रेमिट्यान्समा सामान्य सुधार, एक वर्षमा १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८/७९ मा विप्रेषण ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड… Continue reading रेमिट्यान्समा सामान्य सुधार, एक वर्षमा १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

विदेशी मुद्राको सञ्चिति ६.९ महिनाका लागि मात्रै, दबाब कायमै

काठमाडौं । विदेशी विनिमय सञ्चिति घटेको १३ प्रतिशतले छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को एक वर्षको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले यस्तो देखिएको हो । २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा रु.१२१५… Continue reading विदेशी मुद्राको सञ्चिति ६.९ महिनाका लागि मात्रै, दबाब कायमै

दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी परामर्श सेवा कम्पनीलाई दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्सका रुपमा ल्याउन पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन तथा थप व्यवस्था गर्दै १० लाख रुपैयाँसम्मको सीमालाई बढाएर १५ लाख रुपैयाँ बनाएको छ । विदेशी परामर्श सेवा कम्पनीको नेपालस्थित सहायक कम्पनी र यस्तो काम गर्ने नेपाली… Continue reading दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन पाइने

भारतबाट फेरि घटेर आयो इन्धनको भाउ, नेपालमा घट्ने नघट्ने अझै अन्योल

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई साउन ३१ गते (अगस्ट १६ तारिख) पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूची अनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै… Continue reading भारतबाट फेरि घटेर आयो इन्धनको भाउ, नेपालमा घट्ने नघट्ने अझै अन्योल

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सुधार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २४.८३ अंकले घटेर २०४१.६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२१ कम्पनीको २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँ बराबरको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सुधार

वीरगन्जस्थित बन्द अवस्थाको कृषि कारखाना सञ्चालनमा महाविर पुनलाई पनि सहभागी गराउने अर्थमन्त्रीको प्रस्ताव

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्जस्थित कृषि औजार कारखानाको अध्ययन गर्न महावीर पुनसमक्ष आग्रह गरेका छन् । पुनसँग आइतबार अर्थ मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री शर्माले यस्तो प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ । सरकारले कृषि औजार कारखाना सञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी गराउँदै अर्थमन्त्री शर्माले कारखानानको अहिलेको अवस्था अध्ययन गर्न प्रस्ताव गरेका हुन् । उनले कारखानालाई… Continue reading वीरगन्जस्थित बन्द अवस्थाको कृषि कारखाना सञ्चालनमा महाविर पुनलाई पनि सहभागी गराउने अर्थमन्त्रीको प्रस्ताव

बन्चरे डाँडाको अवरोधमा एमालले पनि साथ दिएपछि बालेन अझ आक्रोसित

काठमाडौं । बन्चरे डाँडामा सोमबार समेत अवरोध निरन्तर रहेपछि दिनभर स्थानयि र प्रहरीबीच तनाव भइरह्यो । फोहोर फाल्न ठूलो संख्यामा प्रहरी परिचालन गर्नु परेको छ । यसबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) झनै आक्रोसित बनेका छन् । साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको र यसमा सत्तारुढ दलसँगै विपक्षीले समेत साथ दिएकोमा दुखः व्यक्त गरेका… Continue reading बन्चरे डाँडाको अवरोधमा एमालले पनि साथ दिएपछि बालेन अझ आक्रोसित

क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगायतको कारोबार गरे कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ, हाइपर फण्ड लगायतको कारोबारको कारोबार गैरकानुनी रहेको बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा बिटक्वाइन लगाएको कारोबार नगर्न आग्रह गरेको हो । यस विषयमा २०७४ साउन २९ गते, २०७८ भदौ २४ र गत… Continue reading क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगायतको कारोबार गरे कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी

नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक, यी हुन धेरै मुल्य बढ्ने कम्पनी

काठमाडौं । साताको कारोबारको दोस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ । सोमवार शेयर बजार मापक सूचक (नेप्से) ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २१५ कम्पनीको २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको ६० लाख २६ हजार १९२ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक, यी हुन धेरै मुल्य बढ्ने कम्पनी

