Category: स्वास्थ्य

  • कोरोना र डेंगुसँगै काठमाडौंमा हैजाको संक्रमण बढ्दै

    कोरोना र डेंगुसँगै काठमाडौंमा हैजाको संक्रमण बढ्दै

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना र डेंगुको महामारीका बीच हैजाको संक्रमण बढ्न थालेको छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमणको ‘रेड जोन’ मा परेको देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जनाभन्दा बढी भएका पालिकालाई रेड जोनमा राखेको छ ।

    महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा ४०, कागेश्वरी मनोहरा नगरपालिकामा नौ र ललितपुर महानगरमा आठ जनामा हैजा पुष्टि भएको छ । काठमाडौं उपत्यकाका १३ पालिकासहित नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा गरी हैजा संक्रमितको संख्या ७५ पुगेको महाशाखाले जनाएको छ । हालसम्म १४ वर्षमुनिका ९ जना बालबालिकालाई हैजा संक्रमण भएको छ ।

  • १७३ जनामा कोरोना पुष्टी, मृत्यु शून्य

    १७३ जनामा कोरोना पुष्टी, मृत्यु शून्य

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८३९ परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो । ६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको हो ।

    हाल देशभर कोरोाना भाइरसको सक्रिय संक्रमित संख्या तीन हजार १२ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा २१, ललितपुरमा ८, भक्तपुरमा २, चितवनमा ४, मोरङ, सुनसरी र गोरखामा ३÷३, सिन्धुपाल्चोक, धादिङ, अछाम र कञ्चनपुरमा २÷२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

  • फिनल्याण्डकी प्रधानमन्त्री मरिनको लागूऔषध परिक्षण

    फिनल्याण्डकी प्रधानमन्त्री मरिनको लागूऔषध परिक्षण

    काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरिन मदिराले मातेर पार्टीमा नाच्दै गरेको भिडियो सार्वजनिक भएसङ्गै उनको लागूऔषध परिक्षण गरिएको छ । गत शुक्रबार सार्वजनिक भिडियोमा उनी साथीहरूसँग मातेर नाच्दै गरेको दृश्य देखिएको थियो ।

    त्यसलगत्तै फिनल्याण्डका नेताहरूले उनीमाथि छानबिन गर्नुपर्ने भन्दै दबाब दिएका थिए । सोही अनुरुप मरिनले लागूऔषध सेवन गरेको वा नगरेको पत्ता लगाउन शुक्रबार ड्रग्स परिक्षण गरिएको हो ।

    प्रधानमन्त्री मरिनले भने आफूले मदिरा सेवन गरे पनि लागूऔषध सेवन नगरेको बताएकी छन् । यस क्रममा उनले आफ्नो पनि निजी जीवन हुने र त्यस अवधिमा साथीहरूसँग रमाउँदा कानुन उल्लंघन नहुने भन्दै स्पष्टिकरण दिएकी थिइन् ।

    ‘मैले आज लागूऔषध परिक्षण गराएँ । एक साताभित्र यसको नतिजा आउनेछ । मैले जीवनभर लागूऔषध प्रयोग गरेको छैन,’ उनले पत्रकारहरूसँग भनिन् ।

    प्रधानमन्त्री मरिनले प्रसिद्ध कलाकारहरूसँग पार्टीमा मदिरा सेवन गरी नाचिरहेको भिडियो सार्वजनिक भएसँगै विश्वभर सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रधानमन्त्री मरिनले भने उक्त भिडियो सार्वजनिक गरिएकोमा दुखी बनेको प्रतिक्रिया दिएकी छन् ।

    यद्यपि लागूऔषध परिक्षण गर्नका लागि उनलाई विपक्षी दलसहित चौतर्फी दबाब आएको थियो । मरिन सन् २०१९ मा प्रधानमन्त्री बन्दा संसारकै सबैभन्दा कम उमेरको सरकार प्रमुखको रुपमा चिनिएकी थिइन् । सोसल डेमोक्रेटिक पार्टीबाट प्रधानमन्त्री बन्दा उनको उमेर ३३ वर्ष मात्रै थियो ।

