नो केवलकार समूह र सरकारबीचको वार्ता असफल, थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । वार्ताप्रति सरकार संवेदनशील नबनेको र आन्दोलनरत पक्षलाई थकाउने रणनीतिमा देखिएको भन्दै पाथीभरा क्षेत्रको नो केबलकार समूहले थप संघर्षका कार्यक्रम घोषणा गरेको छ। मुक्कुम्लुङ सेमुक्तु मुक्तुबो माङ (पाथीभरा) धार्मिक स्थलमा केबलकार बनाउन नहुने अडान राख्दै आएको संघर्ष समितिले पत्रकार सम्मेलनमार्फत् पुनः संघर्षका कार्यक्रम घोषणा गरेको हो। ‘माघ २२ गतेका दिन सरकारी वार्ता समिति र… Continue reading नो केवलकार समूह र सरकारबीचको वार्ता असफल, थप आन्दोलनका कार्यक्रम घोषणा

धनुषाधाम विद्युत चोरीमुक्त नगरपालिका घोषणा

काठमाडौं । धनुषा जिल्लास्थित धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरिएको छ। धनुषाधाम नगरपालिकाको आयोजना र नेपाल विद्युत प्राधिकरणको संयोजकत्वमा नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिका प्रमुख बालेश्वर मण्डलले शनिबार धनुषाधाममा आयोजित कार्यक्रममा नगरपालिकालाई विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरेका हुन् । कार्यक्रममा धनुषाधाम नगरपालिका क्षेत्रमा बसोबास गर्ने… Continue reading धनुषाधाम विद्युत चोरीमुक्त नगरपालिका घोषणा

चक्कु देखाएर धम्काई किशोरीको बलात्कार

GETTY IMAGES

काठमाडौं । धनगढीमा किशोरीमाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्कुलबाट फर्किरहेकी किशोरीलाई चक्कु देखाएर एक १८ वर्षीय किशोरले बलात्कार गरेका हुन् । घट्ना बिहीबार साँझको भए पनि प्रहरीमा शनिबार राति साढे ८ बजेमात्र जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । धनगढीको एक विद्यालयमा अध्ययन… Continue reading चक्कु देखाएर धम्काई किशोरीको बलात्कार

काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना : कम्तिमा २ जनाको ज्यान गयो

काठमाडौं । काठमाडौँको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरी वृत्त कीर्तिपुरका अनुसार दुर्घटनामा चालक र एक विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ४१ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरिक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन् । प्रहरीकाअनुसार दक्षिणकाली नगरपालिकाको जुनकिरी स्कुलको बा १ क ५६६४ नम्बरको… Continue reading काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना : कम्तिमा २ जनाको ज्यान गयो

सुर्खेतमा बस दुर्घटना : ४० जना घाइते

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरबाट तिर्थयात्री बोकेर भारतको प्रयागराज कुम्भ मेला जाँदै गरेको बस बबई नजिक दुर्घटनामा परेको छ। सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेततका उपपरीक्षक रूपेश खड्काले जानकारी दिए । उनका अनुसार महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ साढे पाँच बजेतिर दुर्घटनामा परेको… Continue reading सुर्खेतमा बस दुर्घटना : ४० जना घाइते

चितवनमा बस दुर्घटना, २३ घाइते

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएको प्रहरीले जनाएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएका छन् । उनका अनुसार घाइतेको… Continue reading चितवनमा बस दुर्घटना, २३ घाइते

दुई नेपाली युवाको भारतमा पौडी खेल्ने क्रममा ज्यान गयो

काठमाडौं । बझाङका दुई युवाको भारतको बेंगलरुमा पौडी खेल्ने क्रममा ज्यान गएको समाचार छ । मृत्यु हुनेमा केदारस्यूँ गाउँपालीका वडा नम्बर ७ का वीरेन्द्र बिक र सोही गाउँपालिका वडा नम्बर ९ सेकू निवासी विनय बिक छन्। उनीहरू नजिकका स्थानीय प्रमानन्द चिमाडीका अनुसार उनीहरू रोजगारीको सिलसिलामा भारतको बेंगलरूमा थिए। त्यहाँ पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको… Continue reading दुई नेपाली युवाको भारतमा पौडी खेल्ने क्रममा ज्यान गयो

