दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनमा एक घरमा भएको आगलागीमा परि पाँच जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । घटनामा चार पुरुष र एक बालिका परेको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई उदृत गर्दै स्थानीय संचारमाध्यमले लेखेको छन् । आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको छ ।… Continue reading दाङको तुल्सिपुरमा आगोलागी, ५ जनाको मृत्यु
Category: स्थानीय
सिन्धुपाल्चोकमा खुकुरी प्रहारबाट दुई जनाको हत्या
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । राससका अनुसार आइतबार बेलुका चिम्लिङका विजय तामाङले मादक पदार्थ सेवन गरेको अवस्थामा स्थानीय ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङमाथि खुकुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले घटनाको पुष्टी गरेको छ । हत्याका आरोपी विजयलाई प्रहरीले… Continue reading सिन्धुपाल्चोकमा खुकुरी प्रहारबाट दुई जनाको हत्या
बुटवलमा रोकेको ट्रकमा कार ठोक्कियो, तीन जनाको मृत्यु
बुटवल । रुपन्देही, बुटवल तामनगरमा सडकमा रोकेको ट्रकमा कार ठोक्किएको छ । त्यस क्रममा कारमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् । बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार… Continue reading बुटवलमा रोकेको ट्रकमा कार ठोक्कियो, तीन जनाको मृत्यु
नेपालमा १३८६ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १३८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार यस अवधीमा ११ जनाको कोभिडका कारण मृत्यु भएको छ।सो अवधिमा ८,७०४ जना सङ्क्रमणमुक्त भएका छन्।तथ्यांक अनुसार देशभर निको हुन बाँकी सङ्क्रमितको सङ्ख्या ४५,२४८ छ । तीमध्ये अधिकांश उपत्यकाका तीन जिल्लामा छन् । काठमाडौंमा… Continue reading नेपालमा १३८६ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु
स्याङ्जामा जिप दुर्घटना, २ जनाको मृत्यु
स्याङ्जा । शनिबार स्याङ्जामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीलाई उदृत गर्दै राससले जनाए अनुसार शनिबार ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जिप दुर्घटनामा परेको हो । बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नंको जिप धोबादीस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा बिरुवा–३ खालीका २६ वर्षीय बेलबहादुर… Continue reading स्याङ्जामा जिप दुर्घटना, २ जनाको मृत्यु
सुनसरीमा बस र ट्रक ठोक्किए, तीन जनाको मृत्यु
सुनसरी । सुनसरीमा ट्रक र बस ठोक्किंदा भएको दुर्घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका ३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंम्बरको बस ठोक्किएका हुन्… Continue reading सुनसरीमा बस र ट्रक ठोक्किए, तीन जनाको मृत्यु
प्यूठानमा जन्ती बोकेको जिप दुर्घटना, ८ जनाको मृत्यु
प्यूठान । प्युठानमा बेहुली लिएर बेहुवाको घर तर्फ जाँदै गरेको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको ओखरपाटा भन्ने स्थानमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानले जनाए अनुसार ६ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा ज्यान गएको हो । मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष छन् ।… Continue reading प्यूठानमा जन्ती बोकेको जिप दुर्घटना, ८ जनाको मृत्यु
तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
तनङँ । तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको दमौली डुम्रे सडक खण्डमा गतराति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको हो । ज्यान गुमाउनेमा मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका–५ का २२ वर्षीय अनिल मगर र २१ वर्षीय विकास विक रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी… Continue reading तनहुँमा ट्रक र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
चावहिलमा युवाबीच झडप, एक जना मारिए
काठमाडौं । काठमाडौं महानगरपालिका ७ स्थित चाबहिल मित्रपार्क ओरालोमा चार जना युवाबीच झडप हुँदा एक जना मारिएका छन् । मृत्यु हुनेको नाम नखुलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसार झगडामा संलग्न गुल्मी घर भई सिफल बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र उदयपुरको बेलटार नगरपालिका-७ घर भई चाबहिल बस्दै आएका २८ वर्षीय सुरेश… Continue reading चावहिलमा युवाबीच झडप, एक जना मारिए
बीना सुनुवाई भारतमा ४१ वर्ष जेल जिवन काटेका दुर्गाप्रसादकी आमाको निधन
काठमाडौं । भारतमा बीना सुनुवाई ४१ वर्ष जेल जिवन काट्न बाध्य भई गत वर्ष नेपाल र्फकन सफल दुर्गाप्रसाद तिम्सिनाकी आमाको निधन भएको छ । भारतको जेलमा बिना सुनुवाई ४१ वर्ष जेल सजाय काटेका उनी घर आएसँगै आमाको मुहारमा खुसी फर्किएको थियो । तिम्सिनाकी आमा धनमाया ८७ वर्षकी थिइन् । धनमायाको आइतबार बिहान निधन भएको नाति… Continue reading बीना सुनुवाई भारतमा ४१ वर्ष जेल जिवन काटेका दुर्गाप्रसादकी आमाको निधन
मोरङमा उखुबारीमा खाल्डो खनी पुरेको अवस्था दुई शव भेटियो
