नारायणकाजीको चेतावनी : नेपाल ढिलो-चाँडो श्रीलंकाकै बाटोमा पुग्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो–चाँडो श्रीलङ्काकै स्थितिमा पुग्ने चेतावनी दिएका छन् । आइतवार सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले भ्रष्ट, स्वार्थ, कुशासन, अपारदर्शिता बढ्दै गए नेपाल श्रीलङ्काकै अवस्थामा पुग्ने चेतावनी दिएका हुन् । उनले लेखेका छन्, हामी अहिले नै श्रीलङ्काको अवस्थामा पुगिसकेका छैनौँ, यो सही नै हो । तर तितो र नाङ्गो… Continue reading नारायणकाजीको चेतावनी : नेपाल ढिलो-चाँडो श्रीलंकाकै बाटोमा पुग्छ

नेपाली उद्योगको सिमेन्ट भारतमा निर्यात शुरु

नवलपरासी । नेपाली उद्योगबाट उत्पादन भएको सिमेन्ट भारतमा निर्यात थालिएको छ । पश्चिम नवलपरासीको पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन भारत पठाउन थालेको हो । शुक्रबार सुनौली नाका हुँदै तीन ट्रक सिमेन्ट भारत पठाइएको आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राकेश अग्रवालले जानकारी गराए । उनका अनुसार परीक्षणका लागि तीन ट्रक पठाइएको हो । उद्योगले तानसेन ब्राण्डको पिपिसी… Continue reading नेपाली उद्योगको सिमेन्ट भारतमा निर्यात शुरु

नेपालमा ६० हजार १८५ वटा उद्योग\प्रतिष्ठान, ६ खर्ब १९ अर्ब पूँजी

REUTERS

नेपालमा ६० हजार १८५ वटा उद्योग\प्रतिष्ठान रहेको सरकारी तथ्यांकले देखाएको छ । केन्द्रित तथ्यांक विभागले सार्वजनिक गरेको आंकडा अनुसार अर्थतन्त्रको संरचनामा योगदान गर्ने १७ वटा क्षेत्रमध्ये औद्योगिक क्षेत्र भित्र पर्ने चार वटा क्षेत्रको सर्वेक्षणबाट ती उद्योगको संख्या यकिन गरिएको हो । जस अनुसार खानी तथा उत्खनन क्षेत्रमा ३५६, औद्योगिक उत्पादनको क्षेत्रमा ५६ हजार ६११, विद्युत्,… Continue reading नेपालमा ६० हजार १८५ वटा उद्योग\प्रतिष्ठान, ६ खर्ब १९ अर्ब पूँजी

नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३४.७१ अंकले घटेर १९९२.६१ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २१७ कम्पनीको १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँ बराबरको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

कृषि विकास बैंकमा एकै पटक खुल्यो १५२ जनाको रोजगारी

काठमाडौं । कृषि विकास बैंकमा १ सय ५२ पदमा स्थायी पदपूर्तिका लागि दरखास्त खुलेको छ । बैंकले शुक्रबार सूचना प्रकाशित गरी खुला तथा समावेशीतर्फ आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको छ । बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्प्युटर अधिकृत, तीन इञ्जिनियर (सिभिल) र १२ कर्जा अधिकृतका लागि आवेदन मागेको… Continue reading कृषि विकास बैंकमा एकै पटक खुल्यो १५२ जनाको रोजगारी

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी गराएका छन् । समितिमा एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी र एकीकृत समाजवादीबाट १/१ जना सदस्य रहनेगरी समिति बन्ने… Continue reading अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

अर्थसचिव मरासिनी बिदामा,जनार्दन शर्मा मन्त्री रहुन्जेल मन्त्रालय नफर्किने मुडमा

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । अर्थमन्त्री विवादमा मुछिएका बेला मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका हुन् । बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेको मन्त्रालयका अधिकारीहरुले दाबी गरेका छन् । स्रोतकाअनुसार अर्थसचिव मरासिनीले बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव… Continue reading अर्थसचिव मरासिनी बिदामा,जनार्दन शर्मा मन्त्री रहुन्जेल मन्त्रालय नफर्किने मुडमा

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से)१३.३३ अंकले बढेर २०४३.९२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०० रुपैयाँ बराबरको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

