Category: स्वास्थ्य

  • प्रचण्डसहित माओवादीका उच्च नेतामा कोरोना संक्रमण पुष्टी

    प्रचण्डसहित माओवादीका उच्च नेतामा कोरोना संक्रमण पुष्टी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उच्च माओवादी नेतालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएसँगै माओवादी पार्टीले महाधिवेशनमा सहभागी भएका १,७०० प्रतिनिधिलाई समेत कोरोना भाइरस परीक्षण गर्न भनेको छ । माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसहित आधा दर्जन नेता र पार्टी कार्यालयका कर्मचारीसहित एक दर्जनलाई कोभिड पुष्टि भइसकेको छ ।

    कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कोटेश्वरको पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा बिहीवारदेखि नै अतिआवश्यक बाहेकका काम बन्द गरिएको छ। शुक्रवार गरिएको एन्टिजन र पीसीआर परीक्षणमा पूर्वप्रधानमन्त्री अध्यक्ष प्रचण्डलाई पनि सङ्क्रमण पुष्टि भएको हो ।

    उनी अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । स्वास्थ्यकर्मीको सल्लाह अनुसार प्रचण्ड केही दिन आइसोलेसनमा रहने समेत बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाबीच शुक्रवार मात्रै माओवादी अध्यक्ष प्रचण्डले भेटेका थिए ।

  • नेपालमा लगातार दोस्रो दिन ९ सय माथि कोरोना पुष्टी, मृत्यु शून्य

    नेपालमा लगातार दोस्रो दिन ९ सय माथि कोरोना पुष्टी, मृत्यु शून्य

    काठमाडौं । नेपालमा लगातार दोस्रो दिन ९ सय भन्दा बढी मानिसमा कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो । अब नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन । त्यस्तै २९७ जना संक्रमणमुक्त भएका छन् ।

  • सरकारी अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन जारी

    सरकारी अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन जारी

    काठमाडौं । कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेसँगै सरकारले सरकारी अस्पताललाई परिस्थिति जटिल बन्न सक्ने भन्दै सचेत गराएको छ । सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी अस्पतलालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुनसक्ने भन्दै अस्पताललाई तयारी अवस्थामा रहन भनिएको छ ।

    मन्त्रालयले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै सही तरिकाले हात धुन, मास्कको प्रयोग गर्न, बारम्बार हात धुन तथा दुई मिटरको दूरी कायम गर्न समेत सर्वसाधारणहरुलाई आग्रह गरेको छ । त्यस्तै मन्त्रालयले एस जिन स्क्रिनिङ गर्ने सुविधा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल), वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ र भेरी अस्पतालमा थप गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । नेपालमा आज थप २४ जनामा ओमिक्रोन भेरियन्ट पृष्टि भएको छ ।

    पुस महिनामा एक हजार १४६ पोजिटिभ नमुनाको एसजिन स्क्रिनिङ गर्दा २५० वटा नमुनामा २२ प्रतिशत एसजिन नेगेटिभ पत्ता लागेको मन्त्रालका प्रवक्ता संगीता मिश्राले जानकारी दिनुभएको छ। एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि नेपालमा तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ । यो संगै नेपालमा ओमिक्रोन पृष्टि हुनेको संख्या २७ पुगेको छ। नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ ।

    २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या आठ लाख ३१ ह्जार ५२ जनामा कोारेना पृष्टि भएको छ । जसमध्ये आठ लाख १३ हजार ७०९ जना संक्रमित संक्रमणमुक्र भएका छन् । नेपालमा ११ हजार ६०२ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्युदर १.४ प्रतिशत रहेको छ ।

  • डब्लुएचओको चेतावनी– ‘कोरोना संक्रमणको सुनामीलाई कम नठानियोस्’

    डब्लुएचओको चेतावनी– ‘कोरोना संक्रमणको सुनामीलाई कम नठानियोस्’

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस घेब्रेयियसले कोरोना संक्रमणको सुनामीलाई नजरअन्दाज नगर्न आग्रह गरेका छन् ।

    विश्वमा दैनिक कोरोना संक्रमितको संख्या २५ लाखभन्दा बढीले बढ्न थालेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

    ओमिक्रोन भेरियन्टको कारण विश्वमा तिव्र गतिमा कोरोना फैलिँदा स्वास्थ्य सेवामाथि दबाव बढ्न थालेको उनले बताएका छन् ।

    डेल्टा भेरियन्टको भन्दा ओमिक्रोनका विरामी कम गम्भिर देखिए पनि यसलाई हल्का रुपमा नलिन समेत उनले भनेका छन् ।

    ‘खासगरी खोप लगाइसकेकालाई डेल्टाको तुलनामा ओमिक्रोन कम खतरनाक देखिन्छ । तर यसको अर्थ यो होइन की यो कमजोर छ । ओमिक्रोनका कारण पनि विरामी अस्पताल भर्ना भएका छन्,’ घेब्रेयियसले भने ।

    उनले संक्रमणको सुनामी तिव्र गतिमा बढिरहेको तर्फ सबैको ध्यानाकर्षण गरेका छन् ।

  • कोभिड संक्रमण बढेपछि प्रचण्डले कार्यकर्तासँगको भेटघाट रोके

    कोभिड संक्रमण बढेपछि प्रचण्डले कार्यकर्तासँगको भेटघाट रोके

    काठमाडौं । पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टी भएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नियमित भेटघाट स्थगित गरेका छन् । उनको सचिवालयका अनुसार केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई समेत कोभिड– १९ सङ्क्रमणको पुष्टि भएकाले तत्कालका लागि भेटघाटका कार्यक्रम स्थगित गरिएको हो ।

