काठमाडौं । गत ५ वैशाखमा झापा, बिर्तामोडमा तामझामका साथ विवाह गरेको गायिका एलिना चौहान र विष्णु सापकोटाको जोडीले वार्षिकोत्सव पनि मनाउन नपाउँदै सम्बन्ध विच्छेद प्रक्रियामा पुगेको छ । बाग्लुङका विष्णु सापकोटा अष्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । प्रेम सम्बन्धमा रहेकै बेलामा पनि उनीहरूबीच ब्रेकअपको हल्ला फैलिएको थियो । तर, यो हल्लालाई बदर गर्दै उनीहरूले लगनगाँठो… Continue reading एक वर्ष पनि नपुग्दै एलिना सम्बन्ध विच्छेदमा
Category: कला / साहित्य
आजदेखि संसद बैठक बस्दै, के छन् एजेण्डा ?
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएकोछ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गर्ने छन् । अधिवशेन सुरु भएको दिन भएकाले यसअघि जस्तै दलीय आधारमा सदस्यले आफ्नो मन्तव्य राख्ने संसद सचिवालयले… Continue reading आजदेखि संसद बैठक बस्दै, के छन् एजेण्डा ?
विकास र समृद्धिको आकांक्षा पूरा गरौं : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नतर्फ अग्रसर भएमा शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले महान् शहीदहरूको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका हुन्… Continue reading विकास र समृद्धिको आकांक्षा पूरा गरौं : राष्ट्रपति
शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची के छ ?
काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा मङ्गलबार बसेको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो । बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो दिन ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने… Continue reading शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची के छ ?
नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बोलाइयो
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बोलाइएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको छ । संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक दुई दिन चल्ने समेत बताइएको छ । सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने… Continue reading नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बोलाइयो
राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ १८ गते अधिवेशन आह्वान गरेका हुन् । यसअघि सोमबार मन्त्रिपरिषद् १८ गते बैठकले बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।… Continue reading राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आह्वान
सरकारले १८ माघमा बोलायो संसद बैठक
काठमाडौं । सरकारले माघ १८ गते संसद् अधिवेशन बोलाउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले माघ १८ गते शुक्रबार १ बजेका लागि संसद् अधिवशेन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसद्को आगामी अधिवशेन माघ १८ गते बोलाउने निर्णय… Continue reading सरकारले १८ माघमा बोलायो संसद बैठक
स्ववियु चुनाव ५ चैतमा हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए। यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो ।… Continue reading स्ववियु चुनाव ५ चैतमा हुने
रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं अदालतको आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । न्यायाधीश आदेशलाई अन्तिम रुप दिने क्रममा छन् । यसै बीचमा इजलास बाहिर… Continue reading रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं अदालतको आदेश
एसईई परिक्षाको तालिका सार्वजनिक
काठमाडौं । २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।दोस्रो दिन चैत ८… Continue reading एसईई परिक्षाको तालिका सार्वजनिक
स्वस्थानी व्रत आजबाट आरम्भ
काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।… Continue reading स्वस्थानी व्रत आजबाट आरम्भ
नागरिकता विधेयकमा के के व्यवस्था थपिए ?
काठमाडौं । सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिएको छ । विधेयकमा विभिन्न कारणले बाबुको पहिचान नखुलेका सन्तानलाई नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको स्रोतले बताएको छ । नागरिकतासम्बन्धी संशोधन विधेयकमा मुख्यतया तीनवटा व्यवस्था थपिएका छन् । स्रोतका अनुसार पहिलो, कुनै सन्तानको कुनै पनि किसिमको प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको तर बाबु सम्पर्कमा छैन वा… Continue reading नागरिकता विधेयकमा के के व्यवस्था थपिए ?
राप्रपाको जलपान, पुगे प्रधानमन्त्री
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा जलपान कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरु सहभागी भएका छन् । कार्यक्रममा सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, परराष्ट्रमन्त्री आरजु राणा, नेकपा मालेका महासचिव सीपी मैनाली, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक… Continue reading राप्रपाको जलपान, पुगे प्रधानमन्त्री
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो भेटमा उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री जयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।
पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजाबाट भिडियो सन्देश जारी, के भने ?
