एक नारायण अर्याल बने मूख्यसचिव

काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण भोलि शुक्रबार अवकाश पाउँदैछिन् । गड्तौला १० साउनमा मुख्यसचिव नियुक्त भएकी थिइन् । भोलि शुक्रबार नवनियुक्त मुख्यसचिव अर्याललाई पद हस्तान्तरण गरेर सिंहदरबारबाट बिदा… Continue reading एक नारायण अर्याल बने मूख्यसचिव

टीआरसी विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणित गरेका छन् । संघीय संसद्को दुवै सदनबाट पारित भएको विधेयक पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् । यससँगै अब उक्त ऐन कार्यान्वयनमा जानेछ । ऐन अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोग गठनको बाटो खुलेको छ… Continue reading टीआरसी विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

प्रचण्डले संयम गुमाए : एमाले

काठमाडौं । नेकपा एमालेले प्रतिपक्षी दलको नेताले संयमता गुमाएको बताएको छ । आफ्नो असन्तुष्टि पोख्न समाजलाई उत्तेजित नबनाउन समेत एमालेले आग्रह गरेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकमा सरकारको काम कारबाही र माओवादी अध्यक्ष प्रचण्डले मंगलबार संसदमा गरेको सम्बोधनबारे छलफल भएको थियो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सरकार गठनसँगै सकारात्मक आशा र भरोसा… Continue reading प्रचण्डले संयम गुमाए : एमाले

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका कार्यसूची तय गरेको थियो । सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी… Continue reading एमाले सचिवालय बैठक आज बस्दै

कांग्रेस सभापति देउवाले पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ । केन्द्रीय समिति बैठकमा पेस भएका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा बिहान नौ बजे बोलाइएको छ । सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा… Continue reading कांग्रेस सभापति देउवाले पदाधिकारीसँग छलफल गर्दै

प्रधान सेनापतिमा सिग्देल नियुक्त

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधान सेनापतिमा नियुक्त गरेका राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ। २४ भदौदेखि लागू हुने गरी नियुक्त गरिएको हो। प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदैछ ।

‘हेर्ने कथा’ले सार्वजनिक गरेका पात्र प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्रीको पहल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङको नागरिकता चाँडो बनाउनेगरी सहजीकरण गर्न गृहसचिवलाई निर्देशन दिएका छन्। गृहसचिव एकनारायण अर्याललाई मंगलबार राति बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले प्रकाशको नागरितकता बनाउन निर्देशन दिएका हुन्। यसबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी पनि दिएका छन्। उनले आफूले प्रकाशलाई टेलिफोन गरी बुझ्दा पहिलो प्राथमिकता नागरिकता नै रहेको बुझेपछि तत्काल गृहसचिवलाई… Continue reading ‘हेर्ने कथा’ले सार्वजनिक गरेका पात्र प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्रीको पहल

नेकपा समाजवादीमा राम कुमारी झाक्री पराजित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनमा राम कुमारी झाँक्री पराजित भएकी छिन् । उनी महिला उपाध्यक्ष पदमा हारेकी हुन् । यस पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार सर्वसहमत चुनिएका थिए । महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनले अर्की प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई हराइन् । मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भए… Continue reading नेकपा समाजवादीमा राम कुमारी झाक्री पराजित

रास्वपाले राष्ट्रिय भेला गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेला तयारीका लागि १४ वटा उपसमिति गठन गरेको छ । केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले १ र २ असोजमा काठमाडौंमा हुने पहिलो राष्ट्रिय भेलाको व्यवस्थापनका लागि उपसमिति बनाएको हो । प्रतिनिधि, रजिष्ट्रेसन व्यवस्थापन, स्रोत व्यवस्थापन, यातायात तथा आवास, सुरक्षा तथा कानुन, स्वयंसेवक व्यवस्थापन, अडियो भिजुअल व्यवस्थापन, क्याटरिङ व्यवस्थापन,… Continue reading रास्वपाले राष्ट्रिय भेला गर्दै

गौरा पर्व आज, सुदूरपश्चिममा धुमधामले मनाइदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ । दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि… Continue reading गौरा पर्व आज, सुदूरपश्चिममा धुमधामले मनाइदै

रास्वपाले आत्मनिर्भर नेपाल अभियान सुरु गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दैछ । अभियानको आज दिउँसो १ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच आरम्भ हुनेछ । पार्टीको केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन विभाग, उद्योग तथा बाणिज्य विभाग, उत्पादन प्रवद्र्धन विभाग, कृषि विभाग र अनुसन्धान तथा अभिलेखीकरण विभागको संयोजनमा रास्वपाले ‘अबको राजनीति आर्थिक समृद्धिका लागि’ भन्दै… Continue reading रास्वपाले आत्मनिर्भर नेपाल अभियान सुरु गर्ने

योगी पाइलट बाबाको निधन, को हुन् उनी ?

