बरहथवा घटनाबारे छानविन गर्न समिति गठन

काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ । शनिबार मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी… Continue reading बरहथवा घटनाबारे छानविन गर्न समिति गठन

काठमाडौंका पेट्रोल पम्पमा अब शौचालय अनिवार्य

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका पेट्रोल पम्पहरुलाई ४५ दिनभित्र शौचालय सञ्चालन गर्नु पर्ने भएको छ । बिहीबार काठमाडौं महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बलका अधिकारीसहितको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले महानगरपालिकाभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पहरुको अध्ययन गर्न महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा… Continue reading काठमाडौंका पेट्रोल पम्पमा अब शौचालय अनिवार्य

नेपालगन्जको आइसीपी निजी क्षेत्रबाट चलाइने

काठमाडौं । नेपालगञ्जमा निर्माणको अन्तिम चरणमा पुगेको एकीकृत जाँच चौकी (आईसीपी) को सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रबाट गरिने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालन तथा व्यवस्थापन गर्न टीआरएस एटलस लोजीपार्क प्रालिसँग सम्झौता गरेको जनाएको छ । पाँच वर्षका लागि २० करोड ८८ लाख रुपैयाँ न्यूनतम पट्टा बहाल रकम… Continue reading नेपालगन्जको आइसीपी निजी क्षेत्रबाट चलाइने

बाँकेमा गाडीको ठक्करबाट दुई पैदल यात्रुको मुत्यु

काठमाडौं । बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल… Continue reading बाँकेमा गाडीको ठक्करबाट दुई पैदल यात्रुको मुत्यु

हत्या आरोपीलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौं । बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ परेका सिंह भारतको बिहार मोतीहारी जिल्लाको… Continue reading हत्या आरोपीलाई समात्न प्रहरीले चलायो गोली

पोखरामा कारको ठक्करबाट दुई पैदल यात्रुको निधन

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । गतराति करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले सिद्धार्थ बैंक अगाडि ठक्कर दिंदा पोखरा महानगरपालिका ३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय देखिने पुरुषको मृत्यु भएको हो… Continue reading पोखरामा कारको ठक्करबाट दुई पैदल यात्रुको निधन

रास्वपाले आजबाट नारायणगढ–बुटवल सडकमा पैदलयात्रा गर्दै

काठमाडौं । नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आजदेखि पैदलयात्रा सुरु गर्दैछ । पदयात्रा आज बिहान ९ बजे चितवनको नारायणगढ पुल्चोकबाट सुरु हुनेछ । नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर दुरीको पैदलयात्रा तीन दिनमा सक्ने रास्वपाले जनाएको छ । ‘पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले… Continue reading रास्वपाले आजबाट नारायणगढ–बुटवल सडकमा पैदलयात्रा गर्दै

नवलपरासी पूर्वको जंगलमा सासु बुहारीको मृत्यु

काठमाडौं । नवलपरासी पूर्व (नवलपुर)को विनयीत्रिवेणी गाउँपालिका वडा नं १ को खहरे जंगलमा सासु(बुहारीको शव फेला परेको छ । स्थानीय २८ वर्षीया विष्णु पौडेल र उनकी सासू ६० वर्षीया मनादेवी पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिए । उनीहरु आइतबार दिउँसो घाँस काट्न भनेर… Continue reading नवलपरासी पूर्वको जंगलमा सासु बुहारीको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट दैनिक चार घण्टा बन्द

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा… Continue reading नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट दैनिक चार घण्टा बन्द

पाल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । रा १ ख २४०४ नम्बरको टिपर बिहीबार बेलुका करिब साढे आठ बजे रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका लागि… Continue reading पाल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् । आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै गएराति सवा १० बजे रा १ द १४ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा परी आठबिसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु… Continue reading रुकुम पश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए । पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई… Continue reading यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

बैतडीमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं । मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आज बेलुकी ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका–६ बस्ने ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला… Continue reading बैतडीमा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु

मधेष प्रदेशमा आज बिदा, राम जानकी विवाह महोत्सव मनाइंदै

काठमाडौं । आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ । मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन हो । त्रेता युगमा… Continue reading मधेष प्रदेशमा आज बिदा, राम जानकी विवाह महोत्सव मनाइंदै

विजुलीको चार खस्दा खेत जोतिरहेका किसानको निधन

file

काठमाडौं । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका( ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् । जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११ः४५ बजेको समयमा… Continue reading विजुलीको चार खस्दा खेत जोतिरहेका किसानको निधन

काठमाडौं विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ

File

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलकाअनुसार उनी को हुन् र यो सुन कसको हो भन्नेबारे थप अनुसन्धान भइरहेको छ । घलेले सुनको प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका… Continue reading काठमाडौं विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ

मानव बेचविखनको आरोपमा एक महिला पक्राउ

काठमाडौं । रोजगारीको प्रलोभन देखाएर भारत लगी बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। बाँके बैजनाथ गाउँपालिका वडा ८ की ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ल पक्राउ परेकी हुन्। उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बाँकेजिल्ला प्रहरीको समन्वयनमा बिहीबार नेपालगन्जबाट पक्राउ गरेको हो। सुर्खेत, दैलेख लगायतका पहाडी जिल्लाहरूका महिलाहरूलाई रोजगारीको लोभमा भारतको दिल्ली… Continue reading मानव बेचविखनको आरोपमा एक महिला पक्राउ

एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आजबाट सुरु

काठमाडौं । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आज शुरु हुँदैछ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ शुरु हुन लागेको हो । दार्चुलाको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राको उद्घाटन गरेपछि झण्डै २ हजार किलोमिटर लामो सङ्कल्प यात्रा सुरू हुने एमालेले जनाएको छ । झुलाघाटबाट शुरु हुने सङ्कल्प यात्रा मध्यपहाडी लोकमार्ग पार गर्दै… Continue reading एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आजबाट सुरु

धरानबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रि कालिन बस बुधवार बिहान ५ः५० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक दुई मध्य… Continue reading धरानबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, दुई जनाको मृत्यु

वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा स्पा सञ्चालक पक्राउ

काठमाडौं । रातोपुलस्थित एक स्पा सेन्टरमा छापा मारेर प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । ब्यूरोका एसपी कृष्ण पंगेनीका अनुसार, स्पाका नाममा युवतीहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ ।‘त्यहाँबाट ३ जना… Continue reading वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा स्पा सञ्चालक पक्राउ

योगेश भट्टराई चढेको गाडीमा ढुंगा प्रहार

काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् । आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम थियो । कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई चढेको गाडी प्रदेश २–०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर… Continue reading योगेश भट्टराई चढेको गाडीमा ढुंगा प्रहार

पूर्वराजा ज्ञानेन्द्रले झापामा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । विर्तामोड–१ मा सञ्चालित इकम कलेज परिसरमा स्थापना गरिएको शालिक शनिबार दिउँसो उनले अनावरण गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संयोजन गरेको कार्यक्रममा पुगेर उनले शालिक अनावरण गरेका हुन् । कार्यक्रमका लागि पूर्वराजा शाह शुक्रबारै झापा पुगेका थिए ।… Continue reading पूर्वराजा ज्ञानेन्द्रले झापामा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण

उदयपुरमा स्कुल बस दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

काठमाडौं । त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ भने बसमा सवार ३९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा परी बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको… Continue reading उदयपुरमा स्कुल बस दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

बर्दियामा आगलागी, कम्तिमा चार जनाको मृत्यु

काठमाडौं । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका ४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो ।… Continue reading बर्दियामा आगलागी, कम्तिमा चार जनाको मृत्यु

ज्ञानेन्द्र शाहले शनिबार झापामा शक्ति प्रदर्शन गर्दै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले शक्ति प्रदर्शन गर्न लागेका हुन् । शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा निर्माण गरिएको पूर्वराजा… Continue reading ज्ञानेन्द्र शाहले शनिबार झापामा शक्ति प्रदर्शन गर्दै

महेश बस्नेत र दुर्गा प्रसाईको आन्दोलन आज, सुरक्षा निगरानी कडा

काठमाडौं । राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यान दिँदै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाण्डौ उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ । ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेको… Continue reading महेश बस्नेत र दुर्गा प्रसाईको आन्दोलन आज, सुरक्षा निगरानी कडा

दुई मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु

file

काठमाडौं । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ । एकजना सख्त घाइते छन् । मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार बुधबार साँझ करिब… Continue reading दुई मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु

ललितपुरमा ६ महिना प्रदर्शन गर्न रोक

file

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र मन्त्री निवास आसपास प्रदर्शन गर्न नपाउने गरी ६ महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम आज अर्थात मंसिर ५ गतेदेखि लागु हुने गरी ६ महिनाका लागि निषेधाज्ञा… Continue reading ललितपुरमा ६ महिना प्रदर्शन गर्न रोक

माछा मार्ने क्रममा पोखरामा दुई जनाको मृत्यु

काठमाडौं । माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका २९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् । उनीहरू श्रीमान् श्रीमती हुन् । सोमबार अपराह्न ४ बजे उनीहरूलाई पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट… Continue reading माछा मार्ने क्रममा पोखरामा दुई जनाको मृत्यु

दाङमा एकै घरका दाजुभाई मृत फेला

file

काठमाडौं । दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् । मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय… Continue reading दाङमा एकै घरका दाजुभाई मृत फेला