गोरखा, २२ फागुन । प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कविन्द्र बुर्लाकोटीले अग्रता बढाउँदै गएका छन् । पछिल्लो मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसँगको मतान्तर उनले एक हजार १५९ पुर्याएका छन् । अहिलेसम्म दुई हजार ८०२ मतगणना हुँदा रास्वपाका उम्मेदवार बुर्लाकोटीले एक हजार ५७१ मत प्राप्त गरेका छन् ।… Continue reading गोरखा–२ मा अग्रता बढाउँदै रास्वपाका बुर्लाकोटी
Category: स्थानीय
झापा–५ : रास्वपा भारी मतान्तरले अग्रता
झापा, २२ फागुन । झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ११ हजार ९४५ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । आज अपराह्न ५ः३० बजेसम्मको मतगणना अनुसार १८ हजार ९७ मतगणना सम्पन्न गर्दा उनले उक्त मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।… Continue reading झापा–५ : रास्वपा भारी मतान्तरले अग्रता
काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनले २४ हजार ५९२ मत प्राप्त गरेर विजय भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले तीन हजार २१७ मत र कांग्रेसका सपना राजभण्डारीले दुई हजार ८३५ मत प्राप्त गरे । श्रेष्ठ पूर्वयुवा तथा खेलकुदमन्त्रीको… Continue reading काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी
मनाङ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी भएका हुन् । मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । उनका हाँनिकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ मत… Continue reading मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी
रास्वपाका शिशिर खनाल विजयी
२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो जित निकालेको छ । काठमाडौं ६ बाट शिशिर खनाल विजयी भएका हुन् । उनले २७ हजार ७११ मत पाए । उनको निकटतम प्रतिद्वन्दी काङ्ग्रेसका कृष्ण बानियाँले ६ हजार ६४७ मत पाए । उता, रास्वपाले १ सय भन्दा धेरै स्थानमा अग्रता कायम गरेको छ ।
मुस्ताङबाट काङ्ग्रेसले खोल्यो जितको खाता
२२ फागुन, काठमाडौं । मुस्ताङमा नेपाली काङ्ग्रेसका योगेश थकाली विजयी भएका छन् । उनले ३३०७ मत पाए । उनका निकटतम प्रतिद्वन्दी एमालेका इन्द्रधारा विष्टले १८०६ मत पाए । देश भर राश्वपाले लहर ल्याउदा मुस्ताङमा भने काङ्ग्रेस विजयी भएको हो ।
रन्जु दर्शना भारी मतान्तरले विजयी
२२ फागुन, काठमाडौं । काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले खाता खोलेको छ । यहाँ रन्जु दर्शनाले भारी अन्तरको जित निकालिन । रन्जुले कुल १५ हजार ४५५ भोट पाउँद उनको निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका उम्मेदवारले ६ हजार ३६४ मात्र मत पाए । यहाँ हलो चिन्हबाट चुनाब लडेका रविन्द्र मिश्रले ३ हजार ९६२ मात्र मत पाए ।… Continue reading रन्जु दर्शना भारी मतान्तरले विजयी
रुकुममा प्रचण्डलाई भारी अग्रता
२२ फागुन, काठमाडौं । रुकुम पुर्वबाट प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जहाँ नेकपा अध्यक्ष प्रचण्ड उम्मेदवार छन् । प्रारम्भिक नतिजामा प्रचण्ड भारी मतले अगाडि छन । उनले १४१५ मत पाउँद एमाले उम्मेदवार लीलामणि गौतमको ४३१ मत आएको छ । रास्वपाले यहाँ १७६ मत मात्र पाएको छ ।
उपत्यकाका १५ मध्ये १४ मा रास्वपा अगाडि
२२ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर देखिएको छ । कुल तीन जिल्लाका १५ निर्वाचन क्षेत्र मध्ये १४ मा रास्वपा उम्मेदवार अगाडि छन् । रास्वपाका उम्मेदवारको अग्रता अत्यधिक रहेका कारण नतिजा उल्टिने सम्भावना समेत कम देखिन्छ । ललितपुर १ मा काङ्ग्रेसका उदय शमसेर बाहेक अन्य स्थानमा घन्टीमा लहर देखिएको छ ।
विराजभक्त र रन्जु दर्शना भारी अन्तरले अगाडी, यस्तो छ काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण
काठमाडौँ, २२ फागुन । काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगले काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण उपलब्ध गराएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले दुई हजार ५५१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका हिमाल कार्कीले ५४५, नेकपा (एमाले)का विनोद… Continue reading विराजभक्त र रन्जु दर्शना भारी अन्तरले अगाडी, यस्तो छ काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण
काठमाडौं ३ मा मतगणना सुरु
२१ फागुन, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाका–१ बाट मतगणना सुरु भएको छ । मतगणना प्रतिनिधि सुजन पुडासैनीका अनुसार पहिलो मतपेटिका कागेश्वरी वडा नम्बर १ बाट गणना सुरु गरिएको छ । यो क्षेत्रमा कुलमान घिसिङ प्रतिस्पर्धामा छन् ।
चितवनमा ६४ प्रतिशत मत खस्यो
चितवन, २१ फागुनः आज सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवनमा ६४ दशमलव १२ प्रतिशत मत खसेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा आज बिहानदेखि भएको मत दानका क्रममा दुई लाख ८३ हजार ४२८ मत खसेको हो । जसमध्ये ६७ दशमलव २५ प्रतिशत महिला र ६० दशमलव ८९ प्रतिशत पुरुष रहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए… Continue reading चितवनमा ६४ प्रतिशत मत खस्यो
काठमाडौँको मतगणना कहाँ कहाँ हुँदैछ ?
