काठमाडौं । सुडानमा सेनाको एक जहाज दुर्घटनामा परेको छ । दूर्घटनामा कम्तिमा १८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । पश्चिमी डार्फुर राज्यमा जहाज दुर्घटनामा परेको थियो । चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको र त्यसमा तीन जना न्यायाधिस समेत रहेका थिए । प्रान्तीय राजधानी एल जेनिनाको एयरपोर्टबाट उडेको पाँच मिनेटमै जहाज दुर्घटना… Continue reading सुडानमा सैन्य जहाज दूर्घटनामा कम्तिमा १८ मारिए
Category: स्वास्थ्य
रक्तदाताको डायरी : पितृशोकले पनि रोक्न सकेन
अर्जुनप्रसाद मैनाली / विश्व रक्तदाता, न्यूयोर्क नेपालमा मेरो बुवा फोक्सोको क्यान्सरबाट सिकिस्तै बिरामी हुनुहुन्थ्यो । डाक्टरले बुवालाई किमोथेरापी दिन छोडि सकेका थिए । नदुख्ने औषधीमात्र दिएका थिए । डाक्टरले फोनमा मलाई ‘बुवा धेरै गलीसक्नु भएको छ’ भनेका थिए । मार्च २०१९ को अन्तिम सातामा करिव तीन महिना जति बुवासँगै बस्छु भन्ने मनसायले जागिरमा अप्रिल १… Continue reading रक्तदाताको डायरी : पितृशोकले पनि रोक्न सकेन
मासु काट्ने मेसिनमा परी मलेसियामा एक नेपालीको ज्यान गयो
काठमाडौं । मलेसियाको मलक्का राज्यमा मासु काट्ने मेसिनमा परी एक नेपाली कामदारको ज्यान गएको छ । मेसिनको मर्मत गरिरहेका बेला अचानक मेसिन चलेपछि उनी दूर्घटनामा परेका हुन । ४७ वर्षिय नेपाली कामदारको नाम भने सार्वजनिक गरिएको छैन । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफसीले जनाएअनुसार उनको कम्मरमा गहिरो चोट लागेको थियो । मेसिनले काटिएपछि उनको घटनास्थलमै निधन… Continue reading मासु काट्ने मेसिनमा परी मलेसियामा एक नेपालीको ज्यान गयो
न्युयोर्कस्थित एक धार्मिक पर्वमा ५ जुईस माथि खुँडा प्रहार
न्युयोर्क न्युयोर्क राज्यस्थित एक शहरमा हनुक्का पर्व मनाईरहेका जुईसहरु माथि सांघातिक आक्रमण हुँदा ५ जना घाईते भएका छन् ।अन्य राज्यहरुका तुलनामा धेरै भाषा, बर्ण जाती र धर्मलाई प्रतिनिधित्व गर्ने न्युयोर्क राज्यस्थित रकल्यान्ड काउन्टीको एक घरमा हनुक्का पर्व मनाई रहेको समयमा शनिबार राती एक अज्ञात ब्यक्ती प्रबेस गरी खुँडा प्रहार गरेको हो । घटनामा दुई जनाको… Continue reading न्युयोर्कस्थित एक धार्मिक पर्वमा ५ जुईस माथि खुँडा प्रहार
अब औषधिको जानकारी मोवाइल एपबाटै
काठमाडौं । नेपालमा सरकारी स्तरबाटै औषधिसम्बन्धी जानकारी मोवाइल एपमा उपलब्ध गराउने तयारी भएको छ । औषधी व्यवस्था विभागले मोवाइल एप बनाएको छ । विभिन्न प्रकारका औषधिका सम्बन्धमा विस्तृत जानकारी सहित मोबाइल एप्स तयार भएको छ । विभागले औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार गरेको जानकारी गराएको छ । एप्स लगइन गरेपछि औषधिको प्रयोग, कतिपय औषधीबाट… Continue reading अब औषधिको जानकारी मोवाइल एपबाटै
हिन्दु संस्कार अनुसार हात्तीको अन्तेष्टी
कंचनपुर । कंचनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुन्जको सबैभन्दा पुरानो तथा वृद्ध उमेरको हात्ति रतनकलीको विहिबार निधन भयो । विसं २०३५ सालमा चितवन राष्ट्रिय निकुन्जबाट शुक्लाफाँटा ल्याइएको हात्ती ‘रतनकली’ को शुक्रबार हिन्दु संस्कार अनुसार अन्तेष्टी गरिएके छ । रतनकलीलाई निकुञ्जस्थित हात्तीसारमा राखिएको थियो । रतनकलीको उमेर ८४ वर्ष थियो । रतनकलीलाई चराउन जाँदा बसेको हात्ति उठ्न सकेन… Continue reading हिन्दु संस्कार अनुसार हात्तीको अन्तेष्टी
काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्यो
काठमाडौं । देशभर चिसोले जनजीवन प्रभावित हुने क्रम जारी छ । शनिबार काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्रीमा झरेको उल्लेख गरेको छ । बिहीबार काठमाडौंको तापक्रम ०.९ डिग्री सेल्सियसमा थियो । आज यस वर्षको… Continue reading काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्यो
प्रधानमन्त्रीको नियमित डायलासिस आज पनि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि शुक्रबार शिक्षण अस्पताल पुगेका छन् । उनी नियमित डायलासिसपछि प्रधानमन्त्री निवास वालुवाटार फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले टुइट गर्दै जानकारी गराएका छन् । १२ वर्ष अघि फेरेको मृगौलामा समस्या देखिएपछि प्रधानमन्त्रीलाई अहिले नियमित डायलासिस गर्नुपर्ने भएको छ । त्यसका लागि उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल… Continue reading प्रधानमन्त्रीको नियमित डायलासिस आज पनि
मकवानपुरमा जीप दुर्घटना, ५ को ज्यान गयो
हेटौडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित रामचन्द्र भञ्ज्याङमा जीप दुर्घटना भएको छ । शुक्रबार भएको दुर्घटनामा ५ को ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । २ जनालाई उपचार गर्न काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । मृतकमध्ये रौतहट, चन्द्रपुर नगरपालिका ९ का २१… Continue reading मकवानपुरमा जीप दुर्घटना, ५ को ज्यान गयो
काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । विहीबार बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको मौसम विज्ञान पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । तापक्रम घट्ने क्रमसँगै देशभर चिसोले जनजीवन समेत प्रभावित भएरहेको छ । बुधबार जुम्लामा माइनस ६ डिग्री तापक्रम मापन भएको छ । तराईका जिल्लाहरुमा शितलहर चल्न थालिसकेको छ ।… Continue reading काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म
छाउगोठ भत्काउन निर्देशन, छाउपडी निरन्तरता दिनेलाई सरकारी सेवा बन्द
काठमाडौं । गृह मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका सबै छाउगोठ भत्काउन निर्देशन दिएको छ । जनचेतनाका माध्यमबाट यस भेगमा व्याप्त छाउपडी प्रथा उन्मुलन नभएपछि सरकारले कानूनी कारवाहीका सहारा लिन लागेको छ । सोही क्रममा अब सबै प्रकारका छाउगोठ भत्काउन लागिएको हो । यस भेगका जिल्लामा व्याप्त छाउपडी प्रथा निर्मूल गर्न संयन्त्र बनाइएको छ ।… Continue reading छाउगोठ भत्काउन निर्देशन, छाउपडी निरन्तरता दिनेलाई सरकारी सेवा बन्द
रक्तदाताको डायरी : ऋण काढेर रक्तदान यात्रा
अर्जुनप्रसाद मैनाली विश्व रक्तदाता, न्यूयोर्क नोभेम्बर ६, २०१८ मा सासुआमा, काका ससुरा, काकी सासुआमा र श्रीमतीलाई नायाग्रा फल्स घुमाउन लगें । त्यहाँबाट क्यानेडियन ब्लडडोनर नजिकै थियो । घुमफिरपछि रक्तदान गर्न गएँ । ब्लड प्रेसर बढेर सिष्टोलिक २०० र डाईसिष्टोलिक १०५ भएछ । रक्तदान गर्न मिलेन । आफ्नो घर फर्केपछि डाक्टरकोमा गएँ । डाक्टरले औषधीको परिमाण… Continue reading रक्तदाताको डायरी : ऋण काढेर रक्तदान यात्रा
तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो
रौतहट । शितलहरका कारण तराईको जनजीवन प्रभावित हुन थालेको छ । असावधानीका कारण मानिसको ज्यानै जाने गरी हुने चिसोले रौतहटमा मात्र चारजनाको मृत्यु भएको छ । १ पुसयता रौतहटमा अधिक चिसो र शीतलहर चलिरहेको छ । चिसोले कठ्याँग्रिएर ४ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएका छन् । दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी… Continue reading तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो
अब छाउपडी राख्ने र बस्ने दुबैलाई कानूनी कारवाही
काठमाडौं । सरकारले महिनावारी भएको बेला छाउगोठमा राख्ने परिवार र बस्ने महिला दुबैलाई कारबाहीको दायरामा ल्याउने भएको छ । यसको तयारी गृह मन्त्रालयले गरिरहेको छ । सोमबार गृह मन्त्रालयमा महान्यायाधिवक्ता अग्नि खरेलसहित सरोकारवालाको बैठक बसेको थियो । बैठकमा गृह मन्त्रालयका सचिव, छाउपडी प्रभावित क्षेत्रमा खटिएका सुरक्षा निकायका प्रमुख, सरकारी वकिललगायतको बैठक बसेको थियो । बैठकमा… Continue reading अब छाउपडी राख्ने र बस्ने दुबैलाई कानूनी कारवाही
अमेरिकाको सिकागोमा अाईतबार बिहान फेरी मास सुटिङ् ,१३ घाईते
सिकागो अमेरिकाको सिकागो स्थित दक्षिणि शहर एङलउडमा अाईतबार बिहान गोली चल्दा १३ जना घाईते भएका छँन् ।स्थानिय प्रहरीले घटना ब्यक्तिगत निवासमा आयोजित एक भोजमा घटेको जनाएको छ ।घटना रातको १२:३० बजे घटेको प्रहरी श्रोतले बताएको छ ।अन्दाजी ६ ,७ राउन्ड गोलीको आवाज सुनिएको र केही समय पछी मानिसहरु भागाभाग गरेको देखेको एक छिमेकीले स्थानिय संचार माध्यमहरुलाई… Continue reading अमेरिकाको सिकागोमा अाईतबार बिहान फेरी मास सुटिङ् ,१३ घाईते
दिन आएपछि यसरी पनि मृत्यु
मान्छे संसार जित्न कोशिस गर्ने प्राणी हो । सफलता हासिल गरेर शिखर चुम्ने प्राणी पनि हो – मानव । जंगली युगलाई आजको बिज्ञान र प्रबिधिको युगमा ल्याउने पनि मानिस नै हो । तर के गर्नु जे नै गरे पनि, जसो नै गरे पनि भाग- भोग सकिएको दिन यो भौतिक शरीर छाडेर जानै पर्छ । न… Continue reading दिन आएपछि यसरी पनि मृत्यु
आठ वर्षसम्म जिब्रो छेड्ने जुजुभाइको नछापिएको कथा
विश्वन्युज संवाददाता काठमाडौं ‘तिम्ले यो गर्न सक्दैनौँ, तीन दिन भोकै बस्नुपर्छ, एक महीनादेखि तयारी गर्नुपर्छ, सबैलाई भोज खुवाउनुपर्छ’ भनेर गाउँलेले जिब्रो छेड्न डर देखाएका थिए । त्यसो त झक्तपुर थिमिको बिस्का (बिस्केट) जात्रामा जिब्रो छेड्दा रगत बग्यो भने अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेकोले डर पलाउनु स्वभाविक थियो । “गाउँलेको कुरा मेरो दिमागमा खेलिरह्यो, डर पनि… Continue reading आठ वर्षसम्म जिब्रो छेड्ने जुजुभाइको नछापिएको कथा
तराईमा कुहिरो र शीतलहर, बढ्यो चिसो
काठमाडौं । तराईमा दुई दिनसम्म लगातार कुहिरो र शीतलहरले जनजीवन प्रभावित हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले मौसम बुलेटिन जारी गर्दै त्यस भेगका बासिन्दालाई सचेत रहन अनुरोध गरेको छ। विभागका अनुसार तराई भेगका अधिकांश क्षेत्रमा लागेको हुस्सु तथा कुहिरो (शुक्रबार)सम्म नै कायम रहने छ । घाम लाग्नै छैनन् । त्यसकारण एक्कासी चिसो… Continue reading तराईमा कुहिरो र शीतलहर, बढ्यो चिसो
