काठमाडौं । काठमाडौंको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या भएको छ । उनको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले खड्काको हत्या आरोपमा उनका एक जना साथीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । सोमबार पत्रकार सम्मेलन गरेर यस विषयमा सार्वजनिक गर्ने तयारी छ । प्रहरीका… Continue reading धापासीमा युवकको हत्या, एक जना पक्राउ
Category: स्थानीय
पूर्वराजा चितवनमा, के के छन् योजना ?
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा निजी भ्रमणका लागि चितवन प्रस्थान गरेका छन् । पूर्वराजानिकट स्रोतका अनुसार पूर्वरानीको जन्मोत्सव उतै मनाउने गरी पूर्वराजा दम्पती चितवन गएका हुन् । उनका लागि पटिहानीको सोल्टी होटलमा केही कोठा बुक गरिएको छ ।पूर्वरानी कोमलको जन्मोत्सव ७ फागुनमा पर्छ । सोही होटलमा जन्मोत्सव मनाउने तयारी गरिएको… Continue reading पूर्वराजा चितवनमा, के के छन् योजना ?
ललितपुरमा आमा र दुई बच्चाको मृत्यु
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गेका छन् । ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा ज्यान गएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनाललाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । महर्जनको कोठामा दुई जना बच्चा बेहोस अवस्थामा भेटिएका थिए । उनकी… Continue reading ललितपुरमा आमा र दुई बच्चाको मृत्यु
कांग्रेसका केन्द्रिय सदस्य बुढाथोकीको निधन
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ। निमोनियासम्बन्धी रोगबाट पीडित बुढाथोकीको विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनको निधनको पुष्टि गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका बुढाथोकी झापा, शनिस्चरे निवासी हुन्। उनी पञ्चायत कालदेखि नै राजनीतिमा सक्रिय थिए। बुढाथोकी पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक प्रधानमन्त्री हुँदा त्यही मन्त्रिपरिषद्मा… Continue reading कांग्रेसका केन्द्रिय सदस्य बुढाथोकीको निधन
धरहराको पार्किङ बन्द नहुने महानगर प्रमुख बालेनको घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । सहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीण भन्नु लाजमर्दो… Continue reading धरहराको पार्किङ बन्द नहुने महानगर प्रमुख बालेनको घोषणा
हिउँदे वर्षा र हिमपातले कृषकलाई राहत
काठमाडौं । हिउँदे वर्षा र हिमपातका कारण किसानलाई राहत मिलेको छ । काठमाडौंसहित मुलुकका धेरै स्थानमा हल्का वर्षा भएको छ । यसले हिउँदे बालीलाई राहत पुग्छ । माघ दोस्रो हप्तासम्म पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । आज पनि पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र कतैकतै छिटपुट पानी पर्ने सम्भावना छ… Continue reading हिउँदे वर्षा र हिमपातले कृषकलाई राहत
सुनवलमा बस दुर्घटना, दर्जनौं घाइते
काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् । काठमाडौंबाट बाजुरा जाँदै गरेको सु।प।प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु… Continue reading सुनवलमा बस दुर्घटना, दर्जनौं घाइते
सिन्धुपाल्चोकमा जिप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जीप दुर्घटनामा परी दुई भुटानी नागरिकको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । बा २ च ४४५० नम्बरको जीप दुर्घटना हुँदा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईले… Continue reading सिन्धुपाल्चोकमा जिप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु
पोखरामा निर्माणाधिन घरको लिप्टबाट खसेर इन्जिनियरको मृत्यु
काठमाडौं । पोखराको लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर मंगलबार एक इञ्जिनियरको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा–८ निवासी इञ्जिनियर प्रविण भट्टराई रहेको प्रहरीले जनाएको छ। लेकसाइडस्थित स्थानीय चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका भट्टराई अचानक लिफ्टबाट खसेका थिए। मुक्ति इनर्जी प्रालिमा कार्यरत भट्टराई लिफ्टबाट खसेर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल… Continue reading पोखरामा निर्माणाधिन घरको लिप्टबाट खसेर इन्जिनियरको मृत्यु
