काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम जाँदै छन् । ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम जान लागेका हुन् । उनी हेलिकप्टरमार्फत बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा पुग्ने छन् । त्यहाँ उनले दीक्षान्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्ने कार्यसूची छ… Continue reading प्रधानमन्त्री आज सुदूरपश्चिम जाँदै
Category: स्थानीय
मोरङ एमालेमा पूर्वराष्ट्रपति भण्डारी पक्षधर विजयी, ओली पक्षधरको प्यानलै हार्यो
काठमाडौं । नेकपा एमाले मोरङको पदाधिकारीमा अजम्बर राई नेतृत्वको प्यानल नै विजयी भएको छ। संस्थापन पक्षका उम्मेदवारहरूलाई पराजित गर्दै विनोद ढकाल पक्षका उम्मेदवारहरू निर्वाचित भएका हुन्। शुक्रबार साँझ सकिएको पदाधिकारी तर्फको मत गणनाको अन्तिम परिणाम अनुसार ढकाल पक्षका राईले ४४६ मत प्राप्त गरी अध्यक्ष पदमा जित हासिल गरेका हुन्। उनले संस्थापन पक्षका राजकुमार ओझालाई पराजित… Continue reading मोरङ एमालेमा पूर्वराष्ट्रपति भण्डारी पक्षधर विजयी, ओली पक्षधरको प्यानलै हार्यो
पोखरामा कोटीहोम विवाद : झडपले तनावग्रस्त
काठमाडौं । पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको थियो । सो क्रममा कोटीहोम सञ्चालक र महानगर प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए… Continue reading पोखरामा कोटीहोम विवाद : झडपले तनावग्रस्त
साँखुमा आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ ।द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान सवा ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो । त्यसको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन… Continue reading साँखुमा आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
पर्वतमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा पर्वत बिहादी गाउँपालिका ३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका ५ गुल्मीका ६४ वर्षीया दिलकुमारी… Continue reading पर्वतमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु
कन्चनपुरमा हत्या अभियोगमा फरार कांग्रेस नेता पक्राउ
काठमाडौं । कञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार रहेका वेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।उनकाअनुुसार बोहरालाई काठमाडौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको छ । नेपाली कांग्रेस कञ्चनपुरका सदस्यसमेत रहेका बोहरामाथि वेदकोटकै… Continue reading कन्चनपुरमा हत्या अभियोगमा फरार कांग्रेस नेता पक्राउ
सिन्धुपाल्चोकमा भुकम्प, काठमाडौं आसपास ठूलो धक्का
काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको… Continue reading सिन्धुपाल्चोकमा भुकम्प, काठमाडौं आसपास ठूलो धक्का
राष्ट्रपतिले गरे पशुपतिमा पूजा-अर्चना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा बुधबार पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार अपरान्ह पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्न पशुपति पुगेका हुन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए । मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा… Continue reading राष्ट्रपतिले गरे पशुपतिमा पूजा-अर्चना
धादिङमा ट्याङकर दुर्घटना : २ जनाको मृत्यु
काठमाडौं । धादिङमा ट्याङ्कर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । गल्छी गाउँपालिका-३ गुप्तेश्वरभिरस्थित भित्रि सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गएको ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । बा प्र ०१–००४ क ३३५२ नं.को पानी ट्याङकर ब्याक गर्ने क्रममा सडकबाट ५०० मिटर तल खसेको… Continue reading धादिङमा ट्याङकर दुर्घटना : २ जनाको मृत्यु
पश्चिम नवलपरासीमा झडप, एक जनाको मृत्यु
काठमाडौं । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समूहबीच झडप भएको छ । सो घटनामा घाइते एक जनाको मृत्यु भएको छ। पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ की एक युवती हराएपछि सोमबार रातीदेखि दुई समूहबीच विवाद उत्पन्न भएको थियो। सोही विवाद बढ्दै गएपछि मंगलबार बिहान दुई समूहबीच झडप भएको थियो। सो क्रममा युवतीका आफन्तले पाल्हीनन्दन वडा नम्बर ३… Continue reading पश्चिम नवलपरासीमा झडप, एक जनाको मृत्यु
बागलुङमा जिप दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका –९ दर्लिङमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते जिल्लाको निसीखोला गाउँपालिका –७ चोलाङका ७५ वर्षिय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका –५ नाथुरे बस्ने ३५ वर्षिया जुना कँडेलको मृत्यु… Continue reading बागलुङमा जिप दुर्घटना, २ जनाको मृत्यु
‘नो केवलकार समूह’लाई सरकारले पुनः वार्तामा बोलायो
काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबुलकारको विरोधमा रहेका ‘नो केबलकार समूह’ लाई सरकारले वार्तामा बोलाएको छ । सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सह(सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका हुन्। ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै उक्त केबुलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने’,… Continue reading ‘नो केवलकार समूह’लाई सरकारले पुनः वार्तामा बोलायो
आफ्नै दाजुका छोराबाट प्यूठानमा दम्पत्तिको विभत्स हत्या
काठमाडौं । माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियार पक्राउ परेका छन् । पङ्कज मृतकका दाजुका छोार हुन् । उनले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको प्रहरीले बताएको छ । घटनाको जानकारी समेत स्वयमः अभियुक्तले प्रहरीमा गएको समेत खुलेको छ… Continue reading आफ्नै दाजुका छोराबाट प्यूठानमा दम्पत्तिको विभत्स हत्या
आजबाट माओवादीको हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आजबाट हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान थाल्दैछ । सोमबार झापाको कचनकबलबाट माओवादीले जागरण अभियान थाल्न लागेको जनाएको छ । यसका लागि अध्यक्ष प्रचण्ड आइतबार नै झापा पुगेका छन् । अभियानमा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने माओवादी केन्द्रले बताएको छ। अभियानको नेतृत्व पार्टी अध्यक्ष ‘प्रचण्डले नै गर्नेछन्। टोलीमा… Continue reading आजबाट माओवादीको हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान
पाथिभरा केवलकार विवाद अझै चर्कियोः फुङलिङ बजारमा झडप
काठमाडौं । ताप्लेजुङको फुङलिङ बजारमा ‘नो केबुलकार’ समूह र प्रहरीबीच झडप भएको छ । झडपले ताप्लेजुङको फुङलिङ बजारमा तनाव बनेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार झडपमा परेर केही प्रहरी पनि घाइते भएका छन् । पाथिभरामा केबुलकार बनाउन सुरु आन्दोलनकारी पक्षका व्यक्तिहरूले फुङलिङ बजारमा सर्वसाधारणकै घरमा आगोका राँको फाल्न थालेपछि अवस्था तनावग्रस्त बन्न… Continue reading पाथिभरा केवलकार विवाद अझै चर्कियोः फुङलिङ बजारमा झडप
प्यूठानमा दम्पत्ति मृत फेला
काठमाडौं । प्यूठानमा एक दम्पती आफ्नै घरभित्र मृत फेला परेका छन्। माण्डवी गाउँपालिका–२ रातामाटेका ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नो घरभित्रै मृत फेला परेका हुन्। शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि एक जना छिमेकी परियारको दम्पतीलाई बोलाउँदै ढोका ढकढक्याउन गएका थिए। त्यही क्रममा ती छिमेकीले… Continue reading प्यूठानमा दम्पत्ति मृत फेला
हनुमानढोकामा एक व्यक्ति मृत फेला, दुई जना नियन्त्रणमा
काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएका छन् । यस प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक बिहीबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । नेपालमा सडक दुर्घटनाका कारण प्रतिदिन… Continue reading हनुमानढोकामा एक व्यक्ति मृत फेला, दुई जना नियन्त्रणमा
काभ्रेमा बस दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । काभ्रेको तेमाल गाउँपालिका-३ स्थित कुँडालमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा परी तेमाल गाउँपालिका-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । चुस्त व्यवस्थापनमा चुकेपछि धादिङ र काभ्रेका सीडीओ… Continue reading काभ्रेमा बस दुर्घटना, एक जनाको मृत्यु
हलेसी आगलागीमा तीन घर जले
काठमाडौं । खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घन्टापछि निभाइएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरू भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ः०० बजे निभाइएको हो। आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल,… Continue reading हलेसी आगलागीमा तीन घर जले
खोटाङको हलेसीमा भीषण आगलागी
काठमाडौं । खोटाङको हलेसी बजारमा आगलागी नियन्त्रणको प्रयास जारी छ । आइतबार साँझ एउटा हार्डवेयर पसलबाट निस्किएको आगो छेउमा रहेका दुईवटा टहरा र एउटा पक्की घरमा पनि पुगेको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताएका छन् । उनका अनुसार दमकल नहुँदा आगलागी नियन्त्रणमा समस्या भएको छ । अहिले ट्यांकर र जेसीबीको सहयोगमा नेपाल प्रहरी, नेपाली… Continue reading खोटाङको हलेसीमा भीषण आगलागी
कस्तो छ अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको स्वास्थ्य ?
काठमाडौं । आगोको लप्काले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको कीर्तिपुर अस्पतालमा उपचार सुरु भएको छ । अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई सघन कक्ष (आईसीयू)मा भर्ना गरेर उपचार गरिरहेको अस्पतालका निर्देशक किरणकिशोर नकर्मीले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । पोखरा भ्रमण वर्षमा बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र… Continue reading कस्तो छ अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको स्वास्थ्य ?