  • बाढीले काठमाडौंका नदी किनारमा उच्च जोखिम, फोहोर बग्दा झनै दुर्गन्ध

    बाढीले काठमाडौंका नदी किनारमा उच्च जोखिम, फोहोर बग्दा झनै दुर्गन्ध

    काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर उठेको छैन । जसले गर्दा सडकमा फोहोर थुप्रिएको छ । त्यसमाथि निरन्तर परेको वर्षाले सडक झनै अस्तव्यस्त बन्न पुगेको छ । गतरातीबाट मनोहरा, गोदावरी, वाग्मती, विष्णुमती जलाधार क्षेत्रका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले ५ बजे सूचना जारी गर्दै सबै नदीमा जलसतह बढ्दो अवस्थामा रहेको जनाएको हो । मनोहरामा जलसतह सतर्कता आसपाससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

    काठमाडौंमा पानी पर्न रोकिएपनि अझै केही घण्टा नदी किनारको सडकमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
    मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे अध्यावधिक गरेको मौसमी बुलेटिनमा लेखिए अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

    आज राति भने प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाले औंल्याएको छ । यद्यपि आगामी ३ दिनसम्म नेपालका प्रमुख नदीहरुको जलसतह भने सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान गरिएको मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

  • २६३ जनामा कोरोना पुष्टी, ५०१ ले जिते

    २६३ जनामा कोरोना पुष्टी, ५०१ ले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यां अनुसार यस अवधिमा दुई जनाको मृत्यु भएको छ ।

    यसदिन तीन हजार १६५ परीक्षणमा २६३ जना संक्रमित भेटिएको हो । यस दिन एक हजार ३९९ पीसीआर परीक्षणमा १६२ जना र एक हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

  • कोरोनाका कारण मानवीय क्षति बढ्दै, साउनमा मात्र ३२ जनाको मृत्यु

    कोरोनाका कारण मानवीय क्षति बढ्दै, साउनमा मात्र ३२ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीबाट पुनः ठूलो मानवीय क्षति हुन थालेको छ । कोरोनाबाट साउनमा मात्र ३२ जनाको ज्यान गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । शुक्रबार ४ हजार ७१२ कुल परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको ज्यान गएको छ । पछिल्लो पटक वैशाख २१ गते कोरोना संक्रमणबाट बिरामीको ज्यान गएको थियो । त्यसको ७३ दिनपछि साउन १ मा कोरोना संक्रमणबाट १ जना संक्रमितको मृत्यु भएको थियो। साउन २६ मा सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु भएका व्यक्तिहरु र्दीर्घरोगी, ज्येष्ठ नागरिक र खोप नलगाएका व्यक्ति रहेको जनाएको छ । मृत्यु हुने ६ जनाले मात्र खोप लगाएको पाइएको छ । हाल कोभिड संक्रमितको अस्पताल भर्ना, स्वास्थ्य जटिलता र मृत्युको तथ्यांक हेर्दा खोप नलगाएको पाइएको छ। खोप लगाएको व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिलाई कोभिडको संक्रमण भएमा सिकिस्त बिरामी हुने वा मृत्यु हुने सम्भावना १० गुणा बढी रहने मन्त्रालयको भनाई छ ।

    अहिले कुल जनसंख्याको २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये ७५.१ प्रतिशतले एक मात्रा र ७०.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । लक्षित जनसंख्या १२ वर्ष माथिका २ करोड ३३ लाख २७ हजार ६१९ मध्ये ९३.९ प्रतिशतले एक मात्रा र ८८.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । बुस्टर मात्राको खोप भने ७४ लाख ११ हजार ८८९ जनाले लगाएका छन् । नेपालले हालसम्म कुल ६ करोड १७ लाख ७६ हजार ७७० मात्रा खोप भित्रिएको छ । खोप अभियान सुरु भएदेखि ४ करोड ९९ लाख ७५ हजार ९२९ खोप मात्रा प्रयोग भएको छ ।

  • नर्भिक हस्पिटलले नियम विपरित बनाएको संरचना भत्काउन महानगरको २४ घण्टे अल्टिमेटम

    नर्भिक हस्पिटलले नियम विपरित बनाएको संरचना भत्काउन महानगरको २४ घण्टे अल्टिमेटम

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नर्भिक हस्पिटललाई नियमविपरीत बनाएका संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ। काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी ८ आना एक पैसा क्षेत्रफल रहेको जग्गा हस्पिटलले लिजमा लिएको थियो। लिजमा लिएको जग्गामा नियमविपरीतका संरचना बनाएको हुँदा उक्त संरचना भत्काउन हस्पिटललाई २४ घण्टे अल्टिमेटम दिइएको सहरी व्यवस्थापन विभागका विभागीय प्रमुख सुरज शाक्यले जानकारी दिए।