    पार्टीको नियमित कामलाई केन्द्रीय कार्यालयमार्फत नै व्यवस्थित गर्ने प्रयास गरिएको समेत अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गङ्गा दाहालले जनाएकी छिन् । उनका अनुसार अब कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गरिने भएको छ । उनले तत्कालका लागि पार्टी केन्द्रीय कार्यालयमा समेत भिडभाड नगर्न र सतर्कता अपनाउन आग्रह गरेकी छिन् ।

  • नेपालमा कोरोना संक्रमण बढ्यो, एकैदिन थपिए ५४० जना संक्रमित

    नेपालमा कोरोना संक्रमण बढ्यो, एकैदिन थपिए ५४० जना संक्रमित

    काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ५४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ३२६ जना र मंगलबार ३९३, बुधबार ४३५ संक्रमित थपिएका थिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० जनाको एन्टिजेन परीक्षण गर्दा ६२ गरी ५४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३० हजार ४८० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २७१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १३ हजार ४४७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ४३१रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।

  • लक्षित समूहलाई दिने कोरोना खोपको ‘बुस्टर डोज’ अभियान स्थगित

    लक्षित समूहलाई दिने कोरोना खोपको ‘बुस्टर डोज’ अभियान स्थगित

    काठमाडौं । सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई दिने कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा दिने अभियान स्थगित गरेको छ ।

    प्रवक्ता संगीता कौशल मिश्राले विज्ञप्ति जारी कोभिड–१९ विरुद्धको ‘अतिरिक्त मात्रा’ खोप दिने कार्य स्थगित भएको जनाएकी छिन् ।

    थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न पाँच प्रकारका बिरामी र ६० वर्षभन्दा माथिल्लो उमेरका नागरिकलाई‘अतिरिक्त मात्रा’ दिने निर्णय गरेको थियो ।

    लक्षित समूहमा मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि प्रयोग गरिरहेका बिरामीहरुलाई राखिएको थिए ।

    सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनी सोमबार सूचना जारी गरेको थियो । तर त्यसै सूचनाअनुसार खोप केन्द्रमा पुगेका जेष्ठ नागरिक र दीर्घरोगीले खोप पाएका थिएनन् ।

  • कोरोनाको नयाँ भेरियन्ट ‘आइएचयू’ भेटियो, ओमिक्रोनभन्दा बढी संक्रामक

    कोरोनाको नयाँ भेरियन्ट ‘आइएचयू’ भेटियो, ओमिक्रोनभन्दा बढी संक्रामक

    काठमाडौं ।  ओमिक्रोनको त्रासबीच फ्रान्समा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ ।

    ओमिक्रोनपछि वैज्ञानिकहरुले कोभिडको अर्को एउटा भेरिएन्ट (आईएचयू) बारे पत्ता लगाएका हुन्।

    डेलिमेलको अनुसार अफ्रिकी देश क्यामरुनबाट फर्किएका १२ जनामा नयाँ प्रजातिको कोरोना देखिएको हो ।

    यो बी.१.६४०.२ भेरियन्टलाई आइएचयू मेडिटेरेन्स इन्फेक्सनका विज्ञहरूले पत्ता लगाएका हुन्।

    वैज्ञानिकले यो संस्करणमा ४६ वटा उत्परिवर्तन भएको बताएका छन्। वैज्ञानिकहरूले यो ओमिक्रोनभन्दा बढी खतरनाक भएको बताएका छन्।

    यो स्वरूपका कम्तीमा १२ जना संक्रमित मार्सेमा फेला परेका छन्।

    फ्रान्सबाट मानिसहरू अफ्रिकाको क्यामरुन गएका थिए। संसारका अधिकांश भाग ओमिक्रोनको चपेटामा परेका वेला आइएचयू भेरियन्ट फैलिने खतरा बढेको छ।

    बी.१.६४०.२ स्वरूप फ्रान्स बाहेक अन्य कुनै पनि देशमा फेला परेको छैन र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसमा अनुसन्धान शुरु गरेको छैन।

    यसैबीच भाइरस विशेषज्ञ एरिक फिगल दिङलेले नयाँ स्वरूप आएको जानकारी दिँदै यो कुन श्रेणीमा पर्छ‚ त्यो भन्न केही समय कुर्नुपर्ने बताए।

  • नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै,२४ घण्टामा ३९३ जना संक्रमित थपिए

    नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै,२४ घण्टामा ३९३ जना संक्रमित थपिए

    काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ३९३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार ३२६ जना संक्रमित थपिएका थिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ गरी ३९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २९ हजार ६३२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २६३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १२ हजार ९३७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ ।

  • विदेशमा ८८ प्रतिशत नेपालीले लगाए कोरोनाविरुद्ध खोपको पूर्ण डोज

    विदेशमा ८८ प्रतिशत नेपालीले लगाए कोरोनाविरुद्ध खोपको पूर्ण डोज

    काठमाडौं । नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले कोभिड(१९ विरुद्धको पूर्ण खोप लगाएका छन् ।

    गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ५१ देशमा बसोबास गर्दै आएका नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले खोपको पूर्ण डोज पाएका हुन् ।