विराटनगर । मोरङको धनपालथान गाउँपालिका-७ स्थित उखुबारीमा खाल्डो खनेर दुई शव पुरिएको अवस्था भेटिएको छ । त्यसमध्ये एउटा शवको पहिचान समेत भएको छ । बिहीबार उत्खनन गरी निकालिएको शव धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीलाई उदृत गर्दै स्थानीय संचार माध्यमले जनाएका छन् । श्रेष्ठ भक्तपुरमा बस्दै आएका थिए… Continue reading मोरङमा उखुबारीमा खाल्डो खनी पुरेको अवस्था दुई शव भेटियो
काठमाडौंको शंकरापुरमा माकल बालेर सुतेका दम्पत्ती मृत फेला
काठमाडौं । काठमाडौंको शंकरापुरमा एक दम्पत्ती मृत फेला परेका छन्। शंकरापुर नगरपालिका–३ स्थित बोजेनीमा बुधबार राती खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीय फुलकुमारी थिङ बिहीबार बिहान मृत भेटिएका हुन्। महानगरीय प्रहरी वृत्त वौद्धका अनुसार बिहान ७ बजेसम्म पनि ढोका नखुलेपछि दुई छोराहरु सूर्यबहादुर र सुनिल थिङले ढोका फोडेर हेर्दा… Continue reading काठमाडौंको शंकरापुरमा माकल बालेर सुतेका दम्पत्ती मृत फेला
काठमाडौंमा छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला
काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन्। बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै काठमाडौं महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौं–१९ मा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।… Continue reading काठमाडौंमा छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला
मधेश प्रदेश बनेको खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा
जनकपुर । मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार प्रदेश सभाबाट प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम राखिएको हो । मधेश नामको पक्षमा ८० र जनकपुरधाम राजधानीको पक्षमा ७८ जना सांसदले मतदान गरेसँगै प्रदेश नं २… Continue reading मधेश प्रदेश बनेको खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा
सुर्खेतमा एकै परिवारका चार जना मृत फेला
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।मृत्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र कल्पाका दाइ मानबहादुर… Continue reading सुर्खेतमा एकै परिवारका चार जना मृत फेला
तनहुँमा जिप दुर्घटना, ६ जनाको मृत्यु
तनहुँ । तनहुँमा जिप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिकामा जिप पल्टिँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते छन् । आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको जीप वडानम्बर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको प्रहरीले जनाएको छ । ग१ज ६५५५ नम्बरको… Continue reading तनहुँमा जिप दुर्घटना, ६ जनाको मृत्यु
धादिङमा बाटो खन्दा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता
धादिङ । धादिङमा बाटो खन्ने क्रममा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता छन् । सेना, प्रहरी र स्थानीयले बिहीबार दिनभर खोजी कार्य जारी राखेपनि भेटाउन सकेनन् । उनीहरुको आज पनि खोजी शुरु भएको छ । जिल्लाको रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा खसेको पहिरोले डोजर सहित उनीहरुलाई पुरेको हो । बिहीबार बिहान रुबी भ्याली गाउँपालिका–१… Continue reading धादिङमा बाटो खन्दा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता
अग्रज पत्रकार नकुल काजीको सम्मान तथा गोपीकृष्ण स्मृति ग्रन्थ लोकार्पण सम्पन्न
झापा साहित्यकार एवम् पत्रकार गोपीकृष्ण खनालको स्मृतिमा प्रकाशित गोपीकृष्ण खनाल स्मृति ग्रन्थको एक समारोहकाबीच लोकार्पण गरिएको छ । गोपीकृष्ण स्मृति प्रतिष्ठानको आयोजनामा बिर्तामोडस्थित गोमेन्द्र कलेजमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख आमन्त्रित खनाल सेवा समितिका अध्यक्ष हेमप्रसाद खनाल, आमन्त्रित शिक्षासेवी गणेशप्रसाद खनालले स्मृति ग्रन्थको लोकार्पण गरेका थिए । प्रतिष्ठानका अध्यक्ष खगेन्द्र खनालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत… Continue reading अग्रज पत्रकार नकुल काजीको सम्मान तथा गोपीकृष्ण स्मृति ग्रन्थ लोकार्पण सम्पन्न
धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिदाँ तीन जना वेपत्ता
धादिङ । धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिएको छ । जिल्लाको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएको खबर आएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटना स्थल पैदल दूरी ४… Continue reading धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिदाँ तीन जना वेपत्ता
स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या
काठमाडौं । स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या भएको छ । जिल्लाको वालिङ नगरपालिका १० भकुण्डेमा बुधवार दिउँसो चक्कु प्रहारबाट १६ महिने बालकको ज्यान गएको हो । पर्वतको पैयूँ गाउँपालिका ५ घर भइ वालिङ १० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले बालकलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । उनले वालिङ… Continue reading स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या