    उनका अनुसार नर्भिक हस्पिटलले जग्गाको पश्चिमतर्फ नेपाल सरकारसँग भएको सम्झौताविपरीत क्यान्टिनलगायत बनाएको थियो। नक्सा पास स्वीकृत नगरी बनाएको संरचना भत्काउन महानगरले अल्टिमेटम दिएको शाक्यले बताए। २४ घण्टाभित्र टहरा नहटाए नियमअनुसार कारबाही गर्ने महानगरले जनाएको छ।

  • सल्यानमा विषालु च्याउ सेवनबाट बालिकाको मृत्यु, ८ जना बिरामी

    सल्यानमा विषालु च्याउ सेवनबाट बालिकाको मृत्यु, ८ जना बिरामी

    सल्यान । सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको ज्यान गएको छ । शारदा नगरपालिका ४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजेतिर बालिकाको मृत्यु भएको हो। उनको जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि शनिबार बिहान सवा ७ बजेतिर प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएको थियो।


    शुक्रबार बेलुका जंगलबाट च्याउ घरमा ल्याइ पकाएर खाएका मध्ये ४० वर्षीया मिना बस्नेत, उनकी छोरी २५ वर्षीया पबित्रा बस्नेत, सोही ठाउँका केशर बस्नेत र उनका ९ वर्षीय छोरा जोन बस्नेत बिरामी छन्। मृतक बालिका पनि केशरकी छोरी हुन् । जंगली च्याउको तरकारी खाएका उनीहरू बिरामी परेपनि शनिबार बिहान ६ बजेतिर मात्रै जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिएको थियो।

    बिरामी मध्ये मिना बस्नेत र पबित्रा बस्नेतलाई थप उपचारका लागि नेपालगंज रिफर गरिएकोछ । सल्यान बनगाड कुपिण्डे नगरपालिका ९ जैतपानीका ४८ वर्षीया भुपबहादुर वली, उनकी ४५ वर्षीया श्रीमती मनकली वली, २३ वर्षीय छोरा प्रकाश वली, २१ वर्षीया बुहारी सुशिला वली पनि जंगलबाट ल्याएर च्याउ खाँदा बिरामी छन्।

  • ६६० जनामा कोरोना पुष्टी

    ६६० जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको शनिबारको तथ्यांक अनुसार आज एक जनाको मृत्यु भएको छ । शनिबार एन्टिजेन र पिसिआर गरी कुल ४६ सय ८२ वटा नमुनाको परीक्षण गरिएको थियो । यस अवधिमा निको हुनेको संख्या भने ४४४ छ ।

    नेपालमा देशभर ५ हजार ६४१ जना सक्रिय संक्रमित रहेका छन् । यो अवधिमा २० हजार ६६६ जनाले खोप लगाएको समेत मन्त्रालयको तथ्यांक छ । नेपालमा कोरोना भाइरसको ग्राफ बढ्दो क्रममा रहेको छ ।

  • पनौतीमा ‘अफ्रिकन स्वाइन फिबर’बाट ७ सय बङ्गुर मरे

    पनौतीमा ‘अफ्रिकन स्वाइन फिबर’बाट ७ सय बङ्गुर मरे

    पनौती\रासस । पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिबर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिकरुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार मात्रै उक्त सङ्क्रमण पुष्टि भएको थियो । उक्त रोगका कारण नगरका तीन स्थानको फार्ममा छ सय सात बङ्गुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । उक्त रोगले नगरको वडा नं ५ स्थित टिम भिजन एग्रिकल्चर प्रालि र गैरीगाउँ कृषि तथा पशुपक्षी फार्म तथा वडा नं १० को श्रेष्ठ बङ्गुर फार्ममा क्षति पुर्‍याएको हो ।

