काठमाडौं । संसद विघटन र यससँग जोडिएका विभिन्न मुद्दामा परेका रिटमाथि आजबाट सुनुवाई शुरु हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरि संसद विघटन गरेपछि सर्वोच्चमा रिट परेका छन् । सर्वोच्च अदालतमा आजदेखि १९ रिटमा सुनुवाइ हुँदैछ । शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुने कार्यक्रम छ । यी… Continue reading संसद विघटनबारेका रिटमा आजदेखि सुनुवाई शुरु
Category: कला / साहित्य
स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले
स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले स्वाभिमान किनवेच पापि सरकार गर्न थाल्योस्वाश पनि फेर्न नदिई कठै ज्यान हर्न लाग्योयतिसम्म हत्यारा भयो सरकारलासमाथि पाइला राखी वैतरणी तर्न लाग्यो वालुवाटरको जग्गाभित्र विषबृक्ष हुर्कन थालेसंरक्षण गर्ने बा भएपछि लुट्नेहरु फुर्कन थालेहदभन्दा ज्यादा लुटेराहरुको चुरीफुरीसाइबार स्यालहरुका हातपाखुरा सुर्कन थाले चित्कारको सत्य भुल्दै शितलनिवास ठुम्का लाउन थालेजोगाउन सत्ता शक्ति रातविरात अनुयायी… Continue reading स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले
एमालेका वरिष्ठ नेताहरुले स्पष्टिकरण नबुझाउने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओपी समूहले सोधेको स्पष्टिकरण खनाल, नेपाल समूहका नेताले नबुझाउने भएका छन् । एमालेले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ नेतालाई स्पष्टिकरण सोधेको थियो । विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै हस्ताक्षर गरेका २६ एमाले सांसदमध्ये ११ जनालाई मात्र स्पष्टिकरण सोधिएको हो । यसले कम मात्र… Continue reading एमालेका वरिष्ठ नेताहरुले स्पष्टिकरण नबुझाउने
विपक्षी गठबन्धनको रिट आज सर्वोच्चमा दर्ता गरिँदै
काठमाडौं । विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् । आइतबार नै रिट दायर गर्ने तयारी भएपनि सांसदहरुको हस्ताक्षर संकलन गर्दा ढिलाई हुन पुगेको बताइएको छ । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटेका कारण सोमबार बिहान सर्वोच्च जाने तयारी भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले… Continue reading विपक्षी गठबन्धनको रिट आज सर्वोच्चमा दर्ता गरिँदै
राष्ट्रपतिद्धारा नागरिकता संशोधन अध्यादेश जारी, अब आमाको नामबाट वंशजको नागरिकता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति कार्यालयले आइतवार सूचना जारी गरेर नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाएको छ। अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिइनेछ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता… Continue reading राष्ट्रपतिद्धारा नागरिकता संशोधन अध्यादेश जारी, अब आमाको नामबाट वंशजको नागरिकता
प्रतिनिधिसभा विघटनबारे सभामुखको निष्कर्ष : असंवैधानिक र अलोकतान्त्रिक कदम
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी मध्यावधी निर्वाचन घोषणा गरेपछि सभामुख अग्निप्रसाद सापकोटाको प्रतिक्रिया सार्वजनिक भएको छ । उनले यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिकको संज्ञा दिएका छन् । उनले शनिबार प्रेस वक्तव्य जारी गर्दै संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतबाट भएको फैसलाको समेत विपरित भएको प्रतिक्रिया दिएका छन् । अदालतले फैसलामा अन्य विकल्प… Continue reading प्रतिनिधिसभा विघटनबारे सभामुखको निष्कर्ष : असंवैधानिक र अलोकतान्त्रिक कदम
गगन थापा भन्छन् : सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कमदले मुलुकलाई अँध्यारो सुरुङतर्फ लग्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेकी छिन् । यो कदमको गगन थापाले कडा आलोचना गरेका हुन्… Continue reading गगन थापा भन्छन् : सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले
राष्ट्रपतिको कदमपछि कांग्रेस नेताहरु आक्रोसित, आज आकस्मिक पदाधिकारी बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिएकै अवस्थामा नयाँ सरकार गठनका लागि भन्दै राष्ट्रपतिले २१ घण्टाको समय दिएको विज्ञप्ती सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु आक्रोसित बनेका छन् । नेताहरुले यो असंवैधानिक कदम भएको र प्रधानमन्त्री तथा राष्ट्रपति मिलेर संविधानको खिल्ली उडाउने काम भएको प्रतिक्रिया दिएका छन् । कांगे्रसका वरिष्ठ नेता रामचन्द्र… Continue reading राष्ट्रपतिको कदमपछि कांग्रेस नेताहरु आक्रोसित, आज आकस्मिक पदाधिकारी बैठक बस्दै
बादललाई हराउँदै राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी
काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार देवकोटा निर्वाचित भएका छन्। उनले ५०८८ मतभार पाए । संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिन्छन्। तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार थिए।
आज राष्ट्रिय सभा उपनिर्वाचन, बागमतीमा दुबै उमेदवार एमालेका
काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचन आज हुँदैछ । वागमती प्रदेशमा आज हुने उपनिर्वाचनमा दुबै उमेदवार नेकपा एमालेबाट उठेका छन् । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि आज उपनिर्वाचनको कार्यक्रम छ । उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको तर्फबाट एमाले माधव नेपाल समूहका खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् । उनीहरुलाई नेमकिपाका… Continue reading आज राष्ट्रिय सभा उपनिर्वाचन, बागमतीमा दुबै उमेदवार एमालेका
सडकमा हिड्ने सर्वसाधारणलाई पुलिसले होल्डिङ सेन्टरमा राख्न नपाउने
काठमाडौं । निषेधाज्ञाको समयमा सडकमा हिड्ने सर्वसाधारणलाई प्रहरीले अब होल्डिङ सेन्टरमा राख्न नपाउने भएको छ । सर्वोच्च अदालतले मंगलबार मास्क नलगाउने नागरिकलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अहिले मास्क नलगाई सडकमा निस्किएमा प्रहरीले जरिवाना गर्छ । साथै त्यस्तो व्यक्तिलाई निश्चित समय होल्डिङ सेन्टरमा राख्ने गरिएको छ… Continue reading सडकमा हिड्ने सर्वसाधारणलाई पुलिसले होल्डिङ सेन्टरमा राख्न नपाउने
राष्ट्रिय सभा उपनिर्वाचनमा बादलको पक्षमा एमालेको ह्वीप
काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचन ६ जेठमा हुँदैछ । निर्वाचनमा दुबै उमेदवार एमालेका छन् । तर, एमालले भने रामबहादुर थापामगर ुबादलको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएका छन् । उनले प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख… Continue reading राष्ट्रिय सभा उपनिर्वाचनमा बादलको पक्षमा एमालेको ह्वीप
मदन र आश्रितलाई सम्झँदै एमाले नेता, घटना अझै रहस्यमय
काठमाडौं । २८ वर्ष अगाडी भएको एक रहस्यमय दुर्घटनामा जननेता मदन भण्डारी र जीवराज आश्रितको ज्यान गयो । आज २०५० साल ३ जेठमा भएको यो घटनाको सम्झनामा आज एमाले नेताहरुले विज्ञप्ती निकालिरहेका छन् । तर, पटक पटक एमाले सत्तामा पुग्दा समेत घटनाको यथार्थ पत्ता लगाउन नसक्नुमा भने एमाले कार्यक्रर्ता स्वयमः आक्रोसित हुने गरेका छन् ।… Continue reading मदन र आश्रितलाई सम्झँदै एमाले नेता, घटना अझै रहस्यमय
काठमाडौं महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा लिइसक्न निर्देशन
काठमाडौं । महानगरपालिकाले आफ्नो महानगरभित्रका सबै विद्यालयहरूलाई जेठ २० गतेसम्म परीक्षा सक्न निर्देशन दिएको छ । महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार सूचना निकालेर शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर परीक्षा लिनसक्न निर्देशन दिएका हुन् । सूचनामा अनलाइन/अफलाइन/टेलिफोन/ इमेलबाट प्रश्न पठाएर लगायत विद्यालय अनुकूल हुने गरी परीक्षा लिन आग्रह गरिएको छ… Continue reading काठमाडौं महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा लिइसक्न निर्देशन
