पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च नौ प्रतिशत मात्रै

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये मंसिर मसान्तसम्ममा ४ खर्ब ३५ अर्ब २१ करोड ११ लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।… Continue reading पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च नौ प्रतिशत मात्रै

सोविता गौतमको चुवानी खर्च ३ लाख ७१ हजार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ बाट मा निर्वाचित सांसद सोविता गौतमले निर्वाचनमा ३ लाख ७१ हजार रुपैयाँ मात्र खर्च भएको जनाएकी छिन् । उनले निर्वाचन आयोगलाई आफ्नो चुनाव खर्च बुझाएकी हुन् । उनले मतदाता नामावली खरिदमा ३ हजार, १३ दिनसम्म गाडी रिजर्भ गर्दा ७८ हजार, पेट्रोल\डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना… Continue reading सोविता गौतमको चुवानी खर्च ३ लाख ७१ हजार

पोखरामा सुनको गहना चोरीको अभियोगमा महिला पक्राउ

पोखरा । पोखरा बजारका विभिन्न स्थानबाट सुनका गहना चोरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नं। ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ छन् । उनले पोखरा बजारका विभिन्न स्थानबाट वृद्धा महिलाहरुको घरमा परिवारका अन्य सदस्य नभएको मौका… Continue reading पोखरामा सुनको गहना चोरीको अभियोगमा महिला पक्राउ

महँगी ८.०८ प्रतिशत बढ्यो, खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८ प्रतिशत हाराहारी रहेको जनाएको छ । कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैर–खाद्य तथा सेवासमूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको… Continue reading महँगी ८.०८ प्रतिशत बढ्यो, खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि उच्च

रेमिट्यान्स २०.४ प्रतिशतले बढ्यो, चार महिनामा ३ खर्ब ७८ अर्ब भित्रियो

काठमाडौं । नेपालमा पछिल्लो चार महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यस्तो देखाएको हो । यस अवधिमा रेमिट्यान्स २०.४ प्रतिशतले बढेर ३ खर्ब ७८ अर्ब ४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ७.० प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स १०.८… Continue reading रेमिट्यान्स २०.४ प्रतिशतले बढ्यो, चार महिनामा ३ खर्ब ७८ अर्ब भित्रियो

विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब मौज्दात

काठमाडौं । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यस्तो देखाएको हो । असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ कात्तिक मसान्तमा रु.१२४६ अर्ब २७ करोड पुगेको… Continue reading विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब मौज्दात

चालु खाता ३५ अर्ब ४० करोड घाटामा, शोधानान्तर बचत २० अर्ब

काठमाडौं । शोधनान्तर स्थिति रु २० अर्ब ३ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/ ८० को चार महिना सम्मको तथ्यांक अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२० अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१५० अर्ब ३८ करोडले घाटामा रहेको थियो… Continue reading चालु खाता ३५ अर्ब ४० करोड घाटामा, शोधानान्तर बचत २० अर्ब

रोकिएन् शेयर बजारको ओरालो यात्रा

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५४ कम्पनीको १ अर्ब, १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ बराबरको ४८ लाख ४ हजार २७९ कित्ता शेयर किनबेच भएका छन् । दोहोरो अंकले… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान प्रतिवेदन शुक्रबार आउने

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन)को प्रतिवेदन शुक्रबार आउने भएको छ । पुस १७ गतेदेखि व्यावसायिक सञ्चालनमा ल्याउने तयारी रहेको उक्त विमानस्थलमा एरोथाईको टोलीले मङ्सिर ५ देखि ११ गतेसम्म क्यालिब्रेसन उडान गरेको थियो ।विमानस्थलमा जडान भएका नेभिगेसन (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)ले काम गरे नगरेको परीक्षण प्रतिवेदनका आधारमा विमानस्थलमा परीक्षण… Continue reading पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान प्रतिवेदन शुक्रबार आउने

आज काठमाडौं महानगर दिवस, कामकाज बन्द

काठमाडौं । आज काठमाडौं महानगरपालिकाले महानगर दिवस मनाउँदैछ । यस अवसरमा काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म सेवा बन्द गरिएको छ । महानगरको प्रशासन विभागले सूचना निकालेर कार्यालयको कामकाज आज बन्द हुने जानकारी गराएको छ । महानगरले हरेक मंसिर २९ मा महागर दिवस मनाउने गर्छ । ‘काठमाडौं महानगर, मातहतका सबै विभाग,आयोजना, कार्यक्रम, वडा कार्यालयहरू र… Continue reading आज काठमाडौं महानगर दिवस, कामकाज बन्द

झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक(नेप्से) २.६२ अंकले घटेर १८९७.८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २४६ कम्पनीको ७२ करोड ७८ लाख ७७ हजार ८९७ रुपैयाँ बराबरको २० लाख ८७ हजार ८७६ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबारमा गिरावट… Continue reading झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.५७ अंकले घटेर १८९९.७० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २४८ कम्पनीको ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबारमा भारी… Continue reading झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

मुग्लिन । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ। सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ। भौगोलिक… Continue reading नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक(नेप्से) १६.९७ अंकले बढेर १९०२.३१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २४५ कम्पनीको १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

अमेरिकामा नेपाली उत्पादनको बजार बिस्तारमा महावाणिज्य दूतावासको चासो

न्यूयोर्क । अमेरिकामा नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवद्र्धन गर्न न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले सक्रियता देखाएको छ । शनिबार न्यूयोर्कको क्वीन्समा वृहत् अन्तरक्रिया कार्यक्रम गरी दुतावासले यस्तो जानकारी गराएको हो । “नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवद्र्धनमा गैरआवासीय नेपाली समुदायको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दूतावासले नेपाली उत्पादनको अवस्था, बजारिकरण र त्यसमा नेपाल सरकारले… Continue reading अमेरिकामा नेपाली उत्पादनको बजार बिस्तारमा महावाणिज्य दूतावासको चासो

तेलको व्यापार बढ्दा साउदी अरेबियाको जीडीपीमा ८.८ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२२ को तेस्रो त्रैमासमा साउदी अरेबियाको कुल गार्हस्थ उत्पादन (जीडीपी) ८.८ प्रतिशतले बढेको हो । तेलको कारोबार बढेपछि साउदीको अर्थतन्त्रमा उल्लेख्य वृद्धि भएको हो । सन् २०२१ को तुलनामा यस वर्ष तेलको कारोबार १४.२ प्रतिशतले बढेको साउदीको सरकारी तथ्यांकले देखाएको छ । साथै, तेल बाहेकका अन्य गतिविधिहरुमा पनि ६ प्रतिशतले वृद्धि भएपछि… Continue reading तेलको व्यापार बढ्दा साउदी अरेबियाको जीडीपीमा ८.८ प्रतिशत वृद्धि

रोकिएन् शेयर बजारको ओरालो यात्रा, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५३ कम्पनीको १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ बराबरको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

ग्वार्कोमा मुलुककै पहिलो ओभरपास संरचना निर्माण शुरु

काठमाडौं । चक्रपथमा पर्ने ग्वार्को चोकमा शुक्रबारबाट मुलुककै पहिलो ओभरपास बनाउने काम शुरु भएको छ । चक्रपथमा सबैभन्दा बढी जाम हुने क्षेत्र छनोट गरी पहिलो चरणमा ग्वार्को चोकमा ओभरपास बनाउन लागिएको हो । यो नेपालकै पहिलो ठूलो क्षमतासहितको ओभरपास संरचना हो । ग्वार्कोको ओभरपासमा विदेशमा जस्तो पिल्लर र त्यसमुनि सडक भने हुँदैन । चक्रपथको बीचका… Continue reading ग्वार्कोमा मुलुककै पहिलो ओभरपास संरचना निर्माण शुरु

काठमाडौं महानगरपालिकाले १५ सय रुपैयाँमा कम्पोष्ट बिन बिक्रि गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान अन्तर्गत कम्पोष्ट बिन वितरण गर्ने भएको छ । महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने गरी सूचना जारी गरेको छ । महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ। महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन… Continue reading काठमाडौं महानगरपालिकाले १५ सय रुपैयाँमा कम्पोष्ट बिन बिक्रि गर्ने

मेलम्चीको पानी आजबाट धारा-धारामा वितरण

काठमाडौं । मेलम्ची आयोजनाको खानेपानी वितरण आजबाट वितरण गरिने भएको छ । शुक्रबार खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले महाँकालस्थित उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट पानी वितरण सुरु गर्ने कार्यक्रम छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार आजदेखि लगातार ६ महिनासम्म पानी वितरण गर्ने योजना छ । यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको… Continue reading मेलम्चीको पानी आजबाट धारा-धारामा वितरण