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा। सन्जिव सापकोटाका अनुसार अष्ट्रेलिया, न्युजिल्याण्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानाडा, युके, मलेसिया, बहराइन, अफिक्रा, दक्षिण कोरिया लगायतमा रहेका नेपालीले खोप लिएका छन् । तर भारत, बंगलादेश जस्ता देशहरूमा भने ७० प्रतिशत भन्दा कम नेपालीले पूर्ण मात्रा खोप लगाएका छन्।

    न्यूनतम खोप उपलब्ध भएका देशहरु देशहरूमा घाना, नाइजेरिया, दक्षिण अफ्रिका, तान्जानिया, युगान्डामा सामान्य जनसंख्याको तीस प्रतिशत भन्दा कम जनसंख्याले खोपको सुविधा प्राप्त गरे पनि त्यहाँस्थित ९० प्रतिशत नेपालीले भने खोप पाएका छन् ।

    स्वास्थ्य समितिलाई प्राप्त जानकारी अनुसार नेपाल बाहिर रहेका नेपालीहरुको खोप लिने दर उच्च रहेको छ । यस्तै कोरोना बिरुद्धको तेस्रो खोप (बुस्टर डोज) सबै देशमा उपलब्ध नभए पनि उपलब्ध भएका देशमा भने नेपालीहरुले तेस्रो खोप समेत लिएका छन् ।

    अहिले सम्म बेल्जियममा ९० प्रतिशत नेपालीले बुस्टर डोज लिइसकेका छन् । बेलायतमा रहेका ६० प्रतिशत भन्दा बढी नेपालीहरुले बुस्टर लिएको संयोजक डा सापकोटाले बताउनुभयो । समितिका अनुसार विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले समेत तेस्रो खोप प्राप्त गरि सकेका छन् ।

    हाल विश्वको कुल जनसंख्याको ५१ प्रतिशतले पूर्ण रुपमा खोप लगाएको तथ्यांक छ । कोरोना महामारी शुरु भएयता गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा तथ्यांक संकलन गर्ने, उनीहरुको स्वास्थ्य सम्बन्धमा साचो राख्दै बिभिन्न स्वास्थ्य मुलक जनचेतना कार्यक्रम गर्दै आएको छ । संघको स्वास्थ्य समिति अन्तर्रगत विदेशमा विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत दुई सय भन्दा बढी चिकित्सकहरुले तथ्यांक संकलन र जनचेतना कार्यक्रम सम्पन्न गर्न सघाई रहेका छन् ।

    स्वास्थ्य समितिद्धारा जारी पछिल्लो तथ्यांक संकलन गर्न डा सागर पौडेल (भारत), डा नीतेश अर्याल, लक्ष्मी गिरी (बहराइन), रोशन थापा, कृष्ण भट्ट (अफ्रिका), डा बोधराज सुवेदी (युरोप), एलिजा केसी (जापान) , गोविन्द खरेल (बेलायत), गोकर्ण ढकाल (हङकङ), र लोक दाहाल (युरोप) लगायतले सहयोग रहेको स्वास्थ्य समितिले जनाएको छ ।

  • नेपालमा ओमिक्रोनको त्रास, स्वास्थ्य मन्त्रालयले भन्यो- ‘सम्बन्धित निकाय सतर्क रहनू’

    नेपालमा ओमिक्रोनको त्रास, स्वास्थ्य मन्त्रालयले भन्यो- ‘सम्बन्धित निकाय सतर्क रहनू’

    काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका धेरै देशमा फैलिएको छ ।

    पछिल्लो समय ओमिक्रोन नेपालमा पनि भित्रिएकाले स्वास्थ्य सेवा विभागले भेरियन्ट थप फैलिन नदिन स्थानीय र प्रदेश सरकारलाई निर्देशन दिएको छ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन दिएको हो।

    सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकाहरूमा प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नलगायत निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ ।

    जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गराउन, कोरोना परीक्षणको दायरा बढाउन, पहिचान भएका संक्रमितहरुको उचित व्यवस्थापन गर्न महाशाखाको निर्देशन छ।

    यस्तै, संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी क्वारेन्टाइन तथा परीक्षण गर्न, सीमा नाकामा प्रवेश गर्ने यात्रुहरुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान गरी खोप लगाउन र घरमै आइसोलेसन वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको फलोअप एवं मापदण्ड पालनाको निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ।

  • नेपालमा पछिल्लो एक महिनायताकै सबैभन्दा बढी संक्रमण पुष्टी

    नेपालमा पछिल्लो एक महिनायताकै सबैभन्दा बढी संक्रमण पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो एक महिना यताकै बढी संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना पुष्टी भएको छ । यो एक महिनायताकै बढी हो । ,यसअघि मंसिर २७ गते ३४१ जना संक्रमित फेला परेका थिए भने मंसिर २१ गते र मंसिर १६ गते ३१५ जना संक्रमित भेटिएका थिए । त्यसबाहेक मंसिर र पुस महिनामा संक्रमित संख्या ३ सय नाघेको थिएन ।

    पाँच हजार सात पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ एन्टिजेन परीक्षणमा ४० जना गरी ३८२ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार भने २३५ जनामा संक्रमण पुष्टी भएको थियो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्युको तथ्यांक भने छैन । यस अवधिमा २५२ जना कोरोना संक्रमणमुक्त बनेका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा २४४ जना संक्रमित भेटिएका छन् । त्यस्तै ललितपुरमा ३२, भक्तपुरमा ९, मोरङमा ८ र चितवनमा ७ जना संक्रमित भेटिए ।

  • जाडोमा आगो, हिटर, गिजर चलाउँदा कस्तो सावधानी अपनाउने ?

