Category: स्थानीय

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

    काठमाडौँ, २४ फागुनः देशका विभिन्न भागमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–४, रौतहटको परोहा नगरपालिका–८, रौतहटको चन्द्रपुर नगरपालिका-१, धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ चिसापानी बजार र लमजुङको सुन्दरबजार नगरपालिका–७ कुमालटारमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक–एक जनाको मृत्यु भएको हो ।

    त्यस्तै सर्लाहीको हरिवन नगरपालिका–२ पाकरगाछीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका–९ दब्यटारस्थित सडकमा उर्पदानगढीबाट शक्तिखोरतर्फ आँउदै गरेको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोचालक राप्ती नगरपालिका–९ का पूर्ण विकसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

    कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

    महेन्द्रनगर, २३ फागुनः प्रतिनिधिसभा सदस्यअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू निर्वाचित भएका छन् ।
    यहाँको कञ्चनपुर १ मा रास्वपाका जनकसिंह धामी विजयी भएका छन् । २४ हजार ३३२ मतसहित उनी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिना मगरले ११ हजार ११०, नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गरे । त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङले आठ हजार ८८ मत प्राप्त गरे । कञ्चनपुर १ मा कुल ६१ हजार ७४ मत खसेको थियो ।

    त्यसैगरी कञ्चनपुर २ मा पनि रास्वपाका दीपकराज बोहरा भारी मतान्तरले विजयी भए । उनले नेपाली कांग्रेसका नारायणप्रकाश साउदलाई पराजित गरे । बोहराले ३३ हजार ९५२ मत प्राप्त गर्दै विजय हासिल गर्दा कांग्रेस उम्मेदवार साउदले १० हजार ८२७ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए । त्यसैगरी एमालेका बचनबहादुर सिंह छ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टीका माधव पन्तले छ हजार ३३७ मत प्राप्त गरे । यहाँ कुल ६५ हजार ३४७ मत खसेको थियो ।

    त्यसैगरी यहाँको कञ्चनपुर ३ मा रास्वपा ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मत प्राप्त गरी विजयी भए । यहाँ कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले नौ हजार ४४३, नेकपा एमालेका उम्मेदवार दीपकप्रकाश भट्टले सात हजार ५७५ मत प्राप्त गरे । कञ्चनपुर ३ मा कुल ५८ हजार ३६१ मत खसेको थियो । जिल्लाका तीनवटा क्षेत्रमा निर्वाचित भएका धामी, बोहरा र महता पहिलोपटक सांसद निर्वाचनमा होमिएका छन् ।

  • रौतहट–२ मा कांग्रेसका डा आलम निर्वाचित

    रौतहट–२ मा कांग्रेसका डा आलम निर्वाचित

    चन्द्रपुर (रौतहट), २४ फागुन । रौतहट २ मा नेपाली कांग्रेसका डा मो फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँले २९ हजार ५२८ मत प्राप्त गरेको निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिए । नव निर्वाचित डा आलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरे ।

    सो क्षेत्रको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले नौ हजार ३२५ मत, जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले दुई हजार ९६० मत ल्याएर चौथो र नेकपा (एमाले)का उम्मेदवार मोहम्मद अतिउल्लाहले दुई हजार ३८२ मत प्राप्त गरे । उक्त क्षेत्रमा एक लाख आठ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ जनाले मतदान गरेका थिए । यसमा ६६ हजार १४४ मत सदर र पाँच हजार ४०२ मत बदर भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।

  • पाल्पा–२ मा रास्वपाका थापा विजयी

    पाल्पा–२ मा रास्वपाका थापा विजयी

    तानसेन (पाल्पा), २४ फागुनः पाल्पा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा माधवबहादुर थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २६ हजार ७३६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए ।

    त्यस्तै, नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिष्ट पार्टीका सोमप्रसाद पाण्डेयले पाँच हजार २८८ र नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय का प्रवक्ता सहायक निर्वाचन अधिकृत पराजुलीले जानकारी दिए । यहाँ यसअघिको निर्वाचनमा एमालेका ठाकुर गैरे विजयी भएका थिए ।

