काठमाडौं उपत्यकाका स्कुल संचालनमा आउँदै

काठमाडौं । आजबाट काठमाडौं उपत्यका भित्रका अधिकांश विद्यालय संचलनमा आउने भएका छन् । यसअघि अनलाइन कक्षा संचालन भइरहेका विद्यालयलहरुले अब भौतिक रुपमै कक्षा संचालन गर्न लागेका हुन् । कोरोनाको जोखिम कम भएको भन्दै स्थानीय सरकारहरुले विद्यालय खोल्न अनुमति दिएका छन् । केही विद्यालय भने अझै बन्द हुने भएका छन् । विद्यालय खोल्ने वा बन्द गर्ने… Continue reading काठमाडौं उपत्यकाका स्कुल संचालनमा आउँदै

संगीतकार संघको नेतृत्वमा पारस मुकारुङ चयन

काठमाडौं । संगीतकार संघको नेतृत्वमा पारस मुकारुङ चयन भएका छन् । संघको १० औं साधारणसभाले संगीतकार पारस मुकारुङलाई संगीतकार संघ नेपालको अध्यक्षमा चयन गरेको हो । संघको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, प्रथम उपाध्यक्षमा हरि लम्साल, द्वितीय उपाध्यक्षमा अष्ट लामा, महासचिवमा वसन्त सापकोटा, सचिवमा सुदाम थापा, कोषाध्यक्षमा राजेश थापा चयन भए । सदस्यमा जेम्स… Continue reading संगीतकार संघको नेतृत्वमा पारस मुकारुङ चयन

एकै पटक ८४३ जना नासुमा जागिर खुल्यो

काठमाडौं । लोक सेवा आयोगले एकै पटक ८४३ नासुका लागि जाखिर खुला गरेको छ । नायब सुब्बा पदमा खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति हुने गरी जागिर खुला भएको हो । आयोगले बुधबार विज्ञापन सार्वजनिक गरेको हो । काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६… Continue reading एकै पटक ८४३ जना नासुमा जागिर खुल्यो

नयाँ पाठ्यक्रम प्रारूपविरुद्धको रिट सर्वोच्चद्वारा खारेज,कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला

काठमाडौं । विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप, २०७६ कार्यान्वयन नगर्न सर्वोच्चमा परेको रिट खारेज भएको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलाशले रिट खारेज गर्ने आदेश जारी गरेको हो । यो सँगै कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । सो रिटमा फैसला नहुँदा महिनौँदेखि पाठ्यक्रमसम्बन्धी अन्योल थियो ।… Continue reading नयाँ पाठ्यक्रम प्रारूपविरुद्धको रिट सर्वोच्चद्वारा खारेज,कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला

न्यूह्यामसर नेपाली यूवा नेटवर्कको भर्चुअल प्रतिभा प्रदर्शन, नाचगान देखि खाना पकाउने कलासम्म

न्यूह्यामसरन्यूह्यामसर नेपाली समाज युवा नेटवर्कको अगुवाइमा भर्चुअल प्रतिभा प्रदर्शन सम्पन्न भएको छ । कार्यक्रममा न्यूह्यामसर लगायत अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्ने दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवायुवतीले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । ‘जुम’ र फेसबुक लाइभ मार्फत प्रशारण गरिएको कार्यक्रममा प्रस्तोताहरुले नाचगान, हास्यब्यंग्य, खेल, बाद्यवादन देखि खाना पकाउने कलासम्म प्रस्तुत गरेका थिए । नेटवर्कका अभियन्ताहरु… Continue reading न्यूह्यामसर नेपाली यूवा नेटवर्कको भर्चुअल प्रतिभा प्रदर्शन, नाचगान देखि खाना पकाउने कलासम्म

फिल्म हल खोल्न सरकारको अनुमति

काठमाडौं । सरकारले फिल्म हल खोल्न अनुमति दिएको छ । गत चैतयता बन्द रहेका फिल्म हल खोज्न सरकारले अनुमति दिएको हो । आइतबार प्रधानमन्त्री केपी ओली र मन्त्रिपरिषदका सदस्यसँग बसेको बैठकले सिनेमा हल खुलाउने निर्णय गरेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, अभिनेता… Continue reading फिल्म हल खोल्न सरकारको अनुमति

