संसदमा प्रधानमन्त्रीको सम्वोधन भएन, अस्वस्थताको आंशका

काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेशन अन्त्य हुने दिन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ । बिहीबार दिउँसो २ बजे सम्बोधन गर्ने तय भएको भएपनि अन्तिम समयमा आएर प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम झिकिएको थियो । अन्तिम दिन तीन वटा बैठक बसे । पहिलो बैठकले राहदानीसहित ६ वटा विधेयक… Continue reading संसदमा प्रधानमन्त्रीको सम्वोधन भएन, अस्वस्थताको आंशका

प्रोस्टेट क्यान्सरको उपचार पाँच दिनमा नै गर्न सकिने बिधि पत्ता लाग्यो

प्रोस्टेट क्यान्सरका बिरामीहरुका लागि केही राहत मिल्ने समाचार आएको छ । आठ हप्ता लामो समय गलाएर गरिंदै आएको प्रोस्टेट  क्यान्सरको उपचार अब ५ दिनमा रेडियो थेरापीको माध्यमबाटै हुने भएको छ । गत १६ तारिख सोमबार “यानसेट मेडिकल जर्नल” मा प्रकासित एक रिपोर्टका अनुसार उपचार शुरु गरेको पाँच दिन भित्र प्रोस्टेट क्यान्सरको सफल उपचार सम्पन्न गरी… Continue reading प्रोस्टेट क्यान्सरको उपचार पाँच दिनमा नै गर्न सकिने बिधि पत्ता लाग्यो

निम्तोको दु:खले पनि रक्तदानलाई रोक्न सकेन

अर्जुनप्रसाद मैनाली / न्यूयोर्क पृथ्वीको भुमध्य रेखामा रहेको अफ्रिका महादेशको करिब मध्य भागमा संसारकै गरिब देश हो कंगो । प्राकृतिक स्रोतको हिसाबले भने कंगोलाई बिश्वकै धनी देशमा गन्न सकिन्छ । त्यहाँ भएका खनिजहरु निकाल्ने हो भने २४ ट्रिलियन युएस डलर भन्दा बढी हुने अनुमान गरिएको छ । तर उपनिवेशवाद, दासत्व, र भ्रष्टाचारले यो देशलाई सबैभन्दा… Continue reading निम्तोको दु:खले पनि रक्तदानलाई रोक्न सकेन

संविधान दिवस पारी सरकारी अस्पतालमा निःशुल्क ओपीडी

काठमाडौं । २ असोजमा देशभरका सरकारी अस्पतालमा निःशूल्क ओपीडी सेवा उपलब्ध हुने भएको छ । ३ असोजमा भव्यताका साथ संविधान दिवस मनाउने तयारी सरकारको छ । सोही क्रममा अस्पतालहरुमा एक दिनका लागि ओपीडी निःशूल्क गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी टिकट निःशुल्क वितरण हुने जानकारी… Continue reading संविधान दिवस पारी सरकारी अस्पतालमा निःशुल्क ओपीडी

पौडी खेल्दाखेल्दै पानी भित्र हृदयघात भए पछी

मानिसलाई कतिबेला वा कस्तो अवस्थामा हृदयघात हुन्छ ?  भन्ने कुरा निश्चित हुँदैन ।  तर पनि दैनिक जीवनमा मानिसहरुको सुतेको समयमा हृदयघात भएर मृत्‍यु भएको खबर भने थुप्रै सुनिने गरिएको छ । बाटोमा हिंड्दा हिंड्दै गाडी चलाऊदा चलाऊदै शारीरिक ब्यायाम गर्दा, खाना खाँदा खाँदै पनि हृदयघात हुने गरेका घटना छिटपुट रुपमा सुनिने गरिएको छ । गत… Continue reading पौडी खेल्दाखेल्दै पानी भित्र हृदयघात भए पछी

दिउँसो सुत्दा अचम्मको फाईदा

दिउसो छोटो समय सुत्नेहरुका लागि खुसीको खबर आएको छ । सुताईसँग सम्बन्धित एउटा नयाँ तथ्यले दिउँसो सुत्नेहरुका लागि नयाँ खुसी दिएको हो । धेरै सुत्न्नु स्वास्थको लागि नराम्रो मानिदै आएको समयमा हप्तामा दुई दिन दिउँसोको समयमा छोटो समय सुत्यो (न्याप) भने हृदयघात नहुने तथ्य बाहिर आएको हो ।   गत सोमबार जर्नल हर्टमा प्रकासित रिपोर्टका… Continue reading दिउँसो सुत्दा अचम्मको फाईदा

