सियरा लियोनमा तीन हजारभन्दा बढी व्यक्तिमा एमपक्स सङ्क्रमण, १४ को मृत्यु

एजेन्सी१० जेठ, काठमाडौं । सियरा लियोनमा सन् २०२५ को सुरुदेखि अहिलेसम्म दर्ता भएका एमपोक्सका बिरामीको सङ्ख्या तीन हजार ११ पुगेको छ भने १४ जनाको मृत्यु भएको नयाँ सरकारी तथ्याङ्कले देखाएको छ । स्वास्थ्य मन्त्रालयले स्थानीय समयअनुसार शुक्रबार राति सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पश्चिम अफ्रिकी मुलुक सियरालियोनका सबै क्षेत्रमा अहिले संक्रमण पुष्टि भएको छ । नयाँ… Continue reading सियरा लियोनमा तीन हजारभन्दा बढी व्यक्तिमा एमपक्स सङ्क्रमण, १४ को मृत्यु

युएईमा तापक्रमको रेकर्ड पुनः ब्रेक, पुग्यो ५१.६ डिग्री

१० जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को तापक्रम लगातार दोस्रो दिन शनिबार ५१.६ डिग्री सेल्सियस पुगेको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । “आज युएईको स्थानीय समयअनुसार १३ः४५ बजे स्वेइहान (अल ऐ)० मा ५१।६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ,” केन्द्रले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ । अबुधाबी क्षेत्रमा शुक्रबार रेकर्ड गरिएको तापक्रमभन्दा… Continue reading युएईमा तापक्रमको रेकर्ड पुनः ब्रेक, पुग्यो ५१.६ डिग्री

यूएईमा अत्यधिक गर्मी : मे महिनामा ५०.४ डिग्रीको नयाँ कीर्तिमान

एजेन्सी१० जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले शुक्रबार देशमा अहिलेसम्मकै मे महिनामा सबैभन्दा उच्च तापक्रम ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरेको छ । यो तापक्रम सन् २००३ देखि रेकर्ड राख्न थालिएयता सबैभन्दा बढी हो भनी राष्ट्रिय मौसम केन्द्र (एनसीएम) ले जनाएको छ । आज देशको सबैभन्दा उच्च तापक्रम अबुधाबीको अल शावामेखमा अपराह्न… Continue reading यूएईमा अत्यधिक गर्मी : मे महिनामा ५०.४ डिग्रीको नयाँ कीर्तिमान

व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

८ जेठ, दमौली । व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरपालिकाभित्रका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप लगाएपछि बुधबार आयोजित एक कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । नगरपालिकाका स्वास्थ्य शाखाका… Continue reading व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत

एजेन्सी\रासस७ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार कोभिड–१९ सङ्कटबाट उत्पन्न भएको तीन वर्षभन्दा बढी वार्तापछि भविष्यको स्वास्थ्य सङ्कटसँग जुध्न एउटा ऐतिहासिक महामारी सम्झौता स्वीकृत गरेको छ । यो सम्झौताको उद्देश्य भविष्यका कुनै पनि महामारीमा विश्वव्यापी समन्वय र निगरानी तथा खोपहरूको पहुँच सुधार गरेर कोभिड–१९ महामारीको वरिपरि रहेको अव्यवस्थित… Continue reading डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत

सूर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएबापत नेपाल पुरस्कृत

५ जेठ, काठमाडौं । सूर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान पु¥याएकाले नेपाललाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पुरस्कृत गरेको छ । विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५का लागि नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष सम्मान प्राप्त गरेको हो । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य सङ्गठनको ७९औँ सभामा डब्लुएचओका महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले आज उक्त सम्मान… Continue reading सूर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएबापत नेपाल पुरस्कृत

एक्काइस परिवारको एउटा मात्रै शौैचालय

४ जेठ, गोरखा । दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन् ।तीस वर्षीया उनीसँगै छरछिमेकका अन्य छोरी बुहारी पनि एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन् । बारपाक सुलिकोट गाउँपालिका–२ दलितबस्तीका महिला यसरी बिहान झिसमिसेमा र मध्यरातमा शौचालय धाउनुपर्ने कारण शौचालय अभाव हो । यहाँ २१ परिवारका लागि एउटमा मात्र शौचालय छ… Continue reading एक्काइस परिवारको एउटा मात्रै शौैचालय

रामबहादुरले एक दशकपछि पुनः देख्न थाले संसार

४ जेठ, गोरखा । गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाले । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनर्लाइ ज्वाइँ कर्ण माहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याएका थिए । उनी जस्तै अरु ४८ जनाले पनि अब आँखा देख्न थालेका छन् । आफ्नै गाउँमा गत म¬ङ्गलबार, बुधबार र बिहीबार आयोजना गरेको… Continue reading रामबहादुरले एक दशकपछि पुनः देख्न थाले संसार

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

३ जेठ, काभ्रेपलाञ्चोक । धुलिखेलमा विद्युत्को खम्बामा आज काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्को खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ११ हजार भोल्टको हाइटेन्सन… Continue reading धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