म जनचाहनाको कदर गर्छु : अन्तिम राजा ज्ञानेन्द्र

काठमाडौं । नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहले आफुले जनचाहनाको सधै कदर गर्ने बताएका छन् । पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण जारी गर्दै अन्तिम राजा ज्ञानेन्द्रले जनचाहना बमोजिम अघि बढ्नु नै शाहवंशीय राजपरम्पराको विशेषता रहेको समेत उल्लेख गरेका छन् । उनले देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय… Continue reading म जनचाहनाको कदर गर्छु : अन्तिम राजा ज्ञानेन्द्र

बन्द विद्यालय लगायत सबै क्षेत्र खुला गरिँदै, आवश्यक परे तत्कालै बन्द गर्न सकिने

काठमाडौं । कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी)ले संक्रमणको जोखिमका कारण बन्द गरिएका सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ। आइतबार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । यद्यपि, यो निर्णय मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ। त्यसपछि बन्द विद्यालय, मनोरञ्जनका क्षेत्रलगायत खुल्न बाँकी क्षेत्र खोल्न पाइनेछ। यसअघिका… Continue reading बन्द विद्यालय लगायत सबै क्षेत्र खुला गरिँदै, आवश्यक परे तत्कालै बन्द गर्न सकिने

दिकेश प्रजापतिको नयाँ वर्षको कोशेली ‘तिमीसँगै रम्न पाऊँ’ सार्वजनिक

न्युयोर्क विगत ५ वर्षदेखि अमेरिकामा बस्दै आएका गायक दिकेश प्रजापतिले नयां वर्षको उपलक्ष्यमा तिमीसँगै रम्न पाऊँ बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेको गीतका रचनाकार तथा संगितकार न्युयोर्क निवासी ॐ कर्माचार्य हुन् । यसअघि दुई गीतहरु ‘घर त तिम्रो पोखरा’ र ‘एकफेर’ सार्वजनिक गरेका प्रजापतिले लामो समयपछि नयां गीत सार्वजनिक… Continue reading दिकेश प्रजापतिको नयाँ वर्षको कोशेली ‘तिमीसँगै रम्न पाऊँ’ सार्वजनिक

खुल्यो एसईई परीक्षाको फारम

काठमाडौं । यो वर्ष एसईई दिने विद्यार्थीका लागि आजबाट परीक्षा आवेदन खुलेको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १० मा अध्ययनरत विद्यार्थीका लागि २०७७ सालमा सञ्चालन हुने एसईईको आवेदन फारम अब भर्नु पर्नेछ । २०७७ सालमा कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी,… Continue reading खुल्यो एसईई परीक्षाको फारम

१० महिनापछि आजबाट खुले सिनेमा हल, दुई सिनेमाको प्रदर्शन

काठमाडौं । नेपालमा सरकारले ११ चैत २०७६ मा देशव्यापी लकडाउन शुरु गरेयता बन्द रहेका सिनेमा हल आजबाट खुलेका छन् । १० महिनापछि खुलेका हलमा दर्शक तान्न भने अझै केही समय लाग्नेछ । किनकी समुहमा बसेर हेर्नु पर्ने भएकाले सिनेमा हलसम्म मानिस जान हिच्किच्याउने छन् । सरकारले सिनेमा हल खोल्ने कुनै निर्णय नगरेपपछि हल संचालक आफैले… Continue reading १० महिनापछि आजबाट खुले सिनेमा हल, दुई सिनेमाको प्रदर्शन

काठमाडौं महानगरपालिका भित्र तत्काल विद्यालय नखुल्ने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र तत्काल विद्यालय संचालनमा नआउने भएका छन् । कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने महानगरपालिकाले जनाएको छ । महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखसँग छलफल गरेको थियो । विदेशका धेरै सहरमा पनि कोभिडका… Continue reading काठमाडौं महानगरपालिका भित्र तत्काल विद्यालय नखुल्ने

