न्यूयोर्क । विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्क सहरमा सांघातिक आक्रमण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पुष्टी गरेका छन् । न्युयोर्कमा एक कार्यक्रममा बोल्ने क्रममा रुस्दीमाथि आक्रमण भएको छ । आक्रमणपछि रुस्दी भुईँमा ढलेको तस्वीर सार्वजनिक भएको छ । उनीमाथि मुड्की वा चक्कु के प्रहार गरिएको छ भन्ने बारे खुलि नसकेको समाचारमा उल्लेख छ । रुस्दी भुइँमा ढलेपछि… Continue reading विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि न्यूयोर्कमा आक्रमण
Category: कला / साहित्य
सीट बाँडफाँट गर्न गठित सत्तारुढ दलको कार्यदलको बैठक आज
काठमाडौं । आगामी निर्वाचनमा सीट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । दिउँसो २ बजे बालुवाटारमा बैठक बोलाइएको छ । कार्यदलको पहिलो बैठकले संयोजक तोक्ने काम गरेको थियो । कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई-दुई जना सदस्य छन्। कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट… Continue reading सीट बाँडफाँट गर्न गठित सत्तारुढ दलको कार्यदलको बैठक आज
३ मंसिरसम्म १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा नाम भई मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले मंगलबार मतदाताको उमेरसम्बन्धी अन्तिम मिति तय गर्दै सो निर्णय गरेको हो । मंसिर ४ गते मतदान हुँदैछ । २०७९ साउन १९ गतेसम्म… Continue reading ३ मंसिरसम्म १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने
निर्वाचन कार्यतालिका तय, असोज २३ मा उम्मेदवारी दर्ता
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तय गरेको छ । मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । आयोगको कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु… Continue reading निर्वाचन कार्यतालिका तय, असोज २३ मा उम्मेदवारी दर्ता
पहिलो दिन निर्वाचन आयोगमा ५ वटा दल दर्ता
काठमाडौं । निर्वाचन आयोगले गरेको दल दर्ताको आह्वानको पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिन उनीहरुलाई आयोगलेदल दर्ताको लागि आह्वान गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार पहिलो नम्बरमा सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ ।… Continue reading पहिलो दिन निर्वाचन आयोगमा ५ वटा दल दर्ता
उपन्यासकार लीलबहादुरलाई ‘स्वीकारोक्ति आजीवन सिद्धि’ पुरस्कार
पेन्सलभेनिया विश्व भुटानी सहित्य संगठनले स्थापना गरेको ६ लाख नेपाली रुपैयाँ नगद राशीको ‘स्वीकारोक्ति आजीवन सिद्धि’ पुरस्कार प्रथम पटक नेपाली भाषी साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको छ । जुलाई २९ देखि ३१ सम्म अमेरिकाको ह्यारिसबर्ग, पेन्सलभेनियामा आयोजित वृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान-५ कार्यक्रम उक्त पुरस्कार समर्पण गरिएको हो । प्रमुख अतिथि सिक्किमको पूर्व मुख्यमन्त्री तथा कवि… Continue reading उपन्यासकार लीलबहादुरलाई ‘स्वीकारोक्ति आजीवन सिद्धि’ पुरस्कार
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावबारे प्रतिनिधिसभामा आजबाट छलफल
काठमाडौं । अहिले निलम्बितमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे प्रतिनिधि सभाको आजको बैठकबाट छलफल शुरु हुने भएको छ । संघीय संसद सचिवालयको कार्यसूची अनुसार आइतबार बिहान ११ बस्ने बैठकमा महाभियोग प्रस्ताव पेस हुने कार्यक्रम छ । संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको सात दिन प्रतिनिधि सभामा पेस गर्न परिपक्व हुन्छ । प्रतिनिधि सभा… Continue reading प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावबारे प्रतिनिधिसभामा आजबाट छलफल
निर्वाचनलाई लक्षित गरी दल दर्ता आजबाट
काठमाडौं । आगामी प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लक्षित गरी आजबाट दल दर्ताको समय तोकिएको छ । निर्वाचन मंसिर ४ मा हुदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए । आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक… Continue reading निर्वाचनलाई लक्षित गरी दल दर्ता आजबाट
स्थगित भयो मतदाता नामावली संकलन, कति पुगे मतदाता ?
