प्रधानमन्त्रीको दल एमालेले आज काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा (एमाले) ले आज काठमाडौंको सडकमा प्रदर्शन गर्दैछ । दरबारमार्गमा प्रदर्शनपछि सभा राखिएको छ । जसलाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ । बिहान साढे ११ बजे… Continue reading प्रधानमन्त्रीको दल एमालेले आज काठमाडौंमा प्रदर्शन गर्दै

मोरङमा मोटरसाइकल दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।प्रहरीका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको हो । दुर्घटनापछि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल… Continue reading मोरङमा मोटरसाइकल दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

झिसमिसेमा त्रिशूलीमा खस्यो ट्रक

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट मालबाहक ट्रक त्रिशूली नदीमा खसेको छ । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको हो । यो गाडीले चामल बोकेको बताइएको छ । दुर्घटनास्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय… Continue reading झिसमिसेमा त्रिशूलीमा खस्यो ट्रक

माओवादीको गढमा एमाले र कांग्रेसले गरे तालमेल

काठमाडौं । १६ मंसिरमा हुने उपनिर्वाचन अन्तर्गत रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र एक वडाध्यक्ष पदमा नेपाली कांग्रेस र एमालेले तालमेल गरेका छन् । यो माओवादी केन्द्रको बलियो आधार क्षेत्र मानिन्छ । सत्ता साझेदार दुई ठूला दलले तालमेल गरेका हुन् । दुई दलबीच भएको सहमतिअनुसार उपाध्यक्षमा एमालेले उम्मेदवारी दिएको छैन । बरु एमालेकी जिल्ला कमिटी… Continue reading माओवादीको गढमा एमाले र कांग्रेसले गरे तालमेल

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । फ्रन्टलाइन अस्पतालका अनुसार ढुंगाना घरमा बेहोस भएपछि अस्पताल ल्याइएका थिए । काठमाडौं महानगरपालिका– ९ बत्तीसपुतलीस्थित निवासमा दिउँसो परिवारका सदस्यसँग कुरा गरिरहेका बेला १ बजेर ९ मिनेटमा एक्कासी बेहोस भएपछि ढुंगानालाई… Continue reading पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

दार्चुलामा जिप दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । शैल्यशिखर नगरपालिका (६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजिव बस्नेतले दुर्घटनामा ६ जनाको मृत्यु भएको बताए… Continue reading दार्चुलामा जिप दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका तीन जना मृत फेला

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक मृत भेटिएका हुन् । श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए । पछि जाँच गर्दा बन्द… Continue reading काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका तीन जना मृत फेला

सवारी दुर्घटना गराएर भागेका भाइरल झांक्री पक्राउ

काठमाडौं । दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ परेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल छन् । उनलाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको हो । भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२… Continue reading सवारी दुर्घटना गराएर भागेका भाइरल झांक्री पक्राउ

कालिकोटमा जिप दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

photo : Gorkhapatra

काठमाडौं । जिल्लाको पलाता गाउँपालिका जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ। दुर्घटनामा पलाता गाउँपालिका वडा नम्बर ५ का ५१ वर्षीय पदमबहादुर बम, ३० वर्षीया छाया शाही, वडा नम्बर ६ का ५९ वर्षीया दसकला शाही, २५ वर्षीया भगवती रोकाया, ६० वर्षीय गणेश शाही र पलाता वडा नम्बर ३ का ६ वर्षीय बालक… Continue reading कालिकोटमा जिप दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

धनगढीका सुरेश पोर्चुगलमा वेपत्ता, खोजीका लागि परिवारको आह्वान

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । पोल्यान्ड हुँदै दुई वर्ष अघि पोर्चुगल आएका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका हुन् । ओझा गत जुलाई ५ तारिखदेखि सम्पर्कविहीन भई बेपत्ता भएको सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलका अध्यक्ष दीपेश विष्टले जानकारी दिए । राजधानी… Continue reading धनगढीका सुरेश पोर्चुगलमा वेपत्ता, खोजीका लागि परिवारको आह्वान

