काठमाडौं । काठमाडौं महानगरपालिकाले अखाद्य वस्तु ‘कटन क्यान्डी’ बेच्नेलाई कारबाही गर्ने भएको छ । काठमाडौं महानगरले शुक्रबार एक सूचना जारी गर्दै गुणस्तर नभएका खानेकुरा कटन क्यान्डीलगायत बेचबिखन गरेको पाइए ५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्ने जनाएको हो । महानगरको सूचनामा छ, ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० ले दिएको अधिकार प्रयोग… Continue reading काठमाडौंमा अखाद्य खाना बेचे २ लाखसम्म कारवाही
Category: अर्थतन्त्र
नापजाँच गरेर छुट भएको जग्गा दर्ता गर्न दुई वर्षको मौका
काठमाडौं । सरकारले यसअघि नै भोगचलन गरिरहेका तर दर्ता हुन नसकेका जग्गाको छुट दर्ताका लागि फेरि मौका दिएको छ । दुई-तीन पुस्तादेखि भोगचलन गर्दै आएको तर विभिन्न कारणले दर्ता नभएको छुट जग्गा दर्ता गर्न खुला गरेको सूचना भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने… Continue reading नापजाँच गरेर छुट भएको जग्गा दर्ता गर्न दुई वर्षको मौका
क्रिप्टोकरेन्सी कारोबारमा ४२ करोड बिगोसहित दुई जना विरुद्ध मुद्दा दायर
काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार अभियोगमा करिब ४२ करोड रुपैयाँ जरिवाना र तीन वर्ष जेल सजाय मागदाबीसहित दुई जना विरुद्ध बिहीबार मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले यस्तो माग दाविसहित मुद्दा दायर गरेको हो । विभागका अनुसन्धान अधिकृत नवराज अधिकारीका अनुसार पाँच महिना लामो अनुसन्धानपछि झापाका रोहन चौधरी र शुभमकुमार यादवविरुद्ध बिहीबार ललितपुर जिल्ला… Continue reading क्रिप्टोकरेन्सी कारोबारमा ४२ करोड बिगोसहित दुई जना विरुद्ध मुद्दा दायर
यसरी बढ्दैछ नेपालमा अनौपचारिक अर्थतन्त्र
काठमाडौं । नेपालमा कुल गार्हस्थ उत्पादनको ४३ प्रतिशतसम्म अनौपचारिक अर्थतन्त्र रहेको अनुमान एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले नेपालमा अनौपचारिक अर्थतन्त्रको सम्भावित दायरा कुल गार्हस्थ उत्पादन (जीडीपी) को औसत ४२.६६ प्रतिशत रहेको छ । राष्ट्रिय लेखा विधिअनुसार आर्थिक वर्ष २०१०–११–२०२०–२१ लाई आधार मानेर गरेको अध्ययनले यस्तो देखाएको हो ।… Continue reading यसरी बढ्दैछ नेपालमा अनौपचारिक अर्थतन्त्र
रोकिएन नेप्सेको ओरालो यात्रा, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजारमा लगातार सातौं दिन गिरावट आएको छ । गत बुधबारदेखि ओरालो लागेको नेप्से आज पनि सोही लय कायम राखेको हो । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.९ विन्दुमा पुगेको हो । यसदिन ३०४ कम्पनीको ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँ बराबरको १ करोड १६… Continue reading रोकिएन नेप्सेको ओरालो यात्रा, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार
अनौपचारिक अर्थतन्त्रको आकार ४२.६६ प्रतिशत
काठमाडौं । नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४२ दशमलव ६६ प्रतिशत रहेको रहेको एक अध्ययनले देखाएको छ। त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागले गरेको नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार बारेको अध्ययनले अर्थतन्त्रको आकार कुल ग्राह्यस्थ उत्पादनको करिव ४३ प्रतिशत रहेको देखाएको हो । यस अध्ययनले राष्ट्रिय लेखा र मुद्रा माग दृष्टिकोण प्रयोग गरेर नेपालमा अनौपचारिक अर्थतन्त्रको सम्भावित दायरा… Continue reading अनौपचारिक अर्थतन्त्रको आकार ४२.६६ प्रतिशत
ऋण तिर्न डेढ खर्ब ऋण लिँदै नेपाल एयरलाइन्स
काठमाडौं । जहाज खरिद गर्न लिएको पुरानो ऋण तिर्न र नयाँ जहाज किन्न नेपाल एयरलाइन्स ९वायुसेवा निगम० ले १ खर्ब ३५ अर्ब रुपैयाँबराबर ऋण लिने भएको छ । सो प्रयोजनका लागि निगमले अन्तर्राष्ट्रिय आशय पत्र निकालेको हो । निगमले मंगलबार आशय पत्र निकालेको जानकारी बुधबार विज्ञप्तिमार्फत दिएको हो । १ सय ५८ सिट क्षमताका ‘ए३२०’… Continue reading ऋण तिर्न डेढ खर्ब ऋण लिँदै नेपाल एयरलाइन्स