बिहे भोजले जन्तीसहित एक सय बढी बिरामी

रासस२९ वैशाख, जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दा बढी बिरामी परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएराति ठेरा कचुरीमा पुगेको जन्ती स्वयम्बर सकिए पछि खाजामा बुनियाँ, रसबरीलगायतका अनिय मिस्ठान्न खाएको केही समेय पछि पेट दुख्ने, बान्ता हुने, कमजोर हुन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय… Continue reading बिहे भोजले जन्तीसहित एक सय बढी बिरामी

गलकोटमा बने एकैपटक दुई स्वास्थ्य चौकी

रासस २८ वैशाख, ढोरपाटन । बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकीका भवन निर्माण गरिएका छन् । वडा नं १ को दुदिलाभाटी र वडा नं ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् । वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ… Continue reading गलकोटमा बने एकैपटक दुई स्वास्थ्य चौकी

लिवियामा क्यान्सर औषधि आयातमा अनियमितता, मन्त्रीसहित पाँच पक्राउ

२५ वैशाख, काठमाडौं । लिबियाका स्वास्थ्य मन्त्री रमदान बुजेनाह र चारजना वरिष्ठ अधिकारीहरूलाई इराकबाट क्यान्सर उपचारका औषधि आयातका क्रममा अनियमितता भएको आशङ्कामा पक्राउ गरिएको छ । त्रिपोलीस्थित राष्ट्रिय एकता सरकार (जीएनयु) अन्तर्गतका यी अधिकारीहरूलाई कानूनी, आर्थिक र प्राविधिक प्रक्रियाहरूको पालना नगरी औषधि आयात गरेको अभियोग लागेको हो । लिबियाको महान्यायाधिवक्ताको कार्यालयले जनाएअनुसार, औषधि खरिदका लागि… Continue reading लिवियामा क्यान्सर औषधि आयातमा अनियमितता, मन्त्रीसहित पाँच पक्राउ

कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु

२३ वैशाख, काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले देशमा हरेक वर्ष करिब बीस हजार नयाँ क्यान्सरका बिरामी देखिने र तीमध्ये करिब १४ हजार जनाको दुःखद निधन हुने गरेको जानकारी दिएका छन् । उनले भने, “हाम्रो १.७ करोड जनसंख्याको सन्दर्भमा यो सङ्ख्या निकै चिन्ताजनक छ ।” प्रधानमन्त्रीले यो कुरा राष्ट्रिय क्यान्सर नियन्त्रण योजना सन् २०२५–२०३० सार्वजनिक… Continue reading कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु

चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्ने तयारी

२२ वैशाख, काठमाडौं । काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमासमेत मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माण गर्ने तयारी गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)ले ‘काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण)’ अन्तर्गत वितरण सञ्जाल सुधार तथा प्रणाली स्थायीत्व सेवाका लागि आज खुला बोलपत्रसमेत आह्वान गरेको छ । नेपाल सरकारको बजेट र एसियाली विकास बैङ्कको सहयोगमा सुरू… Continue reading चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्ने तयारी

२५ वर्षमा बाल मृत्युदर ७८ प्रतिशतले कमी

२२ वैशाख, काठमाडौं । सरकारले २५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी आएको जनाएको छ । सरकारले सञ्चालन गरेका खोप, पोषण र बाल स्वास्थ्यजस्ता कार्यक्रमले बाल मृत्युदर ७८ प्रतिशतले घटेको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनका अनुसार बाल स्वास्थ्यसम्बन्धी कार्यक्रमले नै पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर… Continue reading २५ वर्षमा बाल मृत्युदर ७८ प्रतिशतले कमी

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चारबुँदे सहमति

तस्बिर : बुनु थारू / रासस

२० वैशाख, काठमाडौं । सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच आज मन्त्रालयमा चार बुँदे सहमति भएको हो । सहमतिपत्रमा मन्त्रालयका तर्फबाट डा भीमप्रसाद सापकोटा र एसोसिएसनका तर्फबाट महासचिव सञ्जिव तिवारीले हस्ताक्षर गरेका छन् । सहमति गरेसँगै आवासीय चिकित्सकले गर्दै आएको आन्दोलन फिर्ता भएको छ… Continue reading सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चारबुँदे सहमति

सिंहदरबारमा अब मेलम्चीको खानेपानी

१५ वैशाख, काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ । सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरण प्रणाली जोड्न काठमाडौँ उपत्यका… Continue reading सिंहदरबारमा अब मेलम्चीको खानेपानी

कस्तो रहनेछ आजको मौसम ?

१३ वैशाख, काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका… Continue reading कस्तो रहनेछ आजको मौसम ?