ट्रम्प राष्ट्रपति चुनिएपछि स्वास्थ्य बीमा गुमाउनेको संख्या बढ्यो, साढे आठ प्रतिशत अमेरिकी बीमा बिहिन

न्यूयोर्क राष्ट्रपती डोनाल्ड ट्रम्पले राष्ट्रपतीको पदभार सम्हालेसँगै स्वास्थ बीमा गुमाउने अमेरिकीको संख्या उकालो लागेको छ । मंगलवार प्रकाशित संघीय तथ्यांक अनुसार ट्रम्पले कार्यभार सम्हालेपछि स्वास्थ्य बीमा गुमाउनेको संख्या दुई लाखले बढेको हो । अमेरिकी केन्द्रीय तथ्यांक विभागको सर्भेक्षण अनुसार सन् २०१८ मा मा बीमा बिहिन अमेरिकीको संख्या दुई करोड ७५ लाख पुगेको छ । सन्… Continue reading ट्रम्प राष्ट्रपति चुनिएपछि स्वास्थ्य बीमा गुमाउनेको संख्या बढ्यो, साढे आठ प्रतिशत अमेरिकी बीमा बिहिन

डेंगु आतंक, डा सन्दुक रुइत पनि बिरामी

काठमाडौैं । देशभर फैलिएको सरुवा रोग डेंगुले काठमाडौंमा महामारीको रुप लिने संकेत देखाएको छ । हजारौं मानिसलाई प्रभावित बनाइसकेको यो रोगले आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई समेत संक्रमण बनाएको छ । उनी अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ भर्ना भएका छन् । देशभर ४८ भन्दा बढी जिल्लामा डेगुंका बिरामी फेला परिसकेका छन् । ५ हजारभन्दा… Continue reading डेंगु आतंक, डा सन्दुक रुइत पनि बिरामी

तन्दुरुस्त बनेर स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन । सिंगापुरमा स्वास्थ्य उपचार गरी प्रधानमन्त्री शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरु पुगेका थिए । विमानस्थलमा प्रधानमन्त्री संचारकर्मीसँग बोल्न भने मानेनन् । उनी ५ भदौमा उपचारको सिलसिलामा सिंगापुर गएका थिए । त्यसअघि १०… Continue reading तन्दुरुस्त बनेर स्वदेश फर्किए प्रधानमन्त्री

कृषि मन्त्रीलाई डेंगुको संक्रमण, देशभर फैलिँदै प्रकोप

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालमा डेंगुको संक्रमण देखिएको छ । उनलाई उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको छ । रगत जाँच गर्दा डेंगुको जिवाणु भेटिएपछि उनी अस्पताल भर्ना भएका हुन् । अघिल्लो शुक्रबार हेटौडा पुगेका मन्त्री खनाललाई रुघाखोकी र ज्वरोले च्यापेको थियो । त्यसपछि रगत परिक्षण गर्दा डेंगुको संक्रमण देखिएको मन्त्री खनालको… Continue reading कृषि मन्त्रीलाई डेंगुको संक्रमण, देशभर फैलिँदै प्रकोप

कस्तो छ प्रधानमन्त्रीलाई ?

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था गोप्य राखेको छ । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री विगत १२ दिनदेखि उपचारका क्रममा सिंगापुरमा छन् । आम जनतालाई प्रधानमन्त्रीलाई कस्तो होला भन्ने निकै ठूलो चासो छ, तर सरकारले यो विषयमा स्पष्ट धारणा ल्याउन सकेको छैन । यसै मेसोमा प्रधानमन्त्रीलाई भेट्ने सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल मंगलबार… Continue reading कस्तो छ प्रधानमन्त्रीलाई ?

