बीबीसी र भारत सरकारबीच बढ्दै तनाव, आयकरले हान्यो छापा

(FILES) In this file photo taken on January 24, 2023, people watch the BBC documentary "India: The Modi Question", on a screen installed at the Marine Drive junction under the direction of the district Congress committee, in Kochi. - Indian tax authorities on February 14, 2023 raided BBC's New Delhi offices a journalist at the broadcaster told AFP, weeks after it aired a documentary critical of Prime Minister Narendra Modi. (Photo by Arun CHANDRABOSE / AFP)

नयाँ दिल्ली । बीबीसीका भारतस्थित कार्यालयहरूमा एउटा अनुसन्धानका सिलसिलामा आयकर विभागका अधिकारीहरूले खानतलासी गरेका छन्। उक्त प्रसारणसंस्थाले यूकेमा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा डक्यूमेन्ट्री प्रसारण गरेको केही सातापछि उसका नयाँदिल्ली र मुम्बईस्थित कार्यालयहरूमा खानतलासी गरिएको हो। उक्त डक्यूमेन्ट्री सन् २००२ मा गुजरात राज्यमा भएका मुस्लिमविरोधी हिंसामा अहिलेका भारतीय प्रधानमन्त्रीको भूमिकामा केन्द्रित थियो।… Continue reading बीबीसी र भारत सरकारबीच बढ्दै तनाव, आयकरले हान्यो छापा

अनेरास्ववियुमा आज नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा मंगलबारदेखि जारी छ। महाधिवेशनमा सकेसम्म सर्वसम्मत तवरले अध्यक्षसहित पदाधिकारीहरू र केन्द्रीय कमिटी चयन गर्ने तयारी छ। सहमति हुन सकेन भने सम्भवत आजै निर्वाचन हुनेछ। सुनिता बराल नेतृत्वमा रहेको अनेरास्ववियुको कमिटी विघटन गरेर मंगलबार महाधिवेशनका लागि अध्यक्षमण्डलसमेत घोषणा गरिएको थियो। एमाले नेता भानुभक्त ढकालको… Continue reading अनेरास्ववियुमा आज नयाँ नेतृत्व चयन हुँदै

राष्टपति आज दाङ जाँदै, के छ कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बुधबार दाङ जाने भएकी छन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन् । नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको उद्‌घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । रु. २४… Continue reading राष्टपति आज दाङ जाँदै, के छ कार्यक्रम ?

सरकार र आन्दोलनरत महिलाहरुबीच सहमति

काठमाडौं । सरकार र माइतीघरमा धर्ना बसिरहेका महिलाहरूबीच तीन बुँदे सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मङ्गलवार गृह मन्त्रालयमा भएको छलफलपछि सरकार र धर्ना बसिरहेका महिलाहरूबीच तीन बुँदे सहमति भएको हो । सहमतिअनुसार बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउने भएको… Continue reading सरकार र आन्दोलनरत महिलाहरुबीच सहमति

राष्ट्रपतिले दिइन दिवाभोज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का नवनिर्वाचन सांसद्लाई बधाई तथा शुभकामना दिन दिवा भोजको आयोजना गरेकि छिन् । राष्ट्रपति भण्डारीले शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा दिवाभोजको आयोजना गर्नुभएको हो । दिवा भोजमा सङ्घीय संसद्का नवनिर्वाचन सदस्यको उपस्थिति थियो ।सङ्घीय संसद्का सदस्यसँगै दिवाभोज कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय… Continue reading राष्ट्रपतिले दिइन दिवाभोज

राष्ट्रपतिबाट आज संसदको संयुक्त बैठकमा सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदमा सम्बोधन गर्दैछिन् । आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ । संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले दिउँसो तीन बजे सम्बोधन गर्ने तय भएको छ । राष्ट्रपतिको कार्यकाल सकिन लागेको छ । आगामी फागुन २८ गते उनको कार्यकाल… Continue reading राष्ट्रपतिबाट आज संसदको संयुक्त बैठकमा सम्बोधन गर्ने

किन त्याग्दैछ माओवादीले ‘माओवाद’ ?

काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टीको नाम, चुनाव चिन्ह र पार्टीको संरचना बदल्ने निष्कर्षमा पुगेको छ । बिहीबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी नाम, चुनाव चिह्न र पार्टी संरचना परिवर्तनको प्रस्ताव आएसँगै माओवादीले नयाँ बहस सुरु गरेको हो । १२–२१ माघमा सम्पन्न स्थायी कमिटी बैठकबाट अनुमोदन भएको यो प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय… Continue reading किन त्याग्दैछ माओवादीले ‘माओवाद’ ?

बङ्ग्लादेशमा एकै रात दर्जनौं हिन्दु मन्दिरमा तोडफोड

Photo : hindustannewshub.com

ढाका । बङ्ग्लादेशको ठाकुरगाँव जिल्लामा सडक छेउमा बनाइएका १२ वटा मन्दिरमा तोडफोड भएको छ । मन्दिरमा भएका १४ वटा मूर्ति रातिको समयमा तोडफोड गरिएको बताइएको छ। घटना सम्बन्धमा अज्ञात आरोपितहरूविरुद्ध उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ। “फेब्रुअरी ४ तारिखको राति केही अज्ञात व्यक्तिहरूले मूर्ति तोडफोड गरेका रहेछन्। प्रहरीले यसबारे छानबिन गरिरहेको छ,” बालियाडाँगी थानाका कार्यवाहक… Continue reading बङ्ग्लादेशमा एकै रात दर्जनौं हिन्दु मन्दिरमा तोडफोड

प्रधानमन्त्रीले आज प्रमुख सचेतकहरुसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल आयोजना गरेका छन् । छलफल बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा राखिएको छ । प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रवि लामिछानेले पत्रकारलाई धाक-धम्की दिएको प्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आइतबार गरिएको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही रहेको आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको पनि महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । महासंघका महासचिव… Continue reading रवि लामिछानेले पत्रकारलाई धाक-धम्की दिएको प्रति पत्रकार महासंघको आपत्ति

गृह मन्त्रालयबारे रवि लामिछानेले दिएको अल्टिमेटम आज सकिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय दिनुपर्ने मागसहित प्रधानमन्त्रीलाई दिएको दुई दिने अल्टिमेटम आज सकिने भएको छ । तर, अहिलेसम्म यस बारे कुनै सहमति जुटिसकेको छैन । रास्वपा सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैँसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अडान छ । बिहीवार बसेको रास्वपा केन्द्रीय सदस्य र… Continue reading गृह मन्त्रालयबारे रवि लामिछानेले दिएको अल्टिमेटम आज सकिँदै

गृह मन्त्रालय विवादबारे आज माओवादीले पार्टी भित्र छलफल गर्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, गृहमन्त्रालय लगायत विषयमा छलफल हुने बताइएको छ । बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको समेत… Continue reading गृह मन्त्रालय विवादबारे आज माओवादीले पार्टी भित्र छलफल गर्दै

सरकारबाट तत्काल नबाहिरिने र गृहबारे निर्णय लिन २ दिनको अल्टिमेटम दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई २ दिनको समय दिएको छ । गृह मन्त्रालय दिन प्रधानमन्त्री तयार नभएपछि रास्वपाले सरकार छाड्ने तयारीका साथ केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठक बोलाएको थियो । बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी… Continue reading सरकारबाट तत्काल नबाहिरिने र गृहबारे निर्णय लिन २ दिनको अल्टिमेटम दिने रास्वपाको निर्णय

शहीदको सपना पुरा गर्न प्रयास गरौं : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपूर्ण, समतामूलक एवं सुसंस्कृत समाज र समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्त रूप दिन आआफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमानदारीसाथ पूरा गर्न आग्रह गरेकी छिन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो आग्रह गरेकी हुन्। शहीदको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन,… Continue reading शहीदको सपना पुरा गर्न प्रयास गरौं : राष्ट्रपति

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक अध्यक्ष बने डीपी अर्याल

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ । हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाल सभापतिको जिम्मा दिने निर्णय भएको पार्टीले जनाएको छ । अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् । कानूनी प्रक्रिया… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक अध्यक्ष बने डीपी अर्याल

एसईई परीक्षाको तालिका सार्वजनिक

फाइल तस्वीर

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि… Continue reading एसईई परीक्षाको तालिका सार्वजनिक

चितवन २ मा पुन: निर्वाचन हुने

काठमाडौं । चितवन–२ मा उपनिर्वाचन हुने भएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भई पदमुक्त भएपछि निर्वाचन आयोगले कानुनबमोजिम सो क्षेत्रमा उपनिर्वाचन गर्ने भएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुनै पनि सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम… Continue reading चितवन २ मा पुन: निर्वाचन हुने

रविको प्रतिक्रिया: म अनागरिक बनेको छु, प्रश्न नगर्नुहोस

काठमाडौं । रवि लामिछानेले सर्वोच्च अदालतको फैसलापछि पहिलो प्रतिक्रिया दिएका छन् । उनले सर्वोच्चको फैसलालाई स्वागत गर्ने बताएका छन् । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनले बताए । सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछाने गृह मन्त्रालयमै थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, ’अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’… Continue reading रविको प्रतिक्रिया: म अनागरिक बनेको छु, प्रश्न नगर्नुहोस

रविले प्रधानमन्त्रीसमक्ष बुझाए राजिनामा

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक… Continue reading रविले प्रधानमन्त्रीसमक्ष बुझाए राजिनामा

कार्यकारी पदमा पुगेपछि पहिलो पटक रवि र बालेन एउटै मञ्चमा

काठमाडौं । गृह मन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच बिहीबार छलफल भएको छ । उनीहरुबीच कार्यकारी पदमा पुगेपछि पहिलो पटक छलफल भएको हो । बालेनले गृहमन्त्री रवि लामिछानेसँग भेट गरी सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । बिहीबार दिउँसो १२ बजे गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति… Continue reading कार्यकारी पदमा पुगेपछि पहिलो पटक रवि र बालेन एउटै मञ्चमा

श्रीपञ्चमी र सरस्वती पूजा आज

काठमाडौं । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी धुमधामसहित मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाइन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्ने प्रचलन छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने… Continue reading श्रीपञ्चमी र सरस्वती पूजा आज

संघीयताविरुद्ध मन्त्रीहरुको अभिव्यत्तिप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । मन्त्रीहरुले गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिने गरेकोप्रति प्रधानमन्त्री पुष्प कमल दाहालले असन्तुष्टी जनाएका छन् । प्रचण्डले मन्त्रिपरिषदका सदस्यले संघीयता र गणतन्त्रविरुद्ध बोल्ने छुट कुनै मन्त्रीलाई नहुने बताएका छन् । कसैले बोले स्पष्टीकरण सोध्ने उनको भनाई छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीयताको अहिलेको मोडलको विपक्षमा छ । राप्रपा प्रदेशको… Continue reading संघीयताविरुद्ध मन्त्रीहरुको अभिव्यत्तिप्रति प्रधानमन्त्री असन्तुष्ट

नेपाली कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता

काठमाडौं । सरकारलाई समर्थन गरेको दल नेपाली कांग्रेले प्रमुख विपक्षी दलको मान्यता र सुविधा पाउने भएको छ । संघीय संसद सचिवालयले यस्तो निर्णय गरेको हो । सचिवालयका उपसचिव रामहरि थापाले सोमबार साँझ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेखेर यस्तो जानकारी गराएका छन् । संसद सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई लेखेको पत्र अनुसार प्रतिनिधिसभामा विपक्षी… Continue reading नेपाली कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता

राष्ट्रिय स्वतन्त्र पार्टीको उपनेता बने श्रेष्ठ, प्रमुख सचेतकमा परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल उपनेतामा विराजभक्त श्रेष्ठ बनेका छन् । आइतबार बसेको संसदीय दलको बैठकले उनलाई उपनेता बनाएको हो । प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक सन्तोष परियार बनेका छन् । परियार समानुपातिक र बिराजभक्त प्रत्यक्ष निर्वाचित सांसद हुन् । संसदीय दलको वैठकअघि रास्वपाको केन्द्रीय समिति बैठक बसेको थियो । वैठकले संगठन विस्तार कार्यविधि… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीको उपनेता बने श्रेष्ठ, प्रमुख सचेतकमा परियार

सभामुख निर्वाचित भएपछि पहिलो पटक देवराजले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच सोमबार भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भेटवार्ता भएको हो । समसामयिक विषयवस्तुमा कुराकानी भएको बताइएको छ । संसदलाई सरकारले विजनेश उपलब्ध गराउने विषयमा समेत छलफल भएको बताइएको छ । देवराज नेकपा एमालेबाट गठबन्धनका साझा उम्मेदवार हुन् । उनलाई माओवादी केन्द्र लगायत… Continue reading सभामुख निर्वाचित भएपछि पहिलो पटक देवराजले भेटे प्रधानमन्त्रीलाई

कांग्रेस पदाधिकारी बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बोलाइएको छ । सोमबार बिहान ९ः३० बजे निवास धुम्बाराहीमा बस्ने गरी सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेसमा १३ जना पदाधिकारी छन् । कोषाध्यक्ष पद रिक्त छ । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । राष्ट्रपति निर्वाचनको रणनीति र पार्टीको आन्तरिक विषयमा… Continue reading कांग्रेस पदाधिकारी बैठक आज

बीबीसीले नरेन्द्र मोदीबारे बनाएको वृत्तचित्रमा भारत सरकारले किन लगायो रोक ?

नयाँ दिल्ली । भारतको सूचना र प्रसारण मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बीबीसीले निर्माण गरेको वृत्तचित्रको पहिलो एपिसोडलाई यूट्यूब र ट्विटरमा ब्लक गर्न भनेको छ । मन्त्रालयले उक्त भिडिओको लिङ्क शेयर गर्ने ट्विटर पोस्टहरूलाई पनि हटाउन निर्देशन दिएको स्वयमः बीबीसीले जनाएको छ । इकोनोमिक टाइम्स खबरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार ‘इन्डियाः द मोदी क्वेशन’… Continue reading बीबीसीले नरेन्द्र मोदीबारे बनाएको वृत्तचित्रमा भारत सरकारले किन लगायो रोक ?

तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालय बनाउने सरकारको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतबीच छलफल भएको छ । शनिबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन् । मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक भएको भन्दै उनले यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल गर्ने बताएका हुन्… Continue reading तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालय बनाउने सरकारको प्रतिवद्धता

उपसभामुखको निर्वाचन आज

काठमाडौं । आज प्रतिनिधि सभा उपसभामुखको लागि मतदान हुने भएको छ । प्रतिनिधि सभाको आज बस्ने बैठकले उपसभामुख चयन गर्न लागिएको हो । बैठक आज दिउँसो १ बजे बोलाइएको छ । यसै बैठकमा उपसभामुख निर्वाचित गरियोस् भनन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको… Continue reading उपसभामुखको निर्वाचन आज

उपसभामुखको निर्वाचन प्रक्रिया आजदेखि

काठमाडौं । प्रतिनिधि सभा उपसभामुख चयनका लागि आजदेखि प्रक्रिया सुरु हुने भएको छ । प्रतिनिधि सभाले बिहीबार मात्रै सभामुख पाएपछि आजदेखि उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो । संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत आज उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ । मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ… Continue reading उपसभामुखको निर्वाचन प्रक्रिया आजदेखि