Category: स्वास्थ्य

  • सिंगापुरको स्वास्थ्य मन्त्रालयले भन्यो : ओमिक्रोन अन्य भेरियन्टभन्दा खतरनाक भएको प्रमाण छैन

    सिंगापुरको स्वास्थ्य मन्त्रालयले भन्यो : ओमिक्रोन अन्य भेरियन्टभन्दा खतरनाक भएको प्रमाण छैन

    सिंगापुर । संसारका विकसित मुलुक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग तर्सिरहेको सयममा सिंगापुरले एक वहस शुरु गरेको छ । सिंगापुरको स्वास्थ्य मन्त्रालयले ओमिक्रोन कोरोनाका अन्य भेरियन्ट भन्दा बढी खतरनाक रहेको बारे कुनै प्रमाण नभएको उल्लेख गरेको छ । मन्त्रालयले यस भाइरस विरुद्ध लड्न पर्याप्त समय रहेको समेत उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरस बढी संक्रामक भनिए पनि अहिले सम्म मृत्युको आंकडा आएको छैन ।

    खासगरी बेलायत, अमेरिकासहितका मुलुकले नयाँ भाइरसले खोपलाई समेत निष्प्रभावी बनाउने बताइरहँदा सिंगापुरले यसलाई खण्डन गरेको हो । यसबारे कुनै सवुत प्रमाण नभएको मन्त्रालयको भनाई छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार न्यूज एशिया च्यानलमा मन्त्रालयको यो खाविबारे समाचार प्रसारण भएको हो ।

    सिंगापुरमा नयाँ भेरियन्टको एक बिरामी पुष्टी भएका छन् । उनी ट्रान्जिटका लागि विमानस्थल झरेका थिए । उनी सिंगापुरबाट अष्ट्रेलिया पुगे । जहाँ विमानस्थलमा उनलाई नयाँ भेरियन्ज्ट भएको पुष्टी भयो ।

  • नेपालमा सात महिनापछि कोरोनाबाट दैनिक मृत्यु हुने संक्रमित संख्या शून्य

    नेपालमा सात महिनापछि कोरोनाबाट दैनिक मृत्यु हुने संक्रमित संख्या शून्य

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४६जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १४३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार १७२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३४७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ । नेपालमा चैतपछि पहिलो पटक कोभिड १९ का कारण मृत्यु हुनेको संख्या शून्य भएको हो ।

  • भारतमा पनि पुष्टी भयो ओमिक्रोन भेरियन्ट

    भारतमा पनि पुष्टी भयो ओमिक्रोन भेरियन्ट

    काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा समेत ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टी भएको भारतीय संचारमाँध्यमले जनाएका छन् । ६६ र ४६ वर्षका ती दुई पुरुषलाई अहिले निगरानीमा राखिएको बीबीसीले जनाएको छ । भारतमा पहिलो पटक कोरोनाभाइरसको यो नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको हो। सङ्क्रमित व्यक्ति दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन्। उनीहरूमा सामान्य लक्षण मात्र देखिएको छ।

    विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण सङ्क्रमण हुन सक्ने उच्च जोखिम रहेको बताएको छ । भारतको राजधानी दिल्लीमा कोभिड पुष्टि भएका छ जना र महाराष्ट्रमा सङ्कलित थप छ जनाको नमुना ओमिक्रोनबाट सङ्क्रमण भएको हो कि हैन छुट्ट्याउन जीन सीक्वन्सिङ गर्न पठाइएको छ । भारतले बुधवारदेखि लागु हुनेगरी उच्च जोखिम भएका देश यूके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बङ्ग्लादेश, हङ्‌कङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गरेको छ।

  • ओमिक्रोन भेरियन्टको प्रभाव : विदेश यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    ओमिक्रोन भेरियन्टको प्रभाव : विदेश यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश भ्रमणमा नजान सबैलाई आग्रह गरेको छ ।

    स्वास्थ्य मन्त्रालयले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड १९ को ओमक्रोन भेरियन्ट संक्रमणको जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहके विदेश भम्रण नगर्न सबैलाई अपिल गरेको हो।

    हालसम्म उक्त भेरियन्ट नेपालमा फेला नपरेको तर, आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो पारिएको मन्त्रालयले प्रष्ट पारेको छ ।

    ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न हुन आग्रह गरिएको हो ।

    केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरिएन्ट (सार्स कोभ-२ भेरियएन्ट ओमिक्रोन) (बी.१.१.५२९) विश्वका अन्य मुलुकमा पनि तीव्ररुपमा फैलिरहेको छ।

    यो भेरियन्ट बढी संक्रमण तथा सबै उमेर समूहका व्यक्तिहरूमा असर पर्ने देखिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    यसको संक्रमण रोक्न सबै जना सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्नसमेत सबैमा अनुरोध गरिएको छ । कोभिड–१९ विरुद्धको खोपले कोरोनाबाट बचाउन मदत गर्ने र पायक पर्ने ठाउँमा गएर खोप लगाउनसमेत सबैमा अनुरोध गरिएको छ

  • कछुवाको मासु खाँदा तान्जानियामा सात जनाको मृत्यु

    कछुवाको मासु खाँदा तान्जानियामा सात जनाको मृत्यु

    काठमाडौं । तान्जानियामा कछुवाको मासु खाँदा कम्तिमा सात जनको मृत्यु भएको छ । त्यहाँको पेम्बा द्वीपमा कछुवाको विषालु मासु खाँदा सात जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृतकमध्ये एक जना तीनवर्षे बालक समेत छन् । विषालु मासुका कारण बिरामी परेका अरू तीन जना अस्पतालमा छन्। तान्जानियाका टापु र तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन रहेको छ । सरकारले भने मासु खान रोकेको छ ।

    कछुवाको मासु विषाक्त हुने घटना भने दुर्लभ मानिन्छ। तर कहिलेकाहीँ क्लेनोनिटक्सिजमुका कारण कछुवाको मासु विषालु बन्ने चिकित्सकको भनाई छ । कछुवाले खाने विषालु लेउका कारण समेत त्यसो हुन सक्ने बताइएको छ । अर्धस्वायत्त जन्जिबार द्वीप क्षेत्रमा पर्ने पेम्बाका पाँच परिवारले बिहीवार कछुवाको मासु खाएको खबर छ ।

    त्यसको भोलिपल्ट उनीहरू बिरामी पर्न थालेका थिए । प्रहरीका अनुसार ३८ जना लाई अस्पताल भर्ना गरिएकोमा अधिकांशलाई घर फिर्ता पठाइएको छ। समाचारसंस्था एएफपीका अनुसार गत मार्च मार्च महिनामा म्याडग्यास्करमा कछुवाको विषालु मासु खाँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको थियो।

  • विकसित मुलुकले लगाएको प्रतिवन्ध तत्काल हटाउन दक्षिण अफ्रिकी राष्ट्रपतिको माग

    विकसित मुलुकले लगाएको प्रतिवन्ध तत्काल हटाउन दक्षिण अफ्रिकी राष्ट्रपतिको माग

    काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि आफ्नो देश र छिमेकी मुलुकविरुद्ध लगाइएका यात्रा प्रतिबन्ध हटाउन माग गरेका छन् । उनले विकसित मुलुकले लगाएका यस्ता प्रतिबन्ध अनुचित भएको भन्दै तत्काल हटाउन भनेका हुन् । बीबीसीका अनुसार उनीहरुको कदमबाट आफु निराश रहेको समेत उनले बताएका छन् ।

    दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाउनेमा अमेरिका, युके, युरोपेली संघलगायत मुलुक मूख्य छन् । ओमिक्रोनलाई चिन्ताजनक भेरियन्ट भन्दै विकसित मुलुकले यात्रामा प्रतिवन्ध लगाएका छन् । अति उत्परिवर्तित यो भेरियन्ट यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको हो । त्यसबारे गत बुधवार विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराइएको हो ।

    दक्षिण अफ्रिकाको धेरै जनसङ्ख्या रहेको खाउतेङ प्रान्तमा विगत दुई सातामा यो भेरिअन्ट धेरै देखिएको थियो र अहिले अन्य प्रान्तमा पनि देखिएको छ। ूयात्रामा लगाइने रोकले गर्ने एउटा मात्रै काम भनेको प्रभावित देशको अर्थतन्त्रलाई थप खराब पार्ने भन्दै उनले महामारीविरुद्ध प्रतिक्रिया जनाउने क्षमतालाई कमजोर पार्ने बताए । उनले खोप अभियान बिस्तार गर्न भनेका छन् ।

