हरिद्वार । भारतको उत्तराखण्ड राज्यमा निजी प्रयोगशालामा कोभिड परीक्षणको नक्कली प्रतिवेदन दिने गरेको खुलासा भएको छ । सोहीकारण महामारी फैलनमा सहयोग पुगेको आरोपबारेृ त्यहाँको सरकारले छानबिन शुरु गरेको छ । हरिद्वारमा गत अप्रिल महिनामा कुम्भमेला आयोजना भएको थियो । यो मेलामा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ति समेत सहभागी भएका थिए । उनीहरु नेपाल आएपछि कोरोना… Continue reading भारतको कुम्भ मेलामा सहभागी १ लाख मानिसलाई नक्कली पिसिआर रिर्पोट दिएको खुलासा
Category: स्वास्थ्य
नेपालमा कोरोनाबाट थप ६१ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टा भित्र उक्त संख्यामा मानवीय क्षति भएको हो । अब नेपालमा मृत्यु हुनेको कुल संख्या ८३६६ पुगेको छ । नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको छ । निको हुने दर भने ८६.९ प्रतिशत छ… Continue reading नेपालमा कोरोनाबाट थप ६१ जनाको मृत्यु
३३८४ जनामा संक्रमण पुष्टी, ६२९५ ले जिते कोरोना
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको तुलनामा निको हुने दोब्बर भएका छन् । यस अवधिमा देशभर ८ हजार ५०६ नमुना पीसीआर परीक्षणबाट २ हजार ३८२ र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षणबाट १ हजार २ जना गरी कुल १४ हजार ४९४ नमुना परीक्षण भएको छ । यो परीक्षणबाट ३ हजार ३८४ जनामा कोरोना… Continue reading ३३८४ जनामा संक्रमण पुष्टी, ६२९५ ले जिते कोरोना
बेलायतले १० करोड खोप बाड्ने, नेपाल पर्ला प्राथमिकतामा ?
लण्डन । बेलायतले आफुसँग अतिरिक्त भण्डारमा रहेको १० करोड खोप गरिब मुलुकहरुलाई अनुदानमा वितरण गर्ने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले यूकेले गरिब देशहरूलाई आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने बताएका हुन् । बीबीसीका अनुसार धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उनले आफूलाई चाहिनेभन्दा बढी रहेका दश करोड खोप अर्को वर्षसम्म वितरण… Continue reading बेलायतले १० करोड खोप बाड्ने, नेपाल पर्ला प्राथमिकतामा ?
नेपालमा थप ५०४२ मा कोरोना पुष्टी, ८२४३ ले जिते
काठमाडौं । नेपालमा शनिबार ५ हजार मानिसमा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा ५०४२ जनामा कोरोना पुष्टी भएको हो । यस अवधिमा १६ हजार ८ सय १४ जनामा परीक्षण गरिएको थियो । पछिल्लो दिनमा परीक्षण कम भएसँगै संक्रमित समेत केही कम भएको देखिएको छ ।… Continue reading नेपालमा थप ५०४२ मा कोरोना पुष्टी, ८२४३ ले जिते
नेपालमा तेस्रो र चौथो लहर आउने र बालबालिका संक्रमित हुने सरकारको चेतावनी
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोनाको तेस्रो र चौथो लहर आउने भन्दै चेतावनी दिएको छ । सो बेला बालबालिका बढी संक्रमित हुने चेतावनी समेत सरकारले दिएको छ । सरकारले एक सूचना प्रकाशित गरि आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोरोना सङ्क्रमित बालबालिकाका लागि छुट्याउन समेत अस्पतालहरूलाई भनेको छ । सबै सरकारी, निजी,… Continue reading नेपालमा तेस्रो र चौथो लहर आउने र बालबालिका संक्रमित हुने सरकारको चेतावनी
अमेरिकाले नेपाललाई दिने भयो कोरोना खोप
