चितवन, २२ जेठः यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । उनले भने, “दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएका छन् । समस्या दैनिकरुपमा बढको छ ।” हाल कारागारमा ७१२ जना कैदी छन् । यसको क्षमता… Continue reading भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
Category: स्थानीय
झापामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
बिर्तामोड, २१ जेठ (रासस) । झापाको मेचीनगरमा आज साँझ बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–७ स्थित सञ्जय सिमेन्ट फ्याक्ट्री अगाडि गोमनसरीबाट धुलाबारीतर्फ जाँदै गरेको होलिबेल इङ्गलिस बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ९९०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना… Continue reading झापामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
हलेसी तुवाचुङमा ‘एक घर, एक धारा’ कार्यक्रम :सल्लेका ३१ घर मगर परिवार लाभान्वित
खोटाङ, २१ जेठ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालनमा आएपछि स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । गोर्खा वेलफेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा आएपछि सल्लेका ३१ घर मगर परिवार लाभान्वित भएका हुन् । सुक्खाग्रस्त क्षेत्रमा पर्ने सल्लेमा सञ्चालित लिफ्टिङ प्रविधिको खानेपानी आयोजनाको कुल लागत रु… Continue reading हलेसी तुवाचुङमा ‘एक घर, एक धारा’ कार्यक्रम :सल्लेका ३१ घर मगर परिवार लाभान्वित
जर्मन सहयोगमा धुलिखेलमा स्वास्थ्य, खानेपानी र सौर्य ऊर्जा परियोजना शुभारम्भ
काठमाडौँ, २१ जेठः नेपाल सरकार, धुलिखेल नगरपालिका, धुलिखेल अस्पताल, यहाँस्थित जर्मन दूतावास तथा जर्मन विकास सहकार्यका प्रतिनिधिले आज धुलिखेलमा स्वास्थ्य सेवा, सामुदायिक पूर्वाधार र नवीकरणीय ऊर्जा क्षेत्रसँग सम्बन्धित तीन महत्वपूर्ण परियोजनाको संयुक्त रूपमा शुभारम्भ गरेका छन् ।कार्यक्रममा नेपालका लागि जर्मन राजदूत उडो यूजेन भोल्ज, केएफ डब्ल्यु विकास बैंक, जिआईजेड नेपालका साथै नेपाल सरकारका वरिष्ठ अधिकारी,… Continue reading जर्मन सहयोगमा धुलिखेलमा स्वास्थ्य, खानेपानी र सौर्य ऊर्जा परियोजना शुभारम्भ
पर्वतमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
पर्वत, २१ जेठः कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाकोे ज्यान गएको छ । पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय… Continue reading पर्वतमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछन् वर्षहरू
नरेन्द्रसिंह कार्की–रासस दार्चुला, २१ जेठः मालिकार्जुन गाउँपालिका–२ का बजानी, सिराड, श्रीराड र ठिङका बासिन्दाका लागि पानी माग गर्दै आएको वर्षौं भयो । यहाँका महिला, बालबालिका र वृद्धहरू पानीको खोजीमै समय बित्ने गरेको छ । यी बस्तीहरूमा अझै पनि खानेपानी पुगेको छैन । बर्खायाममा केही मुहानहरूबाट थोरै पानी उपलब्ध भए पनि हिउँदयाम सुरु हुनासाथ गाउँभर पानीको… Continue reading मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछन् वर्षहरू
बाह्र वर्षपछि टक्सार फर्किएर व्यापार
टक्सार (भोजपुर), २१ जेठः बाह्र वर्षअघि अवसरको खोजीमा टक्सार छाडेर काठमाडौँ गएका सुजन उदासले सोचेका थिएनन्, फेरि गाउँमै फर्किएर व्यवसाय सञ्चालन गर्नुपर्ला भनेर । तर, उनले सोचेजस्तो भएन– ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ भनेझैँ उहाँ पनि फेरि गाउँ फर्किए । उदास एक दशक लामो काठमाडौँ बसाइ बिट मार्दै गाउँ फर्किए । यहाँ आएपछि उहाँले भोजपुर… Continue reading बाह्र वर्षपछि टक्सार फर्किएर व्यापार
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
घोराही (दाङ), २० जेठः लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मन्त्रीले राजीनामा दिएका छन् । आफूहरुले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजिनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए । मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री… Continue reading लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छाडा पशु–चौपायाका बहुआयामिक असर
इन्द्राकुमारी केसी–राससघोडाघोडी (कैलाली), २० जेठ । एक समय थियो, गाउँघरका हरेक गोठ गाईगोरुले भरिएका हुन्थे । बिहान सबेरै किसानहरू हलो काँधमा बोकेर खेततिर निस्कँदा गोरु उनीहरूका मुख्य साथी हुन्थे । खेत जोत्न, मल उत्पादन गर्न, दूध दिन र घरपरिवारको आर्थिक आधार बन्न गाईगोरुको महत्त्वपूर्ण भूमिका थियो । गाउँको सम्पन्नता गोठमा बाँधिएका चौपायाको सङ्ख्यासँग तुलना गरिन्थ्यो… Continue reading छाडा पशु–चौपायाका बहुआयामिक असर
कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक
काठमाडौँ, २० जेठः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ । बैठकमा पार्टीको आन्तरिक… Continue reading कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक
राममायाले सत्तरी वर्षमा पाइन् नागरिकता
म्याग्दी, २० जेठः म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छिन् । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । नेपाली नागरिकताको अभावमा शारीरिक रुपमा अपाङ्गता भएकी एकल महिला खत्री राज्यको सेवासुविधाबाट वञ्चित भएकी थिइन् । कान्छो भाइ गर्भे खत्रीले आवश्यक… Continue reading राममायाले सत्तरी वर्षमा पाइन् नागरिकता
कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान
काठमाडौँ, १८ जेठः नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान गरेको छ । पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको संयोजकत्वमा आज केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्वदेश तथा विदेशमा रहेका इच्छुक नेपाली नागरिकका लागि नयाँ क्रियाशील सदस्यता आह्वान गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले नयाँ क्रियाशील… Continue reading कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान
एक अनुकरणीय प्रतिष्ठान गोपीकृष्ण स्मृति
पितापूर्वज, वंश मावाली नै व्यक्ति तथा परिवारको रक्तनली हुन्। संस्कृति, संस्कार र परंपराको सञ्चार यसैबाट हुन्छ । आफ्ना अग्रजको नाममा स्मरण एवम् सम्मानको हेतु उहाँहरुको योगदानउपर कदरस्वरुप प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने प्रचलन हरेक सभ्य समाजमा हुन्छ । खनाल परिवारले पिता गोपीकृष्ण खनालको नाममा विसं. २०७६ सालमा स्थापना गरेको ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ यसैको उदाहरण हो… Continue reading एक अनुकरणीय प्रतिष्ठान गोपीकृष्ण स्मृति
भिरबाट लडेर दुई जनाको मृत्यु
बाजुरा, १८ जेठः जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिए । यस्तै, सोही नगरपालिका–६ कोर्धका बलबहादुर खड्काकी छोरी छ वर्षीया जसना खड्काको… Continue reading भिरबाट लडेर दुई जनाको मृत्यु
शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए
अमरगढी (डडेल्धुरा), १८ जेठः डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो । यस्तै, सशस्त्र प्रहरी… Continue reading शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए
छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
झापा, १८ जेठः मेचीनगर नगरपालिका-१५ स्थित माँ पाथीभरा प्लाई फ्याक्ट्रीमा कार्यरत रामबहादुर गौतमको कुटपिटबाट स्थानीय ५५ वर्षीय रुद्र श्रेष्ठको आज मृत्यु भएको छ । सामान्य भनाभन र वादविवादमा श्रेष्ठलाई फ्याक्ट्रीका कामदार ३५ वर्षीय गौतमले कुटपिट गरी घाइते बनाएको थाहा पाएपछि स्थानीय ज्यामिरगढी प्रहरी चौकीको टोली घटनास्थल पुगेर घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याएको जिल्ला… Continue reading छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’
राससकर्णाली, १८ जेठः कर्णालीका छोरीहरूको सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको छ । ज्योति फाउन्डेसनले सुर्खेत वीरेन्द्रनगरमा आज सम्पन्न ‘कर्णाली छोरी सम्मेलन–२०८३’ कार्यक्रमबाट ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरेको हो । जेठ १६–१७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा १० बुँदे कर्णाली घोषणापत्र सार्वजनिक गरिएको छ । सम्मेलन मुलतः कर्णालीका… Continue reading छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’
नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता
राँझा (बाँके), १८ जेठः जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनका अनुसार शनिबारमात्रै कोहलपुर… Continue reading नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता
आज संसद्मा के के भयो ?
काठमाडौँ, १७ जेठः प्रतिनिधिसभाको बैठक विपक्षी सांसदको अवरोधपछि स्थगन गर्नु परेको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गर्नु परेको थियो । सभामुखले प्राप्त संशोधन प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रम अघि बढाएसँगै विपक्षी वेञ्चका सांसदहरुले उठेर विरोध गरेका… Continue reading आज संसद्मा के के भयो ?