बहुमतको सरकार बनाउन दिएको समय आज सकिँदै, अझै छैन टुंगो
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन दलहरुलाई दिएको समय सीमा आज सकिँदैछ । राष्ट्रपतिले सोमबार संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठन गर्न आव्हान गरेकी थिइन् । यो समयसीमा आज राति ९ बजे सकिने छ । तर, बिहीबार बिहानसम्म नयाँ सरकार गठनबारेको अलमल टुंगिएको छैन । खासगरी जनता समाजवादी पार्टीमा… Continue reading बहुमतको सरकार बनाउन दिएको समय आज सकिँदै, अझै छैन टुंगो
प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यको सिफारिस गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काम चलाउ सरकारको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन बोलाइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएसँगै अधिवेशन अनत्यको सिफारिस गरेका हुन् ।
एसईई र कक्षा १२ को परीक्षा स्थगित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । बोर्डको सोमबार बसेको भर्चुअल बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईईका लागि ५ लाख १७ हजार विद्यार्थी तयारीमा छन् । जेठ २६ बाट हुने… Continue reading एसईई र कक्षा १२ को परीक्षा स्थगित
आज प्रधानमन्त्रीले विश्वासको मत लिने, तर पक्षमा मत नपुग्ने स्पष्ट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन् । संसदको विशेष अधिवेशनको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको प्रारम्भमा शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची राखिएको छ । त्यसपछि विश्वासको मतमा आजै मतदान हुने छ । वर्तमान प्रतिनिधि सभामा विश्वासको मत लिने कम्तिमा १३६ मत ल्याउनु पर्छ । केपी… Continue reading आज प्रधानमन्त्रीले विश्वासको मत लिने, तर पक्षमा मत नपुग्ने स्पष्ट
एमालेका सांसदको राजिनामा तयार, प्रधानमन्त्रीले शर्त नमाने एमाले फुट्ने निश्चित
काठमाडौं । नेकपा एमाले भित्र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएका शर्त नमाने पार्टी फुट्ने निश्चित भएको छ । प्रधानमन्त्रीलाई पार्टी २ जेठ २०७५ मै फर्कनु पर्ने र त्यसयता भएका सबै निर्णय मान्य नहुने शर्त राखेको छ । त्यो अवस्था माओवादी केन्द्रसँग पार्टी एकता हुनुभन्दा अगाडीको हो । अदालतको आदेशपछि माओवादी… Continue reading एमालेका सांसदको राजिनामा तयार, प्रधानमन्त्रीले शर्त नमाने एमाले फुट्ने निश्चित
दोलखा भीमसेन मन्दिरमा आयो पसिना
दोलखा । दोलखाको भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ। भीमसेनमा पसिना आउँदा देशमा कुनै शुभ वा अशुभ हुने धार्मिक विश्वास रहेको छ । एक शिला तीन अवतारको रुपमा भीमसेनलाई पुज्ने गरिएको छ । यसअघि २०७७ मंसिर ९ गते र २०७६ फागुन ८ गते भीमसेन सीलामा पसिना आएको थियो। गत वर्ष सवा घण्टासम्म पसिना आएको… Continue reading दोलखा भीमसेन मन्दिरमा आयो पसिना
राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन दर्ता आज, एमालेको उमेदवार को ?
काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुने भएको छ । निर्वाचन आगामी जेठ ६ गते तोकिएको छ । निर्वाचन आयोगले शुक्रबार मनोनयन दर्ता गर्ने मिति तोकेको छ । विहान १० बजेदेखि दिउँसो चार बजेसम्म मनोनयन दर्ता गर्ने र आजै उम्मेदवारको नामावली पनि प्रकाशित गर्ने तयारी रहेको छ । माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी… Continue reading राष्ट्रियसभा उपनिर्वाचनको मनोनयन दर्ता आज, एमालेको उमेदवार को ?