  • दार्चुलामा एमालेका ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    दार्चुलामा एमालेका ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    खलङ्गा (दार्चुला), २४ फागुनः दार्जुलामा नेकपा (एमाले)का उम्मेदवार गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले १८ हजार ८९९ मत प्राप्त गर्दै विजयी भए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित सांसद ठगुन्नाको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरे ।

    त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेशसिंह सामन्तले आठ हजार ९३६ मत, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण जोशीले तीन हजार ६५ मत प्राप्त गरे । जिल्लामा यसपटक प्रतिनिधिसभा सदस्यका लागि ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेकामा ४३ हजार ८६० मत खसेको थियो । नव निर्वाचित सांसद उम्मेदवार ठगुन्नाले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै ज्ल्लिाको विकास र जनताको हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

    झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

    भद्रपुर (झापा), २४ फागुन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरे । झापा २ मा रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे ।


    त्यसैगरी, झापा ३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरे । झापा ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गरे । त्यसैगरी, झापा ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • गगन थापा भारी मत अन्तरले पराजित

    गगन थापा भारी मत अन्तरले पराजित

    २४ फागुन, काठमाडौ । काङ्ग्रेस सभापति गगन थापा पराजित भएका छन् । उनी रास्वपाका अमरेश सिंह सङ्ग भारी मतान्तरले पराजित भएका हुन् । सर्लाही ४ बाट चुनाव लडेका सिंहले ३५ हजार ६८८ मत पाए । गगनले २२ हजार ८३१ मात्र मत पाए ।

  • रोल्पामा नेकपाका वर्षमान पुन विजयी

    रोल्पामा नेकपाका वर्षमान पुन विजयी

    २३ फागुन, काठमाडौं । रोल्पाबाट वर्षमान पुन विजयी भएका छन् । उनले २७ हजार ४६० मत पाए । उनका निकटतम प्रतिद्वन्दी काङ्ग्रेसका सुदन कुमार ओलीले १२ हजार ८ मत पाए । यहाँ रास्वपाको भने उपस्तिथि कमजोर देखियो ।

  • भारी मतान्तरसहित बालेन विजयी

    भारी मतान्तरसहित बालेन विजयी

    २३ फागुन, काठमाडौं । झापा ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । उनले अहिले सम्म ६६ हजार २ सय मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ९५ मत पाएका छन् । अब थोरै मात्र मत गन्न बाकी रहेकोले बालेनको जित सुनिश्चित भएको हो ।

  • राप्रपाले खोल्यो खाता, ज्ञानेन्द्र शाही विजयी

    राप्रपाले खोल्यो खाता, ज्ञानेन्द्र शाही विजयी

    २३ फागुन, काठमाडौं । राप्रपाले जुम्लाबाट खाता खोलेको छ । सो पार्टीका ज्ञानेन्द्र शाही विजयी भएका हुन् । उनले नेकपाका नरेश भन्डारीलाई हराए । शाहीले १४ हजार ८१६ मत पाए । भण्डारीले ११ हजार ६३६ मत पाए ।

  • सर्लाही २ मा रास्वपा उम्मेदवारसङ्ग हारे हेविवेट

    सर्लाही २ मा रास्वपा उम्मेदवारसङ्ग हारे हेविवेट

    २३ फागुन, काठमाडौं । सर्लाही २ मा रास्वपाले सानदार जित निकालेको छ । यस चुनाबले नेकपाका महिन्द्र राय यादव, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोजस्ता उम्मेदवारलाई हराउदै रविन महतो विजयी भए । रविनले ४२ हजार ५१२ मत पाए । यादवले ८ हजार ५२३ मत पाए ।

