रसुवागढी नाकाबाट साढे ७ किलो सुनसहित एकजना नियन्त्रणमा

file

४ जेठ, रसुवा । चीनबाट अवैध तरिकाले लुकाई–छिपाई नेपाल भित्रिएको सुन नेपाल प्रहरीले रसुवागढी नाकाबाट आज बरामद गरेको छ । प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार वा४ख ६२०१ नंको स्याउ बोकेको ट्रकमा लुकाई–छिपाई ल्याएको अवस्थामा सात किलो ६५३ ग्राम सुन बरामद गरिएको हो । ट्रक चालक गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीका २४ वर्षीय किशोर भुजेललाई प्रहरीले नियन्त्रणमा… Continue reading रसुवागढी नाकाबाट साढे ७ किलो सुनसहित एकजना नियन्त्रणमा

एक्काइस परिवारको एउटा मात्रै शौैचालय

४ जेठ, गोरखा । दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन् ।तीस वर्षीया उनीसँगै छरछिमेकका अन्य छोरी बुहारी पनि एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन् । बारपाक सुलिकोट गाउँपालिका–२ दलितबस्तीका महिला यसरी बिहान झिसमिसेमा र मध्यरातमा शौचालय धाउनुपर्ने कारण शौचालय अभाव हो । यहाँ २१ परिवारका लागि एउटमा मात्र शौचालय छ… Continue reading एक्काइस परिवारको एउटा मात्रै शौैचालय

बुल्दीखोलामा बन्यो पक्की पुल, स्थानीयलाई सहज

रासस४ जेठ, तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठबाट बसपार्क जावतजावत बुल्दीखोलामा पुल निर्माण गरिएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुल्दीखोलामा एक स्पामको पुल निर्माण गरिएको बताए । पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारी र सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ । विसं २०८२ भदौ ३० गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सम्झौता गरेको… Continue reading बुल्दीखोलामा बन्यो पक्की पुल, स्थानीयलाई सहज

नदी कटान रोक्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल

४ जेठ, म्याग्दी । नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ । चालु आर्थिक वर्ष २०८१ /८२ मा सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले पक्की पर्खाल… Continue reading नदी कटान रोक्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल

ढकमक्क फुलेका गुलमोहरले पर्यटक लोभ्याउँदै

रासस ४ जेठ, झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । “कति पर्यटक आउँछन् भनेर तथ्याङ्क राखिएको छैन”, गाउँपालिकाका अध्यक्ष… Continue reading ढकमक्क फुलेका गुलमोहरले पर्यटक लोभ्याउँदै

रामबहादुरले एक दशकपछि पुनः देख्न थाले संसार

४ जेठ, गोरखा । गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाले । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनर्लाइ ज्वाइँ कर्ण माहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याएका थिए । उनी जस्तै अरु ४८ जनाले पनि अब आँखा देख्न थालेका छन् । आफ्नै गाउँमा गत म¬ङ्गलबार, बुधबार र बिहीबार आयोजना गरेको… Continue reading रामबहादुरले एक दशकपछि पुनः देख्न थाले संसार

तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, चारजना घाइते

४ जेठ, लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो । घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग… Continue reading तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, चारजना घाइते

गण्डकी प्रदेश सरकारले बजेटको आकार घटाउँदै

४ जेठ, पोखरा । समानीकरण अनुदान र राजस्व खुम्चँदा गण्डकी प्रदेशमा आगामी आर्थिक वर्ष २०८२\८३ मा बजेटको आकार घट्ने भएको छ । चालु आवमा रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको प्रदेश सरकारलाई आगामी आवका लागि रु २९ अर्ब ५० करोड बराबरको बजेट ल्याउन प्रदेश स्रोत अनुमान समितिले सिफारिस गरेको छ । आर्थिक मामिला मन्त्रालयको… Continue reading गण्डकी प्रदेश सरकारले बजेटको आकार घटाउँदै

ट्रकको ठक्करबाट मनोहरामा मोटरसाइकल चालकको मृत्यु

३ जेठ, काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज दिउँसो बा६०प १७९५ नंको मोटरसाइकललाई बाप्र–०३–००१ ख १२४७ नंको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बानेश्वरस्थित… Continue reading ट्रकको ठक्करबाट मनोहरामा मोटरसाइकल चालकको मृत्यु

