नयाँ गठबन्धनबाट तीन मन्त्रीले लिए सपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेसँगै तीन जना मन्त्रीले सपथ लिएका छन् । प्रधानमन्त्री दाहालले बहालवाला सबै मन्त्रीलाई बर्खास्त गरेका छन् । उनले सबै मन्त्रालयको जिम्मा आफैं लिएका छन् । सोमबार विहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ताा सहकार्य गर्ने सहमति भएपछि प्रधानमन्त्रीले बहालवाला सबै… Continue reading नयाँ गठबन्धनबाट तीन मन्त्रीले लिए सपथ

गठबन्धन फेरियो, आजै मन्त्रिहरु परिवर्तन हुने

काठमाडौं । काग्रेस–माओवादीसहितको सत्तारुढ गठबन्धन टुटेको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अब एमाले सहितका दलको समर्थनमा सत्ता चलाउने भएका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरणको प्रस्ताव राखेका थिए । त्यसमा एमाले, रास्वपा लगायतका दलहरु सहमत भएका छन् । यसका लागि उनीहरुले आज पार्टी भित्र आन्तरिक छलफल गरेका थिए ।… Continue reading गठबन्धन फेरियो, आजै मन्त्रिहरु परिवर्तन हुने

एक्कासी बढ्दो राजनीतिक सरगर्मी, प्रधानमन्त्री निवास पुगे देउवा

काठमाडौं । सोमबार बिहानैबाट राजनीतिक सरगर्मी बढेको छ । गठबन्धनमा खटपट आएको संकेतसँगै माओवादीप्रति एमाले लचक बनेको छ । यसबाट कांग्रेस शसंकित बन्दा गठबन्धन फेरिने सम्भावना समेत बढेको छ । आज गठबन्धनको बैठक बिहान ७ बजे बालुवाटरमा बोलाइएको थियो । तर, बैठक स्थगित भएको छ । तर, प्रमुख प्रतिपक्षी दलहरु एमाले र रास्वपाले आकस्मिक रुपमा… Continue reading एक्कासी बढ्दो राजनीतिक सरगर्मी, प्रधानमन्त्री निवास पुगे देउवा

रास्वपा सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक बसिरहेको छ । सोमबार बिहानैदेखि पार्टी सचिवालयको बैठक जारी रहेको उपसभापति डोलप्रसाद अर्याललाईं उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले नयाँ मोड लिने देखिएको छ । उता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा… Continue reading रास्वपा सचिवालय बैठक जारी

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदलाई सपथ खुवाइदै

काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सदस्यलाई आज शपथ खुवाइदैछ । पूर्व निर्धारित कार्यक्रम अनुसार गत माघ ११ गते निर्वाचित भएका १९ जना सदस्यको आज पद तथा गोपनीयताको शपथ कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । शपथ कार्यक्रम बिहान साढे ११ बजे संसद भवनको लहोत्से हलमा हुनेछ । उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा… Continue reading राष्ट्रिय सभाका नवनिर्वाचित सांसदलाई सपथ खुवाइदै

टीआरसी विधेयक आज टुंगिएला ?

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न कानुन समितिको बैठक आज बोलाइएको छ । बैठक बिहान ७ः४५ बजे सिंहदरबारमा बोलाइएको छ । आजको बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको मस्यौदा प्रतिवेदन पास गर्ने तयारी छ । विधेयकको मस्यौदा प्रतिवेदनका… Continue reading टीआरसी विधेयक आज टुंगिएला ?