उदयपुर सिमेन्टका तत्कालिन महाप्रवन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । पौडेलसहित ८ जनाले ‘भेरिएबल फ्रिक्विन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएकाले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । विना अध्ययन र औचित्यसमेत यकिन नगरि तथा लागत अनुमानसमेत नबनाई उपयोग नहुने… Continue reading उदयपुर सिमेन्टका तत्कालिन महाप्रवन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
भ्रष्टाचार मुद्दामा एनटीसीका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका विकल पौडेल पक्राउ
काठमाडौं । भ्रष्टाचार मुद्दामा मुछिएका नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरको अनुसन्धान गरिरहेको छ। उनीहरूले अनुसन्धानलाई प्रभावित पार्न सक्ने गरी भाग्न खोजेको भन्दै अख्तियारले दुवै जनालाई पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी… Continue reading भ्रष्टाचार मुद्दामा एनटीसीका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका विकल पौडेल पक्राउ
कनिका छरेजस्तो बजेट नछर्ने प्रधानमन्त्रीको प्रतिवद्धता लागु होला ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले… Continue reading कनिका छरेजस्तो बजेट नछर्ने प्रधानमन्त्रीको प्रतिवद्धता लागु होला ?
नारायणगढ–बुटवल सडक विस्तार : ५ वर्षमा मात्र ४५ प्रतिशत काम
काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब ६ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ । विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो। त्यसयता दुईपटक म्याद… Continue reading नारायणगढ–बुटवल सडक विस्तार : ५ वर्षमा मात्र ४५ प्रतिशत काम
नेपालका चार वटै अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा चलाउनबारे सरकारले अध्ययन गर्दै
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजगढसहित चार अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी (पब्लिक प्राइभेट पार्टनरसीप) मोडलमा सञ्चालन गर्न दिनेबारे अध्ययनको तयारी भइरहेको जानकारी गराएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र समितिको मंगलबार बसेको बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका सांसदले चार विमानस्थल सञ्चालनका विषयमा चासो राखेका थिए । जवाफ दिने क्रममा मन्त्री किरातीले… Continue reading नेपालका चार वटै अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा चलाउनबारे सरकारले अध्ययन गर्दै
कोटेश्वरमा फ्लाइओभर र अण्डरपास बन्ने, जापानसँग ३१ अर्ब ऋण लिने तयारी
काठमाडौं । सरकारले कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ सहितका संरचना निर्माण गर्न जापानसँग ३१ अर्ब २ करोड रुपैयाँ ऋण लिने तयारी अगाडी बढाएको छ र मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर ‘इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयन गर्न ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग… Continue reading कोटेश्वरमा फ्लाइओभर र अण्डरपास बन्ने, जापानसँग ३१ अर्ब ऋण लिने तयारी
नेप्सेमा लगातार गिरावट, चन्द्रागिरिको शेयर मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । गत बुधबारदेखि ओरालो लागेको नेप्से आज पनि झिनो अंकले घटेको हो । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा पुगेको हो । यसदिन ३१० कम्पनीको ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँ बराबरको १ करोड १८ लाख… Continue reading नेप्सेमा लगातार गिरावट, चन्द्रागिरिको शेयर मूल्यमा पोजेटिभ सर्किट
