्देश प्रवाहमा अधिकतम समय खर्चिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले… Continue reading तेस्रो लगानी सम्मेलनको पहिलो दिन के के भयो ?

‘नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्’- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आइतबार काठमाडाैंमा उद्घाटन गर्दै उनले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै… Continue reading ‘नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्’- प्रधानमन्त्री

दोहोरो अंकले बढ्यो नेप्से, २ अर्ब ६८ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १४३३ अंकले बढेर १९८०२७ विन्दुमा पुगेको हो । यसदिन ३०८ कम्पनीको २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९५५ रुपैयाँ बराबरको ७८ लाख ७८ हजार १५९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १ समूहको… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, २ अर्ब ६८ करोडको कारोबार

तेस्रो लगानी सम्मेलन आजबाट

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब रुपैयाँ बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् भने ५५ भन्दा बढी देशका १ हजार ६ सय… Continue reading तेस्रो लगानी सम्मेलन आजबाट

लगानी सम्मेलन आइतबारबाट, १६ सय जना सहभागी हुने

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन… Continue reading लगानी सम्मेलन आइतबारबाट, १६ सय जना सहभागी हुने

कन्ट्री रेटिङको प्रक्रिया सुरु

काठमाडौं । सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढाएको छ । मुलुकको वित्तीय अवस्था तथा साख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये सोभरेन क्रेडिट रेटिङ मुख्य आधार हो । मुलुकको लगानी जोखिमको अवस्थाबारे यथार्थ जानकारी लिन सोभरेयन क्रेडिट रेटिङ गर्ने गरिन्छ । वैदेशिक लगानीकर्ताले लगानीको पूर्वसर्तका रुपमा सोभरेन… Continue reading कन्ट्री रेटिङको प्रक्रिया सुरु

इन्टरनेट सेवा प्रदायकले किन दिए सेवा बन्द गर्ने चेतावनी ?

काठमाडौं । नेपाल इन्टरनेट सेवा प्रदायक संस्था (आइस्पान) ले सरकारलाई विदेशी मुद्रा सटही गरिदिन आग्रह गरेको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानले सरकारलाई उक्त आग्रह गरेको हो। ब्यान्डविथको रकम नतिरेको भन्दै इन्टरनेट अवरूद्ध हुने चेतावनी आएको आइस्पानले जनाएको छ। त्यसैले सरकारलाई विदेशी मुद्रा सटही गरिदिन उसले आग्रह गरेको हो। इन्टरनेट प्रदायक संस्थाहरूलाई सञ्चार तथा… Continue reading इन्टरनेट सेवा प्रदायकले किन दिए सेवा बन्द गर्ने चेतावनी ?

झिनो अंकले घट्यो नेप्से, २ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा पुगेको हो । यसदिन ३०३ कम्पनीको २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँ बराबरको ७३ लाख १२ हजार ५५२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको… Continue reading झिनो अंकले घट्यो नेप्से, २ अर्ब ३६ करोडको कारोबार

अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीले बजेटबारे के दिए सुझाव ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार सॅाझ बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन् । त्यस क्रममा पूर्वअर्थमन्त्रीहरुले महात्वाकांक्षी र पपुष्लिट नभई… Continue reading अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीले बजेटबारे के दिए सुझाव ?

१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट, नेपालमा लगानी विस्तार गर्न इच्छुक

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तीय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन) को प्रतिनिधि मण्डलले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको छ । नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले मन्त्री पुनलाई बुधबार अर्थ… Continue reading १४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट, नेपालमा लगानी विस्तार गर्न इच्छुक

झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ०.१५ अंकले बढेर१९६९.१७विन्दुमा पुगेको हो । यसदिन ३१३ कम्पनीको २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रुपैयाँ बराबरको ७२ लाख ८४ हजार २७२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचक बढेको… Continue reading झिनो अंकले बढ्यो नेप्से, दुई कम्पनीको पोजेटिभ सर्किट

माथिल्लो अरुण र दूधकोशी जलविद्युतको सुरुङ टीबीएमले खन्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोसी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टीबीएम) प्रयोग गर्ने भएको छ । टीबीएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएपछि उक्त प्रविधिलाई माथिल्लो अरुण र दुधकोसी जलविद्युत् आयोजनामा पनि प्रयोगमा ल्याउन लागिएको छ ।… Continue reading माथिल्लो अरुण र दूधकोशी जलविद्युतको सुरुङ टीबीएमले खन्ने