काठमाडौँ, २१ फागुनः प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौँको क्षेत्र नं १ को मतगणना सहकारी विभागमा हुँदैछ । त्यसैगरी क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय, क्षेत्र नं ३ को चामुन्डा माध्यामिक विद्यालय नारायणटार, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको कार्यालय र क्षेत्र नं को २ को ज्येष्ठ… Continue reading काठमाडौँको मतगणना कहाँ कहाँ हुँदैछ ?
दुर्गमका मतपेटिका हेलिकप्टरबाट सङ्कलन गरिँदै
काठमाडौँ, २१ फागुनः नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, आमनागरिकसँगको सहयोग र समन्वयमा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षित रुपमा सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न भएपछि रासससँग कुरा गर्दै नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसारका तयारीले निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न सहयोग पुगेको बताए । “निर्वाचन सुरक्षाका लागि… Continue reading दुर्गमका मतपेटिका हेलिकप्टरबाट सङ्कलन गरिँदै
प्रचण्डको क्षेत्रमा मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिँदै, मतगणना शुक्रबार
रुकुमपूर्व, २१ फागुन : रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ । सडक सञ्जालको पहुँचमा नरहेका र हिँडेर एक दिन लाग्ने यी तीन ठाउँका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम रुकुमकोट ल्याइएको हो । सिस्ने गाउँपालिका–१ पाखापानी मतदान केन्द्र, पुथा उत्तरगङ्गा गाउँपालिका¬–२ पेल्माको हिमाल आवि पेल्मा मतदान केन्द्र र सोही वडाको… Continue reading प्रचण्डको क्षेत्रमा मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिँदै, मतगणना शुक्रबार
देशभर ६० प्रतिशत खस्यो मत : आयोग
२१ फागुन, काठमाडौं । निर्वाचन आयोगका अनुसार देशभर करिव ६० प्रतिशत मत खसेको छ । यसको विस्तृत विवरण अझै सङ्कलनको क्रममा रहेको आयोगले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । आयोगका अनुसार देशभर शान्तीपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । दिउँसो विवाद भएका केही स्थानमा अझै मतदान जारी रहेको समेत आयोगले जनाएको छ ।
काठमाडौंमा आज रातिबाटै मतगणना
२१ फागुन, काठमाडौं । काठमाडौंमा आज राती बाटै मतगणना सुरु हुने भएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार काठमाडौंको १० वटै क्षेत्रमा अहिले मतपेटिका सङ्कलनको काम सुरु भएको छ । सो काम सकिए सङ्गै मतगणनाको प्रक्रिया थालिने छ । निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्लामा ६० प्रतिशत माथी भोट खसेको अनुमान छ ।
प्रथम महिला पौडेलद्वारा मतदान
दमौली (तनहुँ), २१ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा उत्साहका साथ मतदान जारी रहेको निर्वाचन अधिकारी विकास लम्सालले राससलाई जानकारी दिए ।
देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास
चितवन, २१ फागुनः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुुलिस स्कुल मतदान केन्द्र क बाट मतदान गरेपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्र र जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई मतदाताले चयन गर्नेमा… Continue reading देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास
प्रधानमन्त्री कार्कीद्वारा मतदान
काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन् । मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन् । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु… Continue reading प्रधानमन्त्री कार्कीद्वारा मतदान
उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान
काठमाडौँ, २१ फागुनः उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवार हुनुहुन्छ । यो निर्वाचन क्षेत्रमा ६४ हजार ४७९ मतदाता कायम छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु
काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । निर्धारित निर्वाचन कार्यतालिकाअनुसार अहिले बिहान ७ः०० बजे मतदान सुरु भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले राससलाई जानकारी दिए । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म एकैचरणमा मतदान हुँदैछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन… Continue reading प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु
प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान
काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो… Continue reading प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
काठमाडौँ, २० फागुन राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’ गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । बिहीबार मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय
काठमाडौँ, २० फागुनः गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको… Continue reading निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय
धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह
जनकपुरधाम, २० फागुन । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । निर्वाचन शान्तिपूर्ण रूपमा हुने भएकाले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गरे । उनले निर्वाचनलाई शान्तिपूर्ण तथा संयमित गराउनका लागि शान्ति, सुरक्षाको पूर्ण व्यवस्था गरिएको तथा सो निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा… Continue reading धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
गोलबजार (सिरहा) २० फागुन । गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२–०२–००१च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२ः३० बजे… Continue reading सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ, २० फागुन । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त संस्थाले निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र कल सेन्टरमा प्राप्त सूचनाका आधारमा समग्रमा निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित रहेको निष्कर्ष सार्वजनिक गरेको छ । जियोकले मतदान… Continue reading निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
काठमाडौँ, १९ फागुन । नेपाली सेनासहितका सुरक्षा निकायले सुरक्षा व्यवस्था चुस्त तुल्याइएका निर्धक्क भएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन आममतदातालाई अनुरोध गरेका छन् । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत सुरक्षा अवधारणाअनुरूप सबै निकायसँग समन्वय र सहकार्य गरी निर्वाचनलाई सुरक्षित तरिकाले सम्पन्न आवश्यक तयारी र तैनाथी भइसकेको स्पष्ट पारे । प्रतिनिधिसभा सदस्य निर्वाचनको… Continue reading सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
भक्तपुरमा निजी कार दुर्घटना, तीनको मृत्यु, दुई घाइते
भक्तपुर, १९ फागुनः नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा घाइते पाँचमध्ये तीन जनाको आज मृत्यु भएको छ । सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइतेमध्ये काठमाडौँ महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको उपचारको क्रममा आज… Continue reading भक्तपुरमा निजी कार दुर्घटना, तीनको मृत्यु, दुई घाइते