सुर्खेत\रासस । गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले आइतबार सुर्खेतमा आयोजित ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा मृत्यु हुनेमा सबैभन्दा बढी मृत्यु जुम्ला र… Continue reading असोजयता विपद्का कारण कर्णालीमा ४९ जनाको मृत्यु
Category: स्थानीय
दाङमा दुई किशोर-किशोरीको विद्युतीय धरापमा परी ज्यान गएको पुष्टी, संलग्न चार पक्राउ
दाङ । दाङमा तीन साता अगाडी एउटै खाल्डोमा पुरिएको अवस्थामा भेटिएका किशोर किशोरीको विद्युतीय धरापमा परी ज्यान गएको पुष्टी भएको छ । रोशनी महतरा र शरद आचार्यको हत्या प्रकरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द… Continue reading दाङमा दुई किशोर-किशोरीको विद्युतीय धरापमा परी ज्यान गएको पुष्टी, संलग्न चार पक्राउ
पूर्वी नेपालमा भूकम्प
काठमाडौं । पूर्वी नेपालमा भूकम्प गएको छ । सोमबार राति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गरएको छ । आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङमा चीनको सीमा क्षेत्र पर्ने ठाउँमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । नेपालमा ६… Continue reading पूर्वी नेपालमा भूकम्प
लोकन्थलीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटनामा परी चालकको ज्यान गएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका पुण्यप्रसाद बोहोराको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३ का २७ वर्षीय बोहोराको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। पाण्डेका अनुसार शनिबार राति १०… Continue reading लोकन्थलीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
निर्वाचनपछि पनि गठबन्धनकै सरकार बन्छ : देउवा
डडेलधुरा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । “समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ,” शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, “धेरै लामो लडाइँपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ ।” सो अवसरमा… Continue reading निर्वाचनपछि पनि गठबन्धनकै सरकार बन्छ : देउवा
श्रीमतीको हत्या गरी श्रीमानद्धारा आत्महत्या
दाङ । दाङको घोराहीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्। घोराही उपमहानगरपालिका वडा नं। १३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकाले ३७ वर्षीया निरु रोकाको हत्यापछि आफैले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार उच्च रक्तचापका बिरामी नवीनलाई श्रीमतीले बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेकी थिइन्।… Continue reading श्रीमतीको हत्या गरी श्रीमानद्धारा आत्महत्या
तीन जनाको ज्यान जाने गरी कार दुर्घटना गराएका फरार चालक पक्राउ
रुपन्देही । रूपन्देहीको ओमसतिया गाउँपालिका–४ पननीमा तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाको कार चालक पक्राउ परेका छन्। दुर्घटनापश्चात कारसहित फरार रोहिणी गाउँपालिका–३ का अजयकुमार चौधरीलाई रूपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो। प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई उदृत गर्दै राससले जनाए अनुसार चौधरीलाई भैरहवाको गल्लामण्डीबाट पक्राउ गरिएको हो। सोमबार भएको दुर्घटनापछि कार चालक चौधरी फरार थिए।… Continue reading तीन जनाको ज्यान जाने गरी कार दुर्घटना गराएका फरार चालक पक्राउ
इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किए, तीन जनाको मृत्यु
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा दुई वटा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोरङ बूढीगङ्गा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प… Continue reading इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किए, तीन जनाको मृत्यु
महोत्तरीमा दुई समुदायबीच झडप, अनिश्चितकालीन कर्फ्यु आदेश जारी
महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । बिहीवार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभरजस्तै झडप हुँदा दिउँसो ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादवलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।बिहिवार बिहान झन्डै १० बजेतिर हिन्दु… Continue reading महोत्तरीमा दुई समुदायबीच झडप, अनिश्चितकालीन कर्फ्यु आदेश जारी
अर्घाखाँचीको निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन एअरपोर्टको धावनमार्गमा प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलका चालकसहित दुई जनाको ज्यान गएको छ। सन्धिखर्क नगरपालिका–१ मिडियाचोकका २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको ज्यान गएको जिल्ला… Continue reading अर्घाखाँचीको निर्माणाधीन विमानस्थलको धावनमार्गमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
रोल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु
रोल्पा । रोल्पाको सुलिचौरमा बुधबार भएको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लिवाङ–भालुवाङ सडक खण्ड अन्तर्गत सुनीलस्मृति गाउँपालिका–४ सेवाकेन्द्र भन्ने ठाउँबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप सडकबट १०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका– ६ का ५८ वर्षका विष्णु रिजाल र ६० वर्षका… Continue reading रोल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु
दाङमा बबई नदीमा दुई किशोरी वेपत्ता, खोजी जारी
दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो १ बजे दंगिशरण गाउँपालिका–२ की १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर गाउँपालिका– १ की १४ वर्षीया गोमा चन्द डुेबर बेपत्ता भएको प्रहरीले जनाएको छ । खोजी अभियान शनिबारबाटै थालिएको छ… Continue reading दाङमा बबई नदीमा दुई किशोरी वेपत्ता, खोजी जारी
बझाङमा जीप दुर्घटना, ७ जनाको मृत्यु
बझाङ । बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा ७ जनाको ज्यान गएको हो । सु प प्र ०१–००१ च ११७ नम्बरको जिप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जिप सडकबाट दुई सय मिटर… Continue reading बझाङमा जीप दुर्घटना, ७ जनाको मृत्यु
ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ तेल्लावुङवाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकाघरका दाजुभाइसहित चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखे अनुसार मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा ट्याक्टर पल्टिएको थियो । मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका… Continue reading ताप्लेजुङमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु
झापामा गोली हानेर एक व्यक्तिले गरे आत्महत्या
झापा । झापामा आफैलाई गोली हानेर एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको को गौरादह नगरपालिका–८ मा भतिजलाई गोली हानेर घाइते बनाएका एक व्यक्तिले ‘आत्महत्या’ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका जीवन शाहको मृत्यु भएको छ । उनले आफैंले कन्चटमा गोली हानेको अनुमान गरिएको छ । उनले… Continue reading झापामा गोली हानेर एक व्यक्तिले गरे आत्महत्या
अरिंगालको टोकाईबाट सल्यानमा आमा-छोरीको मृत्यु
सल्यान । अरिङ्गालको टोकाइबाट सल्यानमा दुई जनाको ज्यान गएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका १ हाम्फाल निवासी २१ वर्षीया शोभा बुढाथोकी र ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी छन् । सोमवार बेलुका धान काटेर घर फर्कने क्रममा… Continue reading अरिंगालको टोकाईबाट सल्यानमा आमा-छोरीको मृत्यु
झापामा दुई मोटरसाइकल ठोक्किए, २ जनाको मृत्यु
झापा । झापाको बिर्तामोड नगरपालिकामा सोमबार साँझ मोटरसाइकल जुध्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे५प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे३प ५५८० नंको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मत्यु… Continue reading झापामा दुई मोटरसाइकल ठोक्किए, २ जनाको मृत्यु
एउटै खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव फेला
दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा दुई जना किशोर–किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका १३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।, उनीहरु तीन दिनअघि बाट सम्पर्क… Continue reading एउटै खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव फेला
प्रचण्डले घुमे गोरखा दरवार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन् । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका उनले शनिबार बिहान दरबार अवलोकन गरेका हुन् । गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचार–प्रसारमा जोड दिनुपर्ने… Continue reading प्रचण्डले घुमे गोरखा दरवार
डडेलधुरामा कर्ण मल्ललाई सघाउने निर्णयबाट पछि हट्यो एमाले, देउवालाई सहज
काठमाडौं । नेकपा एमाले, डडेलधुराले नेपाली कांग्रेस बीपीसँग गरेको चुनावी तालमेल रद्द गरेको छ । एमालेले प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्ण मल्ललाई सघाएको थियो । प्रदेशसभाको क र ख दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी समेत फिर्ता गराएको थियो । तर आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस बीपीले प्रदेशसभा… Continue reading डडेलधुरामा कर्ण मल्ललाई सघाउने निर्णयबाट पछि हट्यो एमाले, देउवालाई सहज
राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको कुन-कुन जिल्लामा हुँदैछ ?
काठमाडौं । राष्ट्रिय खेलकुदको नवौं संस्करण आजबाट औपचारिक रुपमा शुरु हुँदैछ । यसअघि अनौपचारिक रुपमा खेलहरु भने जारी छन् । नवौं राष्ट्रिय खेलकुदमा खेलाइने कूल ३६ वटा खेलहरुमध्ये पोखराको घरेलु मैदानमा नै २६ वटा खेल हुनेछन् । अन्य खेल गण्डकी प्रदेशका तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङ जिल्लामा तोकिएको छ । गण्डकीका सबै… Continue reading राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको कुन-कुन जिल्लामा हुँदैछ ?