श्रमिक चढ्ने जहाजमा पनि खानाको व्यवस्था गर्न श्रम मन्त्रीको आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा वैदेशिक रोजगारी व्यवसायी संघसँग भएको छलफलमा मन्त्री अर्यालले श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई जहाजको टिकटमा अनिवार्य खानाको व्यवस्था गर्न आग्रह गरेका हुन् । ‘युवाहरू विदेश जाँदा जहाजभित्र… Continue reading श्रमिक चढ्ने जहाजमा पनि खानाको व्यवस्था गर्न श्रम मन्त्रीको आग्रह

आयात र निर्यात दुबै घट्दा व्यापार घाटा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०–८१ को नौ महिनामा मासिक औसत १ खर्ब २९ अर्ब रुपैयाँबराबर वस्तु आयात भएको छ । तर, निर्यात भने साढे १२ अर्ब रुपैयाँमा सीमित छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्म ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँबराबर वस्तु आयात भएको छ । जुन औसत मासिक १ खर्ब २९… Continue reading आयात र निर्यात दुबै घट्दा व्यापार घाटा खुम्चियो

१५ वर्ष भित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य हुने श्रम मन्त्रीको दावि

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । आइतबार मन्त्रालयले आयोजना गरेको ‘वृहत रोजगार मेला’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले १५ वर्षमा बाध्यकारी वैदेशिक रोजागरीको अन्त्य हुने बताएका हुन् । ‘हामीले अहिले देखि नै रोजगारीको क्षेत्रमा काम गर्न… Continue reading १५ वर्ष भित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य हुने श्रम मन्त्रीको दावि

१ हजार मेगावाटको माथिल्लो अरुणमा विश्व बैंकले लगानी जुटाउने

काठमाडौं । सङ्‍खुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको छ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन र विश्व बैंक उच्च नेतृत्वबीच वासिङ्टन डीसीमा भएको वार्तामा त्यसबारे सैद्धान्तिक सहमति भएको हो । मन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो… Continue reading १ हजार मेगावाटको माथिल्लो अरुणमा विश्व बैंकले लगानी जुटाउने

९ महिनामा २८६ उद्योग दर्ता, साढे १ खर्ब लगानी प्रतिवद्धता

REUTERS

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को ९ महिनाको अवधिमा २८६ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार साउन–चैतसम्म सो संख्यामा उद्योग दर्ता भएको तथ्यांकमा देखिएको छ । चैत महिनामा मात्र २८ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा ३६ वटा ठूला उद्योग दर्ता भएका छन् । २७ वटा मझौला उद्योग र… Continue reading ९ महिनामा २८६ उद्योग दर्ता, साढे १ खर्ब लगानी प्रतिवद्धता

आर्थिक स्थायित्वमा सघाउने आइएमएफले दियो आश्वासन

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले नेपालको आर्थिक स्थायित्वमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा आईएमएफका सहायक प्रबन्ध निर्देशक बो–लीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । वासिङटन डीसीमा बोलीसँग भएको भेटमा मन्त्री पुनले नेपालले चुनौतीहरूबीच आर्थिक स्थिरतालाई दृढतापूर्वक कायम राखेको बताए । गत वर्षको तुलनामा यो वर्ष… Continue reading आर्थिक स्थायित्वमा सघाउने आइएमएफले दियो आश्वासन

रेकर्ड राखेको सुनको मूल्य घट्यो, प्रतितोला १ लाख ३८ हजार ६००

काठमाडौं । अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छापावाल सुनको मूल्य आज भने घटेको छ । प्रतितोला एक लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधवार सुनको भाउ तोलामा एक लाख ३९ हजार दुई सय रुपैयाँ रहेको थियो । त्यो नै अहिलेसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन आज प्रतितोला एक लाख… Continue reading रेकर्ड राखेको सुनको मूल्य घट्यो, प्रतितोला १ लाख ३८ हजार ६००

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, क्षतिपूर्ति पाउनुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित भी–२० को १२औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका हुन् । पुनले बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको उच्च… Continue reading जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, क्षतिपूर्ति पाउनुपर्छ : अर्थमन्त्री