खानेपानी मन्त्रालयमा लागेको आगो निभाइयो

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागी भएको केही मिनेटमै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणमा आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् । एसएसपी खनालका अनुसार बिहान ८ बजेर ४६ मिनेट जाँदा भौतिक मन्त्रालयसँग जोडिएको खानेपानी मन्त्रालयको… Continue reading खानेपानी मन्त्रालयमा लागेको आगो निभाइयो

झापामा युवतीसँगै होटलमा बसेका युवाको मृत्यु

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका ४ स्थित एभरेस्ट होटल एन्ड लजमा बेहोस अवस्थामा भेटिएका एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका १ का ३० वर्षीय सागर बेस्रा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बेस्रा गएराति एकजना महिला साथीसँग उक्त होटलमा गएका थिए । राति सुतेको कोठाभित्रको बाथरुममा लडेर… Continue reading झापामा युवतीसँगै होटलमा बसेका युवाको मृत्यु

२०८४ अगाडी सरकारमा जान्नौं, त्यसपछि एकल बहुमतको सरकार चलाउँछौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ मा एकल बहुमतले सरकार बनाउने दावि गरेका छन् । शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पार्टी ०८४ अघि सरकारमा नजाने स्पष्ट पारे । उनले ०८४ मा माओवादीले एकल बहुमतको सरकार बनाउने बताए । २०८४ सालको संसदीय चुनावमा माओवादी पहिलो पार्टी बन्ने… Continue reading २०८४ अगाडी सरकारमा जान्नौं, त्यसपछि एकल बहुमतको सरकार चलाउँछौं : प्रचण्ड

कैलालीमा आमाछोरी मृत फेला

काठमाडौं । कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमा–छोरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले बताए । उनकाअनुसार दुवै जना बिहीबार साँझ साढे ७… Continue reading कैलालीमा आमाछोरी मृत फेला

नियन्त्रणमा लिन गोली हान्दा चितवनमा जंगली हात्तिको ज्यान गयो

काठमाडौं । चितवन सौराहा क्षेत्रमा देखिरहने मकुना जंगली हात्तीको गोली लागेर ज्यान गएको छ । जंगली हात्ती मकुनाको निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । बस्ती छिरेर तर्साउने हात्तीलाई तर्साउन चलाइएको गोली लागेर मकुनाको मृत्यु भएको निकुञ्जको जिकिर छ ।उक्त हात्ती असोज महिनादेखि सौराहा आसपासमा पसेर स्थानीयलाई त्रसित बनाउँदै आएको… Continue reading नियन्त्रणमा लिन गोली हान्दा चितवनमा जंगली हात्तिको ज्यान गयो

ब्यारेक भित्रै महिला प्रहरी मृत फेला

काठमाडौं । काठमाडौंस्थित प्रहरी प्रभाग साँखुको ब्यारेकमा एक महिला प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिएकी छिन् । तीन जना बस्ने गरेको ब्यारेकको कोठामा महिला प्रहरी जवान निशा चौधरी सिलिङ फ्यानमा आफ्नै सलको पासो लगाएर झुन्डिएको अवस्थामा बुधबार मध्यान्ह करिब १२ बजेतिर मृत फेला परेको प्रहरीले जनाएको छ । चौधरीसँगै तीन जना बुधबार बिहान शाली नदी… Continue reading ब्यारेक भित्रै महिला प्रहरी मृत फेला

पाथिभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, आन्दोलनका कार्यक्रम पनि फिर्ता

काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्कालका लागि रोकिएको छ । यससँगै नो केबलकार समूहले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेका पक्षबीच मंगलबार भएको वार्तामा ६ बुँदे सहमति भएको हो। हिजो र आज भएको वार्तापछि दुई पक्षबीच ६ बुँदे सहमति… Continue reading पाथिभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, आन्दोलनका कार्यक्रम पनि फिर्ता

