काठमाडौंमा अनधिकृत संरचना हटाउने काम आज पनि जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति बीना बनाइएका घर–टहरा भत्काउने अभियानलाई आज पनि निरन्तरता दिएको छ । शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेका अनधिकृत घर टहरा महानगरले भत्काउन थालेको छ । सार्वजनिक जग्गामा रहेका, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानैबाट भत्काउन थालिएको महानगरले जनाएको छ । महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली बनस्थली चोकमा पुगेर… Continue reading काठमाडौंमा अनधिकृत संरचना हटाउने काम आज पनि जारी

सशस्त्र प्रहरीको क्यान्टिनमा अब विद्युतीय चुलो मात्र चल्ने

RSS

काठमाडौं । संस्थागतरुपमा नै विद्युतीय सवारी साधनको प्रवर्द्धन र चुलोको अभियान चलाउँदै आएको नेपाल विद्युत् प्राधिकरणले आज पुनःअर्को एक सङ्गठित संस्थासँग समझदारी गरेको छ । प्राधिकरण र सशस्त्र प्रहरीबलबीच विद्युतीय चुलो प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका तर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणका… Continue reading सशस्त्र प्रहरीको क्यान्टिनमा अब विद्युतीय चुलो मात्र चल्ने

१ अर्ब लागतमा बुटवलमा तयार भयो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्रीले उद्घाटन गर्दै

बुटवल । बुटवलमा १ अर्ब ११ करोड रुपैयाँ लागतमाअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ । आज सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । उद्घाटन कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकास मन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताहरूले सम्बोधन गर्नेछन् । पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका १०… Continue reading १ अर्ब लागतमा बुटवलमा तयार भयो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्रीले उद्घाटन गर्दै

विश्व बजारमा फेरि आकाशियो कच्चा तेलको भाउ, प्रतिब्यारेल कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ फेरि आकाशिएको छ । ६ महिना यताको सस्तो भएके कच्चा तेलको भाउ केही साता यता लगातार बढेको हो । दुई साता अघि प्रतिब्यालेर ९० डलरभन्दा तल झरेको कच्चा तेलको भाउ शुक्रबार प्रतिब्यारेल १०० डलर नाघेको छ । यो पछिल्लो तीन साता यताकै उच्च हो । शुक्रबार (साढे ११… Continue reading विश्व बजारमा फेरि आकाशियो कच्चा तेलको भाउ, प्रतिब्यारेल कति पुग्यो ?

सुनकोशी-३ आयोजना नेपाल र बंगलादेशले संयुक्त रुपमा बनाउने

काठमाडौं । सुनकोशी ३ जलविद्युत आयोजना नेपाल र बंगालदेशको संयुक्त लगानीमा बन्ने भएको छ । यो आयोजनाको लगानी र निर्माण मोडालिटी टुंग्याउन बंगलादेश सहमति भएको छ । बिहीबार बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर सुनकोसी ३ अगाडि बढाउन सहमती जुटेको छ । ऊर्जा क्षेत्रमा… Continue reading सुनकोशी-३ आयोजना नेपाल र बंगलादेशले संयुक्त रुपमा बनाउने

व्यापारीमाथिको हस्तक्षेप रोक्न बालेनलाई संघको आग्रह

काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघले व्यापारीमाथिको हस्तक्षेप रोक्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई आग्रह गरेको छ । संघको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई वार्तामार्फत् समस्याको समाधान निकाल्न सकिने भन्दै व्यापारीथिको हस्तक्षेप रोक्न अनुरोध गर्ने निर्णय गरेको छ । घरधनी र महानगरको लडाइँमा व्यापारी परेको संघको भनाई… Continue reading व्यापारीमाथिको हस्तक्षेप रोक्न बालेनलाई संघको आग्रह

बालेन दिनभर अनधिकृत संरचना हटाउन व्यस्त, बानेश्वर क्षेत्रमा हटाउन निर्देशन

काठमाडौं । बिहीबार पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह अनधिकृत रुपमा बनाइएका संरचना हटाउने अभियानमा संलग्न रहे । शुरुमा बानेश्वर क्षेत्रमा अनधिकृत संरचना हटाउन निर्देशन दिएका उनको अल्फाबिटामा भने घरधनीसँग चर्काचर्की परेको थियो । त्यसपछि उनले नक्सा र डोजर नै ल्याएर संरचना भत्काइएको छ । बालेनले नक्सा पास नभई बनाइएका यस्ता संरचना हटाउन भनेका छन्… Continue reading बालेन दिनभर अनधिकृत संरचना हटाउन व्यस्त, बानेश्वर क्षेत्रमा हटाउन निर्देशन