आवासीय चिकित्सक आन्दोलनमा : भन्छन्-श्रमको मूल्य पाएनौं

तस्बिर : बुनु थारू / रासस

बुनु थारु/रासस ११ वैशाख, काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा आवासीय डेन्टल चिकित्सक डेन्टल डा ऋतु शर्मा नेपालमै चिकित्सा क्षेत्रमा केही गर्नुपर्छ भनेर विदेश मोह त्यागिन । तर त्यो निर्णय उचित थिएन कि भन्ने लागेको छ । बिरामीको सेवा लाग्नुपर्ने उनी अहिले तीन हप्तादेखि निरन्तर माइतीघर मण्डलामा धर्ना दिएर बसिराखेकी छिन् । उनीसँगै सोही कलेजमा… Continue reading आवासीय चिकित्सक आन्दोलनमा : भन्छन्-श्रमको मूल्य पाएनौं

निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने

११ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका सबै काम रोकिने बताएका छन् । आज स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरूबीच भएको वार्तामा उनले निर्वाह भत्ता दिनुपर्ने विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय गरिसकेको कुरामा तर्क गरिराख्नुको औचित्य… Continue reading निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने

आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’

११ वैशाख, काठमाडौं । आजदेखि विश्व खोप सप्ताह प्रारम्भ हुँदैछ । आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेशनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष एप्रिल २२ मा आयोजना हुने गरेको छ । विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवद्र्धन गर्नु… Continue reading आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’

बढ्दो तापक्रम : तराई भेगमा ‘हिट वेभ’को चेतावनी

११ वैशाख, काठमाडौं । हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ । काठमाडौँ उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ… Continue reading बढ्दो तापक्रम : तराई भेगमा ‘हिट वेभ’को चेतावनी

भारतमा सात बिरामीको मृत्यु भएपछि ‘नक्कली डाक्टर’ पक्राउ

२८ चैत, नयाँ दिल्ली । सात जना बिरामीको मृत्युको अनुसन्धान गरेको केही दिनपछि भारतीय प्रहरीले मङ्गलबार लन्डनमा आधारित एक प्रतिष्ठित हृदयरोग विशेषज्ञका रूपमा छद्म वेश धारण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । मध्य प्रदेश राज्यको निजी मिशन अस्पतालमा काम गरेका कथित ठगलाई ठगी र जालसाजीको आरोपमा पक्राउ गरिएको प्रहरी अधीक्षक श्रुतकीर्ति सोमवंशीले पत्रकारहरूलाई… Continue reading भारतमा सात बिरामीको मृत्यु भएपछि ‘नक्कली डाक्टर’ पक्राउ

नेपालमा सडक दुर्घटनाका कारण प्रतिदिन औसत ७ जनाको मृत्यु

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परी एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ । यस अनुसार हरेक दिन औसत ७ जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको देखिएको छ । लापरवाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा… Continue reading नेपालमा सडक दुर्घटनाका कारण प्रतिदिन औसत ७ जनाको मृत्यु

अर्थमन्त्री र पोखराका मेयरलाई भेट्न कीर्तिपुर अस्पतालमा भीआइपीको लर्को

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुर अस्पताल पुगेका छन् । पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट भएर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेका हुन् । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेका हुन् । शनिबार पोखरामा आयोजित पोखरा… Continue reading अर्थमन्त्री र पोखराका मेयरलाई भेट्न कीर्तिपुर अस्पतालमा भीआइपीको लर्को

कस्तो छ अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको स्वास्थ्य ?

काठमाडौं । आगोको लप्काले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको कीर्तिपुर अस्पतालमा उपचार सुरु भएको छ । अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई सघन कक्ष (आईसीयू)मा भर्ना गरेर उपचार गरिरहेको अस्पतालका निर्देशक किरणकिशोर नकर्मीले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । पोखरा भ्रमण वर्षमा बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र… Continue reading कस्तो छ अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको स्वास्थ्य ?

काठमाडौंमा सवारी साधनले फैलाइरहेका छन् प्रदूषण, ५४ प्रतिशत फेल

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ। कामपाले गत पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा दुई सय ४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र छ सय ९६ वटा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण… Continue reading काठमाडौंमा सवारी साधनले फैलाइरहेका छन् प्रदूषण, ५४ प्रतिशत फेल

११ लाख किशोरीमा लगाइयो पाटेघरको क्यान्सरविरुद्धको खोप

काठमाडौं । पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाएका छन् । अभियान सुरु भएको ९औँ दिनसम्म ११ लाख ६१ हजार ८७४ किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशका किशोरीले खोप लगाएका छन्। बागमती प्रदेशमा २ लाख २४ हजार ७०२ जनाले… Continue reading ११ लाख किशोरीमा लगाइयो पाटेघरको क्यान्सरविरुद्धको खोप

विश्व स्वास्थ्य संगठनबाट अर्जेण्टिना पनि बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गरेको सिएनएनले जनाएको छ । “राष्ट्रपति जेभियर मिलेईले विदेश मन्त्री गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य सङ्गठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिएका हुन् । एडोर्नीले अर्जेन्टिनाको निर्णयलाई ‘स्वास्थ्य व्यवस्थापनसम्बन्धी गहिरो मतभेदहरू, विशेष गरी महामारीको समयमा मानव इतिहासको… Continue reading विश्व स्वास्थ्य संगठनबाट अर्जेण्टिना पनि बाहिरियो

आजदेखि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क ‘एचपिभी खोप’ लगाइदैं

काठमाडौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज ९मङ्गलबार०देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको… Continue reading आजदेखि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क ‘एचपिभी खोप’ लगाइदैं