काठमाडौं । निर्वाचनको मिति घोषणा सँगै शुक्रबारबाट मतदाता नामावली संकलनको काम रोकिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चुनावको घोषणा भएपछि आजबाट मतदाता नामावली सङ्कलनको काम स्थगित भएको हो । अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाहरूको हकमा २१ गतेसम्म समय निर्धारण गरिएको छ । २०७४ सालमा भएको प्रतिनिधि… Continue reading स्थगित भयो मतदाता नामावली संकलन, कति पुगे मतदाता ?
विदेशमा बस्ने नेपालीले यस पटक पनि भोट हाल्न नपाउने, कर्मचारी, कैदी बन्दी र सुरक्षाकर्मीले पाउने
काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेको यससँगै निर्वाचन आयोगसमेत तयारीमा जुटेको छ । निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार यस चुनावमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धश्रममा रहेको वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरिएको छ । तर, विदेशमा बस्ने नेपालीले भने यस पटक पनि मताधिकार पाउने छैनन् । नेपालको निर्वाचन प्रणाली अनलाइन माध्यममा… Continue reading विदेशमा बस्ने नेपालीले यस पटक पनि भोट हाल्न नपाउने, कर्मचारी, कैदी बन्दी र सुरक्षाकर्मीले पाउने
४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सत्तारुढ दलहरु सहमत, आज मिति तोक्ने तयारी
काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेश सभाको चुनाव एकै चरणमा गर्ने गरी मिति तोक्ने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति तोक्ने भएको छ । निर्वाचन आयोगले २ मंसिर भित्र चुनाव गर्न सिफारिस गरेको थियो । मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि मंसिर २२… Continue reading ४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सत्तारुढ दलहरु सहमत, आज मिति तोक्ने तयारी
कलेजहरुले कम्तिमा १५ दिनको समय राखेर कक्षा ११ को भर्ना खोल्नु पर्ने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि विद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले सूचना निकालेर शैक्षिक सत्र २०७९–०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना कार्यक्रममा विद्यालय तथा क्याम्पसले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखेकोमा ध्यानाकर्षण भएको जनाएको हो । छोटो समयको म्याद… Continue reading कलेजहरुले कम्तिमा १५ दिनको समय राखेर कक्षा ११ को भर्ना खोल्नु पर्ने
पद्यश्री पुरस्कारको प्रतिस्पर्धामा ५ पुस्तक छानिए
काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि पाँच पुस्तक छानिएका छन् । उत्कृष्ट पुस्तकको संक्षिप्त सूचि सार्वजनिक भएको छ । डा. नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरूको संग्रहालय सूचिमा छन् । पाँचमध्ये उत्कृष्ट कृतिले पद्मश्री पुरस्कार पाउने छ । खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले पुरस्कार… Continue reading पद्यश्री पुरस्कारको प्रतिस्पर्धामा ५ पुस्तक छानिए
फेरी अर्को एउटा भ्रममा मरौं
मणी भट्टराई, अमेरिका तिमी मलाई प्रेम गरे जस्तो गरम तिमीलाई प्रेम गरे जस्तो गर्छुआऊ,तिमी र मएउटा नयाँ भ्रमको सुरूवात गरौंभ्रम नै त हो जिन्दगीफेरी अर्को एउटा भ्रममा मरौं । ‘भ्रम पहिले नै कति छन् कतिअभाव भ्रमको होइनअभाव मलाई तिम्रो हो’- भनम पनि त्यसै भन्छुतिम्रा बकबासहरूलाई – म समय दिन्छुमेरा बकबासहरूलाई – तिमी समय देऊहामी लिप्त… Continue reading फेरी अर्को एउटा भ्रममा मरौं
हलिउड अभिनेता लियोनार्दोले गरे नेपालको प्रशंसा
काठमाडौं । हलिउड अभिनेता लियोनार्दो डिक्याप्रिओले नेपालले बाघको संख्या दोब्बर बनाउन सफल भएकोमा प्रशंसा गरेका छन् । शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले नेपालले सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता पूरा गरेको भन्दै यसलाई अनुकरणीय भएको बताएका हुन् । हालै सार्वजनिक नेपालको बाघ गणनामा ३५५ वटा बाघ रहेको पुष्टि भएको थयो । सन् २०१०… Continue reading हलिउड अभिनेता लियोनार्दोले गरे नेपालको प्रशंसा
एसईई परीक्षाको नतिजामा चित्त नबुझे पुनः जोड्न सकिने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा चित्त नबुझे पुन जोड्ने प्रयोजनका लागि निवेदन दिन सकिने जनाएको छ । बोर्डले विद्यार्थीलाई एक सूचना मार्फत यस्तो जानकारी गराएको हो । बोर्डले २०७८ सालमा साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले ग्रेडमा चित्त नबुझेमा पुनर्योग गराउन सक्ने जनाएको छ । त्यसका लागि… Continue reading एसईई परीक्षाको नतिजामा चित्त नबुझे पुनः जोड्न सकिने
एसईई परीक्षाको रिजल्ट सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा ?
