काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत फेला, श्रीमान अचेत

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा बिहीबार आमाछोरी मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटीमा सिन्धुपाल्चोक, जुगल गाउँपालिका स्थायी घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेका हुन् । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार शेपाका ३२ वर्षीय श्रीमान दोर्जे शेर्पालाई अचेत अवस्थामा भेटाइएको छ । उनको नेपाल… Continue reading काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत फेला, श्रीमान अचेत

प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरको अनुमति

एजेन्सी । सिङ्गापुरले जनावर नमारीकन उत्पादन हुने ‘सफा मासु’ उपभोगका निम्ति स्वीकृति दिएको छ। उसको निर्णयसँगै अमेरिकाको स्यान फ्रान्सिस्कोस्थित इट जस्ट नामक कम्पनीलाई प्रयोगशालामा उत्पादित कुखुराको मासु बेच्न बाटो खुलेको छ। शुरुमा यो मासु केवल नगेटका मात्र प्रयोग गरिनेछ तर कम्पनीले कहिलेदेखि त्यो बजारमा उपलब्ध हुन्छ भनेको छैन। स्वास्थ्य, पशु कल्याण तथा वातावरणसम्बन्धी चिन्ताका कारण… Continue reading प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरको अनुमति

फिल्म हल र रात्रिकालिन व्यवसाय अझै १५ दिन बन्द

काठमाडौं । फिल्म हल र रात्रिकालीन व्यवसाय अझै १५ दिन बन्द हुने भएका छन् । मानिसहरुको एकसाथ भेला हुने र भिडभाड हुने क्षेत्रलाई थप १५ दिन प्रतिवन्ध लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार फिल्म हल र मानिसहरू धेरै जम्मा हुने व्यवसाय अझैं १५ दिन कडाइका साथ बन्द… Continue reading फिल्म हल र रात्रिकालिन व्यवसाय अझै १५ दिन बन्द

कोभिड फाइजर खोप स्वीकृत गर्ने बेलायत विश्वकै पहिलो देश, कस्तो हो फाइजर खोप ?

तस्बिर : रोयटर्स

काठमाडौं । बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको छ । बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो । एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन शुरु हुनेछ । खोप लगाउन केही दिनमै सर्वाधिक… Continue reading कोभिड फाइजर खोप स्वीकृत गर्ने बेलायत विश्वकै पहिलो देश, कस्तो हो फाइजर खोप ?

किम जोङ–उनले कोरोनाविरुद्ध चाइनिज खोप लगाएका हुन् ?

काठमाडौं । अमेरिकी सुरक्षा विज्ञहरुले उत्तर कोरियाली नेता किम जोङ–उनले कोभिड–१९ विरुद्ध चीनले निर्माण गरेको खोप लगाएको दावि गरेका छन् । जापानी जासुसी स्रोतलाई हवाला दिएर यस्तो दावि गरिएको हो । किमले केही दिन अगाडी मात्र चिनियाँ खोप लिएको बताइएको छ । त्यसो त चीनले अघोषित रुपमै खोप निर्माण गरि लाखौं मानिसमा लगाइसकेको समाचार यसअघि… Continue reading किम जोङ–उनले कोरोनाविरुद्ध चाइनिज खोप लगाएका हुन् ?

विराटनगरमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु

विराटनगर । विराटनगरमा एम्बुलेन्स दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। सप्तरीको तिलाठीबाट विरामी बोकेर आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स विराटनगरको कंचनबारी सडक खण्डमा रोकेर राखिएको एमल ०१–एल–०३३६ नम्बरको ट्रलीमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका तिलाठीका ६५ वर्षीय नुनुलाल मण्डलको ज्यान गएको छ… Continue reading विराटनगरमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु

आज देशैभर एकै पटक ३९३ अस्पताल शिलान्यास गरिँदै

File

काठमाडौं । सरकारले आज स्वास्थ्य क्षेत्रमा महत्वकांक्षी योजना शुरु गर्दैछ । एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गरी सरकारले एकै पटक ठूलो क्षेत्रमा स्वास्थ्य सेवा बिस्तार गर्न लागेको हो । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको स्वास्थ्य… Continue reading आज देशैभर एकै पटक ३९३ अस्पताल शिलान्यास गरिँदै

बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु

बैतडी । बैतडीमा जीप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो भारतको पिथौरागढमा पेन्सन बुझेर फर्केका यात्रु चढेको ना १ ज २१९६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको प्रहरीले उल्लेख गरेको छ । दरशथ चन्द नगरपालिका १० बुड्डामा भएको दुर्घटनामा दशरथचन्द नगरपालिका ५… Continue reading बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु

नेपालमा कहिले आउँछ कोरोनाको खोप ?

काठमाडौं । विकसित मुलुकहरुले कोरोना विरुद्धको खोप निर्माणलाई अन्तिम चरणमा पुर्याएका छन् । परीक्षणहरुसमेत सफल भइरहेको खबर सार्वजनिक भइरहेको छ । खासगरी अमेरिकाले आगामी डिसेम्बर ११ बाट खोप सर्वसाधारणको प्रयोगका लागि ल्याउने घोषणा गरेको छ । उता, चीनले भने अघोषित रुपमै लाखौैं मानिसलाई कोरोना भाइरसको खोप दिइसकेको समेत खबर सार्वजनिक भएको छ । यस सन्दर्भमा… Continue reading नेपालमा कहिले आउँछ कोरोनाको खोप ?

ट्याक्टरले मोटरसाइकललाई ठक्कर, आमाको मृत्यु-बाबुछोरी गम्भीर घाइते

कंचनपुर । कञ्चनपुरमा ट्याक्रले मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । राष्ट्रिय समाचार समितिले जनाए अनुसार कंचनपुरको कृष्णपुर नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा आमाको निधन भएको छ । बाबु छोरी गम्भीर घाइते भएका छन् । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से १ त ९५३३… Continue reading ट्याक्टरले मोटरसाइकललाई ठक्कर, आमाको मृत्यु-बाबुछोरी गम्भीर घाइते

नयाँ दिल्लीमा मास्क नलगाई सार्वजनिक स्थलमा निस्किए २ हजार जरिवाना

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा सरकारले कोरोना विरुद्ध स्वास्थ्य सतकर्ता नअपनाउनेविरुद्ध कडा कानून ल्याएको छ । दिल्ली सरकारले बिहीबार सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरिवाना घोषणा गरेको हो । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालका अनुसार मानिसहरुलाई कोरोना भाइरस (कोभिड–१९) को नियम पालना गराउन यस्तो व्यवस्था गरिएको बताएका छन् । सार्वजनिक… Continue reading नयाँ दिल्लीमा मास्क नलगाई सार्वजनिक स्थलमा निस्किए २ हजार जरिवाना

कोरोना बिरुद्धको अमेरिकी भ्याक्सिनले ९५% काम गर्ने फाईजरको दाबी; यो बर्षको अन्त्यसम्म भ्यक्सिन आउने

न्युयोर्क कोरोनाभाइरस बिरुद्धका भ्याक्सिनहरुको लगातार सकारात्मक समाचार आउने क्रम जारी छ । यिनै समाचारहरु माझ अघिल्लो हप्ता अमेरिकी कम्पनी फाईजर र जर्मन कम्पनी बायो एन्ड टेकले सँयुक्त रुपमा निर्माण गरेको भ्याक्सिनले ९० प्रतिशत काम गर्ने घोषणा गरेको भ्याक्सिनले तेश्रो चरणको परिक्षणपछि ९५ प्रतिशत सफल हुने दाबी गरेको छ । कम्पनीले बुधवार एक बिज्ञप्ति जारी गर्दै… Continue reading कोरोना बिरुद्धको अमेरिकी भ्याक्सिनले ९५% काम गर्ने फाईजरको दाबी; यो बर्षको अन्त्यसम्म भ्यक्सिन आउने