संसदमा निरन्तर विपक्षीलाई पेल्दै सभामुख, विरोधका बीच पास गरियो प्रतिनिधिसभा नियमावली
काठमाडौँ, १७ जेठः प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट उक्त नियमावली पारित भएको हो । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली… Continue reading संसदमा निरन्तर विपक्षीलाई पेल्दै सभामुख, विरोधका बीच पास गरियो प्रतिनिधिसभा नियमावली
सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता
अमरगढी (डडेल्धुरा), १७ जेठः डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका… Continue reading सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता
गलैँचा बुन्न व्यस्त महिलाहरू
तुलसीपुर (दाङ), १७ जेठः तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो । तर, हिजोआज गलैँचा बुन्न व्यस्त छिन् । उनी गलैँचा बुनेर घरखर्च चलाउने योजनामा छिन् । “पहिले भाँडा माझ्ने, वस्तुभाउलाई घाँस दिनेमात्रै काम हुन्थ्यो, तर अहिले गलैँचा बुन्न थालेकी छु, अब घरखर्च चलाउन सजिलो हुनेछ”, चौधरीले भनिन् । त्यसैगरी, सोही… Continue reading गलैँचा बुन्न व्यस्त महिलाहरू
नेकपा संयोजक दाहाल अस्पताल भर्ना
काठमाडौँ, १६ जेठ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । उनलाई ज्वरो–रुघाखोकी बढेपछि आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव गोविन्द आचार्यले जानकारी दिए । संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने उनले बताए ।
कुन आयोजनामा कति बजेट विनियोजन
काठमाडौँ, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संंयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बराबर विनियोजन गरिएको जानकारी दिए । पुँजीगततर्फ… Continue reading कुन आयोजनामा कति बजेट विनियोजन
सिद्धार्थ राजमार्गः बुटवल–पोखरा खण्डलाई दु्रुतमार्ग बनाइने
गण्डकी, १५ जेठः सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड दु्रुतमार्गका रुपमा निर्माण सुरु गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३ र ८४ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । उनले आगामी आर्थिक वर्षभित्रमा सिद्धबाबा सुरुङमार्गको काम सम्पन्न हुने बताए । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको… Continue reading सिद्धार्थ राजमार्गः बुटवल–पोखरा खण्डलाई दु्रुतमार्ग बनाइने
नुवाकोटमा जिप दुर्घटनाः एक जनाको मृत्यु
त्रिशूली (नुवाकोट), १५ जेठः नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका सिराहा सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको… Continue reading नुवाकोटमा जिप दुर्घटनाः एक जनाको मृत्यु
भारतमा चरम गर्मी चेतावनी
नयाँदिल्ली, १४ जेठ (रासस–एएफपी) । भारतमा बढ्दो चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कडा चेतावनी जारी गरेका छन् । विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा तापक्रम असामान्य रूपमा बढिरहेका बेला उहाँले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् । यसैबीच, जङ्गलमा लागेको आगो नियन्त्रण गर्न सेनाले लामो समयसम्म सङ्घर्ष गरिरहेको छ भने… Continue reading भारतमा चरम गर्मी चेतावनी
मासिँदै सनपाट
महोत्तरी, १४ जेठ । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान सनपाटखेतीमा लाग्ने गरेका थिए । अचेल भने यहाँका फाँटमा न सनपाट देखिन्छ, न त यो खेती गर्नेमा युवा पुस्ताको आकर्षण छ । किसानका गोठमा पशुवस्तु घट्दै गएसँगै सनपाटको खेती पनि मासिँदै गएको जानकारहरू बताउँछन् । विगतमा पशुवस्तु बाँध्न, डुलाउनमात्र होइन, कैयौँ काममा प्रयोग हुने डोरीको… Continue reading मासिँदै सनपाट
प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण
काठमाडौँ, १३ जेठः प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल र बेमौसमी वर्षाका कारण उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद साजिदा खातुन सिद्धिकीले ‘डायलाइसिस’ गर्ने मेसिन देशका सबै अस्पतालमा उपलब्ध गराउन माग गरिन् । सांसद खड्गबहादुर शाहीले मुगुमा यार्सागुम्बा सङ्कलनका क्रममा यही जेठ १० गते टाँकेखोलामा लेक लागेर पेमा लामाको निधन… Continue reading प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण
हत्या अभियोगमा खोटाङबाट तीन युवा पक्राउ
खोटाङ, १३ जेठ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुइचुम्मा –४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका छन् । गत भदौ ३० गते राति रेश्मिका मृतावस्था फेला… Continue reading हत्या अभियोगमा खोटाङबाट तीन युवा पक्राउ