    शाखाप्रमुख लीलाप्रसाद सापकोटाका अनुसार उक्त रोगका कारण हालसम्म किसानको दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिकरुपमा पालिएको बङ्गुरमा मात्रै देखिएको हो । विभिन्न स्थानमा पालन गरिएको बङ्गुरको नमुना परीक्षणबाट गत साता उक्त रोग देखापरेको थियो । नगरले निसङ्क्रमणका लागि जैविक सुरक्षा अपनाइएको जनाएको छ । रोगबाट मरेका पशुलाई व्यवस्थित तवरले जमिनमा गाडिएको छ, थप सङ्क्रमण हुन नदिन निसङ्क्रमणका विधि अपनाइएको छ ।

    नगरका विभिन्न स्थान पालिएका बङ्गुरमा उक्त सङ्क्रमण पुष्टि भएसँगै नगरले तिनलाई ओसारपसार गर्न निषेध गरेको छ । पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । विभागका अनुसार यो रोग पशुबाट मानिसमा भने सर्दैन । सन् २०१८ मा छिमेकी भारत, चीन र भूटानमा देखिएको यो रोग नेपाल प्रवेश गरेको करिब पाँच महिनापछि काभ्रेपलाञ्चोकको पनौतीमा पनि देखिएको हो

  • पुनः उठ्न छाड्यो काठमाडौंको फोहोर, सडकमा थुप्रियो डंगुर

    पुनः उठ्न छाड्यो काठमाडौंको फोहोर, सडकमा थुप्रियो डंगुर

    काठमाडौं । काठमाडौंमा पुनः फोहोर उठ्न छाडेको छ । यसले सडकमा डंगुर बढेको छ । महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याउन र त्यसो नगरे कारावाही गर्ने चेतावनी दिएको थियो । तर, महानगर आफैले फोहोर उठाउन नसक्दा फोहर सडकमा थुप्रिएको हो । बाटो मर्मतको कारण देखाउँदै काठमाडौं महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापन नगरेपछि सडकमा फोहर थुप्रिएको हो ।

    अहिले कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत ठाउँका सडकमा लामो समयदेखिको फोहर उठ्न सकेको छैन । महागरपालिकाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविकबमोजिम फोहर व्यवस्थापन हुन नससकेको बताउँदै आएको छ । साउन ४ मा महानगरपालिकाले सूचना निकाल्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक साता घर बाहिर फोहर ननिकाल्न भनेको थियो ।

    एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै गाडी चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको कामपाले जनाएको छ । उता, बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आउँदो भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिइसकेका छन् ।

  • मङ्कीपक्सका बिरामी बढेपछि न्यूयोर्कमा स्वास्थ्य आपतकाल लागु

    मङ्कीपक्सका बिरामी बढेपछि न्यूयोर्कमा स्वास्थ्य आपतकाल लागु

    न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा मङ्कीपक्सको प्रकोप फैलिएपछि सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा भएको छ । न्युयोर्क सहरका मेयर एरिक एडम्स र सहरका स्वास्थ्य आयुक्त आश्विन भासनले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा न्युयोर्कमा अहिलेसम्म १ हजार ३ सय ८३ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको बताइएको छ । न्युयोर्क सहर यो प्रकोपको केन्द्र बनेको र मङ्कीपक्सको जोखिम बढेको भन्दै सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा गरिएको विज्ञप्तिमा भनिएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले गएको जुलाई २३ तारिखमा नै मङ्कीपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य सङ्कटका रूपमा घोषणा गरेको थियो । यसैबीच, भारतमा मङ्कीपक्सको जोखिम बढेपछि यसको निगरानी र रोकथामका लागि टास्क फोर्स गठन गरिएको छ । भारतमा अहिलेसम्म चार जनालाई मङ्कीपक्सको सङ्क्रमण भएको पुष्टि भएको छ ।

  • ४३८ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    ४३८ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ । सक्रिय संक्रमितमध्ये चार हजार २१८ जना होम आइसोलेसनमा र १५१ जना संस्थागत आइसोलेनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३३ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा रहेका छन् । कोरोना संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९६६ जनाको मृत्यु भइसकेको छ ।

    संक्रमितमध्ये काठमाडौंमा १५५, ललितपुरमा ४४, भक्तपुरमा १२, कास्कीमा १३, सुनसरीमा १०, कैलालीमा ७, चितवन र रुपन्देहीमा ५र५ जना रहेका छन् । प्रदेश अनुसार बागमती प्रदेशमा २२६, प्रदेश १ मा २३, मधेशमा ४, गण्डकीमा १७, लुम्बिनीमा १२, कर्णालीमा २ र सुदूरपश्चिममा ७ जना संक्रमित भेटिएका छन् ।

  • काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगी पुष्टी

    काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगी पुष्टी

    काभ्रे\रासस । काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगको सङ्क्रमण बढेको छ । करिब एक महिनाअघि पाँचखालमा देखिएको डेंगीको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। काभ्रेमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेंगी सङ्क्रमित जिल्ला बाहिरका हुन्। ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगीको सङ्क्रमण भेटिएको थियो।

    पाँचखालमा भेटिएका सङ्क्रमितको भने काठमाडौँस्थित एक अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईंका अनुसार हालसम्म जिल्लाको तीन स्थानीय तहमा डेङ्गु रोगको सङ्क्रमण भेटिएको हो। सङ्क्रमित नौमध्ये मध्ये काभ्रेपलाञ्चोकको धुलिखेलका तीन, पनौतीका दुई र बनेपाका एक हुन्। यस्तै दोलखाका एक र सिन्धुपाल्चोकका दुई रहेको जनाइएको छ।

    काठमाडौँमा उपचाररत सङ्क्रमितको अवस्था गम्भीर रहेकाले आइसियुमा राखिएको सेढाईंले बताए। उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखा दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने र वाकवाकी लाग्ने, पेट दुख्ने, नाकबाट रगत बग्नु, शरीरमा रगत जमेको दाग देखापर्नु, बेहास हुने जस्ता डेंगीका लक्षण देखिन्छ।

  • बढ्यो कोरोना संक्रमण, एकै दिन ६३८ जनामा पुष्टी

    बढ्यो कोरोना संक्रमण, एकै दिन ६३८ जनामा पुष्टी

    नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २१८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार ५८१ जना होम आइसोलेसनमा रहेका छन् भने १३३ जना संस्थागत आइसोलेसन र ३० जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ३२० पुगेको छ ।

  • मङ्कीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

    मङ्कीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

    काठमाडौं \बीबीसी । विश्वभर ७५ देशमा फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको हो। यस भाइरसबारे डब्ल्यूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा आएको हो।

    डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर १६,००० भन्दा धेरै सङ्क्रमितहरू पुष्टि भएको जनाएका छन्। उनले मङ्कीपक्सका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको बताएका छन्। मङ्कीपक्सबाहेक हाल कोरोनाभाइरस र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागु छन्।

    डा. टेड्रोसका अनुसार आपत्कालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने विषयमा एकमत हुन सकेको थिएन। तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेसँगै उनले त्यो निश्चय नै अन्तर्राष्ट्रिय सरोकार बनेको कुरा निर्णय गरेको बताए। उनले सङ्क्रमणको नयाँ माध्यमबारे निकै कम कुराहरू स्पष्ट भएको बताए।


    ूडब्ल्यूएचओको समीक्षाले मङ्कीपक्सको जोखिम विश्वभर सबै क्षेत्रमा मध्यमखाले रहेको र युरोपेली क्षेत्र उच्च जोखिमयुक्त देखिएको छ,’ डा. टेड्रोसले भने। मङ्कीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ। यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ। तर सङ्क्रमण भएपछि लक्षणहरू त्यति गम्भीर हुँदैनन्। केही वैज्ञानिकहरूले यो भाइरसको नाम एचएमपीएक्सभी राख्न सुझाव दिएका छन्। तर यसबारे डब्ल्यूएचओको प्रतिक्रिया जान्न केही समय प्रतीक्षा गर्नुपर्छ।

    मङ्कीपक्स सङ्क्रमणका लक्षणहरू मध्यम खालका हुन्छन् र सर्वसाधारण मानिसलाई यो रोग सर्ने सम्भावना न्यून हुन्छ। यूके सरकारले यो रोग थप फैलिन नदिने उद्देश्यले आवश्यक परे प्रयोग गर्नका लागि बिफरविरुद्धको खोप किनेर राखेको छ। केही महिनादेखि यो भाइरस विश्वभरि असामान्य रूपमा फैलिरहेको छ। पहिलाका प्रकोपहरू अफ्रिकाका केही भागमा सीमित थिए।