  • ललितपुर १ बाट तोसिमा विजयी

    ललितपुर १ बाट तोसिमा विजयी

    २३ फागुन, काठमाडौं । ललितपुर १ बाट तोसिमा कार्की विजयी भएकि छिन् । उनी रास्वपाबाट उम्मेदवार थिइन । कुल ४३ हजार ९६ मत उनले पाइन । उनका प्रतिस्पर्धी काङ्ग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए । एमालेका राजकाजी महर्जनले ६०२२ मत ल्याए ।

  • चितवन ३ मा सोविताको सानदार जित, एमाले–कांग्रेसको जमानत जफत

    चितवन ३ मा सोविताको सानदार जित, एमाले–कांग्रेसको जमानत जफत


    २३ फागुन, काठमाडौं । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोविता गौतमले सानदार जित निकालेकी छिन् । कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत भएको छ । गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् । गौतमकी निकतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ । चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ ८ हजार ३ सय ४४ मत ल्याए भने एमाले उम्मेदवार शंकरराज थपलिया ५ हजार ४ मत ल्याएका छन् । कांग्रेस र एमालेका दुबै उम्मेदवारको जमानत जफत भएको छ । २०७९ को निर्वाचनमा यो क्षेत्रबाट राप्रपाका विक्रम पाण्डेले ३४ हजार भन्दा बढी मत ल्याएर विजयी भएका थिए । यसपटक भने राप्रपाका उम्मेदवार दिपक थापा मगरले जम्मा १ हजार २ सय २६ मत मात्रै ल्याए ।

  • अछाम १ मा काङ्ग्रेस विजयी, भिम रावल पराजित

    अछाम १ मा काङ्ग्रेस विजयी, भिम रावल पराजित

    २३ फागुन, काठमाडौं । अछाम १ मा नेकपाका वरिष्ठ नेता भिम रावल पराजित भएका छन् । उनलाइ काङ्ग्रेसका भरत बहादुर स्वारले हराए । स्वारले १० हजार ७५९ मत पाउँद रावलले १० हजार २३३ मत पाए ।

  • सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि, गगन पछाडी

    सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि, गगन पछाडी

    काठमाडौँ, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भारी मतान्तरसहित अगाडि बढिरहेका छन् । निर्वाचन आयोगको मतगणना प्रणालीमा प्रविष्ट परिणामअनुसार हालसम्म सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई चार हजार ४३१ मतले पछाडि पारेका छन् ।

    सिंहले ११ हजार ३८३ मत ल्याउँदा थापाले छ हजार ९५२ मत पाएका छन् । क्षेत्र नं ३ मा रास्वपाकै उम्मेदवार नरेन्द्र साह कलवार २० हजार २७८ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले छ हजार ७४२ मतका साथ पछ्याइरहेका छन् । क्षेत्र नं २ मा रास्वपा उम्मेदवार रबिन महतो २८ हजार ९९१ मतसहित अगाडि छन् ।

    उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्रराय यादवले ६ हजार ७५ मत ल्याएका छन् । सर्लाही क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार नितिमा भण्डारी (कार्की)ले २४ हजार १८६ मत ल्याई अगाडि छन् । उनका प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ३ हजार ६३४ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मनोजकुमार देवकोटाले ३ हजार ३३७ मत ल्याएका छन् ।

  • झापा–५ : बालेन भारी मतले अगाडि

    झापा–५ : बालेन भारी मतले अगाडि

    सुरुङ्गा (झापा), २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले अग्रता कायम राखेका छन् । रास्वपा उम्मेदवार शाहले ३४ हजार ८६३ मत प्राप्त गर्दा नेकपा (एमाले)का अध्यक्षसमेत रहेका नुओलीले ९ हजार ६८ मत मात्र प्राप्त गरेका छन् । अध्यक्ष ओलीभन्दा रास्वपाका वरिष्ठ नेता शाह २५ हजार ७९५ मतले अगाडि छन् । यो निर्वाचन क्षेत्रमा ५२ हजार २०७ मत गणना भएको छ ।

    झापा ५ मा कूल मतदातामध्ये ६५ दशमलव ११ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । उनका अनुसार यो निर्वाचन क्षेत्रमा एक लाख छ हजार ५६८ मत खसेको छ । आधा मत गणना हुँदा ओली २५ हजार मतले पछाडि परेका हुन् ।