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी छ । दिउँसो २ बजे बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेछ । शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । कोभिडका कारण दुई वर्षपछि… Continue reading एसईई परीक्षाको रिजल्ट सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा ?
एसिड हान्ने भन्दै सामाजिक सञ्जालमा भिडियो राख्ने युट्यूवर पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमा एसिड हान्ने भन्दै भिडियो अपलोड गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको साबिक देउराउली गाविस-४ घर भई हाल नवलपरासीको (बर्दाघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका-३ गिरुवारी बस्ने २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाल छन् ।प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सहयोगमा व्यूरोबाट खटेको प्रहरीको टोलीले साउन ९… Continue reading एसिड हान्ने भन्दै सामाजिक सञ्जालमा भिडियो राख्ने युट्यूवर पक्राउ
सूचना लुकाउने परीक्षा नियन्त्रकलाई २० हजार जरिवाना
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार जरिवाना गर्ने निर्णय गरेको छ। मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जरिवाना… Continue reading सूचना लुकाउने परीक्षा नियन्त्रकलाई २० हजार जरिवाना
कांग्रेस निकट पत्रकारको संस्था प्रेस यूनियनमा देउवा पक्ष पराजित
काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था, नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन्। उनी कांग्रेसमा संस्थापनइत्तर पक्षका उम्मेदवार हुन् । लम्सालले ७४५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत ल्याइन्। अध्यक्षका अर्का उम्मेदवार भुवन भट्टले मात्र १२ मत पाए । अनिता सभापति शेरबहादुर देउवा पक्षकी हुन्। हेटौंडामा साउन ६ र… Continue reading कांग्रेस निकट पत्रकारको संस्था प्रेस यूनियनमा देउवा पक्ष पराजित
कारागार विधेयक २०७८ पारित, कस्ता छन् विशेषता ?
काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकले ‘कारागार विधेयक, २०७८’ पारित गरेको छ। प्रतिनिधि सभा दुई पटक विघटन भएपछि सो विधेयकसमेत प्रभावित भएको थियो। विधेयकमा राखिएको बन्दीलाई प्रजनन अधिकारसहितको व्यवस्थालाई सांसदहरुले क्रान्तिकारी कदमको सङ्ज्ञा दिएका छन्। उनीहरुले विधेयक पारित भएसँगै शीघ्रातिशीघ्र नियमावली बनाएर कार्यान्वयनमा लैजानसमेत माग गरेका छन्। बन्दीलाई प्रजनन अधिकार नयाँ विधेयकले बन्दीको प्रजनन अधिकारको… Continue reading कारागार विधेयक २०७८ पारित, कस्ता छन् विशेषता ?