कोरोनाबाट आज संसारमा सबैभन्दा धेरै मानिसको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीबाट एकै दिन मृत्यु हुने संख्यामा आज रेकर्ड बसेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार संसारभरको आंकडा अनुसार आज कुल १० हजार ५ सय २ जना मानिसले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । यो एक दिनमै भएको सर्वाधिक मृत्यु हो । खासगरी यूरोपमा आएको नयाँ लहर र कोरोना नियन्त्रणमा नआएका अमेरिकी… Continue reading कोरोनाबाट आज संसारमा सबैभन्दा धेरै मानिसको मृत्यु

नेपालमा थप १४७७ जनामा कोरोना पुष्टी, २७९८ जना कोरोनामुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेट अनुसार यस अवधिमा कुल ६ हजार ४७६ जनाको कोरोना परीक्षण भएको छ । जसमा १४७७ जनामा संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९… Continue reading नेपालमा थप १४७७ जनामा कोरोना पुष्टी, २७९८ जना कोरोनामुक्त

बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु

बुटवल । रुपन्देहीमा बुबाको चक्कु प्रहारबाट आफ्नै छोराको ज्यान गएको छ । प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङले चक्कु प्रहारबाट आफ्ना ११ वर्षिय छोरा पदमबहादुरको हत्या गरेका छन् । घटना शनिबार भएको हो । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । त्यसक्रममा छोरा पदमबहादुरले प्रतिकार… Continue reading बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु

डा. केसीले सरकारबाट कोरोना उपचार खर्च नलिने

काठमाडौं । स्वास्थ्य अभियन्ता डा. गोविन्द केसी अहिले कोरोना भाइरसको संक्रमणसँग लडिरहेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार टुइटमार्फत निःशुल्क उपचार गर्ने बताएका थिए । प्रधानमन्त्रीले सामाजिक चर्चाका लागि गरेको उक्त टुइटको डा. केसीले प्रतिवाद गरेका छन् । आफ्नो उपचार आफै गर्न सक्ने नागरिकको व्यक्ति विशेषको उपचारको जिम्मा लिनु भन्दा आम नागरिकलाई निःशुल्क… Continue reading डा. केसीले सरकारबाट कोरोना उपचार खर्च नलिने

नेपालमा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या वृद्धि

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोनासको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २६ जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ११७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २२ जनाको मृत्यु भएको थियो। पछिल्लो केही सातायता कोरोना… Continue reading नेपालमा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या वृद्धि

दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

दाङ । दाङमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार देउखुरीको राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको ज्यान गएको हो । ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गतराती ८ बजे ठक्कर दिएको थियो । प्रहरीका अनुसार मोटरसाइकलमा… Continue reading दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

नेपालमा कोरोनाबाट थप २४ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विभिन्न अस्पताल र होम आइसोलेसनमा उनीहरुको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । अब नेपालमा कोरोनाबाट मृत्यु हुने संक्रमितको कुल संख्या ११ सय ४८ पुगेको छ। पछिल्लो समय नेपालमा औसतः २० भन्दा बढी… Continue reading नेपालमा कोरोनाबाट थप २४ जनाको मृत्यु

नेपालमा थपिए २७३६ संक्रमित, ८५३ संक्रमणमुक्त (कुन जिल्लामा कति थपिए ?)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । अब नेपालमा कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । १ लाख ९९ हजार… Continue reading नेपालमा थपिए २७३६ संक्रमित, ८५३ संक्रमणमुक्त (कुन जिल्लामा कति थपिए ?)

थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ थानकोटमा बसको ठक्करबाट एक जनाको निधन भएको छ । आज बिहान साढे ४ बजे तरकारी बेच्न निस्किएका ४० वर्षिय नविन लोहारको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बालाजु निवासी उनी थानकोटमा बसी व्यवसाय गर्दै आएका थिए । नम्बर नखुलेको पहेलो रंगको सार्वजनिक बसले उनलाई ठक्कर दिएको प्रहरीको… Continue reading थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु

कोरोना विरुद्धको खोप नेपाल ल्याउन सरकारी समिति गठन

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप निर्माण सफल भई सार्वजनिक प्रयोगमा आउनासाथ नेपाल आपूर्तिको व्यवस्था मिलाउन तयारी थालेको छ । सोहीक्रममा सरकारले सचिवस्तरको एक उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति गठन गरेको हो । समितिले कोरोनाविरूद्धका खोपबारे अध्ययन गरी नेपाल ल्याउने… Continue reading कोरोना विरुद्धको खोप नेपाल ल्याउन सरकारी समिति गठन

अब सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क

File

काठमाडौं । अब सरकारी अस्पतालमा कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको बताइएको छ ।… Continue reading अब सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क

एक सातामा विदेशमा ५४४ जना नेपालीमा कोरोना पुष्टी, एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी कतिपय मुलुकमा पुनः दोहोरिन थालेको छ । यसको शिकार विदेशमा रहेका नेपाली समेत हुन थालेका छन् । कुनै बेला संक्रमण शून्यमा झरिसकेका यूरोपेली मुलुकमा पुनः दैनिक हजारौं मानिसमा कोरोना देखिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो हप्ता कुन ५ सय ४४ जना नेपालीमा कोरोना देखिएको छ । अष्ट्रिया… Continue reading एक सातामा विदेशमा ५४४ जना नेपालीमा कोरोना पुष्टी, एक जनाको मृत्यु

दाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

दाङ । दाङमा जिप दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको लु १ ज २९११ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । प्रहरीका अनुसार चालक रोल्पा गंगादेव गाउँपालिका ७ बथानका ३५ वर्षीय भीमबहादुर ओली, गँगादेव ५ का ६५ वर्षीय गंजबहादुर बुढा र दाङ बबई गाउँपालिकका २… Continue reading दाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

कोरोनाबाट विश्वभर एकै दिन सर्वाधिक मृत्युको आंकडा

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण एकै दिनमा सर्वाधिक मानवीय क्षतिको रेकर्ड बनेको छ । विश्वभर पछिल्लो २४ घण्टामा सर्वाधिक ९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५४ जनाको मृत्यु भएको छ । अब विश्वभर कोरोना भाइरसको संक्रमणछि ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १०१ पुगेको छ । त्यसो… Continue reading कोरोनाबाट विश्वभर एकै दिन सर्वाधिक मृत्युको आंकडा

सप्तरीमा कार र रिक्सा ठोक्किए, दुई जनाको मृत्यु

राजविराज। सप्तरीमा रिक्सा र कार ठोक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । घटनामा थप पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च ६३९ नम्बरको कार र पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको को २ ह ३४९८ नम्बरको सिटी रिक्सा… Continue reading सप्तरीमा कार र रिक्सा ठोक्किए, दुई जनाको मृत्यु

काठमाडौंको तीनकुने पुलमुनी पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको तीनकुने स्थित पुलमुनी एक जना पुरुषको शव फेला परेको छ । पुलमुनी खोलामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो भेटिएको उनको शव सड्न लागेको अवस्थामा भेटिएको थियो । उनको पहिचान भने भइसकेको छैन । शवको प्रकृति हेर्दा आन्दाजी ३०, ३२ वर्षका पुरूष रहेको अनुमान प्रहरीले गरेको छ ।… Continue reading काठमाडौंको तीनकुने पुलमुनी पुरुषको शव फेला

मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह

काठमाडौं । काठमाडौं । चिकित्सकहरुले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका बिरामीहरुलाई घरेलु उपचार घरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् । हरेक अस्पतालका आइसियु बेडहरु कोभिडका विरामीले भरिएको चिकित्सकहरुको भनाई छ । मौसम परिवर्तन… Continue reading मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह

टेकु अस्पतालले पनि माग्न थाल्यो कोरोना संक्रमितसँग धरौटी, यस्तो छ शुल्क विवरण

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस संक्रमणको उपचार वापत लाग्ने शुल्क सार्वजनिक गरेको छ । विज्ञप्ती जारी गरि अस्पताल प्रशासनले कोरोना संक्रमितको उपचारका लागि धरौटी लिन थालेको जनाएको छ । निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गरेको निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क… Continue reading टेकु अस्पतालले पनि माग्न थाल्यो कोरोना संक्रमितसँग धरौटी, यस्तो छ शुल्क विवरण