पोखरा भ्रमण वर्षमा बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते
काठमाडौं । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो । इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर मेयर आचार्य र अर्थमन्त्री पौडेलको गाला… Continue reading पोखरा भ्रमण वर्षमा बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते
प्यूठान कांग्रेस सूर्य थापासँग किन बिच्कियो ?
काठमाडौं । नेपाली कांग्रेस प्युठानले प्युठानले नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाका व्यवहार र गतिविधिको विरोध गरेको छ।कांग्रेसका प्युठान जिल्ला सभापति विष्णु गिरीले विज्ञप्ति जारी गरी सांसद थापाको व्यवहारको विरोध गरेका हुन्। गिरीले सांसद थापामाथि फागुन १ गते झिमरुक गाउँपालिका – ५ मा भएको नेपाल टेलिकमको टु जी र फोर जी विस्तार कार्यक्रम… Continue reading प्यूठान कांग्रेस सूर्य थापासँग किन बिच्कियो ?
बाइकबाट उछिट्टिएर त्रिशूली नदीमा एक युवा वेपत्ता
काठमाडौं । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ५मा रहेको ३ नम्बर पुलबाट फागुन शुक्रबार बिहान मोटरसाइकलसहित त्रिशूली नदीमा हराएका व्यक्तिको खोजी गर्न गोताखोर परिचालन भएको छ । नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल आज बिहान करीब ११ः४० बजेको समयमा दुर्घटना भएको थियो । दूर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन… Continue reading बाइकबाट उछिट्टिएर त्रिशूली नदीमा एक युवा वेपत्ता
सानदार मःम आगलागी : घाइतेमध्ये थप एकको मृत्यु
काठमाडौं । काठमाडौं कमलपोखरीस्थित शानदार मःमको भवनमा आगलागीबाट घाइते थप एक जनाको मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए। मृतक उदयपुर गढी गाउँपालिका ७ घर भई कमलपोखरी बस्दै आएका २२ वर्षीय प्रदीप तामाङ छन्। यो सँगै मृत्यु हुनेको संख्या तीन… Continue reading सानदार मःम आगलागी : घाइतेमध्ये थप एकको मृत्यु
झापामा एक महिला मृत फेला
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बू आफ्नै घरभित्र मंगलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए । सोमबारदेखि उनी सम्पर्कमा थिइनन् । छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी… Continue reading झापामा एक महिला मृत फेला
रुकुमपूर्वमा नाती बजैको हत्या, अभियुक्त पनि मृत फेला
काठमाडौं । रुकुमपूर्व भूमे गाउँपालिका वडा नम्बर ४ साकिममा दुई जनाको विभत्स हत्या भएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्ति समेत मृत भेटिएका छन् । अन्दाजी ६० वर्षीया ढाटी बुढा र नाती आठ महिनाका समीर बुढाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । उनीहरूको हत्यामा संलग्न रहेको आशंका गरिएका ५१… Continue reading रुकुमपूर्वमा नाती बजैको हत्या, अभियुक्त पनि मृत फेला
धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ
काठमाडौं । धनगढीमा ड्यूटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । मंगलबार राती ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै एक व्यक्तिले हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ती युवकले चक्कु प्रहारको प्रयास गरेको देखिएको छ । प्रहरी स्रोतका अनुसार डिउटीमा… Continue reading धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ
न्युयोर्कको नेपाली मन्दिरमा श्रीस्वस्थानी व्रतकथा साङ्गेका लागि उपस्थित हुन आग्रह
न्युयोर्क न्युयोर्कको रिजउडस्थित दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रमा गत जनवरी १३ पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको श्रीस्वस्थानी व्रतकथा भोली ३१ औं अध्याय पुरा गरि माघ शुक्ल पूर्णिमाका दिनमा बिधिपुर्वक साङ्गे गरिने भएको छ । सो अवसरमा व्रतकथा समितिका संयोजक तुलसी आचार्यले श्रीस्वस्थानीमा आस्था राख्ने सबै हिन्दुजनलाई प्रसाद ग्रहणको लागि निमन्त्रणा गरेको छ ।… Continue reading न्युयोर्कको नेपाली मन्दिरमा श्रीस्वस्थानी व्रतकथा साङ्गेका लागि उपस्थित हुन आग्रह
चन्द्रागिरिमा इनार खन्ने क्रममा एक मजदुरको मृत्यु
काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पानीको इनार खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ। काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँ टौखेल सालिक मार्गस्थित सुमित्रा शर्मा पौडेलको घरको कम्पाउन्डमा इनार खन्ने क्रममा पुरिएर एक जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार माथिबाट माटो खसेर पुरिँदा अचेत… Continue reading चन्द्रागिरिमा इनार खन्ने क्रममा एक मजदुरको मृत्यु