  • मोरङ–४ मा रास्वपाका राजवंशी निर्वाचित, कांग्रेसका गुरु घिमिरे पराजित

    मोरङ–४ मा रास्वपाका राजवंशी निर्वाचित, कांग्रेसका गुरु घिमिरे पराजित

    मोरङ, २३ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए । निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं ४ का अनुसार निकटतम प्रतिस्पर्धीमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरे ।

    त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले १० हजार ७६२ मत, नेकपा एमालेका जीवन घिमिरेले छ हजार ९३३ मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार २५५ मतदाता भएकामा ८० हजार ०८४ मत खसेको थियो । विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा १९ जना प्रत्यासीले प्रतिस्पर्धा गरेका थिए ।

  • मोरङ–६ मा रास्वपाकी आचार्य निर्वाचित, शेखर कोइराला पराजित

    मोरङ–६ मा रास्वपाकी आचार्य निर्वाचित, शेखर कोइराला पराजित

    मोरङ, २३ फागुनः मोरङ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित भएकी छिन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ६ द्वारा आज बिहान सार्वजनिक गरिएको अन्तिम निर्वाचनको मतपरिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरि निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिए । उनले प्रतिस्पर्धीमा नेपाली कांग्रेसका डा शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरे ।

    नेकपा (एमाले)का विनोदप्रसाद ढकालले आठ हजार ३१७, श्रम संस्कृति पार्टीका मातृका पौडेलले तीन हजार ४०० र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौलाले दुई हजार ९० मत प्राप्त गरे । निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार ८३२ मतदाता भएकामा ९१ हजार २९२ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र समेत गरी जम्मा १७ जना प्रत्यासी थिए ।

  • स्याङ्जा–१ मा रास्वपाका रेग्मी विजयी

    स्याङ्जा–१ मा रास्वपाका रेग्मी विजयी

    वालिङ (स्याङ्जा), २३ फागुनः स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मी विजयी भएका छन् । शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाबाट रास्वपा उम्मेदवार रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले राससलाई जानकारी दिए ।

    उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाल १० हजार २१४ मतान्तरले पराजित भए । उनले १८ हजार ८५७ मत प्राप्त गरे । नेकपा (एमाले) का मीनप्रसाद गुरुङ तेस्रो भए । उनले १६ हजार ८०४ मत प्राप्त गरे । स्याङ्जा क्षेत्र नं १ मा ७० हजार ९४४ मत खसेको थियो । जसमध्ये ६८ हजार ३६ मत सदर हुँदा दुई हजार ९०८ मत बदर भएको थियो ।

  • तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

    तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

    तेह्रथुम, २३ फागुनः प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् । सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीलकुमार वर्देवाले जानकारी दिए । उनका अनुसार निकटम प्रतिद्वन्द्वी नेकपा .(एमाले)का भानुभक्त ढकाललाई ८७९ मतान्तरले पछि पार्दै सुब्बा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

    एमालेका केन्द्रीय सचिव ढकालले १० हजार ६८२ मत प्राप्त गरे । प्रतिनिधिसभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ र श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २०० मत प्राप्त गरे ।

  • रुपन्देही–४ मा रास्वपाका बनियाँ निर्वाचित

    रुपन्देही–४ मा रास्वपाका बनियाँ निर्वाचित

    भैरहवा (रुपन्देही), २३ फागुनः रुपन्देही–४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले २८ हजार ६६ मतसहित निर्वाचित भए । नेकपा (एमाले) का उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गरे । निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५ हजार ६१३ मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा कूल एक लाख १६ हजार १७२ मतदाता भएकामा ७६ हजार ८१२ मत खसेको थियो ।

  • कालीकोटबाट नेकपाका शाही विजयी

    कालीकोटबाट नेकपाका शाही विजयी

    मान्म (कालीकोट), २३ फागुनः कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा( एमाले)का नगिन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरे । नौ सय ८६ मतान्तरले पछि पार्दै शाही विजयी भएका हुन् ।