एकै पटक ५१३ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

काठमाडौं । लोक सेवा आयोगले एकै पटक ५१३ जना शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले बुधवार सूचना जारी गर्दै अप्राविधिकतर्फ ५१३ जना शाखा अधिकृतमा विज्ञापन गरेको हो । आयोगले सामान्य प्रशासन, राजस्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठतामा दरखास्त आह्वान गरेको छ। जसमध्ये १५३ जना… Continue reading एकै पटक ५१३ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

युनाइटेड शेर्पा एसोसिएशन अमेरिकाद्धारा स्वयम्भूका संरचना नभत्काउन माग

काठमाडौं । युनाइटेड शेर्पा एसोसिएशन (शेर्पा किदुग अमेरिका)ले चक्रपथ बिस्तारका क्रममा स्वयम्भू क्षेत्रमा रहेका संरचना नभत्काउन माग गरेको छ । नेपाल सरकारले काठमाडौं उपत्यकाको कलंकी देखि चाबहिल सम्मको सडक विस्तार गर्ने नाममा विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्वयम्भू क्षेत्र भित्र स्थापित हजार बुद्ध मूर्ति सहितको स्तूप र केही महत्वपूर्ण मूर्तिहरु लगायतका धार्मिक संरचनाहरु भत्काउन लागेको… Continue reading युनाइटेड शेर्पा एसोसिएशन अमेरिकाद्धारा स्वयम्भूका संरचना नभत्काउन माग

नम्रता श्रेष्ठलाई मिस नेपाल वर्ल्ड २०२० उपाधी

काठमाडौं । यो वर्षको मिस नेपाल नम्रता श्रेष्ठ बनेकी छिन् । फाइनलमा पुगेका कुल २० प्रतिस्पर्धीबाट उनी उत्कृष्ट बन्दै उपाधी जितेकी हुन् । देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट २० जना छानेर अन्तिम प्रतिस्पर्धा गराइएको थियो । शनिबार राती काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा अन्तिम प्रतिस्पर्धा आयोजना भएको हो । नम्रताले ‘मिस नेपाल वर्ल्ड’को… Continue reading नम्रता श्रेष्ठलाई मिस नेपाल वर्ल्ड २०२० उपाधी

त्रिवि व्यवस्थापन संकाय, स्नातकोत्तर तहको परीक्षा २ घण्टा मात्र हुने

फाइलफोटो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको स्नातकोत्तर तहको अन्तिम परीक्षा दुई घन्टा मात्रै हुने निर्णय गरिएको छ । त्रिविका अनुसार कोभिड१९ संक्रमण जोखिमका कारण परीक्षा समय घटाइएको हो । यसअघि स्नातकोत्तर (एमए) व्यवस्थापन संकायको परीक्षा चार घण्टासम्म सञ्चालन हुने गरेको थियो। कोरोना त्रास कायमै रहेकाले परीक्षा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको हो । राष्ट्रिय परीक्षा… Continue reading त्रिवि व्यवस्थापन संकाय, स्नातकोत्तर तहको परीक्षा २ घण्टा मात्र हुने

यो वर्ष सबैभन्दा खोजी गरिएको शब्द ‘प्यान्ड्यामिक’

काठमाडौं । मेरियम वेब्स्टर शब्दकोशका प्रकाशकको भनाई अनुसार कुनै एक शब्दले युगकै परिभाषा बोल्छ । सन् २०२० मा यस्तै शब्दको चर्चा सर्वाधिक भएको छ । जसको नाम हो प्यान्ड्यामिक । महामारीका रुपमा चिनिने यो वर्ष इन्टरनेटमा सन् २०२० मा सबैभन्दा बढी खोजी गरिएको शब्द बन्न सफल भएको हो । मेरियम वेब्स्टर शब्दकोशले इन्टरनेटका माध्यमबाट वर्षभर… Continue reading यो वर्ष सबैभन्दा खोजी गरिएको शब्द ‘प्यान्ड्यामिक’