प्रधानमन्त्रीको निर्देशन-‘बूढीगण्डकी बहुआयामिक आयोजना हो, काम छिटो अगाडि बढाउनुस्’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको परियोजना भएकाले काममा तीव्रता दिन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको छलफलमा बूढीगण्डकी आयोजनालाई बहुआयामिक भएको बताउँदै निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताएका हुन्। उनले भने, ‘बुढीगण्डकी जलासययुक्त आयोजना सामान्य परियोजना होइन, यो राष्ट्रिय गौरवको आयोजनाका साथै बहुआयामिक आयोजना… Continue reading प्रधानमन्त्रीको निर्देशन-‘बूढीगण्डकी बहुआयामिक आयोजना हो, काम छिटो अगाडि बढाउनुस्’
उच्च अंकले घट्यो नेप्से, ६ अर्ब ३६ करोडको कारोबार
काठमाडौं । शेयर बजार उच्च अंकले ओरालो लागेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८.६९ विन्दुमा पुगेको हो । यसदिन ३०७ कम्पनीको ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँ बराबरको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा… Continue reading उच्च अंकले घट्यो नेप्से, ६ अर्ब ३६ करोडको कारोबार
झण्डै २४ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण
काठमाडौं । नेपालको सार्वजनिक ऋण झण्डै २४ खर्ब पुगेको छ । चालु आर्थिक वर्ष (आव) २०८०\८१ को पहिलो ६ महिनामा ८५ अर्ब १३ करोड रुपैयाँबराबर सार्वजनिक ऋण थपिँदै २३ खर्ब ८४ अर्ब ४८ करोड सार्वजनिक ऋण पुगेको हो । २०८० असार मसान्तसम्म २२ खर्ब ९९ अर्ब १० करोड सार्वजनिक ऋण थियो । यस अवधिसम्म सरकारले… Continue reading झण्डै २४ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण
दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा पुगेको हो । यसदिन ३०८कम्पनीको ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँ बराबरको २ करोड २८ लाख २० हजार २७९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार
काठमाडौंमा आजबाट एक साता विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुँदै
काठमाडौं । काठमाडौँमा आज (आइतबार)बाट विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सात दिन विद्युत् सेवा आपूर्ति नहुने जनाएको छ । नेपाल विद्युत् प्राधिकरण, महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ… Continue reading काठमाडौंमा आजबाट एक साता विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुँदै
लगानीमा विविधिकरण खोज्न अर्थमन्त्रीको आह्वान
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले लगानीकर्ताले विविध क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिएका छन् । सम्पादक समाज नेपालद्वारा शनिबार आयोजित गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सम्मान समारोहमा उनले सम्भावना बोकेका नयाँ क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् । अर्थतन्त्रमा देखिएको अन्यौल समाप्त हुँदै गएको बताउँदै मन्त्री महतले लगानीका लागि विश्वासको वातावरण बनेको बताए । ‘आगामी दिनमा… Continue reading लगानीमा विविधिकरण खोज्न अर्थमन्त्रीको आह्वान
शनिबार सिंहदरवारमा चार घण्टा बत्ति जाने
काठमाडौं । शनिबार सिंहदरबारमा चार घण्टा बिजुली नहुने भएको छ। निर्माणाधीन संघीय संसद भवनको मुल गेट अगाडि रहेका पोल स्थानान्तरण तथा स्मार्ट मिटर जडान गर्नुपर्ने भएका कारण बिद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गरेको छ। ‘पोल स्थानान्तरण तथा स्मार्ट मिटर जडान गर्नुपर्ने भएकाले सिंह दरबार परिषर भित्र, जिल्ला समन्वय समिति र… Continue reading शनिबार सिंहदरवारमा चार घण्टा बत्ति जाने
गौरवका आयोजनाको छनोटको मापदण्ड बदल्नु पर्छ : ऊर्जा मन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरुको छनौट गर्न उपयुक्त हुने धारणा राखेका हुन् । शुक्रबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै… Continue reading गौरवका आयोजनाको छनोटको मापदण्ड बदल्नु पर्छ : ऊर्जा मन्त्री