    नेपाली कांग्रेसका हर्षबहादुर बमले नौ हजार १३३ मत प्राप्त गरे ।त्यस्तै नेकपा (माओवादी)का उम्मेदवार खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले दुई हजार ९३७ मत पाए । नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७, राप्रपाका सूर्यबहादुर शाहीले ५६६ र राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले २६९ मत ल्याए । विजयी शाहीले २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचित भएपछि ऊर्जामन्त्री, ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएर कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्री बनेका थिए ।

  • बाँके–३ मा रास्वपाका सुनार निर्वाचित

    बाँके–३ मा रास्वपाका सुनार निर्वाचित

    राँझा (बाँके), २३ फागुनः बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनार निर्वाचित भएका छन् । उनी २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित भएको क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिए । सुनारका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरे ।

    नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले १३ हजार २१५ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दीपक गौरीमगरले ४ हजार १५ मत प्राप्त गरे । बाँकेको क्षेत्र नं १ मा पनि रास्वपाका सुरेश चौधरी विजयी भए । क्षेत्र नं २ मा भने नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्तियाक राई विजयी भए ।

  • चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी

    चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी

    चितवन, २३ फागुनः चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । उनले ५४ हजार ४०२ मत प्राप्त गरे । नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । यस्तै नेकपा (एमाले)का अस्मिन घिमिरेले छ हजार ९९२ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले चार हजार ४६९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए ।

    लामिछानेले यसअघि विसं २०८० मा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गरेका थिए । यस्तै सो समयमा नेपाली कांग्रेसका उम्मेदवारले ११ हजार २१४ मत र एमालेका उम्मेदवारले १० हजार ९३६ मत प्राप्त गरेका थिए । यस निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार १५२ मतदाता भएकामा मत ८७ हजार २२१ खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २३ जना प्रत्यासी थिए ।

  • महोत्तरी–१ मा रास्वपा उम्मेदवार महतो विजयी

    महोत्तरी–१ मा रास्वपा उम्मेदवार महतो विजयी

    महोत्तरी, २३ फागुनः महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज बिहान जारी गरेको अन्तिम निर्वाचन मतपरिणामअनुसार रास्वपा उम्मेदवार महतो ३४ हजार ६३६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिए ।

    त्यसैगरी उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरे । नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले छ हजार ५९१ र नेपाली कांग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले छ हजार २१३ मत ल्याएको जनाइएको छ ।

  • काठमाडौँ–२ मा रास्वपाका केसी निर्वाचित

    काठमाडौँ–२ मा रास्वपाका केसी निर्वाचित

    काठमाडौँ, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित भएका छन् । उनी ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत ल्याए । यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोविता गौतम निर्वाचित भएकी थिइन् ।

  • काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित

    काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित

    काठमाडौँ, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम निर्वाचित भएका छन् । उनी २९ हजार १४२ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । बमका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गर्नुभयो भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ ल्याए । यसअघिको निर्वाचनमा सो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निर्वाचित भएका थिए ।

  • निर्वाचन मत गणनाः एक सय आठ स्थानमा रास्वपा अगाडि

    निर्वाचन मत गणनाः एक सय आठ स्थानमा रास्वपा अगाडि

    काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०८ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमा आज बेलुका ७ः४५ बजेसम्म रास्वपाका उम्मेदवार १०८, नेपाली कांग्रेसका उम्मेदवार १२ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सात स्थानमा अगाडि छन् ।

    त्यसैगरी श्रम संस्कृति पार्टीका ६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टी एक\एक स्थानमा अगाडि छन् । हालसम्म रास्वपाले दुई स्थानमा विजयी हासिल गरिसकेको छ भने नेपाली कांग्रेसले दुई र नेपाली कम्युनिष्ट पार्टीले एक स्थानमा विजय हासिल गरेको छ ।

  • झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार

    झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार

    भद्रपुर (झापा), २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाएका छन् । पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह १३ हजार ६५४ मतसहित अग्रस्थानमा रहेका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केपी शर्मा ओलीले तीन हजार ११ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समीर तामाङले एक हजार ५१७, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४०३ तथा नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङले ३७० मत प्राप्त गरेकी छिन् । शाहले ओलीलाई १० हजार ६४३ मतले पछि पारेका छन् ।


    निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल तीन हजार २१७ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का लालप्रसाद साँवा लिम्बूले ९५२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका देउकुमार थेवेले ९२४ मत प्राप्त गरेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका प्रकाश पाठक नौ हजार २६४ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले चार हजार ९२४ मत प्राप्त गरेका छन् । पाठकले लिङ्देनलाई चार हजार ३४० मतले पछि पार्नुभएको छ । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले दुई हजार ४६३ मत प्राप्त गरेका छन् ।


    निर्वाचन क्षेत्र नं २ मा रास्वपाकी इन्दिरा राना मगर १० हजार ४४३ मतसहित अग्रस्थानमा छिन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का देवराज घिमिरेले एक हजार ७०३ मत प्राप्त गरेका छन् । उनीहरुबीच आठ हजार ७४० मतान्तर रहेको छ । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले एक हजार ३५७ तथा नेपाली कांग्रेसकी सरिता प्रसार्इंले ९०९ मत प्राप्त गरेका छन् ।


    निर्वाचन क्षेत्र नं १ मा रास्वपाकी निशा डाँगी सात हजार ९४३ मतसहित अग्रस्थानमा छिन् । उनका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका केवल राईले दुई हजार ५१३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका केशवराज पाण्डेले एक हजार ९३४ तथा नेकपा (एमाले)का रामचन्द्र उप्रेतीले एक हजार ६७१ मत प्राप्त गरेका छन् ।

  • गोरखा–२ मा अग्रता बढाउँदै रास्वपाका बुर्लाकोटी

    गोरखा–२ मा अग्रता बढाउँदै रास्वपाका बुर्लाकोटी

    गोरखा, २२ फागुन । प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कविन्द्र बुर्लाकोटीले अग्रता बढाउँदै गएका छन् । पछिल्लो मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसँगको मतान्तर उनले एक हजार १५९ पुर्याएका छन् ।

    अहिलेसम्म दुई हजार ८०२ मतगणना हुँदा रास्वपाका उम्मेदवार बुर्लाकोटीले एक हजार ५७१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार न्यौपानेले ४१२ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दुवाडीले ३६१ र नेकपा एमालेका उम्मेदवार मिलन गुरुङले १५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासले जानकारी दिए । मतगणना जारी छ ।

    प्रतिनिधिसभा गोरखा क्षेत्र नं १ अन्तर्गत पर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न १४ वटा मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याउन अझै बाँकी रहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आज मतपेटिका ढुवानी गरिएको भए पनि मौसममा आएको खराबीका कारण मतपेटिका ल्याउन ढिलाइ भएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
    “चुमनुब्री गाउँपालिकाका २३ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने अवस्था थियो”, उनले भने, “आज नौवटा केन्द्रको मतपेटिका ढुवानी गरिएको छ भने १४ वटा मतदान केन्द्रको मतपेटिका मौसम खराबीका कारण ढुवानी गर्न सकिएन ।”

    मतपेटिका ढुवानीका लागि आज दोस्रोपटक सदरमुकामबाट उडेको सेनाको हेलिकप्टरले खाङसार र साम्दोको मतपेटिका सङ्कलन गरेर फर्कने क्रममा एक्कासी मौसम बिग्रिएपछि पोखरामा आकस्मिक अवतरण गर्नुपरेको थियो । सहायक प्रजिअ शर्माले हेलिकप्टर तयारी अवस्थामा रहेको शनिबार बिहान मौसम खुल्नेबित्तिकै बाँकी रहेका केन्द्रको मतपेटिका पनि ढुवानी गरेर सदरमुकाम ल्याइने बताए ।