काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुखहरू र मन्त्रालयका सहसचिवहरू बोलाएर छलफल गरेका हुन् । छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय गौरवका उत्तर–दक्षिण सडक कोरिडोर आयोजनाहरूको आफूले… Continue reading उत्तर-दक्षिण सडक आयोजनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ
Category: अर्थतन्त्र
कोरला नाका छिट्टै खुल्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङको कोरला नाका आयात, निर्यातका लागि सञ्चालन गरिने बताएका छन् । उनले देशकै विकासको लागि कोरला नाकाको महत्व रहेको बताए । बागलुङको पञ्चकोटमा फागुन ९ देखि सुरु भएको महायज्ञ ११ औं दिनमा आएका प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रको विकासबाट देश समृद्ध बन्ने बताए । ‘पर्यटकहरु सहजै आउने सडक र नाका खुलाउन… Continue reading कोरला नाका छिट्टै खुल्छ : प्रधानमन्त्री
ऊर्जा क्षेत्रमा सहयोग बढाउन प्राधिकरणको आग्रह
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई आग्रह गरेको छ । नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली संघ, विश्व बैंक र एसियाली विकास बैंकलाई नेपालको विद्युत् उत्पादन, प्रशारण तथा वितरणको विस्तार र सुधारका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले प्राधिकरणले सहायता बढाउन आग्रह गरेको छ ।… Continue reading ऊर्जा क्षेत्रमा सहयोग बढाउन प्राधिकरणको आग्रह
एक महिनामा भित्रिए साढे ९७ हजार पर्यटक
काठमाडौं । नेपाल भ्रमणमा आएका पर्यटक ३३ प्रतिशतले बढेका छन् । हवाई मार्ग हुँदै सन् २०२४ को दोस्रो महिना फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार २०२३ फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । फेब्रुअरीमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन् ।… Continue reading एक महिनामा भित्रिए साढे ९७ हजार पर्यटक
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान
काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार बनाउन टेण्डर आह्वान भएको छ । भरतपुर महानगरपालिकाले बिहीबार टेण्डर आह्वान गरेको मेयर रेणु दाहालले जानकारी दिएकी छिन् । ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको छ । रंगशालालाई महानगरले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । थप १०… Continue reading गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान
अब विराटनगरमा राती १२ बजेसम्म होटेल खुल्ने
काठमाडौं । विराटनगर महानगरपालिका भित्र अब रातको १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । यसअघि १० बजेपछि नै बन्द गर्नुपर्ने बाध्यता थियो । सरोकारवालाको बैठकले अब १२ बजेसम्म होटल व्यवसाय चलाउन पाइने गरी समय तोकेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म… Continue reading अब विराटनगरमा राती १२ बजेसम्म होटेल खुल्ने
प्राधिकरणले ६ महिनामै कमायो १५ अर्ब नाफा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०–८१ को ६ महिनामै १५ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा कर कटौतीअघिको हो । प्राधिकरणको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ४५ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्ष २०७९–८० को सोही अवाधिमा प्राधिकरणको नाफा १०… Continue reading प्राधिकरणले ६ महिनामै कमायो १५ अर्ब नाफा
धितो मूल्यांकन भन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परे बैंकरसहित १० जना
काठमाडौं । धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा १० जना बैंकर पक्राउ परेका छन् उनीहरुलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको थियो । उनीहरुले देउराली सहकारीका सञ्चालक रवीन्द्र… Continue reading धितो मूल्यांकन भन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परे बैंकरसहित १० जना
झिनो अंकले बढ्यो नेप्से, सोनापुरको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ विन्दुमा पुगेको हो । यसदिन ३०८ कम्पनीको १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रुपैयाँ बराबरको ५२ लाख ३९ हजार ४१६ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ वटा… Continue reading झिनो अंकले बढ्यो नेप्से, सोनापुरको सर्वाधिक कारोबार
दुधको भुक्तानीमा किन प्रधानमन्त्रीले ताकेका गर्नु परेको हो ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् । उनले सोमबार बेलुका अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको बाँकी भुक्तानी तत्कालै दिन निर्देशन दिएका हुन्… Continue reading दुधको भुक्तानीमा किन प्रधानमन्त्रीले ताकेका गर्नु परेको हो ?