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा १२ मिनेट लामो भिडियो सन्देश जारी गरेका छन् । बिहीबार साँझ जारी भिडियो सन्देशमा पूर्वराजा शाहले नेपाल राष्ट्रका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको स्मृति तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा देशवासीलाई शुभकामना दिएका हुन् । २७ पुसमा पृथ्वी जयन्ती पर्छ । पूर्वराजा… Continue reading पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजाबाट भिडियो सन्देश जारी, के भने ?
माओवादी केन्द्रको आगामी महाधिवेशन मंसिर २०८२ मा तोकियो
काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन विसं २०८२ साल मंसिरमा हुने भएको छ । आइतबारदेखि मंगलबारसम्म जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति तोक्नेबारे दुई धार देखिएको थियो । बैठकमा सहभागी नेताहरूमध्ये केहीले तत्काल विशेष महाधिवेशनमा जानुपर्ने मत राखेका थिए भने केहीले सुरुमा अभियानमा जाने, त्यसपछि मात्रै महाधिवेशनको मिति तय गर्ने मत राखेका थिए । यद्यपि,… Continue reading माओवादी केन्द्रको आगामी महाधिवेशन मंसिर २०८२ मा तोकियो
माओवादी केन्द्रिय समिति बैठक आज पनि बस्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सोमबारदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा सुरु भएको बैठक आज बिहान ११ बजेपछि बस्न लागेको हो । बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले उद्घाटन गर्दै राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने प्रदेशबाट रिपोर्टिङ भएको थियो । प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीका केन्द्रीय सदस्यहरूले सम्पत्ति विवरण… Continue reading माओवादी केन्द्रिय समिति बैठक आज पनि बस्ने
विभिन्न पार्टीसँग एकता गर्न माओवादीले संवाद समिति बनाउने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले माओवादी धारका पार्टीहरूसँग एकता गर्न उच्चस्तरीय संवाद समिति बनाउने भएको छ। आइतबारदेखि काठमाडौंमा सुरू केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टी एकताको सन्दर्भमा विगतबाट पाठ सिक्नुपर्ने पनि बताए। ‘विगतमा स्कुलिङ नमिल्ने पार्टीबीच पर्याप्त तयारी नगरी एकता गर्दा अपेक्षाकृत परिणाम हासिल हुन सकेन। त्यसैले… Continue reading विभिन्न पार्टीसँग एकता गर्न माओवादीले संवाद समिति बनाउने
यी हुन् रास्वपा केन्द्रीय समिति बैठकका निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनको समिक्षा प्रतिवेदन पारित गरेको छ । आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले सो प्रतिवेदन पारित गरेको हो । शनिबार र आइतबार काठमाडौंको स्वयम्भूस्थित स्टार ब्यांक्वेटमा भएको समितिको बैठक बसेको थियो । बैठकमा कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्लेले समसामयिक राजनीति र पार्टीका गतिविधिबारे जानकारी गाएका थिए। बैठकमा सभापति… Continue reading यी हुन् रास्वपा केन्द्रीय समिति बैठकका निर्णय
सर्वेन्द्र खनालद्धारा एमाले परित्यागको घोषणा
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’ आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका… Continue reading सर्वेन्द्र खनालद्धारा एमाले परित्यागको घोषणा
रास्वपा केन्द्रिय समिति बैठक आजबाट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ । शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । आजको बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना,… Continue reading रास्वपा केन्द्रिय समिति बैठक आजबाट
बालगायक सचिन परियारको निधन, प्रधानमन्त्रीले दिए श्रद्धान्जली
काठमाडौं । चर्चित बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान १०स्४५ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ । १५ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन… Continue reading बालगायक सचिन परियारको निधन, प्रधानमन्त्रीले दिए श्रद्धान्जली
