भक्तपुरमा कुटपिटबाट एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा केही मानिसहरुको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । पानी तान्ने मेशिन चोरी गर्न लागेको आरोपमा काभ्रेपलाञ्चोक कुसादेवीका कृष्ण गुरुङलाई स्थानीय युवाले कुटेका थिए । त्यसक्रममो उनको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार कुटपिटमा संलग्नहरु पक्राउ समेत परेका छन् । कुटपिटबाट गम्भीर घाइते भएका गुरुङको भक्तपुर अस्पतालमा उपचारका क्रममा… Continue reading भक्तपुरमा कुटपिटबाट एक जनाको मृत्यु

नेपालमा १२८ कोरोना संक्रमित थपिए, १६१ ले जिते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२८ जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । कुल २ हजार ७२७ जनाको नमुना परीक्षणपछि १२८ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ । अब नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ । उनीहरुमध्ये गत २४ घण्टामा… Continue reading नेपालमा १२८ कोरोना संक्रमित थपिए, १६१ ले जिते

बागलुङमा दुई जनालाई भीरबाट खसालेर मारेको घटनामा ८ आरोपित पक्राउ

बागलुङ । होली खेल्ने क्रममा भएको विवादपछि बागलुङमा दुई जनालाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले उनीहरुलाई शुक्रबार सार्वजनिक गरेको हो । बडिगाड गाउँपालिका–१० दर्लिङको बल्देधुरीमा होली पूर्णिमाको दिन दर्लिङ र राजकुतका युवाबीच झडप भएको थियो । सो क्रममा दुई युवालाई भीरबाट धकेलिएको थियो… Continue reading बागलुङमा दुई जनालाई भीरबाट खसालेर मारेको घटनामा ८ आरोपित पक्राउ

कैलालीमा हात्तिले लियो एक जनाको ज्यान

कैलाली । कैलालीमा हात्तिको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जिल्लाको जानकी गाउँपालिका–६ मा हात्तिले आक्रमण गरेको प्रहरीले जनाएको छ । त्यहाँको जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तिको आक्रमणमा परी ज्यान गएको हो । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

कीर्तिपुरमा पौडी खेल्दा दुई बालकको डुबेर मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ । कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु भएका दुईजना बालकको शव सशस्त्र प्रहरीले फेला पारेको हो । टौदहस्थित बागमती नदीको किनारमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका दक्षिणकाली नगरपालिका–१ का ८… Continue reading कीर्तिपुरमा पौडी खेल्दा दुई बालकको डुबेर मृत्यु

भारतीय राष्ट्रपतिको मुटुको शल्यक्रिया, राष्ट्रपति भण्डारीबाट स्वास्थ्य लाभको कामना

काठमाडौं । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको मुटुको सफल शल्यक्रिया गरिएको छ । आज भएको सफल शल्यक्रियापछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनको स्वास्थ्य लाभको कामना गरेकी छिन् । राष्ट्रपति भण्डारीले साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतीय समकक्षीको स्वास्थ्य लाभको कामना गरेकी हुन् । शल्यक्रिया सम्पन्न भएकोमा राष्ट्रपतिले खुुशी व्यक्त गरेकी छिन् ।

कोरोना संक्रमित १० दिन अनिवार्य आइसोलेसनमा बस्नुपर्ने

photo: google

काठमाडौं । कोरोना भाइरसका संक्रमित १० दिनसम्म अनिवार्य आइसोलेसनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार लक्षण भएका संक्रमित अस्पताल र नभएका बिरामी घरमा अनिवार्य आइसोलेसनमा बस्नु पर्नेछ । भारतमा अहिले बढ्दो संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले यस्तो सर्कुलर जारी गरेको हो । सरकारी संचारमाध्यम गोरखापत्रका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या… Continue reading कोरोना संक्रमित १० दिन अनिवार्य आइसोलेसनमा बस्नुपर्ने