बिजुलीबजार र मिनभवनमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको मिनभवन र बिजुलीबजारमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मिनभवनमा बागमती प्रदेश ०२-०३१ प ७५६२ नम्बरको मोटरसाइकलले आइतबार साँझ साढे ६ बजे ठक्कर दिंदा रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो । गौतमलाई बाटो काट्ने क्रममा… Continue reading बिजुलीबजार र मिनभवनमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु
झारफुकमा विश्वास गर्दा काठमाडौंमै १४ वर्षिय बालिकाको मृत्यु
काठमाडौं । काठमाडौंमा झारफुकमा विश्वास गरि कथित ‘माता’को आश्रममा राखेकी एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी(२ कि १४ वर्षीय बालिकाको शनिबार मृत्यु भएको हो । केही महिनादेखि बिरामी रहेकी बालिकालाई उनकी आमाले २२ दिनअघि आफूलाई माता बताउने उमा शाही ठकुरीको काठमाडौंको नागार्जुन १ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा लगेकी… Continue reading झारफुकमा विश्वास गर्दा काठमाडौंमै १४ वर्षिय बालिकाको मृत्यु
हुम्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झर्यो, जनजीवन कष्टकर
हुम्ला । शुम्लामा हिमपातका कारण तापक्रम झर्ने क्रम जारी छ । यहाँ शुक्रबार बेलुकादेखि लगातार हिमपात जारी छ । हुम्ला सदरमुकाम सिमकोट हिउँमा पुरिएको छ । यहाँ एक फिट जमेको हिउँका कारण स्थानीयलाई घरबाट बाहिर निस्कन समस्या भएको राससले लेखेको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेको छ । जाडो अत्यधिक भएपछि मानिसहरुलाई… Continue reading हुम्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झर्यो, जनजीवन कष्टकर
भारतमा ओमिक्रानका कारण एक जनाको मृत्यु भएको पुष्टी
नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र बनेको छ । यसैबीच, भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको पुष्टी भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो । मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो । मन्त्रालयका सचिव… Continue reading भारतमा ओमिक्रानका कारण एक जनाको मृत्यु भएको पुष्टी
कलङ्कीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । गएराति सवा २ बजे कलङ्कीको सब वे मा प्रदेश ३-०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलको पछाडि बस्ने धादिङ घर भइ काठमाडौं नैकाप बस्ने २७ वर्षकी सोफिया श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक… Continue reading कलङ्कीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
पाँचथरको फालेफुङमा आगलागी, तीन वटा घर जले
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी भएको छ । बुधबार राति भएको आगलागीमा तीनवटा घर घर जलेको प्रहरीले जनाएको छ । स्थानीय जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागीमा मेयोङवासहित रामजीत राई र मनबहादुर राईका घर जलेका छन् । तीनवटा घर जल्दा त्यहाँ रहेका आईएमईको शाखा काउन्टरसहित छ वटा पसल जलेको प्रहरीले जनाएको छ । आगो स्थानीय,… Continue reading पाँचथरको फालेफुङमा आगलागी, तीन वटा घर जले
तनहुँमा नवजात शिशुसहित दुई जनाको शव भेटियो
तनहुँ । तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जनाको शव भेटिएको छ । राससका अनुसार व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी गराएका छन । स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उता, आँबुखैरेनी गाउँपालिका–३… Continue reading तनहुँमा नवजात शिशुसहित दुई जनाको शव भेटियो
कुपन्डोलमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु
काठमाडौं । ललितपुरको कुपण्डोलमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका ९ छम्पी घर भई मंगलबजार बस्ने ३१ वर्षका राजु तामाङको ज्यान गएको छ… Continue reading कुपन्डोलमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु
चिसोमा कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्युु
जनकपुर । पछिल्लो सातायता बढेको चिसो र शीतलहरले धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका-४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेको स्थानीय संचारमाध्यमले लेखेका छन् । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उता… Continue reading चिसोमा कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्युु
बेत्रावति-धाममा ३० हजार श्रद्धालुहरूले श्राद्ध गरे
सरस्वती न्यौपाने, रसुवा रसुवा र नुवाकोटको संगमस्थल बेत्रावति धाममा पौष शुक्ल औंशीको अवसर पारेर ३० हजार भन्दा बढी श्रद्धालूहरूले श्राद्ध गरेका छन । देशका विभिन्न स्थानहरु; जुम्ला, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा लगाएका टाढा/टाढाको मानिसहरू समेत यस पवित्र भुमिमा आफ्नो दिवङगतहरूको सम्झनामा पितृहरुको नाममा तर्पण दिएको स्थानीय समाजसेवी शशी डंगोलले बताएका छन् ।… Continue reading बेत्रावति-धाममा ३० हजार श्रद्धालुहरूले श्राद्ध गरे