    जाडोमा आगो, हिटर, गिजर चलाउँदा कस्तो सावधानी अपनाउने ?

    काठमाडौं । मौसममा आएको परिवर्तनसँगै केही दिन यता राजधानी लगायत देशभर चिसो बढेको छ ।

    चिसो बढेपछि देखिने विभिन्न खालको स्वास्थ्य समस्याका कारण र बालबालिकामा चोसोले पुर्‍याउने असरका कारण धेरैले त्यसबाट बच्नका लागि उपायहरु खोज्ने गर्छन् ।

    त्यस्तै उपाय नै मानव जीवनको लागि कहाली लाग्दो घटना बनिरहेको छ ।

    जाडोको समयमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा विभिन्न सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

    यसरी चिसोबाट जोगिन घरको झ्याल ढोका बन्द गरेर हावा नछिर्ने गरी हिटर ताप्दा कोठामा कार्बनडाइ अक्साइड वा कार्बन मोनोअक्साइड ग्याँस बढ्न जाने र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्ने वा मृत्यु नै पनि हुन सक्ने विशेषज्ञहरू बताउँछन् ।

    त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र प्रयोग गर्नु पर्ने चिकित्सकहरूले सुझाव दिन्छन् ।

    लामो समयसम्म हिटर ताप्ने गर्दा यसबाट निस्कने विभिन्न खालका रासायनिक तत्त्वहरूले हाम्रो स्वास्थ्यलाई थप असर गर्ने गर्छ

    जाडोयाममा शरीर र कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपाय अपनाउँदा पर्याप्त सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

    यस्ता छन् मन्त्रालयका सुझाव–

    १. हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौँ ।

    २. कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौँ ।

    ३. आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडाजस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौँ ।

    ४. आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने गरौँ ।

    ५. हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ ।

    ६. सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने गरौँ ।

    ७. गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ ।

    ८. गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ ।

  • अमेरिकामा आइसोलेसन बस्ने अवधि आधा घट्यो

    अमेरिकामा आइसोलेसन बस्ने अवधि आधा घट्यो

    न्यूयोर्क । अमेरिकामा लक्षण नदेखिएका कोरोनाभाइरस सङ्क्रमितले आइसोलेसनमा बस्नु पर्ने अवधि आधा घटाएको छ । यसअघि दश दिन रहेकोमा अब पाँच दिन मात्र बसेृ पुग्ने भएको हो । सेन्टर्स फर डिजिज कन्ट्रोलले त्यसपछिका पाँच दिन मास्क लगाउन सुझाव दिएको बीबीसीले जनाएको छ । अहिलेका नयाँ सुझावहरू बाध्यकारी छैनन्, तर त्यसलाई अमेरिकाका कैयौँ व्यापारिक समुदाय र नीति निर्माताहरूले नजिकबाट हेरिरहेको समाचारमा उल्लेख छ ।

    कोभिड सङ्क्रमणमा वृद्धि भएर अमेरिकाभरिको यात्रा अस्तव्यस्त हुँदा पछिल्लो घोषणा आएको हो। ओमिक्रोन भेरिअन्टले अस्पतालमा भिडभाड बढाउने जोखिम रहँदा राष्ट्रपति बाइडनले परीक्षणमा रहेका कमजोरीसँग जुझ्ने प्रतिबद्धता जनाएका छन्। सीडीसीले विज्ञानमा आधारित रहेरै अहिलेको परिवर्तन सिफारिस गरिएको भन्दै अधिकांश सङ्क्रमण प्रारम्भिक अवस्थाका बिरामीबाट सर्ने गरेको बताएको छ।

    उसले कोभिड सङ्क्रमण भएका तर खोप नलगाएका वा बुस्टर खोप लगाउन बाँकी रहेका व्यक्तिहरूबारेका आफ्ना सुझावलाई पनि अद्यावधिक गरेको छ। यस्ता समूहहरूले पाँच दिन क्वारन्टीनमा बस्नुपर्ने र अर्को पाँच दिन कडाइपूर्वक मास्क प्रयोग गर्नुपर्ने उसको भनाइ छ।

    बुस्टर खोप लगाएका व्यक्तिहरूले सङ्क्रमितसँग सम्पर्कमा पुगेपनि क्वारन्टीनमा बस्नुनपर्ने तर निरन्तर १० दिन मास्क लगाउनुपर्ने सुझावमा उल्लेख छ। पछिल्लो विवरणबारे जानकारी दिँदै सीडीसीकी निर्देशक रुसेल वुलेन्स्कीले नयाँ परिवर्तनहरूले मानिसहरूले सुरक्षित रूपमा आफ्नो दैनिक जीवनलाई निरन्तरता दिने सुनिश्चित गरेको बताइन्।

    यसअघि सोमवार राष्ट्रपति बाइडनले कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न चुनौती देखिए सङ्घीय सहयोगका लागि अनुरोध गर्न गभर्नरहरूलाई अनुरोध गरेका थिए। हाल अमेरिकामा ओमिक्रोन सबैभन्दा सक्रिय प्रकारको भेरिअन्टका रूपमा देखिएको छ र त्यहाँ पछिल्ला दुई दिनमा दैनिक दुई लाखभन्दा बढी सङ्क्रमणका घटना देखा परेका छन्।