कोरियाली ब्राण्ड सामसङका टेलिभिजन अब नेपालमा उत्पादन हुने

काठमाडौं । दक्षिण कोरियाली ब्रान्ड सामसङका टेलिभिजन नेपालमै उत्पादन हुनेभएको छ । सामसङ र गोल्छा ग्रुपअन्तर्गतको हिम इलेक्ट्रोनिक्सको सहकार्यमा नेपालमै सामसङ ब्रान्डका टेलिभिजन उत्पादन गर्न थालिएको हो । बुधबार नवलपरासीमा एक कार्यक्रम गर्दै सामसङ कारखाना शिलान्यास भएको छ । स्वदेशमै उद्योग स्थापना गरी रोजगारी दिने उद्देश्यले सामसङ ब्रान्डका टेलिभिजन यहीँ बनाउन लागिएको गोल्छा ग्रुपका अध्यक्ष… Continue reading कोरियाली ब्राण्ड सामसङका टेलिभिजन अब नेपालमा उत्पादन हुने

नेप्सेमा झिनो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से १.६१अंकले बढेर २०५६.५९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२३ कम्पनीको १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१७ रुपैयाँ बराबरको ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading नेप्सेमा झिनो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

भ्रष्टाचार अभियोग पुष्टी भएपछि मलेसियाका पूर्वप्रधानमन्त्री रजक १२ वर्ष जेल चलान

क्वालालाम्पुर । भ्रष्टाचार अभियोग पुष्टी भएसँगै मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ। मलेसियाको उच्च अदालतले उनको अपील अस्वीकार गरेसँगै नजिब जेल चलान भएका हुन् । सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलभमेन्ट बरहाड (वानएमडीबी) दुरूपयोग गरेको अभियोगमा ६९ वर्षीय पूर्वप्रधानमन्त्रीलाई जेल सजाय तोकिएको हो। उनलाई सन् २०२० को जुलाईमा दोषी… Continue reading भ्रष्टाचार अभियोग पुष्टी भएपछि मलेसियाका पूर्वप्रधानमन्त्री रजक १२ वर्ष जेल चलान

साउनमा १३ प्रतिशतले घट्यो आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७९\८० को पहिलो महिना (साउन)मा आयातमा ठूलो गिरावट देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरको आयात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा १२.९० प्रतिशत कम हो । गत आवको साउनमा १ खर्ब ५० अर्ब… Continue reading साउनमा १३ प्रतिशतले घट्यो आयात

विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने

काठमाडौं । विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने भएको छ। विसं २०७८ वैशाख १३ गते त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्न प्रतिबन्ध लगाएको थियो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो मुलुकमा जान पाउने गरी उक्त प्रतिबन्ध… Continue reading विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने

शेयर बजारमा सामान्य अंकको वृद्धि, एक अर्ब ३३ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से १.८१ अंकले बढेर २०५४.९५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२२ कम्पनीको १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँ बराबरको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा सामान्य अंकको वृद्धि, एक अर्ब ३३ करोडको कारोबार

विश्वव्यापी खाद्य संकटसँग जुध्न अमेरिकाले नेपाललाई २ अर्ब अनुदान दिने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले विश्वव्यापी खाद्य संकटबाट बच्त नेपाललाई २ अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (.युएसएआईडी) ले नेपाललाई रुस–युक्रेनको युद्धबाट बढ्दै गएको विश्वव्यापी संकटबाट जोखिममा परेका जनतालाई जोगाउन करिब दुई अर्ब रुपियाँ सहयोग उपलब्ध गराउने नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी… Continue reading विश्वव्यापी खाद्य संकटसँग जुध्न अमेरिकाले नेपाललाई २ अर्ब अनुदान दिने

मिटरब्याजीविरुद्ध १९३७ वटा उजुरी

File

काठमाडौं । मिटरब्याजीविरुद्ध देशभरबाट १९३७ वटा उजुरी परेका छन् । गृहमन्त्री बालकृष्ण खाणले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार सोमबारसम्म मिटरव्याज पीडितहरूबाट सो संख्यामा उजुरी आएको हो । गृह मन्त्रालयले मिटरव्याज अपराध अध्ययन गर्न कार्यदल नै बनाएर उजुरी आह्वान गरेको थियो। कतिपय जिल्लामा मिटरव्याज अपराधविरूद्ध उजुरी नै नआएपछि सार्वजनिक सूचना जारी गरेर उजुरी आह्वान… Continue reading मिटरब्याजीविरुद्ध १९३७ वटा उजुरी

बेलायतमा नेपाली स्वास्थ्यकर्मी लैजाने विषयमा श्रम सम्झौता

तस्बिर:रासस

काठमाडौं । नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरे। समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । नेपाली स्वास्थ्यकर्मी शून्य लागतमा वेलायत जान… Continue reading बेलायतमा नेपाली स्वास्थ्यकर्मी लैजाने विषयमा श्रम सम्झौता

शेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ७.३८ अंकले घटेर २०५३.१६ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२२ कम्पनीको १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँ बराबरको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा लगातार गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

