काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय ग¥यो । शोकका बेला सरकारले दिएको यो निर्णयको भने सामाजिक सञ्जालमा दिनभर आलोचना भयो । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका थिए ।
सरकारले कार्यालय सुरु हुने समयमा बिदा घोषणा गरेपछि कतिपय कर्मचारी बाटोबाटै घर फर्कनु परेको थियो । कतिपय सेवाग्राही लाइनमा लागेको समयमा बिना काम फर्कनु परेको छ । ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो । ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो । ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार देशभर उपनिर्वाचन हुन लागेका ४४ पदमा ४१० जनाको उम्मेदवारी परेको हो । उनीहरूमध्ये ६६ जना महिला, ३४२ जना पुरुष र अन्य दुई जना छन् ।
आयोगका अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखका लागि दुई जना महिलाको उम्मेदवारी परेको छ भने ओखलढुंगाको जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका टेकराज भट्टराईको एकल उम्मेदवारी परेको छ । त्यस्तै, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी ८ पदमा ३५ महिला र ४८ पुरूषसमेत गरी ८४ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै, गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ जना महिला, २९३ पुरुष र एक अन्य गरी ३२३ जनाको उम्मेदवारी दर्ता भएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।उनका अनुसार सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं. १ को वडा अध्यक्ष पदमा २१ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम रूकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष तथा बझाङको सुर्मा गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष पदमा ३३ जनाको मात्रै उम्मेदवारी परेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने बताए । उनले रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भए पनि सरकारले राजनीतिक प्रतिशोधकै कारण एक पछि अर्को मुद्दामा अनुसन्धान गर्ने भनेर हिरासत अवधि लम्ब्याइरहेको बताए ।
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सहकारीको रकम अनियमिततामा संलग्न कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य दिए पनि सोही अभियोगमा पक्राउ गरेर हिरासत बाहिर राखेर अनुसन्धान गर्न सकिनेमा विना प्रमाण हिरासत अवधि लम्ब्याइरहेको रास्वपाको जिकिर छ ।
‘अनुसन्धानका नाममा हिरासत अवधि लम्ब्याउनु सरकारको राजनीतिक प्रतिशोध हो’, कार्यबाहक प्रवक्ता झाले भने । रास्वपाले सभापति लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान अघि बढाउन माग गर्दै भनेको छ, ‘भविष्यमा यस्तो प्रतिशोध कसैलाई नहोस् भनेर फौजदारी कानुन प्रणाली र संरचनात्मक प्रणाली सुधार गर्न सरकारलाई आग्रह गर्छौं ।’
रास्वपाले सहकारीको वचत रकम फिर्ता गर्ने प्रक्रिया सुरु गर्न पनि सरकारसँग माग गरेको छ । सहकारीबारे छानबिन गर्न विगतमा बनेका कार्यदल तथा समितिको सुझाव कार्यान्वयन गर्न पनि उसले माग गरेको छ ।
काठमाडौं १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । ३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकासम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ ।
त्यस्तै ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ । १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । ४४ पदका लागि हुन लागेको उपनिर्वाचनका लागि ३८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
यसपटक २ जिल्ला समन्वय समिति प्रमुख, एकरएक नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले आजैदेखि लागू हुनेगरी निर्वाचन आचारसंहिता पनि जारी गरेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमाडौंमा तालमेल हुने भएको छ । शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच चुनावी तालमेलबारे सहमति भएको छ ।
सहमति अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकामा माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउनेछ भने काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादी केन्द्रले सघाउनेछ ।
काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । निर्वाचन आयोगको शनिबार बसेको आजदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, संघीय सरकार वा प्रदेश सरकारका निकाय र पदाधिकारी, स्थानीय कार्यपालिका र त्यसका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ ।
राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी र विद्यालयमहाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीको हकमा पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
यसैगरी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले आचारसंहिताको पालना गर्नुपर्नेछ ।
आचारसंहिता लागू भएको जिल्लाका निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नुरगराउनु परेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले जनाएको छ । आचारसंहिता विपरीतका काम भएरगरेको पाइएमा वा हुन सक्ने पर्याप्त आधार र कारण देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन पनि आयोगले आग्रह गरेको छ ।
यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने आयोगले जनाएको छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एकरएक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ । आजै उपनिर्वाचनका लागि मनोनयन दर्ता पनि हुँदैछ ।
काठमाडौं । पूर्णबहादुरको सारङ्गी’ले कमाईको मामलामा इतिहास रचेको छ । यो चलचित्र सर्वाधिक कमाउने घरेलु फिल्म बनेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १२ कात्तिकसम्मको कलेक्सन सार्वजनिक गरेको छ ।
फिल्मले मंगलबार मात्रै २ करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । फिल्मले बुधबार २ करोडभन्दा धेरै कमाउने प्रक्षेपण गरिएको छ । ‘कबड्डी ४’ को कमाइलाई उछिन्दै विजय बराल स्टारर फिल्मले धेरै कमाउने घरेलु फिल्मको रुपमा इतिहास रचेको हो । निर्माताले दिएको आधारमा कबड्डी ४ को कलेक्सन (२३ करोड ५० लाख) र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा (२१ करोड ३८ लाख) हो ।
टिकट बिक्रीको ट्रेन्ड हेर्दा ‘पूर्णबहादुरको सारङ्गी’को गति तत्काल रोकिने छाँटकाँट छैन । झण्डै ६ दशक लामो घरेलु फिल्मको इतिहासमा फिल्मको यो कमाइलाई अभूतपूर्व रुपमा लिइएको छ । फिल्मले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन । सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । अहिले पनि मुलुकका ४५० भन्दा धेरै शो यो फिल्मको कब्जामा छ ।
साथै, ‘पूर्णबहादुरको सारङ्गी’ एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्म समेत बन्यो । फिल्मले कात्तिक २४ गते एकैदिन ३ करोड ८९ लाख रुपैयाँ ग्रस कमाएको थियो । ‘कबड्डी ४’ को २ करोड ९० लाखको ग्रसलाई बाँसुरी फिल्म्सकै पछिल्लो सहकार्यको फिल्मले उछिनेको हो ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज , न्युयोर्क च्याप्टरले आईतवार नेभेम्बर १० अपरान्ह १२ देखि ४ सम्म महाकवि लक्ष्मी प्रसाद देवकोटा, ११६ औं लक्ष्मी जयन्ती भब्यरुपमा आयोजना गर्यो। कार्यक्रममा साहित्यकार डा. गोविन्द कोईरालाको “सानो मास्टर” उपन्यासको विवेचना गरिएको थियो। च्याप्टरकी उपासभापति जानुका वस्तीले कार्यक्रमको शुरुवात उपस्थित सहभागीहरुलाई आशंन ग्रहण गराएकी थीइन। अध्यक्ष लक्ष्मी श्रेष्ठले प्रमुख अतिथि कमला प्रसाई, डा गोबिन्द कोइराला, मंजु खनाल र शुसिल नेपाललाई खादा ओडाई ड्यासमा आशंन ग्रहण गराएकी थिइन।
ततपस्चात दिप प्रज्वलन गरिएको थियो। अनि सहभागीहरुले नेपाली र अमेरिकी राष्ट्रिय गर्न गाएका थिए। त्यसपछि च्याप्टरकी महासचिव नदिया लिवान्गले कार्यक्रममा पाल्नु हुने सबैलाई सहृदय स्वागत अभिवादन गर्नु भएको थियो। ततपस्चात सहभागी साहित्य कर्मिहरुबाट लक्ष्मी प्रसाद देवकोटाको बारे केही प्रकाश पार्ने र आफ्नो रचना प्रस्तुत गर्ने क्रम चल्यो। सर्वप्रथम बिकास बिष्टले तिलमाधव देवकोटाको छोरा लक्ष्मी प्रसाद देवकोटाले काठमाण्डुको दरवार हाईस्कुलमा पढेकोदेखि लिएर देवकोटाको अग्रेजी भाषादेखि अन्य १४-१५ बिबिध भाषाहरुमा दखल भएको बारे प्रकाश पारे। साथै बिष्टले अन्त्यमा दार्जलिंगका पुष्पन प्रधानले गाएको “पैसा होईन पासो छ परदेशमा’ साग र सिस्नो खाएर बस्नु जस्ता देवकोटा लिखित गितहरु गाएर बिदा भएका थिए।
त्यसपछि साहित्यकार रामचन्द्र अधिकारीले देवकोटाबारे आफ्नो मन्तब्य राख्दै देवकोटाको गहिरो साहित्य अनुरागको कारण उनलाई “आशु कवि” महाकवि, “पागल” समेत भनिने गरेको उल्लेख गरे। साथै देवकोटा ज्यादै भावुक र सहृदयी भएकोले आफ्नो घरमा पकाउन खरिद गरि लगेको काउली बाटोमा भोको गाईले ब्वावा गरि कराएको सुन्दा तिनै गाईलाई काउली खुवाईदिएको किस्सा ज्यादै मर्मस्पर्सी थियो। यसबाट देवकोटा मानिस मात्र नभएर पशुलाई समेत माया गर्ने कवि थिए भन्ने बुझियो।
त्यसपछि अर्का साहित्य अनुरागी बैजुले डा गोबिन्द कोइराला लगायत बिभिन् कवि साहित्यकारहरुले समाजमा रहेको बिभिन्न बिकृति र विसंगति हटाई एक उन्नतशील नेपाली समाज बनाउन लेखिएका कृतिहरु सिर्फ पढ्ने र दराजमा सजाउनेमा मात्र सिमित हुदा नेपाली समाज आजपनि बिकृति ग्रस्त रहेको प्रकाश पारे। यसै सन्दर्भमा सहभागीहरुले च्यापटरले १० बर्ष अघि १०६ औ लक्ष्मी जयन्तिको अवसरमा “परिवर्तनको बाहक छोरी” नाटक मन्चन गरि देवकोटाको जातिय विभेद अन्त्य गर्ने संदेश दिनुहुने बिकाश बिष्ट, शकुन ज्ञवाली, नदिया लिवाङ्ग लगायतलाई थपडी बजाई सम्मान गरेका थिए। बिगत् ९ बर्षदेखि असक्षम नेतृत्वको कारण साहित्यिक गतिबिधि शुन्य रहेको च्याप्टरमा हाल लक्ष्मी श्रेष्ठले च्यापटरको नेतृत्व सम्हाले पछि साहित्यिक गतिबिधि अगाडि बढेकोमा सभापतिको प्रशंसा गरे। आफ्नो तलको छोटो रचना प्रस्तुत गर्दै बिदा भए। टुक्रिन्छन शिसा अनेकन टुक्रा भई, तर ति जोडिञ्छन सबै , रशायनिक प्रक्रियाले एक ढिक्का भई । अज्ञानता र अहमताले आफ्नोलाइ, पराया ठानिदा टुक्रिन्छ मन , तर जोडिन्छन झन् दरिलो भई , भए स्वच्छ सदभाव र प्रेम।।
त्यसपछि गीतकार, गजलकार “आनन्द श्रेष्ठले “मान्छे होईन मान्छे चरी नठान्नु ” गजल प्रस्तुत गर्नु भएको थियो। समयाभावले गर्दा उनको मिठामिठा गजलहरु सुन्ने चाहना पुरा नभएको धेरैले अनुभूति गरे। अनि पछि उनको एकल कार्यकर्म राख्न पनि अनुरोध गरियो।
त्यसपछि बरिष्ठ कवियत्री तथा कार्यक्रमकी प्रमुख अतिथि कमला प्रसाईले आफु यस कार्यक्रमा सहभागी हुदा निकै गौरवान्वित भएको महशुस गरेको भन्दै अनेसास च्याप्टरको तर्फबाट डा कोइरालालाई सम्मान-पत्र प्रदान गरिएको थियो।
त्यसपछि साहित्यकार पुनम काफलेकी श्रीमान किरण काफलेले “सोनो मास्टर” आत्मा कथाको विवेचना गर्नु भएको थियो। सर्वप्रथम उनले आफु बालकह हुदा नै देवकोटाको कृति सुनेर त्यसमा रुचि बढेको उल्लेख गरे। अनि केहि कृतिहरु प्रकाश पर्दै आफ्नो मनमा शब्दहरु टास्सिएर बसेको उल्लेख गरे। जस्तो “क्षेत्रीको छोरा यो खुट्टा छुन्छ, मानिस ठुलो दिलले हुन्छ, जातले हुदैन।” “साग र सिस्नु खाएर बस्नु”
त्यसपछि बरिष्ठ कवियत्री तथा कार्यक्रमकी प्रमुख अतिथि कमला प्रसाईले आफु यस कार्यक्रमा सहभागी हुदा निकै गौरवान्वित भएको महशुस गरेको भन्दै अनेसास च्याप्टरको तर्फबाट डा कोइरालालाई सम्मान-पत्र प्रदान गरिएको थियो।
त्यसपछि साहित्यकार पुनम काफलेकी श्रीमान किरण काफलेले “सोनो मास्टर” आत्मा कथाको विवेचना गर्नु भएको थियो। सर्वप्रथम उनले आफु बालक हुदा नै देवकोटाको कृति सुनेर त्यसमा रुचि बढेको उल्लेख गरे। अनि केहि कृतिहरु प्रकाश पर्दै आफ्नो मनमा शब्दहरु टास्सिएर बसेको उल्लेख गरे। जस्तो “क्षेत्रीको छ्रो यो खुट्टा छुन्छ, मानिस ठुलो दिलले हुन्छ, जातले हुदैन।” “साग र सिस्नु खाएर बस्नु” वास्तवमा “सानो मास्टर” डा कोइराला आफै हुन्। उनि भोजपुरको गाउमा आफु स्कुलमा पढ्द्थे र साथै बच्चैदेखि पढाउन पनि थालेका थिए। सानो मस्तेर नै अहिलेका अमेरिकाको विश्व बिद्यालयमा पढाउने डा कोइराला ठुलो मास्टर हुन्। काफलेले शब्द शब्द केलाएर निकै गहन तरिकाले पुस्ताको विवेचना गरिदिए। पाठकले यो आत्म कथा पढेर आफ्नो प्रयाशलाई निरन्तरता दिन सकिने, त्रिभुवन बिस्वबिद्यालय जस्तो सस्थामा लेखक डा कोइरालाल विभेदमा परि बिदेशिन बाध्य भएको देशमा विद्यमान अनेकन विसंगति, बिकृति सुधारका लागि लेखक अनवरत रुपमा सक्रिय रहेको इत्यादि बिषयहरु काफलेले श्रोताहरुलाई ध्यान मागन पारि सुनाई दिए। उनको विवेचना निक प्रसंसित भयो।”
त्यसपछि कवि कृष्ण सिंह धामीले “सानो मास्टर” को विवेचना गरेका थिए। उनले भने, “यो पुस्तक २००९ देखि २०८१ बिचको डा कोइरालाको सांसारिक जीवनको आत्म कथा हो” लेखकले निकै ईमान्दरिका साथ् लेखिएको शिक्षाप्रद पुस्तक भएकोले पाठकले यसलाई नपढी त्यसै नथन्क्याउने बिस्वास व्यक्त गरे।
त्यसपछि कवियत्री ज्योति पौडेलले डा कोइरालालाई पठाउन भएको शुभकामना संदेश केन्द्रीय सदस्य शकुन ज्ञावालीले पढेर सुनाउनु भएको थियो। ज्ञवालीको वाचनशैली प्रभाव्कारि भएकोले निकै कर्णप्रिय लागेको थियो।
त्यसपछि शुभकामना दिन भनि ड्यासमा उभिएका राजेन्द्र श्रेष्ठले बिगतमा कवियत्रीहरुले अनेसासलाई आफ्नो बपौति बनाएको गुनासो गरे। साथै पत्रकारको पनि खेदो खाने। शायद उनको आफ्नो पालामा केही गर्न नसकेको तर अहिले अरुले केही गरेको देखी तितो पोखेको भान हुन्थियो। त्यसपछि डा कोइरालाले आफ्नो पुस्तक बारे केही चर्चा गर्नु भयो र पत्रकारले मागेको स्पष्टिकरण पनि दिनु भएको थियो। कार्यक्रममा बिभिन् साहित्य अनुरागीहरु आनन्द बिष्ट,पदमा लिखा मगर,पुनम काफ्ले, बिस्व थापा, कृष्ण सिंह धामी, अन्य धेरै सहभागीहरु हुनुहुन्थियो अन्तमा सभापति लक्ष्मी श्रेष्ठले देवकोटाको “कुन मन्दिरमा जान्छु यात्री प्रस्तुत गर्दै कार्यक्रम बिसर्जन गरिन।
काठमाडौं । २५ वर्षअघि कक्षा ११ र १२ मा भर्ना भएका र तर पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका छन् । अर्थात् २०५६ सालयताका कक्षा ११ र १२ का परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् । मौका परीक्षामा सहभागी हुन इच्छुकहरुलाई २०८१ मंसिर २७ गतेसम्म सम्बन्धित विद्यालयमार्फत परीक्षा फाराम भर्न राष्ट्रिय परीक्षा बोर्डले भनेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका वा अक्षरांकन पद्दतिमा पुरानो ग्रेडिङ प्रणालीअनुसार डी र ई ग्रेड प्राप्त गरेकाहरुले मौका परीक्षा दिन पाउनेछन् । उनका अनुसार जति विषयमा फेल भएका विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउँछन् । प्रयोगात्मक विषय मात्र बाँकी रहेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउँछन् ।
कक्षा १२ कालागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएकाले मौका परीक्षाको फारम भर्न पाउँछन् । यसैगरी कक्षा ११ का लागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकाहरुले अन्तिम एक पटकका लागि मौका परीक्षा दिन पाउँछन् । यस्ता विद्यार्थीहरुको संख्या करिब १४ लाख रहेको अनुमान छ । आवेदन फारम प्राप्त भइसकेपछि मौका परीक्षाको तालिका सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पुराना विद्यार्थीहरुको परीक्षा पुरानै पाठ्यक्रम अनुसार हुने छ ।
काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका हुन् । पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।
‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएका थिए । विसं २०६५ मा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । काठमाडौंमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुआत गर्ने परम्परासमेत अझै छ ।
काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि।सं। १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।
१० वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाए ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका उनले ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेको भनी चर्चा हुने गरेको छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । महाकवि देवकोटाले अंग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी वि.सं. १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे ।
वि.सं. २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिएका थिए ।
तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आँसु कविको क्षमता थियो भन्ने गरिएको छ । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।
चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक रूपमा पनि देवकोटा सक्रिय थिए । यसका बाबजुद पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता हो । वि.सं. २००२ मा किनेर २००४ सालमा सर्नुभएको मैतीदेवीस्थित देवकोटाको घरलाई वि.सं २०७९ असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रूपमा स्थापित गरिएको छ ।
नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटा जयन्तीका अवसरमा गत हप्तादेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ । यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ ।
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन ०८१ का लागि संयोजन समिति गठन गरेको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन केन्द्रीयसंयोजन समिति गठन गरिएको हो । सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार समितिको सदस्यहरूमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता प्रकाशसरण महत, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्य रहेका छन् । केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मालाई समितिको सदस्य सचिव तोकिएको छ ।
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ।
नेवार समुदायले मनाउने किजापूजा पनि त्यसैदिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरू हुँदैछ। मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ। यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ। कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ। आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ।
कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ। कात्तिक १६ गते शुक्रबार औँशी परेको छ। त्यसदिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ। यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ। रासस
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गरिएको जनाएको छ ।
त्यस्तै सामाजिक न्यायका मुद्दाहरुप्रति सरकारको गम्भीर ध्यानार्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिको पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत प्राधिकरणलगायत सार्वजनिक संस्थाहरु, विश्वविद्यालयसहित शिक्षण संस्थाहरु र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न र बढ्दो बजारभाउ र कालाबजारी नियन्त्रणका लागि पहल गर्न खबरदारी गरिने माओवादीको भनाइ छ ।
माओवादी केन्द्रले सहकारीपीडित, मिटरब्याज र लघुवित्त पीडितहरुको समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुई दलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिविरुद्ध खबरदारी गर्न थालेको जनाएको छ ।
कांग्रेस-एमाले गठबन्धनको सरकार गठन भएपछि सत्ताबाट बाहिरिएको ममाओवादीले पहिलोपटक सरकारविरुद्ध खबरदारी सभा गर्न लागेको हो ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको १०० दिनमा प्रतिपक्ष दलहरूले ध्यानाकर्षण गराएका थिए । भृकुटीमण्डपमा आयोजना हुने सभाअघि काठमाडौं मलबाट जुलुस निकालिने माओवादीले जनाएको छ । ११ बजेपछि त्यहाँबाट सुरु हुने जुलुसको नेतृत्व अध्यक्ष प्रचण्डले गर्नेछन् । प्रदर्शन र सभा रचनात्मक र शान्तिपूर्ण रुपमा सम्पन्न गरिने माओवादीले जनाएको छ ।
काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेश जारी हुने त्रासमा रहेका विपक्षी दलका नेताहरुले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । अध्यादेश रोकिदिन माग गर्दै शीतल निवास पुगेका विपक्षी दलका नेताहरुलाई राष्ट्रपति पौडेलले भने आइहाले बोलाएर परामर्श गर्ने आश्वासन दिएका छन् । प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २ कात्तिकमा विपक्षी दलहरुको बैठक बोलाएका थिए । त्यहाँ दलहरुले दल विभाजन सहज हुने गरी सरकारले अध्यादेश ल्याउन सक्ने आशंका व्यक्त गरेपछि सभामुख, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने निर्णय गरेका थिए ।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी र आम जनता पार्टी गरी पाँच दलले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएका थिए । भेटमा नेताहरुले दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश ल्याउन लागेको भन्दै असन्तुष्टि जनाएका थिए । प्रधानमन्त्री ओलीले अहिले कुनै दल फुटाएर एमालेमा मिलाउने आफ्नो योजना नरहेको जवाफ दिएका थिए । तर सत्ता घटक नेपाली कांग्रेसको साथ नपाएर मात्र ओली रोकिएको विपक्षीको बुझाइ छ । जुन दिन कांग्रेस सभापति शेरबहादुर देउवा तयार हुन्छन्, तत्क्षणमा दल विभाजनसम्बन्धी अध्यादेश आउने उनीहरुको विश्लेषण छ ।
राष्ट्रपति पौडेलसँग भएको भेटमा पनि विपक्षी दलका नेताहरुले सरकारले कुनै पनि बेला अध्यादेश ल्याउनसक्ने बताए । प्रधानमन्त्री ओली बाढी पहिरो प्रभावित जनताप्रति जवाफदेही नभएको र पूर्वाग्रही ढंगले काम गरिरहेको उनीहरुले बताएका छन् । कांग्रेस र एमालेले मुलुकलाई दुई पार्टी प्रणालीतर्फ लैजान लागेको भन्दै उनीहरुले यो लोकतन्त्रका लागि घातक हुने बताए ।
जवाफमा राष्ट्रपति पौडेलले भने संविधानले आफ्नो सीमा तोकेको स्मरण गराएका थिए । उनले अध्यादेश आइहाले कानुन हेरेर गर्ने समेत उनले बताए । राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पनि विपक्षी दलका नेताहरुले वर्तमान परिस्थितिबारे जानकारी दिन आफूहरू आएको बताउँदै लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको बताए ।
राष्ट्रपति पौडेलसँग भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपाका बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए ।
काठमाडौं र रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेलगतै सरकार मरेको भनेर कटाक्ष गरेका छन् । लामिछाने आक्रोस व्यक्त गर्दै सामाजिक सञ्जालमा पोष्ट राखेर यस्तो कटाक्ष गरेका हुन् । यस्तो छ रवीले फेसबुकका राखेका स्ट्याटस:
तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडीरु ‘तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ?
तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने ।
तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्नेररु तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्नेरु
यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता रकार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ।
ठिक छ,म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु । नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्।
अहिलेलाई,सरकार मर्यो हामीलाई जुठो पर्यो। तर मलाई न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।
काठमाडौं । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि बुधबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ ।
शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका व्यक्तिको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन थालिएकोे समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी बताउँछन् ।
माता दुर्गाका तीनवटा रुपमध्येका एउटा रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उनले बताए । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिन्छ ।
काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै खुसी भएका थिए । बन्दीपुरस्थित होटल हिमालय दरबारमा बसेका उनीहरुलाई होटल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए । होटलका सञ्चालक वैश गुरुङले दसैैँको टीका र जमरा लगाएपछि पर्यटकले खुसी व्यक्त गर्दै यस चाडको बारेमा सोधपुछ गरेको बताए ।
उनले भने, “नेपालीको रीतिरिवाज र कलासंस्कृतिबारे विदेशी पर्यटक उत्सुक भएको पायौ । दसैँको बारेमा सोधपुछ गरेपछि हामीले यस पर्वको बारेमा जानकारी गरायौ ।” केही दिनदेखि बन्दीपुर भ्रमणमा रहेका विदेशी पर्यटकलाई दसैँ टीका लगाएर बिदाइ गरेको उनको भनाइ छ । दसैँ सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको गुरुङले बताए । अब बन्दीपुरमा पर्यटकको चहलपहल हुने समय हो ।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मलनिवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिएका छन् । शनिबार निर्मलनिवासमा दिउँसो ४ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।
पूर्वराजाको हातबाट नायिका मनीषा कोइराला र नीति शाहले पनि टीका र जमरा लगाएका छन् । दशैंको मुख्य दिन आज मान्यजनको हातबाट शुभसाइतमा टीका लगाएका छन् भने आजकै दिनदेखि पूर्णिमाको दिनसम्म मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा छ ।
काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइदिएका छन् । आजै टीका तथा जमरा ग्रहण गर्न उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङ, सांसद सपना राजभण्डारीलगायत राष्ट्रपति कार्यालय शितलनिवास पुगेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतले पनि राष्ट्रपति पौडेलसँग टीका तथा जमरा ग्रहण गरेका थिए । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइ दिएका हुन् । राष्ट्रपति पौडेल आफूले भने ९४ वर्षीय दाजु डुण्डीराज पौडेल र गुरु पुरोहितबाट शुभ साइतमा टीका र जमरा लगाएका थिए ।
काठमाडौं । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका छन् । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिएपछि सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् । सर्वसाधारणले राष्ट्रपतिको हातबाट साँझ ५ बजेसम्म टीका लगाउने समय तोकिएको छ ।
यसअघि टीका तथा जमरा ग्रहण गर्न उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री कान्छाराम तामाङ, सांसद सपना राजभण्डारी लगायत राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा लगायतले पनि राष्ट्रपति पौडेलसँग टीका तथा जमरा ग्रहण गरेका थिए ।
राष्ट्रपति पौडेलले आज अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका र जमरा लगाइदिएपछि इच्छुक सर्वसाधारणलाई पनि टीका र जमरा लगाइदिनुहुने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत उनले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै दसैँको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृृद्धिको कामना गरेका छन् ।
“विजया दशमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु”, उनले जारी शुभकामना सन्देशमा भनिएको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा आज काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेलले समेत उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गरेकी छिन् ।
राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा लिइन्छ । यस अवसरमा देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर पुग्ने गर्छन् । बडादसैँका सन्दर्भमा आज काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ ।
काठमाडौं । आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
यस वर्ष आज एकैदिन आश्विन शुक्ल अष्टमी र नवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान पहिले आश्विन शुक्ल अष्टमीका दिन गरिने कर्म गरेर केही समयको विश्रामपछि आश्विन शुक्ल नवमीका दिन गर्ने कर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो ।
दोस्रो दिन असोज १८ गते शुक्रबार पूजास्थलमा ब्रह्मचारिणी देवी र तेस्रो दिन गत शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो । चौँथो दिन आइतबार र पाँचौँ दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । सोमबार पनि चौथी तिथि वृद्धि भएकाले दुवै दिन कुष्माण्डा देवीकै पूजाआराधना गरिएको समितिले जनाएको छ ।
यस्तै, छैटौँ दिन मङ्गलबार स्कन्दमाता, सातौँ दिन बुधबार कात्यायनी देवी, आठौँ दिन बिहीबार कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरियो । दुर्गा पक्षको आठौँ दिन आश्विन शुक्ल अष्टमीमा आज महागौरी र नवमी तिथि पनि परेकाले सिद्धिदात्री देवीको पनि विशेष पूजाआराधना गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवीस्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
यस वर्ष असोज २६ गते शनिबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका तथा प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः३६ को साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ मनाउने गर्छन् ।
मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । सिद्धिदात्रीलाई नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी भन्ने गरिन्छ । दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ ।
दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । रासस
काठमाडौं । यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङलाई प्रदान गरिएको छ । नोबेल पुरस्कार समितिले ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्शाउने उनका चरम काव्यात्मक गद्यका लागि उनलाई साहित्यतर्फको नोबेल पुरस्कार दिएको हो। उनको प्रसिद्ध भेजिटेरियन किताब नेपाली भाषामा समेत अनुवादित छ ।
काठमाडौं । आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो ।
चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासनसहित सिंहमा सवार रहने वर्णन छ । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुने बताइन्छ ।
दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस वर्ष काठमाडौं उपत्यकाका शक्तिपीठमा विशेषरुपमा सजाइएको छ । नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत शक्तिपीठमा दीपावली गरी झिलीमिली बनाएको देखिन्छ ।
सबैभन्दा पहिले एउटा काठको चौकोशमा स्कन्दमाताको प्रतिमा स्थापित गर्नुपर्दछ । त्यसपछि गंगा जल या गोमूत्रद्वारा सो चौकोशलाई शुद्धीकरण गर्नुपर्दछ । चौकोशमा चाँदी, तामा या माटोको घडामा जल भरेर त्यसमा कलश स्थापना गर्नुपर्दछ । सो चौकोशमा श्रीगणेश, वरुण, नवग्रह, षोडश मातृका (१६ देवी), सप्त घृत मातृका (सात सिन्दूरको टीका लगाएका) को स्थापना समेत गर्नुपर्दछ ।
त्यसपछि व्रत, पूजनको संकल्प लिनु पर्दछ । वैदिक एवं सप्तशती मन्त्रद्वारा स्कन्दमातासहित समस्त स्थापित देवताहरुको षोडशोपचार पूजा विधिद्वारा पूजा गर्नुपर्दछ । यसमा आवाहन, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, सौभाग्य सूत्र, चन्दन, सिंदूर, दुबो, बेलपत्र, आभूषण, पुष्प हार, सुगन्धित द्रव्य, धूप, दीप, नैवेद्य, फल, पान, दक्षिणा, आरती, प्रदक्षिणा, मन्त्र पुष्पाञ्जलि आदि गरे पश्चात प्रसाद वितरण गरी पूजा सम्पन्न गरिन्छ ।
काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन् । सरकारले उपनिर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले १० देखि १६ असोजसम्म दल दर्ताको समय दिएको थियो । त्यस अवधिमा २५ राजनीतिक दल दर्ता भएका आयोगका नारायणप्रसाद सापकोटाले जानकारी दिए । प्रमुख राजनीतिक दलहरु सबैजसो स्थानीय निर्वाचनमा भाग लिने गरी दर्ता भएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसले राहत तथा पुनः निर्माणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन कामहरु समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझावपत्र बुझाएको छ । ११ र १२ असोजको आएको वर्षाले पारेको क्षतिपछि सरकारले गर्नुपर्ने कार्यहरु उल्लेख गरेर कांग्रेसले सुझाव प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।
सभापति शेरबहादुर देउवाको नेतृत्वमा बालुवाटार पुगेर प्रधानमन्त्रीलाई गराइएको ध्यानाकर्षण पत्रमा भत्किएका संरचना तथा प्रभावित स्थानीयबासीसँग प्रत्यक्ष सम्पर्कमा त्यहाँकै नेतृत्व हुनुपर्ने उल्लेख छ । प्रभावित क्षेत्रमा पुनर्निर्माण सुरु हुने तर निर्माण सामग्रीहरुको अभाव हुनसक्ने वा बजार मूल्य चर्को हुनेतर्फ कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
उद्धार र राहतको कार्य संघीय र प्रदेश सरकारको सहजीकरणमा स्थानीय सकारहरूले नै नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरी एकद्वार प्रणाली अनुरुप हुनुपर्ने कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । आउँदो हिउँद दृष्टिगत गरेर प्रभावितलाई जतिसक्दो चाँडै आवास प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । अस्थायी आवास निर्माण गर्न चाहने नागरिकलाई अस्थायी आवास निर्माण गर्न प्रति परिवार स्थानीय वडाको सिफारिसमा स्थानीय सरकार मार्फत् नगद दिने व्यवस्था गर्नुपर्ने कांग्रेसको ध्यानाकर्षणपत्रमा लेखिएको छ ।
बालबालिकाको मनोविज्ञानमा प्राकृतिक प्रकोपले पारेको नकारात्मक असर कम गर्न ध्यानाकर्षण गराइएको छ । उद्धार र राहतको प्राथमिक चरण लगत्तै शिक्षण संस्थाहरू सञ्चालन गर्न तथा बालबालिकाहरुका लागि मनोवैज्ञानिक कक्षाहरू सञ्चालन गर्नुपर्ने कांग्रेसको सुझाव छ । कांग्रेसले घोषणा गरेको ५० लाख रुपैयाँ आइतबार प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ । पार्टीबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ र प्रति सांसद १५ दिनको पारिश्रमिक उपलब्ध गराउने कांग्रेसले निर्णय गरेको थियो ।
काठमाडौं । लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर सञ्चालन गर्दै आएको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन अब पशुपति विकास कोषले नै गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्को आइतबार बसेको बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायकसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय भएको हो ।
धर्मशाला व्यवस्थापन गर्ने अधिकार कोषलाई नै निहीत भएको भन्दै बैठकले आवश्यकता अनुसार अन्य निकायसँग पनि समन्वय गर्न सक्ने गरी बाटो खुला गरि दिएको छ । मारवाडी सेवा समितिले यसअघिको करार बदरको माग राखेर काठमाडौं जिल्ला अदालतमा कोष विरुद्ध मुद्दा दायर गरेको थियो । सोही मुद्दामा १६ असोजको फैसलामा समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले सो निर्णय गरेको हो ।बैठकमा परिषद् सदस्य समेत रहेका काठमाडौं महानगरपालिका मेयर बालेन साहको पनि उपस्थिति रहेको थियो ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । उनको सचिवालयले भनेको छ, ‘‘राष्ट्रपति रामचन्द्र पौडेलले हालै आएको बाढी पहिरो पीडितको राहतको लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने हुनुभएको छ।’’ यसैगरी उनका विज्ञ सल्लाहकारले एक हप्ताको तलब सुविधा प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। असोज ११ र १२ गतेको भारी वर्षाले मुलुकभरमा बाढी र पहिरोले ठुलो क्षति गरेको छ।