पाथिभरामा केवलकार बनाउने विषयमा उत्पन्न विवादमा वार्ता गर्न टोली गठन

काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो । टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास… Continue reading पाथिभरामा केवलकार बनाउने विषयमा उत्पन्न विवादमा वार्ता गर्न टोली गठन

बालाजुमा एक जना मृत फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ । प्राइम बैंकको पार्किङमा अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत भएको छैन । उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीले आसपासको क्लोज सर्किट (सीसी) टिभी समेत हेरेको प्रहरीले जनाएको… Continue reading बालाजुमा एक जना मृत फेला

कूम्भ मेलाबाट फर्कने क्रममा जिप दुर्घटना, भारतमा ५ नेपालीको मृत्यु

काठमाडौं । भारतको कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ । तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको घाइतेले बताएका छन्।दुर्घटनामा महोत्तरीका पाँच जनाको मृत्यु भएको हो।दुर्घटनामा श्रीमान, श्रीमती, मामा, माइजु र चालकको मृत्यु भएको हो।… Continue reading कूम्भ मेलाबाट फर्कने क्रममा जिप दुर्घटना, भारतमा ५ नेपालीको मृत्यु

नेकपा एसका प्रदेशस्तरीय नेताहरु माओवादी प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीका दुई सदस्यसहित जिल्ला कमिटीका सदस्यहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चितवन जिल्ला पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीको बागमती प्रदेश कमिटी सदस्य कृष्णराज लब्ली न्यौपाने र अरुण भण्डारीसहित जिल्ला कमिटी सदस्यहरूलाई माओवादीमा प्रवेश गराए । एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष… Continue reading नेकपा एसका प्रदेशस्तरीय नेताहरु माओवादी प्रवेश

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : हत्या भएको प्रहरीको निष्कर्ष

काठमाडौं । अछाममा दुई किशोरीको मृत्यु प्रकरणमा हत्या भएको निष्कर्षमा प्रहरी अनुसन्धान पुगेको छ । ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र ईशरा खड्कालाई ढकारी गाउँपालिका ३ का दुई किशोरले हत्या गरेको अछाम प्रहरीले जनाएको छ । माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । घटनाको… Continue reading अछाममा दुई किशोरीको मृत्यु प्रकरण : हत्या भएको प्रहरीको निष्कर्ष

जीप दुर्घटनामा ओखलढुंगामा ३ जनाको मृत्यु

काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा जीप दुर्घटना भएको छ । बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष लुइँटेलले जानकारी दिए । मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र… Continue reading जीप दुर्घटनामा ओखलढुंगामा ३ जनाको मृत्यु

काठमाडौंको चन्द्रागिरिमा एक पुरुष मृत फेला

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा एक पुरुष मृत फेला परेका छन्। चन्द्रागिरि नगरपालिका १५ ढुंगेअड्डा पिपल चौतारी स्थित प्रगति युवा क्लबको पक्की तिनतले खाली भवनको दोस्रो तलामा मंगलबार साँझ सुतिरहेको अवस्थामा एक पुरूष मृत अवस्थामा फेला परेका हुन् । थानकोट प्रहरी वृत्तका प्रमुख डिएसपी सूर्य प्रकाश सुवेदीका अनुसार मृतकको पहिचान खुलेको छैन। उमेर अन्दाजी ५८ देखि… Continue reading काठमाडौंको चन्द्रागिरिमा एक पुरुष मृत फेला

आज शहीद दिवस, देशैभर भब्य रुपमा मनाईदै

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम दिन बुधबार भव्य रुपमा शहीद दिवस मनाउने निर्णय गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको… Continue reading आज शहीद दिवस, देशैभर भब्य रुपमा मनाईदै

माओवादी अध्यक्ष प्रचण्ड ओलीको जन्म गाउँ जाँदै, जनयुद्ध संग्रहालय उद्घाटन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सोमबार तेह्रथुम प्रस्थान गरेका छन् । उपमहासचिव वर्षमान पुनसँगै उनी सोमबार सैनिक हेलिकप्टरमार्फत् त्यसतर्फ लागेका हुन् । सोमबार उनले लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्‌घाटन गर्ने कार्यक्रम छ । आजै उनी तेह्रथुमको आठराई गाउँपालिका जाने कार्यक्रम छ । आठराई वर्तमान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा… Continue reading माओवादी अध्यक्ष प्रचण्ड ओलीको जन्म गाउँ जाँदै, जनयुद्ध संग्रहालय उद्घाटन गर्दै