    ओमिक्रोन भेरियन्टले निम्त्याएको अहिलेको आपत्कालीन अवस्थालाई व्याख्या गर्दै रामापोसाले खोपको असमानताबारे विश्वलाई जागरुक गराएको र सबैलाई खोप नदिइँदासम्म थप भेरियन्ट टार्न नसकिने बताएका हुन् । दक्षिण अफ्रिका आफैँमा खोपको अभाव नभएको भन्दै राष्ट्रपतिले मानिसहरूलाई खोप लगाउन आह्वान गरेका छन्।

  • आज सीसीएमसी बैठक, कोरोनाको नयाँ भेरियन्ट भित्रन नदिन महत्वपूर्ण निर्णयको अपेक्षा

    आज सीसीएमसी बैठक, कोरोनाको नयाँ भेरियन्ट भित्रन नदिन महत्वपूर्ण निर्णयको अपेक्षा

    काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस संक्रमण भित्रिन नदिन सरकारले सतकर्ता अपनाउने बारे तयारी शुरु गरेको छ । सम्भावित जोखिम रोकथाम तथा नियन्त्रण गर्न दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाउन शुरु गरिएको छ । यसबारे आज कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएम)को बैंठक बस्देछ । बैठकमा स्वास्थ्य विज्ञहरुको राय लिइने भएको छ । त्यसपछि सरकारदे आवश्यक निर्णय लिने छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरुका लागि एकसातासम्म अनिवार्य क्वारेण्टाइन बस्नु पर्ने व्यवस्था लागू गर्न सुझाव दिने तयारी गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत अब चेकजाँच कडाई गरिने भएको छ । कोभिड–१९ खोप लगाइ तथा नलगाई आउने यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने र विमानस्थलमा एन्टीजेन परीक्षणको समेत अनिवार्य व्यवस्थाको तयारी सरकारले गरेको छ । नेपालसँग सीधा हवाइ सम्पर्क रहेको हङकङमा यो भाइरस देखिएको छ ।

  • २१३ जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु

    २१३ जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ९०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ७२५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ३२५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२१ पुगेको छ । यसैगरी देशभर हालसम्म सात हजार १५६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख १५ हजार ४३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • अफ्रिकामा देखिएको संक्रामक भेरियन्टका कारण बेलायतले रोक्यो ६ मुलुकको हवाई उडान

    अफ्रिकामा देखिएको संक्रामक भेरियन्टका कारण बेलायतले रोक्यो ६ मुलुकको हवाई उडान

    लण्डन । अति सङ्क्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टी भएपछि बेलायतले विभिन्न ६ वटा मुलुसँगको उडान रद्द गरेको छ । बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई रातो सूचीमा राखिएको बताएका छन् । त्यहाँबाट आउने यात्रुले क्वारन्टीनमा बस्नुपर्ने नियम समेत बेलायतले बनाएको छ । नयाँ भेरियन्टलाई अहिलेसम्मकै सबैभन्दा खराब मानिएको छ । यो भेरियन्टले अहिले खोपका कारण आएको प्रतिरोधी क्षमतालाई नै तोड्नसक्ने वैज्ञानिकहरुले बताएका छन् ।

    यो भेरियन्ट अहिलेसम्म दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी ५९ जनामा देखिएको छ । बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडान रद्द गरेको हो । ती छ देशहरूलाई रातो सूचीमा राख्नुको कारण सावधानी र आफ्नो सीमाको सकेसम्म सुरक्षा गर्नुू रहेको बेलायत सरकारको भनाई छ । शुक्रवार मध्याह्नदेखि विगत १० दिनभित्र ती देश भ्रमण गरेका विदेशी र आयरल्यान्डका नागरिकहरूलाई इङ्गल्यान्ड प्रवेश निषेध गरिएको बिबिसीले जनाएको छ ।

  • नेपालमा थप ३३२ जनामा कोरोना पुष्टी,३ जना संक्रमितको निधन

    नेपालमा थप ३३२ जनामा कोरोना पुष्टी,३ जना संक्रमितको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा २८१ जना र १८०५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी ३०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार २८५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २९८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १ हजार ४२० पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ३४९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ ।

  • नेपालमा ३८५ मा कोरोना पुष्टी, चार जनाको मृत्यु

    नेपालमा ३८५ मा कोरोना पुष्टी, चार जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना देखिएको छ । नौ हजार ९२१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ७७६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत छ । पछिल्लो २४ घण्टामा २५८ जना कोरोना मुक्त भएका छन् । सो अवधिमा चार जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार पाँच सय पुगेको छ । नेपालमा हालसम्म सात हजार २६९ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा ७१ हजार ४८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • नेपालमा २३८ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