बागलुङ झडप : हराएका सबै युवा सम्पर्कमा

बागलुङ । होली खेल्ने क्रममा बागलुङमा वेपत्ता भएको भनिएका युवा सम्पर्कमा आएका छन् । बागलुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको ज्यान जानेगरी आइतबार हिंसात्मक झडप भएको थियो । त्यस क्रममा १० जना भन्दा बढी युवा हराएका थिए । स्थानीय संचारमाध्यमहरुका अनुसार हराएका सबै युवा आइतबार राती सम्पर्कमा आएका छन् । आइतबार बल्देधुरीमा… Continue reading बागलुङ झडप : हराएका सबै युवा सम्पर्कमा

चीनबाट आयो अनुदानको ८ लाख डोज कोरोना खोप

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसको खोप काठमाडौं आएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहान साढे ८ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । यसै जहाजले चीनको राजधानी बेइजिङबाट खोप काठमाडौं ल्याएको हो । जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ उडेको थियो । चीन सरकारले नेपाललाई… Continue reading चीनबाट आयो अनुदानको ८ लाख डोज कोरोना खोप

२१ सय परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा कुल २१ सय १ जनामा कोरोना परीक्षण भएको थियो । ९५ जनाले भने संक्रमणलाई जित्न सफल भएका छन् । २४ घण्टाको अवधिमा मृत्यु भने शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको… Continue reading २१ सय परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टी

चितवनमा ट्रकले कारलाई ठक्कर दिँदा २ जनाको मृत्यु

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत चितवनको दासढुंगामा ट्रकले कारलाई ठक्कर दिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटना आज अपराह्न साढे ४ बजे भएको हो । प्रहरीका अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा२१च ६८५९ नम्बरको कार ठोक्किएका हुन् । घाइते कार चालकसहित ५ जनालाई उपचारका लागि… Continue reading चितवनमा ट्रकले कारलाई ठक्कर दिँदा २ जनाको मृत्यु

नेपालमा लकडाउनको एक वर्ष, अझै सकिएन स्वास्थ्य चूनौति

file

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउनको आज ठ्याक्कै एक वर्ष पुगेको छ । सरकारले गत वर्ष चैत ११ गतेबाट लकडाउन थालेको थियो । यसबीचमा नेपालले पटकपटक गरी चार महिनाभन्दा बढी समय पूर्ण देशव्यापी लकडाउन गर्यो । तर, एक वर्षसम्म पनि स्वास्थ्य सुरक्षा सम्बन्धी चूनौति भने कायम नै रहेको छ । नेपालमा… Continue reading नेपालमा लकडाउनको एक वर्ष, अझै सकिएन स्वास्थ्य चूनौति

भारतमा ४० वर्ष जेल बसेर फर्केका दुर्गाप्रसादको उपचार प्रदेश सरकारले गर्ने

विराटनगर । हत्याको आरोपमा ४० वर्षसम्म भारको जेलमा बिताएका दुर्गाप्रसाद तिम्सिनाको उपचारमा प्रदेश १ सरकारले सहयोग गर्ने भएको छ । आरोप प्रमाणित नभए पनि उनी ४० वर्ष जेलमा बस्नु परेको हो । यसबारे भारतीय संचारमाध्यमसम्म खबर पुगेसँगै उनको रिहाईको बाटो खुलेको थियो । अदालतले तत्काल उनलाई जेलमुक्त गर्न आदेश दिएपछि तिम्सिना अहिले इलामस्थित घरमा आइपुगेका… Continue reading भारतमा ४० वर्ष जेल बसेर फर्केका दुर्गाप्रसादको उपचार प्रदेश सरकारले गर्ने

कोरोनाको दोस्रो लहर भित्रन नदिन नेपाल-भारत सीमामा कडाई शुरु

काठमाडौं । भारतमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएको छ । भारतका अधिकांश राज्यबाट नयाँ नयाँ संक्रमित पुष्टी भइरहेका छन् । यस अवस्थामा त्यो जोखिम नेपाल नआओस भन्ने उद्देश्यले नेपाल-भारत सीमानामा कडाई शुरु भएको छ । भारतबाट नेपाल प्रवेश गर्नेलाई सीमा नाकामा चेकजाँच हुने भएको छ । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएमा यात्रु क्वारेन्टिन बस्नु… Continue reading कोरोनाको दोस्रो लहर भित्रन नदिन नेपाल-भारत सीमामा कडाई शुरु