एमाले सचिवालय बैठक जारी, सत्ता गठबन्धन बैठक स्थगित

काठमाडौं । नेकपा एमालेले आकस्मिक रुपमा सचिवालयल बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बैठक जारी रहेको नेताहरुले बताएका छन् । सत्ता गठबन्धनमा समस्या आएको र नयाँ समिकरणमा जानु पर्ने बाध्यता आएको संकेत नेताहरुले बताउन थालिसकेका छन् । यसमा एमालेले आकस्मिक रुपमा बोलाएको सचिवालय बैठकलाई महत्वपूर्ण मानिएको छ… Continue reading एमाले सचिवालय बैठक जारी, सत्ता गठबन्धन बैठक स्थगित

काठमाडौंका भित्तामा अब चित्र कोरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्ताहरुमा चित्र कोर्ने भएको छ । सार्वजनिक स्थलमा सुन्दरतासँगै ऐतिहासिक, सांस्कृतिक तथा जानकारीमूलक चित्रहरु बनाउने महानगरले जनाएको छ । जसका लागि महानगरले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता समेत गरेको छ । महानगरको सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्लेले सम्झौता पत्रमा हस्ताक्षर… Continue reading काठमाडौंका भित्तामा अब चित्र कोरिने

संगितकार आचार्यको शव श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान परिसरमा राखिँदै

काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा राखिँदैछ । बिहान ९ बजेदेखि परिसरमा राख्ने र आजै अन्तिम संस्कार गर्ने परिवार स्रोतले जनाएको छ । आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतासहितले श्रद्धाञ्जली व्यक्त गरेका छन् । १९९९ साल असोज १६ मा धनकुटामा… Continue reading संगितकार आचार्यको शव श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान परिसरमा राखिँदै

भजन शिरोमणी भक्तराज आचार्य रहेनन्

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणीको रुपमा प्रसिद्ध ८२ वर्षिय संगीतकार आचार्यको सोमबार अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको हो । कालजयी गीतका गायक तथा संगीतकार भक्तराज आचार्य ३० वर्षदेखि क्यान्सरसँग जुधिरहेका थिए । यस अवधिमा उनले ठोस खानेकुरा समेत खान पाएका थिएनन् । उनले दूध जस्ता… Continue reading भजन शिरोमणी भक्तराज आचार्य रहेनन्

पशुपतिको जग्गा खोज्न समिति गठन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न समिति गठन भएको छ । सरकारले पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति गठन गरेको हो ।संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मन्त्री स्तररीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोज्न समिति बनाएको हो । मन्त्रालयले आइतबार गठन गरेको समितिको सदस्यमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति… Continue reading पशुपतिको जग्गा खोज्न समिति गठन

अमेरिकामा मिथिला महोत्सव अमेरिका २०२४ हुने

अमित शाह, न्युयोर्क । मिथिला सेन्टर युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका (Mithila Festival USA with Art & Culture Celebration) २०२४ आगामी अप्रिल महिनाको १४ देखि २० तारिखसम्म अमेरीकाको न्यूयोर्क सहरमा आयोजना गरिने भएको छ । आयोजकको घोषणा;मिथिला कला र संस्कृतिको प्रवर्द्धन र प्रदर्शन गरनुका साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (United Nations… Continue reading अमेरिकामा मिथिला महोत्सव अमेरिका २०२४ हुने

कांग्रेस महासमिति बैठक आज सकिँदै, के आउला निष्कर्ष ?

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठक आज समापन हँदैछ । आज छलफलबाट प्राप्त सुझाव प्रस्तुत गर्ने कार्यक्रम छ । छलफलबाट प्राप्त सुझाव प्रस्तुत भएसँगै ७ गतेदेखि सुरु भएको बैठक आज समापन हुने छ । महासमिति बैठकको अन्तिम दिन बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्दैछन् । आजै… Continue reading कांग्रेस महासमिति बैठक आज सकिँदै, के आउला निष्कर्ष ?