काठमाडौं । अमेरिकी सरकारले नेपाललाई कोरोना खोप प्रदान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले टुइटरमार्फत यसको पुष्टी गरेका छन् । उनले अमेरिकी सरकारले नेपाललाई खोप दिने गरि गरेको निर्णयको नेपालले हार्दिक स्वागत गरेको बताएका छन् । राष्ट्रपतिका संचार सल्लाहकार टिका ढकालले भने अमेरिकाले नेपाललाई ५० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेको… Continue reading अमेरिकाले नेपाललाई दिने भयो कोरोना खोप
चीनले बनाएको सिनोभ्याक्सलाई डब्लुएचओद्धारा प्रयोगको अनुमति
काठमाडौं । चीनले बनाएको कोरोना विरुद्धको सिनोभ्याक्स खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आपतकालिन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओका अनुसार दुई डोज लगाउनु पर्ने सिनोभ्याक भ्याक्सिनले मंगलबार आपतकालिन प्रयोगको अनुमति पाएको हो । चीनसहित संसारका मुलुकले यो खोप अहिले लगाइरहेका छन् । तर, डब्लुएचओको अनुमति आइसकेको थिएन । यो चीनमा उत्पादित अनुमतिप्राप्त दोस्रो खोप बनेको… Continue reading चीनले बनाएको सिनोभ्याक्सलाई डब्लुएचओद्धारा प्रयोगको अनुमति
चीनमा अब एक दम्पत्तिले तीन सन्तानसम्म जन्माउन पाउने
काठमाडौं । चीनले दुई सन्तानको कडा नीति हटाएको छ । जनसंख्या सन्तुलनको अवधारणा अनुसार अब चीनले एक दम्पत्तिलाई तीन जना सम्म सन्तान जन्माउन दिने निर्णय गरेको हो । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले कडा नियममार्फत जनसंख्या वृद्धिदर रोक्ने गरेको छ । सिन्ह्वाले जनाए अनुसार सोमवार चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी जिन्पिङले… Continue reading चीनमा अब एक दम्पत्तिले तीन सन्तानसम्म जन्माउन पाउने
कस्तो छ उज्जवल थापाको स्वास्थ्य ?
काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था झन गम्भीर बनेको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आइतबार साँझ उनको स्वास्थ्य अवस्थाबारे सार्वजनिक गर्दै जानकारी गराएका हुन् । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भएका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो । उनको फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका… Continue reading कस्तो छ उज्जवल थापाको स्वास्थ्य ?
विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य गम्भीर, सहयोगको अपिल
काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । कोरोना भाइरसको संक्रमण पुष्टी भएका उनको भेन्टिलेटरमा राखेर उपचार जारी छ । उनको फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन् । थापाको स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि सहयोगको अपिल गरिएको छ । सङ्कलित रकम र खर्चबारे पछि स्वयंसेवीले सार्वजनिक गर्ने विवेकशील… Continue reading विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य गम्भीर, सहयोगको अपिल
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमणको देशभर निन्दा, सान्त्वना दिन खोज्दा राष्ट्रपति आलोचित
काठमाडौं । कोभिड १९ संक्रमित बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका आफन्तले भेरी अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मीमाथि बिहीबार राती कुटपिट गरेका छन् । यो घटनाको शुक्रबार देशभर कडा निन्दा तथा आलोचना भएको छ । घटनामा सत्तारुढ एमाले निकट प्रदेश स्तरीय नेताको समेत हात रहेको पुष्टी भएसँगै यो घटनाप्रति आक्रोस बढेको छ । नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक… Continue reading भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमणको देशभर निन्दा, सान्त्वना दिन खोज्दा राष्ट्रपति आलोचित