काठमाडौं । योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिँउसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा. अनिल मिश्लेलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । डा. मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । ८६ वर्षका उनी लामो समयदेखि… Continue reading योगी पाइलट बाबाको निधन, को हुन् उनी ?

आज गाइजात्रा, बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँंदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन… Continue reading आज गाइजात्रा, बागमती प्रदेशमा सार्वजनिक बिदा

आज जनै पूर्णिमा र रक्षा बन्धन, विश्वभर नेपालीले मनाउँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ । शासन सत्तामा रहेका वा राज्य सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तिहरुले आज दिउँसो साढे १ बजेपछि मात्रै जनै फेर्नुपर्ने, डोरो बाँध्नुपर्ने र अन्यलाई साइत हेर्न नपर्ने नेपाल पञ्चाङ्ग… Continue reading आज जनै पूर्णिमा र रक्षा बन्धन, विश्वभर नेपालीले मनाउँदै

प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा सरकारले गरिरहेका काम र गर्नुपर्ने कामका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘आज शनिबार १ नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नुपर्ने… Continue reading प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच भेट, के भयो कुराकानी ?

टीआरसी विधेयकले सबैलाई न्याय गर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यतालाई बोकेको बताएका छन् । बुधबार प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन माथिको छलफलमा बोल्दै उनले यो विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले स्वागत गर्ने विश्वास व्यक्त… Continue reading टीआरसी विधेयकले सबैलाई न्याय गर्छ : देउवा

प्रतिनिधिसभाबाट पारित भयो टिआरसी विधेयक

काठमाडौं । सङ्क्रमणकालिन न्याय सम्बन्धि टिआरसि विधेयक संसदबाट पास भएको छ । कानुन, न्याय तथा संसदिय मामिला मन्त्री अजय कुमार चौरसियाले प्रस्तुत गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन,२०७१ लाई संसोधन गर्न बनेको विधेयकलाई सभाले पारित भएको हो । अबको १० दिन भित्र विधेयकलाई कानुनको रुप दिने तयारी सरकारको छ ।… Continue reading प्रतिनिधिसभाबाट पारित भयो टिआरसी विधेयक

सांसद बोल्दाबोल्दै माइक काटिएपछि सभामुख विरुद्ध विपक्षी एकमत, त्यसपछि हंगामा

काठमाडौं । सांसदले विशेष समयमा बोल्दाबोल्दै माइक काटिएपछि प्रतिनिधि सभामा सभामुखविरुद्ध विपक्षी दलका सांसद एकजुट भएका छन् । त्यसपछि सभाुमख देवराज घिमिरे निर्णय फेर्न बाध्य भएका छन् । सभामुख र विपक्षी दलका सांसदबीच झण्डै आधा घण्टा वादविवाद भयो । सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको माइक काटेका थिए… Continue reading सांसद बोल्दाबोल्दै माइक काटिएपछि सभामुख विरुद्ध विपक्षी एकमत, त्यसपछि हंगामा

नेपथ्यको सुरमा झुल्दै अमेरिका

काठमाडौं । अमेरिका भ्रमणमा रहेको लोकरक ब्यान्ड ‘नेपथ्य’ ले क्यालिफोर्निया राज्यमा आफ्नो दोस्रो प्रस्तुति दिएको छ । ब्यान्ड सानफ्रान्सिस्कोको प्रसिद्ध ‘वारफिल्ड हल’ मा दोस्रो पटक प्रस्तुत भएको हो । ‘नेपथ्य’ ले आठ वर्षअघि उक्त हलमा प्रस्तुति दिएको थियो । गायक अमृत गुरुङले ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट प्रस्तुति सुरु गरेका थिए । कार्यक्रममा ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते… Continue reading नेपथ्यको सुरमा झुल्दै अमेरिका

उपनिर्वाचन मंसिरमा गर्न आयोगको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबिच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे सोमबार छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मङ्सिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री ओलीले जाडो समय… Continue reading उपनिर्वाचन मंसिरमा गर्न आयोगको सुझाव