सुर्खेतमा गाडी दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

काठमाडौं । दैलेखबाट सुर्खेत जाँदै गरेको गाडी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(१४ रातानाङ्लामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २६ घाइते भएका छन् । कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको फोर्स गाडी शुक्रबार दिउँसो २ः२० बजे दुर्घटना भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । दुर्घटनाको खबर आउने बित्तिकै सुर्खेतका प्रहरी प्रमुख सहितको… Continue reading सुर्खेतमा गाडी दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

नारायणगढ–मुग्लिन सडकमा दुई वटा गाडी ठोक्किए, कम्तिमा ४ जनाको मृत्यु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोक्किएका… Continue reading नारायणगढ–मुग्लिन सडकमा दुई वटा गाडी ठोक्किए, कम्तिमा ४ जनाको मृत्यु

हिमाली भेगमा हिमपात सुरु, कस्तो रहनेछ आजको मौसम ?

सांकेतिक तस्वीर

काठमाडौं । आज पनि देशका थोरै ठाउँमा वर्षा भइरहेको छ । पहाडी भू–भागका एक–दुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भागका थोरै र बाँकी… Continue reading हिमाली भेगमा हिमपात सुरु, कस्तो रहनेछ आजको मौसम ?

सर्लाहीमा पोखरीमा डुब्यो कार, दुई जनाको मृत्यु

काठमाडौं । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका २ मियाँखोरस्थित पोखरीमा डुबेको छ । डुबेको कारमा गौशाला नगरपालिका १० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका ८ का ३७ वर्षीय रामाकान्त ठाकुर सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी… Continue reading सर्लाहीमा पोखरीमा डुब्यो कार, दुई जनाको मृत्यु

मुस्ताङ जाने सडक बन्द

file

काठमाडौं । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी राजकुमार केसीले सोमबार दिउँसोदेखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारी साधन आवत–जावत रोकिएको जानकारी दिए… Continue reading मुस्ताङ जाने सडक बन्द

त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, १ वेपत्ता

काठमाडौं । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका ४ स्थित त्रियुगा नदीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु भएको छ। एकजना बेपत्ता भएका छन्।स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार रायले बताए । उनका अनुसार कञ्चनरुप नगरपालिका ४ जगतपुरस्थित… Continue reading त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, १ वेपत्ता

अर्घाखाँचीमा भैलो खेलिरहेको समूहलाई बसले ठक्कर दियो, २ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतको सङ्ख्या १८ पुगेको छ ।वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो । बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक… Continue reading अर्घाखाँचीमा भैलो खेलिरहेको समूहलाई बसले ठक्कर दियो, २ जनाको मृत्यु

माडी खोलाले बगाउँदा दुईको मृत्यु

काठमाडौं । प्यूठानमा माडी नदीले बगाएर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालका अनुसार स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी ३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव फेला परेको हो । बुधबारदेखि हराइरहेका अधिकारीको शव शुक्रबार दिउँसो २ बजे भिंगृस्थित तापा… Continue reading माडी खोलाले बगाउँदा दुईको मृत्यु

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर २ पुरेनामा मंगलबार दिउँसो भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ घन्चौराका पवन थापा र वडा नम्बर ४ मनिस थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए । गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको… Continue reading स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

रास्वपाको प्रदर्शन आज बालुवाटारमा, देशभरबाट मान्छे उतार्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दैछ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आजको विरोध प्रदर्शन बालुवाटारमा आयोजना गरेको हो । विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको छ । कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका… Continue reading रास्वपाको प्रदर्शन आज बालुवाटारमा, देशभरबाट मान्छे उतार्ने तयारी

सल्यानमा मिनी ट्रक दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

काठमाडौं । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका ६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा स्थानीय १४ वर्षीय गोबर्द्धन खडका, १२… Continue reading सल्यानमा मिनी ट्रक दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

दाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं । दाङमा बोलेरो जिप दुर्घटनामा परेको छ । घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा जिपका चालक दाङको दंगीशरण गाउँपालिका ४ निवासी २२ बर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका ६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिए । उनका अनुसार… Continue reading दाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु

भारतमा आएको आँधीले नेपालमा के असर पर्ला ?