भारतमा होटल तथा रेष्टुरेन्टमा लाग्दै आएको सेवा शूल्क हट्यो

नयाँ दिल्ली । भारतमा होटेल तथा रेष्टुरेन्टमा लाग्दै आएको सेवा शूल्क हटेको छ । भारतको केन्द्रिय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए)ले सोमवार होटेल, रेष्टुरेन्ट तथा ढावाले लिने गरेको सेवा शूल्क हटाउने निर्णय गरेको हो । अब भारतमा सेवा शूल्क प्रतिवन्धित भएको छ । त्यो त भारतमा सन् २०१७ मा समेत यस्तो घोषणा भएको थियो । तर,… Continue reading भारतमा होटल तथा रेष्टुरेन्टमा लाग्दै आएको सेवा शूल्क हट्यो

नेपालमा अमेरिकी डलरको मूल्यमा निरन्तर कीर्तिमान

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँँदै नयाँ नयाँ कीर्तिमान बनिरहेका छन् । बुधबार अघिल्लो दिनको तुलनामा ०.६७ पैसाले मूल्य बढेपछि अमेरिकी डलरको भाउले उच्च कीर्तिमान छोएको हो । बुधबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७.३० पैसा तोकेको छ । यो अहिलेसम्मकै माथिल्लो विन्दु हो । यसअघि गत सोमबार… Continue reading नेपालमा अमेरिकी डलरको मूल्यमा निरन्तर कीर्तिमान

आलुको बोरामा ८३ लाख नगद भेटिएपछि…

जनकपुर । धनुषामा स्रोत नखुलेको साढे ८३ लाख रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन् । जनकन्दिनी गाउँपालिका वडा नम्बर १ मा आलुको बोरा बोकेर आउँदै गरेको ज ७ प ५००७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा ८३ लाख ६४ हजार पाँच सयसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन शर्माले जानकारी गराएका छन्… Continue reading आलुको बोरामा ८३ लाख नगद भेटिएपछि…

पेट्रोलियम पदार्थको भाउ बढ्यो, कुन इन्धनको मूल्य कति ?

काठमार्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आजै राती १२ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा ९\९ तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर… Continue reading पेट्रोलियम पदार्थको भाउ बढ्यो, कुन इन्धनको मूल्य कति ?

श्रीलंका चरम आर्थिक संकटमा, तेल भण्डारण रित्तियो

BBC

कोलम्बो । सात दशकमा सबैभन्दा चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्कामा इन्धनको भण्डार रित्तिने चेतावनी देशका ऊर्जामन्त्रीले दिएका छन्। नियमित माग पूरा गर्नेगरी वितरण गर्न हो भने श्रीलङ्कामा बाँकी भएको पेट्रोल एक दिनका लागि पनि नपुग्ने कञ्चन विजेशेकरले बताएका हुन्। अब दुई सातापछि मात्रा श्रीलङ्कामा थप पेट्रोल आइपुग्ने उनले आइतवार बताए। इन्धन, खाद्यपदार्थ र औषधि आयात… Continue reading श्रीलंका चरम आर्थिक संकटमा, तेल भण्डारण रित्तियो

मुगुको रारा तालमा पहिलो पटक पुग्यो विजुली

RSS

मुगु । मुगुको रारा तालमा विजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले मुगुमा २ हजार ९९० मिटर उचाईमा रहेको रारा ताल क्षेत्रमा विद्युत पुगेको जनाएको छ । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित विद्युत करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी पुर्‍याएको हो। सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत… Continue reading मुगुको रारा तालमा पहिलो पटक पुग्यो विजुली

निजी सवारीमा जोर-विजोर देखि इन्धनमा कोटा प्रणाली लागु गर्न आयल निगमको प्रस्ताव

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न सरकार समक्ष विभिन्न प्रस्ताव गरेका। छ । दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिनेदेखि जोर विजोरसम्मको प्रस्ताव गरिएको छ । इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । इन्धनको मूल्य वृद्धिका कारण… Continue reading निजी सवारीमा जोर-विजोर देखि इन्धनमा कोटा प्रणाली लागु गर्न आयल निगमको प्रस्ताव

गगन थापाले मागे अर्थमन्त्रीको राजिनामा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्रीमाथि संसद भित्र र बाहिर प्रश्न उठेकाले राजीनामा दिनुपर्ने बताए । अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर तत्काल छानबिन गर्नुपर्ने पनि थापाले बताए । अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा… Continue reading गगन थापाले मागे अर्थमन्त्रीको राजिनामा

झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ३४ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको पहिलो दोस्रो कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ९.७५ अंकले घटेर २०७६.६७ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३४ कम्पनीको ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँ बराबरको १ करोड ८ लाख ८१… Continue reading झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ३४ करोडको कारोबार

नेपालमा आउने पर्यटकमध्ये आधा भारतीय, दोस्रो स्थानमा अमेरिकी

काठमाडौं । नेपालमा आउने पर्यटकमध्ये आधा पर्यटक भारतीय भएको तथ्यांकले देखाएको छ । सन् २०२२ को ६ महिना (जनवरी–जुन) मा कुल २ लाख ३७ हजार ६९६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनामा मात्र ४६ हजार ९५७ जना पर्यटक नेपाल आएका छन् । यसमध्ये भारतबाट मात्र २३ हजार २४८… Continue reading नेपालमा आउने पर्यटकमध्ये आधा भारतीय, दोस्रो स्थानमा अमेरिकी

अर्थ मन्त्रालयको स्पष्टीकरण- बजेट निर्माण बेलाको सीसीटिभी फुटेज मेटियो

काठमाडौं । अर्थमन्त्रालयले बजेट निर्माणको समयको सीसीटिभी फुटेज मेटिएको जनाएको छ । मन्त्रालयले आइतवार उपभोक्ता हित संरक्षण मञ्च नेपाललाई पत्रचार गर्दै बजेट निर्माणको समयको सीसीटिभी फुटेज सुरक्षित नरहेको स्पष्टीकरण दिएको हो । मन्त्रालयले सूचना माग गर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई पत्र पठाएर बढीमा १३ दिनसम्मको सीसीटीभी फुटेज अभिलेखमा रहने र त्यसपछि स्वतः… Continue reading अर्थ मन्त्रालयको स्पष्टीकरण- बजेट निर्माण बेलाको सीसीटिभी फुटेज मेटियो

उच्च अंकले बढ्यो नेप्से, २ अर्ब ४८ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ५७.६१ अंकले बढेर २०८६.३८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३१ कम्पनीको २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँ बराबरको ७२ लाख २७ हजार ६९२ कित्ता शेयर… Continue reading उच्च अंकले बढ्यो नेप्से, २ अर्ब ४८ करोडको कारोबार

नेपाल प्रहरीमा एकै पटक खुल्यो करीव ३ हजारलाई रोजगारी

काठमाडौं । नेपाल प्रहरीले एकै पटक करीव ३ हजार दरवन्दीमा कर्मचारी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक र २ हजार ४७४ जना प्रहरी जवान पदमा दरखास्त आह्वान गरेको हो । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४४३ जना असई… Continue reading नेपाल प्रहरीमा एकै पटक खुल्यो करीव ३ हजारलाई रोजगारी

ओलीको आरोप : एमालेले सरकार छाडेपछि ४९ अर्बको चामल आयात भयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालले सरकार छाडेपछि ४९ अर्ब रुपैयाँको चामल आयात भएको बताएका छन् । शनिबार अखिल नेपाल किसान महासंघले एमाले मूख्यालयमा आयोजना गरेको कार्यक्रममा ओलीले कृषि प्रधान देशमा यति धेरै चामल आयात हुनु अशोभनीय भएको उल्लेख गरे । ‘हामीले सरकार छाडेपछिको मात्र हिसाब गर्दा ४९ अर्बको चामल… Continue reading ओलीको आरोप : एमालेले सरकार छाडेपछि ४९ अर्बको चामल आयात भयो

निजगढ पुगेर शीर्ष नेताले भने : कम वातावरणीय क्षतिमा विमानस्थल बन्छ

काठमाडौं । बाराको निजगढमा पुगेर शीर्ष नेताहरुले कुनै पनि हालतमा निजगढमा विमानस्थल बन्ने बताएका छन् । तर, यस क्रममा कम वातावरणीय क्षतिमा विमानस्थल बन्ने उनीहरुको भनाई छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने बताए । उनले अहिले प्रस्तावित भएको ठाउँमै विमानस्थल बनाइने बताए । प्रधानमन्त्री देउवाले विमानस्थल निर्माणका लागि विज्ञसँग… Continue reading निजगढ पुगेर शीर्ष नेताले भने : कम वातावरणीय क्षतिमा विमानस्थल बन्छ