भीरमा छाडिएका गाई-गोरु नेपालगन्ज पठाइयो, गृह मन्त्रालयले छानविन गर्ने

काठमाडौं । दैलेखका लागि नेपालगन्जबाट पठाइएको गाई-गोरु बिहीबार सुर्खेतमा लगेर भीरबाट खसालिएको थियो । त्यसमध्ये करीव ३ दर्जन गाईगोरु मृत भेटिएका थिए । करीव ३ सय गाई लगिएको अलपत्र अवस्थामा रहेका अन्य गाईलाई भने उद्धार गर्दै पुनः नेपालगन्ज पठाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारबाट नेपालगञ्ज पठाउन थालेको जानकारी दिएको छ ।… Continue reading भीरमा छाडिएका गाई-गोरु नेपालगन्ज पठाइयो, गृह मन्त्रालयले छानविन गर्ने

देशभर फैलदै डेंगु

काठमाडौं । सरुवा रोग डेंगुले महामारीको रुप धारण गर्ने संकेत देखिएको छ । सरकारले डेंगु नियन्त्रणबाहिर गएको भन्दै यसले महामारीको रुप धारण गरिसकेको बताएको छ । बिहीबार स्वास्थ्य तथा जनसङख्या मन्त्री उपेन्द्र यादवले रोग नियन्त्रणमा सुरक्षाकर्मी परिचालन आवश्यक भइसकेको बताएको थिए । मन्त्रालयअन्तर्गत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार डेंगु डरलाग्दो… Continue reading देशभर फैलदै डेंगु

अमेजनको आगो नियन्त्रण गर्न जी-७ को पहल, २.२ करोड डलर खर्च गर्ने

फ्रान्स । संसारमा सबैभन्दा बढी वर्षा हुने जंगल लामो समयदेखि आगलागीको चपेटामा परेको छ । आगलागी नियन्त्रणका हरेक उपाय फेल खाइरहेका छन् । यस्तो अवस्थामा विश्वका ७ ठूलो अर्थतन्त्र भएका मुलुकले आगलागी नियन्त्रणमा २.२ करोड डलर खर्च गर्ने घोषणा गरेका छन् । यसैसाता फ्रान्समा सम्पन्न जी ७ मुलुकहरुको बैठकले उक्त घोषणा गरेको हो । अमेजनलाई… Continue reading अमेजनको आगो नियन्त्रण गर्न जी-७ को पहल, २.२ करोड डलर खर्च गर्ने

उपत्यका भित्रै डेंगुका बिरामी, कसरी बच्ने ?

काठमाडौं । काठमाडौं उपत्यकासहित देशको ठूलो क्षेत्रमा यस वर्ष डेंगुको प्रकोप फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म यस रोगबाट देशभर २ जनाले ज्यान गुमाइसकेका छन् । पूर्वी नेपालको सुनसुरी र सर्लाहीबाट शुरु भएको यो रोग क्रमशः उपत्यका र अन्य जिल्लासम्म फैलिएको हो । मन्त्रालयमातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बर्षायाममा पानी जम्ने र… Continue reading उपत्यका भित्रै डेंगुका बिरामी, कसरी बच्ने ?

फलफुल खानुहुन्छ ? सावधान !

योगेश डंगोल ‘आदी’/न्यूयोर्क अमेरिकामा हुनुहुन्छ र फलफुल खाँदै हुनुहुन्छ भने पर्खनुस् । पहिले फलफुलमा टाँसिएको स्टिकर हेर्नुस् । त्यसमा कतिवटा अंक छ ? कतिबाट शुरु भएको छ ? त्यो अंकको अर्थ के हो, के जनाई रहेको छ ? त्यो जानकारी लिएर मात्र खाँदा सही फलफुल खाएको ठहर्नेछ । नत्र अनेकौं डरलाग्दो रोगको शिकार हुन सक्नुहुन्छ… Continue reading फलफुल खानुहुन्छ ? सावधान !

उपचारका लागि प्रधानमन्त्री आज पुन: सिंगापुर जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे आम जनमानसमा निकै चासो रहेको छ । तर, उनको स्वास्थयको यथार्थ अवस्था के छ भन्ने जानकारी नै नगराई १० दिनको अन्तरालमा प्रधानमन्त्री पुनः आज सिंगापुर प्रस्थान गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो साढे १ बजे थाई एयरको नियमित उडानबाट उनी सिंगापुर प्रस्थान गर्दैछन् । उनको साथमा पत्नी… Continue reading उपचारका लागि प्रधानमन्त्री आज पुन: सिंगापुर जाँदै