‘गोल्डेन भ्वाइस अफ नेपाल’ प्रेमध्वज प्रधानको निधन
काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना गरिएका प्रधान बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । वरिष्ठ गायक प्रधानका थुप्रै गीत लोकप्रिय छन् । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक संगीत यात्रा सुरु भएको हो।… Continue reading ‘गोल्डेन भ्वाइस अफ नेपाल’ प्रेमध्वज प्रधानको निधन
जेठमा निर्धारित जनगणना रोकियो, अब आगामी आर्थिक वर्षमा
काठमाडौं । जेठ २५ देखि ८ असारसम्म निर्धारित जनगणना रोकिएको छ । कोरोना महामारीका कारण घरघर पुगेर जनगणना हुने अवस्था नभएसँगै सरकारले जनगणना रोक्ने निर्णय गरेको हो । जनगणना हरेक १० वर्षमा हुने गर्छ । कार्यतालिका अनुसार तालिम गोष्ठी लगायत प्रत्यक्ष जनतासँग सम्पर्क हुनुपर्ने कार्यक्रम गर्नुपर्ने भएकाले तत्कालका लागि यो कार्यक्रम नै स्थगित गर्नु परेको… Continue reading जेठमा निर्धारित जनगणना रोकियो, अब आगामी आर्थिक वर्षमा
नेपालमा ५५० पत्रकारमा कोरोना, ७ को मृत्यु
काठमाडौं । नेपालमा अहिलेसम्म ५५० पत्रकारमा कोरोना पुष्टी भएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले सोमबार एक विज्ञप्ति जारी गर्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी गराएका छन् । सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार जारी छ । उनले कोरोना सङ्क्रमण भई उपचारको… Continue reading नेपालमा ५५० पत्रकारमा कोरोना, ७ को मृत्यु
गीतकार भरत सिग्देलको स्वदेशगान सार्वजनिक
काठमाडौं लामो समय शिक्षण पेशामा संलग्न साहित्यकार भरत सिग्देलको “मुटुभित्र सीमा दुख्छ” बोलको स्वदेशगान युट्युब मार्फत सार्वजनिक भएको छ।सिग्देलको शब्द-रचना, लोकप्रिय सङ्गीतकार विकास चौधरीको सङ्गीत र युवा गायक विकास लिम्बुको स्वरमा रेकर्ड गरिएको गीतमा मनोज गजुरेल, उत्तम केसी, लय सङ्ग्रौला, रश्मी भट्ट, उदय सुब्बा, सुचित्रा श्रेष्ठ, सुवास मेचे लगायतका प्रतिष्ठित राष्ट्रिय कलाकारहरूले अभिनय गरेका छन्… Continue reading गीतकार भरत सिग्देलको स्वदेशगान सार्वजनिक
बन्द भए देशभरका स्कुल, उडान जारी रहने
काठमाडौं । कोरोना भाइरसको संक्रमणका बीच देशभरका स्कुल बन्द गरिएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्कुल बन्द गर्न सिफारिस गरेको थियो । विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्ने गरी निर्णय भएको छ । मंगलबारदेखि तोकिएको सबै प्रकारका परीक्षा… Continue reading बन्द भए देशभरका स्कुल, उडान जारी रहने
६ हजार २४६ विद्यालयको पुनर्निर्माण सम्पन्न
काठमाडौं । भूकम्पले भत्काएका देशभरका ६ हजार २४६ वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार देशभर सात हजार ५५३ विद्यालय पुनर्निर्माण गर्नुपर्ने अवस्थामा भत्किएका थिए । त्यसमध्ये ६ हजार २४६ वटा भवनको पुनःनिर्माण भइसकेको छ । बाँकी एक हजार ३०७ विद्यालय असारसम्म पुनःनिर्माण गरिसक्ने प्राधिकरणको तथ्यांक छ । आयोजनाले भूकम्पबाट… Continue reading ६ हजार २४६ विद्यालयको पुनर्निर्माण सम्पन्न
गोकर्णेश्वर महादेव मन्दिरमा गजुर राखियो
अमृता के सी ( रोनी )काठमाडौँ, बैशाख ९ ।गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरमा रहेको गदाधर नारायण तथा पार्वती माताको मन्दिरमा गजुर राखिएको छ।श्री महादेव मन्दिर छाना निर्माण सर्वाङ्गीण विकास समन्वय समितिको आयोजनामा बैशाख ९ गते बिहीबार दिउँसो १ बजे नगर प्रमुख सन्तोष चालिसेद्वारा सुनको जलप सहितको गजुर राखिएको हो । … Continue reading गोकर्णेश्वर महादेव मन्दिरमा गजुर राखियो
पाँच मुलुकमा अध्ययनमा जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन बन्द
काठमाडौं । सरकारले जापान, अष्ट्रेलियासहित पाँच मुलुकमा वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरेको छ । बुधबारबाट लागु हुने गरी जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कोरोना… Continue reading पाँच मुलुकमा अध्ययनमा जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन बन्द
टोखा नगरपालिका भित्रका सबै विद्यालय बैशाख ९ देखी बन्द हुने
काठमाडौं । टोखा नगरपालिका भित्रका विद्यालय यही वैशाख ९ गते देखि बन्द हुने भएका छन् । टोखा नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन वैशाख ९ गते देखि विद्यालय बन्द गर्न लागेको विश्व न्युजलाई बताए… Continue reading टोखा नगरपालिका भित्रका सबै विद्यालय बैशाख ९ देखी बन्द हुने