  • विदेश जाँदै हुनुहुन्छ ? यी ठाउँमा लगाउनुहोस् कोरोना विरुद्धको खोप

    विदेश जाँदै हुनुहुन्छ ? यी ठाउँमा लगाउनुहोस् कोरोना विरुद्धको खोप

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेहरुका लागि उपत्यकाका चार वटा अस्पतालमा कोरोना विरुद्धको खोप लगाइने जनाएको छ ।

    मन्त्रालयले एक सूचना जारी गर्दै विदेश जानेको लागि छाउनीको वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जको नेपाल प्रहरी अस्पताल, बलम्बुको सशस्त्र प्रहरी अस्पताल र टेकुको शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निःशुल्क खोप लगाउन पाउने जनाएको हो ।

    चारै अस्पतालमा जोन्सन एन्ड जोन्सन खोप लगाइनेछ। यो खोप एक डोज लगाए पुग्छ। खोप लगाउन पासपोर्ट र भिसा देखाउनुपर्नेछ।

    साथै खोप लगाउन जाँदा अनिवार्य रुपमा आफ्नो पासपोर्ट र भिसा लिएर जानु पर्ने समेत मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म दुई करोड ३१ लाख ७१ हजार ९७७ डोज खोप लगाइसकिएको छ। जसमा एक करोड ३१ लाख ७५ हजार ५९७ जनाले पहिलो डोज र ९९ लाख ९६ हजार ३८० जनाले पूर्ण खोप लगाइसकेका छन्।

    देशभर खोप अभियान सञ्चालन भइरहेको छ। विभिन्न उमेर समूहसँगै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउन थालिएको छ। विद्यार्थीलाई विद्यालयमै खोप लगाउन थालिएको छ।

  • ओमिक्रोन बढेपछि भारतको राजधानी दिल्लीमा आजबाट रात्रिकालिन कर्फ्यू

    ओमिक्रोन बढेपछि भारतको राजधानी दिल्लीमा आजबाट रात्रिकालिन कर्फ्यू

    नयाँ दिल्ली । भारतमा बढ्दो कोभिड संक्रमण नियन्त्रणका लागि पुनः कर्फ्यू आदेश जारी भएको छ । राजधानी नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यू शूरु भएको हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमबारबाटै लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाएको हो । भारतको उत्तर प्रदेश र हरियाणाले समेत शनिबारदेखि नै रात्रीकालिन कर्फ्यू शुरु गरिसकेका छन् । उत्तर प्रदेश र नयाँ दिल्लीमा कोरोना बढ्दा त्यसको असर नेपालमा पनि पर्छ ।


    कर्फ्यू लागेसँगै अत्यावश्यक सेवाहरू प्रभावित नहुने र स्वास्थ्य सुरक्षालाई ध्यान दिइने राज्य सरकारको घोषणा छ । राति ११ बजेपछि बजार, पसल, तथा मानिसको आवतजावतमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । अन्य समयमा मास्क लगाएर हिँड्ने तथा सामाजिक दूरी कायम गरी स्वास्थ्य सतर्कता अपनाउनु पर्नेछ । दिल्लीमा आइतबार कोरोनाका थप २९० संक्रमित भेटिएका छन्। भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन्। उनीहरुमध्ये ५२९ जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ ।

  • नेपालमा १६७ जनामा कोरोना पुष्टि, २२६ संक्रमण मुक्त

    नेपालमा १६७ जनामा कोरोना पुष्टि, २२६ संक्रमण मुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ४,२८३ पीसीआर परीक्षणमा १५७ जना र २,१६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस अवधिमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणमुक्त हुनेको संख्या २२६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४,९७८ रहेको छ । संक्रमितमध्ये काठमाडौं जिल्लाका ६८, ललितपुरका २६ र भक्तपुरका ४ जना रहेको तथ्यांक छ ।

  • विदेश जानेलाई प्राथमिकताका साथ जोन्सन एन्ड जोन्सनको खोप

    विदेश जानेलाई प्राथमिकताका साथ जोन्सन एन्ड जोन्सनको खोप

    काठमाडौं । नेपालमा सरकारले विदेश जानेलाई प्राथमिकताका साथ खोप वितरण शुरु गरेको छ । काठमाडौँका विभिन्न अस्पतालमा जोन्सन एन्ड जोन्सनको खोप दिन थालिएको हो । सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल, निजामती अस्पताल बानेश्वर, प्रसूति गृह थापाथली र टेकु अस्पतालबाट यो खोप लगाउन सकिने भएको छ ।

    यी सात अस्पतालबाट जोन्सनसँगै कोभिसिल्ड र भेरोसेलको खोप समेत पाइन्छ । जोन्सन खोप भने विदेश जानेलाई प्राथमिकतामा राखेर दिन थालिएको छ । जोन्सन खोप एक मात्रा मात्रै लगाउँदा हुन्छ । बिहीबार नेपालमा जोन्सन एन्ड जोन्सन खोप थप २१ लाख ७६ हजार ६५० मात्रा ल्याइएको हो । अमेरिकाबाट आएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक तथा अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गर्ने शरणार्थी, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिइसकिएको छ ।

  • नेपालमा थप २९३ जनामा कोरोना पुष्टी,२६३ जना संक्रमण मुक्त

    नेपालमा थप २९३ जनामा कोरोना पुष्टी,२६३ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५१० जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ गरी २९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २६ हजार ६६४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २६३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ९ हजार ९२२ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार १६१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ ।

  • एक महिनाभित्र १०६ देशमा फैलियो ‘ओमिक्रोन’, भारतमा सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा

    एक महिनाभित्र १०६ देशमा फैलियो ‘ओमिक्रोन’, भारतमा सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा

    काठमाडौं । पहिलोपटक दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वको १०६ मुलुकमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ ।

    यससँगै अस्पताल भर्ना गर्नुपर्ने विरामीको संख्या बढेको जानकारी दिएको छ । ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिएको छ।

    ‘हालैका तथ्यले ओमिक्रोनका संक्रमित वृद्धि हुनेदर डेल्टाको भन्दा बढी भएको र जनसंख्याको इम्युनिटी क्षमता धेरै रहेका एवं समुदायमा संक्रमण फेला परेका मुलुकमा समेत तीव्र रुपमा फैलिइरहेको देखाउँछन्,’ डब्ल्यूएचओले भनेको छ ।

    वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चाहिने बताउँदै आएका छन्।

    छिमकी मुलुक भारतमा समेत ओमिक्रोनका संक्रमित बढिरहेका छन् । भारतमा बुधबारसम्म यो भेरियन्टबाट २१३ संक्रमित भइसकेका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा छन् ।

    ओमिक्रोन फैलिएपछि विभिन्न देशले बुस्टर डोजलाई तिव्रता दिएका छन्, यद्यपी नयाँ भेरियन्टबारे चौतर्फी त्रास बढ्दो छ।

    डब्लुएचओले साप्ताहिक इपीडेमीओलोजिकल रिपोर्टमा ओमिक्रोन भेरियन्टको कारणले हुनसक्ने रोगको गम्भीरता र यसको उत्परिवर्तनले भ्याक्सिनले उत्पन्न गरेको रोग प्रतिरोधात्मक क्षमता कम गर्ने बारे अध्ययन गर्न पर्ने समेत बताएको छ ।

    डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन कम खतरनाक मानिएपनि यसबाट अस्पताल भर्ना हुनेको संख्यामा भने बृद्धि हुने प्रक्षेपण गरिएको छ ।

    नोभेम्बर २६ मा डब्लुएचओले ओमिक्रोन भेरियन्ट बारे खुलासा गरेको थियो । जुन पहिलोपटक दक्षिण अमेरिकामा पत्ता लागेको थियो । दक्षिण अफ्रिकामा कोभिड १९ दोब्बरले बढेको पाइएकोे छ । त्यस्तै जिम्बावे, नामिविया, लेसोथोलगायतमा यसको केश बढेको छ ।

    हाल वितरण भइरहेको कोभिड-१९ विरुद्धका खोपहरु यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरु अध्ययन गरिरहेका छन् र अहिले सम्म ठोस तथ्य पत्ता लागिसकेको छैन।

  • ओमिक्रोनबारे दक्षिण अफ्रिकी अनुभव : खोप नलगाउनेलाई बढी जोखिम

    ओमिक्रोनबारे दक्षिण अफ्रिकी अनुभव : खोप नलगाउनेलाई बढी जोखिम

    काठमाडौंं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रीकाबाट पहिलो पटक देखा परेको थियो । यसमा सो मुलुकले धेरै अध्ययन समेत गरेको छ । ओमिक्रोन अहिले तिकै तिव्रताका साथ विश्वभर फैलिरहेको छ । खासगरि यूरोपमा यसले बढी नै प्रभाव पारेको छ । यसैबीच दक्षिण अफ्रीकाका डाक्टर कोएत्जीले खोप नै यस भाइरसको न्यूनिकरणको एक मात्र उपाय रहेको बताएका छन् ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार खोपको पूर्ण मात्रा लगाएकाहरुमा ओमिक्रोनको प्रभाव निकै कम छ । डाक्टर कोएत्जीले ओमिक्रोन देखिए पनि खोप लगाएका मानिसमो त्यसको प्रभाव निकै कम परेको बताएका छन् । जसका कारण मानिस अस्पताल मै पुग्नु पर्ने अवस्था आउँदैन । खासगरि विकसित मुलुकमा खोप उपलब्ध भएर पनि मानिसहरुले लगाएका छैनन् । गरिब मुलुकहरुले खोप नै नपाएको अवस्था छ । यो असमानताका कारण ओमिक्रोनले विश्वभर पुनः नराम्रो प्रभाव पार्ने हो की भन्ने चिन्ता भने अहिले पनि जनाइएको छ ।

  • नेपालमा १८९ जनामा कोरोना पुष्टी

    नेपालमा १८९ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८९ जना संक्रमित थपिएका हुन्। यस अवधिमा ७ हजार ९९७ जनाको कोरोना परीक्षण गरिएको थियो । ५ हजार ४८३ जनाको पिसिआर परीक्षण र २५१४ जनाको एन्टिजेन परीक्षण गरिएको तथ्यांक छ ।

    अब नेपालमा हाल ५ हजार ४२८ जना सक्रिय संक्रमित छन्। २५० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ। काठमाडौं उपत्यकामा ११० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ संक्रमित छन्।

  • भारतमा प्रत्येक २५ मिनेटमा गर्छिन् एक गृहिणीले आत्महत्या

    भारतमा प्रत्येक २५ मिनेटमा गर्छिन् एक गृहिणीले आत्महत्या

    नयाँ दिल्ली । भारतमा प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गर्ने तथ्य खुलासा भएको छ । त्यसो त भारत आत्महत्या बढी हुने मुलुक पनि हो । किनकी यहाँ चरम गरिबी र सामाजिक असमानताका कारण यस्ता घटना बढी हुने गरेका छन् । हालै भारतको न्याश्नल क्राइम रेकर्ड्स ब्यूरो एनसीआरबीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष देशभरि २२,३७२ गृहिणीले आत्महत्या गरेका छन् । यो तथ्यांक अनुसार दैनिक औसतमा ६१ जना वा प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गर्छन् ।