आज अन्तर्राष्ट्रिय युवा दिवस, विश्वभर मनाईंदै

काठमाडौं । २५ औं अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइँदै छ । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागितामा मूल समारोह हुँदै छ । त्यसअघि… Continue reading आज अन्तर्राष्ट्रिय युवा दिवस, विश्वभर मनाईंदै

गायक प्रकाश तिमिल्सिना मृत फेला

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । उनी ललितपुर महानगरपालिका १८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरीले जनाएको छ । तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको… Continue reading गायक प्रकाश तिमिल्सिना मृत फेला

नेपाली र हिन्दी मिश्रित गीत अमेरिकाको टाइम्स स्क्वायरबाट सार्वजनिक

काठमाडौं । नेपाली र हिन्दी भाषा मिश्रित म्युजिक भिडियो झ्याइँ न्यूयोर्कको टाइम्स स्क्वायरबाट सार्वजनिक गरिएको छ । दुई ठूला स्क्रिन नास्दग र मिडटाउनबाट शनिबार उक्त म्युजिक भिडियो सार्वजनिक गरियो । अमेरिकी प्रडक्सन कम्पनी ‘एटमुन’ले नेपाली कलाकार र बलिउडका चर्चित प्रोडक्सन टिमसँगको सहकार्यमा बनाएको म्युजिक भिडियो निर्माणमा करिब १० करोड रुपैयाँ खर्च गरिएको छ । यो… Continue reading नेपाली र हिन्दी मिश्रित गीत अमेरिकाको टाइम्स स्क्वायरबाट सार्वजनिक

कोशी र कर्णाली प्रदेशमा आज किन दिइयो सार्वजनिक बिदा ?

काठमाडौं । कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन् । कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा २५ साउनमा प्रदेशमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी… Continue reading कोशी र कर्णाली प्रदेशमा आज किन दिइयो सार्वजनिक बिदा ?

आज नागपञ्चमी, के छ महत्व ?

काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ… Continue reading आज नागपञ्चमी, के छ महत्व ?

शीर्ष नेतालाई बुझाइयो सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन हस्तान्तरण गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,… Continue reading शीर्ष नेतालाई बुझाइयो सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन

टीआरसी विधेयक टुंग्याउन गठित कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाउँदै छ । प्रधानमन्त्री ओलीको सचिवालयअनुसार बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा कार्यदलले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाउन लागेको हो । यद्यपी, कार्यदलले गत बिहीबार सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरुबिच सहमति जुटाइसकेको छ । उक्त सहमतिको प्रतिवेदन आज… Continue reading टीआरसी विधेयक टुंग्याउन गठित कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

कांग्रेस कार्य सम्पादन समितिको बैठक आजबाट, के छन् एजेण्डा ?

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आजबाट सुरु हुने भएको छ । बैठक सानेपास्थित कार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने कांग्रेस सचिवालयले जनाएको छ । बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ । फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने गरी निर्णय गरेको थियो ।

नेपाली दूतावासले भन्यो : बंगलादेशमा सबै नेपाली सतर्क रहनु

काठमाडौं । बंगलादेशमा आरक्षण विरोधी आन्दोलन पुनस् चर्किएर हिंसात्मक बन्न थालेपछि ढाकास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन भनेको छ । दूतावासले सोमबार एक सूचना जारी गरेर नेपाली विद्यार्थीलाई आफू बसेको ठाउँमा सुरक्षित रहन अनुरोध गरेको हो । आरक्षण विरोधी आन्दोलन हिंसात्मक बन्न थालेपछि अहिले बंगलादेश सरकारले कर्फ्यू आदेश जारी गरेको छ ।… Continue reading नेपाली दूतावासले भन्यो : बंगलादेशमा सबै नेपाली सतर्क रहनु

यथार्थवादी उपन्यास–रोबोट जर्ज

बी.के. नेवा, न्युयोर्क गीता खत्री नेपाली साहित्यमा चर्चित नाम हो । उहाँ आख्यानकार, कवि, गजलकार, गीतकार, नियात्राकार, नाटककार, सम्पादक हुँदै अब एक सफल उपन्यासकार बन्नु भएको छ ।उहाँको पहिलो उपन्यास रोबोट जर्ज पाठकसामु आएको छ । विज्ञान र प्रविधिले मानिसको जीवनमा पारेको प्रभावसहित आजको सामाजिक यथार्थवादका साथै यौन मनोवादमा आधारित यो उपन्यायले पाठकलाई भरपुर तिर्खा… Continue reading यथार्थवादी उपन्यास–रोबोट जर्ज