फेरि बढ्यो कोरोना त्रास:सभा,जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि कोरोना संक्रमणको जोखिम बढेको हुनाले भीडभाड नगर्न अनुरोध गरेको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गदै कोरोना त्रास बढेकाले सभा, जुलस, भेला, र्‍याली, बैठक, सेमिनार तथा जमघटमा नर्गन अनुरोध गरेको हो । पछिल्लो समय भारत लगायतका देशमा कोरोना संक्रमण दर बढ्न थालेपछि नेपालमा समेत संक्रमण फैलिने… Continue reading फेरि बढ्यो कोरोना त्रास:सभा,जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

ललितपुरको नख्खुमा सवारी दुर्घटना, एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

ललितपुर । ललितपुरको नख्खुदोबाटोमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । गतराती साढे ९ बजे ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३-०२-०१८ प ८३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्की घर भई ललितपुरको बागडोल बस्ने ३७ वर्षिय गणेशप्रसाद अधिकारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ… Continue reading ललितपुरको नख्खुमा सवारी दुर्घटना, एक जनाको मृत्यु

नेपालमा थपिए ६० संक्रमित, ७२ जना निको भए

काठमाडौं । नेपालमा थप ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको परीक्षणमा उक्त संख्यामा संक्रमित पुष्टी भएको हो । अब नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार १७८ पुगेको छ। पछिल्लो २४ घन्टामा ७२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या… Continue reading नेपालमा थपिए ६० संक्रमित, ७२ जना निको भए

सुन्दरीमाई जेसीजको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

अमृता के सी ( रोनी )काठमाडौँ फागुन २८/सुन्दरीमाई जेसीजको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार सम्पन्न रक्तदान कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे र उपप्रमुख शान्ती नेपालले अतिथीको रुपमा उपस्थिति जनाएका थिए।स्थानिय जोरपाटी चोकमा सम्पन्न रक्तदान कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ५,महिला संजाल र उधमशील महिला समुहको सहयात्री संस्थाका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो।… Continue reading सुन्दरीमाई जेसीजको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

डा. केसीद्धारा अनसन बस्ने चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा चिकित्सा शिक्षा ऐनविपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेपछि डा. गोविन्द केसीले पुनः अनसनको चेतावनी दिएका छन् । चिकित्सा शिक्षा सुधारमा निरन्तर खटिएका डा. केसीले यस्तो चेतावनी दिएका हुन् । आज विज्ञप्ती निकाल्दै उनले चिकित्सा शिक्षा ऐनविपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया रोक्न समेत माग गरेका… Continue reading डा. केसीद्धारा अनसन बस्ने चेतावनी

त्रिशुलीमा ट्रक खस्दा दुई जनाको मृत्यु

धादिङ । धादिङमा ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा मंगलबार ट्रक त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८… Continue reading त्रिशुलीमा ट्रक खस्दा दुई जनाको मृत्यु

कांग्रेस नेता जोशीको स्वास्थ्य अझै जोखिमपूर्ण

काठमाडौं । मस्तिष्कघातका कारण अस्पतालमा उपचारार्थ भर्ना भएका कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै जोखिमपूर्ण रहेको अस्पतालले जनाएको छ । उनी फागुन १४ गते शुक्रबार नर्भिक अस्पतालमा भर्ना भएका छन् । अस्पतालका अनुसार उनको अवस्थामा गम्भीर छ । तर, मंगलबार भने स्वास्थ्य अवस्था स्थिर र जोखिमपूर्ण अवस्थामा रहेको छ । जोशीको भेन्टिलेटरमा… Continue reading कांग्रेस नेता जोशीको स्वास्थ्य अझै जोखिमपूर्ण

