काठमाडौं । नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा पालिकाको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोशी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो । क्याप परियोजनाका कार्यक्रम प्रमुख उज्वल उपाध्यायका अनुसार ती नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउन ललितपुर महानगरपालिका,… Continue reading त्रिशुलीसहित पाँच नदीलाई प्लाष्टिकमुक्त बनाइने
Category: स्थानीय
धादिङमा घरमा आगलागी, दम्पत्तिको निधन
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ गैरीखर्कस्थित एक घरमा आगलागी हुँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ। गएराति स्थानीय ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा एक्कासी आगलागी हुँदा तेजबहादुर र उनकी ७० वर्षीया श्रीमती ठूली तामाङको मृत्यु भएको धादिङका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए। डिएसपी मिश्रका अनुसार आगलागी भएको सूचना प्रहरीले राति साढे ११ बजे… Continue reading धादिङमा घरमा आगलागी, दम्पत्तिको निधन
न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
बिके नेवा, न्युयोर्क । प्रत्येक वर्ष न्युयोर्क नेवाः गुठीले गर्दै आएको सामूहिक इही कार्यक्रम अहिले ७ औँ पटक भव्यताका साथ सम्पन्न गरेको छ ।नेवाहरुको इही भनेको कन्यालाई विधि अनुसार सौभाग्यका रुपमा भगवान्लाई साक्षी राखी गरिने एउटा महत्वपूर्ण कार्य हो । इही पूजा सम्पन्न गर्न आठदेखि दस घण्टासम्म लाग्छ । कन्याहरु निराहार बसेर पूजामा महत्वपूर्ण भूमिका… Continue reading न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । घटनामा कम्तिमा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटनामा परेको थियो । ५२ जना घाइते भएको स्थानीय समाचारमाध्यमले जनाएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस… Continue reading सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु
सातदोबाटो–बालकुमारी सडक राती बन्द गरियो
काठमाडौं । लितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड केही दिन रातको समयमा बन्द हुने भएको छ । ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि ६ देखि ११ वैशाखमा सडक बन्द गरिने भएको हो । यी दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ । ग्वार्को चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरू भएको थियो… Continue reading सातदोबाटो–बालकुमारी सडक राती बन्द गरियो
काठमाडौंका ड्राइभिङ सेन्टरमा प्रहरीको छापा
काठमाडौं । काठमाडौं उपत्यकाका १४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीले छापा मारेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार १४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार ब्लुबुक नभएका, नवीकरण नगरेका सवारी साधन प्रयोग गर्ने गरेको सूचना प्रहरीले पाएको थियो। उक्त सूचना पाएसँगै प्रहरीले एकैदिन १४२ वटा ड्राइभिङ सेन्टरमा छापा… Continue reading काठमाडौंका ड्राइभिङ सेन्टरमा प्रहरीको छापा
बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । मोरङको उर्लाबारी र सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका कानेपोखरीबाट बिर्तामोड तर्फ जाँदै गरेको मे ७ प ८४८० मोटरसाइकलले मोरङको उर्लाबारी ३ मंगलबारेमा पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको नम्बरको भारतीय नम्बर प्लेटको ट्याङ्करसँग ठोक्किएको थियो । सो दुर्घटनामा… Continue reading बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु
काठमाडौं । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो । भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला… Continue reading पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु
दाङमा माटोको ढिस्कामा पुरिएर दुई बालकको मृत्यु
काठमाडौं । दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आशिष चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । आन्द्राभरैयाका ४ बालक घरदेखि करिब ५ सय मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको… Continue reading दाङमा माटोको ढिस्कामा पुरिएर दुई बालकको मृत्यु
नागरिकको सुरक्षा सरकारको प्राथमिकतामा : गृहमन्त्री
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथली सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका उनले सुरक्षामा सम्झौता नहुने बताए । गृहमन्त्री लामिछानेले कर्मचारीमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि… Continue reading नागरिकको सुरक्षा सरकारको प्राथमिकतामा : गृहमन्त्री
डोल्पामा डढेलोमा परी तीन बालक गम्भीर घाइते
काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन् । च्याउ टिप्न गएका १२, १३ र १० वर्षका तीन बालक घाइते भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले स्थानयि सञ्चारमध्यमलाई जानकारी गराएका छन् । दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरु डढेलोमा परेको… Continue reading डोल्पामा डढेलोमा परी तीन बालक गम्भीर घाइते
भोजपुरमा पौडी खेल्दा दुई युवकको मृत्यु
काठमाडौं । भोजपुरको आमचौक गाउँपालिका-१० स्थितमा दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो १ बजे आमचोक-६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । दुई जना डुबेको खबर पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो… Continue reading भोजपुरमा पौडी खेल्दा दुई युवकको मृत्यु
बिस्केट जात्रा आजबाट, ९ दिनसम्म चल्ने
काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्केटजात्रा आज चैत २७ गतेदेखि सुरु हुँदै छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गे जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइन्छ । जात्राका लागि… Continue reading बिस्केट जात्रा आजबाट, ९ दिनसम्म चल्ने
डोल्पामा डडेलो निभाउँदा घाइते भएका सैनिकमध्ये एकको मृत्यु
काठमाडौं । डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको निधन भएको छ । डढेलो निभाउँदा घाइते भएका सिपाही हेमन्त रावलको निधन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । प्रजिअ दाहालका अनुसार जमदार केशरबहादुर जागा मगर र सिपाही रावललाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको थियो… Continue reading डोल्पामा डडेलो निभाउँदा घाइते भएका सैनिकमध्ये एकको मृत्यु
सतुंगलस्थित एपीएफको स्टोरमा लाग्यो भीषण आगो
काठमाडौं । सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ । यसबारे अध्ययन गर्न छानबिन समिति समेत गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यिय छानबिन समिति गठन गरिएको हो । आगलागी नियन्त्रणमा लिन लामो समय लागेको छ । आगो निभाउन ७ वटा दमकल प्रयोग गरिएको छ । यसका साथै… Continue reading सतुंगलस्थित एपीएफको स्टोरमा लाग्यो भीषण आगो
हिमाल सफाईमा जाँदै नेपाली सेना, ५ वटा मानव शव ल्याउने लक्ष्य
काठमाडौं । नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ । सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर संकलन गर्ने लक्ष्य राखेको छ । नेपाली सेनाले आइतबार पत्रकार सम्मेलन गरी सेनाका तालिम प्राप्त जनशक्तिले सगरमाथाको आधार शिविरदेखि चौथो शिविरसम्म फोहर संकलन गर्ने योजना रहेको जानकारी… Continue reading हिमाल सफाईमा जाँदै नेपाली सेना, ५ वटा मानव शव ल्याउने लक्ष्य
कांग्रेस पदाधिकारी बैठक बस्दै, संसदबारे छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो । संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । संसद् बैठक चैत २७ गते (मंगलबार)… Continue reading कांग्रेस पदाधिकारी बैठक बस्दै, संसदबारे छलफल हुने
धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु
काठमाडौं । धनकुटामा पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको छ । धनकुटा नगरपालिका वडा नम्बर १० मार्गामा रहेको विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर दुईजना बालकको ज्यान गएको धनकुटाका प्रहरी निरीक्षक अनिल कुमार शाहले जानकारी दिए । ज्यान गुमाउनेमा धनकुटा नगरपालिका वडा नम्बर १० का ११ वर्षीय मनिष खतिवडा र धनकुटा नगरपालिका–९ का… Continue reading धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु
श्रीमतिको हत्या आरोपमा तनहुँमा श्रीमान पक्राउ
काठमाडौं । तनहुँको व्यास नगरपालिका–५ साँगेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिए। प्रहरीका अनुसार कुमालले हतियार प्रहार श्रीमतीको हत्या गरेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।
इलाममा कांग्रेसका खड्काले गरे उम्मेदवारी दर्ता
इलाम । आगामी वैशाख १५ गते इलाम २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थितिमा खड्काले मनोनयन दर्ता गराएका हुन् । खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा… Continue reading इलाममा कांग्रेसका खड्काले गरे उम्मेदवारी दर्ता