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवातको प्रत्यक्ष असर नेपालमा नपर्ने मौसमविदले बताएका छन् । तर त्यसको आंशिक प्रभावले कोशी प्रदेशमा वर्षा हुने उनीहरुको प्रक्षेपण छ । ‘दाना’ नाम दिइएको शक्तिशाली चक्रवात गएराति भारतको ओडिशा राज्यको जमिनमा बज्रिएको छ । यसको असरले ओडिशा र पश्चिम बंगालमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा गराउने भन्दै पूर्वसतर्कता… Continue reading भारतमा आएको आँधीले नेपालमा के असर पर्ला ?

रविलाई आज अदालत उपस्थित गराइने

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । पोखरामा सहकारी पीडित र रास्वपाका नेता–कार्यकर्ता आमने–सामने हुनसक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको प्रहरीले बताएको छ । रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले… Continue reading रविलाई आज अदालत उपस्थित गराइने

जेलबाट छुटेलगत्तै हत्या, २४ वर्षिय युवक पक्राउ

काठमाडौं । बाँकेमा टाउकोबिनाको शव भेटिएको प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई साताअघि जेलबाट छुटेका एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी धर्मराज भण्डारीका अनुसार घटनामा संलग्नताको आशंकामा रोल्पाको माडी गाउँपालिका–६ का २४ वर्षका अनिल परियार पक्राउ परेका हुन् । उनी जबर्जस्ती करणीसम्बन्धी मुद्दामा २ वर्ष ९ महिना जेलमा बसेर यही… Continue reading जेलबाट छुटेलगत्तै हत्या, २४ वर्षिय युवक पक्राउ

डडेलधुरा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

काठमाडौं । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या ५ पुगेको हो । बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।… Continue reading डडेलधुरा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

डडेलधुरामा बस दुर्घटना, कम्तिमा ४ जनाको मृत्यु

काठमाडौं । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीया जैमती बोहोरा,… Continue reading डडेलधुरामा बस दुर्घटना, कम्तिमा ४ जनाको मृत्यु

डडेल्धुरामा १४ वर्षिय किशोरीको हत्या अभियोगमा ५८ वर्षिय व्यक्ति पक्राउ

काठमाडौं । डडेल्धुरामा किशोरीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका व्यापारीलाई आइतबार सार्वजनिक गरिएको छ । पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर शव फालेको अवस्थामा भेटिएकी अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन् । उनी पोखरा… Continue reading डडेल्धुरामा १४ वर्षिय किशोरीको हत्या अभियोगमा ५८ वर्षिय व्यक्ति पक्राउ

द्यौलागिरी हिमाल आरोहणका क्रममा पाँच रुसी आरोहीको निधन

काठमाडौं । धवलागिरी आरोहणमा गएका पाँचजना हिमाल आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको खबर आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । आरोहणका क्रममा ८ हजार मिटर हाराहारीमा पुगेपछि थप अगाडि बढ्न नसक्ने निष्कर्षसहित आइतबार तल्लो शिविरमा फर्कने निर्णय लिएका आरोहीहरुको… Continue reading द्यौलागिरी हिमाल आरोहणका क्रममा पाँच रुसी आरोहीको निधन

झापामा व्यक्ति हत्याको आरोपमा नाबालकसहित तीन पक्राउ

काठमाडौं । झापामा हत्या आरोपमा एक नाबालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको बाह्रदशी गाउँपालिका–७ का ३१ वर्षीय समीर राजवंशी, सोही ठाउँकी २० वर्षीया मेचे राजवंशी र सोही ठाउँका एक नाबालक छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमणिले पक्राउ गरेको हो । १५ जेठ २०८१ को राति साढे ११ बजेतिर बाह्रदशी… Continue reading झापामा व्यक्ति हत्याको आरोपमा नाबालकसहित तीन पक्राउ