    नेपालमा २३८ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ । ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ३७० जना निको भएका छन् ।

    आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ३३३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ भने ८ लाख ३५९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १६४ जना रहेका छन् ।

    जसमध्ये ६ हजार ६९६ जना होम आइसोलेसनमा रहेका छन् भने ४६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२७ जना आईसीयू र ५१ जना भेन्टिलेटरमा उपचाररत् छन् । १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित थपिएका छन् ।

  • नेपालमा २४२ जनामा कोरोना पुष्टी, १ जनाको मृत्यु

    नेपालमा २४२ जनामा कोरोना पुष्टी, १ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ४१४५ पीसीआर परीक्षणमा २०९ र २९९१ एन्टिजेन परीक्षणमा ३३ जना गरी २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७३०३ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ७१ र ललितपुरमा २८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

  • नेपालमा ३७७ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु

    नेपालमा ३७७ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । एन्टिजेन र पीसीआर गरी नौ हजार एक सय ४९ जनाको नमूना परीक्षण गर्दा चार दशमलव १२ प्रतिशत अर्थात् तीन सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडामा उल्लेख छ । पछिल्लो २४ घण्टामा एक सय ७० जना निको भएका छन् ।

    अब नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९८ हजार सात सय १४ जना पुगेको छ । यसअवधिमा चार जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । कोरोनाका कारण अहिलेसम्म ११ हजार चार सय ८२ जनाले ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा सात हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय १९ जनाको आईसीयू र ५९ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा ७९ हजार पाँच सय ६९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ७६ लाख २४ हजार ४८ जनाले पूर्ण मात्रा र ८९ लाख ११ हजार नौ सय ७१ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

  • आजबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप वितरण, कहाँबाट लगाउन पाइन्छ ?

    आजबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप वितरण, कहाँबाट लगाउन पाइन्छ ?

    काठमाडौं । नेपालमा आजबाट १२ वर्षमाथिका दीर्घ रोगीका लागि कोभिड १९ विरुद्धको फाइजर खोप वितरण गरिने भएको छ । यो खोप सरकारले अमेरिकाबाट खरीद गरेको हो । १२ वर्षमाथिका आठ प्रकारका दीर्घरोग भएका व्यक्तिले यो खोप पाउने भएका छन् ।

    लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका, लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि खाइरहेका, जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका, लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पुर्जा बमोजिम औषधि खाइरहेका, अङ्ग प्रत्यारोपण गरेका, लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भइ डाक्टरको निगरानीमा उपचार गराइरहेका र कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्तिले यो खोप लगाउन सक्ने छन् ।

    साथै मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्तिलाई समेत फाइजरको खोप दिइने भएको छ । कोभिड १९ विरुद्धको अन्य कुनै खोप लगाएका व्यक्ति र १२ वर्ष भन्दा कम उमेरका दीर्घ रोगीले भने यो खोप लगाउन मिल्दैन । खोप मंसिर चार गतेसम्म चल्नेछ । खोप लगाउन सरकारले देशभर २४ वटा अस्पताल तोकेको समेत जनाएको छ ।

    यस अघि कोभिड विरुद्धको खोप लगाएका खोप केन्द्रमा यसपालि फाइजर खोप लगाउन पाइने छैन । खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घरोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ । खोपको दोस्रो मात्रा मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म लगाउन सकिने छ ।

  • प्रचण्ड अस्पताल भर्ना, कारण के हो ?

    प्रचण्ड अस्पताल भर्ना, कारण के हो ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । उनी भैँसेपाटीस्थित मेडिसिटी अस्पताल भर्ना भएको उनका स्वकीय सचिव रमेश मल्ललाई उदृत गर्दै राससले जनाएको छ । नियमित दौडधुपका कारण रक्तचाप बढेपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको हो । उनी डोल्पा र भोजपुरमा केही कार्यक्रममा सहभागी भएका थिए । उनको सचिवालयले नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको बताएको छ ।

  • बालबालिकालाई आइतवारदेखि फाइजर खोप दिइँदै

    बालबालिकालाई आइतवारदेखि फाइजर खोप दिइँदै

    काठमाडौं । सरकारले आइतवारदेखि कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोगी र १२ वर्षमाथि उमेर समूहका खोप दिने भएको छ ।