कोभ्याक्सबाट २० मुलुकमा २ करोड डोज खोप पठाइयो, नेपालमा आइतबार आउने

Nipah Dennis—AFP/Getty Images

काठमाडौं । संयुक्त राष्ट्रसंघको पहलमा शुरु भएको कोभ्याक्स कार्यक्रममार्फत अहिले विश्वका गरिब तथा कम आयस्रोत भएका मुलुकमा कोरोना भाइरस विरुद्धको खोप पठाउन थालिएको छ । यसै क्रममा विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका २ करोड डोज खोप पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो कार्यक्रमबाट अनुदानमा मुलुकहरुलाई खोप दिइने भएको छ । खोप पहिलो… Continue reading कोभ्याक्सबाट २० मुलुकमा २ करोड डोज खोप पठाइयो, नेपालमा आइतबार आउने

आजबाट सांसद र कर्मचारीलाई कोरोना खोप दिइने

काठमाडौं । आजबाट संघीय संसदका सांसद तथा संसद सचिवालयका कर्मचारीलाईखोप लगाइने भएको छ । संसद सचिवालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम राखिएको छ । आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइने भएको छ । सभामुख र… Continue reading आजबाट सांसद र कर्मचारीलाई कोरोना खोप दिइने

सरकारले थप ५० लाख डोज कोरोना खोप किन्ने

Photo Source : Himalkhabar

काठमाडौं । सरकारले थप ५० लाख डोज कोरोना खोप किन्ने भएको छ । यसका लागि खरिद प्रक्रिया समेत शुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप किन्न अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरिसकेको छ । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा उपस्थित भएका सचिव अर्यालले यस्तो जानकारी गराएका हुन्… Continue reading सरकारले थप ५० लाख डोज कोरोना खोप किन्ने

पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको पुष्टी, मंगलबार स्वदेश फर्कने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम्‌ जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारको सिलसिलामा भारतको नयाँ दिल्लीमा छन् । उनलाई क्यान्सर नभएको पुष्टि चिकित्सकले गरेका छन् । भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सरको आशंका गरिएको थियो । तर, चिकित्सकले क्यान्सर नरहेको पुष्टी गरेका हुन् । ​ वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेको… Continue reading पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको पुष्टी, मंगलबार स्वदेश फर्कने

थप ७३ जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभर ३ हजार ४९ जनाको नमुना परीक्षण गर्दा २९ महिला र ४४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अब नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ ।… Continue reading थप ७३ जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु

कांग्रेस नेता जोशीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ । उनलाई शुक्रबार बिहान मष्तिष्कघात भएको थियो । उनको नर्भिक अस्पतालमा उपचार जारी छ । जोशीको आईसीयूूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । शनिबारको तुलनामा स्वास्थ्यमा निकै सुधार आएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले संचारमाध्यमलाई जानकारी गराएका छन् ।… Continue reading कांग्रेस नेता जोशीको स्वास्थ्य सुधारोन्मुख

८१ जनामा कोरोना पुष्टी, २ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार ८ सय २४ नमुना परीक्षण गर्दा ३५ महिला र ४६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ ।… Continue reading ८१ जनामा कोरोना पुष्टी, २ को मृत्यु

म्याग्दीमा बिरामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । म्याग्दीमा बिरामी बोकेको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बेनी नगरपालिका ४ फापरखेतमा बिहीवार राति भएको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा चार जना घाइते भएका छन् । मालिका गाउँपालिका ३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नंको जीप सडकबाट म्याग्दी नदीमा खसेको थियो… Continue reading म्याग्दीमा बिरामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु

सरकारले कोरोनाबाट ज्यान गुमाएकाको संख्या लुकाएको पुष्टी, एकैदिन थपियो ६१९ मृतक

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएका नागरिकको संख्या लुकाएको पुष्टी भएको छ । बुधबार एकै दिन ६१९ जना थप गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतक संख्या सच्याएको छ । यसअघि सरकारमाथि मृतकको संख्या लुकाएको आरोप लागेको थियो । तर, सरकारले भने प्रतिक्रिया दिएको थिएन । कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य… Continue reading सरकारले कोरोनाबाट ज्यान गुमाएकाको संख्या लुकाएको पुष्टी, एकैदिन थपियो ६१९ मृतक