गोकर्णेश्वर नगरपालिकाले शहिद पार्कमा सुरु गर्यो आइसोलेशन सेन्टर
अमृता के सी ( रोनी )काठमाडौँ, जेष्ठ १२ ।गोकर्णेश्वर नगरपालिकाले अक्सिजन र मेडिकल सेवा सहित २५ बेडको आइसोलेशन सेन्टर सुरु गरेको छ । नगरपालिकाको वडा नम्बर ४ जगडोल स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामती स्मारकमा रहेको भवनमा आज एक कार्यक्रम बिच नगरप्रमुख सन्तोष चालिसेले आइसोलेशन केन्द्रको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा नगर प्रमुख… Continue reading गोकर्णेश्वर नगरपालिकाले शहिद पार्कमा सुरु गर्यो आइसोलेशन सेन्टर
गैरआवासीय नेपाली संघको पहलमा कोरियाबाट स्वास्थ्य सामग्री नेपाल आउँदै
काठमाडौं । नेपालमा फैलिएको कोरोना महामारी नियन्त्रण गर्न दक्षिण कोरियाबाट स्वास्थ्य सामग्री आउने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाले यसको जानकारी गराएको हो । दक्षिण कोरियाबाट तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी आउने भएको हो । यो रकम दक्षिण कोरियाली सरकारको तर्फबाट प्राप्त भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए),… Continue reading गैरआवासीय नेपाली संघको पहलमा कोरियाबाट स्वास्थ्य सामग्री नेपाल आउँदै
लायन्सले गर्यो शंकरापुर अस्पताललाई ३ लाख बराबरको सहयोग
अमृता के सी ( रोनी )काठमाडौँ जेष्ठ १० ।लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए १ ले जोरपाटी स्थित नारायणटारमा रहेको शंकरापुर हस्पिटललाई करिब ३ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । जेष्ठ ९ गते आइतबार पूर्व काउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौलाले शंकरापुर हस्पिटलका निर्देशक डा.रमेश ढकाललाई ३… Continue reading लायन्सले गर्यो शंकरापुर अस्पताललाई ३ लाख बराबरको सहयोग
महामारी फैलने गरि कुनै कार्यक्रम नगर्ने माओवादीको घोषणा, राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने
काठकाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिलाई राजनीतिक र कानुनी लडाईका माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको महामारीका कारण यसलाई नजरअन्दाज गरिने गतिविधिले स्थिति थप गम्भीर हुने विषयलाई बुझेको माओवादीले जनाएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकपछि अध्यक्ष प्रचण्डद्धारा जारी विज्ञप्ती अनुसार संसद विघटनलाई असंवैधानिक, निरंकुश… Continue reading महामारी फैलने गरि कुनै कार्यक्रम नगर्ने माओवादीको घोषणा, राष्ट्रपतिको कदमको प्रतिवाद गर्ने
नेपालमा थप १२९ ले कोरोनाका कारण गुमाए ज्यान
काठमाडौं । नेपालमा थप १२९ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टामा उक्त संख्यामा मानिसको ज्यान गएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ। पछिल्लो दुई सातायता लगातार करीव २ सय हाराहारी रहेको मृत्युको संख्या शनिबार केही… Continue reading नेपालमा थप १२९ ले कोरोनाका कारण गुमाए ज्यान
नेपालमा ९ हजार संक्रमित थपिए, ८८४८ संक्रमित निको भए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सो संख्यामा संक्रमित थपिएका हुन् । अब नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ । यस अवधिमा २० हजार १०५ जनाको नमूना परीक्षण गरिएको थियो । नेपालमा… Continue reading नेपालमा ९ हजार संक्रमित थपिए, ८८४८ संक्रमित निको भए