    ती स्थानमा बाँदरमा नभई मुसा र लोखर्केजस्ता जीवमा यो भाइरस पहिला सर्ने गरेको विश्वास गरिन्छ। मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ। सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ। यसलाई यौन रोग नमानिए पनि यौन संसर्गबाट पनि यो भाइरस सर्न सक्छ। लक्षण नहराउन्जेल यो सङ्क्रमण भएका मानिसले सहवास गर्नु हुँदैन।

  • २०५ जनामा कोरोना पुष्टी

    २०५ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार२४ घण्टामा तीन हजार ९० जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षा गर्दा २०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार १९९ जनाको आरटी पीसीआर परीक्षण गर्दा १५२ जनामा र एक हजार ८९१ जनाको एन्टिजेन परीक्षण गदाए ५३ जनामा सङ्क्रमण देखिएको छ ।

    पछिल्लो २४ घण्टामा ५१ जना सङ्क्रमणमुक्त भएका छन् । सोही समयमा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यसैगरी, २४ घण्टामा एक लाख ८२ हजार ९८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मुलुकमा हाल एक हजार ३८५ जना सक्रिय सङ्क्रमित छन् ।

  • बढ्दै कोरोना संक्रमण, चौथो लहरको जोखिम कति ?

    बढ्दै कोरोना संक्रमण, चौथो लहरको जोखिम कति ?

    काठमाडौं । नेपालमा कारोना भाइरसको संक्रमले उच्च गति लिएको पाइएको छ । पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७१८ नमुना परिक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या १२८४ पुगेको छ । जसमध्‍ये १ हजार ६४४ जनाको पीसीआर परीक्षण गर्दा १६१ जना र २ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ६८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

    पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये १ हजार २४९ जना होम आइसोलेसनमा रहेका छन् भने ३५ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् । एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ९९६ पुगेको छ ।


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ओमिक्रोन भेरियन्ट र यसका उपप्रजाति ‘बीए टु’ र ‘बीए फाइफ’ बढी सक्रिय रहेको पाइएको छ । एकसाताअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गरिएका ३२ वटा नुमनामध्ये दुईवटामा ‘बी फाइभ’ पुष्टि भएको थियो ।

    विभिन्न ठाउँको १६ वटा नुमनाको धुलिखेल अस्पतालमा जिन सिक्वेन्सिङ गरिएको थियो, जसमा चार वटामा ‘बी फाइभ’ पुष्टि भएको छ । खासगरी भारतमा संक्रमित बढेको र खुला सीमानाका कारण निर्वाध आवतजावत हुँदा नेपालमा समेत जोखिम बढेको हो ।

  • दुई आवमा कोरोना नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च

    दुई आवमा कोरोना नियन्त्रणमा ३२ अर्ब ६२ करोड खर्च

    काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न दुई आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा ३२ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार दुई आर्थिक वर्षमा सरकारले यो रकम खर्च गरेको हो । यो रकम संघीय सरकारदेखि स्थानीय तहबाट समेत भएको खर्चको एकमुष्ट हिसाव हो । निजामती प्रशासन, सुरक्षा निकाय र अन्य निकायबाट यस्तो खर्च भएको महालेखाले जनाएको छ ।

    स्वास्थ्य सामग्री, औषधि उपकरण, संक्रमित व्यक्तिको व्यवस्थापन, क्वारेन्टिन तथा आइसोलेसन केन्द्र निर्माण, राहत सामग्री, जोखिम भत्ता लगायतमा सो रकम खर्च भएको पाइएको छ । कोरोना महामारीका दौरान सरकारले ३ अर्ब रुपैयाँ बराबरको आयकर छुट दिएको पाइएको छ । यस्तो छुट कुल ५ लाख १२ हजार जना करदाताले लिएका छन् ।


    आर्थिक वर्ष २०७७\७८ मा मात्र २ अर्ब ८९ करोड २९ लाख रुपैयाँ बराबरको आयकरमा छुट पाएको प्रतिवेदनमा उल्लेख छ । सरकारले सो वर्ष वार्षिक २ लाखसम्म आय हुनेलाई ९० प्रतिशत, २० लाख देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत र वार्षिक १ करोडसम्म कारोबार गर्नेलाई ५० प्रतिशत आयकर छुट दिएको थियो ।