आज पनि रोकिए बन्चरे डाँडामा फोहोरका गाडी

काठमाडौ । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडी सोमबार पनि रोकिएका छन् । स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले गाडी बीच बाटोमै रोकिदिएका हुन् । सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरुलाई साथ दिएको स्थानीयले जनाएका छन् । हिजो धादिङको धुनिबेशी नगरपालिका-१… Continue reading आज पनि रोकिए बन्चरे डाँडामा फोहोरका गाडी

बंगलादेशमा इन्धनको मूल्य ५० प्रतिशतसम्म बढ्यो, देशभर प्रदर्शन

AP Photo/Al-emrun Garjon\AL Jazeera

ढाका । बंगलादेशमा इन्धनको मूल्य ५० प्रतिशतसम्म बढ्दा विरोध प्रदर्शन शुरु भएको छ । यस देशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तेलको बढ्दो मूल्यको कारण युक्रेनमा जारी युद्ध भएको त्यहाँको सरकारको तर्क छ । दक्षिण एशियामा यसअघि श्रीलंकामा चरम आर्थिक संकटले जनजीवन नराम्रोसँग प्रभावित भइसकेको छ ।… Continue reading बंगलादेशमा इन्धनको मूल्य ५० प्रतिशतसम्म बढ्यो, देशभर प्रदर्शन

बल प्रयोग गरेर फोहोर लैजान खोजेपछि स्थानीयले रोके, बालेन आक्रोसित

काठमाडौं । काठमाडौंबाट बल प्रयोग गरी फोहोर बन्चरे डाँडा लैजान खोजिएपछि आइतबारबाट पुनः फोहोर लैजाने काम प्रभावित बनेको छ । स्थानीयले आइतबार दिनभर जसो बाटोमा अवरोध गरिरहे । साथै महानगरपालिकाले गरेको सम्झौता कार्यान्वयन नगरी फोहोर ल्याउन नदिने भन्दै राजनीतिक दलका नेतृत्वको हस्ताक्षरमा एक विज्ञप्ती जारी भएसँगै महानगरपालिकाका मेयर बालेन साह भने आक्रोसित बनेका छन् ।… Continue reading बल प्रयोग गरेर फोहोर लैजान खोजेपछि स्थानीयले रोके, बालेन आक्रोसित

रोकिएन नेपाली शेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौ. । सेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । गत सोमबारदेखि ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ५ कारोबार दिनमै नेप्से झन्डै १०८ अंकले घटेको छ । आइतबार नेप्से २७.९२ अंकले घटेर २०१०.०१ विन्दुमा आइपुगेको छ । यसदिन २२७ कम्पनीको १ अर्ब ८७ करोड ३२ लाख ८१… Continue reading रोकिएन नेपाली शेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

शनिबार बन्चरे डाँडामा फालियो १५२ गाडी फोहोर

काठमाडौं । शनिबारबाट काठमाडौंमा फोहोर संकलन शुरु भएको महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी गराएका छन् । उनका अनुसार शनिबार १५२ वटा गाडी फोहोर बञ्चरे डाँडामा पुगेको छ । शनिबार स्थानीयले समेत अवरोध नगरेको उनले जानकारी गराएका छन् । अब कुनै अवरोध नभए दैनिक २५० देखि ३५० वटा गाडी बन्चरे डाँडा लैजाने लक्ष्य छ । काठमाडौं… Continue reading शनिबार बन्चरे डाँडामा फालियो १५२ गाडी फोहोर

गृहको आह्वान : मिटर मिटरब्याजी पिडितले निवेदन देउ

काठमाडौं । गृह मन्त्रालयले देशभरका सबै मिटरब्याजी पीडितलाई भदौ ५ गते सम्म उजुरी दर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै देशभरका मिटरब्याज पीडितहरूलाई भदौ ५ गतेसम्म उजुरी दिन अनुरोध गरेको हो। पीडितहरूलाई आ(आफ्नै जिल्ला प्रशासन कार्यालयमा भएका प्रमाणसहित लिएर जान अनुरोध गरेको हो। शुक्रबार मिटरब्याजको नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशनमा… Continue reading गृहको आह्वान : मिटर मिटरब्याजी पिडितले निवेदन देउ

वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा आरक्षण स्वीकृत

काठमाडौं । सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले संगठित संस्थाले जारी गरेको प्राथमिक निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण पाउने निश्चित भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमै यस्तो घोषणा गरेको थियो । यो व्यवस्था कार्यान्वयनका लागि धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली’ संशोधन गरी स्वीकृतिका लागि पठाएको हो । बिहीबार… Continue reading वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा आरक्षण स्वीकृत

चीनले पुनः बन्द गर्यो नेपालसँगका नाका

Photo : Gorakhapatra.com

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेको भन्दै चीनले पुनः एकतर्फी रुपमा नेपालसँगका नाका बन्द गरेको छ । तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको बताइएको छ । नाका बन्द भएपछि तीन दिन अघिदेखि सो नाकाबाट चिनियाँ सामान आयात हुन नपाएको भन्सार कार्यालयले जनाएको छ । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार बुधबारदेखि… Continue reading चीनले पुनः बन्द गर्यो नेपालसँगका नाका

अर्थसचिव बने कृष्णहरी पुष्कर, राजस्व सचिवमा दंगाल

काठमाडौं । सरकारले अर्थ सचिवमा कृष्णहरि पुष्करलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सचिवमा पुष्करलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि अर्थ मन्त्रालयमा राजस्व सचिव थिए । यसअघि मन्त्रिपरिषदको बैठकले तत्कालिन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो । मन्त्रिपरिषद बैठकले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको… Continue reading अर्थसचिव बने कृष्णहरी पुष्कर, राजस्व सचिवमा दंगाल

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । यसअघि भएका सहमति नेपाल आयल निगमले पालना नगरेको भन्दै व्यवसायीले फेरि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । ढुवानी भाडा बढाउन पटक पटक सहमति गरे पनि त्यसलाई कार्यन्वयन निगमले आलटाल गरेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ । ‘आगामी… Continue reading पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा

रोकिएन नेपाली शेयर बजारको ओरालो यात्रा, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारको आरोलो यात्र कायमै रहेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १९.०६ अंकले घटेर २०३७.८३ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२३ कम्पनीको १ अर्ब ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँ बराबरको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर किनबेच… Continue reading रोकिएन नेपाली शेयर बजारको ओरालो यात्रा, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं–केरुङ रेलमार्ग बन्ने सम्भावना बढेको हो ?

File

काठमाडौं । चिनियाँ भ्रमणमा रहेका परराष्ट्र मन्त्री नारायण खड्कासँगको औपचारिक भेटमा चीनका विदेश मन्त्री वाङ यीले दिएको आश्वासनपछि काठमाडौं–केरुङ रेलमार्ग बन्ने सम्भावना बढेको छ । चीनले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । यो आयोजना अहिले पनि अन्यौलमा छ । चीनले आश्वासन मात्र दिएको आशंकाका बीच पुनः यो… Continue reading काठमाडौं–केरुङ रेलमार्ग बन्ने सम्भावना बढेको हो ?

नेपाल विद्युत प्राधिकरणको एक वर्षको नाफा १६ अर्ब ९ करोड

काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा निरन्तर राम्रो प्रदर्शन गरिरहेको नेपाल विद्युत प्राधिकरणले एक वर्षको अवधिमा १६ अर्ब ९ करोड रुपैयाँ मुनाफा कमाएको छ । प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८\७९ को अपरिस्कृत तथ्यांक अनुसार संस्थाको वार्षिक नाफा १६४ प्रतिशतले बढेको हो । आव २०७७\७८ मा ६ अर्ब १० करोड मात्र खुद नाफा थियो । प्राधिकरणका… Continue reading नेपाल विद्युत प्राधिकरणको एक वर्षको नाफा १६ अर्ब ९ करोड

नर्भिकको संरचना नहटाउन सर्वोच्चको अल्पकालिन आदेश, भड्किए बालेन

काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं महानगरपालिकाले गत सोमबार २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएको थियो भने मंगलबार मेयर बालेन्द्र (बालेन) साह आफैं नर्भिक अस्पताल पुगेका थिए । त्यसपछि अस्पताल र काठमाडौं महानगरका प्राविधिकले तोकेको समयमा संरचना भत्काउने… Continue reading नर्भिकको संरचना नहटाउन सर्वोच्चको अल्पकालिन आदेश, भड्किए बालेन