एमाले केन्द्रिय सदस्य तथा पूर्वसांसद यादवको कोरोनाबाट निधन
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद योगनारायण यादवको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलले सामाजिक संजालमार्फत उनको निधन भएको पुष्टी गरेका छन् । स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका ५२ वर्षीय यादवको उपचारकै क्रममा बिहीबार बिहान निधन भएको हो । उनी २०५६ सालको आम निर्वाचनमा धनुषा… Continue reading एमाले केन्द्रिय सदस्य तथा पूर्वसांसद यादवको कोरोनाबाट निधन
रत्न राज्य स्कुलमा आइसोलेशन सेन्टर संचालन
अमृता के सी ( रोनी )काठमाडौं, जेष्ठ ५ । काठमाडौं महानगरपालिका १० बानेश्वर स्थित रत्न राज्य स्कुलमा आइसोलेशन सेन्टर संचालन भएको छ।युथ अफ नेशन १०० ग्रुपका बल्बु गुप्ता नेपालीको अध्यक्षतामा स्थानिय सरकार संगको सहकार्यमा स्कुल भवनमा अक्सिजन सहितको आइसोलेशन सेन्टर संचालन गरिएको हो।करिब ३० बेडबाट सुरू गरिएको सेन्टरमा करिब ५२ वटा सम्म बेड संख्या बढाउदै… Continue reading रत्न राज्य स्कुलमा आइसोलेशन सेन्टर संचालन
कोरोनाबाट नेपालमा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति, एकै दिन २४६ को मृत्यु
काठमाडौं । कोरोना भाइरसको महामारीबाट नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा उक्त संख्यामा मानिसको ज्यान गएको हो । यो एकै दिन भएको सबैभन्दा धेरै मृत्यु हो । मन्त्रालयका अनुसार अब नेपालमा मृत्यु हुने मानिसको संख्या ५ हजार भन्दा माथि पुगेको… Continue reading कोरोनाबाट नेपालमा अहिलेसम्मकै सर्वाधिक मानवीय क्षति, एकै दिन २४६ को मृत्यु
भूकम्पले लमजुङमा कच्चि घरहरु भत्किए, केही घाइते
लमजुङ । बुधबार बिहानै आएको भूकम्पले लमजुङमा कच्चि घरहरु भत्किएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको विवरण आइसकेको छैन । यद्दपी जिल्लाका विभिन्न स्थानमा कच्चि घर भत्किएका छन् । केही मानिस घाइते भएको खबर छ । भुलभुलेमा ८५ वर्षीया वृद्धा घाइते भएको स्थानीय संचारमाध्यमले जनाएका छन् । उनको उपचार जारी छ । आज बिहान… Continue reading भूकम्पले लमजुङमा कच्चि घरहरु भत्किए, केही घाइते
अन्तर्राष्ट्रिय समुदायबाट सहायताको पहल गर्न राजदूतहरुलाई निर्देशन
काठमाडौं । सरकारले विभिन्न देशमा कार्यरत नेपाली राजदूतलाई मुलुकमा परेको संकटका बेला सहायता जुटाउने काममा लाग्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले राजदूतहरुलाई यस्तो निर्देशन दिएको हो । अन्तरा्रष्ट्रिय समुदायबाट कोरोना विरुद्धको खोप, औषधि र अरु स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न सरकारले राजदूतलाई निर्देशन दिएको हो । मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका… Continue reading अन्तर्राष्ट्रिय समुदायबाट सहायताको पहल गर्न राजदूतहरुलाई निर्देशन
आजबाट चिनियाँ खोपको दोस्रो डोज वितरण शुरु
काठमाडौं । नेपालमा आजबाट चीनले अनुदानमा दिएको कोरोना विरुद्धको खोपको दोस्रो डोज वितरण शुरु हुँदैछ । १० बजेबाट चार बजेसम्म संचालन हुने खोप अभियानमा यस अघि पहिलो खोप लगाएका व्यक्तिले आफ्नो खोप कार्डसहित तोकिएको केन्द्रमा उपस्थित हुनुपर्नेछ । यसअघि वैशाखमा सरकारले चिनियाँ खोप वितरण गरेको थियो । त्यो खोपको दोस्रो डोज समेत स्टक राखिएका कारण… Continue reading आजबाट चिनियाँ खोपको दोस्रो डोज वितरण शुरु