    यसै आवमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा ४० अर्ब ८१ करोड ८२ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण आयातमा राजस्व छूट दिइएको छ । तर, यसरी दिइएको भन्सार छुटबाट उपभोक्ताले लाभ पाए वा पाएनन् भन्ने अध्ययन भने नभएको महालेखाले उल्लेख गरेको छ ।

  • नेपालमा लगातार दैनिक एक सय भन्दा माथि कोरोना संक्रमण

    नेपालमा लगातार दैनिक एक सय भन्दा माथि कोरोना संक्रमण

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दैनिक १ सय भन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ । १५३९ पीसीआर परीक्षणमा ७२ र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० जना गरी १०२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

  • बजारमा अवैध भिटामिनजन्य औषधीको विगविगी, विभागले गरायो सचेत

    बजारमा अवैध भिटामिनजन्य औषधीको विगविगी, विभागले गरायो सचेत

    काठमाडौं । नेपाली बजारमा खाद्यवस्तु जस्तै गरी केही औषधि र भिटामिनजन्य औषधिको जथाभाबी बिक्री भइरहेको भन्दै औषधि व्यवस्था विभागले सचेत गराएको छ । शुक्रबार एक सूचना निकाल्दै विभागले यसरी बिक्री भइरहेका औषधि तथा भिटामिनले स्वास्थ्यमा असर पारिरहेको बताएको छ । विभागले ट्याबलेट, क्याप्सुल तथा झोलमा पाइने औषधि खाद्यवस्तु जस्तै गरी आयात र बिक्री भइरहेकाले प्रयोग नगर्न सचेत गराएको हो ।

    विभागले यस्ता औषधिलाई प्रतिबन्धसमेत लगाएको जनाएको छ । जी ल्याब्रोटोरिज, भारतमा बनेको बायोदी ड्रप्स बालबालिकाका लागि प्रयोग गर्दा असर देखिएको सूचनामा उल्लेख छ । विभागका अनुसार यी औषधि नेपालमा दर्ता भएका छैनन् । यी र यस्ता अनुमति नपाएका र दर्ता नभएका औषधि र भिटामिन प्रयोग नगर्न समेत विभागले सचेत बनाएको छ ।

  • हेटौडा र भक्तपुरमा पनि हैजा पुष्टी

    हेटौडा र भक्तपुरमा पनि हैजा पुष्टी

    काठमाडौं । काठमाडौंपछि हेटौडा र भक्तपुरमा समेत हैजा पुष्टी भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ । दुवाकोटका संक्रमितको टेकु र हेटौंडाका संक्रमितको काठमाडौंस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म २१ जनामा हैजाको संक्रमित भेटिएको छ ।

    काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु ९बोहोराटार०, बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) , किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङकरबाट वितरण गरिने र जारको पानीमा ईकोलाई र कोलिफर्म देखिएको छ । ईकोलाई मानिसको दिसामा हुने जीवाणु हो ।

    काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा आजभोलि झाडापखालाका बिरामी बढिरहेका छन् । गर्मी तथा वर्षायाम सुरु भएसँगै झाडापखाला, हैजाजस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरुरी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हैजाको संक्रमण हुँदा पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुने जस्ता लक्षण देखिन्छन् ।

  • नेपालमा ४४ जनामा कोरोना पुष्टी

    नेपालमा ४४ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ४६७ परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार २०१ पीसीआर परीक्षणमा ३३ जना र एक हजार २६६ एन्टिजेन परीक्षणमा ११ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

    शनिबार नै कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१४ पुगेको छ । जसमध्ये ३०७ जना होम आइसोलेसनमा र ७ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ४ जना आईसीयूमा छन् ।

  • पाटन अस्पताललाई तोकियो हैजा रोगको ‘डेडिकेटेड’ अस्पताल

    पाटन अस्पताललाई तोकियो हैजा रोगको ‘डेडिकेटेड’ अस्पताल

    काठमाडौं । पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले यस्तो निर्णय गरेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको संयोजकत्वमा आइतबार बसेको जिल्लास्थित सुरक्षा अधिकारी, स्थानीय तह, जनस्वास्थ्य अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी वितरक, ट्यांकर व्यवसायी, उपभोक्ता अधिकारवादी, व्यवसायीसहितको बैठकले हैजा रोग तथा यससँग मिल्दोजुल्दो लक्षणको उपचारमा पाटन अस्पताललाई डेडिकेटेड अस्पताल तोक्ने निर्णय गरेको हो ।