    १२ वर्षभन्दा माथिका बालबालिकालाई दुई चरणमा खोप लगाइन तयारी गरिएको मन्त्रालयले जनाएको छ।

    खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ ।

    यो खोप २१ देखि २८ दिन भित्रमा दुई मात्रा लिनुपर्ने हुन्छ । खोप लगाउन काठमाडौँ उपत्यकामा ८ र उपत्यका बाहिर १६ वटा अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ ।

    दीर्घ रोगीहरुमा भने मुटुको शल्यक्रिया गरेका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलासिस गरिरहेका वा औषधि सेवन गरिरहेका व्यक्तिले फाइजर खोप लगाउन पाउने छन्।

    रोग प्रतिरोधात्मक क्षमता कम भएका, मस्तिष्क र मस्तिष्का रक्तनली सम्बन्धी रोग भएका व्यक्तिले पनि फाइजर खोप लगाउन स्वास्थ्य मन्त्रालय अनुरोध गरेको छ।

    खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी कागजपत्र बोकेर जानुपर्नेछ।

    सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

  • नेपालमा १४१ जनामा कोरोना, ५६३ जनाले जिते

    नेपालमा १४१ जनामा कोरोना, ५६३ जनाले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आंकडा अनुसार १ हजार ९८० पीसीआर परीक्षणमा आइतबार थप १४१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४ हजार ५५८ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३५३ परीक्षणबाट २ जनामा पोजिटिभ देखिएको छ ।

    २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको २ हजार ३३३ परीक्षणमा १४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ५६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९५ हजार ३९७ रहेको छ ।

    नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ । हालसम्म देशभर ४४ लाख ५१ हजार ६१४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ११२ जना रहेका छन् भने आइसोलेसनमा ७ हजार ७१३ छन् ।

  • नेपालमा १३९ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

    नेपालमा १३९ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने ३९६ जना निको भएका छन् । शनिबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार २३२ पुगेको छ । जसमध्ये ११ हजार ४३९ जनाको मृत्यु भएको छ भने ७ लाख ९४ हजार ८३४ जना संक्रमणमसक्त भएका छन् ।

    मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ हजार ५२४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ६२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९६ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • नेपालमा १८३ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    नेपालमा १८३ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ३०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ५३७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.६प्रतिशत रहेको जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४३८ पुगेको छ । त्यस्तै नेपालमा हाल आठ हजार ४१३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • नेपालमा ३५६ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    नेपालमा ३५६ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार २ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा २८७ जना र ३ हजार १ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी ३५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ५१८ जना निको भएका छन् ।

    मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ९१० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ भने ७ लाख ९३ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८९० जना रहेका छन् । जसमध्ये ८ हजार २३३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये २१५जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ८४, ललितपुरमा ३४, मोरङमा २३, सुनसरी र भक्तपुरमा १ढर१९ जना, रुपन्देहीमा १७ र कास्कीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

  • चीनले नेपाललाई अनुदानमा दियो थप १६ लाख डोज खोप

    चीनले नेपाललाई अनुदानमा दियो थप १६ लाख डोज खोप

    काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज साइनोफार्म खोप अनुदानमा दिएको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरिन् । चीनबाट हालसम्म पटक-पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ । नेपालले कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद समेत गरिसकेको छ । किनेको खोप मध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ ।

    अरू आउने प्रक्रियामा रहेको स्वास्थ सचिव रोशन पोखरेलले जानकारी दिए । कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत अन्य खोप खरीद गर्न कोभ्याक्सलाई आवेदन दिएको स्वास्थ्यमन्त्री खतिवडाले जानकारी गराए । राजदूत यान्छीले चीनको खोप सहयोगले महामारी नियन्त्रणमा सहयोगी हुने समेत बताइन्।

  • नेपालमा ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    नेपालमा ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    काठमाडौं । नेपालमा  पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ४४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने ४३९ जना निको भएका छन् ।

    अब नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ५४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ भने ७ लाख ९३ हजार २७१ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १२३ जना रहेका छन् । जसमध्ये ८ हजार ४३६ जना होम आइसोलेसनमा रहेका छन् भने ६८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२३ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
    मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १३१, झापामा ३१, ललितपुरमा २७, वागलुङ र रुपन्देहीमका १९/१९ जना, चितवन र भक्तपुरमा १७/१७ जना, मोरङमा १५, कास्कीमा १२ तथा सुनसरी र पश्‍चिम नवलपरासीमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • नेपालमा ४६९ जनामा कोरोना पुष्टी, ११ जनाको मृत्यु