ललितपुरमा जर्मन नागरिक मृत फेला, लडेको आशंका
काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा जर्मन नागरिक मृत अवस्थामा भेटिएकी छन् । उनको लडेर मृत्यु भएको आशंका गरिएको छ । घटनास्थलको प्रारम्भिक जाँच र फरेन्सिक विज्ञहरुसँगको छलफलपछि प्रहरीले जर्मन नागरिक एडिल एचिडको लडेर मृत्यु भएको हुनसक्ने आशंका गरेको हो । मृत्युको आधिकारिक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने बताइएको छ । उनको शवलाई पोष्टमार्टमका लागि… Continue reading ललितपुरमा जर्मन नागरिक मृत फेला, लडेको आशंका
न्यूरोडको सडक भन्दा बढी अन्यन्त्र महानगरको नि:शूल्क पार्किङ सुविधा
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड जाने सवारीसाधनलाई पर्याप्त पार्किङ विकल्प दिएको छ । ९ माघदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि महानगरले विकल्प दिएको हो । महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार न्युरोडको विकल्पमा २ हजार २ सय दुई पाङ्ग्रे र ३ सय चार पाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराइएको छ… Continue reading न्यूरोडको सडक भन्दा बढी अन्यन्त्र महानगरको नि:शूल्क पार्किङ सुविधा
काठमाडौं महानगरले शिक्षा प्रमुखसँग लियो स्पष्टीकरण
काठमाडौं । काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ । पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले अनलाइनखबरलाई जानकारी… Continue reading काठमाडौं महानगरले शिक्षा प्रमुखसँग लियो स्पष्टीकरण
स्वयम्भु क्षेत्रबाट संकलन भयो ६१ टन फोहोर
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी स्वच्छताका लागि विशेष सरसफाइ कार्यक्रम अन्तर्गत स्वयम्भू क्षेत्रबाट ६१ टन फोहोर संकलन गरेको छ । स्वयम्भू परिक्रमा मार्ग, सिँढी, जङ्गल र स्तुप क्षेत्रको सरसफाइबाट ६१ टन फोहोर संकलन भएको महानगरले जनाएको छ । २१ मंसिरेदेखि सो क्षेत्रको सरसफाइका लागि १ सय जना जनशक्ति परिचालन गरिएको महानगरको भनाइ छ । सफाइका… Continue reading स्वयम्भु क्षेत्रबाट संकलन भयो ६१ टन फोहोर
काठमाडौं महानगरले नारायणहिटी दरवारको पर्खाल भत्काउन काट्यो पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल अग्लो भएको भन्दै भत्काउन पुनः अर्को पत्र पठाएको छ । महानगरपालिकाले नेपाल ट्रष्टलाई १३ पुसमा मापदण्डभन्दा अग्लो पर्खाल बनाएको भन्दै भत्काउन पत्र गरेको थियो । तर, नेपाल ट्रष्टले अटेर गरेपछि महानगरले बुधबार फेरि पत्र पठाएर नारायणहिटीको पर्खाल भत्काउन पत्र पठाएको हो । महानगरको पर्खालसम्बन्धी मापदण्ड छ । उक्त… Continue reading काठमाडौं महानगरले नारायणहिटी दरवारको पर्खाल भत्काउन काट्यो पत्र
अब न्यूरोडको कालोपत्रे सडकमा सवारी पार्क गर्न निषेध
काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रका कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा ‘नो पार्किङ’ गर्ने जनाएको हो । काठमाडौं टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगर प्रहरी प्रमुख… Continue reading अब न्यूरोडको कालोपत्रे सडकमा सवारी पार्क गर्न निषेध
दाङमा रात्रि बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका ९ रिहार नजिक यात्रु बस दुर्घटना भएको छ । घटनामा कम्तिमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ३(०१००५ ख ९७१९ नम्बरको बस आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका(१ का भीमनाथ योगी र मधुवन नगरपालिका-२ अमरपुरका युवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय… Continue reading दाङमा रात्रि बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
काठमाडौंमा एउटै कोठामा बस्ने महिलाको हत्या गरी भारत फरार, कसरी खुल्यो पोल ?
काठमाडौं । काठमाडौंको शोभाभगवतीस्थित कोठामा सँगै बस्ने महिलाको हत्या गरी भारत फरार भएका एक जना पक्राउ परेका छन् । सो स्थानमा हत्या भएको तीन महिनापछि शव फेला परेको थियो । गत शुक्रबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका १५ शोभाभगवतीस्थित दुइ तले घरको भुइँ तलामा एक जना महिलाको शव फेला परेको थियो। सो घरकी घरबेटी सरिता… Continue reading काठमाडौंमा एउटै कोठामा बस्ने महिलाको हत्या गरी भारत फरार, कसरी खुल्यो पोल ?