बारामा एकै परिवारका तीन जनाको हत्या
बारा । बारामा एउटै परिवारका तीन जनाको हत्या भएको छ । बाराको प्रसौनी गाउँपालिका ५ प्रष्टोका बस्ने दीपेन्द्र चौधरीकी श्रीमती २५ वर्षीया सुजाता चौधरी, ३ वर्षीया छोरी ताहिरा चौधरी र १६ महिनाको छोरा राजवीर चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । तीनै जनाको शव बुधबार दिउँसो गाउँकै ढोरा खोलाको किनारमा भेटिएको छ । आमा र… Continue reading बारामा एकै परिवारका तीन जनाको हत्या
विष्णु पौडेलको निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज
काठमाडौं । एमाले नेता विष्णु पौडेलको क्षेत्रमा गठबन्धनका उम्मेदवारको उम्मेदवारी दर्ता खारेज भएको छ । रुपन्देही २ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । गुरुङ नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् । अन्य दुई भने हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी… Continue reading विष्णु पौडेलको निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज
पश्चिम नेपालमा बाढी र पहिरोको वितण्डा, कम्तिमा १६ जनाको मृत्यु
काठमाडौं । पश्चिम नेपालमा बाढी र पहिरोमा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ । २० जना वेपत्ता भएका छन् । निरन्तर परेको वर्षाका कारण पहिरो जाँदा मुगु, हुम्ला र कालीकोटमा १६ जनाको मत्यु भएको छ । २० बेपत्ता भएका छन् । मुगुको छायानाथरारा नगरपालिका–११ सालिम गाउँमा मात्र ८ जनाको ज्यान गएको छ । हुम्लाको चंखेली–६ देनबाडामा… Continue reading पश्चिम नेपालमा बाढी र पहिरोको वितण्डा, कम्तिमा १६ जनाको मृत्यु
हुम्लामा पहिरो, कम्तिमा ४ जनाको मृत्यु
काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा ४ जना मृत्यु भएको छ । ३ जना घाइतेको उद्धार गरिएको प्रहरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुने चारै जना बालबालिका हुन् । घटनास्थलमा प्रहरी पुगिनसकेकोले के कति क्षति भएको हो यकिन विवरण आइसकेको छैन । घटनास्थलमा नजिकैको प्रहरी जाँदै छ । घटनास्थल… Continue reading हुम्लामा पहिरो, कम्तिमा ४ जनाको मृत्यु
जनार्दन शर्माको निर्वाचन क्षेत्रमा भएन तालमेल, सबै दल एक्ला-एक्लै मैदानमा
काठमाडौं । सत्तारुढ दलहरुबीच गठबन्धन भएपनि त्यो रुकुम पश्चिममा भने कार्यान्वयनमा आउन सकेन । दलहरुको अडानका कारण सबै दल एक्लाएक्लै भिठ्ने भएका छन् । यो नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माको निर्वाचन क्षेत्र हो । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक्लाएक्लै चुनावमा होमिएका छन्। उनीहरूले आइतबार प्रतिनिधि सभा र प्रदेश… Continue reading जनार्दन शर्माको निर्वाचन क्षेत्रमा भएन तालमेल, सबै दल एक्ला-एक्लै मैदानमा
माओवादी छाडेर एमाले गएका प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी
काठमाडौं । माओवादी छाडेर एमाले छिरेका प्रभावशाली नेता प्रभु साह एमालेबाट समेत अलग भएका छन् । उनले एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)सँग गठबन्धन गरेको विरोधमा साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को टिकट पाएका साहले एमाले अपवित्र भएको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।… Continue reading माओवादी छाडेर एमाले गएका प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी
मिनेन्द्रको निर्वाचन क्षेत्रमा सुजातालाई टिकट
काठमाडौं । कांग्रेसले नेता मिनेन्द्र रिजालको क्षेत्रमा नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ । यससँगै उनले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । २०७४ सालको निर्वाचनमा नेता मिनेन्द्र रिजाल निर्वाचित क्षेत्रबाट निर्वासिचत बनेका थिए । यस क्षेत्रमा लड्नका निम्ति रिजाल पनि दाबेदार थिए। तर पार्टी कमिटीले कोइरालालाई टिकट दिएको… Continue reading मिनेन्द्रको निर्वाचन क्षेत्रमा सुजातालाई टिकट
जुम्लामा पहिरो, एकै परिवारका पाँचको मृत्यु
जुम्ला । जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । २ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका… Continue reading जुम्लामा पहिरो, एकै परिवारका पाँचको मृत्यु
बोष्टनमा बृहत सुशोभन समारोह हुने
सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन सहरमा बृहत सुशोभन समारोह एवं सांस्कृतिक कार्यक्रम हुने भएको छ। आउदो नोभेम्बर १३ तारिख आइतवारका दिन मासाचुसेट्स राज्यको आर्लिङ्गटन सहरको 7 Medford street स्थित Regent Theatre मा आयोजना गर्ने गरी आवश्यक तयारी थालिएको आयोजकले जनाएको छ। नेपालमा गुणस्तरीय शिक्षालाई सर्बसुलभ बनाई राष्ट्रनिर्माणमा टेवा पुर्याउने प्रमुख उद्देश्यका साथ अमेरिकामा… Continue reading बोष्टनमा बृहत सुशोभन समारोह हुने