    नेपालमा ४६९ जनामा कोरोना पुष्टी, ११ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । ७ हजार ११५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक छ । ३ हजार १७२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ ।

    पछिल्लो २४ घण्टामा ५५५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४२७ पुगेको छ । नेपालमा हाल नौ हजार १७४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८० हजार ८१८ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • नेपालमा ५३३ मा देखियो कोरोना, ९ जनाको मृत्यु

    नेपालमा ५३३ मा देखियो कोरोना, ९ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ५३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।


    गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने ४९० जना निको भएका छन् । सोमबार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ७ हजार ६३८ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ९२ हजार २७७ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ४१६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर देशभर ९ हजार ३१८ जना सक्रिय संक्रमित रहेका छन् भने ८ हजार ५९८ जना होम आइसोलेसनमा रहेका छन् ।

    यस्तै ७२० जना संस्थागत आइसोलेसनमा छन् भने २४१ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् । १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १६२, ललितपुरमा ५०, झापा र रुपन्देहीमा ३४र३४ जना, मोरङमा २९, भक्तपुरमा १६, सुनसरीमा १३ र कास्कीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • माल्दिभ्सले नेपाललाई दिएको २ लाख डोज खोप काठमाडौं आयो

    माल्दिभ्सले नेपाललाई दिएको २ लाख डोज खोप काठमाडौं आयो

    काठमाडौं । मित्र राष्ट्र माल्दिभ्सले नेपाललाई दिएको दुई लाख एक हजार ६०० डोज एस्ट्राजेनिका खोप आइतबार नेपाल आइपुगेको छ । कतार एयरवेजको नियमित उडानबाट खोप नेपाल आएको हो । स्वास्थ्य सेवा विभागका अनुसार उक्त खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ । खोपलाई केहीदिनपछि प्राथमिकताका आधारमा विभिन्न जिल्लामा पठाईने छ । नेपाललाई माल्दिभ्सले सो मुलुकमा लगाएर बढी भएको खोप अनुदानमा उपलब्ध गराएको हो ।

  • नेपालमा ४०८ जनामा कोरोना देखियो, ८ जनाको मृत्यु

    नेपालमा ४०८ जनामा कोरोना देखियो, ८ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,७३१ पीसीआर परीक्षणमा ३७६ जना र २,१६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १२ हजार ५७० पुगेको छ ।

    योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ४०७ पुगेको छ भने ७ लाख ९१ हजार ७८७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेका छन् । जसमध्ये ८ हजार ६१५ जना होम आइसोलेसनमा रहेका छन् भने ७६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये २२५ जना आईसीयू र ७० जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९९, रुपन्देहीमा ५०, कास्कीमा ३६, चितवनमा २९, झापामा २३, सुनसरीमा २२, मोरङमा २१, ललितपुरमा १३ र नुवाकोटमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • नेपालमा ३७२ जनामा देखियो कोरोना, ११ को मृत्यु

    नेपालमा ३७२ जनामा देखियो कोरोना, ११ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ५,३१६ पीसीआर परीक्षणमा २९७ जना र २,५९५ एन्टिजेन परीक्षणमा ७५ जना गरी ३७२ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन् । अब देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९,५२६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १०३, ललितपुरमा ४५, झापामा २२, भक्तपुरमा २०, चितवनमा १८ र रुपन्देहीमा १२ जना संक्रमित भेटिएका छन् ।

  • नेपालमा ५४९ जनामा कोरोना पुष्टी, ६ जनाको मृत्यु

    नेपालमा ५४९ जनामा कोरोना पुष्टी, ६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । ५६९ जनाले भने कोरोना जित्न सफल भएका छन् । नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ६ हजार ३२५ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ९० हजार ३५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ३८८ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार देशभर रहेका संक्रमितमध्ये ९ हजार ३७९ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ७७२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४२ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा उपचाररत् छन् । मन्त्रालयका अनुसार गत २४ घण्टामा प्रदेश १ मा ७१, प्रदेश २ मा १६ तथा बागमती प्रदेशमा २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा ६२, लम्बिनीमा ७२, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

  • नेपालमा ५२७ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    नेपालमा ५२७ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ५२७ जना कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । आठ हजार ८४८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक छ । दुई हजार ५०७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

    स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ६६४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३८२ पुगेको छ । नेपालमा हाल १० हजार २३६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।