गैरआवासीय नेपाली संघबाट नागरिकता विधेयकको स्वागत
काठमाडौं । गैरआवासयि नेपाली संघले प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित भएकोमा स्वागत गरेको छ । सदनले गत शुक्रबार बहुप्रतिक्षित सो विधेयकलाई पारित गरेको थियो । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसँगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताएका छन्… Continue reading गैरआवासीय नेपाली संघबाट नागरिकता विधेयकको स्वागत
परीक्षा हलमा छिर्ने क्रममा छात्रामाथि दुर्व्यवहार गर्ने हेटौडा क्याम्पसका दुई कर्मचारी निलम्बन
हेटौडा । परीक्षाका लागि हल छिर्ने क्रममा छात्रामाथि दुर्व्यवहार गर्ने दुई कर्मचारी हेटौंडा क्याम्पसबाट निलम्बनमा परेका छन् । बुधबार क्याम्पस र सरोकारवालाहरूबीच बसेको बैठकले स्नातक तह दोस्रो वर्षको परीक्षा दिन गएका छात्रामा दुर्व्यवहार गर्ने दुई जना कार्यालय सहयोगीलाई निलम्बन गरेको क्याम्पसले जनाएको छ। ती कार्यालय सहयोगीहरू अबदेखि त्रिवि लगायतका कुनै परीक्षामा पनि सहभागी हुन नपाउने… Continue reading परीक्षा हलमा छिर्ने क्रममा छात्रामाथि दुर्व्यवहार गर्ने हेटौडा क्याम्पसका दुई कर्मचारी निलम्बन
भीम रावल रोष्ट्रममा बसिरहेपछि संसद बैठक नै स्थगित
काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गरे । प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाड र परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपीपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको भएको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न… Continue reading भीम रावल रोष्ट्रममा बसिरहेपछि संसद बैठक नै स्थगित
अनलाइनबाट मतदाता नामावली भर्न सकिने प्रणाली ८ जिल्लामा बिस्तार
काठमाडौं । अनलाइनबाट मतदाता नामावली भर्न सकिने प्रणाली ८ जिल्लामा बिस्तार भएको छ । निर्वाचन आयोगले काठमाडौँसहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको बताएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, कास्की, मोरङ र झापा जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था मिलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। अनलाइनबाट फाराम… Continue reading अनलाइनबाट मतदाता नामावली भर्न सकिने प्रणाली ८ जिल्लामा बिस्तार
शिक्षामन्त्री पौडेल र काठमाडौंका मेयर बालेनबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र काठमाडौं महानगपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री पौडेलले बालेनलाई शिक्षण संस्थाको गणस्तर सुधारमा ध्यान दिन आग्रह गरेका छन्। मन्त्री पौडेलले काठमाडौं महानगपालिकाका मेयर शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्न आग्रह गरेका हुन्। मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री… Continue reading शिक्षामन्त्री पौडेल र काठमाडौंका मेयर बालेनबीच भेट, के भयो कुराकानी ?
लोकगायिका दिलमायाको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष
काठमाडौं । मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीले अनुसन्धान पुरी गरी मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको छ । प्रहरीले यस घटनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुर श्रेष्ठको संलग्नता देखिएको बताएको छ । सुनार ११ असारमा… Continue reading लोकगायिका दिलमायाको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष
कांग्रेसले निर्वाचनलाई लक्षित गरी एक महिने अभियान चलाउँदै
काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरी विशेष अभियान चलाउने भएको छ । सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो । चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ ।यो अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ । कांग्रेसले सत्तारुढ… Continue reading कांग्रेसले निर्वाचनलाई लक्षित गरी एक महिने अभियान चलाउँदै
प्रतिनिधिसभा र प्रदेश दुबै चुनावमा कांग्रेसले गठबन्धनसँग तालमेल गर्ने
काठमाडौं । अन्ततः आगामी संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलबीच तालमेल गर्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले संघ र प्रदेशको निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने निर्णय गरेको हो । छैठौं दिनसम्म चलेको बैठकका निर्णयहरू सोमबार सार्वजनिक गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका हुन् । प्रतिनिधिसभा र… Continue reading प्रतिनिधिसभा र प्रदेश दुबै चुनावमा कांग्रेसले गठबन्धनसँग तालमेल गर्ने
कांग्रेस महामन्त्रीको आह्वान : मतदाता नामावलीमा नाम लेखाउनुहोस
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदाता नामावलीमा नाम लेखाउन अपिल गरेका छन्। सरकारले संघीय र प्रदेश सभा सदस्य निर्वाचनका लागि मिति घोषणा गर्ने तयारी गरेकोले त्यसअघि नै मतदाता नामावलीमा नाम दर्ता गराउन महामन्त्री शर्माले अपिल गरेका छन्। सोमबार एक भिडिओ सन्देश सार्वजनिक गर्दै महामन्त्री शर्माले मतदाता नामावलीमा नाम लेखाउन आग्रह गरेका छन् ।… Continue reading कांग्रेस महामन्त्रीको आह्वान : मतदाता नामावलीमा नाम लेखाउनुहोस