आयोगद्धारा निर्वाचनका लागि ११ अर्ब रुपैयाँ माग

File

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि अर्थमन्त्रालयसँग १० अर्ब ९८ करोड बढी बजेट मागेको छ । आइतबार आयोगले अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड ९८ लाख बजेट माग गरेको हो । बजेट मन्त्रालयले निकासा गरेपछि खर्च गर्न सकिने छ । सरकारले ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने… Continue reading आयोगद्धारा निर्वाचनका लागि ११ अर्ब रुपैयाँ माग

झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलो शेयर बजार मापक सूचक नेप्से ७.७२ अंकले घटेर २०६०.५५ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २१८ कम्पनीको २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८८ रुपैयाँ बराबरको ५३ लाख ३९ हजार ४ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेपालले साउनमा १ अर्ब ८३ करोडको विद्युत बेच्यो, थप १११ मेगावाट निर्यात प्रस्ताव

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा… Continue reading नेपालले साउनमा १ अर्ब ८३ करोडको विद्युत बेच्यो, थप १११ मेगावाट निर्यात प्रस्ताव

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान

काठमाडौं । सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आह्वान गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो । उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु… Continue reading नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान

बिहीबार २८४ गाडी फोहोर बन्चरे डाँडामा बिसर्जन

काठमाडौं । बन्चरे डाँडामा स्थानीयको अवरोध बिहीबार समेत कायम रह्यो । यसका वावजुत बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीहरुलाई केहीबेर स्थानीयले अवरोध गरेका थिए । स्थानीयवासीको अवरोध हटाउन बिहीबार समेत ठूलो संख्यामा प्रहरी खटाइएको थियो । पक्राउ परेका स्थानीयलाई रिहा गर्नुपर्ने… Continue reading बिहीबार २८४ गाडी फोहोर बन्चरे डाँडामा बिसर्जन

दुई ठूला जलविद्युत आयोजना निर्माणको जिम्मा भारतलाई

काठमाडौं । नेपालका दुई ठूला जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीले पाएका छन् । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना पाएको छ । साथै ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र समेत सोही कम्पनीले पाएको छ । बिहीबार आयोजित कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने… Continue reading दुई ठूला जलविद्युत आयोजना निर्माणको जिम्मा भारतलाई

नेपाली शेयर बजार हरियाली, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक नेप्से २७.७२ अंकले बढेर २०६८.७२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिवार २२० कम्पनीको २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५६ रुपैयाँ बराबरको ५१ लाख १ हजार २९० कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading नेपाली शेयर बजार हरियाली, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

कलंकीको खसी बजार हटाउन महानगरपालिकाको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका कलंकीस्थित खसी बजार खाली गर्न निर्देशन दिएको छ। महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै १५ दिन भित्र बजार हटाउन भनेको हो । वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको हो । खसी बजारका कारण नदी प्रदूषण भएको,… Continue reading कलंकीको खसी बजार हटाउन महानगरपालिकाको निर्देशन

बन्चरेडाँडामा चार बुँदे सहमती, बिहीबारबाट उठ्ला फोहोर ?

काठमाडौं । काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न भइरहेको अवरोध हटाउने बारे बुधबार सहमति जुटेको छ । काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न जारी अवरोध अन्त्य गर्ने सम्बन्धमा ४ बुँदे सहमति भएको छ । फोहोर बोक्ने गाडीले… Continue reading बन्चरेडाँडामा चार बुँदे सहमती, बिहीबारबाट उठ्ला फोहोर ?

सिंहदरबारमा ग्यास लैजान नपाइने, मन्त्रालयका क्यानटिनमा अब विद्युतीय चुल्हो

काठमाडौं । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो । सोही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो । अर्थमन्त्री जनार्दन… Continue reading सिंहदरबारमा ग्यास लैजान नपाइने, मन्त्रालयका क्यानटिनमा अब विद्युतीय चुल्हो

झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से ०.३६ अंकले घटेर २०४०.६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२० कम्पनीको १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

बालेनले प्रचण्डमाथि नैतिक प्रश्न उठाएपछि..

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बञ्चरेडाँडामा फोहोर लिएर जाने सडकको अवस्था नाजुग भएकामा प्रचण्डप्रति प्रश्न उठाएका छन् । हिलाम्य सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै बालेनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नैतिकतामाथि पनि प्रश्न उठाएका हुन् । यो सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनले पाएको छ । यो ठेकेदार कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी… Continue reading बालेनले प्रचण्डमाथि नैतिक प्रश्न उठाएपछि..

नेपालको मूल्यवृद्धि ८.०८ प्रतिशत पुग्यो, आकाशियो गेडागुडी, तेललगायतको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८र०७९ को १२ महिनाको तथ्यांक अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको मुद्रास्फीति २०७९ असारसम्म ८.०८… Continue reading नेपालको मूल्यवृद्धि ८.०८ प्रतिशत पुग्यो, आकाशियो गेडागुडी, तेललगायतको मूल्य