इलाममा एमालेका सुहाङले गरे मनोनयन दर्ता
काठमाडौं । इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन् । उपनिर्वाचन १५ वैशाखमा हुँदैछ । एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका… Continue reading इलाममा एमालेका सुहाङले गरे मनोनयन दर्ता
इलाममा स्वतन्त्र पार्टीका लिम्बुले गरे मनोनयन पत्र दायर
इलाम । इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मनोनयनपत्र दर्ता गराएका छन् । रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बुले मनोनयन पत्र दर्ता गराएका हुन् । रास्वपाका उम्मेदवार लिम्बुअघि ११ जनाले मनोनयन पत्र दर्ता गराइसकेका छन्… Continue reading इलाममा स्वतन्त्र पार्टीका लिम्बुले गरे मनोनयन पत्र दायर
सुनसरीमा अवस्था सामान्य बन्दै, कर्फ्यू खुकुलो
काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएसँग कर्फ्यू खुकुलो पारिएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको छ । फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी… Continue reading सुनसरीमा अवस्था सामान्य बन्दै, कर्फ्यू खुकुलो
नुवाकोटमा फेरी रोकियो काठमाडौंको फोहोर
काठमाडौं । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापना गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर व्यवस्थापनमा अवरोध गरेको हो । उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११… Continue reading नुवाकोटमा फेरी रोकियो काठमाडौंको फोहोर
इलाम-२ मा एमालेलाई माओवादीको साथ
काठमाडौं । इलाम(२ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने औपचारिक निर्णय गरेको छ । माओवादीका जिल्ला संयोजक विजय खम्बु र एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सुहाङलाई मतदान गर्न अपिल गरेका छन् । इलामका सन्दर्भमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड र… Continue reading इलाम-२ मा एमालेलाई माओवादीको साथ
गृहजिल्लाको भ्रमणमा पुग्दै राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जाने भएका छन् । राष्ट्रपतिले भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल चौथो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन् । यसअघि चैत्र १८ गते तनहुँको देवघाट–५ घिनाटार र… Continue reading गृहजिल्लाको भ्रमणमा पुग्दै राष्ट्रपति
क्वार्ज क्रिष्टल गोरखा दरबार भित्र राख्न प्रधानमन्त्री गोरखा जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा आउनु हुने भएको छ । शुक्रवार बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा क्वार्ज क्रिष्टल प्रधानमन्त्रीको हातबाट प्रतिस्थापना गर्नको लागि प्रधानमन्त्री प्रचण्ड गोरखा आउन लागेको गोरखा नगरपालिका नगर प्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिएका छन् । क्वार्ज क्रिष्टल बहुचर्चित हिराको धातु भएकाले… Continue reading क्वार्ज क्रिष्टल गोरखा दरबार भित्र राख्न प्रधानमन्त्री गोरखा जाँदै
चितवनमा भाले गैडा मृत फेला
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा अन्दाजी ३२ वर्षको भाले गैंडा मृत फेला परेको छ । चैत ३ गते निकुञ्जको कोर क्षेत्र कसराबाट माडीको बगई सेक्टरमा जाने बाटो नजिकै सो मृत फेला परे पनि ढिलो मात्रै जानकारी पाएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । सो गैंडा प्राकृतिक कारणले मरेको उनको भनाइ छ । निकुञ्जले… Continue reading चितवनमा भाले गैडा मृत फेला
कास्कीमा जीप दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौेरेमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएको पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार र ५५ वर्षीय लक्ष्मण सुनारको मृत्यु भएको हो । पोखरा बजारदेखि भदौरे जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप… Continue reading कास्कीमा जीप दुर्घटना, दुई जनाको मृत्यु
पाल्पामा हावाहुरीले रुख ढाल्दा स्कुटरमा सवार एक जनाको मृत्यु
काठमाडौं । पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एकजना घाइते छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा तानसेन नगरपालिका–५ कैलाशनगर बस्ने १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएकोमा… Continue reading पाल्पामा हावाहुरीले रुख ढाल्दा स्कुटरमा सवार एक जनाको मृत्यु