छुट जग्गा दर्ता गर्न सरकारले दियो मौका
काठमाडौं । सरकारले यसअघि नै भोगचलन गरिरहेका तर दर्ता हुन नसकेका जग्गाको छुट दर्ताका लागि फेरि मौका दिएको छ । गत सोमबारको मन्त्रिपरिषद बैठकले छुट जग्गा दर्ता गर्न चाहनेका लागि दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गर्न स्विकृती दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा… Continue reading छुट जग्गा दर्ता गर्न सरकारले दियो मौका
ग्राउन्डेड जहाज बनाएर नेवानिले दोहा उडायो
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ । गत सोमबारदेखि ग्राउण्डेड उक्त जहाजको प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार गत सोमबार काठमाडौँ-दोहा उडानको तयारीमा रहेको उक्त जहाजको ‘फ्लाइट कन्ट्रोल सेन्सर’मा समस्या देखिएपछि ग्राउन्डेड भएको थियो । जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट… Continue reading ग्राउन्डेड जहाज बनाएर नेवानिले दोहा उडायो
काभ्रेमा १५ लाख घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ
काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी… Continue reading काभ्रेमा १५ लाख घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टीले रुग्ण आयोजनामा दवावमुलक यात्रा गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रुग्ण आयोजनाहरुमा दवावमुलक यात्रा गर्ने भएको छ । पार्टीको केन्द्रिय समिती बैठकले यस्ता आयोजना तय गर्दै विवरण सार्वजनिक गरेको छ । भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय भएको गरिएको पार्टीले जनाएको छ । त्यस्ता आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको संभावित प्रारुप र… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीले रुग्ण आयोजनामा दवावमुलक यात्रा गर्ने
यसियाली विकास बैङ्क र सरकारबीच २२ अर्ब सहायताको सम्झौता
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १६ करोड अमेरिकी डलर (करिब २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ । सहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि आज अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव… Continue reading यसियाली विकास बैङ्क र सरकारबीच २२ अर्ब सहायताको सम्झौता
प्रधानमन्त्रीको निर्देशनपछि टुंगिएला प्रहरी समायोजन प्रक्रिया ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंगाउन निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर,… Continue reading प्रधानमन्त्रीको निर्देशनपछि टुंगिएला प्रहरी समायोजन प्रक्रिया ?
दोहोरो अंकले घट्यो शेयर बजार, ९ अर्ब ७६ करोडको कारोबार
काठमाडौं । केही दिनदेखि निरन्तर बढीरहेको शेयर बजार ओरालो लागेको छ । बुधवार नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३.६ विन्दुमा पुगेको हो । यसदिन ३०० कम्पनीको ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँ बराबरको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको… Continue reading दोहोरो अंकले घट्यो शेयर बजार, ९ अर्ब ७६ करोडको कारोबार
मेलम्चीमा दीर्घकालीन समाधान खोज्न समिती गठन
काठमाडौं । मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेको छ । मन्त्रीस्तरको निर्णय अनुसार समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समितिका सीडीई पदमबहादुर कुँवरको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यहरूमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का उपप्रवन्धक उमेशबाबु मरहट्ठा, आयोजना कार्यान्वयन निर्देशनलायका सीडीई विकेश बधानथ्याचे र केयूकेएलकै दिपेश… Continue reading मेलम्चीमा दीर्घकालीन समाधान खोज्न समिती गठन