सिंहदरवार भित्रै कर्मचारीद्धारा विष सेवन गरी आत्महत्या

काठमाडौं । देशको सबैभन्दा ठूलो तथा मुख्य प्रशासनिक केन्द्र मै कर्मचारीले विष सेवन गरी आत्महत्या गरेका छन् । राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी आफनो कार्यकक्षमै मृत अवस्थामा भेटिएको प्रहरीले पुष्टी गरेको छ । उनले विष सेवन गरेको र साथबाट सुसाइड नोट समेत फेला परेको प्रहरीको भनाई छ । केसीले सुसाइट नोटमा अंशबन्डाको… Continue reading सिंहदरवार भित्रै कर्मचारीद्धारा विष सेवन गरी आत्महत्या

उपचारमा प्रधानमन्त्री पुनः सिंगापुर जाने, आज सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका सिलसिलामा पुनः सिंगापुर जाने भएका छन् । उनी आगामी बिहीबार सिंगापुरतर्फ जाने तय भएको हो । त्यसअगाडी प्रधानमन्त्रीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक आह्वान गरेका छन् । बालुवाटार स्रोतका अनुसार उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा आह्वान गरेका छन् । पछिल्लो समय प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर चासो… Continue reading उपचारमा प्रधानमन्त्री पुनः सिंगापुर जाने, आज सर्वदलिय बैठक

बिग्रदैछ मौसम, सचेत रहन आग्रह

फाइल तस्वीर

काठमाडौं । देशभर मौसम अदलबदल भइरहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहने सर्वसाधारणसँग आग्रह गरेको छ । बाढी सूचना केन्द्रका अनुसार ठूला र साना नदीहरुमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ । देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने र पश्चिमी पहाडी भू-भागका मेघगर्जन तथा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई रहेको… Continue reading बिग्रदैछ मौसम, सचेत रहन आग्रह

प्रधानमन्त्री फेरी अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य समस्या आएको छ । ९ दिन सिंगापुरमा उपचार गरी सोमबार स्वदेश फर्किएका प्रधानमन्त्रीको स्वास्थ स्थिति पुनः बिग्रिएको बालुवाटर स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री अस्वस्थ भएपछि बिहीबार बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित गरिएको छ । नेकपाका अनुसार बैठक अब शुक्रबार पुनः बस्ने गरी डाकिएको… Continue reading प्रधानमन्त्री फेरी अस्वस्थ

अझै भेटिएनन् त्रिशुलीमा हराइरहेका डेढ दर्जन यात्रु

धादिङ । त्रिशुली नदीमा बस दूर्घटनामा परी हराइरहेका १९ यात्रु अझै वेपत्ता छन् । शुक्रबार पृथ्वीराजमार्गको धादिङ, बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट बस त्रिशूली नदीमा खसेको थियो । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार यात्रुको खोजीमा गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँसम्म खोजी कार्य जारी रहेपनि वेपत्ताको कुनै अत्तोपत्तो छैन । प्रहरी नदि किनारमा खटिएर खोजी जारी राखेपनि… Continue reading अझै भेटिएनन् त्रिशुलीमा हराइरहेका डेढ दर्जन यात्रु

स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । सिंगापुरमा स्वास्थ्योपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन । शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम तय गरी अघिल्लो शनिबार सिंगापुर गएका प्रधानमन्त्री ९ दिनपछि स्वदेश फर्किएका हुन् । प्रधानमन्त्रीले आफ्नो भ्रमणलाई अनौपचारिक भएको बताए । उनले विमानस्थलमा संचारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् । आफू ठिक भएको फर्किएको भन्दै प्रधानमन्त्रीले केही दिनपछि सबै जानकारी थाहा… Continue reading स्वदेश फर्किए प्रधानमन्त्री

बालुवा निकाल्न खनेको खाल्डोले लियो दुई युवाको ज्यान

फाइल तस्वीर : हिउँदमा खोलामा वालुवा निकाल्दै

धादिङ । जथाभावी वालुवा निकाल्ने र खोलानालाको दोहन अत्यधिक भएका क्षेत्रमा दूर्घटनाको जोखिम ह्वात्तै बढेको छ । शनिबार मात्र धादिङमा दुई युवाले बालुवा निकाल्न खनेको खाल्डोमा परी ज्यान गुमाउनु परेको छ । गजुरी गाउँपालिका-६ ठुलीफाँटस्थित दरिङगाल खोलामा खाल्डोमा डुबेर स्थानीय २१ वर्षीय भीम तामाङ र २३ वर्षीय सुमन स्याङतानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ… Continue reading बालुवा निकाल्न खनेको खाल्डोले लियो दुई युवाको ज्यान