पाकिस्तानले फेरी बन्द गर्यो शैक्षिक संस्था, कोरोनाको दोस्रो लहर शुरु

इस्लामावाद । पाकिस्तानले दक्षिण एसियाली क्षेत्रमै सबैभन्दा प्रभावकारी रुपमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गरी शैक्षिक संस्था खोलेको थियो । तर, भाइरसको दोस्रो लहरको चपेटामा आएसँगै उसले पुनः विद्यालय बन्दको घोषणा गरेको छ । साथै पाकिस्तानले सबै प्रकारका परीक्षा समेत स्थगित गरिदिएको छ । अब पाकिस्तानमा डेढ महिना लामो प्रतिवन्ध लागेको छ । पाकिस्तानी संचारमाध्यमहरुका अनुसार… Continue reading पाकिस्तानले फेरी बन्द गर्यो शैक्षिक संस्था, कोरोनाको दोस्रो लहर शुरु

लकडाउनपछि पहिलो पटक कक्षा १२ को परीक्षा शुरु

फाइलफोटो

काठमाडौं । कोरोना भाइरसको महामारी फैलिएपछि गत चैतयता नेपालमा कुनै पनि तहका परीक्षण संचालन हुन सकेका थिएनन् । तर, ८ महिनापछि पहिलो पटक कक्षा १२ को परीक्षा हलमै संचालन भएको छ । आजबाट परीक्षा प्रारम्भ भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरबाट ४ लाख ३२ हजार ५ सय विद्यार्थीले परीक्षा दिँदैछन् । बिहान ८… Continue reading लकडाउनपछि पहिलो पटक कक्षा १२ को परीक्षा शुरु

मंगलबारबाट कक्षा १२ को परीक्षा, मापदण्ड पालना गर्न शिक्षा मन्त्रीको आह्वान

फाइल तस्वीर

काठमाडौं । मंगलबारबाट कक्षा १२ को वार्षिक परीक्षा संचालनको तयारी पुरा भएको छ । कोरोना भाइरसको महामारीपछि पहिलो पटक विद्यार्थीलाई कक्षा कोठामै बोलाएर परीक्षा संचालनको तयारी भएको छ । यसै सन्दर्भमा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले विद्यार्थीलाई कोरोना विरुद्धका स्वास्थ्य मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन आह्वान गरेका छन् । मन्त्री पोख्रेलले परीक्षा… Continue reading मंगलबारबाट कक्षा १२ को परीक्षा, मापदण्ड पालना गर्न शिक्षा मन्त्रीको आह्वान

भौतिक रुपमा स्कुल चलाउन कार्यढाँचा तय

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण करीव ७ महिनादेखि स्कुल बन्द छन् । भौतिक रुपमा स्कुल संचालनको वातावरण बनेको छैन । तर, अब भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७’ तयार पारेको छ । कार्यढाँचा अनुसार विद्यालय सञ्चालन गर्न अब पर्याप्त प्रकाश र हावा आवत–जावत हुने कक्षाकोठा चाहिने भएको छ ।… Continue reading भौतिक रुपमा स्कुल चलाउन कार्यढाँचा तय

हास्य कलाकार गजुरेलले जिते कोरोना

काठमाडौं । कोरोना भाइरसका कारण आइसीयूमा उपचार गराएर मनोज गजुरेल अन्ततः कोरोनालाई जित्न सफल भएका छन् । कोरोना भाइरस पुष्टी भएपछि घरमै आइसोलेसनमा बसेका उनी ११ दिन अगाडी भने अस्पताल भर्ना भएका थिए । निमोनियाका कारण उनमा बढी समस्या देखिएको थियो । अस्पताल बसाईपछि भने आफु घरमै आराम गरिरहेको सामाजिक संजालबाट गजुरेलले जानकारी गराएका छन्… Continue reading हास्य कलाकार गजुरेलले जिते कोरोना

महाकवि देवकोटाको ११२ औं जन्मजयन्ती आज

काठमाडौं । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती मनाइदैछ । देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको हो । दश वर्षका उमेरमा कविता लेख्न शुरु गरेका उनी नेपाली साहित्य क्षेत्रका कहिल्यै नअस्ताउने श्रष्टाका रुपमा रहेका छन् । देवकोटाले नेपाली साहित्यलाई महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत,… Continue reading महाकवि देवकोटाको ११२ औं जन्मजयन्ती आज