प्रधानमन्त्रीसहित शीर्ष नेता निजगढ विमानस्थल निर्माण क्षेत्रमा

बारा । प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू निजगढ विमानस्थलको प्रस्तावित क्षेत्र बाराको निजगढ पुगेका छन् । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु निजगढ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् । प्रधानमन्त्रीसहितको टोलीमा माओवादी… Continue reading प्रधानमन्त्रीसहित शीर्ष नेता निजगढ विमानस्थल निर्माण क्षेत्रमा

काठमाडौं र बैंककलाई जोड्यो थाइ स्माइलले

काठमाडौं । थाइल्याण्डको वायुसेवा कम्पनी थाइ स्माइल एयरवेजले बैंकक–काठमाडौं–बैंकक रुटमा उडान थालेको छ । यो रुटमा शुक्रबारदेखि दुई तर्फी हवाई सेवा सुरु भएको हो । कम्पनीका अनुसार अब दैनिक एक उडान यस रुटमा हुनेछ । कम्पनीले एयरबस–३२० मा इकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमताको जहाज उडाएको छ… Continue reading काठमाडौं र बैंककलाई जोड्यो थाइ स्माइलले

विद्युत प्राधिकरणले भारतलाई बिजुली बेचेर एक महिनामा कमायो एक अर्ब ७२ करोड

काठमाडौं । नेपालले भारतीय बजारमा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । नेपाल विद्युत प्राधिकरणले जुन महिनामा यति मूल्यमा नेपालमा उत्पादन भएको ६ जलविद्युत आयोजनाको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) बजारमा प्रतिस्पर्धा दरमा बिक्री गरेको हो । जुनमा नेपालको १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री… Continue reading विद्युत प्राधिकरणले भारतलाई बिजुली बेचेर एक महिनामा कमायो एक अर्ब ७२ करोड

झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से ८.८७ अंकले घटेर २०२८.७७ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार दुई घण्टाको कारोबारमा २२१ कम्पनीको १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँ बराबरको ३६ लाख ६३ हजार२२० कित्ता शेयर किनबेच भएका… Continue reading झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

उद्योग दर्तादेखि नगद अनुदानसम्मका सेवा अब अनलाइनबाटै

काठमाडौं । उद्योग विभागका सबै सेवा अब अनलाइनबाटै प्रवाह हुने भएका छन् । विभागका अनुसार उद्योग दर्ता, बिदेशी लगानी स्वीकृती तथा निर्यातमा नगद अनुदान जस्ता सेवाका लागि अब विभागसम्म धाइरहनु पर्दैन । यस्तै, भिसा स्वीकृती, लगानी फिर्ता सिफारिस, व्यावसायिक भिसा तथा कामदार भिसा सिफारिस लगायतका सम्पुर्ण सेवाहरु अब अनलाइनमार्फत हुनेछन् । अनलाइनबाट यी सेवा संचालन… Continue reading उद्योग दर्तादेखि नगद अनुदानसम्मका सेवा अब अनलाइनबाटै

दुई दशकपछि थपिए ६६० जना भन्सार एजेन्ट, व्यापारमा सहजीकरण हुने

काठमाडौं । भन्सार विभागले दुई दशकपछि ६६० जना भन्सार एजेन्ट थप गरेको छ । लिखितमा उर्तिण भएका आवेदकलाई अन्र्तवार्ताबाट उर्तिण गराएर विहीबार ६६० जनाको अन्तिम छनोट भएको हो । भन्सार एजेन्टको संख्या कम भएको भन्दै विभागले २०५७ साल पछि ६६० जना एजेन्टका लागि २०७७ चैत १६ गते आवेदन माग गरेको थियो । उक्त पदका लागि… Continue reading दुई दशकपछि थपिए ६६० जना भन्सार एजेन्ट, व्यापारमा सहजीकरण हुने

निजगढबारे सर्वोच्चको पूर्णपाठ सार्वजनिक, पुनः सम्भाव्यता अध्ययन गरेर सोही स्थानमा बनाउने विकल्प खुला

काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले हालसम्म गरेका निर्णय र कार्यलाई रोक्ने गरी सर्वोच्च अदालतको बृतह पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक गरिएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले जेठ १२ गते सरकारले हालसम्म निजगढ विमानस्थलका विषयमा गरेका निर्णयहरु उत्प्रेषणको… Continue reading निजगढबारे सर्वोच्चको पूर्णपाठ सार्वजनिक, पुनः सम्भाव्यता अध्ययन गरेर सोही स्थानमा बनाउने विकल्प खुला