नियमित खुर्सानी खाँदा यस्तो अचम्मको फाईदा
भान्छामा स्वादको लागि प्रयोग गरिने खुर्सानीमा अचम्मको गुण पत्ता लागेको छ । बढ्दो हृदयघातको समाचार आईरहँदा नियमित रुपमा खुर्सानी खाने मानिसहरुलाई हृदयघातको सम्भावना निकै कम हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । हप्तामा चार पटक पिरो खुर्सानी खाने मानिसहरुको मृत्यु हृदयघातका कारण हुने सम्भावनामा ४० प्रतिशतले कमी हुने गरेको तथ्य सार्वजनिक भएको हो ।… Continue reading नियमित खुर्सानी खाँदा यस्तो अचम्मको फाईदा
सिन्धुपाल्चोक दूर्घटनाको छानविन गर्न समिति गठन
काठमाडौं । १५ जनाको ज्यान जाने गरी सिन्धुपालचोकमा आइतबार भएको भयानक दूर्घटनाको छानविन गर्न सरकारले समिति गठन गरेको छ । सडक दूर्घटनामा सरकारीस्तरबाटै छानविन समिति गठन भएको यो पहिलो पटक हो । यसअघि गत महिना अर्घाखाँचीमा भएको दूर्घटनाको समेत स्थानीय तहबाट छानविन समिति गठन भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहसचिव राजेन्द्रराज शर्माको… Continue reading सिन्धुपाल्चोक दूर्घटनाको छानविन गर्न समिति गठन
जडिबुटी खोज्न गएका एक दर्जन मानिस वेपत्ता
जुम्ला । जुम्लामा जडिबुटी खोज्न हिँडेका १२ जना मानिस हराएका छन् । तिला गाउँपालिका–९, स्थित ढिपुगाउँका १२ जना मानिस जडिबुटी खोज्न शेरा फूलबारी पाटन गएका थिए । विगत ४ दिनेदेखि उनीहरु गाउँलेको सम्पर्कमा नआएको गाउँपालिकाले जनाएको छ । ढिपुगाउँबाट पाटन पुग्न नै पैदल यात्रामार्फत दुईदिन लाग्छ। पाटनमा अत्यधिक हिउँ परेका कारण उनीहरु सुरक्षित स्थानमा बसेको… Continue reading जडिबुटी खोज्न गएका एक दर्जन मानिस वेपत्ता
हिमपात र वर्षाले चिसो बढायो
काठमाडौं । आइतबारसमेत देशका विभिन्न स्थानमा हिमपात र वर्षा जारी रहने भएको छ । खासगरी देशका उच्चपहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । जसले गर्दा उच्च भेगको तापक्रम ह्वात्तै घट्नेछ । पश्चिमी भूभागमा अन्य स्थानको तुलनामा थोरै वर्षाको सम्भावना रहेको छ । मध्य र पूर्वी पहाडी क्षेत्रको पहाडी… Continue reading हिमपात र वर्षाले चिसो बढायो
सेनाका जवान चढेको बस दूर्घटना, १७ घाइते
नवलपरासी । पूर्वी नवलपरासीस्थित कावासोतीमा शनिबार राती भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको छ । सेनाका जवान चढेको बस दूर्घटनामा परेको नवलपरासी प्रहरीले जानकारी दिएको छ । बस सुर्खेतबाट काठमाडौं आइरहेको थियो । नेपाली सेनामा भर्ना भएका नयाँ जवानहरु तालिमका लागि काठमाडौं आउने क्रममा बस दूर्घटनामा परेको… Continue reading सेनाका जवान चढेको बस दूर्घटना, १७ घाइते
भारतको नयाँ दिल्लीभन्दा अष्ट्रेलियाको सिड्नी प्रदुषित
सिड्नी । एक महिना भारतको राजधानी दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा भयो । मानिसहरुलाई विकास निर्माणका काम रोक्न लगाइयो । स्कूल बन्द भए । ठिक यस्तै हालत अहिले अष्टे्रलियाको ठूलो शहर सिड्नीले यस्तै समस्या भोगिरहेको छ । अष्ट्रेलियाको जंगलमा लागेको आगोले भिषण रुप लिँदै गर्दा त्यसको धुवाँले वायुमण्डलमा विषालु हावा फैलिएको छ । सरकारले मानिसलाई सतर्क… Continue reading भारतको नयाँ दिल्लीभन्दा अष्ट्रेलियाको सिड्नी प्रदुषित