कांग्रेस महासमिति बैठक : आजबाट प्रतिवेदनहरुमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आज प्रतिवेदनहरुमा छलफल हुँदै छ । सोमवारबाट ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठक बिहान ९ बजे बस्दै छ । अघिल्लो बैठकमा पेस भएका प्रतिवेदनमाथि आज छलफल हुनेछ । बुधवार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्री गगनकुमार थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रतिवेदन र कांग्रेस प्रवक्ता डा.… Continue reading कांग्रेस महासमिति बैठक : आजबाट प्रतिवेदनहरुमा छलफल

ललिता निवासको सरकारी जग्गा एक साता भित्र खाली गर्न महानगरको उर्दी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना निकालेर ललिता निवासको सरकारी जग्गा एक हप्ताभित्र खाली गर्न भनेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत् अदालतको फैसलाद्वारा सरकारको नाममा फिर्ता आएको ललिता निवासमा बनेका संरचना हटाउन महानगरले सूचना जारी गरेको हो। ‘काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास… Continue reading ललिता निवासको सरकारी जग्गा एक साता भित्र खाली गर्न महानगरको उर्दी

कांग्रेसले एक्लै चुनाव लड्नु पर्ने गगन थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरुमा एक्लै चुनाव लड्ने प्रस्ताव गरेका छन् । ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गर्दै उनले कांग्रेसको समर्थक र शुभेच्छुकमा पार्टीप्रतिको भरोसा टुट्न नदिन आवधिक निर्वाचनहरुमा रुख चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने प्रस्ताव राखेका हुन् । ‘निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक… Continue reading कांग्रेसले एक्लै चुनाव लड्नु पर्ने गगन थापाको प्रस्ताव

सुरु भयो कांग्रेस महासमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरे । महासमितिको बैठक आजदेखि १० गतेसम्म चल्ने छ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन… Continue reading सुरु भयो कांग्रेस महासमिति बैठक

त्रिवि उपकुलपतिमा ३ जनाको नाम सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। प्रा. डा चित्रबहादुर बुढाथोकी, प्रा. डा. केशरजंग बराल र प्रा डा. टंकनाथ धमलाको नाम उपकुलपतिका लागि सिफारिस भएको हो। सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले नाम सिफारिस गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। उपकुलपतिका… Continue reading त्रिवि उपकुलपतिमा ३ जनाको नाम सिफारिस

कर्णाली प्रदेश कमिटीमा रास्वपाको एक्सन, गर्यो विघटन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशअन्तर्गतका सम्पूर्ण पार्टी कमिटी विघटन गरेको छ। आइतबार साँझ बसेको पार्टी सचिवालयको बैठकले कर्णाली प्रदेशको संगठनका गतिविधिका बारेमा गहन समीक्षा गरेको रास्वपाले जनाएको छ। ‘यस क्षेत्रमा विशेष अभियानको आवश्यकता रहेको निष्कर्षका साथ कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी कर्णाली प्रदेशमा तीन महिने कर्णाली… Continue reading कर्णाली प्रदेश कमिटीमा रास्वपाको एक्सन, गर्यो विघटन

आज प्रजातन्त्र दिवस, सरकारले दियो सार्वजनिक बिदा

Photo courtesy: Prime Minister's Secretariat

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक संघसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागिता रहनेछ । सेनाको हेलिकोप्टरबाट… Continue reading आज प्रजातन्त्र दिवस, सरकारले दियो सार्वजनिक बिदा

मधेश प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । ९ माघमा जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन । विश्वासको मत लिने प्रयोजनका लायिग आज दिउँसो २ बजे मधेश प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री यादवले… Continue reading मधेश प्रदेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुने भएको छ । बैठक ११ बजेका लागि बोलाइएको छ । यसअघि २४ माघमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ६ फागुनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी गराएका थिए । त्यसका लागि उनले फागुन २ गते दिउँसो ३ बजेभित्र संसद सचिवालयमा लिखित प्रश्न… Continue reading प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

सरस्वती पूजामा राष्ट्रपतिको सन्देश: नवीन खोजमा प्रेरित गरोस

तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रूपमा रहेको बताएका छन्। सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै उनले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्ने बताए। सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रुपमा पुजिने बताउँदै… Continue reading सरस्वती पूजामा राष्ट्रपतिको सन्देश: नवीन खोजमा प्रेरित गरोस