सन् २०२४ मा नेपालमा प्रेस स्वतन्त्रता हननका ६० घटना
काठमाडौं । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ । यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना भएकोमा २०२३ मा यस्तो घटना ५८ रहेको नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखाको अभिलेखमा उल्लेख छ । अनुगमन शाखाका अनुसार यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना हुँदा ३४ जना महिला र १ सय १३… Continue reading सन् २०२४ मा नेपालमा प्रेस स्वतन्त्रता हननका ६० घटना
नयाँ पार्टी खोल्दै भीम रावल, बुधबार पत्रकार सम्मेलन
काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावल नयाँ पार्टी घोषणाको निष्कर्षमा पुगेका छन् । उनले बुधबार पत्रकार सम्मेलन आह्वान गरेका छन् । उनले पार्टी घोषणासँगै झापाबाट देशदौडाहा थाल्ने तयारी समेत गरेका छन् । देशदौडाहा पार्टी निर्माणको गृहकार्यका निम्ति हुने समेत बताइएको छ । बुधबारको पत्रकार सम्मेलनमा एमालेबाट भएको अन्यायपूर्ण व्यवहार उजागर हुने समेत… Continue reading नयाँ पार्टी खोल्दै भीम रावल, बुधबार पत्रकार सम्मेलन
तमु ल्होसारमा राष्ट्रपतिको सन्देश : राष्ट्रिय एकता बलियो होस
काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् । राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै… Continue reading तमु ल्होसारमा राष्ट्रपतिको सन्देश : राष्ट्रिय एकता बलियो होस
यस्तो रह्यो त्रिविको दिक्षान्त समारोह (फोटो फिचर)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरेको छ । यो स्वर्ण समारोह प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मनाइएको हो । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना… Continue reading यस्तो रह्यो त्रिविको दिक्षान्त समारोह (फोटो फिचर)
त्रिविको ५० औं दीक्षान्त समारोह आज, १४ हजार विद्यार्थी सहभागी हुँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोह शनिबार हुँदैछ। ५० औं दीक्षान्त समारोहलाई त्रिभुवन विश्वविद्यालयले स्वर्ण महोत्सवका रूपमा पनि मनाउँदैछ। दीक्षान्त समारोह र स्वर्ण महोत्सवका अवसरमा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष समारोह हुँदैछ। समारोहमा यसपालि १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुने समारोहका उपाध्यक्ष एवम्… Continue reading त्रिविको ५० औं दीक्षान्त समारोह आज, १४ हजार विद्यार्थी सहभागी हुँदै
एसईई परीक्षाको फारम खुला
काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबारदेखि फारम खुलाएको हो । यसका लागि एक महिनाको समय दिएको छ । पुस १२ देखि माघ १२ गते भित्र फारम भरिसक्न कार्यालले भनेको छ । परीक्षार्थीले ५ सय दस्तुर तिरेर फारम भर्नसक्ने छन् । फारम भर्न रजिस्ट्रेसनको… Continue reading एसईई परीक्षाको फारम खुला
रास्वपाको बिस्तारित केन्द्रिय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले १९ देखि २१ पुससम्म बस्ने गरी केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको हो । सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र हरिचन्द्र भट्टराई मनोनीत गरिएको छ । साथै, संगठन विभागमा धर्म केसी, गोपाल घिमिरे… Continue reading रास्वपाको बिस्तारित केन्द्रिय समिति बैठक बस्दै
लोकप्रिय भारतीय गायक सोनु निगम काठमाडौंमा
काठमाडौं । भारतका प्रसिद्ध गायक सोनु निगम आज यहाँको हायात चौरमा हुने साङ्गीतिक कार्यक्रमका लागि काठमाडौँ आएका छन् । ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी काठमाडौँ आएका हुन् । उनी एयरइन्डियाको विमानमार्फत आज दिउँसो काठमाडौँ आएका हुन् । उनको १९ सदस्यीय साङ्गीतिक समूह ब्यान्ड मेम्बर भने आज बिहानै आएका थिए।… Continue reading लोकप्रिय भारतीय गायक सोनु निगम काठमाडौंमा