एक वर्षमा कामनपाको खर्च ७ अर्ब ३१ करोड

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्व ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपैयाँ ४७ पैसा खर्च गरेको छ । बुधबार राष्ट्रिय सभा गृहमा वार्षिक समीक्षा बैठकमा वित्त विभागले यो अङ्क प्रस्तुत गरेको हो। काठमाडौं महानगले करिब १९ अर्बको बजेट ल्याएकोमा साढे १६ अर्बमा झार्दा पनि ४४.२४ प्रतिशत मात्रै खर्च गरेको… Continue reading एक वर्षमा कामनपाको खर्च ७ अर्ब ३१ करोड

नेपाली शेयर बजारको ओरालो यात्र कायमै, तीन दिनमै नेप्से ६५ अंकले घट्यो

काठमाडौं । शेयर बजारको आरोलो यात्र कायमै रहेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ५.११ अंकले घटेर २०५७.६८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २१८ कम्पनीको १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ रुपैयाँ बराबरको ४६ लाख ४० हजार८४४ कित्ता शेयर किनबेच भएका… Continue reading नेपाली शेयर बजारको ओरालो यात्र कायमै, तीन दिनमै नेप्से ६५ अंकले घट्यो

चीनसँगको मूख्य नाका रसुवागढी जाने बाटो पहिरोले बगायो, सडक अवरुद्ध

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ सडक पहिरोले बगाएको छ । जसले गर्दा नाकासम्म पुग्ने पहुँच नै अवरुद्ध बनेको छ । गतराति ठूलो वर्षाका कारण आएको पहिरोले जिल्लाको उत्तरगया गाउँपालिका-५ स्थित बनुवामा कालोपत्रे सडक नै बगाएपछि सम्पर्क टुटेको हो । सडक बन्द भएका कारण सदरमुकाम धुन्चे, रसुवागढी नाका,… Continue reading चीनसँगको मूख्य नाका रसुवागढी जाने बाटो पहिरोले बगायो, सडक अवरुद्ध

कामदार र रोजगारदाताबीच भेट गराउन रोजगार तथा सीप मेला आयोजना हुँदै

काठमाडौं । नेपाल उद्योग परिसंघले १७–२० कात्तिकसम्म सीएनआई रोजगार तथा सीप मेला आयोजना गर्ने भएको छ । परिसंघले मंगलबार पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमण्डपमा सीएनआई रोजगार तथा सीप मेला– २०२२ हुने जानकारी दिएको हो । चार दिने मेलामा २ सय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागी हुने परिसंघले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै… Continue reading कामदार र रोजगारदाताबीच भेट गराउन रोजगार तथा सीप मेला आयोजना हुँदै

कोभिडपछि रोकिएको कोरियाको रोजगारी पुनः सूचारु गर्ने

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा, सीपसहितका अन्य प्रक्रियामा सफल भएका उम्मेदवारलाई कात्तिकभित्र दक्षिण कोरिया पठाउने प्रक्रिया थालिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको नाम दक्षिण कोरिया मानव संशाधन विभाग (एचआरडी) को रोस्टरमा… Continue reading कोभिडपछि रोकिएको कोरियाको रोजगारी पुनः सूचारु गर्ने

काठमाडौं महानगरले कीर्तिपुरमा भेट्यो ५० रोपनी जग्गा, अब कुहिने फोहरबाट मल उत्पादन गर्ने

काठमाडौं । यही साउन अन्तिम सातादेखि काठमाडौं उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ । पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै त्यस्ता फोहर यही नै व्यवस्थापन गर्न लागिएको हो । काठमाडौँ महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको… Continue reading काठमाडौं महानगरले कीर्तिपुरमा भेट्यो ५० रोपनी जग्गा, अब कुहिने फोहरबाट मल उत्पादन गर्ने

शेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २१४ कम्पनीको २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँ बराबरको ६५ लाख २७ हजार ४४१ कित्ता शेयर किनबेच… Continue reading शेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट