प्रत्यक्षतर्फको उम्मेदवार दर्ता आज, देशभर चुनावी माहोल

काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुने कार्यतालिका छ । आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगको भनाई छ ।… Continue reading प्रत्यक्षतर्फको उम्मेदवार दर्ता आज, देशभर चुनावी माहोल

मिनेन्द्रको निर्वाचन क्षेत्रमा सुजातालाई टिकट

काठमाडौं । कांग्रेसले नेता मिनेन्द्र रिजालको क्षेत्रमा नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ । यससँगै उनले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । २०७४ सालको निर्वाचनमा नेता मिनेन्द्र रिजाल निर्वाचित क्षेत्रबाट निर्वासिचत बनेका थिए । यस क्षेत्रमा लड्नका निम्ति रिजाल पनि दाबेदार थिए। तर पार्टी कमिटीले कोइरालालाई टिकट दिएको… Continue reading मिनेन्द्रको निर्वाचन क्षेत्रमा सुजातालाई टिकट

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आइतबार बिहान सार्वजनिक गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए । अब समानुपातिकमा पाएको मतका… Continue reading समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक

घनश्याम भुसालद्धारा एमाले परित्यागको घोषणा

काठमाडौं । एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एमाले परित्याग गरेका छन् । शनिबार फेसबुक पेजमा स्टाटस राख्दै उनले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । उनले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको घोषणा गरेका छन् । उनलाई आगामी… Continue reading घनश्याम भुसालद्धारा एमाले परित्यागको घोषणा

गठबन्धन : उपेन्द्र एमालेतर्फ लाग्दा लोसपा सत्तारुढतर्फ

काठाडौं । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएको छ । गठबन्धनमा सिट बाँडफाँटमा चित्त नबुझाएको जनता समाजवादी एमालेसँग गठबन्धन गर्न पुगेको छ । उता, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने सत्तारुढ गठबन्धनमा आएको छ । ५ पुस २०७७ को प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका बेलादेखि उपेन्द्र यादव नेतृत्वको यो समूह यो गठबन्धनमा थियो । दोस्रो विघटनपछि शेरबहादुर… Continue reading गठबन्धन : उपेन्द्र एमालेतर्फ लाग्दा लोसपा सत्तारुढतर्फ

माधव नेपाल नेतृत्वको समाजवादीले गठबन्धनमा पायो २० सीट, कहाँ को उम्मेदवार ?

काठमाडौं । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटको विवाद टुंगिएको छ । यससँगै नेकपा एकीकृत समाजवादीले समेत उम्मेदवारहरुको टुंगो लगाएको छ । यो पार्टीले २० सीट पाएको छ । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो । एकीकृत समाजवादीले पाएको भागबण्डाबाट झलनाथ खनाल इलाम–१, माधवकुमार नेपाल रौतहट–१, जगनाथ… Continue reading माधव नेपाल नेतृत्वको समाजवादीले गठबन्धनमा पायो २० सीट, कहाँ को उम्मेदवार ?

भीम रावललाई टिकट नदिएपछि एमालेमा चरम असन्तुष्टी

नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति तीव्र आलोचना गर्ने वरिष्ठ नेता भीम रावलले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट नपाएइपछि पार्टी भित्र चरम असन्तुष्टी बढेको छ । उनले टिकट नदिएको विरोधमा क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा गरेका छन् । शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै पदबाट राजीनामा दिएको जानकारी गराएका छन् । एमाले अछाम… Continue reading भीम रावललाई टिकट नदिएपछि एमालेमा चरम असन्तुष्टी

रसायन शास्त्रको नोबेल पुरस्कार तीन जनालाई

काठमाडौं । रसायनशास्त्रका लागि दिइने यस वर्षको नोबेल पुरस्कार क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई क्लिक केमिस्ट्री पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि प्रदान गर्ने घोषणा गरिएको छ। ८१ वर्षीय शार्पलेसले नोबेल पुरस्कार पाएको यो दोस्रो पटक हो। यसअघि उनले सन् २००१ मा नोबेल पुरस्कार पाएका थिए। तीनजना विजेताले एक करोड स्विडिश… Continue reading रसायन शास्त्रको नोबेल पुरस्कार तीन जनालाई

बडा दशैं शुरु, आज घटस्थापना

Source : Hamro patro

काठमाडौं । नेपालीहरुको महान पर्व बडादसैं आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश… Continue reading बडा दशैं शुरु, आज घटस्थापना

आचारसंहिताबारे आयोग र दलहरुबीच आज छलफल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिताबारे आज राजनीतिक दलबीच छलफल गर्दैछ । आयोगले छलफलका लागि पार्टीका पदाधिकारीहरूलाई आयोगमा बोलाएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाइएको हो। आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूसँग छलफल गर्न लागेको छ। छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ वटा राजनीतिक… Continue reading आचारसंहिताबारे आयोग र दलहरुबीच आज छलफल

नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा आज सुनुवाई

Gorakhapatra

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा दरर्ता भएका रिटको आज (शुक्रबार) सुनुवाइ हुने भएको छ ।राष्ट्रपतिको कदम संविधान विपरीत भन्दै बिहीबार सर्वोच्च अदालतमा पाँच वटा रिट दर्ता भएका छन् । उक्त रिटको पेसी आजका लागि तोकिएको छ । राष्ट्रपतिको यो कदम संविधान विपरीत भन्दै उक्त विधेयक प्रमाणीकरण गर्न आदेश माग गर्दै… Continue reading नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा आज सुनुवाई

अनेसास कविता महोत्सवमा ६७ कविता वाचन हुने

काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसरमा अनेसासद्वारा आयोजना गरिने कविता महोत्सव- २०२२ कालागि प्राप्त ३१८ कविता मध्ये ६७ जना सर्जकको कविता वाचनका लागि छनोट भएका छन् । २४ सेप्टेम्वर , शनिवार अमेरिकी पूर्वीय समयानुसार विहानको ९ बजे अर्थात् २४ असोज, शनिवार साँझ नेपालको ६.४५ बजेदेखि जुमका माध्यममा  हुने कार्यक्रममा सहभागी भएर प्रतियोगीले कविता वाचन… Continue reading अनेसास कविता महोत्सवमा ६७ कविता वाचन हुने

आजबाट अस्थायी मतदाताको नामावली संकलन गरिँदै

File

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने चुनावका लागि निर्वाचन आयोगले बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन थाल्दैछ । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था छ । यस्ता मतदाताले प्रदेश सभा तर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने… Continue reading आजबाट अस्थायी मतदाताको नामावली संकलन गरिँदै

राष्ट्रपतिले व्यवस्थामाथि प्रहार गर्नुभयो : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले व्यवस्थामाथि नै प्रहार गर्ने काम गरेको प्रतिक्रिया दिएका छन् । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको विधेयक राष्ट्रपतिले १५ दिनभित्र पारित गर्नुपर्ने भए पनि मंगलबार अस्वीकार गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राजनीतिक प्रणाली नै खतरामा पार्ने… Continue reading राष्ट्रपतिले व्यवस्थामाथि प्रहार गर्नुभयो : रामचन्द्र पौडेल

राष्ट्रपतिबाट संविधान विपरित नागरिकता विधेयक होल्ड, बढ्यो अन्योल

काठमाडौं । संघीय संसदले पारित गरेको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक प्रावधानको राष्ट्रपति विद्यादेवी भण्डारीबाट उल्लंघन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको उल्लंघन गर्दै नागरिकता विधेयक होल्ड गरिदिएकी छिन् । राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरेको थियो । त्यसपछि पुनः २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले… Continue reading राष्ट्रपतिबाट संविधान विपरित नागरिकता विधेयक होल्ड, बढ्यो अन्योल

४८ दलले बुझाए समानुपातिकको बन्द सूची

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । ६८ दलले निवेदन दिएकोमा ४८ ले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रतिनिधि सभामा समानुपातिल संख्या ११० रहेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्नका लागि आयोगले आइतबार र सोमबारको कार्यतालिका तय गरेको थियो ।… Continue reading ४८ दलले बुझाए समानुपातिकको बन्द सूची

ठूला दलले समानूपातिकको सूची आज बुझाउने

काठमाडौं । निर्वाचन आयोगले दिएको समय सीमा भित्र ठूला राजनीतिक दलहरुले आज समानुपातिक तर्फको बन्द सूची आयोगमा बुझाउने भएका छन् । यसअघि आइतबार दिनभर जसो पार्टीहरुका आन्तरिक बैठक चलेका थिए । ती बैठकले नेताहरुको नाम काटछाँछ गर्दै अन्तिम रुप दिएका थिए । सोही अनुसार आज नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादीसहितका दलले आज बन्दसूची बुझाउने… Continue reading ठूला दलले समानूपातिकको सूची आज बुझाउने

संविधानले नेपालीलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति

काठमाडा\रासस । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् । शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न… Continue reading संविधानले नेपालीलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति

राष्ट्रपतिबाट ९९८ जनालाई विभुषण घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । संविधान दिवसको अवसर पारेर सरकारले आज विभूषित हुनेहरूको नामावली सार्वजनिक गरिएको हो । यो पटक नेपाल रत्न स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गर्ने सरकारले घोषणा गरेको छ । राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष र… Continue reading राष्ट्रपतिबाट ९९८ जनालाई विभुषण घोषणा

समानुपातिको सूची तयार पार्न एमाले र कांग्रेस पार्टी कमिटीका बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो । शनिबार साँझ बसेको बैठकले उम्मेदवारको सूची तयार गर्न नसकेपछि पुनः आज बैठक बस्न लागेको हो । आजको बैठकले उम्मेदवारको सूची तयार गर्ने नेताहरूले बताएका छन् । शनिबारको बैठकमा सङ्घीयतर्फ ११०… Continue reading समानुपातिको सूची तयार पार्न एमाले र कांग्रेस पार्टी कमिटीका बैठक बस्दै

चोलेन्द्रलाई महाअभियोग लगाउनेबारे ५ सांसदले राखे फरक मत

काठमाडौं । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का गरी ५ सदस्य निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन गरिएको सिफारिसमा फरक मत राखेका छन् । जबराबारे छानबिन नै नसकिएकाले निर्णयमा पुग्ने आधार नभएको भन्दै ५ सांसदले लिखित रुपमै ८ बुँदे फरकमत राखेका हुन् । महाअभियोग लाग्नुपर्छ वा पर्दैन भन्नका निम्ति तथ्य यकिन हुनुपर्ने एमालेको… Continue reading चोलेन्द्रलाई महाअभियोग लगाउनेबारे ५ सांसदले राखे फरक मत

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस गरेको छ । ११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका छन् । समितिमा प्राप्त प्रमाण र जबराको वयानका आधारमा महाअभियोग सिफारिस गरिएको समितिले जनाएको छ । प्रतिवेदनमा जबराको निलम्बनको निरन्तरताको विषय समावेश छ । ‘मुद्दा… Continue reading निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस

समानुपातिकको बन्द सूची बुझाउने समय आज र भोली

काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएराती सकिएको छ । यससँगै नेपालमा नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ । आजबाट राजनीतिक दलहरुलाई समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि दलहरुले समानुपातिकतर्फको बन्दसूची असोज ३ गते भित्र बुझाइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।… Continue reading समानुपातिकको बन्द सूची बुझाउने समय आज र भोली

कथाः वान डलर प्लिज

विजयदेव खनाल, न्युयोर्क सदा झैं आज पनि त्यो बुढो मानिस चाइनिज पार्कको ब्रेन्चमा वाकर समातेर बसेको भेटियो। उसलाई नदेखे झैं गरेर तर्कन लाग्दै थिए। ‘हेल्लो फ्रेण्ड, वन डलर प्लिज,’ भनेर कराइ हाल्यो। मैले नसुने झैं पन्छन खोज्दै थिए, वाकरमा पाइला सार्दै मेरै नजिक आइपुगी हाल्यो। सदा झैं स्वचालित खल्तिबाट एक डलर निकालेर दिएँ। मुसुक्क मुस्कुराउँदै… Continue reading कथाः वान डलर प्लिज

राष्ट्रपतिबाट प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गरेकी हुन् । शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाए । शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।… Continue reading राष्ट्रपतिबाट प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

अदालतको परमादेशबाट प्रतिनिधिसभा ब्यूतिनु असंवैधानिक कदम हो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट प्रतिनिधिसभा पुनःस्थापनालाई असंवैधानिक कदम भनेका छन् । शनिबार प्रतिनिधिसभा अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारको पालामा भ्रष्टाचारसमेत बढेको बताए ।आफ्नो सरकारले गत वर्ष वैशाख १७ र २७ गते चुनाव घोषणा गर्नु प्रतिगमन नभएको पनि उनले दोहोर्‍याए । उनले भने,… Continue reading अदालतको परमादेशबाट प्रतिनिधिसभा ब्यूतिनु असंवैधानिक कदम हो : ओली

निर्वाचन आयोगको व्याख्या : प्रतिनिधिसभाको कार्यकाल १ असोजसम्म मात्र

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै रहने गरी व्याख्या गरेको छ । समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाउने समय असोज २ र ३ गतेलाई तोकिएको छ । त्यसअगावै प्रतिनिधिसभाको कार्यकाल सकिने व्‍याख्या आयोगले गरेको हो । आयोगले यसबारे संघीय संसद सचिवालयलाई पत्र लेखेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले आइतबार… Continue reading निर्वाचन आयोगको व्याख्या : प्रतिनिधिसभाको कार्यकाल १ असोजसम्म मात्र

निर्वाचनको सुरक्षामा तीन लाख सुरक्षाकर्मी खटिने

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तीन लाख सुरक्षाकर्मी खटिने भएका छन् । सरकारले निर्वाचन लक्षित सुरक्षा योजना स्वीकृत गरेको छ । आमनिर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी परिचालन हुनेछन् । सुरक्षा योजनामा सेना, प्रहरी, सशस्त्र र अनुसन्धान विभागबाट पौने २ लाख तथा म्यादीका १ लाख… Continue reading निर्वाचनको सुरक्षामा तीन लाख सुरक्षाकर्मी खटिने

समानूपातिकको बन्द सूचि पेश गर्न दलहरुलाई एक साताको समय

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिएको छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेद्वारा आज आइतबार जारी विज्ञप्तिमा सो निर्णय भएको जनाइएको हो ।निर्वाचन आयोगले बन्दसूची संशोधन गरी पेश गर्न असोज १० देखि १६ गतेसम्मको समय निर्धारण गरेको छ । उम्मेदवारको… Continue reading समानूपातिकको बन्द सूचि पेश गर्न दलहरुलाई एक साताको समय

गठबन्धनको बैठक आज पनि बस्दै, सिट बाँडफाँट अझै निस्किएन

काठमाडौं । गठबन्धनमा आवद्ध दलहरु सिट बाँडफाँट टुंग्गो लगाउन अझै असफल भएका छन् । दलहरुबीच आइतबार समेत यसबारे छलफल हुने भएको छ । कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या… Continue reading गठबन्धनको बैठक आज पनि बस्दै, सिट बाँडफाँट अझै निस्किएन