विद्युत खपत बढाउन पूर्वाधारमा लगानी गरिरहेका छौं : कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् । बिहीवार नेपाल विद्युतीय व्यवसायी महासङ्घले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरणले विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित गरेको बताए । उनले नेपालमा… Continue reading विद्युत खपत बढाउन पूर्वाधारमा लगानी गरिरहेका छौं : कुलमान

व्यवसायी सडकमा होइन, उद्योग व्यवसायमा लाग्नु पर्यो : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रिक टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीका समस्या समाधानको लागि सरकार गम्भीर रहको भन्दै उद्योगी व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताए । उनले सरकारले तरलता तथा बैङ्क ब्याजदर वृद्धि लगायतले… Continue reading व्यवसायी सडकमा होइन, उद्योग व्यवसायमा लाग्नु पर्यो : अर्थमन्त्री

तानसेन-तम्घास सडकखण्ड दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । पाल्पा र गुल्मीको तानसेन–तम्घास सडकखण्ड १५ दिन दैनिक १० घण्टा बन्द हुने भएको छ । तानसेन–रिडी–तम्घास सडकखण्डको सिरुखर्क–माल्मुल क्षेत्रमा बाटो चौडा गर्ने कार्य भइरहेकाले आजदेखि आगामी पुस ७ गतेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सिरुखर्क–माल्मुल क्षेत्रमा आजदेखि आगामी पुस ७ गतेसम्म बिहान ५ देखि ९ बजेसम्म, दिउँसो १२… Continue reading तानसेन-तम्घास सडकखण्ड दैनिक १० घण्टा बन्द हुने

ग्वार्को चोकमा यसरी मिलाइँदै छ शुक्रवारदेखि गाडी आउने/जाने व्यवस्था

काठमाडौं । ग्वार्कोमा नेपालको पहिलो ‘फ्लाइओभर’ (ओभर पास) को निर्माण शुक्रबारदेखि शुरु हुने भएको छ। निर्माणको ठेक्का पाएको एमरएस आशिष-समानान्तर जेभीले शुक्रबारदेखि काम शुरु गर्न लागेको हो । ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ। आशिष-समानान्तर जेभीले १७ करोड ६८ लाख ८८ हजार ८०८ रुपैयाँमा फ्लाइओभर निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको… Continue reading ग्वार्को चोकमा यसरी मिलाइँदै छ शुक्रवारदेखि गाडी आउने/जाने व्यवस्था

फिनल्याण्ड र नर्वेले नेपाललाई सवा ५ अर्ब अनुदान दिने

काठमाडौं । नेपालले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट ५ अर्ब ११ करोड रुपैयाँ अनुदान लिने भएको छ । सरकारले फिनल्याण्ड सरकारबाट १९ मिलियन यूरो (२ अर्ब ५४ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहायता स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री… Continue reading फिनल्याण्ड र नर्वेले नेपाललाई सवा ५ अर्ब अनुदान दिने

कच्चा तेलको भाउ ११ महिना यताकै सस्तो

काठमाडौं । पछिल्लो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । एक महिनाकै अवधिमा विश्व बजारमा कच्चा तेलको भाउ करिब १९ प्रतिशतले घटेको हो । विश्वभर देखिएको आर्थिक मन्दी र यरोपियन युनियनले रुसी तेलमा लगाएको ‘क्याप’का कारण अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको भाउमा भारी गिरावट आएको हो । एक महिनामै कच्चा तेलको भाउ… Continue reading कच्चा तेलको भाउ ११ महिना यताकै सस्तो

रोकिएन् शेयर बजारको ओरालो यात्रा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक(नेप्से) १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २४६ कम्पनीको १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँ बराबरको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

File

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले चुनावमा गरेको खर्च विवरण बुझाएका छन् । जस अनुसार उनको खर्च २३ लाख १२ हजार रुपैयाँ भएको देखिएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाउनु पर्छ । प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि… Continue reading प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

काठमाडौंका आकासे पुल मर्मत गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ। हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्। कामपाले नयाँ पुल आफ्नै लगानीमा केही वर्षअघि मात्र निर्माण… Continue reading काठमाडौंका आकासे पुल मर्मत गरिने

हट्यो वस्तु आयातमा लागेको प्रतिवन्ध

काठमाडौं । सरकारले विलासिताका वस्तु आयातमा लगाएको प्रतिवन्ध हटाएको छ । यससँगै गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले ४ प्रकारका विलासी वस्तु आयातमा कायम प्रतिबन्ध २९ मंसिर पछि नलम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति… Continue reading हट्यो वस्तु आयातमा लागेको प्रतिवन्ध