दोहोरो अंकले बढ्यो नेप्से, सन नेपाल लाइफको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १३.२८ अंकले बढेर १९९२. ३० विन्दुमा पुगेको हो । यसदिन ३१४ कम्पनीको २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँ बराबरको ५९ लाख ८८ हजार ७१७ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, सन नेपाल लाइफको सर्वाधिक कारोबार
सरकारले दिने अनुदान र सुविधाको दोहोरोपन हटाउने अर्थमन्त्रीकाे घाेषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि बजेटमा राज्यले प्रदान गर्ने अनुदान र सुविधामा रहेको दोहोरो पन हटाउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१/८२को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस गर्दै यस्तो घोषणा गरेका हुन् । उनले सामाजिक्ष सुरक्षा, अनुदानमा रहेको दोहोरोपन हटाइ क्रमशः लक्षितवर्ग उन्मुख गरिने बताए… Continue reading सरकारले दिने अनुदान र सुविधाको दोहोरोपन हटाउने अर्थमन्त्रीकाे घाेषणा
आगामी बजेटका सिद्धान्त र प्राथमिकता सदनमा पेस
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत गरेका छन् । आज बसेको बैठकमा अर्थमन्त्री डा. महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् । सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी आज संसद्मा पेस गरेको हो ।… Continue reading आगामी बजेटका सिद्धान्त र प्राथमिकता सदनमा पेस
अर्थतन्त्र सुधार्न निजी क्षेत्रले गुहारे प्रधानमन्त्री
काठमाडौं । वाह्य क्षेत्र सुधार हुँदै गएपनि बजार चलायमान हुन नसकेको भन्दै निजी क्षेत्रले प्रधानमन्त्री गुहारेको छ । अर्थतन्त्र अझै पनि जोखिममा रहेको निजी क्षेत्रले बताएको छ । आइतबार व्यावसायिक वातावरण निर्माण गर्न निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आग्रह गरेका हुन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल… Continue reading अर्थतन्त्र सुधार्न निजी क्षेत्रले गुहारे प्रधानमन्त्री
पशुपतिको जग्गा खोज्न समिति गठन
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न समिति गठन भएको छ । सरकारले पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति गठन गरेको हो ।संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्री स्तररीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोज्न समिति बनाएको हो । मन्त्रालयले आइतबार गठन गरेको समितिको सदस्यमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति… Continue reading पशुपतिको जग्गा खोज्न समिति गठन
थामिएन नेप्सेको पहिरो, २ हजार बिन्दु तल झर्यो परिसूचक
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक२६८१ अंकले घटेर १९७९० २ विन्दुमा झरेको हो । यसदिन ३१७ कम्पनीको ३ अर्ब ८करोड ६९ लाख ५१ हजार ७० रुपैयाँ बराबरको ८५ लाख ४६ हजार ९३० कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये फाइनान्स र… Continue reading थामिएन नेप्सेको पहिरो, २ हजार बिन्दु तल झर्यो परिसूचक
नारायणगढ–मुग्लिन सडकखण्ड अब २४ सैं घण्टा चल्ने
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अब २४ सैं घण्टा चल्ने भएको छ । दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि सूचारु हुने भएको हो । ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद यही फागुन १२ गते सकिएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका… Continue reading नारायणगढ–मुग्लिन सडकखण्ड अब २४ सैं घण्टा चल्ने
नेपाल क्रिकेट संघले भूकम्प पिडितका लागि गर्यो २० लाख सहयोग
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ । आईसीसी टी–२० विश्वकप-२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले सहयोग गरेको हो । प्रतियोगिताकै बेला गरेको बचा अनुसार उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको क्यानले… Continue reading नेपाल क्रिकेट संघले भूकम्प पिडितका लागि गर्यो २० लाख सहयोग
नेपालकै लामो झोलुंगे पुलको प्रधानमन्त्रीले गरे उद्घाटन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन्। सिराहा नगरपालिका १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको शनिबार प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन्। नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर छ। झोलुङ्गे पुल उद्घाटनपछि प्रधानमन्त्री… Continue reading नेपालकै लामो झोलुंगे पुलको प्रधानमन्त्रीले गरे उद्घाटन
सात महिनामा ९ खर्ब रुपैयाँ बराबरको वस्तु आयात
काठमाडौं । चालु आर्थिक वर्ष २०८०-८१ को सात महिनामा करिब नौ खर्ब रूपैयाँ बराबरको आयात भएको छ। साउनदेखि माघसम्ममा आठ खर्ब ९७ अर्ब रूपैयाँ बराबरको कारोबार भएको हो। गत आर्थिक वर्ष २०७९-८० को तुलनामा यसमा २.३१ प्रतिशतले कमी आएको हो। गत आर्थिक वर्षमा ९ खर्ब १९ अर्ब रूपैयाँ बराबरको कारोबार भएको थियो। सात महिनामा आठ… Continue reading सात महिनामा ९ खर्ब रुपैयाँ बराबरको वस्तु आयात