    सन् २०२० को तथ्याङ्कअनुसार भारतमा १,५३,०५२ आत्महत्याका घटनामध्ये १४.६ प्रतिशत गृहिणी छन् । यो सङ्ख्या आत्महत्या गर्ने कुल महिलाहरूको ५० प्रतिशतभन्दा धेरै हो। बीबीसीका अनुसार गत वर्ष त्यसअघिका वर्षभन्दा कुनै भिन्न विवरण आएको होइन। सन् १९९७ यता एनसीआरबीले पेसाका आधारमा आत्महत्याका विवरण राख्न थालेको थियो ।

    त्यसयता २०,००० भन्दा धेरैले गृहिणीहरूले बर्सेनि आत्महत्या गरेको तथ्याङ्क छ। सन् २००९ मा त्यो सङ्ख्या बढेर २५,०९२ पुगेको थियो। पत्रपत्रिकामा समाचार आउँदा ती आत्महत्यालाई पारिवारिक समस्या वा विवाहसम्बन्धी विषयुसँग जोड्ने गरिन्छ। एउटा मुख्य कारण उच्च घरेलु हिंसा रहेको मानसिक स्वास्थ्य विज्ञलाई उदृत गर्दै बीबीसीले लेखेको छ । तीस प्रतिशत महिलाहरूले हालैको एक सरकारी सर्वेक्षणमा पतिबाट हिंसा खेपेको बताएका छन् ।

    उनीहरूले दैनिक निरन्तर काम गर्दा वैवाहिक सम्बन्ध शोषणजस्तो हुने र माइतीले पनि त्यसको मार खेप्नुपर्ने बताएका छन् । भारतमा धेरैजसो महिला कानुनले तोकेको उमेर १८ वर्ष पुग्दापुग्दै विवाह गर्छन्। उनीहरू बुहारी र श्रीमती बनेर दिनभरि घरमा बसेर खाना पकाउने, सरसफाइजस्ता घरायसी काम गर्छन्। उनीहरूमाथि अनेकथरी प्रतिबन्ध लगाइन्छ, उनीसँग थोरै स्वतन्त्रता हुन्छ र आफ्नै पैसामा समेत निकै कम पहुँच हुन्छ।

  • बेलायतमा कोरोनाको विष्फोटक रुप, एकै दिन रेकर्ड ब्रेक ७८ हजारमा संक्रमण पुष्टी

    बेलायतमा कोरोनाको विष्फोटक रुप, एकै दिन रेकर्ड ब्रेक ७८ हजारमा संक्रमण पुष्टी

    लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणले पुनः विष्फोटक रुप लिएको छ । बुधवार सो मुलुकमा ७८ हजारभन्दा धेरै मानिसमा कोरोना पुष्टी भएको बीबीसीले जनाएको छ । यो रेकर्ड ब्रेक आंकडा हो । किनकी कोरोना महामारी शुरु भएको दुई वर्ष यता यो मुलुकमा यति धेरै संख्यामा यसअघि संक्रमण पुष्टी भएको तथ्यांक छैन । यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको थियो । त्यसबेला बेलायतमा लकडाउन थियो ।

    तर, अहिले भने बेलायत खुला छ । इङ्ल्याण्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटिले त्यस्तो रेकर्ड सङ्ख्या आउँदा केही साताहरूमा यो रेकर्ड अझै ब्रेक हुने बताउँछन् । उनले क्रिसमसका कार्यक्रमहरूमा जमघट गर्नुअघि मानिसहरूले महत्त्वपूर्ण के हो भन्ने प्राथमिकता छुट्याउन सक्नुपर्ने सुझाव दिएका छन् । उनीसँगै उभिएर बोलेका प्रधानमन्त्री बोरिस जोनसनले कोभिड खोपको बूस्टर मात्रा लिनु निकै महत्त्वपूर्ण रहेको बताए।

    जोनसनले केही ठाउँमा दुई दिनभित्रै सङक्रमितहरू दोबर भइरहेको पाइएको बताए। उनका अनुसार राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिसतले र लण्डनलमा झण्डै एक तिहाईले बढेको छ । लण्डनमा ओमिक्रोन सबैभन्दा प्रभावी भेरियन्ट बनेको पुष्टी भएको छ ।


    प्राध्यापक विटिले यतिखेर बेलायतले एकसाथ दुई छुट्टाछुट्टै प्रकोप झेलिराखेको बताए। त्यो एउटा निकै छिटो फैलिरहेको ओमिक्रोन र अर्को डेल्टा भेरियन्ट रहेको उनको भनाई छ । अहिले भाइरससँग जोडिएका मृत्युहरू भने ह्वात्तै बढेको तथ्यांक छैन । पछिल्ला २८ दिनमा त्यहाँ कोभिड पुष्टि भएकाहरूमध्ये मृत्यु सङ्ख्या १६५ मात्र छ ।

  • नेपालमा थप २६४ जनामा कोरोना पुष्टी, ३६२ जना संक्रमण मुक्त

    नेपालमा थप २६४ जनामा कोरोना पुष्टी, ३६२ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३९२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जना र ४३१७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ गरी २६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २४ हजार ७६४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३६२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ७ हजार ५१६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ६८९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५५९ पुगेको छ ।

  • ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु

    ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु

    लण्डन । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु भएको पुष्टी भएको छ । यो संसारकै पहिलो घटना हो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मृत्युको पुष्टि गरेको बेलायती संचारमाध्यमले लेखेका छन् । लण्डनमा खोप केन्द्र भ्रमण गर्दै उनले ओमिक्रोन संक्रमणलाई हल्का ढंगले नलिन समेत चेतावनी दिए । ओमिक्रोन संक्रमणपछि मानिसहरु अस्पताल भर्ना हुने क्रम बढेको भन्दै उनले एक जना बिरामीको मृत्यु भएको बताएका हुन् । उनले नागरिकलाई कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज लगाउन समेत भनेका छन् । स्वास्थ्यमन्त्री साजिद जाविदले ओमिक्रोन भेरियन्टबाट बेलायतमा २० प्रतिशत संक्रमित रहेको र १० प्रतिशत बिरामी अस्पताल भर्ना भएको जानकारी गराएका छन् । उनका अनुसार ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४४ प्रतिशतले बढेको छ ।

  • नेपालमा २३६ जनामा कोरोना पुष्टी, ३०७ जनाले जिते

    नेपालमा २३६ जनामा कोरोना पुष्टी, ३०७ जनाले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार एक सय ७८ जनाको नमूना परीक्षण गर्दा दुई दशमलव ५७ प्रतिशत अर्थात दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा तीन सय सात जना कोरोना सङ्क्रमित निको भएका छन् ।

    यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ६ हजार पाँच सय ४४ जना पुगेको छ । थप एक जनासहित कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५३ जना पुगेको छ । नेपालमा पाँच हजार आठ सय ८३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा दुई लाख ६६ हजार नौ सय ८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म दुई करोड पाँच लाख एक हजार आठ सय १० मात्रा कोरोना विरुद्धको खोप प्रयोग भएकोमा ९२ लाख ४१ हजार दुई सय ६१ जनाले पूर्ण मात्रा र एक करोड १२ लाख ६० हजार पाँच सय ४९ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।

  • धनि देशले पुनः कोरोना खोप अभाव गराउन सक्ने चिन्ता

    धनि देशले पुनः कोरोना खोप अभाव गराउन सक्ने चिन्ता

    काठमाडौं । संसारभर कोरोनाको ओमिक्रोन भाइरस तीव्र गतिमा फैलिएसँगै धनी देशले कोभिड विरुद्धको खोप भण्डारण गरि बजारमा अभाव सिर्जना गर्न सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ। बीबीसीका अनुसार यसले अझै धेरै मानिसहरूले खोप प्राप्त गर्न नसकेका राष्ट्रहरूमा खोप आपूर्ति प्रभावित हुन सक्ने सम्भावना समेत बढेको छ । ओमिक्रोन भाइरसबाट जोगिनका लागि कतिपय धनी राष्ट्रहरूले बूस्टर मात्रा सार्वजनिक गर्ने तयारी तीव्र पारेका छन्।


    हालसम्म उपलब्ध कोभिडविरुद्धका खोपहरू नयाँ भेरियन्टविरुद्ध कम प्रभावकारी रहेको भन्दै चिन्ता व्यक्त भइरहेका छन्। खोप उत्पादक फाइजर बायोएनटेकले गरेको पछिल्लो अध्ययनमा फाइजर खोपले कोभिडको मुख्य स्ट्रेनको तुलनामा ओमिक्रोनविरुद्ध एन्टिबडी उत्पादन गर्ने पाइएको छ। तर त्यो कमी बुस्टर मात्राले पूर्ति गर्ने बताइएको छ। विश्व स्वास्थ्य सङ्गठनले भने सुरुवाती मात्रा उपलब्ध गराउने कार्य नै प्राथमिकतामा पर्नुपर्ने जनाएको छ।


    डब्ल्यूएचओकी खोप सम्बन्धी निर्देशक केट ओ ब्रायनले धनी राष्ट्रहरूलाई खोप दान गर्ने कार्य जारी राख्न आग्रह गरेकी छन्। ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट हो। अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा। एन्थोनी फाउचीका अनुसार प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोन निकै सङ्क्रामक हुनसक्ने तर यसले मानिसहरूलाई तुलनात्मक रूपमा धेरै गम्भीर अवस्थामा भने नपुर्‍याएको देखिएको छ।

  • नेपालमा थप २६५ जनामा कोरोना पुष्टी, ३५७ जना संक्रमण मुक्त

    नेपालमा थप २६५ जनामा कोरोना पुष्टी, ३५७ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २३८ जना र १५०३ जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार ८३० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३५७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ४ हजार ९०१ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ३८६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ ।

  • नेपालमा २३८ जनामा कोरोना, ५ जनाको मृत्यु

    नेपालमा २३८ जनामा कोरोना, ५ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ५ हजार २९५ जनामा पीसीआर परीक्षण गर्दा २२० जनामा संक्रमण देखिएको हो । १ हजार ५०२ जनामा एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको छ । एन्टिजेन र पीसीआर गरी ६ हजार ७९७ परीक्षण गर्दा २३८ जनामा पोजिटिभ देखिएको हो । २४ घण्टामा ३९२ जना संक्रमणमुक्त भएका छन् ।

    नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २२ हजार ३९२ जना संक्रमित भएका छन् । यस्तै, ८ लाख ४ हजार १०८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७।७ प्रतिशत छ । २४ घण्टाको अवधिमा ५ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार ५४० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेको छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा छन् । २४ घण्टामा १ लाख ३० हजार ६८८ जनाले खोप लगाएको तथ्यांक छ ।