न्यूयोर्कको स्थानीय सरकारद्वारा ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा
डिसेम्बर ९, न्यू योर्क वेष्टर वे टाउन, न्यूयोर्कले डिसेम्बर २२ लाई ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस‘ घोषणा गरेको छ । रक्तदान अभियान र सो सम्वन्धिज्ञानलाई विश्वमाझ फैलाउन अतुलनीय योगदान पुर्याएबापत उक्त सम्मान गरेको हो । रक्तदानको ईतिहासको सन्धर्भमा; प्रशव अवस्थामा अत्यधिक रक्तश्राव भएकी पत्नीलाई सन १८१८ डिसेम्बर २२ मा सिरिन्ज प्रयोग गरेरश्रीमानकै पाखुराबाट चार औंस… Continue reading न्यूयोर्कको स्थानीय सरकारद्वारा ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा
प्रधानमन्त्री पुनः अस्पतालमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । मंगलबार साँझ नियमित उपचारका सिलसिलामा प्रधानमन्त्रीलाई अस्पताल लगेको बालुवाटार स्रोतले जनाएको छ । महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ । अपरेशन गरेको घाउमा इन्फेक्सनको आंशका चिकित्सकको रहेको छ । यसबाहेक फलोअप र मिर्गौलाको डायलासिसका लागि समेत अस्पताल लैजानु परेको… Continue reading प्रधानमन्त्री पुनः अस्पतालमा
चितवन दूर्घटनाका मृतक चार जनाको सनाखत
चितवन । चितवनको राप्ती नगरपालिका ४ चेपाङ मार्गमा शनिबार भएको अटो दूर्घटनामा ज्यान गुमाएका ५ मध्ये ४ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार पर्वत कुस्मा नगरपालिका पिपलटारी घर भई चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी–९ का ४२ वर्षीय विश्वमणी भण्डारी, राप्ती ९ का २५ वर्षीय मीना खड्का र राप्ती नगरपालिका–९ रसौलीका… Continue reading चितवन दूर्घटनाका मृतक चार जनाको सनाखत
चिकित्सकसंग विवाह गर्दै नायिका आँचल
काठमाण्डौ बेलाबेलामा चर्चामा आउने नायिका आँचल शर्मा दवाडी विवाहको अन्तिम तयारीमा छन् । मंसिरको अन्तिम हप्ता उनले विवाह गर्ने तयारी गरेकी छन् । डा. उदीप श्रेष्ठसँग उनले घरजम गर्न लागेकी हुन् । यी दुई एक वर्षदेखि प्रेममा रहेको उनी निकटहरुले बताएका छन् । दुवैतर्फको परिवारसमेत सहमत भएकाले यही मंसिरमा उनले घरजम गर्ने लगभग निश्चित भएको… Continue reading चिकित्सकसंग विवाह गर्दै नायिका आँचल
प्रधानमन्त्रीको १० दिनको उपचार खर्च २ लाख ५५ हजार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अघिल्लो मंगलबार अस्पताल भर्ना भएका थिए । १० दिन अस्पतालमा बसेका उनको उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको अस्पतालले जानकारी दिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका अनुसार प्रधानमन्त्रीको शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा उक्त रकम खर्च… Continue reading प्रधानमन्त्रीको १० दिनको उपचार खर्च २ लाख ५५ हजार
डिस्चार्ज भए प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १० दिनको उपचारपछि प्रधानमन्त्री ओली बिहीबार डिस्चार्ज भएका हुन् । उनी अस्पतालबाट बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गएका हुन् । डाक्टरले केही दिन आरामको सल्लाहसहित प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरेका हुन् । डिस्चार्ज गरेसँगै प्रधानमन्त्रीले आफू निको भइसकेको प्रतिक्रिया दिएका थिए । बिहीबार नै… Continue reading डिस्चार्ज भए प्रधानमन्त्री