बैतडीमा खुकुरी प्रहारबाट दुई जना घाइते

३ जेठ, बैतडी । स्थानीय युवाद्वारा गरिएको खुकुरी प्रहारबाट बैतडीमा दुई जना महिला घाइते भएका छन् । पुर्चौंडी नगरपालिका–६ रपनाका २० वर्षीय धनवीर धानुकले आज बिहान सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरी घाइते बनाएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।… Continue reading बैतडीमा खुकुरी प्रहारबाट दुई जना घाइते

गृहमन्त्री लेखक र पाण्डे सगरमाथा आधार शिविरमा

३ जेठ, सोलुखुम्बु । गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आज सगरमाथा आधार शिविर भ्रमणमा पुगेका छन् । पर्यटकीय यामका सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न भन्दै उनीहरु आज खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन् । दुवै मन्त्रीलाई लिएर गएको हेलिकप्टर… Continue reading गृहमन्त्री लेखक र पाण्डे सगरमाथा आधार शिविरमा

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

३ जेठ, काभ्रेपलाञ्चोक । धुलिखेलमा विद्युत्को खम्बामा आज काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्को खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ११ हजार भोल्टको हाइटेन्सन… Continue reading धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

चितवनमा धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

२ जेठ, चितवन । एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन् । भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन् । उनले दुई जनालाई आक्रमणपछि आत्महत्याको प्रयास गरेका थिए । बिहान विद्यालय… Continue reading चितवनमा धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

काठमाडौंको बानेश्वर नजिक कारको ठक्करबाट घाइते बालकको मृत्यु

२ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिका–३१ कात्यानी चोकमा कारको ठक्करबाट घाइते भएका एक बालकको उचारका क्रममा आज मृत्यु भएको छ ।मृत्यु हुनेमा भारतको सितामढी घर भई हाल काठमाडौँ–३१ कात्यानी चोक तीन वर्षीय बालक शिवाङ्श झा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार कात्यानीबाट भिमसेनगोलातर्फ जाँदै गरेको… Continue reading काठमाडौंको बानेश्वर नजिक कारको ठक्करबाट घाइते बालकको मृत्यु

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालयमा क्षति

file

२ जेठ, गाईघाट । वर्षासँगै आएको आँधी, हावाहुरीका कारण उदयपुरका विभिन्न स्थानमा दर्जनौँ घर तथा विद्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार आज बिहान वर्षासँगै हावाहुरी र आँधी आउँदा जिल्लाका विभिन्न क्षेत्रमा विद्यालय तथा घरमा क्षति भएको हो । जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले जिल्लाको चौदण्डीगढी नगरपालिका–१०… Continue reading हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालयमा क्षति

कामदारको हत्या आरोपमा दम्पत्ति पक्राउ

२ जेठ, म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा आफ्नै घरको कामदारको हत्या आरोपमा एक दम्पत्ति पक्राउ परेका छन् । ४६ वर्षीय मनबहादुर दमाईको हत्या आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जीको दम्पत्ति पक्राउ परेका हुन् । गत वैशाख २८ गते मल्कबाङको खाम्चास्थित जङ्गलमा मनबहादुरको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो । हत्या आरोपी… Continue reading कामदारको हत्या आरोपमा दम्पत्ति पक्राउ

हावाहुरीका कारण रुख ढल्दा सुनवलमा २ जनाको मृत्यु

२ जेठ, सुनवल । हावाहुरीले रुख ढाल्दा च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ । रुखले च्यापेर सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । शुक्रबार हावाहुरीसहित आएको पानीबाट जोगिन उनीहरू प्रतिक्षालयमा ओत लागेका थिए… Continue reading हावाहुरीका कारण रुख ढल्दा सुनवलमा २ जनाको मृत्यु

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

२ जेठ, काठमाडौं । हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छभने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान डाइभर्ट’ भएका छन् । “अहिले आन्तरिक उडान प्रभावित भएको छ । पूर्वबाट काठमाडौँ आएका विमान पूर्वतिरै डाइभर्ट भएका छन्… Continue reading हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

पूर्वाधार अभावमा कोरला नाका सञ्चालनमा समस्या

चार हजार ६०० को उचाई रहेको नेपाल–चीन सीमास्थित कोरोला नाकाबाट देखिएको नेपालतर्फको दृश्य । तस्बिरः धर्मेन्द्र झा/रासस

धर्मेन्द्र झा/रासस २ जेठ, मुस्ताङ । गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दा स्थानीयवासी कोरलानाकामार्फत हुने आर्थिक गतिविधि बढ्नेमा आशावादी बनेका थिए । तर उद्घाटन भएपछि केही दिनमा नै बन्द भएको सेवा जेठ लाग्दा पनि सुरू हुनसकेको छैन । लामो समयसम्म अध्यागमन कार्यालय सञ्चालन हुन नसक्दा यसको मार स्थानीय व्यापारीलाई… Continue reading पूर्वाधार अभावमा कोरला नाका सञ्चालनमा समस्या

चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

२ जेठ, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए । बसमा ३९ जना सवार थिए । घाइतेमध्ये चार जनाको पुरानो… Continue reading चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

काठमाडौँबाट चोरिएको माइक्रोबस धादिङमा फेला

१ जेठ, काठमाडौं । पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ । काठमाडौं महानगरपालिका–१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट चोरी भएको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस प्रहरीले धादिङमा भेट्टाएको छ । उक्त माइक्रोबस स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भई काठमाडौँको बनस्थली बस्ने १९ वर्षीय सुदीप थापाले चोरी गरी धादिङ… Continue reading काठमाडौँबाट चोरिएको माइक्रोबस धादिङमा फेला

युट्युबबाट सीप सिकेर उद्यम

१ जेठ, कञ्चनपुर । पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार बनेकी छिन् । उनले महिनामै रु ६० हजार बढीको कारोबार गर्छिन । खर्च कटाएर रु ३० हजारसम्म आम्दानी हुने गरेको छ । विगतमा गाउँकै विद्यालयमा पढाउने कार्य… Continue reading युट्युबबाट सीप सिकेर उद्यम

झापामा हावाहुरी, एक जनाको मृत्यु

file

१ जेठ, भद्रपुर । हुरीका कारण घर भत्किँदा झापाको हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । यो घटना गत रातिको हो ।… Continue reading झापामा हावाहुरी, एक जनाको मृत्यु

विद्युतीय माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

३१ वैशाख, मलेखु । धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको… Continue reading विद्युतीय माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

३१ वैशाख, किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो ४ बजेको चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए । घरमै बसिरहेका अवस्थामा अचानक चट्याङ लागेर तामाङको मृत्यु भएको हो । हावाहुरीसँगै बर्षेको चट्याङ लागेर… Continue reading सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

सुशासनमा प्रश्न : ३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

३१ वैशाख, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन् । साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पूर्जा बनाउन सकेका थिएनन् । जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पूर्जा पाएका थिएनन् ।… Continue reading सुशासनमा प्रश्न : ३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

मौसम बदली, ठाउँठाउँमा भारी वर्षा

File Photo

३० वैशाख, काठमाडौं । सोमबार देशका केही ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गुल्मी, स्याङ्जा, काभे्रपलाञ्चोकका केही क्षेत्रमा भारी वर्षा भएको हो । गुल्मीमा ५६.४ मिलीमिटर वर्षा भएको छ । यसैगरी स्याङ्जामा ५३ मिलीमिटर वर्षा भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । काभ्रेमा पछिल्लो छ… Continue reading मौसम बदली, ठाउँठाउँमा भारी वर्षा

काठमाडौंको सुन्धारामा दुई मोटरसाइकल ठोक्किए, एकको मृत्यु

२९ वैशाख, काठमाडौं । काठमाडौँस्थित सुन्धारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आज भएको दुर्घटनामा बा ३४… Continue reading काठमाडौंको सुन्धारामा दुई मोटरसाइकल ठोक्किए, एकको मृत्यु

बिहे भोजले जन्तीसहित एक सय बढी बिरामी

रासस२९ वैशाख, जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दा बढी बिरामी परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएराति ठेरा कचुरीमा पुगेको जन्ती स्वयम्बर सकिए पछि खाजामा बुनियाँ, रसबरीलगायतका अनिय मिस्ठान्न खाएको केही समेय पछि पेट दुख्ने, बान्ता हुने, कमजोर हुन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय… Continue reading बिहे भोजले जन्तीसहित एक सय बढी बिरामी

रुकुमपश्चिममा जिप दुर्घटना, दुई जनाको मृत्यु

२० वैशाख, रुकुमपश्चिम । सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा जीप दुर्घटनामा परेको छ । सो क्रममा दुई जनाको ज्यान गएको छ । थप दुई जना गम्भीर घाइते छन् । चौरजहारी नगर अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा सानीभेरी गाउँपालिका–१० की ४४ वर्षीया लीला ओलीको मृत्यु भएको छ । यसअघि आजै दिउँसो लुप्र०२००१च ०१७७… Continue reading रुकुमपश्चिममा जिप दुर्घटना, दुई जनाको मृत्यु