नेपालको बैंकिङ क्षेत्र सवल छ : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको बताएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको बताएको हो । ‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था… Continue reading नेपालको बैंकिङ क्षेत्र सवल छ : राष्ट्र बैंक
झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ११ करोडको कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १.७६अंकले घटेर २०३३.०६ विन्दुमा झरेको हो । यसदिन ३१५ कम्पनीको ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँ बराबरको ९३ लाख ४२ हजार ४४६ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका ५ वटा बाहेका अन्यको परिसूचक… Continue reading झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ११ करोडको कारोबार
त्रिभुवन विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक युवकलाई सुनसहित पक्राउ गरेको छ। अवैध तरिकाले ल्याएको सुन बरामद भएपछि प्रहरीले भारतीय २५ वर्षीय सरिफ अहमद अब्दुललाई पक्राउ गरेको हो । अब्दुलको साथमा तीन वटा डल्ला बनाएका ८ सय ५५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। उनी सोमबार दुबईबाट फ्लाइ दुबईको विमानदेखि काठमाडौं ओर्लिएका थिए। हाल… Continue reading त्रिभुवन विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक
मिटरब्याज पिडित निर्णायक आन्दोलनमा, आज काठमाडौंमा छिर्दै
काठमाडौं । न्याय मार्चमा निस्किएका मिटरब्याज पीडितहरु निर्णायक आन्दोलनका लागि भन्दै काठमाडौं आइपुग्दैछन् । धादिङको पिपलटार आइपुगेका उनीहरु आज काठमाडौं छिर्ने तयारीमा छन् । पैदल यात्रामा रहेका उनीहरु सार्वजनिक ठाउँमा बस्ने र खाने गर्दै अगाडि बढिरहेका छन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए… Continue reading मिटरब्याज पिडित निर्णायक आन्दोलनमा, आज काठमाडौंमा छिर्दै
भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध
काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा रहेको मन्त्रिपरिषद्को समितिले प्याज निर्यातलाई स्वीकृति दिएको छ । देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न सरकारले प्याज निकासीमा प्रतिबन्ध लगाएर ३१ मार्च २०२४ सम्मको समयसीमा तोकेको थियो तर म्याद सकिनुअघि नै यो प्रतिबन्ध हटाइएको छ । गुजरात र महाराष्ट्रमा प्याजको भण्डारलाई… Continue reading भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध
दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रिको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २७.२१अंकले घटेर २०३४.८२ विन्दुमा झरेको हो । यसदिन ३१५ कम्पनीको ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँ बराबरको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका सबैको परिसूचक राताम्मे… Continue reading दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रिको सर्वाधिक कारोबार
काठमाडौँ–तराई-मधेस द्रुतमार्गको काम कति सकियो ?
काठमाडौं । राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौँ–तराई(मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०\८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ । मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा… Continue reading काठमाडौँ–तराई-मधेस द्रुतमार्गको काम कति सकियो ?
लघुवित्त सम्मेलन सुरु, के भने अर्थमन्त्रीले ?
काठमाडौं । चौथौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आजदेखि काठमाण्डौमा शुरु भएको छ । ‘स्वस्थ लघुवित्त,समृद्ध सदस्य’ नारासहित शुरु भएको सम्मेलनको अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गर । कार्यक्रममा अर्थमन्त्री महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताए । नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै… Continue reading लघुवित्त सम्मेलन सुरु, के भने अर्थमन्त्रीले ?
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो । निगमका अनुसार… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो
१ हजार ६३ मेगावाटको अपर अरुण आयोजनाको कार्यान्वयन प्रक्रिया सुरु, परामर्शदाता छनोट
काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना सुपरीवेक्षण परामर्शदाता छनोट भएको छ । आयोजनाको निर्माण सुपरीवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड, भारतको संयुक्त उपक्रम इन एसोसिएसन विथ टोटल म्यानेजमेन्ट सर्भिसेस (टीएमएस) तथा जेड कन्सल्ट, नेपाल छनोट भएका हुन् । आयोजनाको प्रवर्द्धक… Continue reading १ हजार ६३ मेगावाटको अपर अरुण आयोजनाको कार्यान्वयन प्रक्रिया सुरु, परामर्शदाता छनोट