अछाममा दुई किशोरी मृत्यु प्रकरणमा दुई किशोर पक्राउ

काठमाडौं । अछाममा दुई किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने दुवै जना २० वर्षभन्दा कम उमेरका छन् । सोहीकारण पहिचान खुलाइएको छैन । जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षिया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको… Continue reading अछाममा दुई किशोरी मृत्यु प्रकरणमा दुई किशोर पक्राउ

अछाममा दुई किशोरी मृत फेला

काठमाडौं । अछाममा शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका छन् ।ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा शनिबार बेलुका मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना… Continue reading अछाममा दुई किशोरी मृत फेला

नेपालको हिमाली भेगमा मनाइने लोसारको दिन न्युयोर्क सहरमा पार्किङ सुविधा

जनवरी २३ । न्युयोर्क । नेपालको हिमाली भेगमा मनाइने लोसार चाडलाई न्युयोर्क सहरको सिटी काउन्सिलले पर्वको दिनमा वैकल्पिक साइड पार्किङ नियम (Alternate Side Parking) निलम्बन गर्ने भएको छ। लोसार पर्व परेको दिन सडक सफा गर्ने दिन परेको क्षेत्रमा असुबिधा नहोस भनेर न्युयोर्क सिटी काउन्सिलले सो सुविधा दिएको हो । कोरियाली मूलका काउन्सिल सदस्य जुली वोनले… Continue reading नेपालको हिमाली भेगमा मनाइने लोसारको दिन न्युयोर्क सहरमा पार्किङ सुविधा

पर्वत केन्दविन्दु भएर भूकम्प गयो

काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका भूकम्पविद भरत कोइरालाले जानकारी दिए ।

रातो बाँदर अब ‘कृषि हानिकारक वन्यजन्तु’ घोषित

काठमाडौं । सरकारले जंगली रातो बाँदरलाई पहिलो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । कृषि हानिकारक वन्यजन्तु निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याए विनाअनुमति धपाउन, लखेट्न र पक्रन पाइन्छ । त्यस क्रममा उक्त जनावर मरे विवरण राखेर स्थानीय तहको रोहवरमा मुचुल्का उठाइ गाड्न समेत पाइन्छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा। दीपककुमार… Continue reading रातो बाँदर अब ‘कृषि हानिकारक वन्यजन्तु’ घोषित

भक्तपुरमा कार र मोटरसाइकल ठोक्कियो, एक महिलाको मृत्यु

काठमाडौं । भक्तपुरमा कार र मोटरसाइकल ठोक्किंदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मोटरसाइकल चालक भोजपुर घर भइ काठमाडौं पेप्सीकोला बस्ने राजु राईकी श्रीमती सपना राईको मृत्यु भएको प्रहरीले जनाएको छ । गत सोमबार मध्यपुरथिमि नगरपालिका २ दिव्यश्वरीस्थित सडकमा पेप्सीकोलाबाट मगर गाउँतर्फ जाँदै गरेको बा.प्र.०१–०२७ च ९२७ नम्बरको कार र सोही दिशातर्फ जाँदै… Continue reading भक्तपुरमा कार र मोटरसाइकल ठोक्कियो, एक महिलाको मृत्यु

गोठाटारमा एक जना मृत फेला

काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटार बालुवाखानीमा एक पुरुषको शव भेटिएको छ । बालुवाखानीस्थित खाली जग्गामा पुरुषको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । अन्दाजी ३० वर्ष जतिका ती पुरुष बुधबार मृत फेला परेका हुन् । मृत भेटिएका पुरुषको सनाखत समेत हुन सकेको छैन । नामथर यकिन हुन बाँकी नै रहेकाले थप अनुसन्धानको… Continue reading गोठाटारमा एक जना मृत फेला