    डेडिकेटेड तोकिएसँगै हैजा रोगका लागि पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क खडा गरी सोहीअनुसार उपचारको प्रबन्ध मिलाइने प्रशासनले जनाएको छ । प्रजिअ उपाध्यायका अनुसार ललितपुर जिल्ला र अरु ठाउबाट आउने हैजा रोगका बिरामी तथा यससँग मिल्दोजुल्दो लक्षण भएका सबैले अस्पतालबाट उपचार सेवा लिन सक्नेछन् ।

  • काठमाडौं उपत्यकाका ९ स्थानमा देखियो हैजा, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न नौ स्थानमा हैजाको संक्रमण देखिएको छ ।

    इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका काठमाडौंका बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजाको संक्रमण पुष्टी भएको हो । शनिबार पाटन अस्पतालमा उपचाररत एकजनामा हैजाको संक्रमण देखियो हो । योसँग हैजाको संक्रमण पुष्टी हुनेको संख्या ९ पुगेको छ ।

    असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो। उनीहरू दुबै जना बागबजारस्थित एकै परिवारका थिए।

    सरकारले हैजाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

    ललितपुर महानगरले आइतबार पानीपुरी, चटपटेलगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाएको छ।

  • नेपालमा २७ जनामा कोरोना पुष्टी

    नेपालमा २७ जनामा कोरोना पुष्टी

    काठमाडौं । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ पीसीआर परीक्षणमा २३ जना र ८६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका छन् ।

    योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १८८ पुगेको छ । जसमध्ये १८१ जना होम आइसोलेसनमा र ७ जना अस्पतालमा छन् । अस्पतालमा भएमाभध्ये ४ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ ।

  • काठमाडौंमा १ साउनबाट अनिवार्य घरमै फोहोर कुहिने र नकुहिने गरी छुट्याउनु पर्ने, नत्र ५ सय जरिवाना

    काठमाडौंमा १ साउनबाट अनिवार्य घरमै फोहोर कुहिने र नकुहिने गरी छुट्याउनु पर्ने, नत्र ५ सय जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकामा १ साउनबाट कुहिने र नकुहिने फोहोर अनिवार्य रुपमा घरमै छुट्याउनुपर्ने भएको छ । महानगरपालिकाकाले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ता कै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ।

    स्रोत (घरमा) नै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउने पनि महानगरले बताएको छ। कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने पनि महानगरको वातावरण तथा कृषि विभागले जानकारी दिएको छ।

  • आजबाट बालबालिकालाई खोप दिइने

    आजबाट बालबालिकालाई खोप दिइने

    काठमाडौं । आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइने भएको छ । ंबालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ । बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने छ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको भन्दै ढुक्क भएर लगाउन आग्रह गरे ।

    पहिलो चरणमा काठमाडौं उपत्यकासहित २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइनेछ भने दोस्रो मात्रा आगामी साउन २ देखि ८ गतेसम्म दिइने छ । बाँकी जिल्लामा भने भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ ।

  • काठमाडौंको शंखरापुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौंको शंखरापुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका १ देउराली भञ्याङमा गएराति टिप्परको ठक्करबाट एक महिलाको ज्यान गएको छ । गएराति ९ बजे प्रदेश ३–०१००६ ख ३४७४ नम्बरको टिप्परले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ फट्कशिला घर भएकी लिलामाई दनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

  • बालबालिकालाई लगाउन अमेरिकाले नेपाललाई दियो २२ लाख कोरोना खोप

    बालबालिकालाई लगाउन अमेरिकाले नेपाललाई दियो २२ लाख कोरोना खोप

    काठमाडौं । बालबालिकालाई लगाउन अमेरिकाले करिब २२ लाख मात्रा कोरोनाविरूद्धको खोप नेपाललाई अनुदानमा दिएको छ । ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    अहिलेसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख मात्राको परिमाणमा थप गरिने जनाइएको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी)ले बाल फाइजर खोप अभियानको तयारीका साथै विभिन्न ५६ जिल्लाका अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन आग्रह गरेको छ ।