बसन्ती राईको नेतृत्वमा नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिका

न्यूयोर्क । नेपाली अमेरिकन कलाकार संघ, नर्थ अमेरिकाले ५ औं अधिवेशन गत फेब्रुवरी १० शनिबार न्यूयोर्कको क्विन्समा सम्पन्न गरेको छ । अधिवेशनले कलाकार बसन्ती राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यक्रमको उदघाटन तथा अधिवेशनको प्रमुख अतिथी गायक जगदिश समाल र कार्यक्रम सभापति गायिका निशा सुनारले संयुक्तरुपमा दिप प्रज्वलित गरी शुभारम्भ गरिएका… Continue reading बसन्ती राईको नेतृत्वमा नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिका

हुलाक सेवाका १६ सय ३६ दरवन्दी कटौती

काठमाडौं । सरकारले हुलाकको संगठन संरचना परिवर्तन गर्दै १६ सय ३६ दरवन्दी कटौती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘एक पालिका एक हुलाक’ कायम गर्ने र हुलाक सेवा अन्तर्गतका १ हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ । यसअनुसार अब सबै स्थानीय तहमा एउटा हुलाक कार्यालय हुने भएको छ । मन्त्रिपरिषदको निर्णयले हुलाकको… Continue reading हुलाक सेवाका १६ सय ३६ दरवन्दी कटौती

चर्चित पाकिस्तानी गायक असलम नेपाल आउने

काठमाडौं । पाकिस्तानी चर्चित गायक आतिफ असलम नेपाल आउने भएका छन् । असलमले नयाँ वर्षको पूर्वसन्ध्यामा होटल ह्यात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ । चैत ३० गते ‘आतिफ असलम लाइभ इन नेपाल’ मा प्रस्तुति दिने असलम त्यसको एक दिनअघि नै नेपाल आउँदै छन् । कार्यक्रम एमएन प्रोडक्सन र ट्यारिस इन्टरटेनमेन्टले गर्न… Continue reading चर्चित पाकिस्तानी गायक असलम नेपाल आउने

संसद बैठकमा आज शीर्ष नेताको सम्बोधन

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठकमा आज शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । बैठक आज बिहान ११ बजे बोलाइएको छ । बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ । मंगलबारदेखि बैठक सुरु भए पनि पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन् । यसैगरी आजकै बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई… Continue reading संसद बैठकमा आज शीर्ष नेताको सम्बोधन

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौं । भारतको चर्चित गायन रियालिटी शो इन्डियन आइडल सिजन १४ बाट नेपाली गायिका मेनुका पौडेल बाहिरिएकी छन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्पाल दत्त पनि बाहिरिएका छन् । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले उनको गायकीको मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई… Continue reading इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार हिउँदे अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । बैठक ढिलो बोलाइएका कारण शीर्ष नेताहरुको आज सम्बोधन नगरी आगामी २४ गतेको बैठकमा सम्बोधन गर्ने तयारी छ । यद्यपि संसद बैठकको कार्यसूची भने कार्य व्यवस्था परामर्श… Continue reading हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

संसदमा अब विद्युतीय हाजिरी

Photo : Gorakhapatra

काठमाडौं । संघीय संसदमा सांसदहरुको विद्युतीय हाजिरी हुने भएको छ । संसद सचिवालयका अनुसार यही माघ २२ गते देखि सुरू हुने हिउँदे अधिवेशनदेखि विद्युतीय हाजिरी अनिवार्य गर्न लागिएको हो । यस सम्बन्धमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी सभामुख र राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा छलफल भएको छ । संसद सचिवालयका अनुसार विद्युतीय हाजिरीका लागि… Continue reading संसदमा अब विद्युतीय हाजिरी