नेपालमा ८१६७ संक्रमित थपिए, ५४५५ ले जिते कोरोना
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो दिन संक्रमितको संख्या केही घटेको देखिएपनि कोरोनाको परीक्षण समेत शुक्रबारको तुलनामा कम भएको छ । शुक्रबार २१ हजार भन्दा बढी परीक्षण गरिएको शनिबार भने परीक्षण १८५४८ जनामा भएको छ । यो दिन ५४५५ जनाले कोरोना जित्न सफल भएको तथ्यांक… Continue reading नेपालमा ८१६७ संक्रमित थपिए, ५४५५ ले जिते कोरोना
नेपालमा कोरोनाबाट थप १८७ को मृत्यु, मृत्युदर भने घट्दै
काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण मानवीय क्षतिको उच्च दरमा केही कमी देखिएको छ । शनिबार सार्वजनिक पछिल्लो २४ घण्टायताको तथ्यांक अनुसार देशभर कोरोना भाइरस संक्रमणबाट १८७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब देशभर मृत्यु हुनेको संख्या ४८५६ जना पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये १.०८४ प्रतिशतको ज्यान गएको… Continue reading नेपालमा कोरोनाबाट थप १८७ को मृत्यु, मृत्युदर भने घट्दै
नेपालबारे बोल्यो विश्व स्वास्थ्य संगठन, आपतकालिन सहयोग आवश्यक
काठमाडौं । नेपालमा फैलिएको कोरोना महामारीबारे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को धारणा आएको छ । कोभिड महामारीसँग जुझ्न नेपाललाई आपतकालिन सहायताको आवश्यक रहेको संगठनको भनाई छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले शुक्रवार नियमित प्रेस सम्मेलनमा यस्तो धारणा राखेका हुन् । उनले भारतसहित नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल… Continue reading नेपालबारे बोल्यो विश्व स्वास्थ्य संगठन, आपतकालिन सहयोग आवश्यक
चीनबाट थप अक्सिजन सिलिण्डर लिन नेवानि बेइजिङ जाँदै
काठमाडौं । चीनले अनुदानमा दिएका अक्सिजन सिलिण्डरसहितको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बेइजिङ उड्दैछ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जनाए अनुसार शनिबार राती ११ बजे बेइजिङ जाने तय भएको छ । जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्टे«टर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने बताइएको छ ।… Continue reading चीनबाट थप अक्सिजन सिलिण्डर लिन नेवानि बेइजिङ जाँदै
कोरोनाको संक्रमण र मृत्युदरमा भारतभन्दा नेपाल अगाडी
काठमाडौं । कोरोना संक्रमण र मृत्यु दरमा नेपालले भारतलाई समेत उछिनेको छ । संक्रमणको तिब्रताका दृष्टीकोणबाट नेपाल संसारकै अग्रणी मुलुकको सूचीमा पुगेको समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतमा दैनिक प्रति १० लाख जनसंख्यामा २४० जना संक्रमित भएका छन् । नेपालमा यो दर ३०४ रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी डा. अर्चना श्रेष्ठले… Continue reading कोरोनाको संक्रमण र मृत्युदरमा भारतभन्दा नेपाल अगाडी
पूर्वराजा डिस्चार्ज, पूर्वरानीको उपचार जारी
काठमाडौं । कोरोना संक्रमण पछि काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज भएका छन्। उनी बुधबार डिस्चार्ज भएका हुन् । भारतको हरिद्वारमा कुम्भमेलामा भाग लिएका पूर्वराजदम्पत्तिमा स्वदेश फर्किएपछि कोरोना संक्रमण पुष्टी भएको थियो । डिस्चार्जपछि उनी निजी निवास निर्मल निवासमा फर्किए । पूर्वरानी कोमल शाहको भने अझै उपचार जारी छ । आइसियूमा… Continue reading पूर्वराजा डिस्चार्ज, पूर्वरानीको उपचार जारी