जिपिके फाउण्डेशन अमेरिकाद्वारा सबलपोष्टका प्रधान सम्पादक सम्मानित

न्युयोर्क सबल नेपाल मिडिया प्रालिद्वारा संचालित सबल नेपाल साप्ताहिक तथा सबलपोष्ट डिजिटल पत्रिकाका प्रधान सम्पादक अमृत पाण्डेयलाई जि पी कोइराला फाउण्डेशन अमेरिकाले सम्मान गरेको छ । कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाए वापत फाउण्डेशनले पाण्डेय सहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरु अजयबाबु शिवाकोटी, मिना शर्मा, अंकुर लुइंटेल,… Continue reading जिपिके फाउण्डेशन अमेरिकाद्वारा सबलपोष्टका प्रधान सम्पादक सम्मानित

भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत, पाटनले पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न आदेश दिएको छ । गीत, संगीतका विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नभएको उच्च अदालतको ठहर छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई धरपकड नगर्न प्रहरीका नाममा आदेश गरेको हो । उच्च अदालतले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको… Continue reading भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौं । हास्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी स्वयमले त्यसको पुष्टी गरेका हुन् । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वास्थ्य परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको उनले उल्लेख गरेका छन् । उनका अनुसार दाजुमा संक्रमण पुटी भएको थियो । दाजुलाई अस्पताल लैजाने–ल्याउने क्रममा आफुलाई कोरोना सरेको हुन सक्ने गजुरेलको… Continue reading हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

यो वर्ष कांग्रेसको चियापान नहुने

काठमाडौं । नेपाली कांग्रेसले यो वर्ष चाडबाडका उपलक्ष्यमा कुनै पनि चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ । कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन यस्तो समारोह गर्दै आएको छ । कोरोना भाइरस महामारीका कारण चाडपर्वका अवसरमा गरिने चियापान कार्यक्रम यो वर्ष नराखिएको कांग्रेसले जनाएको छ । २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई… Continue reading यो वर्ष कांग्रेसको चियापान नहुने

नृत्याङ्गना सिता सुबेदीको स्वरमा “जीवन कस्तो हुन्छ” गीत सार्वजनिक

न्युयोर्क एउटा खुट्टाले नृत्य गरेर सबैको मन जितिसकेकी नृत्यङ्गना सिता सुबेदी आफ्नै स्वरमा ‘जीवन कस्तो हुन्छ…’ गीत गाएकी छिन् । जीवनको भोगाई र अनुभव समेटिएको गीतका शब्द पनि उनी आफैले कोरेकी हुन् ।  क्लासिकल वन लेग डान्सरको रुपमा ख्याति कमाएकी सुबेदीले जीवन दर्शन बोकेको गीत युट्युब मार्फत सार्वजनिक गरेकी हुन् । सीता सुबेदी भन्ने बित्तिकै… Continue reading नृत्याङ्गना सिता सुबेदीको स्वरमा “जीवन कस्तो हुन्छ” गीत सार्वजनिक

नेपालका हिमालले रोमाञ्चित बनायो : बहराइन राजकुमार

काठमाडौं । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाले आफु नेपालका हिमाल र यहाँको प्राकृतिक सौन्दर्यबाट रोमाञ्चित बनेको बताएका छन् । मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्कने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । राजकुमार खलिफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा बिदाइ गरेका छन् । राजकुमार… Continue reading नेपालका हिमालले रोमाञ्चित बनायो : बहराइन राजकुमार

सीटीईभिटीका परिक्षा मंसिर ८ बाट सुरु

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)का विभिन्न तहका परीक्षा ८ मंसिरबाट सुरु हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण रोकिएका परीक्षा पुनः सुर गर्न लागिएको सीटीइभिटीले जनाएको छ । डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा ८ मंसिरबाट सुरु गर्ने निर्णय भएको छ । सिटीईभिटीका अनुसार परीक्षा पूर्वनिर्धारित… Continue reading सीटीईभिटीका परिक्षा मंसिर ८ बाट सुरु