६ महिनामा ९ वटा गैडा मरे
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा पछिल्लो ६ महिनामा ९ वटा गैँडा मरेका छन् । तीमध्ये २ वटा सिकारीले मारेको पुष्टि भएको र थप एउटा सिकारीले मारेको आशङ्का गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बुढो भएर र भिरबाट लडेर २, आपसमा जुधेर २ र बाघ एवम् गोहीको आक्रमणबाट… Continue reading ६ महिनामा ९ वटा गैडा मरे
त्रिशुलीमा झरेको गाडी गोताखोरले फेला पारे
काठमाडौं । त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी झरेको छ । मङ्गलबार बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि खोजीका लागि गोताखोर परिचालन गरिएको थियो । सो टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना… Continue reading त्रिशुलीमा झरेको गाडी गोताखोरले फेला पारे
झापामा सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दमक(९ का… Continue reading झापामा सवारी दुर्घटनामा २ जनाको मृत्यु
कैलालीमा मदिरा सेवनको विषयमा कुटपिट, एक जनाको मृत्यु
काठमाडौं । कैलालीमा कुटपिटबाट घाइते एक युवकको मृत्यु भएको छ । घटना हुँदा उनीसँगै रहेका ६ जना पक्राउ परेका छन् । गोदाबरी नगरपालिका १ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका कृष्णपुर नगरपालिका ५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक… Continue reading कैलालीमा मदिरा सेवनको विषयमा कुटपिट, एक जनाको मृत्यु
दाङ बस दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत
काठमाडौं । दाङ बस दुर्घटनामा परी ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ। दुर्घटनामा एक महिला र ११ पुरूष गरी १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये चितवन भरतपुर उपमहानगरपालिका – २५ का ३५ वर्षीय अनिल खड्का, बाँकेको खजुरा गाउँपालिका– ३ सिर्जनशील टोलका २५ वर्षीय सन्जय केसी, बाँकेकै कोहलपुर नगरपालिका–८ का २८ वर्षीय अर्पन थापा र… Continue reading दाङ बस दुर्घटनामा ज्यान गुमाउने १२ जनाकै सनाखत
काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं । काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार चन्द्रागिरी नगरपालिका ४ सेतो पहराबाट झरेको छ । सो दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।शनिबार दिउँसो १ः५५ बजे प्र.३–०१–२३ च ६९८५ नम्बरको गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलका अनुसार दुर्घटनामा परी ४ जनाको… Continue reading काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार दुर्घटनामा पाँच जनाको मृत्यु
दाङमा बस दुर्घटना, कम्तिमा १२ जना जनाको मृत्यु
काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका(१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो । इलाका प्रहरी कार्यालय भालुभाङका अनुसार दुर्घटनामा एक महिला सहित १२ जनाको मृत्यु भएको छ… Continue reading दाङमा बस दुर्घटना, कम्तिमा १२ जना जनाको मृत्यु
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वाचित
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित भएका छन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी… Continue reading नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वाचित
कैलालीमा मोटरसाइकल दुर्घटनामा दम्पत्तिको मृत्यु
काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने(चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू सवार भे१३प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर… Continue reading कैलालीमा मोटरसाइकल दुर्घटनामा दम्पत्तिको मृत्यु
काठमाडौंमा सार्वजनिक स्थलमा कुकुर- बिरालोलाई शौच गराए कारवाही हुने
काठमाडौं । काठमाडौं महानगरपालिकामा घरपालुवा जनावरलाई सार्वजनिक स्थलमा शौच गराएमा जरिवाना तिर्नु पर्ने भएको छ । महानगरक्षेत्रभित्र कुनै पनि घरपालुवा जनावर धनी कुकुर बिरालोलाई शौच गराउन घर बाहिरका कुनै पनि सार्वजनिक स्थानमा निकाले कारबाही गरिने कृषि तथा पशुपन्छी विभागले जनाएको छ । सार्वजनिक स्थानमा शौच गराएको फेला परे महानगरले पाँच हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने… Continue reading काठमाडौंमा सार्वजनिक स्थलमा कुकुर- बिरालोलाई शौच गराए कारवाही हुने
महोत्तरीमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु
काठमाडौं । महोत्तरीको औरहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार बर्दिबास–औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालय नजिक सोमबार राति ९ बजे प्रदेश २–०२–००४ प १८४० र ज ११ प ८०९९ नम्बरका मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा दुवै… Continue reading महोत्तरीमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु
म्याग्दीमा एकै घरका दुई जनाको हत्या
काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ मा शनिबार दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर दुई जनाको हत्या भएको छ । एक जना घाइते भएका छन् । छपनी प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए । उनका अनुसार मनिषाकी सात वर्षीया… Continue reading म्याग्दीमा एकै घरका दुई जनाको हत्या
निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि डा. गोविन्द केसीको टीम पक्राउ
काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि डाक्टर गोविन्द केसीसहित ९ जना प्रदर्शनकारी पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो । पक्राउ पछि उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । डाक्टर केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित ९ पक्राउ परेका हुन् । डा केसीले शनिबार बिहानै विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मागसहित… Continue reading निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि डा. गोविन्द केसीको टीम पक्राउ