त्रिशुलीमा बस दूर्घटना, २६ वेपत्ता, १६ जनालाई जिवित उद्दार

धादिङ । बेनिघाटस्थित त्रिशुली नदीमा खसेर दूर्घटनाग्रस्त बसमा सवार रहेका यात्रु मध्ये १६ जनाको सकुशल उद्दार गरिएको छ । तीन यात्रुले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार बसमा ४५ जना यात्रु थिए । २६ जना अझै वेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान साढे ३ बजे दूर्घटनामा परेको बसको उद्दार अबेर मात्र शुरु… Continue reading त्रिशुलीमा बस दूर्घटना, २६ वेपत्ता, १६ जनालाई जिवित उद्दार

पूर्ण डिजिटल बन्दै एक सरकारी अस्पताल

काठमाडौं । नेपालमा सरकारी अस्पतालको छवि राम्रो छैन । सरकारी अस्पताल भन्नासाथ धेरै भीड, भद्रगोल व्यवस्था र अस्तव्यस्तताको प्रतिक मानिन्छन् । तर, नेपालमै एक यस्तो सरकारी अस्पताल छ, जसले आफ्नो सेवालाई क्रमशः डिजिटल बनाउँदै लगेको छ । नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा अब अनलाइनबाटै टिकट बुक गर्न सकिने सुविधा शुरु भएको छ । अस्पतालको ओपिडी टिकट… Continue reading पूर्ण डिजिटल बन्दै एक सरकारी अस्पताल

एकै दिन तीन आत्महत्या, किन रोज्दैछ व्यक्तिले डरलाग्दो बाटो ?

काठमाडौं । माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनीले चितवन पुगेर आत्महत्याको बाटो रोजेका छन् । प्रहरीका अनुसार उनी सोमबार राती चितवनको नारायणगढस्थित बसपार्क नजिकै कंगारु होटलको कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनी सोमबार दिँउसो साढे तीन बजे होटेलमा चेकइन गरेका थिए । रातको खाना खाने बेला बोलाउँदा उनले ढोका खोलेनन् । त्यसपछि लामो… Continue reading एकै दिन तीन आत्महत्या, किन रोज्दैछ व्यक्तिले डरलाग्दो बाटो ?

तरकारी र फलफूलमा कतिसम्मको विषादी खानलायक ?

काठमाडौं । सरकारले नेपालमा उत्पादित फलफूल तथा तरकारीका लागि किटनाशक विषादीको अधिकतम सीमा तोकेको छ । नेपालमा पहिलो पटक यस्तो सीमा तोकिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार पहिलो चरणमा दश प्रजातीका फलफूल र तरकारीको एमआरएल (म्याक्सिमम रेजिड्यू लिमिट) तोकिएको छ । विभागले स्याउ, केरा, करेला, भन्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेँडा… Continue reading तरकारी र फलफूलमा कतिसम्मको विषादी खानलायक ?

प्रधानमन्त्री स्वास्थ्य जाँच गर्न सिंगापुरमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका सिलसिलामा सिंगापुर पुगेका छन् । प्रधानमन्त्रीको नियमित स्वास्थ्य परिक्षणमा संलग्न निजी चिकित्सकहरुको सल्लाहमा उनी सिंगापुर गएका हुन् । शनिबार राती काठमाडौंबाट प्रधानमन्त्रीको टोली सिंगापुर लागेको हो । प्रधानमन्त्री सँगै श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत रहेका छन्… Continue reading प्रधानमन्त्री स्वास्थ्य जाँच गर्न सिंगापुरमा

भारतमै उठ्यो तरकारीमा विषादी मुद्दा

काठमाडौं । भारतबाट नेपाल आउने तरकारी तथा फलफूलमा हानिकारक विषादी पाइएपछि सरकारले नाका मै त्यसको चेकजाँच गर्ने निर्णय गर्यो । केही समय कार्यान्वयन पनि भएपछि अचानक भारतले सन्धी सम्झौताको हवाला सरकारलाई उक्त निर्णय फिर्ता लिन बाध्य बनायो । अहिले भारतीय सीमा नाकाबाट निर्वाध रुपमा विषादीसहितको तरकारी र फलफूल भित्रिरहेको छ । यही मेसोमा स्वयमः भारतमा… Continue reading भारतमै उठ्यो तरकारीमा विषादी मुद्दा